Thursday, April 17, 2014

आई.एल.ओ. महासन्धि नं. १६९ भनेको के हो ?


आई.एल.ओ. महासन्धि नं. १६९ भनेको के हो ?

आई.एल.ओ.महासन्धि नं. १६९, नेपालका आदिवासी जनजातिका हक–अधिकार, अवसर तथा चुनौतिहरु

– संग्राम लामा
नेपाल विवीध संस्कृती, जातजाती, भाषा–भाषी एवं धार्मिक विविधतायूक्त एक बहुजातिय देश हो। यस्तो हुदा हुदै पनि राज्यको “एकल–जाति, एकल–संस्कृति, एकल–भाषा, एकल–भेष तथा एकल–धार्मिक नीतिले” गर्दा अहिले अमूल्य सामाजिक तथा साँस्कृतिक विविधतालाई गम्भीर खतराको मोडमा पुर्‍याई दिएको छ। राज्यको यसप्रकारको विभेदकारी नीतिले गर्दा नेपालका सवै आदिवासी जनजातिहरुको पहिचान तथा अस्तित्वलाई समेत जोखिमयूक्त पारेको छ।
नेपालका आदिवासी जनजातिहरुले करीब डेढ दशक अगाडी देखि आई.एल.ओ. महासन्धि नं. १६९ अनुमोदन हनुपर्दछ भनी आवाज उठाउदै आएको फलस्वरुप नेपाल सरकारले यसलाई २०६४ सालको हिउँदे अधिवेशन मार्फत पारित गरेर यो महत्वपूर्ण अभिसन्धि यहि २०६५ भदौ २९ गते देखि नेपालमा लागु भइसक्यो। यसरी नेपाल उक्त महासन्धि पारित गर्ने विश्वको उन्नाईसौ र एशियाको फिजी पछि दोस्रो राष्ट्र भएको छ। यसरी आदिवासी जनजातिका हक–अधिकारहरु सुरक्षित गरिएको आई.एल.ओ. महासन्धि पारित भएपछि नेपालका आदिवासी जनजातिहरुको हक–अधिकारको सुनिश्चितताको लागी सैद्धान्तिक रुपमा बाटो खुलेको छ। यस महासन्धीलाई नेपाल सरकारले अनुमोदन गरी सकेपछि यसले नेपालका हामी सवै आदिवासी जनजातिहरुमा खुशी, हौसला एवं प्रेरणा जगाए पनि यसको प्रभावकारी कार्यान्वयन भने कम चुनौतीपूर्ण छैन। यसै सर्न्दभमा यो महासन्धि के हो, यस संग नेपालका आदिवासी जनजातिसंगको सम्बन्ध, यसले सुरक्षित गरेका आदिवासी जनजातिका हक–अधिकारहरु, यि सवै हक–अधिकार प्राप्त गर्न कस्को के दायित्व र भूमिका रहन्छ, अव कसले के गर्नु पर्छ, यसको प्रभावकारी कार्यान्वयनको लागि र कार्यान्वयन गर्न आईपर्ने बाधा अडचन के–के हुन आदि वारेमा यो छोटो लेखमा समेटने प्रयास गरेको छु ।
आई.एल.ओ. महासन्धि नं. १६९ भनेको के हो?
यो महासन्धि एक अन्तराष्ट्रिय कानून हो जसद्धारा विश्वभरीका आदिवासी तथा ट्राइबलहरुको हक–अधिकारहरुको ग्यारेन्टी गर्दछ। अर्को शब्दमा भन्ने हो भने यो महासन्धि भनेको विश्वको धेरै राज्यहरु एक आपसमा मिलेर आफुहरुलाई लागु हुने गरी बनाएको एक अन्तराष्ट्रिय कानून हो। आदिवासी र ट्राइबल समूहसंग सम्बन्धित महासन्धि नं. १०७ लाई सन १९८५ मा पुनरावलोकन गरी यो महासन्धि ल्याएको हो। यसलाई अनुमोदन गर्ने राष्ट्र वा सरकार एवं आदिवासीहरुसंग सम्बन्धित काम गर्ने जुनसुकै निकाय वा संघ–संस्थाहरुले यसलाई अनिवार्य रुपमा पालन वा कार्यान्वयन गर्नु पर्दछ र यदि त्यसको पालन नभएमा वा त्यसको उल्लघंन भएमा त्यस विरुद्ध अड्डा, अदालत तथा अन्तराष्ट्रिय निकायहरुमा उजुरी गर्न सकिन्छ। त्यसै कारणले गर्दा यसलाई कानूनी रुपमा बाध्यात्मक दायित्व बोकेको अन्तराष्ट्रिय कानून पनि भनिन्छ।
नेपाल तथा आई.एल.ओ. महासन्धि नं. १६९ बीचको सम्बन्ध
आई.एल.ओ. महासन्धि नं. १६९ लाई सरकारले अनुमोदन गरोस भनेर नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुले करीब डेढ दशक अगाडी देखि आवाज उठाउदै आएको सवै सामू प्रष्ट छ। यसलाई सरकारबाट पारित गराउन विभिन्न जातिय संघ–संस्थाहरु, जनजातिका सांसद तथा सभासदहरु, काठमाडौं स्थित आई.एल.ओ. कार्यलय, नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जनजाति नेता तथा विज्ञहरु एवं जनजाति कार्यकर्ताहरुले ठूलो भूमिका निभाएका थिए। यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघले यस महासन्धिबारे आदिवासी जनजातिहरुका लागी क्षेत्रिय एवं राष्ट्रिय स्तरको कार्यशाला गोष्ठि आयोजना गरी देशका विभिन्न राजनीतिक दलहरुका नेताहरु उच्च ओहदामा रहेका सरकारी कर्मचारीहरु, नीति निर्माताहरु, नीति कार्यान्वयनकर्ताहरु, कानूनविदहरु, मानवअधिकारवादीहरु, नागरिक समाजका अगुवाहरु र पत्रकारहरु सवैलाई यस महासन्धिको बारेमा जानकारी दिई त्यस प्रति सम्वेदनशील बनाउन ठूलो कसरत गरेको थियो किनकी राज्यबाट सदियौ देखि पछाडी पारीएका र हेपिएका नेपाली आदिवासी जनजातिहरुको हक–अधिकारको सुनिश्चितताको लागी नीतिगत योगदान गर्न सकोस भनेर अन्तराष्ट्रिय स्तरमा आदिवासी जनजातिहरुको हितका लागी व्यवस्था गरिएको यस महासन्धिलाई नेपाल सरकारले सजिलै पारित गर्ने वाला थिएन र त्यसको लागि राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरबाटै ठूलो दवावको आवश्यकता थियो। यसको साथै आदिवासी जनजातिहरुलाई भूमी तथा प्राकृतिक श्रोत–साधन सम्बन्धि अधिकार, सहभागीताको अधिकार, मौलिक अधिकार, आफुसंग सम्बन्धित वा आफुलाई असर पार्ने नीति निर्माण तथा त्यसको कार्यान्वयन गर्ने ठाँउमा पहुँच, सहभागीता एवं नियन्त्रण, मानव अधिकार एवं आधारभूत स्वतन्त्रता, स्व–पहिचान, आत्म–निर्णयको अधिकार, साँस्कृतिक अधिकार, शिक्षा, स्वास्थ्य एवं सामाजिक सुरक्षाको अधिकार आदिको कानूनी रुपमा प्रत्याभूती गर्न यो अन्तराष्ट्रिय महासन्धिको अनुमोदनको माग आदिवासी जनजातिहर्के गर्दै आएका थिए। यस महासन्धिमा उल्लेखित प्रावधानहरु र नेपालका आदिवासी जनजातिहरुको विविध सवालहरु एक–आपसमा अन्तर–सम्बन्धित, महत्वपूर्ण र संवेदनशील भएता पनि विशेष गरी जल, जमीन, जंगल, जैविक विविधता तथा प्राकृतिक श्रोत–साधनहरुमा आदिवासी जनजातिहरुको पहुँच, सहभागिता एवं नियन्त्रणलाई प्रमुख मान्न सकिन्छ किनकी नेपालका आदिवासी जनजातिहरुले सदियौं देखि भोग–चलन गर्दै आएको जल, जमिन, जंगल एवं प्राकृतिक श्रोत–साधन माथीको पहुँच, सहभागिता एवं नियन्त्रणलाई उनिहरुबाट अलग्याउन राज्य समेत योजनाबद्ध र संगठित रुपमा लागेको तथ्य अहिले सम्म चलिआएको नेपालको कानुनले प्रष्ट देखाउछ र जुन हामीले अहिले सम्म पनि भोगी आएका छौं, जसको फलस्वरुप हामी भूमीपुत्रहरुको जातिय, भाषिक, साँस्कृतिक एवं धार्मिक पक्षहरु अहिले संकटग्रस्त अवस्थामा गुजि्ररहेको छ। आफ्नै भूमीमा पनि हामीहरु “परदेशी” जस्तो भएर अभावै–अभावको जीन्दगी विताउन बाध्य भएका छौं।
तर्सथ प्रचलित नेपालको नियम–कानूनका विभेदपूर्ण शब्द–जाल, काँइते वाक्य तथा वाक्यांशहरु लाई हटाएर मात्र यो महासन्धिको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ। नेपाल सन्धि ऐन, २०४७ (दफा ९) मा नेपाल सरकार पक्ष भएको कुनै सन्धीको कुरा प्रचलित कानून संग बाझिएमा सो सन्धिको प्रयोजनको लागी बाझिएको हदसम्म प्रचलित कानून अमान्य हुने र त्यस सम्बन्धमा सन्धिको व्यवस्था लागु हुने प्रावधान भएको हुनाले महासन्धि नं. १६९ का प्रावधानहरु नेपाल कानून सरह हुनेछ र नेपालका कानूनी प्रावधानसंग बाझिएका महासन्धिमा उल्लेखित प्रावधान नै लागु हुनेछ। यो महासन्धिको अनुमोदन गरिसकेपछि नेपाल सरकारका विभिन्न तहका सरकारी निकायहरु, दातृ संस्थाहरु र अन्य निकायहरुले गरेका कुनै कामहरुले आदिवासी जनजातिहरुलाई नकरात्मक असर पुगेको हुनु हुदैन र त्यस्तो काम गर्नु अगाडी उनिहरुसंग अग्रिम परामर्श–जानकारी लिनु–दिनु पर्दछ।
महासन्धि नं. १६९ मा आदिवासी जनजातिहरु सम्बन्धि हक–अधिकारहरु के के छन?
हुन त यो छोटो लेखमा यो महासन्धिमा भित्रका आदिवासी जनजातिहरुको हक–अधिकार सम्बन्धि के कस्ता प्रावधानहरु छन त्यसको पूर्ण व्याख्या–विस्तार गर्न सकिन्न। यति हुदा–हुदै पनि यसमा रहेका विविध कानुनी प्रावधान बारे छोटकरीमा यहाँ चर्चा गरिएको छ। यस महासन्धिमा खासगरी तिन वटा नीति वा प्रावधानहरु जस्तैः सामान्य नीति, विशेष नीति तथा प्रशासनिक नीति तथा व्यवस्थालाई समावेश गरेको छ। तदनुरुप सामान्य नीति वा प्रावधान अर्न्तगत आदिवासीहरुको अस्तित्व, मानवअधिकार, आधारभुत स्वतन्त्रता, आफ्नो चलिआएको रितीरिवाज, परंम्परागत कानूनको सम्मान, आफ्नो विषयमा वा आफूलाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा परामर्श, छलफल र सहभागी हुन पाउने अधिकार आदी पर्दछन। त्यस्तै विशेष नीति वा प्रावधान भित्र भूमी तथा प्राकृतिक श्रोत–साधन माथीको अधिकार, शिक्षामा समान पहुँचको अधिकार, रोजगारीमा समान अवसर र पहुँचको अधिकार, ट्रेड यूनियन गठन गर्न पाउने अधिकार, स्वास्थ्य एवं परंम्परागत उपचार बीधिलाई संरक्षण सम्वर्धन गर्न पाउने अधिकार, सामाजिक सुरक्षा एवं सिमा वार–पार गर्न पाउने अधिकार र आदिवासीहरुको प्रथा र प्रथाजनित कानुनलाई राष्ट्रिय कानून तथा अन्तराष्ट्रिय मानव अधिकारका मापदण्ड संग मेल खाने गरी चलि आएको प्रथा र संस्थाहरुलाई निरन्तरता दिने अधिकार आदि पर्दछन। यसैगरी राज्यले अन्य समूह सरह सवै प्रकारका नीति, निर्णय गर्ने निर्वाचित निकायहरुमा प्रशासनिक र अरु नीति तथा योजना बनाउने निकायहरुमा आदिवासी जनजातिहरुले पनि समान हिभागी हुन पाउने अधिकारको प्रत्याभूतिको लागी उचित संयन्त्र बनाउनु पर्ने, त्यसको लागी सरकारले उचित व्यवस्थापन सहजीकरण र आवश्यक श्रोत–साधन जुटाई दिनु पर्ने पनि महासन्धिमा उल्लेख गरेको छ। यसको साथै आदिवासी जनजातिहरुको जन–जीवन, आस्था, विश्वास, भोग–चलन गरी आएको कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन र त्यसको मूल्याङ्कनमा सहभाग हुन पाउने अधिकार पनि यस महासन्धिमा रहेको छ। यि माथी उल्लेखित सबै हक–अधिकारहरु आदिवासी जनजाति महिला पुरुष दुवैले बराबर कुनै भेदभाव बिना उपभोग गर्न पाउने व्यवसथा यस महासन्धिले गरेको छ।
यसरी यस महासन्धिका प्रावधानहरु सरकारले लागु गर्दा उक्त समुदायहरुलाई प्रत्यक्ष असर पार्ने कानूनी वा प्रशासनिक कदमबारे छलफल गर्दा उनिहरुसंग वा उनिहरुको प्रतिनिधी संगठन मार्फत छलफल वा अग्रिम परामर्श लिनु पर्दछ। नेपाल सरकारले यस महासन्धिसंग बाझिने कानून तथा नीतिहरु एक वर्ष भित्रमा आदिवासी जनजातिहरुको प्रतिनिधीहरुको सक्रिय सहभागतिामा विस्तृत अध्ययन गरी आई.एल.ओ. मा पठाउनु पर्ने प्रावधान रहेको छ। त्यस्ते यो महासन्धि लागु भएको एक वर्ष पछि पहिलो प्रतिवेदन, दुई वर्ष पछि दोस्रो प्रतिवेदन र प्रत्येक पाँच बर्षमा आवधिक प्रतिवेदन नेपाल सरकारले आई.एल.ओ.मा पेश गर्नु पर्ने कानूनी पनि प्रावधान यसमा रहेको छ।
अब कसले के–के गर्ने?
यो आई.एल.ओ. महासन्धि नं १६९ लाई सरकारद्धारा पारित गर्नु एक पक्ष हो भने अर्को महत्वपूर्ण पक्ष भनेको यसको इमान्दारीपूर्वक प्रभावकारी कार्यान्वयन गर्नु हो। कानुनको सार्थकता त्यसको सफल कार्यान्वयन निहीत हुन्छ। यो महासन्धिलाई नेपालमा लागु गर्न नेपाल सरकारले ६ महिना अघि स्थानिय विकास मंत्रालयको सचिवको संयोजकत्वमा २४ वटा मंत्रालयका सचिवहरु सहितको कार्ययोजना समिती गठन गरेको थियो तर उक्त समितीले तोकिएको समयमा काम गर्न सकेन र यस महासन्धिको कार्यान्वयन गर्न सरकारले तत्कालको लागी कुनै ठोश कार्ययोजना बनाएको छैन। महासन्धि पारित गर्ने तर कार्यान्वयन नहुने विसंगती बाट यदि सरकार मुक्त हुन सकेन भने महासन्धिका प्रावधानहरु पुस्तकको काँउली बन्न पुग्नेछन, जसलाई हेर्न मात्र सकिन्छ तर तरकारीको रुपमा खान सकिदैन। विगतमा भएका धेरै सन्धि, महासन्धिहरुको नियती यस्तो हुनुमा कार्यान्वयनको चरणमा गर्नु पर्ने कार्ययोजना तथा अनुगमन संयन्त्रको अभाग मूख्य कारण बनेको हामी सवैलाई थाहा छ। त्यसैले आई.एल.ओ. महासन्धि १६९ को कार्यान्वयन भए नभएको हेर्नु अव आम जागरुक नागरिक समाजको कर्तव्य हुन्छ र त्यसमा पनि विशेष गरी नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सवै जातिय संस्थाहरु सवैको अति महत्वपूर्ण भूमिका रहन्छ। यसको लागी सरकार इमान्दार र जिम्मेवार भएर यस महासन्धिको अक्षरशः प्रभावकारी कार्यान्वयन गर्न कानूनी तथा प्रशासनिक परिर्वतन गर्नु पर्छ भने अर्को तर्फ आदिवासी जनजाति समुदायहरु पनि यस महासन्धि अन्तर्गत आफुले पाउनु पर्ने हक–अधिकारको बारेमा सचेत हुनु त्यत्तिकै आवश्यक पर्दछ।
त्यसकारणले सरकारले योजनाबद्ध तवरले आदिवासी जनजातिहरुको हक–अधिकारलाई संरक्षण एवं सम्वर्धन गर्न र उनिहरुको क्षमता तथा नैतिक मूल्य मान्यताहरुलाई प्रत्याभूति हुने व्यवस्था आदिवासी जनजातिहरुको सक्रिय सहभागीतामा गर्नु पर्दछ । यसको साथै देश भित्र रहेका अन्य समूहहरु संगको समान हैसियतमा राष्ट्रिय कानुन तथा नीतिहरुले प्रदान गर्ने अधिकार सुविधा एवं अवसरहरुलाई सम्पूर्ण आदिवासी जनजाति समुदायहरुले उपभोग गर्न पाउने कानूनी व्यवस्था मिलाउन पर्छ। त्यसैले अब यो महासन्धिमा व्यवस्था भए बमोजिम आदिवासी जनजाति एवं श्रमिकहरुसंग सम्बन्धित मंत्रालयहरु जस्तैः श्रम, स्थानिय विकास, भूमि सुधार, जलश्रोत, पर्यटन तथा नागरिक उड्यन मंत्रालय आदिमा यो महासीन्धमा उल्लेख प्रावधान अनुरुपको राष्ट्रिय कानूनहरु निर्माण गर्नु पर्छ, जसको लागी सरकारले नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति बिज्ञहरु, विभिन्न जातिय संघ–संस्थाहरु, नागरिक समाजका अगुवाहरुका साथै आई.एल.ओ.संग छलफल, अन्तरक्रिया, परामर्श एवं सहकार्य गरी विद्यमान कानूनहरुको विस्तृत अध्ययन, अनुसन्धान गरी त्यसमा आवश्यक परिर्वतन गर्नु पर्दछ।
माथि भने अनुसार यहि २०६५ भदौ २९ गते देखि यो महासन्धि नेपालमा लागु भइसकेपछि पनि वास्तविकता के हो भने यस महासन्धी भित्र आदिवासी जनजातिहरुको हक–अधिकार बारे के–कस्ता प्रावधानहरु छन् त्यस्को वारेमा प्रायः धेरै सरकारी निकायका कर्मचारीहरु, आदिवासी जनजाति सभासद्हरु, जनजाति नेता तथा कार्यकर्ताहरु, जातिय संघ–संस्थाका नेता तथा कार्यकर्ताहरु, पत्रकारहरु आदिलाई पूर्ण जानकारी छैन भन्दा फरक नपर्ला। झन जिल्ला तथा स्थानिय स्तरको सरकारी कर्मचारीहरु तथा अन्य सरोकारवालाहरु त यसमा पूर्ण अनभिज्ञ नै छन। त्यस कारणले यो महासन्धि के हो, यस भित्र के–के छन्, कसरी यसको सदुपयोग गर्ने, यसको उल्लघंन भएमा के गर्ने आदि बारेमा केन्द्र देखि तल्लो तहसम्म प्रचार–प्रशार एवं जनचेतना बढाई सवैलाई जानकारी दिन अरु कसैको मुख नताकी हामी आदिवासी जनजाति स्वयं आफै नै अग्रसर हुनु पर्दछ। यसको लागी नेपाल आदिवासी जनजाति महासंघ तथा यसका जिल्ला तथा गाँउ स्तरिय समन्वय परिषदहरु, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महिला महासंघ, विद्यार्थी महासंघ, आदिवासी जनजाति वकिल तथा अधिकारकर्मीहरु, आदिवासी जनजातिहरुको लागी काम गर्ने राष्ट्रिय–अन्तराष्ट्रिय तथा स्थानिय स्तरका गैर–सरकारी संस्थाहरु, विभिन्न परियोजनाहरु, नागरिक समाज, आदिवासी जनजाति नेता तथा वुद्धिजिवीहरु र समस्त आदिवासी जनजाति समुदायहरु आ–आफ्नो ठाँउमा रहेका सरकारी संघ–संस्थाहरु जस्तै : जिविस, गाविस, कृषि, स्वास्थ्य, शिक्षा, भूमि सुधार, अड्डा–अदालत, राष्ट्रिय निकुन्ज तथा संरक्षण कार्यालयहरु, विभिन्न जल, जमिन, जंगल र प्राकृतिक श्रोत–साधन सम्बन्धि कार्यालयहरु आदिलाई यस सम्वन्धि जानकारी गराउन विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्नु पर्दछ र यदि यि प्रावधानहरुको कार्यान्वयन नभएमा अरु थप दवावमूलक कायृक्रम संचालन गर्नु पर्दछ।
यसका साथै महासंघ तथा प्रतिष्ठानले अहिलेको संविधान सभाका सवै आदिवासी जनजाति सभासद्हरुलाई एक ठाँउमा राखेर यस महासन्धि संग सम्बन्धित विभिन्न पक्षहरुमा तालीम–अभिमुखीकरण कार्यक्रम गरी यस सम्बन्धि आवश्यक कानून तथा नीति नियम बनाउन सवल र सक्षम बनाउन तूरुन्त पहल गर्नु पर्दछ। यसको साथै जिल्ला तथा स्थानिय निकायका सरकारी कर्मचारी, प्रेस जगत, मानव अधिकारबादी तथा नागरीक समाजका सम्बन्धित अगुवाईहरुका साथै स्थानिय जनताहरुलाई पनि यसबारे व्यापक रुपमा प्रचार–प्रशार गरी यो महासन्धिमा उल्लेखित प्रावधानहरुको प्रभावकारी कार्यान्वयन गर्न–गराउन दवाब दिनु पर्छ र यदि यसको उल्लघंन भएमा त्यसको बिरुद्ध उजुरी लाग्न सक्ने प्रावधान भएको कुरा पनि जानकारी गराउन आवश्यक छ। यि माथि उल्लेखित सवै कामहरु गर्दा केन्द्र देखि स्थानिय निकाय सम्म सवै प्रकारका मिडीया समूहलाई परिचालन गरि यस सम्बन्धि व्यापक प्रचार–पशार गर्नु आवश्यक छ। माथि उल्लेख गरे अनुसार यो महासन्धि सरकारले अनुमोदन गर्नु राम्रो पक्ष हो तर यो आफैमा पूर्णता भने होइन। सवै भन्दा महत्वपूर्ण पाटो भनेको यसको सफल तथा प्रभावकारी कार्यान्वयन हो। यसको लागी नेपाल सरकार, सरकारका विभिन्न निकायहरु, नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जनजाति नेता तथा विज्ञहरु एवं जनजाति कार्यकर्ताहरु, दातृ–निकायहरु, विभिन्न संघ–संस्थाहरु, पत्रकारहरु आदि सवैको महत्वपूर्ण भूमिका रहन्छ।

Saturday, February 1, 2014

राजा ज्ञानेन्द्रको २०६१ माघ १९को शाही घोषणा

प्यारा देशवासीहरू,
१)श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ।
२) आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनःस्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौं। हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पुर्याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन्। सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले परिस्थिति निरन्तर बिग्रने क्रम चली नै रह्यो। राजनैतिको नाममा कानूनी राज्यको सर्वमान्य मर्यादा पनि भंग गर्ने प्रयास भए। बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा हाम्रा प्यारा जनताले सामाजिक, राजनैतिक एवं आर्थिक न्याय पाऊन् भन्ने हाम्रो चाहनाले मूर्तरूप लिन सकेन। जनहितमा निर्माण गरिएका विकासका पूर्वाधारसमेत ध्वस्त पार्नेजस्ता देश र जनविरोधी अपराध निरन्तर बढ्दै गए। आतंकवादविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति संगठित रूपमा प्रस्तुत हुनुपर्नेमा सत्ताको हानाथापमा लागेर सोझा कार्यकर्तालाई जनहितका लागि बनेका सुविधाहरू ध्वस्त पार्न उक्साउनुलाई नै नेताहरूले राजनैतिको नाम दिन थाले। यसरी निरन्तर बिग्रदै गएको अवस्थामा आतंककारी गतिविधिमा पूर्णविराम लगाएर शान्ति सुरक्षाको पुनःस्थापनाद्वारा जनचाहना पूरा गर्ने संकल्प लिनुपरेको छ।
प्यारा देशबासीहरू,
३) प्रजातन्त्र र प्रगति एक अर्काको परिपूरक हुन्। तर नेपालको विगत केही वर्षको तितो अनुभवले यसलाई असंगति सावित गर्ने चेष्टा गर्यो। सत्ताका लागि केन्द्रीत राजनीतिमा नै अल्मल्याएर बहुदलीय प्रजातन्त्रलाई अवमूल्यन गरियो। सरकार टिकाउने र फाल्ने होडमा संसदमा विकृति भित्र्याइयो। कुनै पनि प्रतिनिधिसभालाई आफ्नो अवधि पूरा गर्न दिइएन। प्रजातान्त्रिक प्रक्रिया बेथितिको निरन्तरताले अवरुद्ध हुन थाल्यो। जनताको आशा भंग गर्ने, भरोसा भत्काउने र प्रजातन्त्रमा नै वितृष्णा फैलाउने क्रम बढ्दै गयो। चुनाव गराउन नसकेपछि कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने अप्रजातान्त्रिक सरकारको अभ्यास सुरु गर्ने तारतम्य मिलाउन खोजियो। जनप्रतिनिधिहरूको शून्यता सिर्जना गर्न सबै दल लिखित रूपमा एकजुट भए, तर यो शून्यता हटाउन मिलेर काम गर्न भने सहमत भएनन्। राजनैतिक दलहरूको संलग्नता र सहमतिमा भएको जनप्रतिनिधित्वबिनाको शासन व्यवस्थाको चाँजोपाँजो जनचाहना तथा बहुदलीय प्रजातन्त्रको मर्यादा अनुकुल थिएन। त्यसैले शीघ्रतिशीघ्र जनप्रतिनिधित्व प्रणालीलाई क्रियाशिल तुल्याउने उद्देश्यले प्रजातन्त्रमा निष्ठा राख्ने सबैलाई हामीबाट आह्वान गरिबक्सेका थियौं। आमजनता, जेठा नागरिक, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलका नेतालाई पटकपटक भेटेर जनमत बुझ्ने र जनचाहना तथा देशको आवश्यकता सम्झाउने प्रयास पनि गरिएकै हो। नेपाल र नेपाली जनताले भोग्नु परिरहेको अशान्ति र ध्वंसात्मक गतिविधिको अन्त गरी देशलाई शान्तिपूर्ण अवस्थामा फर्काउन अब ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनता र नेपालका हितैषीहरूको एकमात्र चाहना भएको तथ्य पनि सम्झाइएकै हो। शान्ति सुरक्षा कायम गरी आमचुनाव गराउन विभिन्न दलका नेतालाई कार्यकारिणी अधिकारसहित मन्त्रिपरिषद् गठन गर्ने अवसर पनि पटकपटक दिइएकै हो। तर परिस्थितिमा सुधार आउन सकेन। मिलेर सरकार नचलाउने, सत्ता बाहिर जाने बित्तिकै सरकारको विरोधमा उत्रने संक्रामक रोगले राष्ट्रिय राजनीतिलाई सिकिस्त बनायो। प्रजातन्त्रसमक्ष आतंकवादले तेर्साएको एकदलीय निरकुंशताको चुनौतीलाई निष्तेज तुल्याउने गम्भीर प्रयास हुनै सकेन। राष्ट्रिय सुरक्षाका विषयमा हलुका टिप्पणी गर्ने बानी हटेन। देश र जनताको सुरक्षाका लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायका कर्तव्यनिष्ठ अधिकारी तथा जवानको देशभक्तिको सत्प्रयासमा बल पुर्याउने जिम्मेवारपन दलहरूमा देखिएन। देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त गर्न बहुदलीय प्रजातन्त्रवादीहरूबीच देशहितको बिन्दुमा निष्ठापूर्ण एकता कायम हुन सकेन। दलहरूले जनचाहनाअनुसार राष्ट्रिय प्राथमिकता ठम्याउन पनि सकेनन्।
४) नेपाली जनताले इतिहासमा यस्तो आतंक, सास्ती र शोषण कहिल्यै भोग्नुपरेको थिएन। अपराधीहरूबाट नै दण्डित हुनुपर्ने, आफ्नो वैध सम्पत्ति अपराधीले कब्जा गर्दा पनि जनताका नाममा सत्तामा पुगेकाहरूबाट संरक्षण पाउन नसक्ने, जनताको प्रतिनिधित्व गर्छु भन्ने दलहरू जनताको पक्षमा नउभिने दुरावस्था कुनै पनि प्रजातन्त्रले कहिल्यै पनि भोग्नुपरेको थिएन। नेपाली जनताको चाहना र राष्ट्र हितलाई बेवास्ता गरी प्रायोजित भीडलाई अघि सारेर व्यक्ति वा झुन्डको दुराग्रहलाई राष्ट्रिय एजेन्डा बनाउन सकिंदैन। देश र जनताको भविष्यप्रतिको दायित्वबोधले धेरैपटक घच्घच्यायो। परिस्थिति एउटा यस्तो नाजुक मोडमा आइपुग्यो, जब देश र जनताको हितमा जनभावनाबमोजिम निर्णय लिन हामी बाध्य हुनै पर्यो।
प्यारा देशबासीहरू,
५) राजा र जनताबीचको घनिष्ट सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्वाध सार्वभौमसत्ताको मुख्य कवच हो। देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय परम्पराको निरन्तरतामा लोकसम्मतिअनुसार चल्नु नै राजसंस्थाको अपरिवर्तनीय प्रतिबद्धता रहँदै आएको छ। अधिनायकवाद वा निरंकुशता शाहवंशीय राजतन्त्रात्मक संस्कारकै असंगति हुन्। सामाजिक न्यायमा हामी विश्वास गर्दछौ। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै सबै नेपालीको अटल विश्वास तथा अपरिवर्तनीय प्रतिबद्धता भएको तथ्यसँग हामीले आफूलाई आत्मसात गरेका छौ। शक्तिको केन्द्रीकरण प्रजातान्त्रिक मूल्यविपरीत हो भन्ने हाम्रो ठहर छ। माथिल्लो तहदेखि तल्लो तहसम्म निर्वाचित जनप्रतिनिधिहरूका निकायलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालनको सच्चा हकदार बनाएरमात्रै प्रजातन्त्रको सार्थक अभ्यास गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। कुनै पनि नेपालीले दुःख कष्ट भोग्नु नपरोस, सबैले सामाजिक, आर्थिक र राजनैतिक न्याय निर्वाध पाऊन् भन्ने हाम्रो चाहना छ। शासन सञ्चालनमा आफ्नो चाहनाको पूर्ण मान्यता तथा आफ्नो हितको पूर्ण संरक्षण भएको अनुभूति जनताले सधैं गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ। सबै देशभक्त प्रजातन्त्रवादीको संयुक्त निक्र्यौल, समझदारी र दूरदृष्टिबाट नेपाल अधिराज्यलाई परिपक्व प्रजातन्त्र र लोककल्याणकारी समाज निर्माणको फराकिलो राजमार्गमा उन्मुख गराउने हाम्रो चाहना छ। प्रजातन्त्रवादीहरूबीच राष्ट्रिय हितको मूल नीतिमा द्वन्द्व हुनै सक्तैन भन्ने हाम्रो ठहर छ।
६) नेपाल र नेपालीको हितका लागि दिगो शान्तिको पुनःस्थापना तथा सार्थक प्रजातन्त्रको अभ्यासबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन। राजसंस्था सस्तो लोकप्रीयताबाट होइन, नेपाल राष्ट्र र नेपाली जनताको सर्वोत्तम हित र निरन्तर उन्नतिबाट मात्रै निर्देशित रहन्छ। जनताको प्रभावकारी सुधारको चाहनालाई सबैले सम्मान गर्नै पर्दछ भन्ने हामीलाई लाग्दछ। कसैलाई पनि आफ्नो असहमति व्यक्त गर्न, निराशा प्रदर्शन गर्न हतियार उठाउने बाध्यता महसुस गर्नु नपरोस। जनताको शान्ति नखल्बलाईकन प्रभावकारी ढंगमा असहमति प्रदर्शन गर्ने अवसरको सुनिश्चितता होस भन्ने हाम्रो चाहना छ। प्रजातन्त्रको निष्ठापूर्ण अभ्यास, सार्थक बजारमुखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन नै जनताको स्पष्ट चाहना हो। प्रजातन्त्रको माध्यमबाट जनतालाई सुखी बनाउनु, युवापुस्तालाई उज्ज्वल भविष्यप्रति आश्वस्त तुल्याउनु र नेपाललाई विश्व समुदायमा सम्मानपूर्ण स्थान दिलाउनु नै हाम्रो एकमात्र चाहना हो। हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नै नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम रहन्छ, सुदृढ रहन्छ।
७) सार्वभौमसत्ता निहित नेपाली जनताको चाहनाबमोजिम देशमा सकेसम्म शान्ति सुरक्षा कायम गरी २०६१ सालभित्र प्रतिनिधिसभाको निर्वाचन प्रारम्भ गर्ने दायित्व निर्वाहको गम्भीर प्रयास हुन सकेन, मतदाता र दललाई निर्वाचनमा सहभागी हुन तयार पारेर कानूनी, व्यवस्थापकीय, प्राविधिक तयारीमा जुट्नुपर्नेमा चुनावको शाब्दिक रट लगाएर, मौखिक तत्परता र आतुरता देखाउनमा नै समय खेर फालियो। राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७को मर्म र भावनाअनुरूप संविधानको धारा २७को उपधारा ९३० लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशिल तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ। आगामी ३ वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ।
प्यारा देशबासी,
८) सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो। सफल प्रजातन्त्र नै सक्कली जनवाद हो। यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतंकित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा संकलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झूटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ। अब यस्ता देश र जनता विरोधी अपराधलाई कानूनबमोजिम कडा कारबाही गरिनेछ। हाम्रा सुरक्षाकर्मीलाई देश र जनताको हितमा अझै बढी सशक्त भई आतंकवाद समाप्त गरी शान्ति सुरक्षा पुनःस्थापना गर्न खटाइएको छ। मानव अधिकारको सम्मान र संरक्षणमा राज्यका सबै अङ्ग विशेषरूपमा सतर्क र सजग रहनुपर्दछ। तर राज्य र आतंककारीलाई एउटै तराजुमा तौलिनु न्यायोचित हुंदैन। प्रजातन्त्रमा विश्वास गर्ने सबै शान्तिप्रेमी नेपाली जनताले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सुरक्षाकर्मीलाई साथ दिएका छन् र दिने नै छन्।
९) बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनैतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौं। देशभक्तिको मिलनविन्दुमा आफ्नो विचार मुखरित गर्न, आकांक्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो। यो मौकाको उपयोग गरि राष्ट्रिय राजनैतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिनाभेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौ। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानूनले छाड्ने छैन।
प्यारा देशबासी,
१०) आतंकवाद विरुद्ध नेपालको संकल्पलाई सराहना गर्दै उदारतापूर्वक साथ दिइरहेका मित्र राष्ट्र, विकास प्रयासलाई अगाडि बढाई राख्न सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई हामी धन्यवाद दिन चाहन्छौं। भौगोलिक रूपमा परिभाषित हुनै नसक्ने आतंकवादको जोखिमलाई आज विश्व प्रजातन्त्रले समेत भोग्नुपरेको छ। वास्तवमा सानो देश जति सुरक्षित रहन्छ, जति स्थायित्व अनुभव गर्छ, जति सम्पन्न हुन्छ, त्यति नै त्यस क्षेत्र र स्वयम् विश्वको सुरक्षा, स्थायित्व र सम्पन्नता सुनिश्चित हुन्छ भन्ने अनुभूति विश्व समुदायले गरी नै सकेको छ। यसै अनुकुल नेपाल आफ्नो हितमा र विश्व प्रजातन्त्रको हितमा आतंकवादलाई निष्तेज तुल्याउन कटिबद्ध भएको छ। नेपाल आफ्नो लागि शान्ति चाहन्छ, छिमेकीहरू र दक्षिण एसियाका लागि शान्ति चाहन्छ, विश्व शान्तिमा टड्कारो भइसकेको जोखिम हटाउन शान्ति चाहन्छ।
११) यसै क्रममा, बहुदलीय प्रजातन्त्रमा हाम्रो प्रतिबद्धता अपरिवर्तनीय रहेको तथा आर्थिक र संस्थागत सुधार जारी रहने, सार्वजनिक खर्चको उपयोग तथा सार्वजनिक सेवा प्रणालीमा सुधारका प्रयास अझै प्रभावकारी ढंगमा कायमै राखिने, बैंकिङ अनुशासन पुनर्बहाली गरिने, गरिबी न्यूनीकरणसम्बन्धी रणनीति तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिने कुरा पनि उल्लेख गर्न चाहन्छौं। दिगो विकास अब नेपालको राष्ट्रिय एजेन्डा भएको छ। अब जनताको सुरक्षा र प्रजातन्त्रको भविष्यलाई जोखिममा पार्न दिइने छैन। नेपालविरुद्ध वा मित्रराष्ट्र विरुद्ध आतंकवादलाई नेपाली माटोमा आश्रय दिइने छैन। मित्रराष्ट्रहरूसँग वास्तविक र व्यवहारिक रूपमा आपसी हितका लागि सकारात्मक सम्बन्धमा जोड दिइनेछ।
१२) निरन्तर झांगिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दुषित बनाएकोमात्र होइन, प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ। परिणामस्वरूप कानूनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ। यसैले जनताको चाहना र सुशासनको प्रमुख आवश्यकता पूरा गर्न न्यायको सिद्धान्त उल्लंघन नहुने गरी भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम अविलम्ब चालिनेछ।
१३) प्रजातन्त्र जीवन शैली बनोस्, राजनीति प्रजातान्त्रिक मूल्य र मान्यताबमोजिम चलून्, सबैले सबै क्षेत्रमा प्रजातान्त्रिक विचार पद्धतिलाई इमानदारीपूर्वक अनुसरण गरून्, देश र जनताको हितले मात्रै सबैलाई सधैं निर्देशित गरोस् भन्ने नै हाम्रो चाहना हो। शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवम् विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीको भविष्यको परिकल्पना हो। मानव अधिकारको सम्मान र रक्षाले प्रजातान्त्रिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्नेमात्र हैन, २१ औं शताब्दी सुहाउँदो जीवन प्रणाली र सभ्यताको पनि विकास हुन्छ भन्ने हाम्रो विश्वास छ।
प्यारा देशबासीहरू,
१४) हामीबाट गरिबक्सेको निर्णयबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुन वा अल्मलिनुपर्दैन। आज नेपाल र नेपालीको भविष्यका लागि सर्वप्रथम हामी आफैंले कम्मर कसी अघि बढ्नुपरेको छ। स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन्। राष्ट्रिय हितको संवर्धनमा यसको विशेष भूमिका रहन्छ। शासन शैलीसँगै जीवन पद्धतिलाई नै प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चार माध्यमले सशक्त योगदान दिनेछन् भन्ने हामीले विश्वास लिएका छौं। यसै कुरालाई मनन् गरेर बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले आ(आफ्नो कर्तव्य पालन गर्नेछन र सबै देशबासीको साझा प्रयासबाट जनताको चाहना र देशको आवश्यकता पूरा हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौ।
१५) आज देशले स्पष्ट अठोट गरेको छ। यस अनुकूल निर्णय पनि भएको छ। अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ। देश आतंकवादको चपेटामा परेको बेलामा सम्पूर्ण शान्ति तथा प्रजातन्त्रप्रेमी जनता एक हुनै पर्छ। यसैले अब हामी सामूहिक विवेकबाट प्रभावित हौं, राष्ट्रिय दृष्टिकोणबाट परिचालित हौं। देश र जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन्। तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनुहुँदैन। २१ औं शताब्दीको विचार पद्धति पनि यही नै हो। नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहर्याउन चाहन्छौ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।
जय नेपाल।

Wednesday, January 8, 2014


पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्नु पाखण्डीपन.... :- प्रा.डा. गोपाल शिवाकोटी 

सामन्ती केन्द्रिकृत राज्य विस्तार गर्ने राजा पृथ्वीनारायण शाहको २९२ औं जन्म जयन्तीलाई यस वर्ष पनि कथित नागरिक समारोह समितिको नाममा विभिन्न कार्यक्रमहरु गर्ने कार्यक्रम सार्वजनिक भएको छ । साथै उनको जन्मदिन पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिनुपर्ने माग पनि दरबारले पोषण गरेका केही व्यक्ति तथा शक्तिहरुले गरेको देखिन्छ । यसै क्रममा स्वयं गणतान्त्रिक व्यवस्थामा मन्त्रीका रुपमा रहेका संस्कृति मन्त्री रामकुमार श्रेष्ठले राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने विडम्बनापुर्ण अभिव्यक्ति दिएर शाही शासनको औचित्य पुष्टि गर्ने प्रयास गरेपछि यो विषय पुनः विवादमा आएको छ ।
नेपालमा गणतन्त्रको स्थापना भएपछि पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिन छोडिएको हो । सरकारी स्तरबाटै कटौति गरिएको यो दिनलाई सार्वजनिक विदा दिनुपर्छ भन्ने मन्त्री स्वयंले विचार सार्वजनिक गर्नुले उनले यस अघिका सरकारका निर्णयहरुलाई अवज्ञा गरेका हुन् वा कर्मचारी सरकारकै नीति परिवर्तन भई पुनः शाह वंशको सत्तालाई पुनःस्थापित गर्नका लागी गरिएको प्रायोजित प्रचार हो भन्ने कुरामा समेत आशंका उत्पन्न भएको छ ।
निश्चय नै हिजोका शाही सत्ता र दरबारको आडमा लाभ लिनेहरु तथा पश्चगामी र आफुलाई राजतन्त्रवादी भन्नेहरुले पृथ्वीनारायण शाहको कार्यलाई एकिकरण ठान्नु, यसलाई महत्व दिई शाही शासनका जनविरोधी कार्यहरुको औचित्य पुष्टि गर्नु, संघियताको विरुद्ध केन्द्रिकृत सामन्ती सत्ता पुनस्र्थापना चाहनु स्वाभाविक र उनिहरुको आचरण अनुकुलको मानिए पनि एकजना मन्त्रीबाट नै यस किसिमका अभिव्यक्ति हुनुले गम्भिर प्रश्न उठ्नु स्वभाविकै हो । अहिले पनि पृथ्वीनारायण शाहको कार्य एकिकरण थियो कि साम्राज्यवादी थियो भन्ने बारेमा बहस चलिरहेको अवस्थामा उनले एकिकरणको गरेको भनि देवत्व प्रदान गर्ने र महान व्यक्तिको रुपमा प्रस्तुत गर्ने काम पाखण्डपुर्ण हो ।
राज्यको पुनर्सरचना, गणतन्त्रको संस्थाकरण तथा सबै जाती–जनजातीलाई राष्ट्रिय मुलप्रवाहमा ल्याउने तथा सामन्ती अवशेषहरुलाई समाप्त गरि मुलुकलाई जनवादीकरणको अभियानमा मुलुक रहेको अवस्थामा पृथ्वीनारायण जस्ता व्यक्तिलाई महान् बनाएर पुजाआजा गरि देवत्व प्रदान गर्ने, जुन षडयन्त्रको रुपमा यो कार्य भएको छ, यसप्रति सचेत व्यक्ति र शक्तिहरुले सतर्क हुन समेत आवश्यक देखिएको छ । पृथ्वीनारायण शाहलाई जुन किसिमले प्रस्तुत गरिएको छ, वुद्धिमान, दुरदर्शी भएको भनि देखाउने प्रयास भएको छ ती सम्पुर्ण मिथ्यामात्र हुन् । पृथ्वीनारायण शाह अत्यन्त क्रुर विलासी, धनपिपाशु, युद्धपिपाशु, अविवेकी तथा षड्यन्त्रकारी र विश्वास गर्ने नसकिने व्यक्ति र गोरखनाथको आर्शिवादको भ्रम फलाउने जोगी सन्यासीलाई एजेन्टका रुपमा प्रयोग गर्ने धुर्त व्यक्ति थिए भन्ने कुरा उनका गराई र भनाईले देखिएको छ ।
उनको उपदेश भनि जुन प्रचार गराइएको छ, त्यो पृथ्वीनारायण शाहको भनिएको दिव्योपदेश स्वयं नै नक्कली भएको कुरा समेत पुष्टि भएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी भएको छ । निश्चय नै पृथ्वीनारायण शाह अत्यन्तै महत्वकांक्षी व्यक्ति थिए भन्ने कुरामा सन्देह रहन्न । तर उनी षड्यन्त्रकारी, सम्पतिका लागी जे पनि गर्ने व्यक्तिको रुपमा स्थापित भएका छन् । उनले १४ वर्ष कै उमेरमा विवाह गरेकी मकवानपुरका हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग नौलखा हार तथा हात्ति दाइजोमा नदिएको भनी श्रीमतीलाई छोडेर हिडेको तथा यहि दाइजो नदिएकाले जेठान दिग्बन्धन सेनलाई नौ वर्षसम्म बन्दी बनाएको कुराले उनलाई श्रीमति भन्दा पनि सम्पत्ति वा दाइजोमा आँखा लागेकोले उनको सम्पत्तिप्रतिको आशक्ति स्वतः प्रष्ट भएको देखिन्छ ।
काठमाडौ उपत्यकामाथिको आक्रमणसमेत एकिकरणको उद्देश्यले भएको थिएन भन्ने कुरा उनकै दिव्योपदेशले समेत पुष्टि गर्दछ । उनले फुलचोकी आएर काठमाडौ उपत्यकालाई हेर्दा यहाँ फलेको धान र सम्पदालाई देख्दा यो मुलुक जित्न पाए हुथ्यो भनि उनलाई लागेको भन्ने कुराले काठमाडौमाथिको आक्रमण एकिकरणको लागी नभएर धनसम्पत्ति प्राप्त गर्न र जोड्नका लागी नै भएको कुरा प्रमाणित हुन्छ । उपत्यकाको वैभव आफ्नो नियन्त्रणमा लिनका लागी कसैले युद्ध गर्दछ भने त्यसलाई एकिकरणको लागी भन्नु कतिसम्म पाखण्डीपुर्ण हो भन्ने कुरा स्वभाविक रुपमा बुझ्न सकिन्छ ।
पृथ्वीनारायण शाहको विजय अभियान एकिकरणको लागी नभएर अन्य राज्यमाथि विजय प्राप्त गर्ने साम्राज्यवादी र विस्तारवादी अभियान थियो । उनले १७४३ मा नुवाकोटबाट सुरु गरेको यो अभियान १७७५ मा उनको मृत्यु पर्यन्त जारी रहेकोले उनि कति युद्धपिपाशु थिए भन्ने पनि देखिएको छ । उनले १७७५ मा किराँत क्षेत्रलाई विजय प्राप्त गरी गरेको असमान सम्झौताको मिति भाद्र २२ लाई अहिले पनि किराँत क्षेत्रमा कालो दिवसको रुपमा मनाइने गरिन्छ र यो सम्झौतालाई खारेज गर्ने माग पनि भइरहेको अवस्था छ । पृथ्वीनारायण शाह र उनका सन्तानहरुले गरेको राज्य विस्तारलाई लिएर तराइ क्षेत्रले आफुलाई गोर्खाले उपनिवेश बनाएको भन्ने छाप अहिलेसम्म पनि पर्दै आएको छ भने कर्णाली प्रदेश र अझै खास गरी जुम्लाले गोर्खालीहरुलाई लुटाहाहरुको रुपमा हेर्ने गरेको पाइन्छ ।
यसैले किराँत, मधेस, कर्णाली लगायतका सबै क्षेत्रहरु र अझै उपत्यकासमेत आफुलाई पृथ्वीनारायण शाहका सन्तानले उपनिवेश बनाएको भनी ठान्दैछन् भने यसलाई कसरी एकिकरण भन्न सकिन्छ ? एकिकरण भनेको त अमेरीकामा जर्ज वासिङ्टनले १३ वटा राज्यलाई संयुक्त बनाउदा गरेको सम्झौतालाई लिन सकिन्छ । उनले ति राज्यहरुलाई समान हक दिएका थिए भने विस्मार्कले पनि विभाजित जर्मनलाई एक ठाउँमा ल्याउने काम गरेका थिए । एकिकरण समान इच्छा भएकाहरुलाई एक ठाउँमा ल्याई जित–जितको रुपमा राज्य स्थापित गर्ने कार्य हो । यो बन्दुक र शक्तिका भरमा अरुमाथि अभिपत्य स्थापित गर्ने विषय होइन ।
अहिले पनि नेपालको विस्तार काँगडासम्म भएको भनी दावा गरिन्छ तर नेपालको सो क्षेत्र एकिकरण भएको भए अंग्रेजसँगको सुगौलि सन्धिपछि त्यो क्षेत्रका मानिसहरुले विद्रोह गर्नुपर्ने थियो । तर त्यसो नगरी त्यस क्षेत्रमा रहेका २ लाख सेनासमेत अंग्रेजी सेनासँग मिलि सो क्षेत्र अंग्रेज अन्तर्गत सुदृढ गराउन लागिपरेकाले पनि यो एकिकरण नभएर साम्राज्य विस्तार मात्र थियो भन्ने प्रमाणित हुन्छ । पृथ्वीनारायण र उनका सन्तानहरुले राज्य विस्तारका क्रममा अनेक जाति, जनजातीमाथि आधिपत्य कायम गरि उनिहरुका संस्कृति र पहिचानलाई नै समाप्त गरिदिए अर्थात् शाही शासक वर्गको हुकुमत्वले गर्दा यी जाती जनजाती आदिवासी, धर्म आदिको पहिचान दबिन पुगेको थियो ।
यी सबै पहिचानलाई जर्वजस्ती केन्द्रिकृत गर्नका लागी ४ वर्ण ३६ जातको फुलबारी भन्नेजस्ता पाखण्डपुर्ण शब्दहरुको आवरणमा राष्ट्रिय पहिचानलाई नै थिच्ने र दबाउने काम भएको थियो । नेपालको राष्ट्र निर्माण जुन भनिन्छ यो राष्ट्रनिर्माण नभएर खुकुरीको बलमा अन्य राष्ट्रमाथि गरिएको दमनबाट बलात् एक ठाउँमा विलय गर्ने प्रयास मात्र थियो । यसको अन्तिम प्रयास महेन्द्र शाहले एक भाषा एक भेष, एक संस्कृतिको रुपमा ल्याउने अन्तिम प्रयास गरेका थिए । अहिले भएको पहिचानको संघर्ष यही गोर्खाली साम्राज्यवाद र विस्तारवादको प्रतिक्रियाको रुपमा बाहिर आएको हो ।
अहिलेको संघियता र पहिचान जातीय पहिचानको आन्दोलन वास्तवमा शाही साम्राज्यवादले खडा गरेको उपनिवेशिक स्थितिको विरुद्धको विद्रोह हो, यो राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय मुक्ति, जातीय मुक्तिको अभियान हो । उनले लमजुङ्गलाई झुक्याउने र तनहुँ बोनसको रुपमा लमजुङ्गलाई दिने आश्वासन दिएर साम्राज्य खडा गरेका थिए । यो लमजुङ्गका राजासँग गरेको सम्झौताले समेत उनको अभियान एकिकरणको अभियान नभई विस्तारवादी अभियान थियो भन्ने कुरा पुष्टी हुन्छ । उपत्यकामाथिको विजय पनि उनले छलछामपूर्ण तरिकाबाट गरेको देखिन्छ ।
किर्तिपुरको युद्धमा कालु पाण्डेको सैनिकहरुमा बढ्दै गएको प्रभाव र काठमाडौ जिते लमजुङ्गलाई तनहुँ दिनुपर्ने सम्झौता कार्यान्वयन नगराउनका लागी उनले नै कालुपाण्डेको युद्धमा हत्या गराएका थिए भनिन्छ । उनको युद्धमा देब्रे आखाँमा तीर लागेर फुटेपछि आफ्नो राज्यमाथि खतरा देखी भाइहरुलाई देश निकाला गर्ने, कालु पाण्डेको हत्या गर्नेजस्ता कार्य गराएका थिए । साथै किर्तिपुर विजय गराएपछि त्यहाँका जनतालाई आतंकित पार्नका लागी आफ्नो अधिनस्त स्वीकार गरिसकेका जनताको नाक र कान काटेकाले उनि कति क्रुर र नृस्रंस थिए भन्ने कुरा प्रमाणित गरेका थिए ।
यस्तै कान्तिपुर जित्न जयप्रकाशका भाई भतिजा र रानीहरुलाई पछि शासनमा सहभागी बनाउने भनि जयप्रकाश विरुद्ध लगाएकाहरुले कान्तिपुर विजयको एक वर्षजति पछि आफ्नो शासनमा भागिदारी माग्न थालेपछि यी सबै भाइभारदार तथा रानीहरुलाई हनुमान ढोका दरबारको एक बैठक कोठामा राखेर बाहिरबाट ताल्चा लगाई आगो लगाई सबैको एक चिहान पारेकाले पनि उनी कतिसम्म क्रुर थिए भन्ने वुझन सकिन्छ । उनले भक्तपुरका राजा आफ्नै मित बाबुलाईसमेत छोडेका थिएनन् ।
काठमाडौंलाई विजय गर्न १२ वर्षसम्म घेराबन्दी गर्नेजस्ता कार्यले जनतालाई सकसमा पारेर उपत्यका विजय गर्नुलाई यदि कसैले एकिकरण देख्छ भने त्यस्ता व्यक्तिहरुको विवेकलाई के भन्न सकिन्छ र ? पृथ्वीनारायणलाई महान बनाउन दिव्योपदेशका परराष्ट्र नीति, आर्थिक नीतिहरुको उल्लेख गर्ने गरिन्छ तर यो दिव्योपदेशको मुख्य भाग पृथ्वीनारायण शाहले नुवाकोटमा दिएको नभई भिमसेन थापाले अंग्रेजसँगको युद्धको समयमा केयरसिंह बस्नेतद्धारा लेखाइएको दिव्योपदेशको संस्करणमात्र हो । पृथ्वीनारायणले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेको उत्तरतर्फको बादशाह र दक्षिणतर्फको बादशाहको बारेमा उल्लेख भएको छ ।
पृथ्वीनारायण शाहले यो उपदेश सन् १७७५ भन्दा ३० वर्षपछि सम्म नेपालले राज्य विस्तार गर्दै रहेको थियो भने १८१४ मा मात्र बेलायती साम्राज्यको उपस्थिति यस क्षेत्रमा भएको अवस्था थियो । यस्तो अवस्थामा कसरी उनले आफुलाई तरुल भन्छन् अनि दुईटा ढुङ्गाबीचको तरुल भन्ने कल्पना गर्छन र उनको सन्तानले ४० वर्षसम्म राज्य विस्तार गर्दै रहन्छन् यसतर्फ विचार गर्नु जरुरी छ । यो उत्तर र दक्षिणतर्फको समद्रीय सिद्धान्त पृथ्वीनारायणको नभएर भीमसेन थापाका सल्लाहकार केयरसिंह बस्नेतको तत्कालिन परिवेशको सन्दर्भमा प्रतिपादित सिद्धान्त हो । यस्तै रणनीतिमा झिकिकटक गर्नु जाईकटक नगर्नु भन्ने कुरा पनि पृथ्वीनारायणको कुरा होइन । साम्राज्य विस्तार गर्दा जाईकटक नै गर्नुपर्दछ । झिकिकटक त आफ्नो प्रतिरक्षात्मक युद्ध नीति हो ।
यो अंग्रेससँगको युद्धको लागी प्रतिरक्षात्मक युद्धको नीतिलाई पृथ्वीनारायणको टाउकोमा पगरी बाँधि देवत्व देखाउन खोजिएको छ । पृथ्वीनारायणले त बुद्धिनारायण राईविरुद्ध अंग्रेजसँग पूर्णियामा सम्झौता गरेका थिए । सिन्धुलीमा आएका अंग्रेज सेनालाई हराएका थिए । पृथ्वीनारायण शाह युद्धमा सबै खालका षड्यन्त्र गरि विजय प्राप्त गर्ने गर्दथे । यसैले यसलाई एकिकरणको रुप दिनु पृथ्वीनारायण शाहले उपनिवेश बनाएका जाती, जनजाती क्षेत्रमाथिको अन्यायलाई औचित्यसिद्ध गर्न खोज्नुमात्र हो । अहिले यो अभियान खास गरि पहिचानसहितको संघियता विरोधिहरु र मुलुकमा शाहवंशका ताबेदारी गरी फाइदा लिनेहरुको हो ।
अहिलेसम्म लेखिएको इतिहास पनि दरबारले लेखाएको हो र यी माथि उल्लेख गरेका कुराहरु केहि इतिहासमा देखिएका झलकमात्र हुन् । यसैले नेपालको इतिहास लेखिएमा शाहवंश के र कस्तो थियो भन्ने कुरा जान्न सकिने हुदाँ यस अवसरमा नेपालको इतिहासको पुनर्लेखन गर्नु, पुनः अनुशिलन गर्नुपर्दछ । केहि व्यक्तिले संवेदनशिल राष्ट्रियताको भावनालाई ब्ल्याकमेलिङ्ग गरि शाहवंशलाई पुनः देवत्व प्रदान गर्न र उनिहरुका जनताविरुद्धका अविवेकपुर्ण क्रुरतालाई ढाकछोप गर्ने जुन प्रयास गरिदैछ ।
यो गम्भिर विषय भएकोप्रति सचेत हुनुपर्दछ । केहि व्यक्तिले पृथ्वीनारायण नभएको भए नेपाल नै हुँदैनथ्योजस्ता तर्कसमेत अघि सारी नेपालको अस्तित्वसँग शाहवंशलाई जोड्नेजस्ता कार्य पनि गदै आईहरेका छन्, तर उनी नभएको भए कुनै अर्काे नारायणले यदि मुलुकको आवश्यकता भए एकिकरण पनि गर्दथ्यो र त्यो एकिकरणले नेपालको स्वरुप समेत फरक हुन सक्थ्यो । यो अहिलेको नेपाल भन्दा पनि समृद्ध र जनमैत्रि नेपाल बन्न सक्थ्यो भनि किन विर्सने ? राष्ट्रनिर्माता व्यक्ति नभएर जनता हुन् । व्यक्तिले पनि यसलाई उत्प्रेरित र नेतृत्व गर्दछ ।
एउटा अविवेकी क्रुर षड्यन्त्रकारी, युद्धपिपाशु, सम्पत्ति र सोखका लागी जे पनि गर्न चाहने व्यक्तिबाट उसै अनुकुलको राज्य बन्न सक्छ र बन्यो पनि । त्यसबाट मुक्ति पाउन दुई सय वर्षभन्दा बढी नेपालीले संघर्ष गर्नु परेको र विश्वकै अत्यन्त समृद्ध मुलुक कंगाल पनि यसै वंशको कारणले बन्न पुगेको कुरा पनि विर्सनु हुदैन ।
राजधानी बाट.........

Monday, November 25, 2013

किरात धर्म के हो र किन मान्ने ?


किरातीहरु सर्वप्रथम आगो हावा पानी माटो आकाश मान्ने भएकोले प्रकृतिक पुजक हुन । किराती समाजमा येहाडले किराती रक्षाको लागि दिएको धर्म दर्शनलाई पुणता दिने कार्य महिगुम अंसिमामाड फाल्गुनन्द लिडदेनले आपनो जिवन भर गर्नु भयो । जति पनि लोप भएका जिवन र जगतको विषयमा विश्लेषणात्मक सोचाई राख्ने प्रमुख आधार मध्ये अध्यात्मिक माध्यम एक प्रमुख हो । हुन त आजको २१ औ शताव्दीमा आएर धर्म भनेको केवल आस्था र विश्वाश हो । हामीले – किरुत भाषामा तागेरानिवाभुमाङृ वा माङृ भन्छौ भने कसैले ईश्वर भगवान गड अल्लाह आदी भन्ने गर्दछन ।

उनै सृष्टिकत्र्ताले समयको अन्तरालमा सृष्टिको कान्छो सन्तान मानवको रुपमाकसैको छोराको रुपमा कसैको बाबुको रुपमा कसैको पतिको रुपमा कोही ब्रम्हचारी त कोही संसारीक जिवन भएर दिएर गए । तापनि उनीहरुले बोलेका कुराहरु जिवित नै छन । संसारको कुनै पनि भागमा जव अज्ञानता र पापहरुले भरिन्छ तव सो ठाउँमा वसेावास गर्नै मानव जातिको कुल वंशमा माध्र सयम ज्ञानको ज्योति लिएर आज यस संसारमा पाप संधार गर्न मानव खोक्रोमा ज्ञानीबिरपराक्रमी मानिस भई जन्म लिएर आएको पाइन्छ । जस्तै राम कृष्ण यशु सावायेहाङृ,लेप्मुहाङृ,कान्देडहाङृ,मावोहाङृ,श्रीजङृ फाल्गुनन्द र वर्तमान अडसिमाङृ आत्मानन्द लिङृदेन । वास्तविककत्र्तामा हेर्ने हो भने व्यक्ति परिवार जातिसंम्प्रदायमा टुडगिने गर्दछ । तसर्थ कुनै पनि धर्मले विश्व शान्ति तथा मानबताको विस्तृत ब्याख्या गर्नै क्रममा मौलिक पहिचानलाई सर्वोपरि ठानेको हुन्छ ।

त्यही मौलिकतालाई उजागर गर्नै क्रममा त्यो धर्मको दर्शन निमार्ण भएको हुन्छ । जहाँ त्यस जाती एवं संम्प्रदायलाई चिनाउने संस्कार संस्कृति भाषालिपि मात्र जिवित नभई सिगो मानवत नै वाँचेको हुन्छ । यदि सवैले सत्य स्वीकार्ने हो भने ईश्वर माध्र एक छन । ईश्वरको लागि कनै भेदभाव छैन कुनै साँध सिमाना छैन कुनै जात भात छैन ।धर्म त सधै सत्यपवित्र छ न्याय पि्रय छ । तर मानिसले धर्मको आडमा आफ्नो इच्छालोभ वास्नाअह्कार स्वार्थको परिपुर्ति गर्न शुरु गरेको देखिन्छ । मान्छेले जन्माएको सामाजिक विकृतीहरुलाई अन्त्य गर्न चाहने क्रान्त्रिकारी छ । धर्मले अन्याय अत्याचारको विरोध गर्ने न्यायकारी मान्छेको जन्म दिएको छ । यसमा कोही धनिगरिव,सानोठुलो,जातपातको भेदभावलाई हटाउने समानताको पक्षपाती छ । सधै सुचो सत्य सहि कुरालाई मान्यता प्रदान गर्ने वैज्ञानिक छ । सत्य भन्नु नै विज्ञान हो किनकी विज्ञान भन्नु नै जुचेरनिरिक्षण गरेर प्रयोग गरेर सत्यता सावित गर्नु हो । विज्ञान र धर्म एक अर्कामा परि पुरक हुन । त्यसैले हामी भन्ने गछौ ध्यान विना ज्ञान र ज्ञान विनाको विज्ञान हुन सम्भव छैन ।

किरुत धर्मलाई विगत दिनहरुमा नयु धर्मको रुपमा बूझिन्थ्यो बूझाइन्थ्यो तर शताब्दीया देखि जति बेला आज जस्तो लिम्वु राई मगर गुरुङृ सुनवार धिमाल इत्यादी भने झै वेगल जात र वेगल थर थिएन त्यस वेला नै अस्तित्वमा रहेको यो धर्मको नामाकरण न्वारान भने महिगुम अडसिमाङृ फाल्गनन्द लिङृदेनले भविस्यवाणी गर्नू भए झै वर्तमान धर्मगुरु आत्मानन्द लिङृदेन ज्यूब्ारा नामाकरण हन पगेको हो । किरात धर्म किराती हँ भनेर दावी गर्ने सम्पूर्ण जातको परिवेशमा हर्केको यो किरात धर्म कूनै जाति विशेषपन्थ विशेषमा मात्र आवद्ध छैन किनकी यो आफैमा विविध संस्कार सस्कृति भाषालिपी भएको एक छुट्टै दर्शन भएको धर्म हो । हून सक्ला यसमा कूनै जाती बिशेषको जस्को विविध पक्षमा बहूल्यता होला तर त्यो नै सर्वोपरि र पुर्णता ठान्नू हुदैन ।

ओत तागेरानिङृवाभ माङृ ईश्वरलाई पुज्ने मनाउने भावना पोख्ने एवं मागराख्ने इत्यादी क्रममा किरातीहरुको जातिय भिन्नता अनुसार देशकालपरिस्थिती अनुसार मौलिकता ठानी संस्कार संस्कृती एवं भाषालिपीलाई मुख्य नजर राख्दै जे जसरी सेवा गरे पनि त्यो किरात धर्म नै हो । कर्म काण्डमा विविध कारणले परिबर्तन आउन सक्छ । तर दर्शन अपरिर्वतनिय रुपमा रहि रहेको हुन्छ । त्यसैले बर्तमान किरात धर्मले अगाडी ल्याउन चुहेको वास्तविक पक्ष के हो सत्य पक्ष के हो के कुरालाई अगाडी ल्याउन खोजिएको छ । के को लागि जुटाउन खोजिएको हो यस धर्म भित्रको साक्षात पक्षहरु के हुन आदि इत्यादी खोतल्न गहिरिएर लाग्नु पर्ने दिन आई सकेको छ । वर्तमान अवस्थामा किरात धर्म भित्रका कर्म काण्डिय पक्षमा वादविवाद गर्नतर्क वितर्क गर्नु भन्दा किरात धर्म दर्शन वारे चिन्तन मनन गर्नु यसलाई युग युगान्तरसम्म बचाउदै सर्वत्र मानव उपयोगी कार्यमा लाग्नु आजको आवश्यकता हो । सायद यसैमा किरातहरुको भलाई हुने छ अस्तित्व बुचि रहने छ । र बुद्धि- मानी पनि ठहर्ने छ । साथै किरात भएर किराती हुनुमा गर्व गर्न सकिने छ ।

कुनै पनि धर्मको जड भनेको दर्शन पक्ष नै मुल पक्ष हो । धर्म र दर्शन विच कटु सत्य सम्वन्ध रहि रहेको हुन्छ । अर्को तर्फ विस्रनै नहुने सवल पक्ष भनेको दर्शन दाता अर्को अभिन्न पक्ष हो । किरात धर्म भित्र पनि दार्शनिक पक्ष भनु या त दर्शन दाता । उहाँहरुको विषयमा कलम चलाउदा केवल शुरु मात्र हुन्छ अन्त्य हुन गाह्रो वा धरै समय लाग्छ अत सेकेन्ड मिनेट घण्टा संक्षेपमा कुरालाई पुरा गर्न मात्र होइन पारदर्शक बनाउन दर्शनदाताहरुको उल्लेख गर्नु पर्ने हुन्छ ।

इतिहासको पानामा सुनौलो अक्षरले अंकित भएको किरात सभ्यता किरात शाशन, किरात राज्य, किरात भूमि १६ सय वर्ष भन्दा बढि शाशन गरि वर्तमानमा छिन्न भिन्न अवस्थामा रहेको किरातीहरुको किरात धर्म मानव श्रीष्टीको शुरुवातसगै शाशन र शाशकको थिचाई मिचाईर किचाईमा परेता पनि ‘सत्य कहिल्यै मदैन’ भने झै आजको घडिसम्म सत्यलाई बचाउने क्रममा हाम्रो किरात मुन्धुममा दर्शन दाताहरु क्रमशः सावायेहाङृ सोधुगेन लेप्मुहाङृ कान्देनहाङृ मावोहाङृ श्रीजङृगा फाल्गुनन्द र र्वतमानमा आडसिमाङृ आत्मनन्द लिङृदेन हुनुहुन्छ।

संसारको विषयमा हर्नै हो भने विभिन्न धर्महरुको हस्तिहरुले मानवहरुले धर्मलाई खाई पचाई आफ्‍नो कुरा सवै संरक्षित गरि अरुलाई लोभ्याउदैछन । पृथ्वी हैन चन्द्रमामा बस्ती बसालौ भन्दैछन । २१ औ वर्ष अगाडी क्राइस्ट जन्मेको २५ औ बर्ष अगाडी वुद्ध जन्मेको त्यस्तै गरि मोहम्मद राम कृष्णहरु यस संसारमा जन्मेर मरेर गए तर आज उनीहरुको वाणिलाई सन्चित वा जिउदो राख्न लाखौ करोडौ पर्नै चर्च गुम्वा मस्जितहरु असंख्यामा वनाइएको छ किन बनाइयो होला । किन रात दिन भक्तजनहरु पुजा आर्चना गरि सेवा गरेका छन । आपनो जय जेथाले भ्याएसम्म खुलेर आर्थिक सहयोग पनि गरेका प्रसस्तै सुन्नपढन पाएका छौ । तर आपनो धर्मको निम्ति छेपारोको कथा झै पानी पर्दा मात्रै घर चाहिने अन्य वेला चाही कागतालीमा हिडने हामी किरुतीहरु आपनो धर्म भाषा लिपि संस्कार सस्कृतीको कुनै प्रभाह नराखी यो वा त्यो भन्दै आफुले आफैलाई नचिनी इतिहास मेट्न खोज्दै छौ ।

आफुलाई आधुनिक विचारवादी,विज्ञानवादी भन्नेहरु खोज,अध्यन,अनुसन्धान नै नगरी किरातहरु अरे र भरेको भरमा अन्धविस्वासमा हिडेको देखिन्छ । मृगले मर्नै वेलामा आफ्‍नो विन्दामा थुतुनो परे झै हामी किरुतीहरु पनि मरे पछि कता छ पुजारी कता छ वेद कता छ सस्कार भन्दै दिउसै वत्ती वालेर खोज्ने वेला आएको छ । जस्तो जलन्त उदाहरण यहाँहरुले देखि सक्नु भएको छ ।

तसर्थ अरे र भरेको पछि नलागी यथार्थ के हो मुल्याङृकन परिक्षण खोज,अनुसन्धान,अध्यन गरि विज्ञानवादी वनि आउदो दिनहरुमा लागौ भन्ने मेरो अनुरोध गर्दै माड सेवा टक्राउद छु।

सेवारो ।

Monday, November 4, 2013

मुन्धुममा मानव उत्पत्ति र साप्पोक चोमेन सेवा

तेजबहादुर थङलङ

किरात जाति नेपालका प्राचिन जाति हुन् । तिनै किरातका पवित्र धर्मग्रन्थ मुन्धुमअनुसार मुनातेम्बेमा तागेरा निङवाभूमाङले र्सवप्रथम मानव सृष्टि गरेे । त्यो पहिलो मानव मुजिना खेयङना नामक महिला थिइन् । मुजिना खेयङनाको सृष्टिभन्दा पहिले पृथ्वीमा देवता र दानव मात्र थिए ।

मुजिना खेयङना बिस्तारै तरुनी हु“दै गइन् । जवानीले छोएकाले उनलाई जीवनमा केही कुराको अभाव भएको महसुस हुन थाल्यो । एक्लो भएको महसुस हुन थाल्यो । मनभरि विरह मडारिएकाले उनलाई कहिले गीत गाऔं त कहिले हा“सिरहु“जस्तो हुन थाल्यो । त्यसैले उनी कहिले सुसेली हाल्दै गीत गाउ“थी त कहिले पात बजाउ“थिन् । दिनचर्या यसरी नै बित्न थाल्यो ।

एक दिन पर्ूवतिर जा“दा एउटा बाँङ्गो रुख भेटिन् । र, त्यस रुखमा चढेर सुइसुइला खेल्दै हात र खुट्टा नचाउन थालिन् । त्यो बेला मन्दगतिमा चलिरहेको वतासले उनको अंगअंगमा स्पर्षगर्‍यो । जसले उनलाई आनन्द अनुभूति गरायो । अचम्मको घटना ! त्यो वतासमा त सुसुवेङ लालावेङ केजङगेन सरित -पतिदेव) लीन भई बगेको रहेछ । त्यही वतासको स्पर्षे मुजिना खेयङना गर्भवती हुन पुगिन् । र, युक्पुङगेन सावानगेम्बा नामक शिशुका जन्म भयो । युक्पुङगेन साँवानगेम्बा तन्नेरी हुँदै गएपछि उनी कहिले उत्तरका पर्वत त कहिले दक्षिणी मैदानी भू-भागतिर डुल्न थाले । यसरी उत्तरतिर जा“दा फियामलुङमा नामक सुन्दरी युवतीस“ग उनको भेट भयो । यही क्रममा उनीहरू विवाह बन्धनमा बा“धिए । उनीहरूको स्वयम्भुहाङ नामक छोरा भयो । सुत्केरी फियामलुङमाको स्याहारसुसारका लागि युक्पुङगेन सावानगेम्बा महिलाको खोजीमा पश्चिमतिर जा“दा दानवकी चेली सुसारीमा भन्ने केटी फेला पर्‍यो । उनले आफ्ना वेदना सुनाउ“दै सुसारीमालाई सहयोग गर्न अनुरोध गरे । सुसारिमाले अनुरोध स्वीकारिन् । सुसारिमाले फियामलुङमालाई स्याहारसुसार गर्ने क्रममा युक्पुङगेन सावानगेम्बा र सुसारीमाबीच प्रेम झा“गिन थाल्यो । र, उनीहरूले विवाह गरे । सुसारीमापट्ट िपनि साङदाङखेवा नामक शिशुको जन्म भयो ।

युक्पुङगेन साँवानगेम्बा आफ्ना कुकुरहरू लिएर केही समयपछि श्रीमतीहरूलाई बच्चाहरूको राम्रो हेरचार गर्ने सल्लाह दिएर दक्षिणी भू-भागतिर लागे । त्यहाँ घुम्नेडुल्ने क्रममा उनले एक दिन तान बुनिरहेकी सुन्दरी मुगुप्लुङमा देखे । उनीहरूबीच कुराकानी भयो । यही क्रममा रात पर्‍यो । त्यसैले उनीहरूले स“गै बास बस्ने निर्ण्र्ाागरे । त्यसरी रह“दा उनीहरूबीच शारीरिक सर्ंर्सग भयो । केही समयपछि मुगुप्लुङमाको कोखबाट लाहादङना नामको छोरीको जन्म भयो । सुत्केरी मुगुप्लुङमालाई स्याहारसुसारका लागि युक्पुङगेन सावानगेम्बा पश्चिमतिर जा“दा फन्दारीमा नाम गरेकी दानव केटी भेटे । ती केटीलाई उनले आफ्नो वृतान्त सुनाएपछि उनी मुगुप्लुङमाको स्याहारसुसार गर्न राजी भइन् । र, फन्दारीमालाई ल्याएर आए । सुत्केरीलाई स्याहारसुसार गर्दागर्दै फन्दारीमास“ग पनि युक्पुङगेन सावागेम्बाले वैवाह गरे । र, फन्दारीमाले पनि लिङदाङखेवामा नामक छोरी जन्माइन् । यसरी युक्पुङगेन सावानगेम्बाको चार जना श्रीमतीमध्ये मुगुप्लुङमा र फियामलुङमा देवगणका तथा सुसारीमा र फन्दारीमाहरू दानव गणका भए ।

मुगुप्लुङमा र फियामलुङमाका छोराछोरीहरू मानवीय स्वभावका भए भने सुसारीमा र फन्दारीमाका छोराछोरीहरू दानवीय स्वभावका भए । सुसारिमा र फन्दारिमाका सन्तान चन्द्रंवंशी र मुगुप्लुङमा र फियामलुङमाका सन्तान र्सर्ूयवंशी भए ।

लाहादङना र स्वयम्भुहाङ चेलीमाइती हुन् । ती चेलीमाईतीबीचमा दानव श्रीमतीतिरका सन्तान साङदाङखेवा र लिङदाङखेवाले षड्यन्त्र गरी वैवाहिक सम्बन्ध कायम गराए । र, स्वयम्भुहाङ र लाहादङनाको सन्तानका रुपमा सावायेहाङको जन्म भयो ।

यसरी मेन्छाङगेन नाम्याप्मी -र्सर्ूयवंशी) लामो समयसम्म पशु झैं रहे । आफ्नो-विरानो, नातागोता, साइनो, सम्बन्ध केही जानेनन् । धर्म, कर्म, संस्कार, संस्कृति जानेनन् । त्यसैले उनीहरुलाई मानवीय ज्ञान, वुद्धि, विवेक दिन तागेरा निङवाभूमाङ उनै येहाङको शरीरमा लीन भई ज्ञान र उपदेश दिन थाले ।

येहाङले जीवनमा धर्म, पाप गरे मृत्युपछि कहा“ पुगिन्छ - के हुन्छ - मानिस भई जन्मिएपछि कुन कर्म गर्दा यो लोक तथा परलोकमा सुःख, शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ भन्ने उपदेश दिए । येहाङको जन्मावतरणपछि किरात सन्ततिहरूमा धार्मिक ज्ञान र चेतनाको विकास हु“दै गयो । जसको कारण सम्पर्ूण्ा जीव तथा प्राणी जगतमा दया, माया, करुणा, प्रेम, सत्य, अहिंसा, शान्तिजस्ता मानवीयता विकासको हु“दै गयो । तर, उनले मानव कर्म, संस्कारका बारेमा ज्ञान दिएनन् । किनकि, येहाङको कालसम्म जन्म पर्ूवदेखि मृत्यु पर्यान्तसम्मका कर्म, संस्कार रहेको पाइ“दैन । त्यो समयमा मानिसको मृत्यु भए बेताबा“सको चोया काढी नाम्लो बनाई शवलाई नाम्लोले बोकी ढङ्गाको ओढारमा लगेर छाड्ने चलन थियो । त्यसैले आत्माले मुक्ति पाएन । यस्तो अवस्था खाप्पुना मुराङनाको समयसम्म रहेको पाइन्छ ।

मानवलाई त्यही कर्म, संस्कार सिकाउन येहाङपछि किरात कुलमा सावायेहाङ फेक्वा र सुसुम्नाको कोखबाट खाप्पुना मुरङना नामक नारीको जन्म भयो । उनका पानतुम्याङ र तेनतुम्याङ नामक दर्ुइ जना माइती थिए । उनीहरू बिस्तारै तरुनी तन्नेरी अवस्थमा प्रवेश गरे । चेली खाप्पुना मुरङनाको शरीरमा तागेरा निङवाभूमाङ कै साक्षात रुप युमा प्रकट भई अब यस्तो प्रकारको कर्म, संस्कारले आत्माले मुक्ति नपाउने ठहर गरी उनले प्राण त्यागिन् । र, पुनः अवतरण भई जन्म पर्ूवदेखि मृत्यु पर्यान्तसम्मको सम्पर्ूण्ा कर्म, संस्कार मानव जातिलाई सिकाए । उनै खाप्पुना मुरङनाले सिकाएको कर्म, संस्कार नै आजसम्म किरात जातिले मौलिक परम्पराको रुपमा रहेको छ । तर, समयको चक्रस“गै घुम्दै जा“दा संस्कार एवं संस्कृतिमा विकृति तथा विसंगति हुने गर्दछ । जसका कारण मानिसमा आसुरी प्रवृत्तिको विकास हु“ंदै जान्छ । जसको फलस्वरुप दुःखको सागरमा डुबुल्की मार्न पुग्दछन् । यद्यपि, त्यो समाजको सुधारका लागि देवदूतको रुपमा महात्माहरूको जन्मावतरण हुने गर्दछ । किरात कुलमा येहाङ, सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिङगुम अङसीमाङ फाल्गुनन्द र मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द'सेइङ’ सहित सात जना महात्माहरूको जन्मावतरण भइसकेको छ । तिनै महात्माहरूले प्रतिपादन एवं संरक्षण गरेको किरात धर्मदर्शनका कर्म, संस्कारमध्ये साप्पोक चोमेन र्-गर्भसेवा) को महत्व र त्यस सेवामा पुजिने देवताहरूको चर्चा गरिएको छ ।
साप्पोक चोमेन सेवाको महत्व

मानिसको अङ्ग रक्षाका लागि गरिने कर्महरूमध्ये सबैभन्दा पहिले साप्पोक चोमेन सेवा गरिन्छ । यस सेवामा वगङमा, पक्चानामा, कुदापमाङ, खनजःमा र पुङसाम, युमा, हिम्माङ र थेबाको सेवा गरिन्छ ।
मानिसको जीवन बोटबिरुवाजस्तै हो । पृथ्वीमा बालीनाली, बोटबिरुवा लगाउँछौं । बोटबिरुवालाई सुरक्षित राख्न घेराबारा गर्नु पर्दछ । किरा, फट्याङ्ग्राबाट जोगाउन विषादी प्रयोग गरिन्छ । यसो गरिएन भने बोटाबिरुवालाई पशुप्राणी, किरा, फट्याङ्ग्राले नाश गर्दछ । त्यस्तै, मानव जीवनको सुरक्षाका लागि पनि घेराबार लगाउनु पर्दछ । त्यो घेराबार विभिन्न सेवा, पूजा हुन् । जो जीवन रक्षा र लोक कल्याणका लागि गरिन्छ । जीवन रक्षा र लेाक कल्याणका लागि गरिने सेवामध्ये सबैभन्दा पहिले साप्पोक चोमेन गरिन्छ ।
साप्पोक चोमेन महिला गर्भवती भएको पाँच वा छ महिनामा आमा र गर्भभित्रको शिशुको रक्षाका निम्ति गरिने सेवा हो । शिशु गर्भमा रहञ्जेलसम्म भूतप्रेत, वायु, मच, सेहे, जागित्रा, मसानजस्ता नराम्रा पक्षले दुःख नदेओस् भनी साप्पोक चोमेन सेवा गरिन्छ । किरात धर्मदर्शनअनुसार यो सेवा गर्नु अपरिहार्य छ ।
सेवा गर्ने विधि ः

क) वगङमा

यस देवताहरूलाई सेवा गर्दा घर नजिकको प“धेरो वा पानीको मूल अथवा खोल्सी भएको ठाउ“मा गर्नु पर्दछ । पानीमा साङ्भे -बा“सको भाटाको पुलजस्तो) बनाएर यसमाथि माटो राखी सम्याउनु पर्दछ । र, त्यसको बीचमा रेखा कोरी साङभेलाई दर्ुइ भागमा विभाजन गर्नु पर्दछ । दायातिर वगङमालाई दर्ुइ जोर लासो राखी एउटा ढुङ्गा, एउटा लिङ्गो गाड्न पर्दछ । ढुंगालाई धागोको तीन फेरा लागाउनु पर्छ भने लिङ्गोमा सेतो ध्वजा झुण्ड्याउनु पर्छ । त्यहा“ प्रसाद चढाउने र वजङ फूङजङ बनाई सेवा गर्नु पर्दछ ।
ख) पक्चानामा

साङभेको बायातिर एउटा ढुङ्गा र एउटा लिङगो गाडी धागोले बर्ेर्ने । साथै, एउटा चिण्डो फुर्टाई त्यसको मुखतिर चार वटा प्वाल पारी भाटाको सिन्का त्यो प्वालमा छिराउने र पा“च रंगको धागो चिण्डोको वरीपरी बुन्ने । त्यसलाई मेरिहेम्बाङ भनिन्छ । त्यसको चारै सुरमा का“चो काठको मसिनु कर्दा बनाई धागोको उझिण्डो लगाई झुण्ड्याउने । त्यो चिण्डोको बीचमा दर्ुइ जोर लासो राखी फूल अक्षता र फलाहार चढाउनु पर्दछ । र, चोमेन्दाङको कपडा राखी सेवासाबाले सेवा गरिदिने ।
ग) कुदापमाङ

कुदापमाङ गर्दा एउटा लिङ्गो, ढुंगा र कोलाको पातको पा“च वटा लासो राख्ने । साथै, कुदुरा ढोकेअगाडि दर्ुइ जोर गरी जम्मा सात जोर लासो राखी एउटा सानो हरियो बा“सको हा“गाको घोङग्रीङ झैं थुङ्गा-थुङ्गा भएको पा“च तलाको खिप्ने । र, त्यसलाई पा“च चिरा बनाउने । त्यो थुङ्गाको पछाडिपट्ट िबनेर गाड्ने । त्यसलाई धागोले पा“च फन्का बर्ेर्ने । त्यसलाई एपलाङवा भनिन्छ । र, वजङ, फूङजङ, धूप, कोइला, सलेदोलगायत सबै आवश्यक सामग्री चर्ढाई साप्पोक चोमेन मुन्धुम वाचन गरी सेवा गर्नु पर्दछ ।
घ) खनजःमा

खनजःमाङ गर्दा एउटा एउटा लिङ्गो, ध्वाजा, ढुङ्गा गाड्ने र तीन जोर लासो राखी माङजा चढाउने । र, त्यो ढुंगालाई उन्युको पातको गोठ झैं बनाई सेवा गरिदिनर्ुपर्छ ।
ङ) पुङसाम्माङ

पुङसाम्माङको सेवा गर्दा एउटा एउटा लिङ्गो, ध्वाजा र ढुंगा गाड्ने । दश जोर लासो र एक जोर दियो-कलश सेवा गरिन्छ ।
माथि उल्लिखित देवताहरू वगङमा र पक्चनामा गरेको ठाउ“को बाया गर्नु पर्दछ । युमा, हिम्माङ र थेबा भने घरभित्र गर्नु पर्दछ । यी सबै देवताको सेवा सकेपछि गर्भवती महिलालाई माङगेन्ना गर्नु पर्दछ । त्यसपछि साप्पोक चोमेन समाप्त हुन्छ ।
-लेखक किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय सदस्य तथा माङसेवासाबा प्रमुख हुनुहुन्छ ।)

Tuesday, October 15, 2013

जिवनि:-
Kirat Logistics स्व. इमानसिंह चेम्जोङ

लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन्– किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो सम्पूर्ण जीवन किराती भाषा, संस्कृति र इतिहासको खोजीमा समर्पित गरे । यसर्थ पनि उनी मुलुककै निम्ति एक सम्मानित विभूति हुन् ।
इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको छैटौँ अर्थात् जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय स्कुलबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरे । उनलाई पढाउने क्रममा “किरातीहरु जङ्गली हुन्छन्” भनी शिक्षकले प्रयोग गरेको वाक्यांशले उनको हृदयमा ठूलो चोट पु¥यायो र उनी किरातीहरुको इतिहास र सभ्यता खोजीमा अविश्रान्त लाग्ने अठोट गरे । किरातोलोजिस्ट इमानसिंह चेम्जोङले अध्ययन तथा खोजीकर्ता र केही हदसम्म जागिजरेका रुपमा कालेबुङ, सिक्किम, लिम्बुवान र काठमाडौँमा आफ्नो समय व्यतीत गरेका थिए । आजीवन आफू र आफ्नो पारिवारिक हित, सुख र यशलाई तिलाञ्जली दिएर सदासर्वदा सजातीय तथा मुलुकको हितमा समर्पित स्व. इमानसिंह चेम्जोङको टडकारो व्यक्तित्वका आयामहरु निम्नअनुसरा खुट्याउन सकिन्छ ।
किरातीकै सन्तानका रुपमा रहेका इमानसिंह चेम्जोङले २,००० वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरुको इतिहासको खोजी र लेखन गरे र आफूलाई किरात इतिहासका पिताका रुपमा स्थापित गराए । यस प्रकारको खोज तथा अनुसन्धानका क्रममा उनले किरात इतिहास (सन् १९४८÷ वि.सं. २००५), किरात साहित्यको इतिहास (सन् १९५६÷वि.सं. २०१३), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४÷ वि.सं. २०१३), History and Culrure of The Kirat People(सन् १९६७ वि.सं. २०२४) आदि गहन पुस्तकहरु प्रकाशनमा ल्याए । सन् १९३७ बाट आरम्भ भएको नेपालको आधुनिक इतिहास लेखनको परम्पराले लिच्छवीकालसम्म नेपाली इतिहासलाई अध्ययन गरी प्रामाणिक बनाउने काम गरेको थियो भने त्यसअघि रहेको नेपाली इतिहासको अज्ञात कालखण्डलाई इमानसिंह चेम्जोङले उत्खनन् गर्ने ऐतिहासिक काम गरे ।
३) मुन्धुमवेता तथा दर्शनशास्त्रीः इमानसिंह चेम्जोङको व्यक्तित्वको अर्को आयाम भनेको मुन्धुमवेता तथा किरातदर्शनशास्त्रका ज्ञाता हुनु हो । उनले किराती मुन्धुमलाई लेख्य परम्परामा ढाले, खस नेपाली र अङ्ग्रेजीमा अनुवाद गरी अध्येताहरुसमक्ष सहज पहुँच बनाइदिए । त्यही मुन्धुमलाई सामान्य विषयवस्तुका रुपमा मात्र नहेरी विश्वमा प्रचलित विविध दर्शनहरुमध्ये एक हो भनी स्थापित गर्ने काम पनि उनले गरे । मुन्धुममा रहेका जटिलतम शब्दहरुको सरल व्याख्याको पनि उनीबाटै पहिलो पटक भएको छ । मुन्धुम संस्कारका क्रममा पतुरने भाषा मात्र होइन यो त गम्भीर भाष्य सहितको दर्शन हो भनी उनले पहिचान गरे । यसै क्रममा किरात मुन्धुम (वेद) (सन् १९६१÷ वि.सं. २०१८), किरात मुन्धुम खाहुन (सन् १९६५÷ वि.सं. २०२२), किरात दर्शनको सारांश (सन् १९६९÷ वि.सं. २०२६) उनका मुन्धुम र दर्शन सम्बन्धी पुस्तकहरु प्रकाशनमा आए ।
वास्तवमा किरात समुदाय अर्थात् आदिवासी जनजातिहरु अगाडि बढ्नका लागि आफ्नो गन्दव्य बोध गर्न उनले तान्छोप्पा ताराकै रुपमा काम गरे । विज्ञान, प्रविधिको यो सुलभ जमानामा हामीले उनले गरेको जस्तो गहन कार्यहरु गर्न सकूँला या नसकूँला, त्यो त पृथक पक्ष हो । हामीले उनले छोडेर गएका ज्ञानका केही अंश मात्रै भए पनि अनुसरण र उनले देखाएको अध्ययनशीलता, आफ्नो पहिचानप्रतिको समर्पण र त्यागको मार्गलाई केही मात्रामा अबलम्बन मात्र गर्न सक्यौँ भने उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
 —

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...