यो वेब साईट आफ्नै हाल खबरको लागी हो. यो हाल खबरबाट विभिन्न विधाका कथा ईतिहास विवरण आवरण समाबेस गरिएको छ नेपाली ईतिहास कालखण्डमा आदी कालदेखिको पृष्ठभूमिमा आधारित पाठक बृन्द समक्ष्य पस्काएको छुआशा छ यो वेब साईटबाट हामीले पस्काएको विभिन्न विधाका आलेख प्रलेखहरु समाबेसिता गराई भरपुर साक्षत्व र समिक्षता हुने छ भनी म आशाबादी छु धन्याबाद
Saturday, November 5, 2022
साहित्यिक सम्प्रेषण कविताहरु
"अन्तिम बचन"
भेट त अवश्य हुन्छ होला
जीवनका घुम्तीहरुमा
आँखा तिम्रो जुधाएर अतितका
घाउ नाताछी दिनु
म जब जीवनको अन्तिम घडीमा
पुगेको हुने छु
तिम्रो बिजयको उदघोष गर्दै
मलाई हेरी हाँसी दिनु !!
बस अरु त के ?
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
२०५८/०२/२१
"आँशु"
जब माटु रुपैयाँ नश्वर
एक दिन अन्तिम निस्वाश फेरेको
दिन
आएर एक थोपा आँशु मात्र
मेरो चिता माथि चढाई -----!!
बिचरा राम्रो मान्छे थियो
बास अरु त के?
'बचन'
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
२०५८/०२/२१
"सङ्गकुच"
मोति खोज्नु सागरको गहिराईमा पसें
तर बालुवाले पुरिएछ।
तिम्रो माया यति मुल्यवान रहेछ
तर स्वार्थीपनले मातिएछ।
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
२०५८/०२/२१
"शान्तिको यात्रा"
विश्व शान्ति दर्शाउन चाहन्छु
विश्वमा शान्तिको दियो बालेर !
विश्व समानताको उज्यालो देख्न चाहान्छु
विश्वमा बिना भेदभावको शन्देश छरेर !!
विश्वमा युद्द बेला शान्तिको शन्देश सिकाएर
विश्वको फाल्गुनन्दको जन्मस्थानको माटो छरेर !
विश्व ब्र्ह्मण्डको भूमि चोखो राखेर
विश्व कल्पनाको चोखो स्थानमा पुगेर !!
विश्व यात्रामा माङ्गसेबुङ्ग माटो छरेर
बिश्व नेपालको परिचय गराउन चाहान्छु !
विश्व सगरमाथाको चुचुरामा पुगेर
विश्व शान्तिको बुकुल फुक्न चाहान्छु !!
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
२०५८/०२/२१
२०६१ साल कार्तिकमा बर्ष-०१ अंक ०१
किरांत नुमिङ्गसो पत्रिका प्रकासित
ईलाम माङ्गसेबुङ्गबाट
"किराँतको चेतना"
संसार अन्धकार पार्ने
कुईरो रुपैयाँ पर्दा च्यात्न चाहान्छु !
किराँतको उत्थान गर्न
एउटा ज्ञान रुपैयाँ दियो बाल्न चाहान्छु।
त्यहि दियो बालेर
यो अन्धकार कुरितिहरुलाई
ज्योतिको दर्शन गराउन चाहान्छु !
आदर्शको ज्योति सल्काएर
एउटा आकाश धर्तीको
फरक देखाउन चाहान्छु।
यो अन्धकार गोरेटोमा
दाँया बाँया दियो बाल्न चाहान्छु।
किराँतको मार्ग लम्बिए झैँ
किराँतको दिप बाल्न चाहान्छु।
किराँतको आग्रह सबैलाई
त्यागी बनौ बिरा किराँती बनेर
बलिदान होईन शास्वत बनेर
गरौ किरांत धर्मको प्रचार
चिनाऔ सबैलाई किरांत धर्म भनेर
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
२०५८/०२/२१
‘२०५९ साल पौष १५ बर्ष-१अङ्क १० मा प्रकाशित
बिश्व किरांत आवाजमा’
"नयाँ बर्ष पलाउ तिमी"
म पलाएँ यो धर्तीसंगै
मन पलायो कल्पनासंगै
नयाँ बर्ष पलाउ तिमी
दुखी गरिबका झुपडीसंगै
बिकासमा नौला नौला बाटाहरुसंगै
नाम पलायो बिज्ञानसंगै
नयाँ बर्ष पलाउ तिमी
प्रत्येक नेपालीको स्पन्दनसंगै
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
(२०५९ साल चैत्र ३० गते राती आफ्नै कोठामा)
'बर्ष २ अंक २ मा २०६० साल
हरियाली साप्ताहिकमा क्यालेण्डरमा
प्रकाशित भएको हो'
"तिम्रो मायामा आँशु"
एकान्तमा हृदय दुख्छ सम्झनाले गर्दा मेरो
वियोगको बादलुको चोट पाउँथे तिम्रो माया
तिमीलाई सम्झी पिउन खोजे बिष बनी सक्यो
तिमीलाई भनी सम्झे रहे तर तिमी टाढा गयौ
खायौं धेरै कसम तिमीले संगै बाच्ने भनी
सबै आशा जलाई दियौ आगोको ज्वाला संगै
छाडी दियौ दुख्ने मुटु रुने आशुँ पनि
चोट दियौ तिमीले आगोले पोल्ने गरी
नारोउनु है सम्झी सम्झी अब तिमी सधैं
गल्ती भयो भनी नपुकार्नु है ईश्वरलाई सम्झी
खुकुरीको धारले फ़ुटाएको मुटुको ढुकढुकीलाई
तृष्णा मेटिन्न तिर्खाएको मन आशुँको धुप्की मलाई
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"आशुँको ब्याथा"
मनको घाउ नलागिकन आशुँ कहिल्यै बगेको छ र
तर मनको पिर यसले बगाई कहिल्यै लागेको छ र
अरु मान्छेले नरोउ भन्छन मान्छे रुदा खेरि
उस्तै घाउ दिलमा दुख्छ आफूलाई चोट लाग्दा खेरि
हे नरोउ भन्न त सजिलो छ नरोउ न त गाह्रो छ नि
रुनु पर्छ एक दिन त फूलको थुङ्गा भुईंमा झरे झैँ
थाहा छ नि सबैलाई नै दुख रोई जादैन भन्ने
परिश्रमको चोट आशुँले धोई जादैन भन्ने
चोट परेको मान्छे घाउ दुख्छ भनी रुन्छ
हास्न त झन कहाँ सक्छ र कोमल घाउ
कोमल घाउ मुटु टुटे पछी!!
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"आजको प्रतिष्पर्धा"
मानिसको गति धनमा अढ्छ अगाडी बढ्दैन
एकले अर्काको गोडा तान्न पछाडी पर्दैन
डाडु र पुन्यू भेटेको मान्छे डाडिने गर्दछन
निमुखा सारा मानाबहरु भोकले मर्दछन
को भन्दा को कम होईमा चल्यो मै ठुलो हुन्छु भन्दैमा
चलेन किन तछाड र मछाड चन्द्रमा छुनमा
आफन्तले आफन्तलाई मिचेको देखिन्छन
ठुलाले साना धनीले गरिब किचेको देखिन्छन
मानिसको मन भावले हावाले हुन्न
मानिस ईज्जत दिलले हुन्छ बेईमानले हुन्न
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
(बाचनमा श्री मेची निम्न माध्यामिक बिद्यालयमा कक्षा आठमा पढ्दा तिन ब्लाकमा श्री अन्तु नेपाली बिषयको कबिता रच्ने क्रममा मेरो नेपाली शिक्षक श्री खगेन्द्र पोख्रेलद्वारा ढाडस पाएको )
"अन्तु"
अन्तु हाम्रो कलिलो राम्रो उज्यालो मुहार
विधाको धन सबैले साथ् दिऔ उज्वल भबिष्य
फलोस फूलोस आशिष पाओस भबिष्यको कर्णधार
पढेर आई शिक्षाको ज्योति फ़ैलाओस
अन्तुको जनता जादैनन् देश बाहिर
भबिष्य हाम्रो उज्वल भूमि हाम्रो अन्तु
निर्मल हामी धनको कमी प्रणाम गर्दछौ
हे अन्तु भूमि जननी जन्म सेवा गर्दछौ।
हे गुरु वर्ग विधाका प्रेमी गर्दछौ बारम्बार
अनाथ हामी यो भूमि थामी गर्दछौ नमस्कार
गर्दछौ नमस्कार!!
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"ज्ञान बनिदेउ"
तिमी ज्ञानी बने देउ सात्क्षर देबी
यो संसारको रत्न एक
ईतिहास कोरी देउ आँशुले नबगाई
जन्म भूमि प्यारो बनाउ सधैं खुशी बनी
जम्मै टिपेर कष्ट पिडा
तिम्रो अनुभब अथाह बेदना
आशुले सबै हृदय धोएर
ज्ञानी बनीदेउ उज्यालो अनुहार
सारा दुख कठिनाई तोड
बिबेकशिल भई ज्ञान लिएर बढ
बिबेकशील प्राणी हो मानिस
बनिदेउ तिमी सात्क्षर सरस्वती
बिकृति हटाई सुधार्नु समाज सुधार
हृदयमा बोकी अनुभब बोकेर
सारा दुनियाँको अगाडी बढेर
शालिक होईन असल मानब बनेर
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"पाइन ठाँउ"
विश्वमा थिचिएको पिडा बेदना
बिचमा होहल्ला मानिसको घेरामा
पोखाउदै हिडे बेदना मेरो बिचारमा
पाईन्न ठाँउ बस्नलाई कहिँ कतै
देखा परे धेरै जाली फटाहा यहा
अनुकुल समाज पारे लथालिङ्ग
पिडामा पौडी खेलिरहे यहा
सकिन गाउनै पिडाका गीतहरु
विश्वमा मानिसले पृथ्बी तुच्छ ठाने
स्वच्छ मण्डल छाडी चन्द्रमा जान थाले
प्रेरणाको स्रोत पाईन्छ भनेर मैले यहाँ
पाईन मैले आफ्नो मातृभूमिमा बस्न
समाजमा मानिसहरु सेखी हुन थाले
ईर्ष्या गर्न थाले एक अर्कामा
पापित्वको नशा लाग्न थाल्यो आजकल
असल कर्म काण्डको पुनित्य हुन छाड्यो
समयको दुरी चल्न थाल्यो नयाँ यूगसंगै
मेरो जिवन असहजमा पिडाले औल्याईं
मेरो दुख कष्ट बेदना पोखाउन सकिन
अन्तमा मेरो ठाँउ बस्नलाई कहिँ कतै पाईन्न
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"ओईलॆ झर्ने फूल"
फूल भएर फूली दिउ भने आँधी आई झारी दिने
कोपिला फूल मै बसौ भने मलाई फूल नै नगन्ने
चोखो खोला भई बगौ भने पहाडले बाधा पुर्याई दिने
नबगी कुवामा नै बसौ भने फोहोरले मलाई छोपी दिने
जुन भई चम्किदिउ भने पापी बदला आई ढाक्ने
बादलै भएर उडौ भनी पानी भनेर झरी दिने
हावा भई बहौ भने उसले कहिल्यै नदेख्ने
त्यसैले मलाई नदेख्नु भने अब म के बनि दिने ?
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
'मेरो लागी जीवन"
दुख कष्ट र बेदनालाई कसरी धोई पखाल्ने हो ?
मेरो प्यारो त्यो बगैंचाले के भुल्न सकेन ती पलहरुलाई
दूर क्शिताजहरुमा बादललाई कसरी सम्झी सगालने हो
भुल्न पनि सकिन उसैलाई आफ्नो पिडा साट्नलाई
स्वार्थी संसारको माझमा कसरी अघि बढ्ने हो
अल्झी बसेका ती तृष्णाहरु साबिक प्रेमको बन्धनमा
स्वतन्त्रता छैन मनमा कहाँ गई छुटकारा पाउने हो
सत हृदयले फूल्न दिई फक्रोस आफै त्यो सधैंलाई
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"समय"
मात लाग्यो मलाई हिजो राती
के भयो भनी आफै जचाई हेरे
मनको भावना दोबाटोमा परी
के गरी मनलाई बुझौ यो समयमा
कल्पना गरे मनको चोट कसले बुझ्ने
आफैलाई भाब सरी उताउलापन
नव यूगको चक्रवत कसले सम्झिने
के गरी मन बुझौ यो समयमा
क्षितिज पारी नौ यूगको लडाईं
कसले सफल बनाउने हो यो समयमा
तछाड र मछाड डाडु पुन्यूको रजाई
नव यूगको चक्रवत यो गुञ्जयमानमा
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"किराँती बन्नलाई"
जाग जाग मित्रहरु हो किराँती बन्नलाई
उठ उठ मित्रहरु हो साक्षित बन्नलाई
खायौं सुत्यौं धेरै जागौ अब उठ्नलाई
हटाऔ कुरितीहरु सजक बन्नलाई
एकले अर्कालाई चिनौ साक्षेरी बन्नलाई
झगडा हिँसा गर्न छोडि दिउ असल बन्नलाई
ईतिहास पल्टाऔ को हौ भनेर सबैलाई चिन्नलाई
नयाँ यूगको चक्रमा पसौ दीक्षित बन्नलाई
हामी मुखले होईन किराँती हौ भन्नलाई
शिलामा ईतिहास बन्ने छ सुद्दी बन्नलाई
सताब्दीले ईतिहास्त्व मार्ग बन्नलाई
चिनाऔ सबैलाई हामी किराँती हो भन्नलाई
अशान्तीको भर्याङ्गबाट उक्लेर मुक्त गर्नलाई
अखण्डताको दिप ज्योति दियो बाल्नलाई
विश्वलाई चिनाऔ किराँती हौ भन्नलाई
सबैको मनमा बस्न सकौं हामी एक भन्नलाई
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"ईलाम माङ्गसेबुङ्ग"
कति स्वच्छ डाँडा काँडा हरियो माङ्गसेबुङ्ग
कति हराभरा प्रकृतिले सजिएको माङ्गसेबुङ्ग
देबि देउताका परम स्थान हो माङ्गसेबुङ्ग
तागेरा निङ्गवाफू माङ्गको थलो हो माङ्गसेबुङ्ग
अरु केहि नभई मात्र रहेको बस्ती माङ्गसेबुङ्ग
किराँतीको मूल आस्थाको मुटु हो माङ्गसेबुङ्ग
विस्वका सारा मुलुकले मन पराउने माङ्गसेबुङ्ग
साच्चै मोहनी लाग्छ है त्यो ठाँउ हो माङ्गसेबुङ्ग
किरान्तीहरुको आस्थाको केन्द्र हो माङ्गसेबुङ्ग
राजधानी भने नै हुन्छ त्यो ठाँउ हो माङ्गसेबुङ्ग
हजारौ किराँतीहरु पैदलले आउछन माङ्गसेबुङ्ग
आईया न आत्थ केहि नभनी आउछन माङ्गसेबुङ्ग
हजारौ कोष हिडेर आउछन किराँती भनेर माङ्गसेबुङ्ग
माङ्ग सेवा गर्न माङ्ग ईङ्गघङ्ग सुन्न आउछन माङ्गसेबुङ्ग
बिकटिलो ठाँउ झनै राम्रो राजधानी जस्तो माङ्गसेबुङ्ग
प्रकृति नै रमाई रहन्छ आज झन सधै भरी माङ्गसेबुङ्ग
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
२०५९/०८/१८ गते माङ्गसेबुङ्ग ईलामद्वारा “माङ्गसेबुङ्ग सन्देश” मा प्रकासित
"ईलाम हाम्रो"
ईलाम हाम्रो कति रमाईलो हराभाराले सजिएको
डाँडा काँडाले अग्ला होचा थुम्का थुम्का ठाँउ
वल्लो पल्लो रमाईलो ठाँउको दृश्यावलोकन
समथर होचो भागमा हरियाली हाम्रो ईलाम
ईलाम हाम्रो कति राम्रो अन्तु र सिद्दि थुम्का
यी दुवै गगन चुम्मी डाण्डाहरु सुसेल्दै
माई जोगमाई देउमाई र पुवामाई ईलामका नहर हुन
चार खोला भनी परिचित रहेको हो हाम्रो ईलाम
ईलाम हाम्रो कति हरियाली डाँडा काँडामा चिया
उन्नतको फसल बढी हुने अदुवा अम्लिसो र अलैची
धिरधाम औ सिंहदेबी गजुरमुखी पाथीभरा र माङ्गसेबुङ्ग
सारा हरियाली र मनमोहक दृश्यले सजिएको हाम्रो ईलाम
ईलाम हाम्रो मुटुमा रहेको सुर्योदय श्रीअन्तु ईलाम
मिरमिरे बिहान झुल्के घाम देख्न सकिने श्री अन्तु
प्राकृतिक अग्लो शिखर नाङ्गो डाँडा सन्दकपुर
सुर्योदय सुर्यास्त देखिने रमाईलो डाँडा हाम्रो ईलाम
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
“स्वच्छ ईलाम”
अघोषित डेटिङ गन्तब्य इलामको कन्याम
प्रेम जोडीका लुकामारी खेल्ने ठाउ हो
चियाका बुट्यानमा प्रेमी प्रीमिकाका लागि
भावनात्मक भलाकुसारी साट्ने ठाउ
थुम्का थुम्कीहरुमा लगाईएका
ती कलकाउदो चियाका बुट्यानहरुमा
निरन्तर बहकिरहने शित्तल बहाबहरु
हावाको झोका ठोकिएर सल्लाको
त्यहाबाट निस्किएका सित्तल छहारीको
एकनाशको आवाज प्रेममय थोपाहरु
सुमधुर आवाजहरुले रौनकता छाईरहनछन
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
“बेईमानी ईज्जत”
गाई पालेर दूध खानेको भन्दा
कुकुरलाई बाटोमा हगाउनेको ईज्जत बढी
धान मकै फलाउने किसानको भन्दा
जग्गा प्लटिङ गर्नेको ईज्जत बढी
ज्यालादारी गरेर खानेको भन्दा
भ्रष्टाचारी गरेर खानेको ईज्जत बढी
सत्य बोलेर बिस्वास गर्नु भन्दा
झूट बोलेर हिड्नेको ईज्जत बढी
ईमान्दार भएर भलादमी बन्नु भन्दा
जाली फटाहा भएर हिड्नेको ईज्जत बढी
असल पात्रको भुमिका बन्नु भन्दा
ठगेर सुट बुट कस्नेको ईज्जत बढी
९९.९९९ सत्य यथार्थ बोलेको भन्दा
१००% झुट बोल्नेको ईज्जत बढी
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
“ती पलहरु”
बैशले मात्तिएको त्यो पलहरु
घासको बिटा र दाउराको भारीले
थिचिएका ती प्रतिबिम्बितहरु
भक्कानो भई रोदनको हासोले
हिजो जस्तो लाग्छ बिस दुईको
मोतिबिन्दुले लेंसकेप गरिरहेको छ
ती पलका सम्झनाहरु
उक्कुस मुक्कुस निस्सासिएको
पोख्ने ठाउ चौतारी नै छैन
अतितका ती यादहरु
ब्यक्त गरौ त कसरी?
हजारौ कोसहरुमा पाईला सार्दै
दुई बीसको माथि त्यो समय
हजारौ सपनाको सपनामा
नमिल्ने रहेछ केवल बिपनामा
दुई बिस अघिको आलै याद छ
स्नेहताको शब्दहरु पनि महिनौ कुर्ने
पाएका ती शब्दहरु पनि कति मिठा
सजि सजावटले भरि पूर्ण पानाहरुमा
अनि पिपलका ती आकारले प्रतिबिम्बित
शब्दहरुले मनोभावनाको कोसेली
न्यानोपनको आभासले स्वागत गर्दै
पुन: प्रतिउत्तरको भरिपूर्ण स्नेहता
सजाउदै शब्दहरुको शब्द मिलाउदै
कैयौ कोषको दुरीमा हुलाकी डाकको
पर्खाईले दिने लिने फेरी क्रमश:-
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
“गरिब मात्र सोच्नाले “
हात भन्दा बढी गफ गरेर मात्र बसिरहनु
खर्च ऋण आम्दानीको तालमेल नमिलाउनु
अरुको ईर्ष्या डाह रिस मात्र कुरा काटिरहनु
मिठो खान मात्र खोज्नु काम गर्नु अल्छी गरिरहनु
आफुलाई मन लागी मात्र काम नगरीरहनु
हरेक पेशामा परिबर्तन र स्वार्थ कमाईरहनु
गतिलो र सहि योजना कहिल्यै बनाउन नसकीरहनु
मैले मात्र गर्ने पर्छ भनेर जिम्मेवार बन्न नसकिरहनु
छिटो पैसा कमाउने उदेश्यले हतार गर्दै निराश बनिरहनु
आफूलाई सधै भरी केहि भएन भनेर गरिब सोचीरहनु
सधै अरुको धनसंग तुलना गरेर आफूसंग केहि नहुनु
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
“हिजो आजका बुहारीहरू”
रातभरीको मोबाईल हेराईले ढिलो उठ्छन
अनि खाना पकाउनमा जोस जागर चल्दैन
सासु ससुरालाई मान मर्यादा गर्दैनन्
पाहुना आउदा खासै मतलब गर्दैनन्
आफ्नो कोठामा पसेर मोबाईल चलाएर बस्छन
खेत बारीमा कुटो कोदालो चलाउन मान्दैनन
दूध खानको लागी गाई भैसी पाल्न अल्छी गर्छन
गाउघर बस्न झ्याउ मानी शहर बजार तिर बस्छन
दाई देवर आमाजू नन्दलाई वास्ता गर्दैनन्
श्रीमानलाई आफ्नै साथमा लिई अलग गर्छन
परिवारबाट अलग गराई छुट्टै बस्न खोज्छन
छोटो छोटो लुगा लगाएर अंग प्रदर्शन गर्छन
आजकल छोरा छोरी कसैले नपाए झैँ गर्छन
पाए पछी आमा तरुनीको लिपिस्टिक दल्न थाल्छन
दिनानु दिनको १६ बर्षे तरुनीको धाक गर्न थाल्छन
म त्यस्तो होईन तपाईलाई कस्तो लाग्छ भन्दै
च्याटिङ्ग शुरु हुन थालेको हुन्छ
म अरु जस्तो होईन नि त्यस्तो नसोच्नु नि भन्दै
रातभरीको अनिदोले उही पहिलो हरफले भन्छ
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
“बुझाईमा आबेश”
तिमी अलिकति बुझ्ने कोशिश गर न
तर तिमी बुझ्न कोशिश मै छैनौ
बुझ्छौ त केवल त्यो बुझ्ने छौ
भावनामा पौडी कति खेल्नु भनेर
बुझाई मै कुरा सिमित हुने हो भने
सायद हुने थियो होला त्यो प्रकट
दैबिकताले ग्रहण गरेको शब्द
अनि भन्ने थियौ हो मैले भनेको होईन?
संकिडताको आभासमा त्यो प्रहार
अन्जुलीले थामी राख्नु कसरी
थामौ त केवल आदर सत्कारलाई
सम्बोधन हुने थियो केवल नमस्ते
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
“नेपाली हामी “
जहा छौ नेपाली त्यहा हुने छ नेपाली बास्ना
नेपाली खाना नेपाली पोशाक आफ्नै परिबेश
रमाउने छन जुनै कुनामा रहे पनि नेपाली
नेपाल आमाले जन्माएका नेपाली सन्तानहरु
भित्ता र पाखाहरुमा रमाउदै सुसेल्दै
नेपालीपनको मौलिकता झल्काउदै
खहरे खोल्सिहरुमा चिरबिराउदै
सौन्दर्यताको सुसेल भाकाहरुले
मौलिक नाच नेपालीपन
चण्डी र झ्याम्टाहरुले स्वागत गर्दै
विशेषताको परिचय गराउदै
नेपाली भाकाले भोला रुचाउदै
जो जहा जे अवस्थामा रहे पनि
दिल दयालु हुन्छ नेपालीको जमातमा
दिलको मलम मेट्छन एकले अर्काको
सत्कारिक हुन्छन आत्मियताको सद्भाबले
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
"निकाय"
चार जात छत्तिस बर्ण साझा फूलबारी
पूर्ब र पश्चिम उत्तर र दक्षिण
अनेक जात छरिएका छन् नाना थरी
बसेका छन मिलेर जन नेपाल देशमा
प्राचिन देश नेपाल राज्य
हिम श्रीङ्गखलाहरु प्राकृतिक सुन्दरता
जहा सानो देश अनेक थरी
कब्जा गरि बसेको छ राज्य शासनमा
७ प्रदेश १४ अञ्चल ७७ जिल्लामा
८८४ साम्सद १३० मंत्री
७७ प्रदेश मंत्री २४ संघिय मंत्री
८ राजा ८ सभामुख ८ उप सभामुख
७५३ मेयर/अध्यक्ष र उप मेयर/उपाध्यक्ष
हजारौ वार्ड अध्यक्ष र सदस्यहरु
अनिगिन्ती सचिब र उप सचिब
हजारौ यत्र तत्र कर्मचारीहरु
संबैधानिक निकाय यतिका भी आई पी
अनि पो कर्मचारी तन्त्र मौलाएको रहेछ
काल्पनिक सम्झेको थिएछ त्यो नारा
सुखी नेपाली र सम्रिद्द नेपाल देश
सन्तोष सेर्मा "विवश"
दमक, झापा, मेची, नेपाल
“पारीको गङ्गा”
पारी सिमसिम पानीको फोहोराले फुस्दै
वारी गौरीको स्नानले सुस्तरी हावा चल्दै
असुल्दै गरेका ति मध्ये पहाडीका थुम्काहरु
सुसेल्दै बगी रहेछ सुस्रा छलाङ्गको खोला
आत्मियता बिस्मयिता सुमधुर मुस्कानले
छरिएका ती अनगिन्ती छहराहरु
उक्लिदै गरेका अवशेषका अंशहरु
थाहा छैन कुन क्षणमा भेटिने हुन
उकाली ओराली भङ्ज्याङ्ग चौतारीमा
विश्रामका थकित बिटमा थमाउदै
सुकोमल ति नयनले नियाल्दै
सुसेलिन्दै बसन्तको मिठो मुस्कानसंगै
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
हाल:- कतार
०१ जुन २०२२
“गजल”
अश्लील शब्द बोल्दैमा प्रेम हुँदैन
शरीरका अङ्ग मोल्दैमा प्रेम हुँदैन
मनदेखि मनको सम्बन्ध हुनुपर्छ
कसैको कपडा खोल्दैमा प्रेम हुँदैन
मायालाई किन हो बद्नाम गराउने
बसेको घरबार बिथोल्दैमा प्रेम हुँदैन
चोखो माया गर्नेलेत धैर्य गर्नुपर्छ
हातका हत्केला पोल्दैमा प्रेम हुँदैन
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
०१- अक्टुबर-२०२१
“आजको यूगको सत्य “
ठूला ठूला घरहरु छन तर मान्छे छैनन।
हिजो आज सबैमा पढाइ धेरै छ तर शिक्षा छैन।
अस्पतालमा औषधी महंगो छ तर स्वास्थ्य कोहि छैनन।
मान्छे चन्द्रमा पुग्छन तर छिमेकमा को बस्छ थाहा छैन।
आजकल आम्दानी धेरै छ तर मनमा सुख शान्ती छैन।
बौद्धिक स्तरहरु धेरै छन तर मानबताको भावनाहरु छैनन।
संसारमा ज्ञानी धेरै छन तर बुद्धि र बिबेक छैन।
प्रेम सम्बन्ध गर्ने धेरै छन तर साँचो माया गर्ने छैनन।
फेसबुकमा साथी धेरै छन तर असल साथी छैनन।
बजारमा रक्सी छ्याप छ्याप्पी पाईन्छ तर पिउने पानी छैन।
संसारमा मान्छेहरु धेरै छन तर सहयोगी मानबता छैन।
घडी भने सबैको हातमा हुन्छ तर समय भने कसैसँग छैन।
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
३० सेप्टेम्बर २०२१ आफ्नै कोठामा
“म र अनि जनता”
माग्न आए भोट चप्पल लगाएर
धेरै पटक भोट दिईयो असल सम्झेर
नेताहरु धनी भए भोट जितेर
गरिब भैइयो म र अनि जनता!!
देश चलाए असली मुकुट भएर
गरिब भए म र अनि जनता जिएर
कर तिरेँ राष्ट्रको हैशियत भएर
गरिब भैइयो म र अनि जनता!!
धनी भए कर्मचारी राष्ट्र सेवक भएर
अनि गरिब भए म र अनि जनता भएर!!
केटाकेटी जन्मे हुर्के लालन पोषक दिएर
गरिब भैइयो म र अनि जनता!!
राम्रो शिक्षा पाउनलाई निजी स्कूल पढाए
धनी भए निजी स्कूल चर्को पैसा तिरेर
गरिब भैइयो म र अनि जनता
गरिब भैइयो म र अनि जनता!!
अस्पताल धाईयो शरीर रोगी भएर
बिरामीबाट मुक्ति होस भनी सम्झेर
झनझन धनी भयो अस्पताल त
गरिब भैइयो म र अनि जनता!!
जजसलाई जे जे दिए मैले सबै मोटाए
म र अनि जनता गरिबको गरिब हुदै गए
बाच्नै मन लागेको छैन सार्है भएर
गरिब भैइयो म र अनि जनता!!
उठाईदेउ अब त संसारबाटै माङ भएर
मठ मन्दिर धाए दिनहुँ भेटी लिएर
दिनानु दिनको भेटीले पुजारी मोटाए
गरिब भैइयो म र अनि जनता!!
अशक्त शरिर ख्याउटे दुब्लोपना भए
दुखी अनि गरिब छैन कसैको आश र भरोसा
जजसलाई मैले जे जे दिएथे रोग भोक शोक
गरिब भैइयो म र अनि जनता!!
निर्बीत्तिको जिन्दगी तिनै कचौरा थापेर
दया माया र स्नेहताको भिक मागेर
समृद्दी कहिले आउला एकमुठी साचेर
गरिब भैइयो म र अनि जनता!
म र अनि नेपाली जनता!!
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"जमाना"
चामल घिउ तेल पोल्छौ ॐ स्वाहा भन्दै
पत्थर माथी दूध चढाउछौ १०८ दियो कलश भन्दै
बुबा आमा बृद आश्रममा मन्दिरलाई चन्दा
देखावटी धर्म गर्छौ भित्र भित्रै अर्कै धन्दा
श्रीमतीको गाला चाट्छौ बा आमालाई गाली
धर्म हुन्न मन्दिरमा लाख बत्ती बाली
देउता नै पुज्छौ भने बा आमालाई पुज्नु
आफ्नो घर मन्दिर हो सत्य कुरा बुझ्नु
धर्म हुन्न ढुङ्गा माथी लड्डु चढाएर
कसले खान्छ मरे पछी पिण्ड चढाएर????
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
हाल:- कतार
”लोकतन्त्र आए पछी”
नेताहरुले चुनाब जितेर गए
अनि थर नै फेरि दिए।
सदनमा जानलाई चिल्ला बाटामा
कुद्ने चिल्ला गाडी नै किने।
चुनाबी गाँउको झुप्रो घर बिर्सेर
आलिसान २४ कोठे घर किने।
घरको आलिशान कार्पेट बिछ्याएर
कोठा कोठामा बैठक र सेमीनार मात्र।
स्वास्थ्य बिमाको अकुत दुरोपयोग गरि
किड्नी नै फेरेर जस्ताको तस्तै।
आफ्नो चुनाबी मैदानको भद्र भलादमी भुलेर
आफ्नो स्वाभिमान र औकात बिर्से।
फेरी पाँच बर्ष पछी फर्किनु पर्छ भनी भुलेर
आफ्नो जवाफदेहिता र बफादारी भुले।
र अब....................
जनता प्रतिको चासो बनाइ सबै हक
जनताद्वारा नै पाटी हस्तान्तरण गरि दिने।
अनि पार्टी र नेताहरुलाई पनि फेरि दिने।
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"देशभक्ति"
मेरो प्यारो नेपाल मेरो मातृ भूमि
उत्तर लहरे दन्त सरी मेरो हिमाल चुली
अग्ला होचा मेरो पहाड वल्लो पल्लो डांडा
समातर भूभाग उब्जाउ बेसी तल्लो भेग तराई
अग्ला होचा थेप्चा समतर प्राकृतिक शुन्दरता
यो नै मेरो मातृभूमि उसैको काख माथि
संधै खेली हुर्की बढी स्वतन्त्र आमाको काखमा
रमाई घुमी हाँसी खेली जिवन स्वतन्त्र माझमा
स्वदेशको माया आफ्नो काखमा राखी जोगाऔ
सबैले हातका नंग्रा स्वदेश मै खियाऔ बाहिर खियाऔ
गुन्द्रुक र ढेडु नै मिठो नेपाली स्वदेश मै बास्ना
रमाई तन्ग्रंचौ आफै नेपाल आमालाई जोगाउन
नबिर्ष आफ्नो नेपाल आमालाई बिदेशी ठानेर
स्वदेश कै रिती रिवाज संस्कार बुझौ बिदेशी नगएर
साहसी बनौ नेपाली जनता भएर नेपाली सबैले
शान्ती जोगाई राखौ नेपाल आमालाई कहिल्यै नबिर्सेर
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
पहिलो प्रकाशित:-न्यू मेची साप्ताहिक पत्रिका ईलाम
बर्ष ०१ अंक ३६ मिती २०६० साल जेष्ठ ४ गते
दोस्रो प्रकाशित:- राजधानी साप्ताहिक पत्रिका
मिती २०६४ साल माघ १७ गते दोहा कतारमा
प्रबासी जीवन बिताएको बेला दोहा कतारमा
"ईलाम"
ईलाम हाम्रो कति रमाईलो हराभाराले सजिएको
डांडा काँडा अग्ला होचा थुम्का थुम्का डांडाले
वल्लो पल्लो रमाईलो ठाँउको दृश्य हेर्ने पर्यटक
समतर जस्तो होचो भागमा हरियाली हाम्रो इलाम
ईलाम हाम्रो कति राम्रो अन्तु र सिद्दीथुम्का
यी दुवै गगन चुम्मी शिखर डांडा हुन
माई जोगमाई पुवामाई र देउमाई ईलामका नहरहरु
चार खोला भनि परिचित हुने हाम्रो ईलाम
ईलाम हाम्रो कति हरियाली डांडा डाँडामा चिया
उन्नतको फसल बढी हुने अदुवा र अलैंची
धिरधाम औ सिंहदेबी गजुरमुखी र पाथिभरा
सारा हरियाली र डांडाकाँडाले सजिएको हाम्रो ईलाम
ईलाम हाम्रो मुटुमा रहेको दृष्वालोकन दुर्योदय श्रीअन्तु
मिरमिरे बिहान झुल्के घाम देख्न सकिने अन्तु डांडा
ईलाम हाम्रो अग्लो शिखर नाङ्गगो डांडा सन्दकपुर
बिहानी बेलुकी सुर्योदय सुर्यास्त देखिने डांडा हाम्रो ईलाम
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"बिधार्थी"
मानिस जन्मन्छ हुर्कन्छ बढ्छ पढ्छ र मर्छ
तर मर्नु भन्दा अगाडी अनेकौ जीवनका पाईलाहरु
त्यो हो बिधार्थी जिवन शिशु देखि परमधामसंम
बिधार्थी भई ज्ञानी मानिस बन्न र सक्षम बन्न।
बिधार्थी जिवनमा नै हुन्छ अनेक थरीका ज्ञान
किताब कापी कलम पेन्सिल ज्यामितिको बाकस
यी भारी बोकिकन बन्नु छ मान्छे बिद्वान
बिद्वान बनी समाजको सेवा र राष्ट्रको सेवा गर्नु छ
बिधार्थी यी भई अनेक ज्ञान बटुल्ली समाजमा दर्शाउन
बिकृति विसंगति हटाउन ज्ञानी बनेर
जातिय उत्थान उत्पिडित जनताको सेवा गर्नलाई
बिधार्थी जिवनमा सिकी चारित्रिक ब्यबहारमा
समाजको सेवा गरिकन ठुलो मानिस समाज मै जन्मन्छ
सेवाको मेवा बिधार्थी जिवनमा ज्ञान बटुली
राष्ट्रको खयाती कमाउन बिधार्थीदेखी नै जन्मन्छ
राष्ट्रको देन दिई राखी मृत्यु परानता भई ज्ञानी बोकेर
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"नेपाल आमा"
धेरै भए राजनीति गर्ने ख्याति कमाउनेहरु
भारी माथि सुपारी थुपार्ने भए दलालहरु
कति बोझ कति बोझ भयो होला नेपाल आमालाई
आँशु पुछ्ने कसले दिने रुमाल नेपाल आमाको
कस्तो जन्म दियौ तिमी आमा यो भूमिमा
हरियाली बन जंगल नै रगतले ढाक्यो
कसले सफा गर्ने कसले पुछ्ने तिम्रो शरीरमा
ताल रुपी नसुहाउदो कस्तो जन्म दियौ नि आमा
गुर्जदो भूमिमा आमा तिमीलाई बारुदको धुन्वामा
नगर भन्दा पनि नसुन्ने कसले देलान आशिर्बाद
शान्तिको बाटो ध्वस्त पारी यो भूमिलाई
अशान्तिको मामिल्ला कहिलेसम्म होला
सन्तान धेरै भए सक्षम ज्ञानी र बैज्ञानिक
सगरमाथा नै चुर्लुम्म डुब्न आट्यो आमा
काल्डा भित्र रही हामी कसरी निस्कने
प्राण राखी सहि बस आशु पुछ्न आउछु
ज्ञानी पशु जंगल पसी गुफामा पसे छन्
अन्धकारका आत्मा ज्ञानगुफामा पाउछन
ज्ञान पाई नेपाल आमाले जन्माएको सन्तान
फराकिलो सडकमा मन्त्र जप्न थालेछन
अज्ञानी पशुलाई के थाहा निर्दोष मिती पुग्ने
अशान्ति के हो थाहा थिएन मलाई
शान्तिको पुलापुलेमा हुर्केको सन्तान
अशान्तिको गोलि बारोजा मन नपर्ने आमालाई
झन क्यान्सरको रोग लाग्न थायो मेरी आमालाई
कति दबाई पानी गर्नु खोजे आमालाई
आफैलाई प्रतिकारको बाटो खोज्न बाध्य भए
त्यसैले सहारा नेपालीको माझमा रहेको मेरो छोरो
कसैले शान्तिको बाटो नारोज्दा आफै मिती जप्दैछु
बिदाई ............बिदाई ............बिदाई
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"सामाजिक चेतना"
आजको संसार दौडी रहेको छ सत्यको पक्षमा
भाषा साहित्य सस्कार र सस्कृतिमा
कुनै खाडलमा गुम्सिएको शब्दकोक्षहरु
उत्थान भई रहेको छ आजको तितो यूगमा
सुद्दीता भन्दा अंगाली रहेछन राजनीति
होईन भन्दा स्वर्गको बाटो देखाउने दुस्मनहरू
कालो तगारो काँधमा भिरी तेर्स्याई रहेछन भक्तलाई
यता न उता दोसाधमा शिष्य तपश्बीहरु
ब्यूझौ भन्दा झन सुत्ने बिमारीले भेटेका
कुन शताब्दीमा तालुश्री होलान यी बेवारिसेहरु
नगर भन्दा भिर पहरा केहि नदेख्ने
तर्सी रहेछन आजको सुद्दीता बन्नेहरु
पक्षमा बसौ भन्दा बिपक्षमा दुश्मन हुने
पक्ष र विपक्ष संघारको वाकावालती गर्दै
बौलि रहेछन निश्पक्षधारीहरुको चक्रमा
दौडी रहेछन सुद्दीताहरु पहारा नभनी दोधारमा
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"पान्थर"
अग्ला होचा स्समातर थेप्चा हाम्रो पान्थर
प्राकृतिक भरिपूर्ण पाथिभरा र शिलौटी
पान्थर कै सुन्दरता प्रकृतिहरु
रमाई रहेछन हरेक डांडा काँडाहरुमा
उत्तर हेर्यो दक्षिण हेर्यो पूर्ब र पश्चिम
शिलौटी पाथिभरा यासोकका डांडाहरु
यी रमाई रहेछन आफ्नो परिबेशमा
पान्थरको अमूल्य पर्याप्त केन्द्रहरु
हरेक बर्ष असोज कार्तिक र मंसिर
सुर्योदय र सुर्यास्त शिलौटी र पाथीभरा
बोलाई रहेछन दुराताका पाहुनाहरु
आस्था बन्ने छन यी ठाँउहरु
बोलाई रहेछन स्वागत गरि रहेछन
चिसापानी जडिबुट्टे मिक्लाजुङ्ग डांडाहरुले
सुर्योदय खानी यी प्राकृतिक मनोरमहरु
संसार कै मुल्यवान यी थुम्काहरु
बोलाई रहेछन संसारका पाहुनाहरुलाई
स्वर्गका खानी मनोरम भूमिहरु
तुम्बे र सुम्हालुङ्ग डांडाहरुले
बोलिरहेछन यी सुन्दरता ठाँउहरुले
बोलि दिउँ र हेरी दिउँ यी थुम्काहरुलाई
पान्थरका अग्ला होचा थुम्काहरु
स्वर्गका परि पबित्र भूमिहरु
सम्रक्षण र सम्बर्दनमा जुटौ
प्रचारमा ल्याई ख्याती कमाउ पान्थरलाई
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"संसारको रित"
कस्तो स्वार्थ संसार हे भगवान
किन टाढा भगाई दिन्छु मलाई
के गरि हाँसी बसौं लौ भन भगवान
बितेर गयो जाने ति सुस्केरासंगै
हाँसेर बसौं कसरी बसौं त्यो चोट सम्झेर
लौ भन भगवान के गरि बाचौं के भनेर
तिम्रो सरण मिलाई दिउ हे भगवान
लौ भन भगवान यो संसार कस्तो ब्याथित
सुस्केराहरुसंग संगै स्वार्थ लुट्यो
भङ्गज्याङ्ग चौतारी मेरो बिसौनी
सिरीरी हावा मेरो हृदयमा सुस्काउने
सुस्त सुस्केरा मन भित्र ओडाउने
छताछुल्ल हृदय बिदारक चोट
कहा कसरी दैबले जुरायो छुटायो
खोई कसरी बन्न गयो यो संसारको रित
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"शान्तिको यात्रा"
शान्ति शान्ति भनी खोजि हिडे
शान्तिको पथमा अगाडी बढेर
छोडी दिऔ युद्दका बन्दीहरु
अगाडी नबढौ नचाहिदो युद्दमा
जताततै रगताम्य अनुयायीहरु
क्रान्तितिर लम्कन नजाउ द्वन्दमा
शान्ति के हो? झल्का देउ
हृदयदेखि प्रणाम दैब
बिरालिना थाले जताततै कमिला
मिलिजुली बस्न सकेन लस्करहरु
आऔ बसौ एक झुपडीको घरमा
बालि दिऔ शान्तिको दियो बालेर
दियो प्रणाम प्रकाश छरे झैँ
त्यतिसम्म झल्काई दियौ दियो
शान्तिको प्रतिक ज्योति फ़ैलाऊ
नेपाली जनता शुखीले बाचूँन
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"दुई आत्माको बिलय"
हुन्न रहेछ संगै सधै भरि संसारमा
अजम्बरी सम्झना मात्र रहन्छ स्मृति
हुन्न रहेछ माया सधै भारी संसारमा
बिर्सी लादो रहेछ प्रिय मृत शरीरलाई
काखमा राखेको सधै भरीको बानि
आजको संसार स्वार्थ स्मृतिका सम्झनाहरु
चट्टकै बिर्सिएर चुडी गयौ
आजको केवल मात्र समिपमा
के भनि आऔ म तिम्रो सामू
मात्र होला स्मृतिको छाया
भूलेर जाऔ कसरी आऔ
बिगतका दिनहरुलाई सम्झेर
छैन त छ म तिम्रो माया
नहुने त भयौ स्मृति देबको साथी
नाबिर्ष है स्मृति म तिम्रो साथ छु
आउने छु एक दिन तिम्रो शरणमा
आँखामा आँशु सबैको मात्र हाँसो
के भयो भनी मात्र सान्तवना त हो
भन्दैनन कोहि चोट के हो भनेर
हृदयमा परेको छियाँ के गरौ अब
स्मृति तिमी हासेर जाउ भन्न सजिलो
चट्टक्कै बिर्सेर जाउँ भन्नु कसरी
आउने छु एक दिन तिम्रो शरणमा
कुरेर बसिरहनु है भन्नु कसरी
दुई आत्माको बिलय कसरी हुन्छ ?
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"बेदनाको आँशु"
नसोच्नु मलाई पत्थरिया मुटु
म त निर्दोष बिर्सिएको मान्छे
नसोच्नु मलाई बेदनाको नासो
म त हाँसोमा बित्ने मान्छे
नरुनु मलाई पराई सम्झेर
म त केवल ओईलिएको मान्छे
नरिसाउनु है मेरो शन्देशहरुमा
म त आँशुमा डुबेको मान्छे
नबिर्सिनु है मलाई पराई सम्झेर
म त हृदयको मुटुमा डुबेको मान्छे
नलिनु है मेरो लागि चिन्ता
म त सिसाको टुक्रामा परिणतको मान्छे
नहास्नु कहाली लाग्दो बेदनामा
म त बिर्सी सकेको मान्छे
नरुनु है आँशु चुहाई चिन्तामा
म त ओईलिसकेको आत्माको माछे
नपार्नु मलाई क्षणक्षणको बेदनामा
म त मृत्युको शरणमा पुग्न लागेको मान्छे
नसोच्नु है मलाई त्यो चोटको घडीमा
म त झन बर्साएको चट्याङ्गको मान्छे
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"विलयको पर्दा"
सम्झे सम्झे ती दिनहरुको संसार
बिर्षनै सकिन ती रमाईलो क्षण
कल्पे कल्पे ती क्षणहरुको दिन
छोड्न सकिन ती स्मृतिका पलहरु
कुरें लुरें ती बिशौनी चौतारीमा
बस्न सकिन ती सिरिरी हावाको बेगमा
दौडें दौडें ती रमाईलो गोरेटोहरुमा
पुग्न सकिन ती स्मृतिको पर्दामा
रोएँ रोएँ ती दिनको चोट सम्झेर
रोक्न सकिन ती आफ्ना मनसपटलहरु
सम्झें सम्झें ती बिगतका खेलहरु
हास्न सकिन ती तिता बालीहरु सम्झेर
बोलें बोलें ती सुस्तरी कसम खाएर
भन्न सकिन ती आफ्ना बेदनाका मनहरु
लम्कें लम्कें ती अपसोचका शब्द सम्झेर
दिन सकिन ती मेरा स्मृतिका चोटहरु
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"रमाईलो बिहान"
ईलाम जिल्ला त्यो पल्लो डांडा सिरीरी हावा
रमाईलो शहर रमाईलो बस्ती सुन्दर समतर
सिरीरी हावा फिरिरी गाडी गुडेर पुग्दछ
बौधधाम गुम्बा डांडैमा रमिते डांडामा सुसेल्दै
बिहानी घाम चिनारी भयो पहाडी पाखामा
दौलत कलम सरर बगी अपरिचित सितैमा
को हो को हो चिनारीमा भयो दौतेरीसंगे
सम्झना साची कलम साट्यो बिहानी पाखैमा
हुहुरे स्वर के आउछ भनी थरथराएको मनैले
स्कूल पुगी स्वार्थले बसी बासीको छ्ट्टामा
कलम र कापी सरर बोकी मेचीको सिरैमा
भयो की भएन सराबरी हुरी बतासको सुसेल्ले
के बन्छु भनी अगाडी बढे रोकिएन कहिल्यै
जुरुक्क उठी इमान्दार भई बिन्तीको बसेमा
"जुन तारा"
अहो कस्तो निलो आकाश
सांझा तिर झुल्क्यो जुन तारा
चमचम चम्क्यो रानी जुनेली आकाश
जगमग चम्क्यो पुरै सारा
प्रसंग्ग भए राती ताराहरु
जीवन प्रसंग भयो उल्लास झलमल्ल
जगमग जस्क्यो स्वप्लिलहरु
हुन गयो सारा सुखमय पलहरु
नभ निर्मलमा जुन साँझमा
झट्टै एक रंगमंच सम्झी
हेरी रहे बिचको नक्षेत्र साँझमा
झलमल्ल भई दिन्छ रातमा ब्युझीं
घुम्टो हाली त्यो राजनीमा
सारा ताराहरुको पलमा
औंशी रात बनि टुक्रा टुक्रा पलहरु
सिङ्ग्ग्रो भई आई दिन्छ वृत्तहरु
जुन तिमी सधैं सम्झने
आज म गर्छु अन्तिम दर्शनले
दर्शन गरि सारा दृश्य पोखी धुने
क्रित्यकल दुखले गर्छु यो सुद्द मनले
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"आँशु"
हृदय भरि पिडा लुकाई
ओठमा हाँसो ल्याउन सकिन
मनको ब्याथा भित्र लुकाई
बाहिरी मुस्कान छर्न सकिन
मुटुमा दुखका ज्वाला दंकिदा
ओठमा मुस्कान छाउदैन
हृदयमा काँडा उम्रिदा
आँखामा आशुँ आउदैन
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"नेपाल आमा"
नेपाल आमा, मातृ भूमि, बिर्षने छैन कसै गरि
आज तिमी, रोम रोम छौ, मधु अमृता सरि
यो सानो नेपाल, फूलबारी हौ, मिलिजुली सबै
जगेर्णा गर्दै, संगाल्दै आयौं, हिमाल काख माथि
छ सुन्दर नेपाल, सगरमाथा नामले, भरिएको देश
वक्षस्थल, सुन्दर बृक्षता, करुणा परिभेष
धिर धाम औ, सानो देश, स्वच्छ चित्र सरी
नेपाल आमा, ओर्लिनिश दिन, नव बर्ष भरी,
नेपाली हामी, मिलिजुली सबै, शिक्षाको ज्योति फैलाई दिउँ
नौलो आशा, नौलो भाषा, सबैइलाई चाख पल्टाई दिउँ
नेपाल आमा, रगतले सरी, युगको चक्र पल्टाई दिउँ
हिमाल माथि, हाम्रो झण्डा, झलझली झल्काई दिउँ
यहि धर्ती माटो, यहि शिक्षा पाउन, हिडेर आफ्नै भूमिमा
पाईला सारी, हिड्दै जाऔं अघि, नेपाल मातृ भूमिमा
चन्द्र सूर्य, रातो रङ्ग झण्डा, फरफराई राख्ने छौं
बिर्षने छैन, नेपाल आमालाई, नेपाली सबैले,
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"प्रजातान्त्रिक उमेर"
प्रजातन्त्र आएको छैन केहि डर
ठुला भए छोराछोरी अझै छैन भर
अठार जना बुहारी छ्न बाज्दा बाज्दै ठिक्क
कपाल कोर्यो दाँत मोल्यो यावानीलाई ठिक्क
मकै भने कुहि सक्यो पानी पर्छ उस्तै
बुहारीलाई छोट्याउन लाउछे छोरा सुत्छ उस्तै
घाँस भन्यो दाउरा भन्यो बुहारीलाई भने ठिक्क
कपाल कोर्यो दाँत हाल्यो आधा बैशेलाई ठिक्क
अदुवा भने रोपेको छैन आउछ भाउ फेरी
आमा चाहि बिरामे छे दैलोमा हेरी
बुहारीलाई हेरन भन्यो उस्तै हुन्छा ठिक्क
कपाल कोर्यो दाँत फुक्यो बुढेश काललाई ठिक्क
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"ईलामको अन्तु"
पूर्बी ईलाम नेपालको
अन्तु डांडा भन्ने ठाँउ
त्यै ठाँउकोअन्तु डांडा
एउटा सानो गाउँको नाउँ
आँखा खोल्छन बोट बिरुवासंगै
सुर्योदयको किरणसंगै
निदाई रहेको जिब जन्तुहरु
बिउझी दिन्छन यी नै लहरहरुसंगै
हजारौ पर्यटक आउछन यहाँ
हजारौ कोष हिडेर
अझै बढी आउने थिए
राम्रो बाटो भए यहा गुडेर
पाहुनालाई स्वागत गर्दछौ
अन्तुबासी हामी सबैले
सुर्योदयको दृश्य हेर्ने छौ
अन्तु डाँडा ठाउँ छ नामीले
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"बिद्या"
बिद्या नै हो ठुलो धन
विद्याले नै गर्छ ठुलो काम
हामी सबै द्बिध्या लिन
विद्याले गर्छ धेरै धन
आज हामी साना छौ
भोलि गैर ठुलो हुने छौ
ठुलो भई हामी विद्याले
धेरै शिक्षा पाउने छौ
शिक्षा लिई हामी सबैले
देशको उन्नति गर्नु छ
उन्नति गरी हामी विद्याले
देशको शोभा बढाउनु छ
(२०५३ साल श्री युवा बर्ष प्राथामिक बिद्यालय सप्तमी बजार कक्षा पाँचमा पढ्दाको लेखेको एउटा सानो अंश कबिता)
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"नेपालको परिचय"
नेपाल आमाले जन्माएको सन्तान
नेपाली ढाकाको टोपीले चिनाउछ
नेपाल आमाले हुर्काएको सन्तान
नेपाली सस्कृतिको पहिचान गराउछ
नेपाल आमाले सिकाएको ज्ञान
नेपाली संगोल पृष्ठभूमिमा गराउछ
नेपाल आमाले दिएको आशिर्बाद
नेपाली प्रजाले सफलतामा पुग्छन
नेपाल आमाले जमाएको भूमि
नेपाली जनताले उपभोग गर्दछन
नेपाल आमाले सिकाएको पाठ
नेपाली जनताले पहिल्याउनु पर्छ
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"विश्वको घचाघच हेर्दा"
धर्ती माथि उठेर हेर्दा
विश्व घमासानको कोलाहलमा
कोहि छैनन् आपसी मेलमिलाप
तछाड मछाड दौडी रहेछन युद्दमा
आजको विश्व पबित्र हिन छैन
जहा गए पनि रगताम्मेको भेल
विश्वमा नै आणबिक मुश्लाले
प्रदुषण नै पारिरहेछ धर्तीलाई
सयौं नाराले ओगटी सके
शान्तीको नारा नघनकाएर
एक अर्का मानाबताबादी भनेर
हाते मालो गर्ने चाइना कोहि पनि
आउँ हामी संगै मिलेर बसौ भन्ने
भेटिएनन विश्वमा कोहि पनि
निती सैदान्तिक आचार बिचार
मानब मष्तिष्कमा अर्कै मोड लिएछन
शक्ति सम्पन्न साली राष्ट्रहरु
जे जस्तो अवस्थाको भए पनि
आजको संसार अध्यात्मिक बिचार छैन
संसार नै भौतिकबादलेओगटी सकेछ
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
"भट्टीको अनुशासन"
दिउसो अफिस बेलुकी भट्टीमा
लारा बरियो खुट्टा भयो ह्वास्स हुस्स
घरमा पुगी श्रीमतीको बादबिबाद
भयो कार्य घरमा ठास्स ठुस्स
बिहान उठी भारी ज्यान
चल्दैन कहिँ जाँगर
अल्छीपनको नाट्य भारी
भयो जुरमुराउदै फ़ास्स फुस्स
असल देबको नाट्य गरी
ईमान्दार स्वास्नीको व्याख्या गरी
जुर्मुराउदै बस्यो लास्स लुस्स
त्यसैले,
बन्दैनन् कहिले इमान ईज्जेतमा
घुरिन्दै बस्यो फ़ुरफ़ुराउदै वास्स फुस्स
सन्तोष सेर्मा
दमक, झापा, मेची, नेपाल
थातथलो "जन्मभूमि"
मणि हिरा र सुनसंग तुलना गर्नु हुन्न जन्मभूमिलाई
बिर्सेर पनि याद आउने ठाँउ हो जन्मभूमिको
संसारको जुनसुकै ठाँउमा पुगौ कर्मभूमि बनाऔ
आफ्नो नाभिले जहिल्यै सम्झी रहने छ आफ्नो जन्मभूमिले
तिता मिठा जस्तो सुखै भए पनि आफ्नै हो जन्मभूमि
जन्मी हुर्की खेलेको हो आफ्नै प्यारो जन्मभूमिमा
को कहा जसरी रहे पनि संसारको कुनामा
आफ्नै नाभिले जति बेला पनि स्वागत गर्ने छ जन्मभूमिले
रुखो मलिलो मरुभूमि जे भए पनि आफ्नै ठाँउ हो जन्मभूमि
विरताको शाहशिक कठोर संघर्षले हुर्काउछ जन्मभूमिमा
दश महिना दुई धाराको कोमल कोखमा हुर्किएर आमासंगै
जति सुकै बिर्सिए पनि सम्झिरहन्छ आफ्नै जन्मभूमिले
सम्झिरहन्छ आफ्नै जन्मभूमिले! सम्झिरहन्छ आफ्नै जन्मभूमिले!!
सन्तोष सेर्मा "बिवश"
दमक, झापा, मेची, नेपाल
हाल कतार
आबेश
म एक यात्री हुँ यात्रा होईन
यात्रा त निश्चित गन्तब्य हुन्छ।
म बटुवा हुँ बाटो होईन
बाटो त पाईल टेक्ने माटो हो।
म मानब हुँ दानब होईन
दानब त इर्श्यालु पहराको हो।
म चश्मा हुँ अन्धो होईन
अन्धो त देखेर पनि नदेख्ने आँखा हो।
म दर्शक हुँ दार्शनिक होईन
दार्शनिक त तपष्या तपोभुमिमा ध्यान गर्ने हो।
म प्याशी हुँ दाशी होईन
दाशी त कमाराको कमैया हो।
म ध्यानी हो अज्ञानी होईन
अज्ञानी त मुर्ख मात्र होईन महा मुर्ख हो।
म मलम हुँ चोट बनाउने होईन
चोट त दुख्छ दुखाउने गर्छ।
सन्तोष सेर्मा "बिवश"
दमक, झापा, मेची, नेपाल
हाल कतार
“हामी कस्ता साहसी”
उहिले बृटिश र तिब्बतीलाई कुट्ने
आजकल त उदेख लाग्छ।
जाँड खाएर स्वास्नी कुट्ने
बच्चाहरु रोएर कुट्ने
जस्को नाम तिखे उसैको सिङे झैं
सोझा जनावर कुट्ने
पि एच डी पढेर हर्ष भएर
डाक्टर र नर्स कुट्ने
क ख र A B पढेको भन्दै
शिक्षक र मास्टरहरु कुट्ने
ABCD नै नजानी अनि
ड्राइभर र खलासी कुट्ने
माथिको आदेश पर्खिनाले
पुलिस र पालेलाई कुट्ने
अनि
कुट्नु पर्ने साढेंलाई नचुटेर
रमिता हेर्नुमा ब्यस्त आजकल
त्यस्तै
भ्रष्टहरुलाई गोरु चुटाई नगरेर
अबिर र फूलमाला लगाएर
शिंह दरबार पठाए पछी
अनि भुत्रो बन्छ देश।
आक्रोश तस्बीर बोल्छ।
सन्तोष सेर्मा "बिवश"
दमक, झापा, मेची, नेपाल
हाल कतार
Sunday, May 15, 2022
विश्वलाई बुद्ध ज्ञान
बुद्धले दिएको उपदेश, दृष्टिकोण र दर्शन नै बुद्घ शिक्षा हो, जुन भोगाइमा आधारित छ । नेपालमा बौद्ध संस्कृतिको लिखित इतिहास करिब २५०० वर्षभन्दा पुरानो भएको लुम्बिनी, निग्लिहवा तथा गोटिहवामा अवस्थित प्रस्तर खम्बाका अभिलेखले पुष्टि गर्छन् ।
ती अभिलेखका आधारमा नेपालभूमि तीन बुद्ध क्रकुच्छन्द, कनकमुनि र शाक्यमुनिको जन्मस्थल भएको प्रमाणित हुन्छ । नेपालमण्डल अर्थात् काठमाडौं उपत्यका श्रीस्वयम्भू ज्योति रूप प्रज्वलित तीर्थस्थल र बौद्ध कला, सभ्यता तथा संस्कृतिको उद्भव स्थलका रूपमा प्रसिद्ध छ । विभिन्न समयमा सप्त तथा गतहरू विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, काश्यप र शाक्यमुनि तथा अनेक बोधिसत्त्व (मञ्जुश्री), सिद्धाचार्य, योगीहरूले भ्रमण गरेको देखिनुले शाक्यमुनि बुद्धभन्दा पनि अगाडिदेखि नै यो क्षेत्रमा बुद्धधर्म र बौद्ध सभ्यताको सुरुआत भएको देखिन्छ ।
बुद्ध धर्म र बौद्ध संस्कृतिको रूपमा बौद्ध रीतिथिति, संस्कार, चाडपर्व, जात्रा, व्रत र परम्परा छन् । त्यस्तै बौद्ध कला–संस्कृतिको रूपमा मूर्तिकला, धातुकला, काष्ठकला, चित्रकला, विहार, मन्दिर, गुम्बा, छोर्तेन, स्तूप, ठूला–साना चैत्य र चीबाःहरू छन् । बुद्धका उपदेश आर्य अष्टांगिक मार्गमध्ये सम्यक् वाक, सम्यक् कर्मान्त, सम्यक् आजीविकाशील शिक्षाभित्र आउँछन् । सम्यक् स्मृति र सम्यक् समाधि समाधि शिक्षाभित्र पर्छन् भने सम्यक् दृष्टि, सम्यक् संकल्प र सम्यक् व्यायाम प्रज्ञा शिक्षामा आउँछन् । शील–समाधि–प्रज्ञालाई त्रि–शिक्षा पनि भनिन्छ । गृहस्थ उपासक–उपासिकाहरूले पालन गर्नुपर्ने शील पाँचवटा छन्, जसलाई पञ्चशील भनिन्छ— प्राणीहत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुटो नबोल्नु र लागूपदार्थ सेवन नगर्नु । त्यस्तै अष्टशीलमा अरू तीन शील जोडिन्छन्— मध्याह्नपछि नखाने, चन्दन–अत्तर मालाजस्ता शृंगारहरू नगर्ने र उच्चविलासी आसनमा नसुत्ने । प्रव्रजित भिक्षु–भिक्षुणीहरूले थप दुई शील पालना गर्नुपर्ने हुन्छ, अश्लील नाचगानबाट टाढा रहने र सुन, चाँदी, बहुमूल्य वस्तु नराख्ने । सधैं यसो गर्न नसक्नेहरूले पोषण, उपोषध या न्यून व्रत बस्ने बेला शील पालन गर्छन् ।
बुद्घका वाणी, उपदेशहरू विश्वमा शान्ति, अमनचयन तथा भ्रातृत्व स्थापना गर्नसमेत फलदायी हुन सक्छन् । समाजको हरेक तह र तप्का बुद्घको उपदेश अनुसार अघि बढ्न सकेमा मुलुकले काँचुली फेर्न सक्छ । तर, बुद्घसँग सम्बन्धित ज्ञान, कला र संस्कृतिको प्रचारप्रसार अपेक्षाअनुरूप नहुनु भने दुःखद हो । हाम्रो देशको पाठ्यक्रममा समेत बुद्घका विषयलाई पर्याप्त स्थान दिइएको पाइँदैन, जसका कारण बुद्घ र बुद्घ धर्मको प्रभावबारे जनमानसले सहजै बुझ्न सकिरहेका छैनन् ।
विश्वमा अनेकन् परिवर्तन भइरहेका छन्, जसले विविध समस्या पनि बढ्दै गइरहेको छ । द्वन्द्व, भोकमरी तथा युद्घ मानव मृत्युको कारण बनिरहेको छ, यसले जनजीवन पनि तहसनहस तथा अस्तव्यस्त बनाइरहेको छ । बुद्घको पञ्चशीलको पालना मात्रै गर्ने हो भने यी समस्याको केही हदसम्म न्यूनीकरण हुने थियो ।
विडम्बना, शस्त्रास्त्रको अनावश्यक होडबाजी चलिरहेको छ । बम–बारुदको वर्षा भइरहेको छ । विश्वमा देखा परेका समस्या बुद्घको शिक्षाबाट समाधान गर्न सकिन्छ । हरेक समस्याको कारण मनको अस्थिरता हो । र, यसको समाधान लोभ, तृष्णा र मोहमाथिको विजय हो । चार आर्य सत्यको ज्ञान अनि मध्यम मार्ग नै यो जगत्को सुख मार्ग हो । बुद्धले झैं चित्त (मन) को समाधान गर्न सक्नु नै सुख मार्गको दिशा हो । बुद्ध
शिक्षा भनेकै कुशल कर्म गर्नु, अकुशल कर्मबाट टाढा रहनु र मनलाई शुद्ध पार्नु हो भनी आर्य गुण काण्डव्यूडमा उल्लेख छ । समाजमा व्याप्त अन्याय, असमानता र अत्याचारबाट मुक्ति पाउनसमेत बुद्घ शिक्षाको आवश्यकता पर्छ ।
बौद्ध शिक्षा यस्तो मार्ग हो, जसले यो जगत्मा समानता, कुशल नेतृत्व, प्रेम, आदर र सद्भाव भरिदिई दुःख र तृष्णाबाट मुक्त गर्छ । सक्षम र योग्य मानिसको विकास गर्न पनि सहयोग गर्छ । र, असल नेतृत्व नै यो जगत् विकासको संकेत हो । समग्रमा बुद्ध शिक्षाले असल नेतृत्वको उत्पादन गर्न मद्दत पुर्याउँछ ।
त्रिपिटकमा बुद्घले विभिन्न समय र स्थानमा दिएका उपदेश, शिक्षा र नियमहरू संगृहीत छन् जो सुत्त, विनय र अभिधम्ममा विभाजित छन् । सुत्त पिटकमा उपासक र उपासिकाहरूको जीवनसँग सम्बन्धित जीवनोपयागी, अधिकार, नैतिक र लाभकारी उपदेश छन् । विनय पिटकमा भिक्षु र भिक्षुणीहरूको एकअर्काको व्यवहारमा गर्न हुने–नहुनेबारे नियम छन् । अभिधम्म पिटकमा हेतु प्रत्यक्ष र कार्यकरण छुट्याएर जान्न र सिक्न सकिने विषयको संग्रह छ । बुद्घले बताउनुभएका चार आर्य सत्य हुन्— दुःख, दुःख समुदय, दुःखनिरोध र दुःखनिरोध गामिनी प्रतिपदा । आर्यअष्टांगिक मार्ग बुद्घको मध्यम मार्ग हो, जसमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाचा, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि छन् ।
पञ्चशील भनेको शरीर, मन र बोलीवचनबाट अरूको अहित नगर्नु हो । पञ्च स्कन्ध भनेको दुःख स्कन्ध हो, जसलाई जान्नु र बुझ्नु आवश्यक छ । यसमा रूप, वेदना, संज्ञा, संस्कार विज्ञान गरी पाँच स्कन्ध छन् । रूप र नामको (मन) योग नै पञ्च स्कन्ध हो । मानव कल्याण, सुख र शान्तिका लागि बनाइएको अनित्य, दुःख र अनात्म समेटिएको मूलदर्शन नै त्रिलक्षण हो । अनित्यले नाशवान्लाई जनाउँछ । दुःखको वास्तविक बोध गराउने बिछोड र पीडाले हो जुन पञ्च स्कन्धमा हुन्छ । अनात्मलाई हरेक चीज बिलाएर जाने अर्थमा बुझिन्छ । नेपाली समुदायहरूलाई बुद्ध शिक्षाको अभ्यास, बुद्ध दर्शनको आवश्यकता छ ।
Subscribe to:
Posts (Atom)
११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल
मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...
-
आध्यात्मिक र भौतिकबाट मुन्धुम मुन्धुम् र भौतिकवादी दृष्टिकोण मुन्धुम् संसारको सृष्टि,मानव जगतको भलो र प्रगति गर्ने विषय वा सार सं...
-
वि.सं. १९४२ कात्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको इभाङ गाविस चुक्चिनाम्बा गाउँमा एक बालकको जन्म भयो। बुबा जगुनबाज र आमा ह...
-
लिम्बूजातीको बाजा ‘के’ (च्याब्रुङ) उत्पती र नाच गोविन्द आङबुहाङ । प्राचिन किरात जातिको प्रमुख शाखामा लिम्बू आदिवासी जनजाति एक हो । यो...