यो वेब साईट आफ्नै हाल खबरको लागी हो. यो हाल खबरबाट विभिन्न विधाका कथा ईतिहास विवरण आवरण समाबेस गरिएको छ नेपाली ईतिहास कालखण्डमा आदी कालदेखिको पृष्ठभूमिमा आधारित पाठक बृन्द समक्ष्य पस्काएको छुआशा छ यो वेब साईटबाट हामीले पस्काएको विभिन्न विधाका आलेख प्रलेखहरु समाबेसिता गराई भरपुर साक्षत्व र समिक्षता हुने छ भनी म आशाबादी छु धन्याबाद
Thursday, February 16, 2017
प्राचिन लिम्बु भाषामा नामाकरण गरीएका स्थानहरुको नाम, सम्बन्धित इतिहास, किम्बदन्ती र अपभ्रंस (भाग १)
– लक्ष्मण लावती
लिम्बुवान भूमीको अग्लो शिखर कुम्भकर्ण, कञ्चनजंघालाई प्राचिन समयमा फक्ताङलुङ, सेसेलुङ भनिन्थ्यो भने पाथीभरालाई मुकुमलुङ भनिन्थ्यो । मुकुमलुङको अर्थ लिम्बु भाषामा शक्ति भएको पहाड भन्ने बुझिन्छ । मुकुमलुङको बरदान पाएकाहरु मात्रै फक्ताङ्लुङ हिमाल पुग्न सक्छन् भन्ने मुन्धुम रहेको हुनाले प्राचिन समयमा फक्ताङलुङको दर्शन गर्न जानु अधि यहाँ पुजा गर्ने चलन थियो । लिम्बुहरुको तुङतुङ्गे पुजामा समेत फक्ताङलुङ, मुकुमलुङको पाकेको अन्नको प्रतिमा बनाएर पुजा गरिन्छ जसलाई तोर्मा भनिन्छ । मुकुमलङलाई चारैतिरबाट हेर्दा अन्न भरेको पाथी जस्तै देखिने हुनाले पछिबाट अलिम्बु भाषीहरुले पाथीभरा भन्न थाले र हाल यसको प्राचिन नाम लोप भएर गयो ।
लिम्बुवान भूमिको प्राय सबै गाँउबाट देखिने फक्ताङलुङ, सेसेलुङ लगायतका हिमश्रृंखलाहरुलाई उहिले ताम्पेत्चोङ भनिन्थ्यो । ताक्पेत्को अर्थ ठाडो उभिएको र चोङ्को अर्थ शिखर हो । पछिबाट यहि ताक्पेत्चोङ अपभ्रंस हुँदै ताप्लेजोङ हुन पुग्यो । यहि ताक्पेत्चोङबाट सुरु भएको लिम्बुवानको ठुलो नदी तमोरलाई प्राचिन समयमा ताम्वा भनिन्थ्यो । ताम्वाको अर्थ फराकिलो नदी हो । इतिहाँस शिरोमणि बाबुराम आर्चायले “नेपालको संक्षिप्त बृतान्त २०२२” मा लेख्नु भएको छ – “किराँत प्रदेशमा मुकुन्दसेनको विजय पताका फैलनुभन्दा पहिले त्यहाँ आर्य जातीको मानिसको प्रवेश भएको प्रमाण पाइँदैन । यी राजाका छोरा लोहाङसेनको राज्यकालमा त्यस प्रदेशमा आर्य परिवारका बाहुन क्षेत्रीका वस्ती जोर जोर संग बस्दै गएको हुनाले यिनीहरुलाई नयाँ देखिएका नदि र पहाडहरुको नाउँ राख्नका जरुरत पर्न स्वभाविकै छ । हुन त यी सबै नदी र पहाडहरुका किराँत बोलीका नाउँ अवश्य थिए । किराँत बोलीमा नदीको सामान्य अगी कोशी भएको देखिन्छ । किराँत प्रदेशमा बहेका भिन्न भिन्न कोशीहरुलाई नयाँ गएका बाहुन क्षेत्रीहरुले सुनकोशी, तामाकोशी, दुधकोशी आदी नाउँ राखे”। इमानसिं चेम्जोङको “किरातकालिन विजयपुरको संक्षिप्त इतिहँस” र ह्यामिल्टनको “एकाउण्ट्स अफ नेपाल” मुताबिक वि.सं. १६६६ मा विजयनारायणको मृत्यु र लोहाङसेनको विजयपुरमा शासन प्रारम्भ भएको उल्लेख छ त्यस मुताबिक किराँत प्रदेशमा सोह्रौ शताव्दीको अन्त्य तिर आर्यहरुको प्रवेश सुरु भएको देखिन्छ ।
प्राचिन पापो युमा मुन्धुम अनुसार धेरै पहिले थाम्लासो पापोहाङ र आम्लासो पापोहाङ नाम गरेका जेठी र कान्छी पट्टिका दुइ दाजुभाई आफ्ना बजुहरुसित आठराईमा बसोवास गर्दथे । दाजु थाम्लासो पापोहाङ सिधा स्वभावका थिए । भाइले पटक पटक आफुलाई छक्याए पछि दाजु थाम्लसोले त्यो ठाँउ छोड्ने निश्चय गरी ताम्वा (तमोर) नदी तरेर हेङवा (हेवाखोला) को किनारै किनार हुँदै हेङवा र फेङवा (फेमेखोला) को दोभान तिनभाङले पुगेर केहि समय वसी फेमेखोला तरेर उकालै उकालो लागेपछि फेदेन पुगे । फेदेनको अर्थ फैलिएको ठाँउ हो जसको अपभ्रंष हुँदै हाल फिदिम बन्न पुग्यो । उहिले औलोको डरले बसोवासका लागि डाँडा रोज्ने गर्दथे । थाम्लासो पापोहाङले पनि फेदयक डाँडामा घर बनाई बस्ने निधो गरे । फेदेनयकलाई हाल फिदिम गढी भनिन्छ । ईतिहाँस लेखक येहाङ लाओतीका अनुसार फेदेनयकलाई पापोहाङ सन्तानहरुको माङगेनायक (उद्गमस्थल) मानिन्छ । थाम्लासो पापोका सन्तानहरु यहिबाट फैलिन सुरु भएका हुन् । भाषाविद् अग्नी तुम्बापोका अनुसार थाम्लासो सन्तानमा तुम्बा (जेठा) पापो औलोका डरको कारण स्थाई वसोवासका लागि अझ अग्लो ठाँउमा बस्ने निधो गरी अन्य दाजुभाईलाई त्यही छोडेर त्यहाँबाट हिंडे । उस्वेला बाटोघाटो कही थिएन । वस्ने ठाँउको अवलोकन गर्ने क्रममा फेदेनको अमेमादेन डाँडोमा पुगे । अमेमादेन भनेको हेर्ने ठाँउ हो जुन अपभ्रंषीत हुदै हाल ओदेन वन्न पुग्यो । त्यहाँ बाट तुम्वापापो सामादेन पुगे । सामादेनको अर्थ लिम्बु भाषामा खोजि गर्ने ठाँउ भन्ने बुझिन्छ जुन अप्रमित हुँदै पछि साम्दीन बन्न पुग्यो । सामादेनबाट हङवा (हक्मा खोला) तरेर उकालै उकालो हालको तिनमौले डाँडो पुगे र त्यहाँ घर बनाई वस्ने निधो गरे । बनाउनुलाई लिम्बू भाषामा चोक्मावुङ् भनिन्छ । यहि चोक्मावुङ् शब्द अपभ्रंस हुँदै हालको चोकमागु बन्न पुग्यो ।
तिनताका समस्त लिम्बूवानलाई फेदाप भनिन्थ्यो र त्यहाँ आठ किराँती राजाहरुले शासन चलाउदै आएका थिए । चेम्जोङ “किराँत इतिहाँस” सन् १९४८ अनुसार दश लिम्बु सरदारहरु आठ राजाहरुको अनुमतिमा फेदाप बस्न थाले । दश सरदारका सन्तानहरु बड्दै गए र आफुलाई एक नयाँ जाती याक्थुङबा वंश भन्न थाले । लिम्बु भाषामा याक्को अर्थ पहाड् थुमको अर्थ जग्गा र बा को अर्थ वासिन्दा भन्ने बुझिन्छ तसर्थ याक्थुम्बा भन्नाले पहाडी जग्गामा बसोवास गर्ने बुझिन्छ । थाम्लासो पापो शन्तानहरु पनि दश लिम्बु सरदारका याक्थुङबा वंशनै थिए । उता फेदेनयकमा वस्ने ईङसो पापोहाङ अति प्रतापी भएर निस्किए दश लिम्बु सरदारका सन्तानहरु धेरै बढेको देखेपछि तिनीहरुलाई दबाउन आठ किराँती राजाहरुले विभिन्न तरहले दुःख दिन थालेपछि समस्त दश सरदार याक्थुम्बाहरु फेदेनयक्मा चुम्लुङ् (भेला) बसे । उनिहरुले त्यहाँ आठ राजाहरुका विरुद्ध थङ (युद्ध) गर्ने निश्कर्ष निकाले ।
कुनै शुभकार्य गर्नु अधि युमा, थेबालाई आहृान गरेर देवस्थल बनाई पुजा गर्ने लिम्बुहरुको चलन धेरै पुरानो हो जसलाई माङ्युक्ना भनिन्छ । लिम्बुवानमा भएका यस्ता अनगिन्ती माङ्युक्नाहरुको नाम फेरिएर देबिस्थान भैसकेका छन् तिनै मध्ये फेदेनयक्को सुम्हेत्लुङ् आम्बेपज पनि एक हो जसलाई अचेल गढीमाई पनि भन्न थालिएको छ । दस लिम्बु सरदारहरुले त्यहाँ तीनवटा रातो ढुङ्गा ठाडो पारेर रोपी तिनै तीर तीन वटा आँपको रुख रोपी सुम्जीरी मुन्धुम अनुसार पवित्र पानीले सस्कार गरेर लडाइमा विजय प्राप्त होस भनि मुक्साम (वरदान) मागे । लिम्बु भाषामा सुस्सी को अर्थ तीन, हेत को अर्थ रातो र लुङ्को अर्थ ढुङ्गा भन्ने बुझिन्छ । समग्रमा सुम्हेत्लुङ । त्यसैगरी आम्बेको अर्थ आँप र पजको अर्थ एकै ठाँउमा झुरुप्पै रहनु भन्ने बुझिन्छ । दस सरदारहरुको फेदेनयक्मा चुम्लुङ भएको थाहा पाई आठ राजाहरुले भएभरको सेनाहरु त्यहाँ पठाई हमला गरे । दश लिम्बु शरदारहरु संख्यामा थोरै भए पनि धनुविद्यामा निपुर्ण र सुम्हेत्लुङ् देवस्थलमा कसम खाई ज्यान छाडेर लडाईमा होमिएको हुनाले आठ किराँती राजाहरुको हार भयो । आठ राजाहरु मासिएपछि दश सरदारहरुले मुलुकको नाम नै फेर्ने निश्कर्ष निकाले । युद्धमा विजयी हुनुमा धनुवाणकै मूख्य भुमिका रहेको ठहर भएकोले देशको नाम लिम्बुवान राखियो । लिम्बु भाषामा लि को अर्थ धनु आवु को अर्थ हानेको र वान भन्नाले नाम लाउनु भन्ने बुझिन्छ । इतिहास लेखक शेर शहादुर इङनामका अनुसार फेदेनयकको लडाइमा पारजित कतिपय आठ राज खलकहरु तमोर नदी तरेर आठराई पुगेर बस्न थालेको हुनाले त्यो गाँउको नाम आठराई रहन गयो । यद्यपी यो तर्क सत्य नै हो भने पनि पछि बाट उल्ट्याइएको नाम हो । लिम्बुवानका राजाहरुले राई पगरी भिरेको वि.सं. १४२१ मा मोरोङका राजा पुङलाइङहाङ लाई ब्राम्हणहरुले राय पदले सुसोभित गरी अमर राय नाम राखिदिए भनी राजा विजयनारायण रायको वंशावलीमा उल्लेख छ भनी इमानसिं चेम्जोङको “विजयपुरको संक्षिप्त इतिहाँस” १९७४ मा उल्लेख छ । त्यसो हुनाले राई शब्द लिम्बुवानमा भित्रिएको प्रचिन नाम हैन । म सानो हँुदा सम्म आठराई वासीहरुलाई येत्रेवा, येत्रेनीमा भनेको सुनिन्थ्यो । लिम्बु भाषामा आठ लाई येत् भनिन्छ । आठ राजाहरुसंगको युद्धपछि लिम्वुवानलाई दस प्रान्तीय राज्यमा विभाजन गरियो त्यस मध्ये ईङासो पापोहाङ फेदेनयक्, यासकका राजा भए।पछि बाट यस ठाँउको नाम पान्थर रहन गएको हो । यो प्राचिन नाम होइन।नेपाल एकिकरण पछि राजा रणवहादुर शाहका पालामा लिम्बुहरुलाई हिन्दु बनाउनका निम्ती नीति र सामरिती नामक एउटा अभियान चलाइयो ।
डा. देवि दुलाल “पाँचथरको इतिहाँस”, प्रो.डा. रमेशनाथ ढुङ्गेल “हिमाल” का अनुसार नीती र समरितीमा साथ नदिने लिम्बुहरुलाई साडे सात रुपैया कर लागाइने भयो जसलाई मेगजिन कर भनिन्थ्यो।आठराई, तमोर र याङवरकका केहि लिम्बुहरुको सो नीति र सामरितिको पक्ष लिई धागो बाँध्ने काम गरे भने पान्थरवाट यसको ठुलो विरोध भयो।पछि बाट प्राय सबै लिम्बुवानमा यसको विरोध हुन थाल्यो।नीति र सामरितीमा लाग्ने लिम्बुहरुलाई सामाजिक वहिस्कार देखि लिएर किपट खोस्ने समेत काम हुन थालेपछि हिन्दु बनेर धागो बाधेका लिम्बुहरुले माफी मागे र उक्त नीति र सामरिती विफल बन्न गयो । यसै बेलादेखि फेदेन यकलाई पानथरु भन्न थालियो जसको अर्थ कुरा थामे भन्ने हुन्छ।पान्थरुबाट पान्थर हुँदै पछि पाँचथर हुन पुग्यो । त्यसै गरी तेह्थुम पनि प्राचिन नाम हैन नेपाल एकिकरण पछि लिम्बुवानलाई १७ थुममा विभाजन गरियो र यसको मुख्य गौंडा धनकुटा राखियो।कतिपय थुमलाई धनकुटा धेरै टाढा पर्ने भएकोले वि.सं. १९५२ सालमा मेयङ्लुङ्लाई मुख्य गौंडा मानी १३ वटा थुमलाई अलग गरियो त्यसै वेला देखि यो जिल्लाको नाम तेह्रथुम हुन गएको हो ।
धेरै जसो प्रचिन लिम्बु नामहरु पृथ्वी नारायण शाहको नेपाल एकिकरण पछि फेरिएका हुन्।प्राचिन नामहरु धेरै फेरिएको ठाँउहरुलाई लिनुपर्दा उसवेलाको याङ्वरक राज्यको अधिकांश ठाँउहरु पर्न जान्छ।याङ्वरकका राजाले पृथ्वीनारायण शाहको एकिकरणमा सामेल हुन नमाने पछि त्यहाँ गोर्खाली फौजले पटक पटक हमला गरेका कारण त्यहाँका धेरै लिम्बुहरु सिक्किम पलायन भए भन्ने इतिहाँस छ।याङ्वरक राजाको दरवार क्षेत्रलाई उस्वेला हाङ्यक्पुङ् भनिन्थ्यो जसको अर्थ राजा वस्ने ठाँउ भन्ने बुझिन्छ । पछि बाट यसको नाम फेरेर हस्तपुर गढ भन्न थालियो र अचेल यसलाई हिलिहाङ् दरबार भनिन्छ।हाङ्यक्पुङ् संग जोडिएको गाँउहरुको प्रचिन नाम एकपछि अर्को गर्दै फेरिदै गयो।प्राचिन नाम सिम्भुवा फेरिएर पञ्चमी बन्न पुग्यो, सिम्भुुवाको अर्थ पानी उम्रने, ओसिलो ठाँउ भन्ने बुझिन्छ।त्यस्तै आङ्बुङ्, तोरुम्बा फेरिएर अमरपुर बन्न पुग्यो।आङबुङको अर्थ सल्लाघारी हो भने तोरुम्बाको अर्थ टेकेका हौं भन्ने अर्थ लाग्छ जहाँ पहिला लिङदेन थरी लिम्बू पुगेर बसोबास गर्न थालेको भनाइ छ। त्यस्तै प्राचिन सिरपुङ् गाँउ फेरिएर नागी वन्न पुग्यो।अन्येम् गाँउ फेरिएर ओयाम हुन पुग्यो। अनयेम्को अर्थ घोडा बिसाउने ठाँउ हो भने थर्पुको अर्थ अस्थाई डेरा हो जुन लिम्बुहरुको विहे, भोजमा स्याउला र बाँसको थर्पु बनाउने चलन अझै सम्म छदैछ ।
उहिले थर्पु, अन्येम् भएर वग्ने इवा (हाल इन्द्रावती) खोलाको किनारै किनार हुँदै चेनताक्तु, चिवाभञ्ज्याङ्गको बाटोबाट सिक्किम पुगी बंगालको खाडीको नुन ल्याउने मुख्य बाटो यहि नै थियो।यसरी बटुवाहरु डेरा वस्दै घोडा विसाउँदै यो बाटोमा ओहोर दोहोर गर्दा यिनको स्थाई नाम नै अनयेम्, थर्पु हुन पुग्यो ।त्यस्तै फलैचाको प्राचिन नाम फुङ्देन हो जसको अर्थ भेला हुने चौतारो भन्ने बुझिन्छ। पछिवाट फुङ्देन वरिपरी फुलहरु रोपेर फुङ्लादेन हुन पुग्यो भन्ने भनाई छ जसको नाम उल्ट्याई फलैचा बनाइयो । त्यस्तै च्याङथापुको प्राचीन नाम चेन्ताक्तु हो । लिम्बु भाषामा चेनको अर्थ पासो र ताक्तुको अर्थ थाप्नु । किम्वदन्ती अनुसार सिक्किमबाट हमला गर्न आउनेहरुका लागि विभिन्न स्थानमा पासो थापिएको थियो । स्थानिय मचिन्द्र वेघाका अनुसार एकपटक वेघा र सेलिङ लिम्बु सरदारहरु वीच त्यहाँ थङ(लडाई) भएको थियो जसमा एक जना उक्त बाँसको पासोमा झुण्डिए पछि त्यस ठाँउको नाम स्थाइ रुपमा चेनताक्तु हुन पुग्यो र पछि अपभ्रंस हुँदै च्याङथापु हुन गयो ।
Subscribe to:
Post Comments (Atom)
११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल
मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...
-
Pro ud of Darjeeling. if the change of Name the land should not proud of gorkhaland. its better name is Darjeeling hill of near the kanchanj...
-
आध्यात्मिक र भौतिकबाट मुन्धुम मुन्धुम् र भौतिकवादी दृष्टिकोण मुन्धुम् संसारको सृष्टि,मानव जगतको भलो र प्रगति गर्ने विषय वा सार सं...
-
एकछिनलाई भारतले भनेकै ‘नक्कली काली’लाई काली भनेर मान्दा पनि उसले बेइमानी गरेको देखिन्छ । सन्धिमा नदीलाई सीमा मानिएकाले उसले जुनलाई मन लाग्...
No comments:
Post a Comment