Tuesday, January 24, 2023

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटनाहरु समेटेका छन् म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो। म विद्यार्थी कालमै रहदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, trekking लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeeling र Sikkim समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुदा ३ लाख जति advance दिने, तेत्रो advance पाएपछी व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहु खोज्न थाल्ने, tour नै तिक्तता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुदैन म के गरौं । अनि काठमाडौं आएपछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी exam time मा आउनुहोस fee उठछ अनि दिन्छौं, घरी admission time मा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बालकुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन, saan international college नक्सालले ९०,०००/- दिएन। यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा office भाडा दिनुपरिहाल्यो, कर्मचारिलाइ तलब दिनुपरिहाल्यो अनि सुरु भयो ऋण को सिलसिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो। बजारमा जताततै लुटेरा मात्र रहेछन् । ट्राभल चलाउने क्रममा १-२ जना गोरा हरुलाइ pokhara, ghandruk, kathmandu valley, nagarkot आदि गन्तब्यमा लानु पर्ने हुदा भाडाका गाडी लानुपर्ने, महगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर suzuki ertiga गाडी लिने जमर्को गरियो। nic asia बैंक ले finance गर्दिने भयो। ६ लाख downpayment गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो। downpayment मध्ये ४ लाख जम्मा गरियो २ लाख showroom ले भनेको समयमा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो। suzuki showroom थापाथली ले मेरो ४ लाख खायो फिर्ता दिएन। यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेलासम्म काठमाडौको घर, जग्गा सम्पती सबै सकियो र उल्टो ऋण लाग्यो। बिदेश जाने भनी जमर्को गर्दा झण्डै १ बर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसोतसो बाहिर गैयो कतार। office assistant मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै sales and marketing manager भैयो। ५,०००/- कतारी रियाल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्पनिले दिने के चाहियो अरु? 2014 देखि 2017 सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किए। श्रीमति र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Industries & Farm House Pvt. Ltd. - ilam agro mart नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यहि गरिएछ। मैले सोचे पैसालाइ जग्गामा freeze गर्ने होइन चलायमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने। बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ। मैले कतार बस्दा इज्राएल, अस्ट्रेलिया, नर्वे, आदि देशबाट आएको ताजा फल्फुल, तरकारी, मासु, एबम विविध धेरै खाए देखे । हाम्रो देशमा पनि एस्तै गरि सुरक्षित packing गरेर मौलिक खानेकुराहरु बजारमा बेच्न सकिएला भन्ने आट आएर त्यही गर्न थालियो। इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि products बनाइ बेच्न थालियो। सुरुमा गाडी भाडामा लिएर झापाको बिर्तामोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसल देखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, NMC सहकारी पसल जस्ता ठुला मार्ट सबैलाइ सामान बेचियो। यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट। सबैलाइ उधारोमा सामान बेच्नुपर्ने। र पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बड्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ, factory operation cost, tax, labor/staff salary आदि सबै नगदमा किन्नुपर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर। जम्मै ३०-३५% नाफा देखिने कागजमा तर बजारमा सामान फस्ने हुदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % bad debts हुने। यता factory, raw materials, wages & salary नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारणले ब्यक्तिगत ऋण ३६% सम्म ब्याज तिरियो। अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पुर्ती गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसलहरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा expire भयो सामान भन्दै फिर्ता दिने। पसलले/retailors हरुले केही risk नै नलिने। आफुले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चलाउनै पर्यो, नानिहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य? लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्यादी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने। सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले मर्न सकिन। फोन कल यति सामना गरेकि phonophobia नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै depression मा थिए कसैले बुझेन। म depression मा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाचियो। scattered retailing ले पार नलाग्ने देखिएर dealership मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो। factory ले direct retailing गर्न नपाइने रे! अनि vcts system रे। अडिट वा कतैपनी record मा नाआउने vcts के लागू गरिराखेको? बाटोमा प्रहरिलाइ घुस उठाउने मेलो मात्र। यदि vcts छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरिलाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि vcts रे! अनि बाटोमा चेकिङ मा बसेका प्रहरिलाइ सब्जी बाड्दै आउनुपर्ने नदिए आफै गाडिमा चडेर झिक्ने। कति लुट्छौ हो?जता ततै लुट्ने मात्र। भाडाका गाडिले पनि लुट्ने, प्रहरिले पनि लुट्ने, सरकारले पनि करको नाममा लुट्ने, बजारका retailer ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त? कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भुमी ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निबेदन दिइयो, shortlist मा परिन्थियो नै। अनुगमन गर्न आउदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि result आउने बेला कहिले मेरो कम्पनिको नाम नहुने। म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो factory पनि त्यहीँ । मेरा वडाका तत्कालिन वडा अध्यक्ष टेक बाहादुर राई ज्युको साङ्पाङ डेरि ले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो बर्ष उन्कै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडी इलामकै मैनाली जि को साङृला टि स्टेट ले infrastructure development, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाइ कि जनप्रतिनिधी, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्मनिण्ठ भएर नहुने रहेछ। Dealer र ठुला mart मा समान दिनुपर्दा बार्शिक कारोबार ५० लाख नाघ्ने अनि उनिहरुले पनि vat bill नै खोज्ने भएकाले vat मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दसा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंक ले loan नदिने, नाफा देखाउदा प्राली कम्पनिले बार्सिक नाफाको २५% कर तिर्नुपर्ने। खर्च देखाउन आफुले, श्रीमतिले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि बार्शिक ४ लाख ५० हजार नाघेमा करको दर बड्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। बर्षमा एक पटक कम्पनी रजिस्ट्रार मा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि बार्शिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउमा रहेको कम्पनिले यी सबै शुल्क र भार? रसिया मा उद्योग/ब्यापार गरि अरबपती भएका डा. उपेन्द्र महतो एबम डा. समता प्रसादले नेपालमा चलाउनु भएको नेपाल ग्रामोध्योग भन्ने कम्पनिलाइ प्रकृति ब्राण्ड मा घ्यु बनाएर दिए। सुरु सुरुमा राम्रो payment गरे advance पनि दिए। हुँदै गएपछी पैसा नदिने, मेरो सिको गरेर आफै घ्यु बनाउने अनि बिगार्ने अनि तपाइको घ्यु expire भयो भन्दै फिर्ता लैजा भन्ने। बेच्नै सक्दैनौ भने ९ महिना सम्म तिम्रो गोदाममा राख्न एउटा निम्न स्तरको उद्यमिलाइ लुट्न किन कम्पनी खोलेको नेपाल आएर? नेपाल ग्रामोध्योग लाई म चुनौती दिन्छु। मेरो जति पैसा खाको छौ तुरुन्त फिर्ता गर अनि तिम्रो failure ले भयेको goods expire र damage को तिमी नै risk लेउ। अर्को चुनौती मलाइ सामान फिर्ता गरे भन्दै debit note काट्दै बस्छ तिम्रो ac department, पुष्टि गर मैले समान receive गरेको, मेरो company को छाप वा मेरो सहि देखाउ तिम्रो return bill मा। समान तिमिहरुको गोदाममै expire भयो भने वा बजारबाट फिर्ता आयो भने debit note काटिहाल्ने अनि मैले पाउने पैसा बाट त्यस्को value घटाउने? तिमिहरु सब लुटेरा हौ। आफ्नो factory काहीँ पनि छैन, बजारमा प्रकृति ब्राण्डका जतिपनी खाद्य बस्तु बेचिरहेका छौ, ती सबै अर्कैले बनाइदिएका हुन। म जस्तै साना साना कम्पनीबाट लुटेका हौ। margin पनि तिमिहरुले नै भनेको हुनुपर्ने, mrp पनि तिमिहरुले नै तोक्नुपर्ने, यो काहाको न्याय हो? भाट्भटेनिका मीन बहादुर गुरुङ जि। तपाइलाइ ३०% margin दिनुपर्ने? अनि साना ठुला उत्पादक/supplier ले तिम्रो मार्ट भरिदिनुपर्ने उधारोमा? अनि contract मा १ महिना भित्र पैसा दिन्छौ भन्ने? ३ महिनामा पनि सामानको पैसा नदिने? मलाइ यति झुलायौ कि ३ महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ। म इलाम देखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दै तिमिलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो। त्यै भएर भाट्भटेनी लाई सामान दिन छोडे मैले। तिमिहरु लुट्ने मात्र हौ। तिमिलाइ थाहा छ सामान उत्पादन गर्न कति दु:ख छ। Big Mart को ३२ वटा शाखा थियो काठमाडौमा मैले सामान बेच्दा। payment terms as per sales राखेउ, सामान दिन थालियो महिनामा ५-७ लाखको सामान order गर्थेउ पैसा दिने बेला ७५,०००/- डेड लाख मात्र दिन्थेउ। कुनै महिना billing भएन भने त्यो महिना payment नै दिन्थेनौ। यो कहाँको न्याय हो? मैले थाम्न नसकेर तिमिलाइ सामान दिन छाडे, सबै branch गएर सामान उठाउ भनेउ, सामान उठाए, आखिरमा मैले तिमिबाट पाउने पैसा भन्दा आधा कम मात्र सामान थियो तिम्रो branch हरुमा। as per sales payment terms राखेर किन पैसा दिएनौ समयमा? सामान त बेचिसकेका रहेछौ। सबै branch बाट सामान उठाएर फेरि factory मा लादा तिमिसग गरेको ब्यपार पनि घाटामा गयो। किन लुटेउ मलाइ यसरी? सामान त गुणस्तरीय थियो तिमी नै भन्थेउ। नेपाल सरकार खाद्य बिभाग सबैतिरबाट licensed थियो मेरो product. पवन गोल्यानको गोल्यान एग्रो ले ११० कार्टुन घ्यु order गरेर, बनाउन लगाएर काठमाडौ ल्याएपछी order cancel गर्दियो अहिले हाम्रो मार्केट डिमाण्ड छैन भनेर। मार्केट को feasibility study नगरिकन किन सामान बनाउन लगायौ त? तिमिलाइ लाज लाग्दैन? तिमिले मलाइ अर्को पनि कुरा भनेउ कि तिम्रो माथिल्लो कर्मचारीले अन्त्यमा सामान लिन मानेन रे! तिम्रो chain of command मै त्रुटि थियो भने मलाइ किन सामान बनाउन लगाएर काठमाडौ मगायौ? मलाइ कति घाटा भयो होला इलाम देखि काठमाडौ अनि फेरि काठमाडौ देखि इलाम सामान ल्याउदा लैजादा? तिम्रो माटो ब्राण्ड पनि लुट्नैलाइ खोलेका हौ कति लुट्छौ लुट। साथिमार्ट (sathimart) का सागर पोखरेल जि। तपाइले खुब प्रचार गर्नुभयो २ बर्ष भित्रै नेपालको सबैभन्दा ठूलो retail chain outlet बनाए भनेर। म बाट सामान टन्नै उठाउनु भयो तर १ बर्ष मा पनि बेच्न नसकेर फिर्ता दिनुभयो। किन मगाउनुभएको बेच्न नसकिने भए। मलाइ पाप लाग्छ ढिलै गरि भए पनि तपाइले चै सबै पैसा दिनुभयो। मैले फिर्ता सामान बराबरको return गर्न सकेको छैन तपाइलाइ। अनिल बस्नेत जि ले चलाउनु भएको metrotarkari.com र NEP EXPRESS UAE भन्ने कम्पनीले म बाट गुन्द्रुक र तामा लानुभयो। दुबइ लगेर बेच्नुभयो। मैले कति नाक ठाडो पारे गुन्द्रुक र तामा दुबइ निर्यात गर्न थाले भनेर। google, facebook सबैतिर हल्ला गरे दुबइ बस्ने साथिहरुलाइ पनि भने, तपाइबाट किनेर पनि लगे। आत्मसन्तुष्टि मिल्यो। तर थाहा छ तपाइहरुलाइ? मैले दिएको सामानको पैसा अझै सम्म मैले पाएको छैन। सबै आत्मसन्तुष्टि र खुसी के रहयो र? तपाइहरु पनि लुट्नलाइ नै व्यापार गर्नुभएको रहेछ। लुट्नुहोस कति लुट्नुहुन्छ। Dabur Nepal Pvt. Ltd. तपाइहरु पनि लुट्नलाइ नै कम्पनी खोल्नु भएको रहेछ। तपाइको factory बारा मा मैले घ्यु supply गरे तपाइका procurement का staff ले खुलेआम commission मागे शन्कर पन्त ले। र immediate cash after delivery भनेर LPO दिनुभयो र ३ महिना पछि अपुरो नगद भुक्तान गर्नुभयो। अझै मैले बाकी पैसा पाएको छैन। त्यै commission हत्याउन लाई राखेका होलाउ राख। लुटिराख कति सक्छौ! इलामका डेरि ब्य्वसाइहरुलाई नियमन नगर्ने सरकार? २ महिनामा प्रती केजि १५०/- नौनिको दाम बढाउछन। हामिले कसरी थाम्ने? २०७९ तिज अगाडि सम्म नौनिको दाम ६००-६२५ थियो इलाम मा तर २०७९ को दशै सम्म आइपुग्दा ७००-७५० पुर्याए। अलि अलि नौनी बेच्छु भनेर advance लिएको ठाउमा पनि पठाउन सकिएन तेतै बदनाम भैयो। इलाम, पाँचथर, झापाका कुनै पनि डेरीमा पैसा दिन बाकी छैन। तपाइहरुसग किसान प्रत्यक्ष जोडिने हुनाले बरु आफू मरे तर तपाइहरुलाइ बचाए। तर एउटा आग्रह छ इलामका डेरि संचालक हरुलाइ। कानुनी मापदण्ड पूरा गर्नुहोस्, तपाइहरु खानेकुरा बनाइरख्नु भएको छ। सुङुर, कुखुरा, डेरि एकैठाउ नराख्नुहोस, hygine maintain गर्नुहोस् । खाद्य बिभाग बाट अनुज्ञापत्र लिनुहोस, स्वस्थकर घ्यु छुर्पी बनाउनुहोस। खाद्य बिभाग सग हार्दिक अपिल गर्दछु, अनुगमन गरियोस इलामका डेरिहरु, त्यहाँ खाद्य बस्तु उत्पादन गर्दा पालना गरिनुपर्ने न्युनतम मापदण्ड पनि पालना गरिएको छैन। एउटा गाउमा बसेर, उद्योग चलाएर Bhatbhateni, Nepal Gramodhyog, Golyan Agro, Dabur Nepal, Big Mart, Sathimart जस्ता देशकै नाम चलेका औद्योगिक/ब्यपारिक घरानालाइ तथा मार्टहरुरुलाइ आफ्नो customer बनाइ सामान बेचियो, प्रदेश १ लगायत काठमाडौका अन्य मार्ट र ठुला पसल प्रायलाइ सामान बेचियो। बिर्तामोड, दुहबी, हेटौंडा, चितवन् , नवलपुर आदि ठाउँमा dabur, patanjali, uniliver आदि ठुला कम्पनीकै सामान बेच्ने dealer हरुलाइ आफ्नो पनि dealer बनाइयो। त्यहाँ भन्दा कुन level को marketing गर्नु? र पनि यो देशमा पैसा कमाइएन। मर्नेगरी घाटा खाइयो। प्रमुख कारण उधारो बजार र ठुला retailers हरुको हेपाहा प्रवृत्ति नै हो। मलाइ लाग्छ मेरो जिन्दगिले नै मलाइ अब नबाच मर भनेको हो। भाग्य कर्मले बन्छ भन्थे होइन भाग्यमा लेखेको छैन भने जति कर्म गरे पनि फल नमिल्नेरहेछ। परिवार, घर, समाज, आफन्त मलाइ नै गाली बर्साउछन, हात तान्दिनुहोस भन्दा खुट्टा तान्छन, ओरालो लागेको मिर्गलाइ बाचो ले पनि खेद्छ भन्त्थए हो रहेेेछ। कोरोना समयमा इलामकै कन्याम मा kanyam inn नामक होटेल पनि चलाए lease मा लिएर। राम्रो चल्यो केही कमाइयो पनि। तर त्यसका owner झापाकै टीका ओडारी जि ले कमाएको देख्न सकेनन् र करार अवधी अगाडिनै होटेल नै बिक्री भयो भन्ने बाहाना बनाएर छोडाए। नेपालका बिमा कम्पनिहरु कति लुटाहा? उद्यमी/ब्यपारी देख्नै नहुने। sun nepal life insurance company बिर्तामोड, झापा साखाका रुद्र निरौला, बिकाश श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेल ले जीवन बिमा गरौ भनेर म कहाँ धाइरहे, मैले पैसा छैन गर्दिन भन्दा उनिहरुले आफै लगानी गरेर मेरो १ करोड्को बिमा गर्दिये र पैसा किस्ता किस्ता गरेर ४-५ लाख असुलेरै छाडे। मेरि श्रीमतिको पनि त्यसै गरेका छन, उन्को पनि १ लाख लिसकेका छन मबाट। खबरदार sun nepal life insurance मेरो पैसा फिर्ता गर बिनासर्त। किन यति दु:ख दिन्छौ एउटा आम नागरिकलाइ? दिन रात जतिखेरै पैसा तिर्नुपर्ने ठाउँको फोन, म्यासेज, धम्की कति सहनु? creditors को फोन, बैंक को फोन, कर कार्यलयको फोन, सामान माग्नेको फोन, salary माग्नेको फोन, raw materials वालाको फोन, सहकारिको फोन, साथिभाइको फोन, आफन्तको फोन कति सहनु, पैसा माग्नेकै मात्र फोन। कहिलेकाही त दिनेले पनि फोन गर्नु नि छैन। यति हुदाहुदै पनि बैंकको, किसानको, गरिबको कसैको पनि मैले पैसा तिर्न बाकी छैन। बैंकको मासिक किस्ता र ब्याज भविस्य मा तिर्पुपर्ने बाहेक हालसम्मको तिरेको छु। ब्यापारिक सम्बन्धका चितवन् मा ३ पार्टीलाई ८ लाख जति फर्काउनु छ। अरु ब्यक्तिगत ऋण र ब्याज अनि VAT तिर्न सकेको छैन। बैंकले त जग्गा लिलाम गरेर असुल गर्ला, अरुलाई कसरी फर्काउनु? उपाय लागेन। झापा धुलाबारी का अनिल भेट्वाल भन्ने ब्यक्तिले पास नै नहुने कवाडी गाडी मलाइ दिएर, यति सताए कि मैले थाम्नै सकिन उनलाइ, मैले उनलाइ ५ लाख ५० हजार दिनुपर्नेमा ४ लाख ५० हजार ऐले दिन्छु अरु गाडी पास गर्ने दिन दिन्छु भन्दा पनि मानेनन् मेरो चेक बाउन्स गर्दिन्छु पक्राउछु भने। सबै पैसा चुक्ता गरे। अनि फेरि गाडी पास गरौँ भन्दा, उनले प्रयोग गरेको अवधिको सवारी कर पनि मैले तिर्नुपर्ने? हुन्छ पक्राउनुहोस। मैले यो देशमा गरि खान सकिन। गर्न खोजे दिनरात मेहेनत गरे तर भएन। मैले यस बिचमा ग्लोबल आइ एम इ ग्रुपका चन्द्र प्रसाद ढकाल, उद्योग बाणिज्य कि भवानी राणा, गोल्छा अर्गनाइजेसन आदिलाइ भेटी मेरो उद्योग को समस्या सुनाए, सुनुवाइ भएन। अरु कति high profile उद्यमी हरुलाई भेटे सहयोग को याचना सहित केही भएन। ५-६ बर्ष देखि बिबेकशिल साझा पार्टीमा आबद्ध थिए, इलाम जिल्ला सम्योजक नै हु। राजनीति मार्फत देशको यी र यस्तै समस्या वकालत गर्ने प्रण सहित लागेको थिए । तर चुनाब आउने बेला बिबेकशिल साझा पार्टी क्षत बिक्षद भयो। रास्टृय स्वतन्त्र पार्टीले offer नगरेको पनि होइन, इलाम क्षेत्र न १ बाट उम्मेद्बारी दिनुहोस भन्यो तर मेरो बिकल्प थिएन पैसा थिएन अनि श्रीमती परिवारले पनि उठ्ने सल्लाह दिएनन् । असफल बिगत भएकाले खासै बल पनि गरिएन। यो देशको system currupt छ, जताततै भ्रष्टाचार छ, प्रोत्साहन छैन, हर कोहिमा frustration छ, नितिगत त्रुटि छ। जिन्दगीमा यी र यस्तै हण्डर खादा खादै मन सम्हाल्न नसकेर, आर्थिक भार थाम्न नसकेर, यहि बर्षको तिहार अघि suicide note लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदिमा फाल हानेर मर्ने जमर्को गरे सकिन। कसैले बचायो र भागेर अरुणान्चल प्रदेश को तेजु हुँदै चाइना बोर्डर The last village of india - kohu village पुगे अनि चाइना छिर्ने प्रयास गरे सकिन। एउटा हिउँ पर्ने डाडोले छेक्यो, त्यस्लाइ पार लाउनै सकिन। चाइना छिरेर त्यतै केहि दु:ख गर्ने अनि अलिकती पैसा कमाएर केही बर्ष मा घर फर्कने योजना पनि बिफल भयो। त्यहाँबाट फर्किएर घर आए र परिवार एबम आफन्तको सहयोगमा/सल्लाहामा काठमाडौं आइ बाहिर जाने प्रयास गरे। saudi, dubai, qatar, maldives सबैतिर जाने प्रयास गरे भएन। नेपालका manpower पनि लुटाहा नै रहेछन् । माग अनुसार interview दिइयो पास भैयो तर राम्रो कमाइ हुने ठाउमा भिसा नै नदिने। manpower कै आफ्ना र पहुच्वाला घुसाइहाल्ने premedical, qr code भन्दै पैसा असुल्ने अनि passport कब्जा गर्ने। कतारमा मन्त्रालयमा driver job को लागि छानिएको थिए महिनाको १०,०००/- रियाल तलब थियो, तर manpower ले ८ लाख माग्यो लागत। काहाबाट ल्याउने त्यत्रो पैसा? अन्य select भएको ठाउँमा पनि आज भोलि भन्दै २ महिना सम्म visa नै नदिने। world cup मा कतार छिर्ने अनि पुरानो सम्पर्कमा रहेका कम्पनी मा काम पाउने भए, तर worldcup को ticket, round trip air fair र hotel booking गर्न पैसा नै पुगेन, त्यो सपना पनि तुहियो। केही समय free बसेर एउटा vehicle rental कम्पनि काठमाडौमै काम गर्न थाले। जसोतसो आफ्नो ज्यान पाल्ने मेलो त बन्यो तर परिवार, छोराछोरी लाई खोइ? तेत्रो ऋण तिर्ने आधार खोइ? ६० लाख ऋण छ। श्रीमतिलाइ घरमा जतिखेरै torchure छ। हुदा हुदा श्रीमतिले पनि आत्महत्या गर्ने प्रयास गर्न थालिन, मलाइ त्यही आसयको मेसेज लेख्न थालिन, उनी पनि depressed भै सकिन। श्रीमती र म को पहिला suicide गर्ने भन्ने silent प्रतिस्पर्धा चलिरहेकै अवस्थामा मैले नै यो चोला बिसाउने निर्णय गरे। मलाइ बचाउने प्रयास कसैले नगर्नु होला। बाचिगए भने फेरि मर्ने नै छु। प्रहरिले पक्राउ गर्यो भने जेलमा नै आत्महत्या गर्नेछु। म क्रान्ती गर्दैछु। म जस्तै केही गर्छु भन्नेलाइ यो देशको सरकारले सहयोग गरोस । वातावरण बनाओस। बाच्ने सबै उपाय लाउदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरे। मलाइ माफ गर्नुहोला। कोहि मनकारि/सहृदयी जन हरु हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरि श्रीमतिलाइ सहयोग गर्दिनुहोला। उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरिहरु टुहुरा हुने छन् । NANUKA ADHIKARI SAVING AC 2907010001814 GLOBAL IME BANK, NEW BANESWOR BRANCH Contact : 9849383133 मेरि नानुका, तिमिले सहयोग पाउने छौ, बिचलित नहुनु। मलाइ माफ गरिदेउ। मैले प्रगती गर्ने धेरै अस्त्र लाउदा पनि सकिन।छोरिहरुको अभिभारा तिम्रो काधमा छ। बुझ्ने भएपछी उनिहरुलाइ सम्झाउनु, तिमिहरुको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन, जताततै हण्डर र ठक्कर खानुभयो, जताततै लुटिनुभयो। यो देश गरि खानेलाइ होइन लुटि खानेलाइ मात्र सहज रहेछ। तिमिहरुले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरि आफ्नो ज्यान आहुती दिनुभयो। यहि भन्देउ। म धेरै आशावादी, धेरै नै सकारात्मक सोच राख्ने र अति महत्वाकांक्षी ब्यक्ती थिए। देखिएकै सपनाहरु पूरा गर्न तर्फ लागिन्छ, सपना नै नदेख्ने हो भने त्यो पाउने वा पूरा हुने सम्भवना नै हुँदैन। त्यसैले सपना देखियो, महत्वाकांक्षा राखियो। त्यस्लाइ पूरा गर्न हर दु:ख/कष्ट भोगियो, मेहेनत गरियो। म sales & marketing मा पोख्त थिए नै, leadership skill, motivational skill, business skill आदि प्राप्त गर्न तालिम र अनुभव सबै थियो, english language, computer skill, modern business techniques, legal formalities & environment of a business सबै ज्ञान हासिल गरिएको थियो र आफ्नो कार्य सम्पादन गर्न सवारी चालकको रुपमा पनि दक्ष थिए। motivation speakers Dr. Bibek Bindra, Shiva Kheda, बिनोद चौधरी, रतन टाटा, अमिताभ बच्चन, Osho, Swami Bibekananda, चाणक्य नीति, गिता, बेद आदि सबैलाइ सुन्थे, अध्यन गर्थे, केही idea र प्रेरणा लिन्थे। र पनि यो देशमा सफल हुन सकिएन। उधारणिय उद्योगि/ब्यवसाइ बन्न सकिएन, पैसा कमाउन सकिएन, सपना र महत्वाकांक्षा पूरा गर्न सकिएन। धेरै युवाहरूलाई बिदेश नजाउ देशमै केही गर भनी प्रोत्साहित गरे, गाउँ फर्कौ महाअभियान नै चलाए, तर अन्त्यमा किन यो देशमा काम गर्न छाडेर बिदेश नै ताक्छन युवाहरू भन्ने पाठ आफ्नै ब्यवसाइक असफल्ताबाट सिके, यो देशको भ्रष्ट नीति बाट सिके, दलालहरुले चलाएको देशको अर्थतन्त्र बाट सिके, monopoly market बाट सिके, nepotism, favoritism आदिबाट सिके तर यहाँसम्म आइपुग्दा आफ्नो सबै सके, उठ्नै नसक्ने गरि लडे। मैले जस जस्लाइ यो देशमै केही गर बिदेश नजाउ भनेको छु, म त्यो आग्रह फिर्ता लिन चाहान्छु, मलाई माफ गर्नुहोला। यो देशमा केही गर्न नसकिने रहेछ। यो देश भ्रष्ट रहेछ। पाइला पाइलामा अन्याय र विभेद रहेछ। सपनाकै कुरा गर्दा pantanjali nepal का सहुजी युवराज जि ले इलाममै पतन्जली घ्यू को factory खोल्ने, तपाईं घ्यूमा नै काम गरिरहनुभएको रहेछ, सगै काम गरौं भनेर कति ठूलो सपना देखाउनु भयो। उत्साहित भए, सफलताको कल्पना गरे, तर अन्त्यमा त्यो सपना नै रहयो। एउटा प्रगतिशिल युवालाइ झुटो आश्वासन नदिनुहोला कृपया। उसको इच्छाशक्ति स्खलित हुन्छ। swiss embassy ले सन्चालन गरेको सहज नेपालले पटक पटक उसको अन्तर्कृयामा बोलाएर सहयोगको आश्वासन देखायो, तर उहीँ आश्वासन मात्र। आते जाते खर्च मात्र गराउनुभयो। उल्टै लुट्नुभयो। कति वटा संघ/सस्था मेरो factory हेर्न आउनुभयो, तारिफ गरेर जानुभयो, समस्या सोद्नुभयो, सहयोगको आश्वासन दिनुभयो तर फर्केर कहिले आउनुभएन, तपाइहरुको जागिरलाइ चाहिने डाटा लिन/सोधभर्ना गर्न फगत फोन मात्र गर्नुभयो। सपना देखाइरहनुभयो। सरकारी अनुदान खुलाउने, फारम भर्न दुनिया कागजपत्र, झन्झट, यातायात र कुदाइ खर्च फजुल गराइदिने गर्नुभयो तर केही दिनुभएन। तपाइलाइ घुस दिने वा जनप्रतिनिधि, साम्सद, मन्त्री का आसेपासेलाइ मात्र अनुदान बाड्नुभयो। राजनीति मार्फत सदन सरकारमा गएर यी र येस्तै देश दुखेको ठाउँमा मल्हम लगाउछु भन्ने सपना देखे राजनीति मा पनि लागे, तर रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन, किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सग खेलबाड गर्नुभयो? तपाइहरु एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका म जस्ता सयौं युवालाइ राजनितिमा लगाउनुभयो? किन समय र पैसा बर्बाद गरिदिनुभयो? यो देशमा सपना बाड्ने, आश्वासन बाड्ने अनि त्यसैलाइ आफ्नो गरि खाने साधन बनाउनेको जमात ठूलो रहेछ। मेरा परिवार, आफन्त, साथिभाइ, इष्टमित्र, गाउलेजनहरु!! मलाइ माफ गर्नुहोला। घर तथा पैतृक सम्पत्तिमा मेरो हक खोसिएको छ, अहिले समस्यामा छु, ऋणमा छु, दिलाइद्नुहोस भन्दा हजुरहरुले सुन्नुभएन, कानुनी रुपमा म पैतृक सम्पतिको हकवाला रहिन, किनभने म ७ कक्षामा पड्दा खेरी, नाबालक अवस्थामै बुवाको धेरै जग्गा जमिन भएकाले हदबन्दी जोगाउन मलाइ छुट्टै परिवार कायम गरेर अंस भर्पाइ गराइ थोरै जग्गा अंसपास गरिदिनुभएको थियो। हाम्रो देशको कानुन अनुसार दुई पटक पैतृक सम्पतिमा अंस पाइन्दैन/हक लाग्दैन। मैले धेरैलाइ/आफन्तलाइ म समस्यामा छु, कानुनी रुपमा तल परेको छु, समाधान पनि छ, सहयोग गर्दिनुहोस, म बाच्न चाहान्छु भनी याचना गरे सहयोग गर्नुभएन। के मैले सामाजिक उत्तरदायीत्व बहन गरेको थिइन? बिबाह, कार्जे, ब्रतबन्ध, सान्चेप, भजन किर्तन आदिमा सारिरिक, आर्थिक उपस्थिति जनाएको थिइन? गाउँ बिकासका कार्यक्रममा, आर्थिक लागत साझेधारिमा योगदान गरेको थिइन? टोलबिकासमा, सामाजिक छलफल र न्यायमा, कानुनी अड्चन फुकाउने मा, महिला हिम्सा हुदा न्याय दिलाउने कार्य आदिमा मेरो योगदान थिएन? समाज तपाईं भन्दिनुहोस! के मैले नातिको रूपमा, छोराको रूपमा, श्रीमान र बाबुको रुपमा पारिवारिक र सामाजिक उत्तरदायित्व बहन गरेको थिइन? सबथोक गर्दा पनि म आफैले न्याय पाइन, म नै मरे। कहिले रक्सी खाएर लडेको देख्नुभयो मलाइ? केही कुकृत्य गरे मैले? के यो देशमा उद्योग/ब्यपार गर्नु, केही उधारणिय काम गर्न खोज्नु, आफ्नै गाउँ फर्किएर सामाजिक दायित्व निर्बाह गर्न खोज्नु अपराध हो? अब कहिल्यै यहाहरुलाइ याचना गर्ने छैन, म जाँदै छु, मलाइ माफ गर्नुहोला। मेरो पैतृक सम्पती अझै छ। दाजुको पनि टन्नै जग्गा-जमिन, घर छ, आमाको पनि छ, हजुरबुबाको पनि छ, दिदिको पनि छ। सबै पैत्रिक सम्पती हो। म सकिए, उद्योग ब्यापार घाटामा गयो, केही बेचेर मेरो ऋण तिरिदिनुहोस, सम्पती भोलि पनि कमाइएला भनेर कति बिन्ती गरे सुन्नुभएन। आमा, हजुरबुवा, दाजु-भाउजु! एकपटक सोच्नुहोस इराक, अफ्गानस्तान, सिरिया, श्रीलंका आदिका नागरिकलाइ हेर्नुहोस, धन सम्पती, जग्गा जमिन भबिस्य होइन, मानिसको जिन्दगी भविस्य हो। जिन्दगी रहे त्यो सम्पती फेरि कमाउन सकिन्छ, जिन्दगी नै नरहे, केही राजनैतिक उथलपुथल, माहामारि, प्राकृतिक बिपद आदि आएमा चुट्किको भरमा सबै सम्पत्ति मुल्यहिन हुनेछ। तपाइहरुलाइ मेरो जिन्दगी भन्दा त्यही सम्पत्ति प्यारो लाग्यो। मेरा आफन्तलाइ पनि बिन्ती बिसाए तर वहाहरुले पनि म भन्दा त्यही सम्पतिमा भबिस्य देख्नुभयो। त्यही जग्गा जमिन नै भबिस्य हो तँ भबिस्य होइनस भन्नुभयो। दिदी र भान्जिलाइ तिमिहरुको divorce पश्चात् मैले कति सहयोग गरे, हेक्का होला! मैले बाच्ने धेरै प्रयत्न गरे, परिवार सग भिख मागे, कति अनुनय बिनय गरे? कसैले सुनेनन। मेरि श्रीमती नानुका तिमी कतिपनी बिचलित नहुनु। हाम्रा परिवारले हाम्रो चीत्कार सुनेनन, तर अवस्य कोहि त छ होला यो दुनियामा तिमिलाइ साहारा दिने र यो समस्याबाट मुक्ती गराउने। मेरा आफन्त मलाइ सुन्न छाडे, मेरा साथिभाइ सबै टाढा भए, आफ्नै आमा, दाजुले पनि मलाइ सुन्न छाडे, मेरो पीडा बिसाउने ठाउँ नै रहेन अब। मनभरि गहरौ भारी बोकेर कति दिन बाच्ने?कहाँ बिसाउने त्यो भारी? तेत्रो आर्थिक भार सल्टाउने केही उपाय छैन मेरो अगाडि। २० लाख जतिले तत्कालको गाँठो फुक्ने वाला थियो, तेति जुटाउन गरेको प्रयास पनि सबै बिफल भए। आफ्नो उठ्नु पर्ने रकम उठाउन कति रोइ कराइ गरे, वास्ता गरिदिएनन सरोकार वालाले। नयाँ काम गरौ, लगानी छैन, पुरानो ब्यवसायलाइ नै थामौ उपाय छैन, हर तरहले अगाडि बढ्ने बिकल्प लगाइयो सबै बिफल भए। के गरौं? कसो गरौं ? केही बिकल्प नै रहेन। सिधार्थ बैंकको ऋण नबिकरण गर्ने र ब्याज तिर्न पैसा छैन, माछापुच्छ्रे बैंकको मासिक किस्ता तिर्ने पैसा छैन, सरकारलाइ VAT को पैसा तिरौ बजारमै छ पैसा उठाउनै सकिदैन, राजस्व कार्यालय ताकेता गरेको गर्यै गर्छ, सबै ब्यक्तिगत र सस्थागत खाता रोक्का गरिदिन्छु, कालो सुचिमा राखिदिन्छु भन्छ, origin VAT manufacturing company ले तिर्नुपर्ने भएकाले VAT return पनि हुदैन । म राजस्व कार्यालयलाइ बिन्ती गर्छु, ब्यवसाइक बक्यौता लाई ब्यक्तिगत नबनाइदिनुहोला, सहज हुदा कर तिरेकै थिए, ब्यापार घाटा हुदा सकिन। फेरि कच्चा पदार्थ वालाले pan मा सामान दिन्छन् । घर खर्च चलाउने पैसा छैन, छोरिहरुको लालनपोशण र शिक्षामा खर्च गर्ने पैसा छैन, कोहि बिरामी परियो भने उपचार गर्ने पैसा छैन, ब्यक्तिगत ऋण र ब्याज तिर्ने पैसा छैन, ब्यवसाइक कारोबारको return गर्ने पैसा छैन। सरकार तिमी सुनिदेउ मलाइ। मेरो दोस फगत यहि मातृभुमिमा केही गर्न खोज्नु मात्र रहयो। जतिसग कारोबार गरियो, सबैले लुटे। जिन्दगिको अन्तिम समयसम्म लुटिए, गत हप्ता दाङ बाट काठमाडौ को night bus मा टिकट काटेर हिडे, केही वर आएपछि थाहा भयो मैले लिएको seat अरु दुइजनालाइ पनि बेचेको रहेछ, महिलाहरु उभिने भए मनले मानेन छोडिदिए seat. जताततै लुट्छन हौ सरकार, कस्ले सुन्ने मलाइ? सरकार तिमि सुनिदेउ!!!! बाच्ने रहर हुँदा हुँदै बाच्न सकिन। केही नयाँ गर्ने र उधारणिय बन्ने हुटहुटि हुँदा हुँदै बन्न सकिन। यो statement लेखिसकेपछी पनि २-४ जना सग share गरे, बाच्न चाहे। सहयोग को आश्वासन पाए तर फगत आश्वासन मात्र रहयो। कसलाइ share गरे गर्भमै रहोस! वहाहरुले सार्बजनिक गर्नुभयो भने वहाहरुकै कुरा। सबै उपाय लगाइसकेपछी पनि केही नभएपछी यो निर्णय लिएको हु। रोए धेरै रोए एकान्तमा। आँसु रितिए, आशा रितिए, सम्बन्ध रितिए। सबैभन्दा ठूलो पैसा रितियो, धन रितियो, र सायद अब मलामी पनि रितिए, मेरो लास उठाउने पनि कोहि हुदैनन होला, किनकी म कंगाल भए धन सबै सकियो। छोरिहरुसग रमाउने चाहाना थियो, उनिहरुलाइ असल नागरिक बनाउने चाहाना थियो, श्रीमतिलाइ सदा अगालोमा राख्ने चाहाना थियो सबै चाहानामै सिमित भयो। कहाँ जानू? कसलाइ भन्नू? अगाडि केही देखिन मर्नु सिबाय। मलाइ माफ गर्नुहोला!!! मेरो सालो भाइ मनोज, भतिजा छोराहरु कृष्ण, किरण कपडाको ब्यपार गर्छन् । इटहरी र बिर्तामोड मा। उनिहरु पनि बारम्बार भन्ने गर्छन् बजारमा पैसा फस्छ, २-४ करोड retail पसलमै बाकी उठाउनु छ भन्छन् । तिमिहरुको पैसाले ती retail पसल खोल्दिनुपर्ने? जो कोहि उद्यमी/ब्यपारी तेसै भन्छन् । मेरा साडु दाजु ठेकेदार हुनुहुन्छ बिद्युतिय substation निर्माण र लाइन बिस्तारको ठेक्का लिनुहुन्छ। वहाँ पनि भन्ने गर्नुहुन्छ, ठेक्का त पाइन्छ तर बर्शौ आफ्नो पैसाले निर्माण धान्नु पर्छ। ए सरकार तिम्रो बिकासको काम पनि जनताले उधारोमा गर्दिनुपर्ने? किन पैसा दिदैनौ समयमा? किन आवाज उठ्दैन कोइबाट? कसै न कसैले initiate गरौं न। यो देशको उधारो बजारको जालो चिर्नै पर्छ। सरकारले त्यतिकै सुन्दैन। तिमी सुन सरकार, मेरो बलिरहेको शरीर हेर, केही त महसुस गर। सरकार यी र यस्तै जनजिबिकाका मुद्दा उठाउ, जनताको जीवन सरल र सहज बनाउ। मेरो देश जहाँ, गरिब भनिएका जनताको पैसाबाट/निक्षेपबाट पैसाकै व्यापार गरेर बैंकहरु एकै बर्षमा १० अरब कमाउछन, मेरो देश जहाँ सरकारी मुफ्तको औसधि नस्ट गरेर निजि medical का महँगो औषधि जनतालाइ किनाउछन, मेरो देश जहाँ सरकारी शिक्षक/कर्मचारी हरु आफैले पढाउने गरेको/नियमन गर्ने गरेको बिद्यालय मा बिस्वास नलागेर निजि बिद्यालयमा छोराछोरी पढाउछन, मेरो देश जहाँ जनता जिउन चाहिने आधारभुत बस्तुहरुमा सरकारको पहुच नै छैन, ब्यपारी र बिचौलियाको लुट्तन्त्र छ, उनिहरुकै रजगज छ, मेरो देश जहाँ ठुलालाइ चैन र सानालाइ मात्र ऐन छ, मेरो देश जताततै दुखेको छ, मेरो देश गाउँ -गाउमा रोएको छ, हरेक किसानको घरमा रोएको छ, महत्वाकांक्षी युवाको मनमा रोएको छ, गरिबको दिलमा रोएको छ, बिरामिको दिमागमा रोएको छ, मेरो देश पिल्सिएको छ। केही गर सरकार, केही गर!!!! प्रचण्ड तिमिले १७ हजार मार्ने गरि जनयुद्ध गरेउ। देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएउ। संविधान सभा मार्फत देशमा नयाँ संविधान जारी गरेउ तर म जस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौ। तिमिलाइ थाहा छ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान जस्ता देशहरुले सजिलै नेपालिलाइ भिसा दिने भए यो देशमा कोहि रहनेछैन। तिम्रो देश खाली हुनेछ। अनि रित्तो देशको प्रधानमन्त्री बन्नु। र ती १७ हजार सहिदलाई शासन गरेर बस्नु। तिमिलाइ थाहा छ सरकार? अहिले उद्योगि /ब्यवसाइहरु बैंकबाट ८-९% मा लिएको ऋण को ब्याज बढेर १२-१५% सम्म तिरिरहेका छन् । अनि अर्को कुरो त्यही बढेको १२-१५% बैंक ब्याज तिर्न २४-३६% सम्म ब्यक्तिगत ऋण लिएर तिरिरहेका छन्। बैंकले छोड्दैन/सुन्दैन । अनि काहा पुग्यो देशको उद्योग ब्यपार? अनि अर्को लुप्त सत्य, सानो ब्यवसाय गर्न देशका कुनै पनि सहरमा खाली सटरको लाखौं deposit लिन्छन् घरधनिहरु, बिना ब्याज ब्य्वसाइको पैसा deposit राख्छन् । तर घर बाहाल कर पनि तिर्दैनन। ब्य्वसाइ कसरी बाच्छ? यस्तै अवस्था रहिरहने हो भने हाम्रो देश कंगाल हुँदै छ। कोहि त आवाज उठाउनु होस! देशमा जताततै आर्थिक मन्दिको हावा चलेको छ। म कसरी अछुतो रहुला र त्यस्बाट? यो सब उधारो बजार, अबैज्ञानिक कर नीति, पुजि पलायन, शून्य प्राय बिदेशी लगानी, पुजि घर जग्गा र शेयरमा freeze आदिले आएको समस्या हो। केही गर सरकार। जादा जाँदै नेपाल सरकार सग निम्न मागहरु राख्दै, त्यो पूरा होस भन्ने अपिल सहित, यो शरिरलाइ अग्निकुण्डमा समाहित गर्दैछु। सबैमा अपिल! यो देश गरि खान लायक बनोस, बस्न लायक बनोस्, मेहेनत गर्नेको भलो होस, सबैको फलोस फुलोस। र अन्त्यमा मैले गरेको यो आग्रह सबैसामु पुगोस, बिस्वले पनि सुनोस। मेरो क्रान्ती हो यो। मैले माथी उल्लेख गरेका कुनैपनि भोगाइहरु, कारोबारहरु, हण्डरहरु गलत रहेछन भने त्यसलाइ प्रमाणित गर्न म चुनौती दिन्छु। माथी उल्लेखित कुनैपनी समस्याहरु ब्यक्तिगत होइनन् , सबैले भोग्दै आएका रास्टृय समस्या हुन, किन कोहि बोल्नुहुन्न? मेरो आवाज सुनिदिनुहोस। म आफैलाइ मात्र मार्दैछु। अरुलाइ नोक्सान पुर्याउने छैन। यो अपिल सरकारले महसुस गर्नेगरी सुनाउदैछु। मेरो देश गर्व गर्न लायक बनोस, बिदेसिएका लाखौं युवाहरुले यहि देशमा केही गर्न सकुन भन्दै निम्न मागहरु नेपाल सरकारसामु राख्दै, यो शरीर सुन्दर देश नेपाल बनोस भन्ने कामना सहित बलिदान दिदैछु!!!!! अल बिदा!!!!! १. रास्टृय उत्पादनमा vat शून्य गर। आयातित बस्तुमा बरु २०% लगाउ। उपभोग्य बस्तुमा मुल्यबृद्धिको प्रमुख कारण VAT हो। २. Buyers Pay First जस्तो आकर्षक बजार क्रय बिक्रय नीति लागू गर सरकार। उधारो बजारको अन्त्य गर। यहाँ निमुखा उत्पादक/supplier ले भाटभटेनी, big mart, Dabur Nepal, जस्ता ब्यापारिक डनहरुलाइ पाल्नु परिरहेको छ। उधारोमा उनिहरुलाइ सामान दिइरहनुपरेको छ र त्यै सामान बेचेर पैसा अन्यतिरै (share, जग्गा) आदिमा घुमाएर बैंकमा मुद्दती खोली ब्याज खाइवरी अनि अन्य थप मुनाफा कमाइवरी मात्र उत्पादक/supplier लाई बल्लतल्ल दिन्छन् तबसम्म उत्पादक/supplier, ऋणले, ब्याजले, operating capital shortage ले मरिसकेका हुन्छन् । धनी पैसाले नै उक्लेको उक्लै, गरिब थिचिएको थिच्यै। ३. Higher the Profit - Lower the Tax Rate कर नीति लागू गर। धेरै नाफा गर्दा करको दर घट्ने हुनाले सबै उद्योगी/ब्यपारी धेरै नाफा गर्ने तर्फ लाग्नेछन। ४. Land Leasing प्रणाली लागू गर। जग्गा जमिन पुस्तौसम्म हस्तान्तरण गरिने हुँदा नेपाली जनताहरु अल्छे भएका हुन। एक जमिनको स्वामित्व एक ब्यक्तिलाइ ५० बर्ष सम्मलाइ मात्र देउ। ५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर। सहरका अनुत्पादक जग्गाले जति नै valuation गाउका उत्पादक जग्गाले पनि पावोस। शहरका ४ आना जग्गा बैंकमा राख्दा त्यो नबेची पैसा आउदैन। तर गाउका उत्पादनशिल जग्गाले आम्दानी दिइरहन्छ, फसल र उत्पादनले पैसा आइरहन्छ र बैंक ऋण तिर्ने आधार बढी हुन्छ। ६. सबै बाहालका घर लाई करको दायारामा ले। महिनाको १०,०००/- तलब खाने कर्मचारीले चाहिँ १% TDS तिर्नुपर्ने तर सहरका महिनाको लाखौं घर बाहाल उठाउने घरहरुले कर नतिर्दा हुने? तिमिलाइ थाहा छ सरकार? घरबाहाल तिरी हाले पनि भाडावालालाइ तिराउछन। तिम्रो धेरै राजस्व घर बहालमा चुहावट भैरहेको छ। ७. भाट्भटेनी, BIG MART, पतन्जली, डाबर नेपाल, युनिलिभर, जस्ता ठुला औद्योगिक तथा ब्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन नियमन गर सरकार। उनिहरुले जसो भन्यो बजार तेतै जान्छ। तिमिलाइ थाहा छ सरकार? आफ्नो कम्पनी profile high बनाउनलाइ रास्टृय-अन्तर्राष्ट्रिय कम्पनी हरुले भाटभाटेनीमा आफ्नो सामानको उपस्थिती देखाउछन, उसलाइ उच्च margin दिएर, बरु घाटा नै सहेर। तर बाहिरी बजारमा त्यही सामान कम margin मा अझ भाटभटेनी लाई दिदाको घाटा पुर्ती हुनेगरी बेच्छन् र दैनिक उपभोग्य सामानको मुल्यबृद्धी भैरहेको छ। ८. दर्ता नगरी खुलेका online पसल हरु सब बन्द गर्दे सरकार। कि बैधानिक दर्ता भै कर तिरेको हुनुपर्यो। ९. वैदेशिक रोजगारमा official visa मा जान चाहाने लाई श्रम स्वीकृती को लफडा लनगा सरकार। तिमिलाइ थाहा छ? खाडिमा महिनाको लाखौं कमाउन सकिने visa मा त्यहाका कम्पनीहरुले demand र embassy attestation को लफडा गरि रहदैनन। जस्ले गर्दा पढेलेखेका skilled युबाहरु लाखौं कमाउन सकिने खाडिको जागिर बाट बन्चित भैरहेका छन। सरकार तिम्रो श्रम कागज नेपालको airport मा देखाउने एउटा खास्टो मात्र हो, अनि दलाल पोस्ने official घुस, त्यति हो श्रम document. अनि पत्र पत्रीका मा आउने डिमाण्ड फगत देखाउनलाइ मात्र हो manpower हरुको, राम्रो तलब र सुबिधा भएको माग मा manpower लाई सम्पर्क गर्यो भने, त्यो त देखाउनलाइ छापेको भन्छन सिधै, थाहा छ सरकार तिमिलाइ? १०. अनुदान र subsidy प्रणाली को सबै पुरानो file निकाल सरकार, कति भ्रस्टाचार भएको रहेछ थाहा पाउछस। गर्नेलाइ हर तरहको प्रोत्साहन, अनुदान मिलोस। कागज पत्रमा सिमित कम्पनिहरुलाइ मात्र होइन। यहाँ अनुदानका लागि proposal लेखिदिने, कागजपत्र दरिलो बनाइदिने, केही दिनलाइ भाडामा अनुगमनका लागि फर्म देखाइदिनेको झुण्ड नै छ यो देशमा। ११. बिचौलियाको अन्त्य गर सरकार। देशका सबै पालिकाहरु लाई एकै ठाउमा भेट गराउने गरि पालिका बजार नामक online national web server को बिकास गर सरकार। जहाँ सम्बन्धित पालिकाको कृषि तथा औद्योगिक उत्पादनको बिबरण हुने छ मुल्यसहित। नेपाल भित्र कुन पालिकामा के उपलब्ध छ र कुन पालिकालाइ के चाइहेको छ, demand and supply command त्यहिबाट हुने गरि ब्यवस्था मिला सरकार। बिचौलिया सब चट हुनेछन् । १२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन् । यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस् । नेपाली ब्राण्डमै बिस्वमा निर्यात होस। बिस्वले हाम्रा उत्पादन चिनुन। त्यतातिर लाग सरकार। १३. गाजा खेतिले बैधानिकता पाओस। गाजा र त्यसको बोटबाट बन्ने सामानको बिस्व बजारमा धेरै माग छ। देश २-४ बर्शमै समृद्ध हुनेछ। १४. शिक्षा, स्वस्थ, सार्बजनिक यातायातमा निजिकरण दुरुत्साहित गर सरकार। यी राज्यले जनतालाइ दिनुपर्ने आधारभुत सेवा हुन। सबैको पहुचमा सरल र सहज तरिकाले यी बस्तु तथा सेवा उपलब्ध गरा सरकार। यो देशमा बिरामी परियो भने उपचार गर्ने पैसा नभएर मर्नु पर्छ सर्बसाधारण। १५. सरकारी कर्मचारी, शिक्षक आदिलाइ घर पायक जागिर नभएमा अनिबार्य आवास सुबिधा उपलब्ध गरा सरकार। तिमिलाइ थाहा छ? एउटा सरकारी अधिकृतले सहरमा बसि जागिर खादा आवास, बच्चाको शिक्षा, औसधि उपचार आदि गर्न महिनाको ४०-४५ हजार तलबले पुग्दैन। अनि भ्रष्टाचार नगरेर के गरोस त? १६. सार्बजनिक खरिद ऐन मा व्यापक सुधार गर सरकार। जस्ले थोरै कबोल गर्छ उस्लाइ ठेक्का होइन। जस्ले बैज्ञानिक र आधुनिक बिकास अवधारणा अनुसार आफै बजेटिङ गरेर ठेक्का प्रस्ताब गर्छ उसलाइ बिकास निर्माणको ठेक्का दिने गर सरकार। १७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्ड सम्मको सजाय हुने ब्य्वस्था लागू गर संसद। १८. जातिय आरक्षणको अन्त्य गरि किसान र गरिबलाइ पहिचान परिचयपत्र मार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार। १९. भारतसगको खुल्ला सिमाना अन्त्य गर सरकार। कमसेकम भारतिय नागरिक नेपाल आउदा जहाँसुकैको boarder बाट on arrival visa निश्चित समयलाइ दिने गर र त्यस्को अभिलेख सधैं अद्यावधिक गर सरकार। २०. आयात प्रतिस्थापन गरि सधै घरेलु उत्पादन र निर्यातलाइ प्रोत्साहान गर सरकार। उत्पादन वृद्धिमुखी कार्यक्रम आओस देशमा। उत्पादनमुलक उद्योगले हर तरहको प्रोत्साहन पाओस् सरकार। २१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर। तिमिलाइ थाहा छ सरकार? हाम्रो देशको ६०% पैसा बचत तथा ऋण सहकारी मार्फत परिचालित छ, ४०% मात्र निजि तथा सरकारि बैंक मार्फत परिचालित छ। सहकारिको अवधारणा कृषि सहकारी, उद्योग सहकारी, आदिमा मात्र लागू गर। २२. बिकास खर्च जनताले राज्यलाइ दिएको करबाट गर्ने हो। बिकास साझेदारिको नाममा फेरि पुर्बाधार बिकास हुने ठाउको उपभोक्ताबाट २५% रकम उठाइने गरिएको छ, त्यो बन्द गर सरकार। २३. कक्षा ६ देखि नै "उद्यमशिलता - entrepreneurship" बिसयलाइ बिद्यालय शिक्षामा अनिवार्य गर सरकार। जिवनयापन गर्न, पैसा कमाउन सीप र कला नै चाहिन्छ। २४. सरकारी कर्मचारी/शिक्षक/सस्थानका कर्मचारी/जनप्रतिनिधि/साम्सद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिबार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर सरकार। २५. बैंक ऋणको ब्याजदर ७% भन्दा कहिले माथी नउठ्ने गरि सिमित गर सरकार। तिमिलाइ थाहा छ? देशको पैसा जति सबै ठुला ब्यपारिको हातमा छ र देशका अधिकाम्स बैंकमा तिनै ठुला ब्यपारिको लगानी छ। मुद्दतीमा धेरै ब्याज लिन उनिहरुले नै रचेको बैंकको ब्याजदर वृद्धि हो ऐले। ब्यवस्था परिवर्तन धेरै गर्यौ यो देशमा। धेरै क्रान्ती गर्यौ, जनयुद्ध लडेउ, जनआन्दोलन गर्यौ, जनता मार्यौ। अब जनताको अवस्था परिवर्तन गर। यी र यस्तै दैनिक जनजिबिकाका मुद्दा, राज्य संचालनका प्राबिधिक विषय मा केन्द्रित रहेर शासन गर सरकार। एउटा साधारण जनताले सहज तरिकाले उद्योग/ब्यपार गर्न सकोस, जागिर खान सकोस, खेतिकिसानी गर्न सकोस, सुखको श्वास फेर्न सकोस। देश बनाउनलाइ हावा गफले मात्र हुदैन, हेर्दा सानो/झिनोमसिनो देखिने सुक्ष्म कुराहरु तर जनताको जनजिबिकामा ठूलो असर गर्ने मुद्दाहरुमा ध्यान दे सरकर, हार्दिक अपिल!!!! यदि कोही मेरो मागमा सहमत हुनुहुन्छ भने शान्तिपुर्ण ऐक्यबद्धता जनाइदिनु होला। आन्दोलन र हिम्सा मेरो देशले धेरै सह्यो, त्यता नलाग्नुहोला। सरकारलाइ झक्झकाइ रहनु होला। सम्झाइदिरहनुहोला। सुन्दर देशको कल्पना गर्दै मैले लिएको यो अभियान हो, यसलाइ मर्न नदिनुहोला। मलाइ राजनीतिमा लगाउने महानुभाबहरुलाइ आग्रह, मेरो अभियान लाई अगाडि बडाइदिनुहोला, सरकारलाइ झक्झकाइ रहनुहोला। यो देश दुखेको ठाउँमा मल्हम लगाइदिरहनुहोला। नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुग्नुभएका नयाँ पार्टी तथा नयाँ साम्साद, रबि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोबिता गौतम, गगन थापा, बिस्वप्रकास शर्मा, योगेश भट्टराई, तोसिमा कार्की, लगायत तमाम नयाँ अनुहार हरुलाइ बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस। यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहान्छु। निम्न बुदाहरु यहाँहरुको दिमागमा बसिरहोस!!! १. BUYERS PAY FIRST २. रास्टृय उत्पादनमा VAT शून्य। ३. LAND LEASING SYSTEM ४. HIGHER THE PROFIT, LOWER THE TAX RATE ५. शिक्षित MANPOWER वैदेशिक रोजगारमा जादा श्रम स्वीकृतिको झण्झट नगराइयोस। श्रम कागज भन्दा दरिलो foreign company ले दिएको offer letter र employment contract उनिहरुसग नै हुन्छ। ६. देशका सबै पालिकाहरु र उत्पादनहरु समेटिएको "पालिका बजार" नामक national web server को बिकास। ७. बाहालमा लाएका घरहरुलाइ अनिबार्य कर। घर बाहाल लिदा घरधनिले लिने deposit money गैरकानुनी हो, त्यसको अन्त्य। ८. स्वस्थ्य, शिक्षा र सार्बजनिक यातायात सहज र सरल। ९. BANKING MORTGAGE VALUATION नितिमा परिमार्जन। १०. बचत तथा ऋण सहकारि, FINANCE CO. र MICRO FINANCE को खारेजी। ११. गाजा खेतिलाइ बैधानिकता। स-धन्यबाद यहि देशको एउटा सर्बसाधरण नागरिक। प्रेम प्रसाद आचार्य सन्तोष सुर्योदय-११, केराबारी, इलाम, प्रदेश १ नेपाल। हाल काठमाडौ । म मरे पनि मेरो देश बाचिरहोस!!!! अल बिदा!!!

Saturday, November 5, 2022

साहित्यिक सम्प्रेषण कविताहरु

"अन्तिम बचन" भेट त अवश्य हुन्छ होला जीवनका घुम्तीहरुमा आँखा तिम्रो जुधाएर अतितका घाउ नाताछी दिनु म जब जीवनको अन्तिम घडीमा पुगेको हुने छु तिम्रो बिजयको उदघोष गर्दै मलाई हेरी हाँसी दिनु !! बस अरु त के ? सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल २०५८/०२/२१ "आँशु" जब माटु रुपैयाँ नश्वर एक दिन अन्तिम निस्वाश फेरेको दिन आएर एक थोपा आँशु मात्र मेरो चिता माथि चढाई -----!! बिचरा राम्रो मान्छे थियो बास अरु त के? 'बचन' सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल २०५८/०२/२१ "सङ्गकुच" मोति खोज्नु सागरको गहिराईमा पसें तर बालुवाले पुरिएछ। तिम्रो माया यति मुल्यवान रहेछ तर स्वार्थीपनले मातिएछ। सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल २०५८/०२/२१ "शान्तिको यात्रा" विश्व शान्ति दर्शाउन चाहन्छु विश्वमा शान्तिको दियो बालेर ! विश्व समानताको उज्यालो देख्न चाहान्छु विश्वमा बिना भेदभावको शन्देश छरेर !! विश्वमा युद्द बेला शान्तिको शन्देश सिकाएर विश्वको फाल्गुनन्दको जन्मस्थानको माटो छरेर ! विश्व ब्र्ह्मण्डको भूमि चोखो राखेर विश्व कल्पनाको चोखो स्थानमा पुगेर !! विश्व यात्रामा माङ्गसेबुङ्ग माटो छरेर बिश्व नेपालको परिचय गराउन चाहान्छु ! विश्व सगरमाथाको चुचुरामा पुगेर विश्व शान्तिको बुकुल फुक्न चाहान्छु !! सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल २०५८/०२/२१ २०६१ साल कार्तिकमा बर्ष-०१ अंक ०१ किरांत नुमिङ्गसो पत्रिका प्रकासित ईलाम माङ्गसेबुङ्गबाट "किराँतको चेतना" संसार अन्धकार पार्ने कुईरो रुपैयाँ पर्दा च्यात्न चाहान्छु ! किराँतको उत्थान गर्न एउटा ज्ञान रुपैयाँ दियो बाल्न चाहान्छु। त्यहि दियो बालेर यो अन्धकार कुरितिहरुलाई ज्योतिको दर्शन गराउन चाहान्छु ! आदर्शको ज्योति सल्काएर एउटा आकाश धर्तीको फरक देखाउन चाहान्छु। यो अन्धकार गोरेटोमा दाँया बाँया दियो बाल्न चाहान्छु। किराँतको मार्ग लम्बिए झैँ किराँतको दिप बाल्न चाहान्छु। किराँतको आग्रह सबैलाई त्यागी बनौ बिरा किराँती बनेर बलिदान होईन शास्वत बनेर गरौ किरांत धर्मको प्रचार चिनाऔ सबैलाई किरांत धर्म भनेर सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल २०५८/०२/२१ ‘२०५९ साल पौष १५ बर्ष-१अङ्क १० मा प्रकाशित बिश्व किरांत आवाजमा’ "नयाँ बर्ष पलाउ तिमी" म पलाएँ यो धर्तीसंगै मन पलायो कल्पनासंगै नयाँ बर्ष पलाउ तिमी दुखी गरिबका झुपडीसंगै बिकासमा नौला नौला बाटाहरुसंगै नाम पलायो बिज्ञानसंगै नयाँ बर्ष पलाउ तिमी प्रत्येक नेपालीको स्पन्दनसंगै सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल (२०५९ साल चैत्र ३० गते राती आफ्नै कोठामा) 'बर्ष २ अंक २ मा २०६० साल हरियाली साप्ताहिकमा क्यालेण्डरमा प्रकाशित भएको हो' "तिम्रो मायामा आँशु" एकान्तमा हृदय दुख्छ सम्झनाले गर्दा मेरो वियोगको बादलुको चोट पाउँथे तिम्रो माया तिमीलाई सम्झी पिउन खोजे बिष बनी सक्यो तिमीलाई भनी सम्झे रहे तर तिमी टाढा गयौ खायौं धेरै कसम तिमीले संगै बाच्ने भनी सबै आशा जलाई दियौ आगोको ज्वाला संगै छाडी दियौ दुख्ने मुटु रुने आशुँ पनि चोट दियौ तिमीले आगोले पोल्ने गरी नारोउनु है सम्झी सम्झी अब तिमी सधैं गल्ती भयो भनी नपुकार्नु है ईश्वरलाई सम्झी खुकुरीको धारले फ़ुटाएको मुटुको ढुकढुकीलाई तृष्णा मेटिन्न तिर्खाएको मन आशुँको धुप्की मलाई सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "आशुँको ब्याथा" मनको घाउ नलागिकन आशुँ कहिल्यै बगेको छ र तर मनको पिर यसले बगाई कहिल्यै लागेको छ र अरु मान्छेले नरोउ भन्छन मान्छे रुदा खेरि उस्तै घाउ दिलमा दुख्छ आफूलाई चोट लाग्दा खेरि हे नरोउ भन्न त सजिलो छ नरोउ न त गाह्रो छ नि रुनु पर्छ एक दिन त फूलको थुङ्गा भुईंमा झरे झैँ थाहा छ नि सबैलाई नै दुख रोई जादैन भन्ने परिश्रमको चोट आशुँले धोई जादैन भन्ने चोट परेको मान्छे घाउ दुख्छ भनी रुन्छ हास्न त झन कहाँ सक्छ र कोमल घाउ कोमल घाउ मुटु टुटे पछी!! सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "आजको प्रतिष्पर्धा" मानिसको गति धनमा अढ्छ अगाडी बढ्दैन एकले अर्काको गोडा तान्न पछाडी पर्दैन डाडु र पुन्यू भेटेको मान्छे डाडिने गर्दछन निमुखा सारा मानाबहरु भोकले मर्दछन को भन्दा को कम होईमा चल्यो मै ठुलो हुन्छु भन्दैमा चलेन किन तछाड र मछाड चन्द्रमा छुनमा आफन्तले आफन्तलाई मिचेको देखिन्छन ठुलाले साना धनीले गरिब किचेको देखिन्छन मानिसको मन भावले हावाले हुन्न मानिस ईज्जत दिलले हुन्छ बेईमानले हुन्न सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल (बाचनमा श्री मेची निम्न माध्यामिक बिद्यालयमा कक्षा आठमा पढ्दा तिन ब्लाकमा श्री अन्तु नेपाली बिषयको कबिता रच्ने क्रममा मेरो नेपाली शिक्षक श्री खगेन्द्र पोख्रेलद्वारा ढाडस पाएको ) "अन्तु" अन्तु हाम्रो कलिलो राम्रो उज्यालो मुहार विधाको धन सबैले साथ् दिऔ उज्वल भबिष्य फलोस फूलोस आशिष पाओस भबिष्यको कर्णधार पढेर आई शिक्षाको ज्योति फ़ैलाओस अन्तुको जनता जादैनन् देश बाहिर भबिष्य हाम्रो उज्वल भूमि हाम्रो अन्तु निर्मल हामी धनको कमी प्रणाम गर्दछौ हे अन्तु भूमि जननी जन्म सेवा गर्दछौ। हे गुरु वर्ग विधाका प्रेमी गर्दछौ बारम्बार अनाथ हामी यो भूमि थामी गर्दछौ नमस्कार गर्दछौ नमस्कार!! सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "ज्ञान बनिदेउ" तिमी ज्ञानी बने देउ सात्क्षर देबी यो संसारको रत्न एक ईतिहास कोरी देउ आँशुले नबगाई जन्म भूमि प्यारो बनाउ सधैं खुशी बनी जम्मै टिपेर कष्ट पिडा तिम्रो अनुभब अथाह बेदना आशुले सबै हृदय धोएर ज्ञानी बनीदेउ उज्यालो अनुहार सारा दुख कठिनाई तोड बिबेकशिल भई ज्ञान लिएर बढ बिबेकशील प्राणी हो मानिस बनिदेउ तिमी सात्क्षर सरस्वती बिकृति हटाई सुधार्नु समाज सुधार हृदयमा बोकी अनुभब बोकेर सारा दुनियाँको अगाडी बढेर शालिक होईन असल मानब बनेर सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "पाइन ठाँउ" विश्वमा थिचिएको पिडा बेदना बिचमा होहल्ला मानिसको घेरामा पोखाउदै हिडे बेदना मेरो बिचारमा पाईन्न ठाँउ बस्नलाई कहिँ कतै देखा परे धेरै जाली फटाहा यहा अनुकुल समाज पारे लथालिङ्ग पिडामा पौडी खेलिरहे यहा सकिन गाउनै पिडाका गीतहरु विश्वमा मानिसले पृथ्बी तुच्छ ठाने स्वच्छ मण्डल छाडी चन्द्रमा जान थाले प्रेरणाको स्रोत पाईन्छ भनेर मैले यहाँ पाईन मैले आफ्नो मातृभूमिमा बस्न समाजमा मानिसहरु सेखी हुन थाले ईर्ष्या गर्न थाले एक अर्कामा पापित्वको नशा लाग्न थाल्यो आजकल असल कर्म काण्डको पुनित्य हुन छाड्यो समयको दुरी चल्न थाल्यो नयाँ यूगसंगै मेरो जिवन असहजमा पिडाले औल्याईं मेरो दुख कष्ट बेदना पोखाउन सकिन अन्तमा मेरो ठाँउ बस्नलाई कहिँ कतै पाईन्न सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "ओईलॆ झर्ने फूल" फूल भएर फूली दिउ भने आँधी आई झारी दिने कोपिला फूल मै बसौ भने मलाई फूल नै नगन्ने चोखो खोला भई बगौ भने पहाडले बाधा पुर्याई दिने नबगी कुवामा नै बसौ भने फोहोरले मलाई छोपी दिने जुन भई चम्किदिउ भने पापी बदला आई ढाक्ने बादलै भएर उडौ भनी पानी भनेर झरी दिने हावा भई बहौ भने उसले कहिल्यै नदेख्ने त्यसैले मलाई नदेख्नु भने अब म के बनि दिने ? सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल 'मेरो लागी जीवन" दुख कष्ट र बेदनालाई कसरी धोई पखाल्ने हो ? मेरो प्यारो त्यो बगैंचाले के भुल्न सकेन ती पलहरुलाई दूर क्शिताजहरुमा बादललाई कसरी सम्झी सगालने हो भुल्न पनि सकिन उसैलाई आफ्नो पिडा साट्नलाई स्वार्थी संसारको माझमा कसरी अघि बढ्ने हो अल्झी बसेका ती तृष्णाहरु साबिक प्रेमको बन्धनमा स्वतन्त्रता छैन मनमा कहाँ गई छुटकारा पाउने हो सत हृदयले फूल्न दिई फक्रोस आफै त्यो सधैंलाई सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "समय" मात लाग्यो मलाई हिजो राती के भयो भनी आफै जचाई हेरे मनको भावना दोबाटोमा परी के गरी मनलाई बुझौ यो समयमा कल्पना गरे मनको चोट कसले बुझ्ने आफैलाई भाब सरी उताउलापन नव यूगको चक्रवत कसले सम्झिने के गरी मन बुझौ यो समयमा क्षितिज पारी नौ यूगको लडाईं कसले सफल बनाउने हो यो समयमा तछाड र मछाड डाडु पुन्यूको रजाई नव यूगको चक्रवत यो गुञ्जयमानमा सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "किराँती बन्नलाई" जाग जाग मित्रहरु हो किराँती बन्नलाई उठ उठ मित्रहरु हो साक्षित बन्नलाई खायौं सुत्यौं धेरै जागौ अब उठ्नलाई हटाऔ कुरितीहरु सजक बन्नलाई एकले अर्कालाई चिनौ साक्षेरी बन्नलाई झगडा हिँसा गर्न छोडि दिउ असल बन्नलाई ईतिहास पल्टाऔ को हौ भनेर सबैलाई चिन्नलाई नयाँ यूगको चक्रमा पसौ दीक्षित बन्नलाई हामी मुखले होईन किराँती हौ भन्नलाई शिलामा ईतिहास बन्ने छ सुद्दी बन्नलाई सताब्दीले ईतिहास्त्व मार्ग बन्नलाई चिनाऔ सबैलाई हामी किराँती हो भन्नलाई अशान्तीको भर्याङ्गबाट उक्लेर मुक्त गर्नलाई अखण्डताको दिप ज्योति दियो बाल्नलाई विश्वलाई चिनाऔ किराँती हौ भन्नलाई सबैको मनमा बस्न सकौं हामी एक भन्नलाई सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "ईलाम माङ्गसेबुङ्ग" कति स्वच्छ डाँडा काँडा हरियो माङ्गसेबुङ्ग कति हराभरा प्रकृतिले सजिएको माङ्गसेबुङ्ग देबि देउताका परम स्थान हो माङ्गसेबुङ्ग तागेरा निङ्गवाफू माङ्गको थलो हो माङ्गसेबुङ्ग अरु केहि नभई मात्र रहेको बस्ती माङ्गसेबुङ्ग किराँतीको मूल आस्थाको मुटु हो माङ्गसेबुङ्ग विस्वका सारा मुलुकले मन पराउने माङ्गसेबुङ्ग साच्चै मोहनी लाग्छ है त्यो ठाँउ हो माङ्गसेबुङ्ग किरान्तीहरुको आस्थाको केन्द्र हो माङ्गसेबुङ्ग राजधानी भने नै हुन्छ त्यो ठाँउ हो माङ्गसेबुङ्ग हजारौ किराँतीहरु पैदलले आउछन माङ्गसेबुङ्ग आईया न आत्थ केहि नभनी आउछन माङ्गसेबुङ्ग हजारौ कोष हिडेर आउछन किराँती भनेर माङ्गसेबुङ्ग माङ्ग सेवा गर्न माङ्ग ईङ्गघङ्ग सुन्न आउछन माङ्गसेबुङ्ग बिकटिलो ठाँउ झनै राम्रो राजधानी जस्तो माङ्गसेबुङ्ग प्रकृति नै रमाई रहन्छ आज झन सधै भरी माङ्गसेबुङ्ग सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल २०५९/०८/१८ गते माङ्गसेबुङ्ग ईलामद्वारा “माङ्गसेबुङ्ग सन्देश” मा प्रकासित "ईलाम हाम्रो" ईलाम हाम्रो कति रमाईलो हराभाराले सजिएको डाँडा काँडाले अग्ला होचा थुम्का थुम्का ठाँउ वल्लो पल्लो रमाईलो ठाँउको दृश्यावलोकन समथर होचो भागमा हरियाली हाम्रो ईलाम ईलाम हाम्रो कति राम्रो अन्तु र सिद्दि थुम्का यी दुवै गगन चुम्मी डाण्डाहरु सुसेल्दै माई जोगमाई देउमाई र पुवामाई ईलामका नहर हुन चार खोला भनी परिचित रहेको हो हाम्रो ईलाम ईलाम हाम्रो कति हरियाली डाँडा काँडामा चिया उन्नतको फसल बढी हुने अदुवा अम्लिसो र अलैची धिरधाम औ सिंहदेबी गजुरमुखी पाथीभरा र माङ्गसेबुङ्ग सारा हरियाली र मनमोहक दृश्यले सजिएको हाम्रो ईलाम ईलाम हाम्रो मुटुमा रहेको सुर्योदय श्रीअन्तु ईलाम मिरमिरे बिहान झुल्के घाम देख्न सकिने श्री अन्तु प्राकृतिक अग्लो शिखर नाङ्गो डाँडा सन्दकपुर सुर्योदय सुर्यास्त देखिने रमाईलो डाँडा हाम्रो ईलाम सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल “स्वच्छ ईलाम” अघोषित डेटिङ गन्तब्य इलामको कन्याम प्रेम जोडीका लुकामारी खेल्ने ठाउ हो चियाका बुट्यानमा प्रेमी प्रीमिकाका लागि भावनात्मक भलाकुसारी साट्ने ठाउ थुम्का थुम्कीहरुमा लगाईएका ती कलकाउदो चियाका बुट्यानहरुमा निरन्तर बहकिरहने शित्तल बहाबहरु हावाको झोका ठोकिएर सल्लाको त्यहाबाट निस्किएका सित्तल छहारीको एकनाशको आवाज प्रेममय थोपाहरु सुमधुर आवाजहरुले रौनकता छाईरहनछन सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल “बेईमानी ईज्जत” गाई पालेर दूध खानेको भन्दा कुकुरलाई बाटोमा हगाउनेको ईज्जत बढी धान मकै फलाउने किसानको भन्दा जग्गा प्लटिङ गर्नेको ईज्जत बढी ज्यालादारी गरेर खानेको भन्दा भ्रष्टाचारी गरेर खानेको ईज्जत बढी सत्य बोलेर बिस्वास गर्नु भन्दा झूट बोलेर हिड्नेको ईज्जत बढी ईमान्दार भएर भलादमी बन्नु भन्दा जाली फटाहा भएर हिड्नेको ईज्जत बढी असल पात्रको भुमिका बन्नु भन्दा ठगेर सुट बुट कस्नेको ईज्जत बढी ९९.९९९ सत्य यथार्थ बोलेको भन्दा १००% झुट बोल्नेको ईज्जत बढी सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल “ती पलहरु” बैशले मात्तिएको त्यो पलहरु घासको बिटा र दाउराको भारीले थिचिएका ती प्रतिबिम्बितहरु भक्कानो भई रोदनको हासोले हिजो जस्तो लाग्छ बिस दुईको मोतिबिन्दुले लेंसकेप गरिरहेको छ ती पलका सम्झनाहरु उक्कुस मुक्कुस निस्सासिएको पोख्ने ठाउ चौतारी नै छैन अतितका ती यादहरु ब्यक्त गरौ त कसरी? हजारौ कोसहरुमा पाईला सार्दै दुई बीसको माथि त्यो समय हजारौ सपनाको सपनामा नमिल्ने रहेछ केवल बिपनामा दुई बिस अघिको आलै याद छ स्नेहताको शब्दहरु पनि महिनौ कुर्ने पाएका ती शब्दहरु पनि कति मिठा सजि सजावटले भरि पूर्ण पानाहरुमा अनि पिपलका ती आकारले प्रतिबिम्बित शब्दहरुले मनोभावनाको कोसेली न्यानोपनको आभासले स्वागत गर्दै पुन: प्रतिउत्तरको भरिपूर्ण स्नेहता सजाउदै शब्दहरुको शब्द मिलाउदै कैयौ कोषको दुरीमा हुलाकी डाकको पर्खाईले दिने लिने फेरी क्रमश:- सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल “गरिब मात्र सोच्नाले “ हात भन्दा बढी गफ गरेर मात्र बसिरहनु खर्च ऋण आम्दानीको तालमेल नमिलाउनु अरुको ईर्ष्या डाह रिस मात्र कुरा काटिरहनु मिठो खान मात्र खोज्नु काम गर्नु अल्छी गरिरहनु आफुलाई मन लागी मात्र काम नगरीरहनु हरेक पेशामा परिबर्तन र स्वार्थ कमाईरहनु गतिलो र सहि योजना कहिल्यै बनाउन नसकीरहनु मैले मात्र गर्ने पर्छ भनेर जिम्मेवार बन्न नसकिरहनु छिटो पैसा कमाउने उदेश्यले हतार गर्दै निराश बनिरहनु आफूलाई सधै भरी केहि भएन भनेर गरिब सोचीरहनु सधै अरुको धनसंग तुलना गरेर आफूसंग केहि नहुनु सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल “हिजो आजका बुहारीहरू” रातभरीको मोबाईल हेराईले ढिलो उठ्छन अनि खाना पकाउनमा जोस जागर चल्दैन सासु ससुरालाई मान मर्यादा गर्दैनन् पाहुना आउदा खासै मतलब गर्दैनन् आफ्नो कोठामा पसेर मोबाईल चलाएर बस्छन खेत बारीमा कुटो कोदालो चलाउन मान्दैनन दूध खानको लागी गाई भैसी पाल्न अल्छी गर्छन गाउघर बस्न झ्याउ मानी शहर बजार तिर बस्छन दाई देवर आमाजू नन्दलाई वास्ता गर्दैनन् श्रीमानलाई आफ्नै साथमा लिई अलग गर्छन परिवारबाट अलग गराई छुट्टै बस्न खोज्छन छोटो छोटो लुगा लगाएर अंग प्रदर्शन गर्छन आजकल छोरा छोरी कसैले नपाए झैँ गर्छन पाए पछी आमा तरुनीको लिपिस्टिक दल्न थाल्छन दिनानु दिनको १६ बर्षे तरुनीको धाक गर्न थाल्छन म त्यस्तो होईन तपाईलाई कस्तो लाग्छ भन्दै च्याटिङ्ग शुरु हुन थालेको हुन्छ म अरु जस्तो होईन नि त्यस्तो नसोच्नु नि भन्दै रातभरीको अनिदोले उही पहिलो हरफले भन्छ सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल “बुझाईमा आबेश” तिमी अलिकति बुझ्ने कोशिश गर न तर तिमी बुझ्न कोशिश मै छैनौ बुझ्छौ त केवल त्यो बुझ्ने छौ भावनामा पौडी कति खेल्नु भनेर बुझाई मै कुरा सिमित हुने हो भने सायद हुने थियो होला त्यो प्रकट दैबिकताले ग्रहण गरेको शब्द अनि भन्ने थियौ हो मैले भनेको होईन? संकिडताको आभासमा त्यो प्रहार अन्जुलीले थामी राख्नु कसरी थामौ त केवल आदर सत्कारलाई सम्बोधन हुने थियो केवल नमस्ते सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल “नेपाली हामी “ जहा छौ नेपाली त्यहा हुने छ नेपाली बास्ना नेपाली खाना नेपाली पोशाक आफ्नै परिबेश रमाउने छन जुनै कुनामा रहे पनि नेपाली नेपाल आमाले जन्माएका नेपाली सन्तानहरु भित्ता र पाखाहरुमा रमाउदै सुसेल्दै नेपालीपनको मौलिकता झल्काउदै खहरे खोल्सिहरुमा चिरबिराउदै सौन्दर्यताको सुसेल भाकाहरुले मौलिक नाच नेपालीपन चण्डी र झ्याम्टाहरुले स्वागत गर्दै विशेषताको परिचय गराउदै नेपाली भाकाले भोला रुचाउदै जो जहा जे अवस्थामा रहे पनि दिल दयालु हुन्छ नेपालीको जमातमा दिलको मलम मेट्छन एकले अर्काको सत्कारिक हुन्छन आत्मियताको सद्भाबले सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल "निकाय" चार जात छत्तिस बर्ण साझा फूलबारी पूर्ब र पश्चिम उत्तर र दक्षिण अनेक जात छरिएका छन् नाना थरी बसेका छन मिलेर जन नेपाल देशमा प्राचिन देश नेपाल राज्य हिम श्रीङ्गखलाहरु प्राकृतिक सुन्दरता जहा सानो देश अनेक थरी कब्जा गरि बसेको छ राज्य शासनमा ७ प्रदेश १४ अञ्चल ७७ जिल्लामा ८८४ साम्सद १३० मंत्री ७७ प्रदेश मंत्री २४ संघिय मंत्री ८ राजा ८ सभामुख ८ उप सभामुख ७५३ मेयर/अध्यक्ष र उप मेयर/उपाध्यक्ष हजारौ वार्ड अध्यक्ष र सदस्यहरु अनिगिन्ती सचिब र उप सचिब हजारौ यत्र तत्र कर्मचारीहरु संबैधानिक निकाय यतिका भी आई पी अनि पो कर्मचारी तन्त्र मौलाएको रहेछ काल्पनिक सम्झेको थिएछ त्यो नारा सुखी नेपाली र सम्रिद्द नेपाल देश सन्तोष सेर्मा "विवश" दमक, झापा, मेची, नेपाल “पारीको गङ्गा” पारी सिमसिम पानीको फोहोराले फुस्दै वारी गौरीको स्नानले सुस्तरी हावा चल्दै असुल्दै गरेका ति मध्ये पहाडीका थुम्काहरु सुसेल्दै बगी रहेछ सुस्रा छलाङ्गको खोला आत्मियता बिस्मयिता सुमधुर मुस्कानले छरिएका ती अनगिन्ती छहराहरु उक्लिदै गरेका अवशेषका अंशहरु थाहा छैन कुन क्षणमा भेटिने हुन उकाली ओराली भङ्ज्याङ्ग चौतारीमा विश्रामका थकित बिटमा थमाउदै सुकोमल ति नयनले नियाल्दै सुसेलिन्दै बसन्तको मिठो मुस्कानसंगै सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल हाल:- कतार ०१ जुन २०२२ “गजल” अश्लील शब्द बोल्दैमा प्रेम हुँदैन शरीरका अङ्ग मोल्दैमा प्रेम हुँदैन मनदेखि मनको सम्बन्ध हुनुपर्छ कसैको कपडा खोल्दैमा प्रेम हुँदैन मायालाई किन हो बद्नाम गराउने बसेको घरबार बिथोल्दैमा प्रेम हुँदैन चोखो माया गर्नेलेत धैर्य गर्नुपर्छ हातका हत्केला पोल्दैमा प्रेम हुँदैन सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल ०१- अक्टुबर-२०२१ “आजको यूगको सत्य “ ठूला ठूला घरहरु छन तर मान्छे छैनन। हिजो आज सबैमा पढाइ धेरै छ तर शिक्षा छैन। अस्पतालमा औषधी महंगो छ तर स्वास्थ्य कोहि छैनन। मान्छे चन्द्रमा पुग्छन तर छिमेकमा को बस्छ थाहा छैन। आजकल आम्दानी धेरै छ तर मनमा सुख शान्ती छैन। बौद्धिक स्तरहरु धेरै छन तर मानबताको भावनाहरु छैनन। संसारमा ज्ञानी धेरै छन तर बुद्धि र बिबेक छैन। प्रेम सम्बन्ध गर्ने धेरै छन तर साँचो माया गर्ने छैनन। फेसबुकमा साथी धेरै छन तर असल साथी छैनन। बजारमा रक्सी छ्याप छ्याप्पी पाईन्छ तर पिउने पानी छैन। संसारमा मान्छेहरु धेरै छन तर सहयोगी मानबता छैन। घडी भने सबैको हातमा हुन्छ तर समय भने कसैसँग छैन। सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल ३० सेप्टेम्बर २०२१ आफ्नै कोठामा “म र अनि जनता” माग्न आए भोट चप्पल लगाएर धेरै पटक भोट दिईयो असल सम्झेर नेताहरु धनी भए भोट जितेर गरिब भैइयो म र अनि जनता!! देश चलाए असली मुकुट भएर गरिब भए म र अनि जनता जिएर कर तिरेँ राष्ट्रको हैशियत भएर गरिब भैइयो म र अनि जनता!! धनी भए कर्मचारी राष्ट्र सेवक भएर अनि गरिब भए म र अनि जनता भएर!! केटाकेटी जन्मे हुर्के लालन पोषक दिएर गरिब भैइयो म र अनि जनता!! राम्रो शिक्षा पाउनलाई निजी स्कूल पढाए धनी भए निजी स्कूल चर्को पैसा तिरेर गरिब भैइयो म र अनि जनता गरिब भैइयो म र अनि जनता!! अस्पताल धाईयो शरीर रोगी भएर बिरामीबाट मुक्ति होस भनी सम्झेर झनझन धनी भयो अस्पताल त गरिब भैइयो म र अनि जनता!! जजसलाई जे जे दिए मैले सबै मोटाए म र अनि जनता गरिबको गरिब हुदै गए बाच्नै मन लागेको छैन सार्है भएर गरिब भैइयो म र अनि जनता!! उठाईदेउ अब त संसारबाटै माङ भएर मठ मन्दिर धाए दिनहुँ भेटी लिएर दिनानु दिनको भेटीले पुजारी मोटाए गरिब भैइयो म र अनि जनता!! अशक्त शरिर ख्याउटे दुब्लोपना भए दुखी अनि गरिब छैन कसैको आश र भरोसा जजसलाई मैले जे जे दिएथे रोग भोक शोक गरिब भैइयो म र अनि जनता!! निर्बीत्तिको जिन्दगी तिनै कचौरा थापेर दया माया र स्नेहताको भिक मागेर समृद्दी कहिले आउला एकमुठी साचेर गरिब भैइयो म र अनि जनता! म र अनि नेपाली जनता!! सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "जमाना" चामल घिउ तेल पोल्छौ ॐ स्वाहा भन्दै पत्थर माथी दूध चढाउछौ १०८ दियो कलश भन्दै बुबा आमा बृद आश्रममा मन्दिरलाई चन्दा देखावटी धर्म गर्छौ भित्र भित्रै अर्कै धन्दा श्रीमतीको गाला चाट्छौ बा आमालाई गाली धर्म हुन्न मन्दिरमा लाख बत्ती बाली देउता नै पुज्छौ भने बा आमालाई पुज्नु आफ्नो घर मन्दिर हो सत्य कुरा बुझ्नु धर्म हुन्न ढुङ्गा माथी लड्डु चढाएर कसले खान्छ मरे पछी पिण्ड चढाएर???? सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल हाल:- कतार ”लोकतन्त्र आए पछी” नेताहरुले चुनाब जितेर गए अनि थर नै फेरि दिए। सदनमा जानलाई चिल्ला बाटामा कुद्ने चिल्ला गाडी नै किने। चुनाबी गाँउको झुप्रो घर बिर्सेर आलिसान २४ कोठे घर किने। घरको आलिशान कार्पेट बिछ्याएर कोठा कोठामा बैठक र सेमीनार मात्र। स्वास्थ्य बिमाको अकुत दुरोपयोग गरि किड्नी नै फेरेर जस्ताको तस्तै। आफ्नो चुनाबी मैदानको भद्र भलादमी भुलेर आफ्नो स्वाभिमान र औकात बिर्से। फेरी पाँच बर्ष पछी फर्किनु पर्छ भनी भुलेर आफ्नो जवाफदेहिता र बफादारी भुले। र अब.................... जनता प्रतिको चासो बनाइ सबै हक जनताद्वारा नै पाटी हस्तान्तरण गरि दिने। अनि पार्टी र नेताहरुलाई पनि फेरि दिने। सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "देशभक्ति" मेरो प्यारो नेपाल मेरो मातृ भूमि उत्तर लहरे दन्त सरी मेरो हिमाल चुली अग्ला होचा मेरो पहाड वल्लो पल्लो डांडा समातर भूभाग उब्जाउ बेसी तल्लो भेग तराई अग्ला होचा थेप्चा समतर प्राकृतिक शुन्दरता यो नै मेरो मातृभूमि उसैको काख माथि संधै खेली हुर्की बढी स्वतन्त्र आमाको काखमा रमाई घुमी हाँसी खेली जिवन स्वतन्त्र माझमा स्वदेशको माया आफ्नो काखमा राखी जोगाऔ सबैले हातका नंग्रा स्वदेश मै खियाऔ बाहिर खियाऔ गुन्द्रुक र ढेडु नै मिठो नेपाली स्वदेश मै बास्ना रमाई तन्ग्रंचौ आफै नेपाल आमालाई जोगाउन नबिर्ष आफ्नो नेपाल आमालाई बिदेशी ठानेर स्वदेश कै रिती रिवाज संस्कार बुझौ बिदेशी नगएर साहसी बनौ नेपाली जनता भएर नेपाली सबैले शान्ती जोगाई राखौ नेपाल आमालाई कहिल्यै नबिर्सेर सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल पहिलो प्रकाशित:-न्यू मेची साप्ताहिक पत्रिका ईलाम बर्ष ०१ अंक ३६ मिती २०६० साल जेष्ठ ४ गते दोस्रो प्रकाशित:- राजधानी साप्ताहिक पत्रिका मिती २०६४ साल माघ १७ गते दोहा कतारमा प्रबासी जीवन बिताएको बेला दोहा कतारमा "ईलाम" ईलाम हाम्रो कति रमाईलो हराभाराले सजिएको डांडा काँडा अग्ला होचा थुम्का थुम्का डांडाले वल्लो पल्लो रमाईलो ठाँउको दृश्य हेर्ने पर्यटक समतर जस्तो होचो भागमा हरियाली हाम्रो इलाम ईलाम हाम्रो कति राम्रो अन्तु र सिद्दीथुम्का यी दुवै गगन चुम्मी शिखर डांडा हुन माई जोगमाई पुवामाई र देउमाई ईलामका नहरहरु चार खोला भनि परिचित हुने हाम्रो ईलाम ईलाम हाम्रो कति हरियाली डांडा डाँडामा चिया उन्नतको फसल बढी हुने अदुवा र अलैंची धिरधाम औ सिंहदेबी गजुरमुखी र पाथिभरा सारा हरियाली र डांडाकाँडाले सजिएको हाम्रो ईलाम ईलाम हाम्रो मुटुमा रहेको दृष्वालोकन दुर्योदय श्रीअन्तु मिरमिरे बिहान झुल्के घाम देख्न सकिने अन्तु डांडा ईलाम हाम्रो अग्लो शिखर नाङ्गगो डांडा सन्दकपुर बिहानी बेलुकी सुर्योदय सुर्यास्त देखिने डांडा हाम्रो ईलाम सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "बिधार्थी" मानिस जन्मन्छ हुर्कन्छ बढ्छ पढ्छ र मर्छ तर मर्नु भन्दा अगाडी अनेकौ जीवनका पाईलाहरु त्यो हो बिधार्थी जिवन शिशु देखि परमधामसंम बिधार्थी भई ज्ञानी मानिस बन्न र सक्षम बन्न। बिधार्थी जिवनमा नै हुन्छ अनेक थरीका ज्ञान किताब कापी कलम पेन्सिल ज्यामितिको बाकस यी भारी बोकिकन बन्नु छ मान्छे बिद्वान बिद्वान बनी समाजको सेवा र राष्ट्रको सेवा गर्नु छ बिधार्थी यी भई अनेक ज्ञान बटुल्ली समाजमा दर्शाउन बिकृति विसंगति हटाउन ज्ञानी बनेर जातिय उत्थान उत्पिडित जनताको सेवा गर्नलाई बिधार्थी जिवनमा सिकी चारित्रिक ब्यबहारमा समाजको सेवा गरिकन ठुलो मानिस समाज मै जन्मन्छ सेवाको मेवा बिधार्थी जिवनमा ज्ञान बटुली राष्ट्रको खयाती कमाउन बिधार्थीदेखी नै जन्मन्छ राष्ट्रको देन दिई राखी मृत्यु परानता भई ज्ञानी बोकेर सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "नेपाल आमा" धेरै भए राजनीति गर्ने ख्याति कमाउनेहरु भारी माथि सुपारी थुपार्ने भए दलालहरु कति बोझ कति बोझ भयो होला नेपाल आमालाई आँशु पुछ्ने कसले दिने रुमाल नेपाल आमाको कस्तो जन्म दियौ तिमी आमा यो भूमिमा हरियाली बन जंगल नै रगतले ढाक्यो कसले सफा गर्ने कसले पुछ्ने तिम्रो शरीरमा ताल रुपी नसुहाउदो कस्तो जन्म दियौ नि आमा गुर्जदो भूमिमा आमा तिमीलाई बारुदको धुन्वामा नगर भन्दा पनि नसुन्ने कसले देलान आशिर्बाद शान्तिको बाटो ध्वस्त पारी यो भूमिलाई अशान्तिको मामिल्ला कहिलेसम्म होला सन्तान धेरै भए सक्षम ज्ञानी र बैज्ञानिक सगरमाथा नै चुर्लुम्म डुब्न आट्यो आमा काल्डा भित्र रही हामी कसरी निस्कने प्राण राखी सहि बस आशु पुछ्न आउछु ज्ञानी पशु जंगल पसी गुफामा पसे छन् अन्धकारका आत्मा ज्ञानगुफामा पाउछन ज्ञान पाई नेपाल आमाले जन्माएको सन्तान फराकिलो सडकमा मन्त्र जप्न थालेछन अज्ञानी पशुलाई के थाहा निर्दोष मिती पुग्ने अशान्ति के हो थाहा थिएन मलाई शान्तिको पुलापुलेमा हुर्केको सन्तान अशान्तिको गोलि बारोजा मन नपर्ने आमालाई झन क्यान्सरको रोग लाग्न थायो मेरी आमालाई कति दबाई पानी गर्नु खोजे आमालाई आफैलाई प्रतिकारको बाटो खोज्न बाध्य भए त्यसैले सहारा नेपालीको माझमा रहेको मेरो छोरो कसैले शान्तिको बाटो नारोज्दा आफै मिती जप्दैछु बिदाई ............बिदाई ............बिदाई सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "सामाजिक चेतना" आजको संसार दौडी रहेको छ सत्यको पक्षमा भाषा साहित्य सस्कार र सस्कृतिमा कुनै खाडलमा गुम्सिएको शब्दकोक्षहरु उत्थान भई रहेको छ आजको तितो यूगमा सुद्दीता भन्दा अंगाली रहेछन राजनीति होईन भन्दा स्वर्गको बाटो देखाउने दुस्मनहरू कालो तगारो काँधमा भिरी तेर्स्याई रहेछन भक्तलाई यता न उता दोसाधमा शिष्य तपश्बीहरु ब्यूझौ भन्दा झन सुत्ने बिमारीले भेटेका कुन शताब्दीमा तालुश्री होलान यी बेवारिसेहरु नगर भन्दा भिर पहरा केहि नदेख्ने तर्सी रहेछन आजको सुद्दीता बन्नेहरु पक्षमा बसौ भन्दा बिपक्षमा दुश्मन हुने पक्ष र विपक्ष संघारको वाकावालती गर्दै बौलि रहेछन निश्पक्षधारीहरुको चक्रमा दौडी रहेछन सुद्दीताहरु पहारा नभनी दोधारमा सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "पान्थर" अग्ला होचा स्समातर थेप्चा हाम्रो पान्थर प्राकृतिक भरिपूर्ण पाथिभरा र शिलौटी पान्थर कै सुन्दरता प्रकृतिहरु रमाई रहेछन हरेक डांडा काँडाहरुमा उत्तर हेर्यो दक्षिण हेर्यो पूर्ब र पश्चिम शिलौटी पाथिभरा यासोकका डांडाहरु यी रमाई रहेछन आफ्नो परिबेशमा पान्थरको अमूल्य पर्याप्त केन्द्रहरु हरेक बर्ष असोज कार्तिक र मंसिर सुर्योदय र सुर्यास्त शिलौटी र पाथीभरा बोलाई रहेछन दुराताका पाहुनाहरु आस्था बन्ने छन यी ठाँउहरु बोलाई रहेछन स्वागत गरि रहेछन चिसापानी जडिबुट्टे मिक्लाजुङ्ग डांडाहरुले सुर्योदय खानी यी प्राकृतिक मनोरमहरु संसार कै मुल्यवान यी थुम्काहरु बोलाई रहेछन संसारका पाहुनाहरुलाई स्वर्गका खानी मनोरम भूमिहरु तुम्बे र सुम्हालुङ्ग डांडाहरुले बोलिरहेछन यी सुन्दरता ठाँउहरुले बोलि दिउँ र हेरी दिउँ यी थुम्काहरुलाई पान्थरका अग्ला होचा थुम्काहरु स्वर्गका परि पबित्र भूमिहरु सम्रक्षण र सम्बर्दनमा जुटौ प्रचारमा ल्याई ख्याती कमाउ पान्थरलाई सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "संसारको रित" कस्तो स्वार्थ संसार हे भगवान किन टाढा भगाई दिन्छु मलाई के गरि हाँसी बसौं लौ भन भगवान बितेर गयो जाने ति सुस्केरासंगै हाँसेर बसौं कसरी बसौं त्यो चोट सम्झेर लौ भन भगवान के गरि बाचौं के भनेर तिम्रो सरण मिलाई दिउ हे भगवान लौ भन भगवान यो संसार कस्तो ब्याथित सुस्केराहरुसंग संगै स्वार्थ लुट्यो भङ्गज्याङ्ग चौतारी मेरो बिसौनी सिरीरी हावा मेरो हृदयमा सुस्काउने सुस्त सुस्केरा मन भित्र ओडाउने छताछुल्ल हृदय बिदारक चोट कहा कसरी दैबले जुरायो छुटायो खोई कसरी बन्न गयो यो संसारको रित सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "शान्तिको यात्रा" शान्ति शान्ति भनी खोजि हिडे शान्तिको पथमा अगाडी बढेर छोडी दिऔ युद्दका बन्दीहरु अगाडी नबढौ नचाहिदो युद्दमा जताततै रगताम्य अनुयायीहरु क्रान्तितिर लम्कन नजाउ द्वन्दमा शान्ति के हो? झल्का देउ हृदयदेखि प्रणाम दैब बिरालिना थाले जताततै कमिला मिलिजुली बस्न सकेन लस्करहरु आऔ बसौ एक झुपडीको घरमा बालि दिऔ शान्तिको दियो बालेर दियो प्रणाम प्रकाश छरे झैँ त्यतिसम्म झल्काई दियौ दियो शान्तिको प्रतिक ज्योति फ़ैलाऊ नेपाली जनता शुखीले बाचूँन सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "दुई आत्माको बिलय" हुन्न रहेछ संगै सधै भरि संसारमा अजम्बरी सम्झना मात्र रहन्छ स्मृति हुन्न रहेछ माया सधै भारी संसारमा बिर्सी लादो रहेछ प्रिय मृत शरीरलाई काखमा राखेको सधै भरीको बानि आजको संसार स्वार्थ स्मृतिका सम्झनाहरु चट्टकै बिर्सिएर चुडी गयौ आजको केवल मात्र समिपमा के भनि आऔ म तिम्रो सामू मात्र होला स्मृतिको छाया भूलेर जाऔ कसरी आऔ बिगतका दिनहरुलाई सम्झेर छैन त छ म तिम्रो माया नहुने त भयौ स्मृति देबको साथी नाबिर्ष है स्मृति म तिम्रो साथ छु आउने छु एक दिन तिम्रो शरणमा आँखामा आँशु सबैको मात्र हाँसो के भयो भनी मात्र सान्तवना त हो भन्दैनन कोहि चोट के हो भनेर हृदयमा परेको छियाँ के गरौ अब स्मृति तिमी हासेर जाउ भन्न सजिलो चट्टक्कै बिर्सेर जाउँ भन्नु कसरी आउने छु एक दिन तिम्रो शरणमा कुरेर बसिरहनु है भन्नु कसरी दुई आत्माको बिलय कसरी हुन्छ ? सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "बेदनाको आँशु" नसोच्नु मलाई पत्थरिया मुटु म त निर्दोष बिर्सिएको मान्छे नसोच्नु मलाई बेदनाको नासो म त हाँसोमा बित्ने मान्छे नरुनु मलाई पराई सम्झेर म त केवल ओईलिएको मान्छे नरिसाउनु है मेरो शन्देशहरुमा म त आँशुमा डुबेको मान्छे नबिर्सिनु है मलाई पराई सम्झेर म त हृदयको मुटुमा डुबेको मान्छे नलिनु है मेरो लागि चिन्ता म त सिसाको टुक्रामा परिणतको मान्छे नहास्नु कहाली लाग्दो बेदनामा म त बिर्सी सकेको मान्छे नरुनु है आँशु चुहाई चिन्तामा म त ओईलिसकेको आत्माको माछे नपार्नु मलाई क्षणक्षणको बेदनामा म त मृत्युको शरणमा पुग्न लागेको मान्छे नसोच्नु है मलाई त्यो चोटको घडीमा म त झन बर्साएको चट्याङ्गको मान्छे सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "विलयको पर्दा" सम्झे सम्झे ती दिनहरुको संसार बिर्षनै सकिन ती रमाईलो क्षण कल्पे कल्पे ती क्षणहरुको दिन छोड्न सकिन ती स्मृतिका पलहरु कुरें लुरें ती बिशौनी चौतारीमा बस्न सकिन ती सिरिरी हावाको बेगमा दौडें दौडें ती रमाईलो गोरेटोहरुमा पुग्न सकिन ती स्मृतिको पर्दामा रोएँ रोएँ ती दिनको चोट सम्झेर रोक्न सकिन ती आफ्ना मनसपटलहरु सम्झें सम्झें ती बिगतका खेलहरु हास्न सकिन ती तिता बालीहरु सम्झेर बोलें बोलें ती सुस्तरी कसम खाएर भन्न सकिन ती आफ्ना बेदनाका मनहरु लम्कें लम्कें ती अपसोचका शब्द सम्झेर दिन सकिन ती मेरा स्मृतिका चोटहरु सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "रमाईलो बिहान" ईलाम जिल्ला त्यो पल्लो डांडा सिरीरी हावा रमाईलो शहर रमाईलो बस्ती सुन्दर समतर सिरीरी हावा फिरिरी गाडी गुडेर पुग्दछ बौधधाम गुम्बा डांडैमा रमिते डांडामा सुसेल्दै बिहानी घाम चिनारी भयो पहाडी पाखामा दौलत कलम सरर बगी अपरिचित सितैमा को हो को हो चिनारीमा भयो दौतेरीसंगे सम्झना साची कलम साट्यो बिहानी पाखैमा हुहुरे स्वर के आउछ भनी थरथराएको मनैले स्कूल पुगी स्वार्थले बसी बासीको छ्ट्टामा कलम र कापी सरर बोकी मेचीको सिरैमा भयो की भएन सराबरी हुरी बतासको सुसेल्ले के बन्छु भनी अगाडी बढे रोकिएन कहिल्यै जुरुक्क उठी इमान्दार भई बिन्तीको बसेमा "जुन तारा" अहो कस्तो निलो आकाश सांझा तिर झुल्क्यो जुन तारा चमचम चम्क्यो रानी जुनेली आकाश जगमग चम्क्यो पुरै सारा प्रसंग्ग भए राती ताराहरु जीवन प्रसंग भयो उल्लास झलमल्ल जगमग जस्क्यो स्वप्लिलहरु हुन गयो सारा सुखमय पलहरु नभ निर्मलमा जुन साँझमा झट्टै एक रंगमंच सम्झी हेरी रहे बिचको नक्षेत्र साँझमा झलमल्ल भई दिन्छ रातमा ब्युझीं घुम्टो हाली त्यो राजनीमा सारा ताराहरुको पलमा औंशी रात बनि टुक्रा टुक्रा पलहरु सिङ्ग्ग्रो भई आई दिन्छ वृत्तहरु जुन तिमी सधैं सम्झने आज म गर्छु अन्तिम दर्शनले दर्शन गरि सारा दृश्य पोखी धुने क्रित्यकल दुखले गर्छु यो सुद्द मनले सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "आँशु" हृदय भरि पिडा लुकाई ओठमा हाँसो ल्याउन सकिन मनको ब्याथा भित्र लुकाई बाहिरी मुस्कान छर्न सकिन मुटुमा दुखका ज्वाला दंकिदा ओठमा मुस्कान छाउदैन हृदयमा काँडा उम्रिदा आँखामा आशुँ आउदैन सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "नेपाल आमा" नेपाल आमा, मातृ भूमि, बिर्षने छैन कसै गरि आज तिमी, रोम रोम छौ, मधु अमृता सरि यो सानो नेपाल, फूलबारी हौ, मिलिजुली सबै जगेर्णा गर्दै, संगाल्दै आयौं, हिमाल काख माथि छ सुन्दर नेपाल, सगरमाथा नामले, भरिएको देश वक्षस्थल, सुन्दर बृक्षता, करुणा परिभेष धिर धाम औ, सानो देश, स्वच्छ चित्र सरी नेपाल आमा, ओर्लिनिश दिन, नव बर्ष भरी, नेपाली हामी, मिलिजुली सबै, शिक्षाको ज्योति फैलाई दिउँ नौलो आशा, नौलो भाषा, सबैइलाई चाख पल्टाई दिउँ नेपाल आमा, रगतले सरी, युगको चक्र पल्टाई दिउँ हिमाल माथि, हाम्रो झण्डा, झलझली झल्काई दिउँ यहि धर्ती माटो, यहि शिक्षा पाउन, हिडेर आफ्नै भूमिमा पाईला सारी, हिड्दै जाऔं अघि, नेपाल मातृ भूमिमा चन्द्र सूर्य, रातो रङ्ग झण्डा, फरफराई राख्ने छौं बिर्षने छैन, नेपाल आमालाई, नेपाली सबैले, सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "प्रजातान्त्रिक उमेर" प्रजातन्त्र आएको छैन केहि डर ठुला भए छोराछोरी अझै छैन भर अठार जना बुहारी छ्न बाज्दा बाज्दै ठिक्क कपाल कोर्यो दाँत मोल्यो यावानीलाई ठिक्क मकै भने कुहि सक्यो पानी पर्छ उस्तै बुहारीलाई छोट्याउन लाउछे छोरा सुत्छ उस्तै घाँस भन्यो दाउरा भन्यो बुहारीलाई भने ठिक्क कपाल कोर्यो दाँत हाल्यो आधा बैशेलाई ठिक्क अदुवा भने रोपेको छैन आउछ भाउ फेरी आमा चाहि बिरामे छे दैलोमा हेरी बुहारीलाई हेरन भन्यो उस्तै हुन्छा ठिक्क कपाल कोर्यो दाँत फुक्यो बुढेश काललाई ठिक्क सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "ईलामको अन्तु" पूर्बी ईलाम नेपालको अन्तु डांडा भन्ने ठाँउ त्यै ठाँउकोअन्तु डांडा एउटा सानो गाउँको नाउँ आँखा खोल्छन बोट बिरुवासंगै सुर्योदयको किरणसंगै निदाई रहेको जिब जन्तुहरु बिउझी दिन्छन यी नै लहरहरुसंगै हजारौ पर्यटक आउछन यहाँ हजारौ कोष हिडेर अझै बढी आउने थिए राम्रो बाटो भए यहा गुडेर पाहुनालाई स्वागत गर्दछौ अन्तुबासी हामी सबैले सुर्योदयको दृश्य हेर्ने छौ अन्तु डाँडा ठाउँ छ नामीले सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "बिद्या" बिद्या नै हो ठुलो धन विद्याले नै गर्छ ठुलो काम हामी सबै द्बिध्या लिन विद्याले गर्छ धेरै धन आज हामी साना छौ भोलि गैर ठुलो हुने छौ ठुलो भई हामी विद्याले धेरै शिक्षा पाउने छौ शिक्षा लिई हामी सबैले देशको उन्नति गर्नु छ उन्नति गरी हामी विद्याले देशको शोभा बढाउनु छ (२०५३ साल श्री युवा बर्ष प्राथामिक बिद्यालय सप्तमी बजार कक्षा पाँचमा पढ्दाको लेखेको एउटा सानो अंश कबिता) सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "नेपालको परिचय" नेपाल आमाले जन्माएको सन्तान नेपाली ढाकाको टोपीले चिनाउछ नेपाल आमाले हुर्काएको सन्तान नेपाली सस्कृतिको पहिचान गराउछ नेपाल आमाले सिकाएको ज्ञान नेपाली संगोल पृष्ठभूमिमा गराउछ नेपाल आमाले दिएको आशिर्बाद नेपाली प्रजाले सफलतामा पुग्छन नेपाल आमाले जमाएको भूमि नेपाली जनताले उपभोग गर्दछन नेपाल आमाले सिकाएको पाठ नेपाली जनताले पहिल्याउनु पर्छ सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "विश्वको घचाघच हेर्दा" धर्ती माथि उठेर हेर्दा विश्व घमासानको कोलाहलमा कोहि छैनन् आपसी मेलमिलाप तछाड मछाड दौडी रहेछन युद्दमा आजको विश्व पबित्र हिन छैन जहा गए पनि रगताम्मेको भेल विश्वमा नै आणबिक मुश्लाले प्रदुषण नै पारिरहेछ धर्तीलाई सयौं नाराले ओगटी सके शान्तीको नारा नघनकाएर एक अर्का मानाबताबादी भनेर हाते मालो गर्ने चाइना कोहि पनि आउँ हामी संगै मिलेर बसौ भन्ने भेटिएनन विश्वमा कोहि पनि निती सैदान्तिक आचार बिचार मानब मष्तिष्कमा अर्कै मोड लिएछन शक्ति सम्पन्न साली राष्ट्रहरु जे जस्तो अवस्थाको भए पनि आजको संसार अध्यात्मिक बिचार छैन संसार नै भौतिकबादलेओगटी सकेछ सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल "भट्टीको अनुशासन" दिउसो अफिस बेलुकी भट्टीमा लारा बरियो खुट्टा भयो ह्वास्स हुस्स घरमा पुगी श्रीमतीको बादबिबाद भयो कार्य घरमा ठास्स ठुस्स बिहान उठी भारी ज्यान चल्दैन कहिँ जाँगर अल्छीपनको नाट्य भारी भयो जुरमुराउदै फ़ास्स फुस्स असल देबको नाट्य गरी ईमान्दार स्वास्नीको व्याख्या गरी जुर्मुराउदै बस्यो लास्स लुस्स त्यसैले, बन्दैनन् कहिले इमान ईज्जेतमा घुरिन्दै बस्यो फ़ुरफ़ुराउदै वास्स फुस्स सन्तोष सेर्मा दमक, झापा, मेची, नेपाल थातथलो "जन्मभूमि" मणि हिरा र सुनसंग तुलना गर्नु हुन्न जन्मभूमिलाई बिर्सेर पनि याद आउने ठाँउ हो जन्मभूमिको संसारको जुनसुकै ठाँउमा पुगौ कर्मभूमि बनाऔ आफ्नो नाभिले जहिल्यै सम्झी रहने छ आफ्नो जन्मभूमिले तिता मिठा जस्तो सुखै भए पनि आफ्नै हो जन्मभूमि जन्मी हुर्की खेलेको हो आफ्नै प्यारो जन्मभूमिमा को कहा जसरी रहे पनि संसारको कुनामा आफ्नै नाभिले जति बेला पनि स्वागत गर्ने छ जन्मभूमिले रुखो मलिलो मरुभूमि जे भए पनि आफ्नै ठाँउ हो जन्मभूमि विरताको शाहशिक कठोर संघर्षले हुर्काउछ जन्मभूमिमा दश महिना दुई धाराको कोमल कोखमा हुर्किएर आमासंगै जति सुकै बिर्सिए पनि सम्झिरहन्छ आफ्नै जन्मभूमिले सम्झिरहन्छ आफ्नै जन्मभूमिले! सम्झिरहन्छ आफ्नै जन्मभूमिले!! सन्तोष सेर्मा "बिवश" दमक, झापा, मेची, नेपाल हाल कतार आबेश म एक यात्री हुँ यात्रा होईन यात्रा त निश्चित गन्तब्य हुन्छ। म बटुवा हुँ बाटो होईन बाटो त पाईल टेक्ने माटो हो। म मानब हुँ दानब होईन दानब त इर्श्यालु पहराको हो। म चश्मा हुँ अन्धो होईन अन्धो त देखेर पनि नदेख्ने आँखा हो। म दर्शक हुँ दार्शनिक होईन दार्शनिक त तपष्या तपोभुमिमा ध्यान गर्ने हो। म प्याशी हुँ दाशी होईन दाशी त कमाराको कमैया हो। म ध्यानी हो अज्ञानी होईन अज्ञानी त मुर्ख मात्र होईन महा मुर्ख हो। म मलम हुँ चोट बनाउने होईन चोट त दुख्छ दुखाउने गर्छ। सन्तोष सेर्मा "बिवश" दमक, झापा, मेची, नेपाल हाल कतार “हामी कस्ता साहसी” उहिले बृटिश र तिब्बतीलाई कुट्ने आजकल त उदेख लाग्छ। जाँड खाएर स्वास्नी कुट्ने बच्चाहरु रोएर कुट्ने जस्को नाम तिखे उसैको सिङे झैं सोझा जनावर कुट्ने पि एच डी पढेर हर्ष भएर डाक्टर र नर्स कुट्ने क ख र A B पढेको भन्दै शिक्षक र मास्टरहरु कुट्ने ABCD नै नजानी अनि ड्राइभर र खलासी कुट्ने माथिको आदेश पर्खिनाले पुलिस र पालेलाई कुट्ने अनि कुट्नु पर्ने साढेंलाई नचुटेर रमिता हेर्नुमा ब्यस्त आजकल त्यस्तै भ्रष्टहरुलाई गोरु चुटाई नगरेर अबिर र फूलमाला लगाएर शिंह दरबार पठाए पछी अनि भुत्रो बन्छ देश। आक्रोश तस्बीर बोल्छ। सन्तोष सेर्मा "बिवश" दमक, झापा, मेची, नेपाल हाल कतार

Sunday, May 15, 2022

विश्वलाई बुद्ध ज्ञान

बुद्धले दिएको उपदेश, दृष्टिकोण र दर्शन नै बुद्घ शिक्षा हो, जुन भोगाइमा आधारित छ । नेपालमा बौद्ध संस्कृतिको लिखित इतिहास करिब २५०० वर्षभन्दा पुरानो भएको लुम्बिनी, निग्लिहवा तथा गोटिहवामा अवस्थित प्रस्तर खम्बाका अभिलेखले पुष्टि गर्छन् । ती अभिलेखका आधारमा नेपालभूमि तीन बुद्ध क्रकुच्छन्द, कनकमुनि र शाक्यमुनिको जन्मस्थल भएको प्रमाणित हुन्छ । नेपालमण्डल अर्थात् काठमाडौं उपत्यका श्रीस्वयम्भू ज्योति रूप प्रज्वलित तीर्थस्थल र बौद्ध कला, सभ्यता तथा संस्कृतिको उद्भव स्थलका रूपमा प्रसिद्ध छ । विभिन्न समयमा सप्त तथा गतहरू विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, काश्यप र शाक्यमुनि तथा अनेक बोधिसत्त्व (मञ्जुश्री), सिद्धाचार्य, योगीहरूले भ्रमण गरेको देखिनुले शाक्यमुनि बुद्धभन्दा पनि अगाडिदेखि नै यो क्षेत्रमा बुद्धधर्म र बौद्ध सभ्यताको सुरुआत भएको देखिन्छ । बुद्ध धर्म र बौद्ध संस्कृतिको रूपमा बौद्ध रीतिथिति, संस्कार, चाडपर्व, जात्रा, व्रत र परम्परा छन् । त्यस्तै बौद्ध कला–संस्कृतिको रूपमा मूर्तिकला, धातुकला, काष्ठकला, चित्रकला, विहार, मन्दिर, गुम्बा, छोर्तेन, स्तूप, ठूला–साना चैत्य र चीबाःहरू छन् । बुद्धका उपदेश आर्य अष्टांगिक मार्गमध्ये सम्यक् वाक, सम्यक् कर्मान्त, सम्यक् आजीविकाशील शिक्षाभित्र आउँछन् । सम्यक् स्मृति र सम्यक् समाधि समाधि शिक्षाभित्र पर्छन् भने सम्यक् दृष्टि, सम्यक् संकल्प र सम्यक् व्यायाम प्रज्ञा शिक्षामा आउँछन् । शील–समाधि–प्रज्ञालाई त्रि–शिक्षा पनि भनिन्छ । गृहस्थ उपासक–उपासिकाहरूले पालन गर्नुपर्ने शील पाँचवटा छन्, जसलाई पञ्चशील भनिन्छ— प्राणीहत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुटो नबोल्नु र लागूपदार्थ सेवन नगर्नु । त्यस्तै अष्टशीलमा अरू तीन शील जोडिन्छन्— मध्याह्नपछि नखाने, चन्दन–अत्तर मालाजस्ता शृंगारहरू नगर्ने र उच्चविलासी आसनमा नसुत्ने । प्रव्रजित भिक्षु–भिक्षुणीहरूले थप दुई शील पालना गर्नुपर्ने हुन्छ, अश्लील नाचगानबाट टाढा रहने र सुन, चाँदी, बहुमूल्य वस्तु नराख्ने । सधैं यसो गर्न नसक्नेहरूले पोषण, उपोषध या न्यून व्रत बस्ने बेला शील पालन गर्छन् । बुद्घका वाणी, उपदेशहरू विश्वमा शान्ति, अमनचयन तथा भ्रातृत्व स्थापना गर्नसमेत फलदायी हुन सक्छन् । समाजको हरेक तह र तप्का बुद्घको उपदेश अनुसार अघि बढ्न सकेमा मुलुकले काँचुली फेर्न सक्छ । तर, बुद्घसँग सम्बन्धित ज्ञान, कला र संस्कृतिको प्रचारप्रसार अपेक्षाअनुरूप नहुनु भने दुःखद हो । हाम्रो देशको पाठ्यक्रममा समेत बुद्घका विषयलाई पर्याप्त स्थान दिइएको पाइँदैन, जसका कारण बुद्घ र बुद्घ धर्मको प्रभावबारे जनमानसले सहजै बुझ्न सकिरहेका छैनन् । विश्वमा अनेकन् परिवर्तन भइरहेका छन्, जसले विविध समस्या पनि बढ्दै गइरहेको छ । द्वन्द्व, भोकमरी तथा युद्घ मानव मृत्युको कारण बनिरहेको छ, यसले जनजीवन पनि तहसनहस तथा अस्तव्यस्त बनाइरहेको छ । बुद्घको पञ्चशीलको पालना मात्रै गर्ने हो भने यी समस्याको केही हदसम्म न्यूनीकरण हुने थियो । विडम्बना, शस्त्रास्त्रको अनावश्यक होडबाजी चलिरहेको छ । बम–बारुदको वर्षा भइरहेको छ । विश्वमा देखा परेका समस्या बुद्घको शिक्षाबाट समाधान गर्न सकिन्छ । हरेक समस्याको कारण मनको अस्थिरता हो । र, यसको समाधान लोभ, तृष्णा र मोहमाथिको विजय हो । चार आर्य सत्यको ज्ञान अनि मध्यम मार्ग नै यो जगत्को सुख मार्ग हो । बुद्धले झैं चित्त (मन) को समाधान गर्न सक्नु नै सुख मार्गको दिशा हो । बुद्ध शिक्षा भनेकै कुशल कर्म गर्नु, अकुशल कर्मबाट टाढा रहनु र मनलाई शुद्ध पार्नु हो भनी आर्य गुण काण्डव्यूडमा उल्लेख छ । समाजमा व्याप्त अन्याय, असमानता र अत्याचारबाट मुक्ति पाउनसमेत बुद्घ शिक्षाको आवश्यकता पर्छ । बौद्ध शिक्षा यस्तो मार्ग हो, जसले यो जगत्मा समानता, कुशल नेतृत्व, प्रेम, आदर र सद्भाव भरिदिई दुःख र तृष्णाबाट मुक्त गर्छ । सक्षम र योग्य मानिसको विकास गर्न पनि सहयोग गर्छ । र, असल नेतृत्व नै यो जगत् विकासको संकेत हो । समग्रमा बुद्ध शिक्षाले असल नेतृत्वको उत्पादन गर्न मद्दत पुर्‍याउँछ । त्रिपिटकमा बुद्घले विभिन्न समय र स्थानमा दिएका उपदेश, शिक्षा र नियमहरू संगृहीत छन् जो सुत्त, विनय र अभिधम्ममा विभाजित छन् । सुत्त पिटकमा उपासक र उपासिकाहरूको जीवनसँग सम्बन्धित जीवनोपयागी, अधिकार, नैतिक र लाभकारी उपदेश छन् । विनय पिटकमा भिक्षु र भिक्षुणीहरूको एकअर्काको व्यवहारमा गर्न हुने–नहुनेबारे नियम छन् । अभिधम्म पिटकमा हेतु प्रत्यक्ष र कार्यकरण छुट्याएर जान्न र सिक्न सकिने विषयको संग्रह छ । बुद्घले बताउनुभएका चार आर्य सत्य हुन्— दुःख, दुःख समुदय, दुःखनिरोध र दुःखनिरोध गामिनी प्रतिपदा । आर्यअष्टांगिक मार्ग बुद्घको मध्यम मार्ग हो, जसमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाचा, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि छन् । पञ्चशील भनेको शरीर, मन र बोलीवचनबाट अरूको अहित नगर्नु हो । पञ्च स्कन्ध भनेको दुःख स्कन्ध हो, जसलाई जान्नु र बुझ्नु आवश्यक छ । यसमा रूप, वेदना, संज्ञा, संस्कार विज्ञान गरी पाँच स्कन्ध छन् । रूप र नामको (मन) योग नै पञ्च स्कन्ध हो । मानव कल्याण, सुख र शान्तिका लागि बनाइएको अनित्य, दुःख र अनात्म समेटिएको मूलदर्शन नै त्रिलक्षण हो । अनित्यले नाशवान्लाई जनाउँछ । दुःखको वास्तविक बोध गराउने बिछोड र पीडाले हो जुन पञ्च स्कन्धमा हुन्छ । अनात्मलाई हरेक चीज बिलाएर जाने अर्थमा बुझिन्छ । नेपाली समुदायहरूलाई बुद्ध शिक्षाको अभ्यास, बुद्ध दर्शनको आवश्यकता छ ।

Saturday, August 7, 2021

३७ वर्षअघि नै नेपाल र भारतबीच राहदानी लागू गर्नुपर्ने सुझावसहितको डा. हर्क गुरुङको प्रतिवेदनमा के छ ?

नेपालका पूर्वराजा वीरेन्द्रका पालामा राष्ट्रिय जनसंख्या आयोगले स्वर्गीय डा. हर्क गुरुङ संयोजक रहेको एक बसाइँ-सराइँ अध्ययन कार्य समूह ०३९ सालमा गठन गर्‍यो । यस समूहले तयार गरेको “नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाई-सराईसम्बन्धी मूल प्रतिवेदन” ०४० साल साउन २३ गतेका दिन राष्ट्रिय जनसंंख्या आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसमक्ष पेश गर्‍यो । तर, सो प्रतिवेदन अन्य धेरै प्रतिवेदनहरूझैँ कहिल्यै पनि सार्वजनिक गरिएन । यस प्रतिवेदनले तराईमा विद्यमान नागरिकताको समस्या र भारतीय अनियन्त्रित भारतीय आप्रवासनको प्रभाव तथा खुला सीमानालाई नियन्त्रण र व्यवस्थित गर्दै नेपालभित्र श्रम गर्ने भारतीय विदेशीहरूका लागि समेत श्रम अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने जस्ता सुझाबहरू पेश गरेको थियो तर, यस प्रतिवेदनलाई कहिल्यै पनि सार्वजनिक गरिएन । डा. गुरुङले विभिन्न सुझाव दिए पनि सरकारले अहिलेसम्म पनि उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । तर अधिवक्ता तथा मानव अधिकारकर्मी गोपाल सिवाकोटी ‘चिन्तन’ले सूचनाको हक प्रयोग गरेर उक्त प्रतिवेदन प्राप्त गरेका थिए । चिन्तनले सार्वजनिक गरेको प्रतिवेदनको मुल अंश यहाँ प्रस्तुत गरिएको छ । विक्रम संवत १९९५ पुस २१ गते लमजुङको ताङ्लिचोकमा जन्मिएका गुरुङको २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । उनी भूगोलमा पिएचडी गर्ने पहिलो नेपाली हुन् । उनी भूगोलविद्, सहरी विकास विद्, मानवशास्त्री, जनसंख्याविद्, लेखक, चित्रकार र खेलाडी पनि हुन् । गुरुङ प्रतिवेदनका सुझावहरूको कार्यान्वयन पनि भएन । बरु उल्टै यस प्रतिवेदनको संयोजक रहेका डा. गुरुङलाई भारतविरोधी प्रतिवेदन तयार गरेको भन्ने आशयले फाँसीदिनुपर्ने मागसमेत गरियो । दुर्भाग्यवस डा. गुरुङको हेलिकोप्टर दुर्घटनामा परी दुःखद निधन भयो । अहिले परिस्थिति बदलिएको छ । त्यस प्रतिवेदनमा अघि सारिएका सुझाबहरूको सान्दर्भिकता झन् झन् बढेको छ । हाल आएर तराईमा विद्यमान भारतनिर्देशित एवं मूलतः नक्कली र अंगीकृत नागरिकता लिएका केही नेताहरूबाट उचालिएको अराजक आन्दोलनको चिरफार गर्दै विश्वको सर्वसुन्दर भूमि तथा ब्रम्हाण्डकै एक साझा र सुन्दर बगैँचारूपी नेपाल र नेपाली जनताको साझा समृद्धिप्रति इमान्दार र देशभक्त सबैका निमित्त यस प्रतिवेदनले उठाएका सवाल र सुझाबहरू कोशेढुंगा साबित हुन सक्नेछन् । तराईमा विद्यमान मूलतः कृत्रिम तथा अन्य समसामयिक समस्याहरूको समाधानका निमित्त कुनै वार्ता, संवाद र सहमति र संविधान संशोधन गर्नुभन्दा पहिले सबै पक्षबाट यस प्रतिवेदनका नीतिगत समीक्षा र सुझावहरूको गम्भीर अध्ययन र चिन्तन-मनन हुन सकोस् । यस्तो छ प्रतिवेदनको मुख्य अंश १. व्यापार नीति सन् १९५१ अघिको अवस्थामा राष्टिय विकासको लागि देशमा गतिशील आवासन र परिचालन हुने गरेको थिएन । १९५१ पूर्वको अवधि जीविकोपार्जनको लागि सम्म पनि नेपालीको निमित्ति विदेशमा प्रवासन युगको रूपमा रहृयो । सन् १९५६ मा प्रथम पञ्चवर्षीय योजनाअन्तर्गत औलो उन्मूलन, पुनर्वास, कृषि, सामाजिक सेवा, यातायात, उद्योग र वाणिज्यसम्बन्धी नीतिहरूले आवासनलाई प्रोत्साहित गरेका छन् । नेपालको व्यापारको क्षेत्रमा विदेशीहरूको भूमिका नयाँ स्वरूप होइन । १९ सौँ शताब्दिमा पनि नेपालमा विदेशी व्यापारीहरूको भूमिका रहेकै थियो । सन् १९२३ को नेपाल र वृटिश भारत सरकारबीचको सन्धिले नेपालको व्यापारलाई भारतमुखी, निर्देशित र नियन्त्रित तुल्यायो । सन् १९५० को नेपाल-भारत शान्ति र मित्रतासम्बन्धी र व्यापार-वाणिज्य सन्धिले नेपालको वैदेशिक व्यापारमाथि भारतको नियन्त्रण अझ बढी विस्तारित गर्‍यो । फलतः भारतीयहरू नेपालमा आप्रवासन भई व्यापार र वाणिज्यमा संलग्न हुन प्रोत्साहित भए । सन् १९५१ को लगत्तैपछि नेपालको वैदेशिक व्यापार क्षेत्रमा विभिन्न असंगतिहरू र अस्वस्थ्य विधिहरू देखापर्न थाले । सन् १९५१-१९६१ को अवधिसम्म नेपालको वैदेशिक व्यापार मुख्यतः भारतसित नै केन्दि्रत रहेको थियो । सन् १९६२ मा नेपालले विदेशी व्यापारमा देशगत र वस्तुगत विविधिकरण नीति अपनायो । विविधिकरण उद्देश्यहरू हासिल गर्ने मनसायबाट निकासी अधिक लाभांस व्यवस्था (१९६२-१९७८), उपहार पुलिन्दा व्यवस्था (सन् १९६६-१९६८) र द्वय विनिमय प्रणाली (१९७८-१९८१) जस्ता कृत्रिम आर्थिक प्रोत्साहनदायी उपायहरूको अवलम्बन गरिए । दर त्यसबाट व्यापार क्षेत्रमा सवल र गतिशील पूर्वाधारहरूको सृजना हुनुको बदला विदेशी व्यापारीहरूको अबान्छनीय प्रभुत्व र तस्करी विधिहरूलाई अभिप्रेरित भयो । विकास सहायकको रूपमा सञ्चालन हुनुपर्ने व्यापार अवान्छित विदेशीलगायतका महाजनहरूको यन्त्र हुन पुगे । सन् १९७८ मा नेपाल-भारतबीच सम्पन्न सहयोग सम्झौतालाई अनाधिकृत व्यापारमाथि नियन्त्रण गर्ने किसिमबाट ढालिएकोले यसबाट नेपालको वैदेशिक व्यापारमा रहेका दुष्चक्रहरूको वास्तविक वस्तुस्थितिलाई मान्यता दिएको प्रष्ट हुन्छ । नेपालको व्यापार क्षेत्रमा निजी क्षेत्रको प्रधानता रहेको छ । निजी क्षेत्रमा नेपालीहरूको सहभागितासहित विदेशी महाजनहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको छ । यसबाट के स्पष्ट हुन्छ भने वैदेशिक र आन्तरिक व्यापारमा विदेशी तत्वहरूबाट नेपालको व्यापार क्षेत्र घेरिएको छ र सामाजिक उत्तरदायित्वको वहनविना नै यिनीहरूबाट व्यापारिक फाइदाहरूको उपभोग भइरहेको छ । सन् १९८२ को निकासी नीतिले वैदेशिक र आन्तरिक व्यापारमा विदेशीहरूको हिस्सा र नियन्त्रण बढ्दै जाने सम्भावना देखिन्छ । व्यापार क्षेत्रमा अनैतिक र कृत्रिम विधिहरूको सुत्रपात हुनुको साथै व्यापार र वाणिज्यका माध्यमद्वारा विकास र रोजगारको सृजना हुन सकेन । यस्ता स्थितिमा पनि देशको अर्थतन्त्रमा विदेशी तत्वहरू र आप्रवासीहरूलाई हतोत्साहित गर्ने कुनै सार्थक उपायहरू र कदमहरू देखा परेका छैनन् । २. उद्योग नीति नेपालमा आधुनिक औद्योगिकरणको प्रारम्भ सन् १९३६ मा भारतीय पूँजी, व्यवस्थापन तथा मजदूरहरूको प्रोत्साहन र नेतृत्वमा भएको थियो । सन् १९३६-१९५० को अवधिमा प्रवर्द्धन भएको अधिकांश उद्योगहरू द्वितीय युद्धको समाप्तिपश्चात् प्रतिस्पर्धा गर्न नसकेकोले बन्द भइसकेका थिए । पहिलो पञ्चवर्षीय योजनाले केवल औद्योगिक विकासको नारामात्र दिएको फलस्वरूपः औद्योगिक विकासको बदला झन् औद्योगिक ह्रास भयो । सन् १९६० मा पुरानो औद्योगिक नीतिलाई नयाँ औद्योगिक नीति प्रतिपादित गरी १९६१ मा औद्योगिक व्यवसाय ऐन २०१८ जारी गरियो । सरकारी क्षेत्रमा वैदेशिक सहायताअन्तर्गत केही महत्वपूर्ण उद्योगहरूको स्थापना भएको भए तापनि निजी क्षेत्रमा औद्योगिक नीतिमा निम्नतम प्राथमिकता दिइएका उद्योगहरूविपरीत खोलिए । नेपाल औद्योगिक व्यवसाय ऐन २०३० मा परिणत गरिएको औद्योगिक नीति (१९७४) घोषणा गरिए पनि औद्योगिक विकास लक्षअनुसार हुन सकेन । राष्ट्रिय उत्पादनमा उद्योग क्षेत्रको योगदान केवल ५ प्रतिशतमात्र रहेको र देशको कूल सक्रिय जनशक्तिको एक प्रतिशतमात्र औद्योगिक रोजगारमा संलग्न रहेको छ । सन् १९७६/७७ मा नेपालको कूल उद्योगहरूको ६३ प्रतिशतभन्दा बढी औद्योगिक ईकाईहरू तराई प्रदेशमा थिए । करिब ९६ प्रतिशत उद्योगहरूको कानुनी अस्तित्व एकलौटी र साझेदारी स्वामित्वमा छन् । नेपाली नागरिकहरूलाई आरक्षित गरिएका साना उद्योगहरूलगायतका क्षेत्रमा विदेशी व्यवसायीहरू र श्रमिकहरूको संख्यात्मक वृद्धि भएको देखिन्छ । वर्तमान १९८१ को औद्योगिक नीतिअन्तर्गत औद्योगिक व्यवसाय ऐन २०३८ र विदेशी लगानी तथा प्रविधि ऐन २०३८ ले आयकर, बिक्री कर घर र नाफाको बाहिरी प्रवाह आदि क्षेत्रमा प्रोत्साहन प्रदान गरेर निजी क्षेत्रलगायत विदेशी लगानी र प्रविधिलाई आकषिर्त र प्रोत्साहित गरेको छ । नेपालको औद्योगिक कानुनहरूको विदेशी श्रमशक्तिको प्रवाह वा आप्रवासनलाई सीमित गर्ने प्रतिबन्ध लगाएको देखिँदैन । साथै औद्योगिक क्षेत्रमा विदेशी व्यवसायीहरू र श्रमिकहरूको गैह्रकानुनी प्रवेश र प्रभुत्व आदि जाँचबुझ गर्ने प्रक्रिया र व्यवस्था पनि देखिँदैन । ३. श्रमनीति विदेशी जनशक्ति विभिन्न आर्थिक क्षेत्रहरूमा संलग्न रहिआएको छ । शुरुमा विदेशी श्रमशक्ति जंगल फडानी, खेती तथा औद्योगिक कार्यमा मात्र आकर्षित थियो । तर वर्तमान अवस्थामा विदेशीहरूको आप्रवासन र सहभागिता निर्माण , आन्तरिक र बाहृय व्यापार, यातायात सेवा, पर्यटन आदि क्षेत्रमा पनि देखिएका छन् । शीप विकास कार्यक्रमको अभाव, श्रम कानुन सीमित क्षेत्रमा मात्र लागु भएबाट रोजगारिताको लागि आप्रवासन बढ्दो छ । विदेशी श्रमशक्तिको राष्ट्रिय सर्वेक्षणका अभावभामा विभिन्न क्षेत्रहरूमा संलग्न रहेका विदेशी मजदूरहरूको यथार्थ संख्या एकिन गर्न कठिन छ तर दक्ष, अदक्ष सबै प्रकारका विदेशी कामदारहरूको संलग्नता नेपालमा बढ्दैगएको छ । नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूरसम्बन्धी ऐन २०१६, उद्योग, उच्चस्तरीय होटेल र यातायात क्षेत्रहरूमा मात्र लागु भएको छ र मजदूर सम्बन्ध, मजदूर कल्याण र विदेशी कामदारहरू नियमित र व्यवस्थित गर्ने दृष्टिकोणबाट यो श्रम कानुनको सीमितरूपमा मात्र प्रयोग हुने गरेको छ । बहुसंख्यक श्रमशक्ति संलग्न भइरहेको कृषि, निर्माण, व्यापारलगायत आर्थिक क्षेत्रहरू श्रम कानुनका परिधिबाहिर छन् । श्रम कानुनले विदेशीहरूलाई असीमित अवधिसम्म काममा लगाउनसकिने व्यवस्था गरिएको छ भने उद्योगसम्बन्धी कानुनबाट विदेशीहरूलाई बढीमा १२ वर्षसम्म मात्र काममा लगाउन सकिने व्यवस्था भइरहेको छ । यी कानुनी विरोधाभासहरूले आप्रवासनलाई बढाउने मात्र होइन देशलाई नै आप्रवासीहरूको र अङ्गीकृतहरूको केन्द्र बनाउने सम्भावना रहन्छ । श्रम प्रशासनको लागि सन् १९७१ मा श्रम विभाग र सन् १९८२ मा श्रम तथा सामाजिक कल्याण मन्त्रालय खोलिए । तर श्रम प्रशासन मजदूर हड्ताल हुन नदिने परम्परागत कार्यमा बढी व्यस्त देखिन्छ । रोजगारी प्रवर्द्धन र शीप विकास कार्यमा श्रम प्रशासनको भूमिका नगण्य रहेको छ । विकास लगानीको फलस्वरूप सृजना भएका रोजगारका अवसरहरूको उपभोग विदेशी श्रमशक्तिबाट भइरहेको छ भने अर्कोतिर देशमा बेरोजगारी र अर्धबेरोजगारी बढ्दो छ । सन् १९७१ मा लागु भएको राष्ट्रिय शिक्षा पद्धतिको योजनाले प्राविधिक र शीप विकास कार्यक्रम राखिएको भए तापनि यसको कार्यान्वयनबाट गुणात्मक प्राविधिक र शीपयुक्त दक्ष जनशक्ति राष्ट्रिय आवश्यकताअनुकूल आपूर्ति हुन सकेन । साथै शीप विकास र व्यावसायिक प्रशिक्षणका सम्बन्धमा श्रम प्रशासनको भूमिका र अन्य व्यावसायिक प्रशिक्षण केन्द्रहरूबीचको समन्वय पनि परिभाषित छैन । ४. अन्तर्राष्ट्रिय सीमाना उत्तरमा हिमालयपरिवेष्ठित र दक्षिणमा भारतपरिवेष्ठित नेपालको अवस्थाले गर्दा खासगरी दक्षिणतर्फको खुला सीमाना नेपालको निमित्त सुविधा र द्विविधा दुवै दृष्टिले हेर्नुपर्ने विषय बन्दैगएको छ । आˆना दुवै मित्र राष्ट्रहरूसित सौहाद्रपूर्ण सम्बन्ध राख्नुपर्ने विवशताले अथवा विशेषताले गर्दा सीमाना विवादले आजसम्म खास समस्या खडा गरेको छैन । नेपाल-चीन सीमा सम्बन्ध : पेकिंगमा जनवरी २०, १९६३ मा सीमानासम्बन्धी पत्र आदानप्रदान भएअनुसार दुवै पक्षले सीमा स्तम्भ रेखांकनको रेखदेख र मर्मत गर्ने, एकपक्षीयरूपमा सीमा स्तम्भ परिवर्तन गर्न नपाइने र यथासम्भव सीमानास्थित नदीलाई बाटो परिवर्तन गर्नबाट नियन्त्रण गर्ने र बाटो बदल्न सक्ने कुनै काम कुरा नगर्ने र नदीले बाटो बदलेमा पुरानै सीमा कायम गर्नेर हरेक ५ वर्षमा संयुक्त सीमा निरीक्षण गर्नेजस्ता सिद्धान्तहरूमा द्विपक्षीय सहमति कायम भएको छ । उपरोक्त सहमतिअनुसार पछिल्लोपटक १९७९ मा सिाना रेखांकन सम्झौता सफलतापूर्वक सम्पन्न भइसकेको छ । नेपाल-भारत सीमाना : पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म “दशगजा” नामले प्रख्यात स्वामित्वविहीन जग्गा र प्रत्येक १/४ माइलमा गाडिएका सीमा स्तम्भ नै नेपाल र भारतलाई छुट्याउने कृत्रिम सीमा हो । सन् १८६० नोभेम्बर १ का दिन तत्कालिन अंग्रेजशासित भारतसँग सीमा विषयक सन्धि हस्ताक्षर भए यता आजसम्म भारतसित नेपालको कुनै गम्भीर सीमा विवाद उठेको वा उठाइएको छैन । नेपालको राष्ट्रिय कानुन अन्तर्गत स्थानीय प्रशासन ऐन २०२८ को दफा ४ (३) मा “अञ्चलाधीशले वर्षको एकपटक विदेशी मुलुकसित जोडिएको सीमानाको जाँच गरी श्री ५ को सरकारमा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने” व्यवस्था भए तापनि यो जाँचको उद्देश्य, आधार, कार्यक्षेत्र र कार्यविधिको सम्बन्धमा स्पष्ट नीति प्रतिपादन भएको देखिँदैन । दक्षिणतर्फका सीमा स्तम्भहरू मासिएका वा नासिएका, सो जग्गाको अतिक्तमण भएको र भारत सरकारले सीमानामा नजिक बाँध बनाएका जस्ता कृयाकलापहरूबाट गम्भीर समस्या खडा भएको अवगत हुँदाहुँदै पनि यस सम्बन्धमा कुनै कारवाही भएको देखिएको छैन । भारतसितको खुला र अनियन्त्रित सीमाना दुवै राष्ट्रहरूका जनता र मालसामानहरूको बान्छित वा अवान्छित वसार-पसारका लागि प्रयोग भइआएको छ । खुला सीमानाको कारणबाट सीमा रेखांकन र स्वामित्वविहीन जग्गाको अतिक्रमण, गैरकानुनी अपराध गरी बचोटका निमित्त सीमा पार गर्ने, दोहोरो नागरिकता र तस्कर व्यापारजस्ता समस्याहरूको चुनौतीको सामना गर्नु परिरहेको छ । अनियन्त्रित सीमा व्यवस्थाले गर्दा कतिपय अवस्थामा द्विपक्षीय सन्धिको कार्यान्वयन र आˆनो राष्ट्रिय नीतिहरूको प्रभावकारी कार्यान्वयनमा समेत प्रतिकूल प्रभाव पर्दैआएको पाइन्छ । औद्योगिक व्यवसायसम्बन्धी कानुनअन्तर्गत अन्तर्राष्ट्रिय सीमानाबाट ८ किलोमिटरभित्र कुनै उद्योग खोल्न नपाइने गरिएको भए तापनि घरेलु उद्योग, औद्योगिक क्षेत्र, चालु उद्योगहरूको आधुनिकीकरण, क्षमता वृद्धि तथा विविधिकरण गर्नमा कुनै वाधा छैन । यो नीति सीमाना प्रशासनलाई सुदृढ गर्ने नीति र राजमार्गसँग जोडिएका क्षेत्रहरूको औद्योगिक र व्यापारिक विकास गर्नुपर्ने नीतिविपरीत देखिन्छ । ५. आप्रवासन अधिकार, कर्तव्य, दायित्व र सुविधाका दृष्टिले कुनै पनि राष्ट्रले नागरिक र गैर-नागरिकलार्य समान हैसियतमा राख्न सम्भव हुँदैन । नेपालजस्तो जनसंख्या वृद्धिको अत्यधिक चाले पीडित र गरिब देशले विदेशीहरूको आगमन र आप्रवासनका सम्बन्धमा कुनै ठोस नीति प्रतिपादन गर्नसकेको छैन । अध्यागमन र आप्रवासनसम्बन्धी निश्चित नीति नै प्रतिपादन नभएकोले विदेशीसम्बन्धी विद्यमान कानुनी व्यवस्थाहरूले प्रत्यक्ष वा परोक्षरूपमा नेपालमा विदेशीहरूको निर्वाध आगमन र आप्रवासनलाई प्रोत्साहन दिइरहेको देखिन्छ । आप्रवासनलाई अनियन्त्रित रहिरहन दिनु व्यापक राष्ट्रिय हितको दृष्टिले अनुपयुक्त हुने भएकाले तत्सम्बन्धी विद्यमान कानुनी व्यवस्थाहरूको मूल्यांकन गरी यथाशीघ्र सुधार गरिनुपर्ने देखिन्छ । विदेशीहरूको अध्यागमन र आप्रवासनसित सम्बन्धित कानुनी व्यवस्थाहरू निम्नबमोजिम रहेका छन् : अ. विदेशीसम्बन्धी ऐन २०१५ (१९५८) र विदेशीसम्बन्धी नियमावली २०३२ (१९७६) : सामान्य तवरले सबै विदेशीहरूको वा कुनै खास विदेशीको वा कुनै खास वर्ग वा वर्णको विदेशीहरूको नेपाल राज्यमा प्रवेश, उपस्थिति वा प्रस्थानलाई मनाही नियमित वा नियन्त्रित गर्नसक्ने अधिकार यस ऐनअन्तर्गत प्राप्त भए तापनि नेपालमा आप्रवासनका लागि आउने अधिकांश भारतीय विदेशीहरूको सम्बन्धमा लागु नहुने भएकोले सो कानुनी व्यवस्थाको परिधि अत्यन्त सीमित रहन गएको छ । आ. व्यापारसम्बन्धी कानुनी व्यवस्था : निकासी पैठारी ऐन २०१३ अन्तर्गत नेपाल एजेन्सी ऐन २०१४, प्राइभेट फर्म रजिष्ट्रेशन ऐन २०१४, साझेदारी ऐन २०२०, कम्पनी ऐन २०२१, पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ र यी ऐनहरूअन्तर्गत नियमहरूद्वारा नेपाल अधिराज्यभित्रको व्यापारिक गतिविधिलाई नियन्त्रित, नियमित र व्यवस्थित गरिन्छ । तर विदेशी नागरिकहरूमध्येका खासगरी भारतीय नागरिकहरूको व्यापारमा संलग्न हुने नहुने भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था छैन । फलस्वरूपः भारतीय आप्रवासी व्यापारीहरू अत्यधिक मात्रामा व्यापारमा संलग्न भइरहेको देखिएको छ । स्पष्टरूपमा प्रतिबन्धित नभएकोले सम्भवतः सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिअन्तर्गत यस किसिमको स्वतन्त्रता उपलब्ध भइरहेको हो कि भन्ने आशंका गर्न सकिन्छ । इ. श्रम र रोजगारीसम्बन्धी कानुन : कारखाना तथा कारखानामा काम गर्ने मजदूरसम्बन्धी ऐन २०१६ र नियमावली २०१९, निजामती सेवा ऐन २०१३ र नियमावली २०२० आदि अन्तर्गत विदेशीलाई काममा सामान्यतया लगाउन नपाइने व्यवस्था भए तापनि कृषि, व्यापार, निर्माण र निजी क्षेत्रमा यी कानुनी व्यवस्थाहरू लागु नहुने हुँदा व्यवहारमा विदेशीहरू -खासगरी भारतीय) ठूलो संख्यामा कार्यरत रहेको देखिएको छ । श्रम र रोजगारीको खोजीमा आउने आप्रवासीहरूलाई यी नियमावलीहरूले खास बन्देज लगाउनसकेको देखिन्न । ई. औद्योगिक व्यवसाय तथा विदेशी लगानीसम्बन्धी कानुन : औद्योगिक व्यवसाय ऐन २०३८ र विदेशी लगानी तथा प्रविधिसम्बन्धी ऐन २०३८ अन्तर्गत विदेशी कामदारहरू र प्राविधिकहरूलाई काममा लगाउन सकिने व्यवस्था छ । प्रतिबन्ध सीमित भएको र उचित र पर्याप्त सुपरिवेक्षण व्यवस्थाको अभावमा लागु हुनुपर्ने अवस्थामा पनि कानुनको उल्लंघन सजिलैसँग गर्नसकिने भएकोले प्रभावकारी छैन । उ. रकम ठेक्का बन्दोवस्तसम्बन्धी कानुनी व्यवस्था : रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन २०२० र नियमावलीअनुसार श्री ५ को सरकारबाट बोलाइएको ठेक्का बन्दोवस्तमा विदेशीले भाग लिनसक्ने गरिएकोल विदेशी ठेकेदारले विदेशी मजदूर नै पैठारी गर्ने र विदेशी ठेकेदारमार्फत अनुचित आर्थिक लाभ प्राप्त गर्न अधिकारी वर्गलाई समेत सजिलो हुने अवस्था भएकोले ठेक्का बन्दोवस्तसम्बन्धी कानुनी व्यवस्थाहरू आप्रवासनलाई प्रोत्साहन पुर्‍याउने किसिमबाट बनेको देखिन्छ । ऊ. अचल सम्पत्तिको खरिदबिक्रीसम्बन्धी कानुन : नेपालमा विदेशीले अचल सम्पत्ति र जग्गा घर आदि किनबेच गर्न दान बक्स गरी लिन र अपुतालीसमेत पाउन नसक्ने गरी लागु गरिएको प्रतिबन्ध अहिले पनि कायम नै छ । तर आˆनो नियन्त्रणमा भएको व्यक्ति वा वैवाहिक सम्बन्ध कायम गरी अचल सम्पत्ति किनबेच गर्न विदेशीहरूलाई यसले वाधा पुर्‍याएको देखिँदैन र यसकारण सजिलोसित कानुन छल्नसकिने परिस्थिति र परिपाटी विद्यमान छ । ए. नागरिकतासम्बन्धी ऐन : नेपाली नागरिकता प्राप्त गर्ने कानुनको उल्लंघन खासगरी भारतीय नागरिकहरूका निमित्त सहज किसिमको भएकोले अङ्गीकृत नागरिकतासम्म पनि प्राप्न गर्न नसक्ने विदेशीले व्रशज र जन्मसिद्ध नागरिकको रूपमा प्रमाण-पत्र प्राप्त गरिरहेको बुझिएको छ । सहज नागरिकता प्रथा नै विदेशीलाई आकृष्ट गर्ने माध्यमको रूपमा विद्यमान रहेको अनुमान गरिएको छ । ऐ. अन्य कानुनी व्यवस्थाहरू : नेपाल मेडिकल काउन्सिल ऐन २०२० र नियम, कानुन व्यवसायी ऐन २०२५ र नियम, लेखा परीक्षकको नियुक्ति र इजाजत व्यवस्थाअन्तर्गत विदेशीहरूलाई दर्ता गरी पेशा अवलम्बन गर्नसक्ने गरिएको छ । विदेशी (भारतीय) लेखा परीक्षकहरूको उपस्थितिले आप्रवासन बढाउने मात्र नभई लेखासम्बन्धी भ्रष्टाचारलाई ढाकछोप गर्ने महत्वपूर्ण माध्यमको रूपमा विकसित हुँँदैआएको आशंका गर्न थालिएको छ । ओ. नेपाल-भारत शान्ति तथा मैत्री सन्धि र खुला सीमाना : नेपालको दक्षिणी सीमाना परम्परादेखि खुला रहिआएकोले बान्छित-अबान्छित सबै किसिमका विदेशीहरूको अध्यागमन र आप्रवासन सरल हुनगएको छ । भारतीय आप्रवासी नेपाल प्रवेशपछि तराईवासीसँगको जातीयता, भेषभूषा र भाषको सादृश्यताले गर्दा नागरिक र गैरनागरिक छुट्याउन मुश्किल पर्ने भएकोले उनीहरूको गतिविधि र बसोबासका सम्बन्धमा जानकारी राख्न असम्भव भएको छ । नेपालभारत शान्ति र मैत्री सन्धि १९५० अन्तर्गत दुवै देशका नागरिकलाई एकअर्काको देशमा राष्ट्रिय व्यवहार दिने कबुल गरेको सन्दर्भमा भारतीयहरूको प्रवेश, बसाई र गतिविधि अनियन्त्रित र अव्यवस्थित रहनगएको अनुमान गर्न सकिन्छ । वास्तविक तथ्यलाई मध्यनजर राखेर भन्ने हो भने भारतीयहरूको प्रवेश र बसाई र तिनले प्राप्त गर्ने राष्ट्रिय व्यवहार एकपक्षीय हुँदै गएको छ । सुझावहरू नेपालमा आन्तरिक तथा अन्तराष्ट्रिय बसाई-सराई प्रकृयालाई निर्देशित र नियन्त्रित गर्ने ठोस नीति अपनाउनु पर्ने बाध्यता आइसकेको छ । बास्तवमा स्वचालित आन्तरिक बसाई-सराई देशका विभिन्न प्रदेशहरूबीच साधन र विकासको असन्तुलनको परिचायक हो र यसलाई व्यवस्थित गरिएमा प्राकृतिक सम्पदा र मानबीय साधनको समुचित परिचालन, आयको न्यायोचित वितरणलगायत राष्ट्रिय एकिकरणको सशक्त माध्यम हुनसक्तछ । यसको विपरित देशवासी प्रवासिने तथा विदेशीहरू निर्वाधरूपमा नेपाल भित्रिने अन्तराष्ट्रिय बसाई-सराई राष्ट्रिय हितविपरित देखिन्छ । सोको निराकरण गर्न अधिकतम स्वदेशी जनशक्तिलाई देशभित्रै रोजगारी दिलाउने र विदेशीहरूको आप्रवासन नियन्त्रण गर्ने नीति र कार्यक्रम अपनाउनु आवश्यक छ । वर्तमान अव्यवस्थित बसाई-सराई प्रकृया र प्रवृत्तिको परिप्रेक्षमा उपयुक्त नीतिहरूको अवलम्वन र प्रतिपादन राष्ट्रिय संकल्पको रूपमा हुनुपर्दछ । बसाई-सराईसम्बन्धी व्यापक र विश्लेषणात्मक अध्ययनको निष्कर्षको आध्ाारमा निम्नलिखित नीति तथा कार्यक्रमहरू सिफारिश गरिएका छन् : अ) अन्तराष्ट्रिय सीमाना नेपाल र भारत बीचको खुला अन्तराष्ट्रिय सीमानामा निर्बाध आवागमनको कारण दुई देशबीचको बसाई-सराईका प्रकृया र प्रवाहलाई तीब्र तुल्याइरहेको कुरा स्पष्ट छ । यसबाट नेपाल र भारतबीच अवैध व्यापारको वृद्धि हुनु दुवै देशका निमित्त गहिरो चिन्तको विषय पनि रहेको छ । यी कुराहरुको परिप्रेक्ष्यमा नेपाल-भारत सीमानामा हालको जस्तो निर्बाध आवागमनलाई नियमित गर्नु अत्यावश्यक छ । १. नेपाल-भारत सीमानामा खास तोकिएका नाकाहरूबाट मात्र नेपाल र भारतबीच मानिसको आवागमनको व्यवस्था गरिनु पर्दछ । द्विपक्षीय वार्ताको आधारमा तोकिने यस्ता आवागमन नाकाहरूबाहेक अन्य ठाउँको ओहोर-दोहोरलाई गैरकानुनी गरिनुपर्दछ । २. नेपाल र भारतबीच आवागमन नियमित गर्ने क्रममा तीन चरण प्रस्तावित गरिएका छन् । पहिलो चरणमा सीमाना ओहोर-दोहोर गर्नेहरूले तोकिएका नाकाहरूको अध्यागमन चौकीमा नाम दर्ता गराउने व्यवस्था यसै आर्थिक वर्षमा लागू गरिनुपर्दछ । नाम दर्ता व्यवस्था लागू गरिएको एक वर्षपछि दोश्रो चरणमा प्रवेश पत्रको हुनुपर्दछ । सीमानाबाट १० किलोमिटर क्षेत्रभित्रका वासिन्दाहरूलाई प्रत्येक वर्ष नविकरण गराउनुपर्ने बहु-पटके प्रवेश-पत्र (Multi-Entry Permit) र तीबाहेक अन्यको हकमा पटके प्रवेश-पत्र (Single Entry Permit) को व्यवस्था गरिनुपर्दछ । तेश्रो चरणमा भारत र नेपालका बीच आवागमन गर्न राहदानीको व्यवस्था लागू गरिनुपर्दछ । ३. नेपाल र भारत बीच अनाधिकृत व्यापार नियन्त्रणको प्रभावकारी कार्यान्वयनको लागि हालको सीमा गस्तीहरूको विस्तार र सुदृढिकरण आवश्यक छ । साथै समुन्द्रपारका मुलुकबाट विलासिताका सामानहरूको व्यापारिक आयात निषेधित गरिनुपर्दछ । आ) आन्तरिक आवागमन नेपालको एक ठाउँबाट अर्को ठाउँमा भारत नपसी बाह्रै महिना आवागमनको लागि यातायात विकासका केही कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्न आवश्यक छ । ४. हालसम्म मध्य पश्चिमान्चलबाट पश्चिमान्चल विकास क्षेेत्र जाने आधुनिक यातायातको व्यवस्था नभएकोले महेन्द्र राजमार्गको बुटवल-कोहलपुर खण्डलाई यथाशिघ्र पुरा गराउने व्यवस्था हुनुपर्दछ । ५. पश्चिमान्चलबाट सुदूर पश्चिमान्चल विकास क्षेत्र जोड्ने कोहलपुर-वनवासा सडकको निर्माण कार्य वर्षौँदेखि विदेशी सहायताको आश गर्नाले प्रायः ठप्प छ । देशको मेरुदण्डको रूपमा परिकल्प्ति महेन्द्र राजमार्गको यस खण्डको निर्माणको लागि श्री ५ को सरकारको आफ्नै श्रोतको परिचालन गरेर भए पनि अविलम्ब सम्पन्न गरिनुपर्दछ । ६. महेन्द्र राजमार्गको बुटवलदेखि वनवासासम्मको खण्डलाई तदारुकताका साथ सम्पन्न गर्नुको साथै महेन्द्रनगरको विमानस्थलको सुदृढिकरण गरी नेपालगंज, धनगढी र महेन्द्रनगरको लागि वर्षैभरी हवाइसेवाको समुचित व्यवस्था गरिनुपर्दछ । इ) अध्यागमन र जनसंख्या नीति राष्ट्रिय आवश्यकता तथा हितअनुकूल देशभित्र विदेशीहरूको प्रवेश, वसाई र गतिविधिमाथि आवश्यक नियन्त्रण गर्नुपर्ने हुन्छ । नेपालजस्तो सानो र साधनसीमित मुलुकले विदेशीहरूको आप्रवासनमा विशेष नियन्त्रण गर्नु आवश्यक छ । ७. नेपाल भित्रिने आप्रवासीहरूमध्ये अधिकांश भारतीय हुने र उनीहरूलाई अध्यागमनको कार्यक्षेत्रभित्र नसमेटेसम्म अन्य प्रयासहरू अर्थहीन हुने हुनाले भारतीय आप्रवासीहरूको अध्यागमनबारे विशेष कार्यक्रम संचालन हुनुपर्दछ । आउने र जाने बेला सीमाना चौकीमा नाम दर्ता गराउने र प्रवेश-पत्रको व्यवस्था यस दिशाका प्रारम्भिक कदम हुन् । ८. विकासको लागि आवश्यक सक्षम जनशक्तिको विदेशमा प्रवासन र अनावश्यक विदेशीहरूको आप्रवासन नियन्त्रण गर्नेसम्बन्धी राष्ट्रिय नीति अविलम्ब प्रतिपादन हुनुपर्दछ । ९. अनियन्त्रित आप्रवासनको परिवार नियोजन कार्यक्रममा प्रतिकूल प्रभाव हुनाले राष्ट्रिय जनसंख्या नीतिको उद्देश्यहरूमध्ये अन्तराष्ट्रिय बसाई-सराईलाई व्यवस्थित र नियन्त्रित गर्ने कुरालाई प्रमुख स्थान दिइनुपर्दछ । यस सम्बन्धमा अल्पकालीन र दीर्घकालिन कार्यक्रमको तर्जुमा हुनु पनि अनिवार्य छ । ई) नागरिकता वर्तमान नागरिकतासम्बन्धी नीति र वितरण प्रणाली आप्रवासनलाई प्रोत्साहित गर्नेखालको छ । जन्मसिद्ध र अङ्गीकृत नागरिकता प्रदान गर्ने व्यवस्थामा परिवर्तन भएपछि वंशजको नाताले नागरिकता लिनेहरूको अप्रत्याशित वृद्धि भएको छ । नागरिकतासम्बन्धी प्रचलित ऐन, नियम तथा नेपालको संविधानमा समेत केही संशोधन हुनु आवश्यक छ । १०. नेपालको संविधानको भाग २ धारा ८ को खण्ड (घ) मा नेपाली उत्पत्तिका व्यक्तिका हकमा कम्तिमा २ वर्ष बसोवास गरेपछि अङ्गीकृत नागरिकता प्राप्त गर्ने प्रयोजनको लागि योग्य मानिएको छ । तर ‘नेपाली उत्पत्तिको व्यक्ति’ का परिभाषा संविधान तथा नागरिकता ऐन र नियम कुनैले व्याख्या गरेको छैन । उक्त व्यवस्था राष्ट्रियताको दृष्टिले संकिर्ण, आधुनिक राज्यमान्यताअनुसार साम्प्रदायिक, जातीय तथा साँस्कृतिक दृष्टिले भेदभावपूर्ण तथा कार्यान्वयन पक्षमा द्विविधाजनक हुनाले ‘नेपाली उत्पत्तिका व्यक्ति’ भन्ने शब्दावली नै संविधानबाट झिकिने गरी संशोधन हुनुपर्दछ । ११. नेपालको संविधान, भाग २ धारा ८ को उपधारा २(घ) अनुसार नेपाली उत्पत्तिका व्यक्तिको हकमा कम्तिमा २ वर्ष र अरुको हकमा कम्तिमा १५ वर्षको अवधिसम्म नेपालमा बसोबास गरेका व्यक्तिलाई नागरिकता प्रदान गर्ने व्यवस्था खारेज हुनुपर्दछ । १२. नेपालको संविधान, भाग २ धारा ७ (ख) को ‘जसको आमाबाबुमा एकजना नेपालमा जन्मेको हो’ भन्ने वाक्यांशको सट्टा ‘जसको आमाबाबुमध्ये एकजना नेपाली नागरिक हो’ भन्ने गरी संशोधन हुनुपर्दछ । १३. नागरिकता ऐन २०२० को दफा ३ को (४) मा नेपाल अधिराज्यमा फेला परेका नावालकहरू वावुको ठेगान नलागेसम्म वंशजको नाताले नागरिक ठहर्ने भन्नेको सट्टा ‘बाबुआमामध्ये कुनैको ठेगान नलागेमा’ भनी संशोधन हुनु पर्दछ । १४. वैवाहिक सम्बन्धबाट पूनः नागरिकता प्राप्त गर्ने वा धर्मपुत्र/धर्मपुत्री आदिको नाताबाट अथवा ख्याती प्राप्त व्यक्तिको हैसियतले प्राप्त हुने नागरिकता अङ्गीकृतसरहमात्र हुने व्यवस्था गरिनुपर्दछ । १५. अङ्गीकृत नागरिकको स्थान र हैसियत वंशज र जन्मसिद्ध नागरिकभन्दा भिन्न गरिनु पर्ने र संवैधानिक पद तथा तोकिएका महत्वपूर्ण सामरिक ओहदाहरूमा अङ्गीकृत नागरिकलाई नियुक्ति नपाउने कानुनी व्यवस्था गरिनुपर्दछ । साथै नियुक्ति वा निर्वाचनबाट प्राप्त हुनसक्ने सार्वजनिक पदहरूमा अङ्गीकृत नागरिक भएको १० वर्षपछि मात्र नियुक्ति वा उम्मेद्वारको लागि योग्य ठहरिने व्यवस्था हुनुपर्दछ । १६. अङ्गीकृत नागरिकका नागरिक हुनुअघि जन्मिएका, सँगै आएका नाबालक र नेपाली नागरिक भइसकेपछि नेपालमा जन्मिएका आफ्नै सन्तानबाहेक अन्य सन्तानले अङ्गीकृत नागरिकतामात्र प्राप्त हुने व्यवस्था गरिनुपर्दछ । १७. नागरिकताको लागि राजनैतिक व्यक्तिले पनि सिफारिश गर्न पाउने हालको व्यवस्थालाई खारेज गरी पदाधिकारीको सिफारिश र सबै कानुनी शर्त पूरा भएको छानबिनपछि मात्र वंशज र जन्मसिद्ध नागरिकता प्रदान गर्ने व्यवस्था हुनुपर्दछ । नेपालको अङ्गीकृत नागरिकता प्राप्त गरेको व्यक्तिले नागरिकतासम्बन्धी सिफारिश गर्न नपाउने प्रतिबन्ध राखिनुपर्दछ । १८. अस्थायी प्रमाण-पत्र लिन छुटेका व्यक्तिहरूको समस्यालाई दृष्टिगत गरी प्रत्येक जिल्लामा एउटा विशेष अदालत गठन गरी सो अदालतले वास्तवमा छुट भएका व्यक्तिहरूको निवेदन परेमा छानबिन गरी निस्सा दिने तथा उजुरी परेमा शंकास्पद अस्थायी निस्सामाथि पुनः विचार गर्ने र झुठा विवरण दिई कसैले नागरिकता लिएको भए त्यस्तो व्यक्तिको नागरिकता निलम्बन गर्ने र सिफारिशकर्तालाई कारबाहीसमेत गर्नसक्ने व्यवस्था हुनुपर्दछ । १९. अङ्गीकृत नागरिकता पाएका, नागरिकता परित्याग गरेका, पुनः नागरिकता प्राप्त गरेका, नागरिकता समाप्त भएका वा नागरिकता बदर गरिएकाहरूको नामावली सार्वजनिक प्रकाशमा ल्याउनुपर्ने व्यवस्था हुनुपर्दछ । २०. हालको पंजिकाधिकारी कार्यालयलाई सुसंगठित गरी जन्म, मृत्यु, घटनालगायत नागरिकता दर्ता गर्ने अभिलेखालयको रूपमा (किताबखाना) केन्दि्रत स्तरमा स्थापनाको साथै अंचल तथा जिल्ला कार्यालयहरूमा नागरिकता तथा मतदातासम्बन्धी सूची र अद्यावधिक राख्ने कानुनी तथा प्रशासकीय व्यवस्था हुनुपर्दछ । २१. घरजग्गाको खरिद-बिक्री, सार्वजनिक संस्थाहरूबाट ऋण प्राप्ति, विदेशमा जान राहदानी लिन, सरकारी वा सार्वजनिक संगठित संस्थाहरूमा नियुक्ति पाउन वा निर्वाचनमा उम्मेद्वार हुने र नागरिक र गैरनागरिक छुट्याउन पर्ने विषयको लागि बाहेक अन्य हरेक साधारण कामका लागि नागरिकताको प्रमाण-पत्र पेश गर्नुपर्ने झण्झटपूर्ण अनिवार्यता हटाउनुपर्दछ । उ) व्यापार व्यापार विविधिकरणको नाममा केही अवधि यतादेखि श्री ५ को सरकारले तत्कालित आर्थिक लाभ हुने कृत्रिम उपायहरू प्रोत्साहित गरेबाट व्यापार क्षेत्रमा विदेशीहरूको अवाञ्छनीय भूमिका र प्रभुत्व बढ्न गएकोले यस प्रकारको कारोबारमा आप्रवासी व्यापारीहरूको नियन्त्रण गरिनुपर्दछ । व्यापार क्षेत्रमा स्वदेशीहरूको संलग्नता प्रोत्साहित गरिनुको साथै संस्थागत विकास हुनुपर्दछ । २२. समुन्द्रपारका मुलुकहरूबाट पैठारी हुने विलासिता, अर्धविलासी वा उत्तेजनशील वस्तुहरूको आयात बन्देज हुनुपर्दछ । साथै व्यापार विचलन निरुत्साह गर्ने अपराधीहरूलाई पर्याप्त दण्डसजायको विशेष कानुनी व्यवस्था हुनुपर्दछ । २३. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारमा विदेशीहरूको संलग्नता परिधिबारे स्पष्ट नीति अवलम्बन गरिनुपर्दछ । व्यापारव्यवसायमा सार्वजनिक प्रमण्डलको प्रबर्द्धन गराउन नेपाल कम्पनी ऐनअन्तर्गत विविधतापूर्वक गठन हुने व्यापारिक पब्लिक लिमिटेड कम्पनीको शेयर लगानीमा विदेशी नागरिकलाई हिस्सेदार हुनपाउने व्यवस्था गर्ने तर त्यस्तो विदेशीको स्वामित्वको अधिकतम् हद ४९ प्रतिशतसम्म मात्र हुनसक्ने गरी निर्दिष्ट गरिनुपर्दछ । २४. नेपाल र भारतका बीच यी दुई देशका उत्पत्तिका वा उत्पादनका वस्तुहरूको निकासी पैठारी व्यापारमात्र संचालन गर्ने कार्यक्षेत्र तोकी नेपाल कम्पनी ऐनअन्तर्गत गठन हुने प्राइभेट लिमिटेड कम्पनीमा विदेशी व्यापारीहरू (नागरिकहरू) हिस्सेदार हुनपाउने गर्नुपर्दछ । तर त्यस्तो कम्पनीमा पनि अङ्गीकृतबाहेकका नेपाली नागरिकको अत्यधिक हिस्सा र व्यवस्थापन नियन्त्रण अधिकार रहेको हुनुपर्दछ । २५. श्री ५ को सरकारबाट सर्वसाधारणको लागि अत्यावश्यक भनी तोकेका वस्तुहरूको भारतबाट पैठारी र नेपालभित्र तोकिएका बजारवस्तीमा आन्तरिक बिक्रीवितरणसमेत गर्ने व्यापार प्रयोजनका लागि भारतीय व्यापारी (नागरिक) को पूर्ण स्वामित्वसम्म हुनसक्ने गरी नेपाल कानुनअन्तर्गत कम्पनी स्थापना र संचालन गर्नसक्ने व्यवस्था हुनुपर्ने देखिन्छ । तर नेपालमा सम्बन्धित वस्तुहरूमा औद्योगिक विकासको गतिलाई दृष्टिकोणमा राखी यसमाथि प्रतिबन्धात्मक बन्देज र नियन्त्रण विस्तार गर्ने नीति पनि हुनुपर्दछ । २६. साना तथा मझौलाखालका स्वदेशी व्यापारी समुदायको हितको संरक्षणको दृष्टिकोणबाट पब्लिक लिमिटेड कम्पनी र प्राइभेट लिमिटेड कम्पनीबाहेक अन्य प्रकारका कुनै व्यापारिक संस्था, र्फम, साझेदारी र सहकारी ईकाईमा गैरनेपाली नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागितामा प्रतिबन्ध हुनुपर्दछ । २७. सार्वजनिक संस्थान तथा निकायहरूको आप्रवासीहरू सम्मिलित भएका संगठित संस्थाहरूको नाफानोक्सान खाता र वासलातको परीक्षण नेपाली लेखापरीक्षकबाट मात्र हुने व्यवस्था गर्ने र देखाइएको मुनाफा वा अन्य रकम जतिसुकै परिमाणमा पनि लैजान नपाउने गरी नियन्त्रित गरिनुपर्दछ । यस सन्दर्भमा उक्त श्रेस्ता वा लेखाद्वारा प्रदर्शित रकममध्ये तोकिएको रकमसम्म विदेशमा विदेशी मुद्रामा लैजान पाउने गरी सो रकमबराबरको (नेपाली रूपैयाँको रकम) बैँकमार्फत नै विदेशी मुद्राको सटही अनिवार्य गरिनुपर्दछ । २८. वाणिज्य नीति २०३९ अनुसार निकासी व्यवसायमा विदेशी लगानी तथा प्रविधिलाई पनि दिइने कुरा उल्लेख भएकोमा निकासी व्यापारमा विदेशी व्यापारीलाई प्रोत्साहन गर्नु वाञ्छनीय नदेखिएकोले वाणिज्य नीतिको उक्त व्यवस्था खारेज हुनुपर्दछ । २९. सर्वसाधारण जनताको हित संरक्षण गर्न र व्यापार व्यवसायमा स्वच्छ प्रतिष्पर्धा कायम राख्न कुनै खास व्यक्ति वा समूह वा प्रतिष्ठानले कुनै वस्तु वा व्यापार वा व्यवसायमाथि प्रत्यक्ष वा अप्रत्यक्षरूपले एकाधिकार सिर्जना वा विस्तार र उपभोग गर्न नपाउने गरी व्यापार एकाधिकार नियन्त्रण तर्जुमा गरी लागू गर्नुपर्दछ । ३०. फिरन्ते तथा पथ-पेटिका व्यापारीहरूले सम्बन्धित गाउँ पञ्चायत वा नगर पञ्चायतबाट बिक्रीको इजाजत प्राप्त गरेपछि मात्र व्यापार गर्न पाउने व्यवस्था हुनुपर्दछ । ३१. श्री ५ को सरकारले समय समयमा तोक्ने शहर र अन्य शहरका तोकिएका ईलाकाहरूमा रहेका बजार पसलमा विक्रेताको रूपमा काम गर्ने व्यक्तिहरूलाई नगर पञ्चायत वा गाउँ पञ्चायतबाट विक्रेताको प्रमाण-पत्र दिने व्यवस्था गर्नुपर्दछ । त्यस्तो विक्रेताको प्रमाण-पत्र नेपाली नागरिकलाई मात्र दिन सकिने व्यवस्था गरिनुपर्दछ । ३२. कुनै पनि विदेशी कम्पनी वा संस्थाहरूले सोझै व्यापार व्यवसाय प्रचार गर्ने वा एजेन्सी सञ्चालन गर्ने वर्तमान प्रवृत्ति रोकी नेपालमा विधिवत दर्ता भएको कम्पनी वा एजेण्टमार्फतबाट बन्द व्यापार सञ्चालन गर्नसक्ने व्यवस्था हुनुपर्दछ । ऊ) उद्योग ३३. नेपालको वर्तमान औद्योगिक नीतिअनुसार घरेलु तथा साना उद्योग नेपाली नागरिकको लागि सुरक्षित गरिएको छ । त्यस्ता उद्योगहरूमा पनि अदृश्य वा अप्रत्यक्षरूपले विदेशीहरूको सहभागिता हुनसक्ने संभावनाको परिप्रेक्ष्यमा त्यसमाथि सम्बन्धित औद्योगिक प्रशासनले जाँचबुझ गर्ने प्रक्रिया हुनुपर्दछ । ३४. श्री ५ को सरकारले प्रचलित औद्योगिक नीतिअन्तर्गत प्रत्येक आर्थिक वर्षमा विदेशी सहभागिता हुनसक्ने उद्योगहरूको प्राथमिकता तोक्नुपर्दछ । ३५. विदेशी लगानी र प्रविधिको सहयोगबाट स्थापना र सञ्चालन हुने उद्योगहरूमा रहनसक्ने प्राविधिक सेवा, व्यवस्थापन र बजार सेवा सल्लाहकारका प्रकार पनि श्री ५ को सरकारबाट तोकिएको हुनुपर्दछ । ३६. विदेशी लगानी र प्रविधिअन्तर्गत स्थापना र सञ्चालनको निमित्त प्राथमिकता दिइने उद्योगहरूको लागि भौगोलिक प्रदेशअनुसार ठाउँहरू पनि तोकिनुपर्दछ । श्री ५ को सरकारबाट स्थापित औद्योगिक क्षेत्रभित्र विदेशी लगानी र प्रविधिबाट सञ्चालन हुने उद्योगहरू खोल्न दिइनु हुँदैन । ३७. सीमाना प्रशासनलाई सुदृढ गर्न अन्तर्राष्ट्रिय सीमानाभित्र होटेल र यातायातसम्बन्धी उद्योगहरूलाई औद्योगिक व्यवसाय ऐन २०३८ मा छुट दिइएकोमा उक्त उद्योगहरू खोल्न नपाउने गरी औद्योगिक नीति र तत्सम्बन्धी कानुनमा संशोधन हुनुपर्दछ । ३८. हालको सिमावर्ती ईलाकामा सञ्चालित उद्योगहरूको स्थानान्तर तथा उद्योगहरूको स्थापनाको लागि राजमार्गहरूको दोबाटोमा पर्ने ठाउँहरूको औद्योगिक विकास गराउन एक प्रादेशिक औद्योगिक योजनाको तर्जुमा भई कार्यान्वयन हुनुपर्दछ । ए) श्रम र रोजगारी आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाई-सराईलाई देशको श्रम तथा रोजगारी नीति प्रष्ट हुन सकेको छैन भने अर्कोतिर भएको कानुनी तथा प्रशासकिय व्यवस्था पनि पूर्णरूपमा लागू गरिएको छैन । ३९. वर्तमान श्रम तथा सामाजिक कल्याण मन्त्रालयको कार्य श्रम र रोजगारी भन्दा सामाजिक कल्याण र परम्परागत काम तर्फ नै बढी केन्दि्रत देखिएकोले सामाजिक कल्याण कार्य उक्त मन्त्रालयको कार्यक्षेत्रबाट छुट्याई श्रम तथा रोजगारी मन्त्रालय रहनुपर्ने देखिन्छ । ४०. नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूरसम्बन्धी २०१६ र सोहीसम्बन्धी २०१९ को नियम श्री ५ को सरकारबाट ठोसरूपमा लागू गरिएको छैन । सो २०१६ को ऐन र २०१९ को नियम यस आर्थिक वर्षदेखि नै सबै रजिष्टर्ड उद्योगहरूमा तदारुकताका साथ लागू गरिनु आवश्यक छ । यस व्यवस्थालाई उद्योगबाहेक अन्य आर्थिक-व्यावसायिक क्षेत्रहरूमा पनि क्रमशः विस्तार गर्नुका साथै भारतीय नागरिकहरूलाई पनि कामको लागि ईजाजत (Work Permit) लिनुपर्ने व्यवस्था लागू गरिनुपर्दछ । ४१. गैरनेपाली नागरिक वा विदेशी जनशक्ति काममा लगाउने अवधिको सम्बन्धमा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूरसम्बन्धी ऐन २०१६ र औद्योगिक व्यवसाय ऐन २०३८ अन्तर्गतका कानुनी बन्देजहरूमा (पहिलो ऐनअन्तर्गतमा नियमको दफा ४७ क र दोस्रो ऐनको दफा १० मा) भिन्नाभिन्नै व्यवस्था हुनुको साथै आप्रवासन प्रोत्साहित हुने र उनीहरूले नेपाली नागरिकता प्राप्त गर्दैजाने संभावना रहेको हुँदासमेत यी कानुनी व्यवस्थाहरूमा सामाञ्जस्यता हुने गरी विदेशीहरूलाई काम लगाउन अनुमति दिनसकिने अवधिको हद छोटो समय तोकिनुपर्दछ । साथै उद्योग प्रतिष्ठानहरूले नेपाली कामदारहरूको क्रमशः शीप वृद्धिको लागि तालिम दिने व्यवस्था पनि गरिनुपर्दछ । उद्योगद्वारा यस प्रकारको तालीम कार्यमा खर्च गरेको रकमको खर्चको अनुपातमा आय कर छुट दिइनुपर्दछ । ४२. विदेशी लगानी तथा प्रविधिसम्बन्धी कानुनअन्तर्गत विदेशी लगानीकर्ताले विदेशी सल्लाहकार, व्यवस्थापक वा विशेषज्ञ राख्न पाउनेमा पनि नेपाली सहयोगी अनिवार्यरूपमा राख्नुपर्ने र पूँजी लगानी तथा श्रम आदिको अनुपात मिलाउँदा विदेशीको वहुसंख्या नहुने व्यवस्था गरिनु पर्दछ । ४३. गैर नेपाली नागरिकहरूले गरिरहेको काममा नेपालीलाई रोजगारी उपलब्ध गराउने, विदेशी कामदारको लगत लिने र त्यस्ता सेवामा नेपालीहरूलाई संलग्न गराउने तर्फ अल्पकालिन तथा दीर्घकालिन योजना बनाई निम्न, मध्यम र उच्च सबै स्तरका शीप तालिम र अध्ययन कार्यक्रम सञ्चालन गरिनु पर्दछ । ४४. विकास आयोजनाहरूमा चाहिने श्रमको अधिक्य भएको ठाउँबाट श्रमको माग भएको ठाउँमा अदक्ष तथा अर्धदक्ष श्रमशक्तिलाई योजनाबद्ध रूपले परिचालन गर्न राष्ट्रिय योजना आयोग तथा प्रस्तावित श्रम तथा रोजगारी मन्त्रालयद्वारा यस्ता जनशक्तिको अद्यावधि प्रक्षेपण र कार्यस्थलमा परिचालनको व्यवस्था गर्नु पर्दछ । ४५. दक्षता र शीप विकास प्रशिक्षणका सम्बन्धमा श्रम प्रशासनको भूमिका र उत्तरदायित्व निर्धारण गरिनु पर्दछ । साथै एकै प्रकारका व्यवसायीक प्रशिक्षण विभिन्न संस्थाहरूले गरिराखेका र ती निकायहरूका बीच समन्वय र सामन्जस्यको अभाव देखिएकोले यिनका बीच संस्थागत समन्वयको व्यवस्था हुनु आवश्यक छ । ४६. ठूला निर्माण योजनामा विदेशी ठेकेदारहरूले नेपाली भन्दा विदेशी मजदूरहरूलाई काममा लगाउने प्रवृत्ति बढ्दो छ । यस प्रथालाई हतोत्साहित गर्न ठेक्का कर र ठेक्का बन्दोबस्तसम्बन्धी कानुनहरूमा नेपाली मजदूर लगाउने ठेकेदारहरूलाई केही सहुसलियत पाउने व्यवस्था गरि सुधार गरिनु पर्दछ । यसको साथै सरकारी तथा संस्थानहरूको निर्माण कार्यमा विदेशी श्रमिकलाई काम लगाउन नपाउने नियमहरूको व्यवस्था हुनुपर्दछ । ४७. नेपालमा काम गरि रहेका तथा काम गर्न आउने विदेशीहरूले श्रम विभागद्वारा तोकिएअनुसारको फाराममा नाम दर्ता गराउनु पर्ने र प्रत्येक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था हुनुपर्दछ । ४८. श्रम विभागबाट सञ्चालित तालिमको कार्यक्रम श्रममूलक रोजगारी बढाउने, तालिम प्राप्त श्रमिकलाई रोजगारीको व्यवस्था जस्ता कार्यक्रम संचालन गर्ने तर्फ बढी ध्यान दिनु आवश्यक छ । यस प्रकारका कार्यक्रमहरू आगामी आर्थिक वर्ष देखि नै योजनाबद्ध रूपले विस्तारित गरिनुपर्दछ । ४९. केहि वर्ष यता भारत वाहेक खाडी देश जाने श्रममूलक र सिंगापूर तथा व्रुनाई जाने सुरक्षा सम्वन्धी नेपाली जनशक्तिको वृद्धि भएको छ । तर यस प्रवाशन वारे आधिकारिक नीतिको अभावमा निजी संचालित अव्यवस्थित प्रथाबाट यस्ता जनशक्तिको शोषण हुनुको साथै विदेशमा पनि संरक्षणको आवश्यकता परेमा संस्थागत हस्क्षेपको उचित व्यवस्था छैन । विदेश जान दिन मिल्ने नेपाली श्रम शक्तिको व्यवस्थित प्रवाशन र प्रवासमा वस्दा आवश्यक संरक्षण गर्न श्रम मन्त्रालय अन्तरगत प्रवासी श्रम संरक्षण शाखाको गठन आवश्यक छ । ऐ) पूनर्वास हाल संचालित पूनर्वास कार्यक्रमहरू संगठनात्मक, अन्यौल, वन विनासमा आधारित, कृषिमा केन्द्रीत र बढी खर्चिलो भएको हुनाले प्रभावकारी हुन सकेको छैन । सो कार्यक्रममा सुधार ल्याउन केहि नयाँ कार्य पद्धति अपनाउन आवश्यक देखिन्छ । ५०. पूनर्वास कार्यक्रमको लागि उपलब्ध गराइने वन क्षेत्र सीमित र पूनर्वास कार्यक्रममा कृषि बाहेक अन्य पक्ष पनि अंगाल्नु पर्ने हुनाले पूनर्वास सम्वन्धी कार्य र प्रशासन वन तथा भूसंरक्षण मन्त्रालयको सट्टा स्थानीय विकास तथा पंचायत मन्त्रालय अन्तरगत राखिनु वढि उपयुक्त देखिन्छ । ५१. विद्यमान पूनर्वास विभाग र नेपाल पूनर्वास कम्पनीको संयुक्तिकरण गरी विशेष कानुनी व्यवस्था अन्तरगत एक पूनर्वास निकाय स्थापना गरी यस अन्तरगत हालका अव्यवस्थित वसोवास सम्बन्धी वन क्षेत्र सुदृढीकरण समितिहरूको काम पनि समावेश गरिनुपर्दछ । ५२. पूनर्वास कार्यक्रम अन्तरगत तराइको फंडानी गरी सुकुमवासी वसोवास गराउने हालको प्रचलनको साथ-साथै पहाड प्रदेशका टार वेशीहरूमा सघन वसोवास तथा शहरी क्षेत्रका गैह्र कृषि पेशाहरूमा संलग्न गराउने कार्यक्रमहरू हुनुपर्दछ । ५३. पूनर्वास क्षेत्रमा कृषि क्षेत्रको पूनर्वास भए सहकारी खेती र गैह्र कृषि क्षेत्रमा पूनर्वास भए सहकारी उद्योग वा व्यापार व्यवसाय संचालन गर्ने गराउने नीति र कार्यक्रम हुनुपर्दछ । ५४. आप्रवासीहरूको पूनर्वासको समस्या प्रवासी नेपाली तथा युद्ध पीडित शरणार्थीहरूको समस्या भएकोले सम्वन्धित देश र अन्तरराष्ट्रिय संस्थासंगको निकट सहयोग लिइ स्थिति सामान्य भएपछि शरणार्थीहरूलाई फिर्ता लिन लगाउने र सो सम्भव नभएमा मात्र देश भित्र वसोवास गराउने नीति हुनु पर्दछ । यसको साथै अन्य आप्रवासीहरूको वसाइ वितरण खास क्षेत्रमा वा ठाउँमा अवान्छीत रूपमा केन्द्रीत हुन नदिने व्यवस्था पनि गरिनुपर्दछ । ओ) भू-उपयोग नीति गत केही दशकमा देखापरेको वन विनाशले जनसंख्याको अत्यधिक चापलाई प्रस्ट पार्दछ । यस वास्तविकताको वावजुद तराई प्रदेशको वन-जंगललाई सुरक्षित राख्ने भन्ने हालको नीति व्यावहारिक देखिन्न । त्यसकारण तराई प्रदेशको भू-उपयोग नीतिमा आमूल परिवर्तन हुनु आवश्यक छ । ५५. तराईमा रहेको सबै वन क्षेत्र सुरक्षित गाह्रो हुने भएकोले चुरे डाँडा, भावर ईलाका तथा नदीको किनारका वनहरूमात्र वन क्षेत्रमा सीमित राख्ने नीति अपनाइनुपर्दछ । वन प्रशासनको कार्य यस्ता वन क्षेत्रको सुरक्षामा केन्द्रित गरिनुको साथै भू-क्षय नियन्त्रण गर्न वा व्यापारिक काठ उत्पादनको लागि निर्धारित क्षेत्रमा वृक्षारोपण गर्ने हुनुपर्दछ । ५६. माथि निर्धारित वन क्षेत्रबाहेक अन्य तराई भूू-भाग, विशेष गरी महेन्द्र राजमार्गको दक्षिण पर्ने वन क्षेत्रलाई क्रमबद्धरूपमा कृषि भूमिमा परिणत गरिनुपर्दछ । यस प्रकारको भूमिमा नयाँ बसोबास गराउँदा पहाड तथा तराईका सुकुम्बासी परिवारहरूलाई मात्र जग्गा वितरण गरिनुपर्दछ । ५७. सन् १९६४ मा भूमि सुधार कार्यक्रम लागू गर्ने बेलादेखि हाल कृषि भूमिमाथि जनसंख्याको चापमा ठूलो वृद्धि भएको सन्दर्भमा जग्गाको हदबन्दी घटाउनु आवश्यक छ । भित्री मधेश र तराई क्षेत्रमा १० बिगाह, काठमाडौँ उपत्यका २० रोपनी र अन्य पहाडी क्षेत्रमा ५० रोपनीसम्म मात्र जग्गावालाको हैसियतले जग्गा राख्न पाउने गरी भूमि सुधार ऐन २०२१ मा संशोधन हुनुपर्दछ । उपरोक्तबमोजिम जग्गावालाको हैसियतले राख्न पाउने अधिकतम् १० बिगाहको हदबन्दीमा नबढ्ने गरी विभिन्न प्रदेशमा चर्चेको जग्गाहरूको क्षेत्रफल र मौदि्रक मूल्यांकन गरी हदबन्दी व्यवस्था लागू गरिनुपर्दछ । यसबाहेक घरवासको निमित्त थप जग्गा राख्न दिनु पनि औचित्यपूर्ण देखिन्न । ५८. अधिकतम् हद घटाउनुको साथ-साथै कृषि जग्गाको अति-खण्डीकरण स्वामित्व विभाजन हुन नसक्ने व्यवस्था पनि गरिनुपर्दछ । औ) शहरीकरण अधिकाश जनसंख्या ग्रामीण तथा सिमान्त कृषि क्षेत्रमा आश्रीत रहेकोले नेपालका द्रुततर विकासमा अवरोध आएको छ । आधुनिक विकासको विस्तार संचारित गर्न, कृषि क्षेत्रमा रहेको अर्ध तथा बेरोजगारी जनसंख्यालाई रोजगारीको अवसर प्रदान गर्न शहरिकरण सम्बन्धी नयाँ नीतिहरू अपनाउन आवश्यक छ । शहरीकरणको सन्र्दभमा काठमाण्डौं उपत्यकाका तथा तराईका सिमावर्ती शहरको लागि र अन्य शहरको लागि अवलम्वन गरिने नीति तथा कार्यक्रमहरूमा विभिन्नता हुनुपर्दछ । ५९. मुख्यतया जनसंख्याको अनुपातको आधारमा शहर वा नगर पंचायत कायम हुने हालको प्रचलनलाई परिवर्तन गरी ठाउँको आर्थिक प्रकृतिको आधारमा शहर वा गाउँ भनी परिभाषित हुनु पर्दछ । कुनै ठाउँमा अधिकाशं गैह्र कृषि आर्थिक कारोवार भएमा जनसंख्या थोरै भए पनि शहरमा वर्गीकरण गरिनु पर्दछ । तर सो ठाउँलाई नगर पंचायतमा परिणत गर्ने अनिवार्यता रहन हुँदैन । ६०. कृषि वाहेक अन्य क्षेत्रमा रोजगार पाउन वा सामान्य वस्तुहरूको खरिदू-विक्रीको लागि पहाडबाट भित्री मधेश वा तराईका वजारमा जानु पर्ने हालको वाध्यतालाई हटाउन पहाड प्रदेशका छानिएका केन्द्रहरूमा घरेलु तथा साना उद्योग, लघु विद्युत तथा व्यापारिक विकासको माध्यमद्वारा प्रादेशिक स्तरमा शहरहरूको विकास गरिनुपर्दछ । ६१. काठमाडौँ र पाटनमा हाल भइरहेको अत्यधिक शहरीकरणले भविष्यमा उपत्यकाको भौतिक वातावरणमा नै प्रतिकूल असर पार्ने देखिन्छ । राजधानीमा यस प्रकारको केन्दि्रकरणलाई निरुत्साह गरी अन्य क्षेत्रमा शहरी जनसंख्या वितरण गर्नुका साथै शहरी घरजग्गामा तीब्र गतिमा बढ्दो लगानीलाई अन्य उत्पादनशील क्षेत्रमा विस्थापित गर्नको लागि काठमाडौँमा शहरी क्षेत्रको घर तथा जग्गामा अधिकतम् हद तोकी घरजग्गाको करको दरमा वृद्धि गरिनुका साथै राजधानीमा आपूर्ति गरिने आवश्यक वस्तुहरूको मूल्य घटाई बिक्री गर्ने प्रथा हटाइनुपर्दछ । ६२. राष्ट्रिय सुरक्षा, सीमा व्यापार र अनाधिकृत व्यापारको नियन्त्रण र यातायात विकासमा भएको लगानीको अधिकतम् उपयोग जस्ता व्यापक राष्ट्रिय हितको दृष्टिकोणबाट सीमावर्ति तराई जिल्लाका सदरमुकामहरूलाई महेन्द्र राजमार्गको उपयुक्त ठाउँहरूमा स्थानान्तर गर्दै लैजाने नीति हुनुपर्दछ । त्यसैले सीमावर्ति शहरहरूमा सीमा सुरक्षा, अध्यागमन कार्यालय, भन्सार कार्यालय जस्ता अति आवश्यक सरकारी अड्डाबाहेक अरु सरकारी निकायहरूको स्थापना र विस्तारमा नियन्त्रण हुनुपर्दछ । ६३. महेन्द्र राजमार्ग र अन्य मुख्य सहायक मार्गहरू जोडिने ठाउँहरूमा तोकिएअनुसार प्रशासनिक, व्यापारिक तथा औद्योगिक केन्द्रहरू स्थापना गरिनु उपयुक्त हुनेछ । यस्ता ठाउँहरूमा नयाँ उद्योग र अन्य प्रतिष्ठानहरूलाई आकष्र्ृाण गर्न तोकिएका ठाउँहरूमा ऋण, कर, आदिको विशेष सहुलियतको व्यवस्था हुनुपर्दछ । अं) प्रादेशिक विकास पहाड प्रदेशको बिग्रँदो आर्थिक स्थिति र तराई प्रदेशको बढ्दो जनसंख्या तथा आर्थिक प्रभुत्वको परिप्रेक्ष्यमा राष्ट्रिय विकासको ढाँचामा नै नयाँ दृष्टिकोण अपनाउनु परेको छ । सन्तुलित विकासको क्रममा पूर्व र पश्चिमका विकास क्षेत्रहरूबीचको असमान्जस्यताभन्दा पहाड र तराईबीचको असमानता घटाउनु मुख्य चुनौती हो । एकीकृत ग्रामिण विकास परियोजना तथा साना किसान विकास कार्यक्रमहरूको माध्यमद्वारा देशका भौगोलिक प्रदेशबीच रहेको ठूलो आर्थिक-सामाजिक असन्तुलन हटाउने भन्ने धारणा भ्रमात्मक देखिन्छ । राष्ट्रिय विकासको ढाँचामा अवलम्बन गर्नुपर्ने प्रमुख जुक्ति पहाड र तराई प्रदेशको आर्थिक एकीकरण हो र यो एकैचोटी व्यापकरूपमा गर्न सम्भव नहुनाले छानिएका विकास रेखाको सघन विकासबाट मात्र सम्भव छ । ६४. प्रत्येक विकास क्षेत्रलाई प्रतिनिधित्व हुने गरी पहाड र तराई जोड्ने निर्माण भइसकेका वा निर्माणाधीन सडकलाई आधार बनाई वरपरका क्षेत्रमा विकास कार्यक्रम केन्दि्रभूत गरिनुपर्दछ । यस्ता विकास रेखाको पहाडी भेगको लागि मुख्य कायर्ृक्रममा तराई वा बाहृय बजारमा खपत हुने स्थानीय वस्तुको उत्पादन गर्न उद्योग, कृषि तथा फलोद्यान विकास हुनुपर्दछ । छानिएका विकास रेखामा पर्ने हाल सञ्चालित एकीकृत ग्रामिण विकास परियोजनाका कार्यक्रमहरूलाई पनि उक्त मुख्य कार्यक्रमसित आवद्ध गराउन सकिन्छ । ६५. महेन्द्र राजमार्गको निर्माणमा धेरै लगानी र समय लागेको वास्तविकतालाई विचार गर्दा पहाडी प्रदेशमा पनि अर्को पूर्व-पश्चिम राजमार्गलाई नै राष्ट्रिय विकासको मेरुदण्ड बनाउन व्यावहारिक हुनेछ । विकास लगानीको अधिकांश भाग उक्त राजमार्ग पर्ने भित्री मधेश तथा तराईको उत्तरी भेगमा गरिएमा एकातिर देशको सम्पन्न क्षेत्रबाट विकासको छिटो प्रतिफल हुने र अर्कोतर्फ पहाड र तराईबीचको लगानी बाँडफाँडको राजनैतिक विवाद समाधान हुने देखिन्छ । महेन्द्र राजमार्ग ईलाका पहाड तथा तराईवासी दुवैको लागि सामान्यतयाः नयाँ बसोबास क्षेत्र हुने हुनाले आर्थिक दृष्टिकोणको साथसाथै सामाजिक तथा राष्ट्रिय एकीकरणमा पनि सहयोग पुग्न जाने देखिन्छ । विविध ६६. स्वदेश तथा विदेशमा सैनिक सेवामा रही काम गरी सेवानिवृत्त भएका भूतपूर्व सैनिकहरूको अनुभव, ज्ञान र शीपको सदुपयोग गर्ने गराउने उद्देश्यको लागि सरकारी वा सार्वजनिक निकायहरूमा शैक्षिक आधारभन्दा व्यावसायिक शीप र अनुभवका आधारमा भर्ना हुने गरी कानुनी व्यवस्थाहरूमा संशोधन गरिनुपर्दछ । ६७. राष्ट्रिय जनमत संग्रह, आम निर्वाचन र स्थानीय पञ्चायतहरूको निर्वाचनमा तयार भएको मतदाता सूचीबाट खासगरी तराई प्रदेशको मतदाता संंख्यामा अस्वाभाविक ढंगबाट वृद्धि भएको देखिनआएकोले सोको वास्तविकता र कारणहरूको छानबिन गरिनुपर्दछ । ६८. औलो उन्मूलन कार्यालयहरूले संकलन गरिराखेको जनसंख्यासम्बन्धी तथ्याङ्कको संरक्षण (Documentation) सम्बन्धी तथा जनसंख्यासम्बन्धी अध्ययनमा सदुपयोग गर्ने प्रवृत्ति र प्रविधिको अभाव देखिएको छ । अन्य कुनै पनि निकायले हतारमा छनौट प्रणालीद्वारा सीमित उद्देश्यको लागि लिने जनगणनाभन्दा औलो उन्मूलन कार्यालयहरूबाट संकलन गरिएका तथ्याङ्कहरू बढी वास्तविक, अद्यावधिक र उपयोगी देखिएकाले ती तथ्याङ्कहरूको संग्रह र बढी उपयोग गरिनुपर्दछ । ६९. राष्ट्रिय एकता र सद्भावको सिर्जना गर्न तथा विकास सञ्चार व्यापक गराउन रेडियो नेपालको कार्यक्रममा विदेशी फिल्मी संगितको प्रसारको समय सीमित गरी मुख्य स्थानीय भाषाहरूमा पनि परिवार नियोजन, कृषि, भूसंरक्षण तथा अन्य विकास कार्यक्रमहरू प्रचार-प्रसार हुनुपर्दछ । यसको साथै विदेशी सिनेमा र पत्रपत्रिकाको प्रवेशमा नियन्त्रण गर्नु आवश्यक छ । ७०. आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाई-सराईसम्बन्धमा उचित कार्यक्रमहरू निर्धारण गर्न विदेशमा नेपाली प्रवासनको प्रकृति र परीमाण, प्रवासनको पहाडी अर्थतन्त्रमा प्रभाव, आप्रवासनको राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक र नकारात्मक प्रभावजस्ता विषयमा विस्तृत अध्ययन हुनुपर्दछ

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...