Saturday, December 2, 2017

महागूरुका महत्वपूर्ण भविष्यवाणीहरू
1.हिमालको चिसो र मधेशको गर्मी यहा ल्याउछु। (सिलौउटी लर्बेकूटीलाई संकेत गर्दै)
2.पछि एक पटक मान्छे सार्है पातलो हुन्छ।
3.साच्चै नै सत्य सम्झेर मेरो सेवा गर्ने र नगर्नेहरू म आफै छुटाउछु।
4.तिमीहरूको भाग्य चर्खा घुमे झै घुम्दै घुम्दै आउदैछ।छिटो मेरो सेवा गर।
5.तिमीहरूको दिव्य भाग्य ध्वासो लागेकोछ कतै पनि जादैन् राम्ररी सेवा गर है।
6.श्री 3 रानाहरूको भर्याङ् यूमाले उठाई दिएकोछ।
7.श्री 5 तिमीहरूको दाजू हो यो सॅग सीङ नजोड्नु ,यिनीहरू आफै आफैमा मारामार गर्छन् अनि रानो बेगरको मौरी झै भएर सक्छन्।
8.धार्नीको मुन्टो हल्लाउनु बिसोलीको जिब्रो नपड्काउनु।
9.पश्चिम दिशाबाट जे आउछ ,त्यसमा नलाग त्यसले तिमीहरूलाई सक्छ ।
10.तिमीहरूको भाग्य पूर्व उत्तरबाट उदाउछ।
11.पछि पत्येक दिन मान्छे मरेको समाचार सुन्ने दिन आउछ।
12.अब ध्यानीको ध्यान ,ज्ञानीको ज्ञान ,धनीको धन हराउने दिन आउछ।
13.साच्चै नै सत्य चिताएर सेवा गर्नेहरूलाई जस्तो सुक्कै आपतबिपतबाट पनि जोगाउछु भनेको छु है।
14.अब देखि येबा,साम्बा ,फेदाङ्बा,धामी,झाक्रीहरूको जन्मअवतार हुने भर्याङ उठाएर लादैछु ,यिनीहरूको जन्म हुनेछैन्।
15.तिमीहरू छोरा मान्छेहरू घर बस्न पाउदैनौ तिमीहरूको श्रीमती ,छोरी ,बुहारीहरूलाई घर छाउन हलो जोत्न सिकाउनु है।
16.अब तिमीहरूलाई चाल्नोमा राखेर चाल्दैछु नाङ्लोमा राखेर निफन्नेछु भुस भए उड्छौ ,चामल भए रहन्छौ।
17.गोराको देशबाट माङ थुम्से लिएर आए माङ खुर्मी त्यतै सिउरी राछेकोछु है।
18.सिलौटी लब्रेकूटीमा पछि धान पाक्छ है।
19.मान्छेको जीवन अति उत्तम छ ।देवताहरू पनि मनुष्य जीवन मन पराउछ। त्यसैले फेरी मनुष्य जीवन पाउने चेष्टा गर।
20.अब पछि ठूलो अनिकाल हुन्छ ,बाॅसको घिरीमा सिस्नोलाई सुकाएर पिठो धूलो बनाएर लुकाउनु त्यति बेला काम लाग्छ है।
21.अब पछि खुइया काढेर स्वास बिसाउन पनि नपाउने दिन आउछ।
22.बाघ ,भालू बस्ने ओढारमा बाघ आउदैन भनेर ढुक्क नबस एक दिन आएर छाड्छ।(मैनाचूलीमा सेवा लगाउदा फेरी पनि महासागर बग्न सक्छ भनि माङवाणी भएको थियो)
23.आफ्नो भाषा,लिपीको प्रचार प्रसार साउने भेल जस्तै तिव्र गतिले गर्नु।
24.साच्चै नै सत्य सम्झेर सेवा गर्छौ भने तिमीहरूको भावी साखा सन्तानमा यज्ञको धुनी बले जस्तै बलि दिन्छु,घाम,जून जस्तै उज्यालो भएर चम्किदिन्छु।
25.देवकार्यले मौरी जस्तै एक हुन्छौ ।मौरीको खील पनि हुन्छ,खुदो पनि हुन्छ।तर राजनितीले झिॅगा जस्तै छरिन्छौ झिॅगाको न खिल न मह।
26.मासु नखानु तिमीहरूको आमा,बुबा,बाजे,बजुले उनीहरूको पापकर्मले गर्दा सुगुर कुखुरा पशु जुनी पाएको हुन्छ।आफ्नै बाजे बजुलाई खान्छौ है।
27.तिमीहरूलाई एउटै भाडामा भात खाने र ठाउमा बास बस्ने बनाउनेछु।
28.सलाईको एक वट्टा र अन्नलाई एक रूपिया पर्ने दिन आउनेछ।
29.पानीको मूलहरू फिर्ता गरेर लान्दैछु।
30.अब चीन जान्छु चीनले साह्रै दु:ख पायो तिब्बत गएर खासाको खाडी लगाउछु।
31.अब चार बासाहरूलाई( विस्व)चाल्नोमा राखेर चाल्दैछु।
नोगेन
किरातीसाहारेन तोव्वा नुमारे
मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देन, त्रिकालदर्शि यूगपुरूष,किरात धर्म दर्शनदाता महागुरू फाल्गुनन्द लिङ्देन ज्यूले किरात कूलमा जन्म लिनुभयो जहा जहा पाप हुन्छ त्यहा धर्मको उदय हुन्छ भने झै।घरि घरि यो धरातलमा तागेरानिङ्वाभूमाङको अनुकम्पाले बिशाल युगपुरूषहरूको जन्म हुन्छ मानव मात्रको रक्षाको निमित ।
परम पुज्यनीय मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देन ओ हुक्सोदिन आसेवा थाङेरो। महागुरू फाल्गुनन्द अमर रहुन्, किरात धर्मको जय, जय महागुरू फाल्गुनन्द,जय किरात,तियाहा.......तियाहा........i

No comments:

Post a Comment

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...