Monday, November 25, 2013

किरात धर्म के हो र किन मान्ने ?


किरातीहरु सर्वप्रथम आगो हावा पानी माटो आकाश मान्ने भएकोले प्रकृतिक पुजक हुन । किराती समाजमा येहाडले किराती रक्षाको लागि दिएको धर्म दर्शनलाई पुणता दिने कार्य महिगुम अंसिमामाड फाल्गुनन्द लिडदेनले आपनो जिवन भर गर्नु भयो । जति पनि लोप भएका जिवन र जगतको विषयमा विश्लेषणात्मक सोचाई राख्ने प्रमुख आधार मध्ये अध्यात्मिक माध्यम एक प्रमुख हो । हुन त आजको २१ औ शताव्दीमा आएर धर्म भनेको केवल आस्था र विश्वाश हो । हामीले – किरुत भाषामा तागेरानिवाभुमाङृ वा माङृ भन्छौ भने कसैले ईश्वर भगवान गड अल्लाह आदी भन्ने गर्दछन ।

उनै सृष्टिकत्र्ताले समयको अन्तरालमा सृष्टिको कान्छो सन्तान मानवको रुपमाकसैको छोराको रुपमा कसैको बाबुको रुपमा कसैको पतिको रुपमा कोही ब्रम्हचारी त कोही संसारीक जिवन भएर दिएर गए । तापनि उनीहरुले बोलेका कुराहरु जिवित नै छन । संसारको कुनै पनि भागमा जव अज्ञानता र पापहरुले भरिन्छ तव सो ठाउँमा वसेावास गर्नै मानव जातिको कुल वंशमा माध्र सयम ज्ञानको ज्योति लिएर आज यस संसारमा पाप संधार गर्न मानव खोक्रोमा ज्ञानीबिरपराक्रमी मानिस भई जन्म लिएर आएको पाइन्छ । जस्तै राम कृष्ण यशु सावायेहाङृ,लेप्मुहाङृ,कान्देडहाङृ,मावोहाङृ,श्रीजङृ फाल्गुनन्द र वर्तमान अडसिमाङृ आत्मानन्द लिङृदेन । वास्तविककत्र्तामा हेर्ने हो भने व्यक्ति परिवार जातिसंम्प्रदायमा टुडगिने गर्दछ । तसर्थ कुनै पनि धर्मले विश्व शान्ति तथा मानबताको विस्तृत ब्याख्या गर्नै क्रममा मौलिक पहिचानलाई सर्वोपरि ठानेको हुन्छ ।

त्यही मौलिकतालाई उजागर गर्नै क्रममा त्यो धर्मको दर्शन निमार्ण भएको हुन्छ । जहाँ त्यस जाती एवं संम्प्रदायलाई चिनाउने संस्कार संस्कृति भाषालिपि मात्र जिवित नभई सिगो मानवत नै वाँचेको हुन्छ । यदि सवैले सत्य स्वीकार्ने हो भने ईश्वर माध्र एक छन । ईश्वरको लागि कनै भेदभाव छैन कुनै साँध सिमाना छैन कुनै जात भात छैन ।धर्म त सधै सत्यपवित्र छ न्याय पि्रय छ । तर मानिसले धर्मको आडमा आफ्नो इच्छालोभ वास्नाअह्कार स्वार्थको परिपुर्ति गर्न शुरु गरेको देखिन्छ । मान्छेले जन्माएको सामाजिक विकृतीहरुलाई अन्त्य गर्न चाहने क्रान्त्रिकारी छ । धर्मले अन्याय अत्याचारको विरोध गर्ने न्यायकारी मान्छेको जन्म दिएको छ । यसमा कोही धनिगरिव,सानोठुलो,जातपातको भेदभावलाई हटाउने समानताको पक्षपाती छ । सधै सुचो सत्य सहि कुरालाई मान्यता प्रदान गर्ने वैज्ञानिक छ । सत्य भन्नु नै विज्ञान हो किनकी विज्ञान भन्नु नै जुचेरनिरिक्षण गरेर प्रयोग गरेर सत्यता सावित गर्नु हो । विज्ञान र धर्म एक अर्कामा परि पुरक हुन । त्यसैले हामी भन्ने गछौ ध्यान विना ज्ञान र ज्ञान विनाको विज्ञान हुन सम्भव छैन ।

किरुत धर्मलाई विगत दिनहरुमा नयु धर्मको रुपमा बूझिन्थ्यो बूझाइन्थ्यो तर शताब्दीया देखि जति बेला आज जस्तो लिम्वु राई मगर गुरुङृ सुनवार धिमाल इत्यादी भने झै वेगल जात र वेगल थर थिएन त्यस वेला नै अस्तित्वमा रहेको यो धर्मको नामाकरण न्वारान भने महिगुम अडसिमाङृ फाल्गनन्द लिङृदेनले भविस्यवाणी गर्नू भए झै वर्तमान धर्मगुरु आत्मानन्द लिङृदेन ज्यूब्ारा नामाकरण हन पगेको हो । किरात धर्म किराती हँ भनेर दावी गर्ने सम्पूर्ण जातको परिवेशमा हर्केको यो किरात धर्म कूनै जाति विशेषपन्थ विशेषमा मात्र आवद्ध छैन किनकी यो आफैमा विविध संस्कार सस्कृति भाषालिपी भएको एक छुट्टै दर्शन भएको धर्म हो । हून सक्ला यसमा कूनै जाती बिशेषको जस्को विविध पक्षमा बहूल्यता होला तर त्यो नै सर्वोपरि र पुर्णता ठान्नू हुदैन ।

ओत तागेरानिङृवाभ माङृ ईश्वरलाई पुज्ने मनाउने भावना पोख्ने एवं मागराख्ने इत्यादी क्रममा किरातीहरुको जातिय भिन्नता अनुसार देशकालपरिस्थिती अनुसार मौलिकता ठानी संस्कार संस्कृती एवं भाषालिपीलाई मुख्य नजर राख्दै जे जसरी सेवा गरे पनि त्यो किरात धर्म नै हो । कर्म काण्डमा विविध कारणले परिबर्तन आउन सक्छ । तर दर्शन अपरिर्वतनिय रुपमा रहि रहेको हुन्छ । त्यसैले बर्तमान किरात धर्मले अगाडी ल्याउन चुहेको वास्तविक पक्ष के हो सत्य पक्ष के हो के कुरालाई अगाडी ल्याउन खोजिएको छ । के को लागि जुटाउन खोजिएको हो यस धर्म भित्रको साक्षात पक्षहरु के हुन आदि इत्यादी खोतल्न गहिरिएर लाग्नु पर्ने दिन आई सकेको छ । वर्तमान अवस्थामा किरात धर्म भित्रका कर्म काण्डिय पक्षमा वादविवाद गर्नतर्क वितर्क गर्नु भन्दा किरात धर्म दर्शन वारे चिन्तन मनन गर्नु यसलाई युग युगान्तरसम्म बचाउदै सर्वत्र मानव उपयोगी कार्यमा लाग्नु आजको आवश्यकता हो । सायद यसैमा किरातहरुको भलाई हुने छ अस्तित्व बुचि रहने छ । र बुद्धि- मानी पनि ठहर्ने छ । साथै किरात भएर किराती हुनुमा गर्व गर्न सकिने छ ।

कुनै पनि धर्मको जड भनेको दर्शन पक्ष नै मुल पक्ष हो । धर्म र दर्शन विच कटु सत्य सम्वन्ध रहि रहेको हुन्छ । अर्को तर्फ विस्रनै नहुने सवल पक्ष भनेको दर्शन दाता अर्को अभिन्न पक्ष हो । किरात धर्म भित्र पनि दार्शनिक पक्ष भनु या त दर्शन दाता । उहाँहरुको विषयमा कलम चलाउदा केवल शुरु मात्र हुन्छ अन्त्य हुन गाह्रो वा धरै समय लाग्छ अत सेकेन्ड मिनेट घण्टा संक्षेपमा कुरालाई पुरा गर्न मात्र होइन पारदर्शक बनाउन दर्शनदाताहरुको उल्लेख गर्नु पर्ने हुन्छ ।

इतिहासको पानामा सुनौलो अक्षरले अंकित भएको किरात सभ्यता किरात शाशन, किरात राज्य, किरात भूमि १६ सय वर्ष भन्दा बढि शाशन गरि वर्तमानमा छिन्न भिन्न अवस्थामा रहेको किरातीहरुको किरात धर्म मानव श्रीष्टीको शुरुवातसगै शाशन र शाशकको थिचाई मिचाईर किचाईमा परेता पनि ‘सत्य कहिल्यै मदैन’ भने झै आजको घडिसम्म सत्यलाई बचाउने क्रममा हाम्रो किरात मुन्धुममा दर्शन दाताहरु क्रमशः सावायेहाङृ सोधुगेन लेप्मुहाङृ कान्देनहाङृ मावोहाङृ श्रीजङृगा फाल्गुनन्द र र्वतमानमा आडसिमाङृ आत्मनन्द लिङृदेन हुनुहुन्छ।

संसारको विषयमा हर्नै हो भने विभिन्न धर्महरुको हस्तिहरुले मानवहरुले धर्मलाई खाई पचाई आफ्‍नो कुरा सवै संरक्षित गरि अरुलाई लोभ्याउदैछन । पृथ्वी हैन चन्द्रमामा बस्ती बसालौ भन्दैछन । २१ औ वर्ष अगाडी क्राइस्ट जन्मेको २५ औ बर्ष अगाडी वुद्ध जन्मेको त्यस्तै गरि मोहम्मद राम कृष्णहरु यस संसारमा जन्मेर मरेर गए तर आज उनीहरुको वाणिलाई सन्चित वा जिउदो राख्न लाखौ करोडौ पर्नै चर्च गुम्वा मस्जितहरु असंख्यामा वनाइएको छ किन बनाइयो होला । किन रात दिन भक्तजनहरु पुजा आर्चना गरि सेवा गरेका छन । आपनो जय जेथाले भ्याएसम्म खुलेर आर्थिक सहयोग पनि गरेका प्रसस्तै सुन्नपढन पाएका छौ । तर आपनो धर्मको निम्ति छेपारोको कथा झै पानी पर्दा मात्रै घर चाहिने अन्य वेला चाही कागतालीमा हिडने हामी किरुतीहरु आपनो धर्म भाषा लिपि संस्कार सस्कृतीको कुनै प्रभाह नराखी यो वा त्यो भन्दै आफुले आफैलाई नचिनी इतिहास मेट्न खोज्दै छौ ।

आफुलाई आधुनिक विचारवादी,विज्ञानवादी भन्नेहरु खोज,अध्यन,अनुसन्धान नै नगरी किरातहरु अरे र भरेको भरमा अन्धविस्वासमा हिडेको देखिन्छ । मृगले मर्नै वेलामा आफ्‍नो विन्दामा थुतुनो परे झै हामी किरुतीहरु पनि मरे पछि कता छ पुजारी कता छ वेद कता छ सस्कार भन्दै दिउसै वत्ती वालेर खोज्ने वेला आएको छ । जस्तो जलन्त उदाहरण यहाँहरुले देखि सक्नु भएको छ ।

तसर्थ अरे र भरेको पछि नलागी यथार्थ के हो मुल्याङृकन परिक्षण खोज,अनुसन्धान,अध्यन गरि विज्ञानवादी वनि आउदो दिनहरुमा लागौ भन्ने मेरो अनुरोध गर्दै माड सेवा टक्राउद छु।

सेवारो ।

Monday, November 4, 2013

मुन्धुममा मानव उत्पत्ति र साप्पोक चोमेन सेवा

तेजबहादुर थङलङ

किरात जाति नेपालका प्राचिन जाति हुन् । तिनै किरातका पवित्र धर्मग्रन्थ मुन्धुमअनुसार मुनातेम्बेमा तागेरा निङवाभूमाङले र्सवप्रथम मानव सृष्टि गरेे । त्यो पहिलो मानव मुजिना खेयङना नामक महिला थिइन् । मुजिना खेयङनाको सृष्टिभन्दा पहिले पृथ्वीमा देवता र दानव मात्र थिए ।

मुजिना खेयङना बिस्तारै तरुनी हु“दै गइन् । जवानीले छोएकाले उनलाई जीवनमा केही कुराको अभाव भएको महसुस हुन थाल्यो । एक्लो भएको महसुस हुन थाल्यो । मनभरि विरह मडारिएकाले उनलाई कहिले गीत गाऔं त कहिले हा“सिरहु“जस्तो हुन थाल्यो । त्यसैले उनी कहिले सुसेली हाल्दै गीत गाउ“थी त कहिले पात बजाउ“थिन् । दिनचर्या यसरी नै बित्न थाल्यो ।

एक दिन पर्ूवतिर जा“दा एउटा बाँङ्गो रुख भेटिन् । र, त्यस रुखमा चढेर सुइसुइला खेल्दै हात र खुट्टा नचाउन थालिन् । त्यो बेला मन्दगतिमा चलिरहेको वतासले उनको अंगअंगमा स्पर्षगर्‍यो । जसले उनलाई आनन्द अनुभूति गरायो । अचम्मको घटना ! त्यो वतासमा त सुसुवेङ लालावेङ केजङगेन सरित -पतिदेव) लीन भई बगेको रहेछ । त्यही वतासको स्पर्षे मुजिना खेयङना गर्भवती हुन पुगिन् । र, युक्पुङगेन सावानगेम्बा नामक शिशुका जन्म भयो । युक्पुङगेन साँवानगेम्बा तन्नेरी हुँदै गएपछि उनी कहिले उत्तरका पर्वत त कहिले दक्षिणी मैदानी भू-भागतिर डुल्न थाले । यसरी उत्तरतिर जा“दा फियामलुङमा नामक सुन्दरी युवतीस“ग उनको भेट भयो । यही क्रममा उनीहरू विवाह बन्धनमा बा“धिए । उनीहरूको स्वयम्भुहाङ नामक छोरा भयो । सुत्केरी फियामलुङमाको स्याहारसुसारका लागि युक्पुङगेन सावानगेम्बा महिलाको खोजीमा पश्चिमतिर जा“दा दानवकी चेली सुसारीमा भन्ने केटी फेला पर्‍यो । उनले आफ्ना वेदना सुनाउ“दै सुसारीमालाई सहयोग गर्न अनुरोध गरे । सुसारिमाले अनुरोध स्वीकारिन् । सुसारिमाले फियामलुङमालाई स्याहारसुसार गर्ने क्रममा युक्पुङगेन सावानगेम्बा र सुसारीमाबीच प्रेम झा“गिन थाल्यो । र, उनीहरूले विवाह गरे । सुसारीमापट्ट िपनि साङदाङखेवा नामक शिशुको जन्म भयो ।

युक्पुङगेन साँवानगेम्बा आफ्ना कुकुरहरू लिएर केही समयपछि श्रीमतीहरूलाई बच्चाहरूको राम्रो हेरचार गर्ने सल्लाह दिएर दक्षिणी भू-भागतिर लागे । त्यहाँ घुम्नेडुल्ने क्रममा उनले एक दिन तान बुनिरहेकी सुन्दरी मुगुप्लुङमा देखे । उनीहरूबीच कुराकानी भयो । यही क्रममा रात पर्‍यो । त्यसैले उनीहरूले स“गै बास बस्ने निर्ण्र्ाागरे । त्यसरी रह“दा उनीहरूबीच शारीरिक सर्ंर्सग भयो । केही समयपछि मुगुप्लुङमाको कोखबाट लाहादङना नामको छोरीको जन्म भयो । सुत्केरी मुगुप्लुङमालाई स्याहारसुसारका लागि युक्पुङगेन सावानगेम्बा पश्चिमतिर जा“दा फन्दारीमा नाम गरेकी दानव केटी भेटे । ती केटीलाई उनले आफ्नो वृतान्त सुनाएपछि उनी मुगुप्लुङमाको स्याहारसुसार गर्न राजी भइन् । र, फन्दारीमालाई ल्याएर आए । सुत्केरीलाई स्याहारसुसार गर्दागर्दै फन्दारीमास“ग पनि युक्पुङगेन सावागेम्बाले वैवाह गरे । र, फन्दारीमाले पनि लिङदाङखेवामा नामक छोरी जन्माइन् । यसरी युक्पुङगेन सावानगेम्बाको चार जना श्रीमतीमध्ये मुगुप्लुङमा र फियामलुङमा देवगणका तथा सुसारीमा र फन्दारीमाहरू दानव गणका भए ।

मुगुप्लुङमा र फियामलुङमाका छोराछोरीहरू मानवीय स्वभावका भए भने सुसारीमा र फन्दारीमाका छोराछोरीहरू दानवीय स्वभावका भए । सुसारिमा र फन्दारिमाका सन्तान चन्द्रंवंशी र मुगुप्लुङमा र फियामलुङमाका सन्तान र्सर्ूयवंशी भए ।

लाहादङना र स्वयम्भुहाङ चेलीमाइती हुन् । ती चेलीमाईतीबीचमा दानव श्रीमतीतिरका सन्तान साङदाङखेवा र लिङदाङखेवाले षड्यन्त्र गरी वैवाहिक सम्बन्ध कायम गराए । र, स्वयम्भुहाङ र लाहादङनाको सन्तानका रुपमा सावायेहाङको जन्म भयो ।

यसरी मेन्छाङगेन नाम्याप्मी -र्सर्ूयवंशी) लामो समयसम्म पशु झैं रहे । आफ्नो-विरानो, नातागोता, साइनो, सम्बन्ध केही जानेनन् । धर्म, कर्म, संस्कार, संस्कृति जानेनन् । त्यसैले उनीहरुलाई मानवीय ज्ञान, वुद्धि, विवेक दिन तागेरा निङवाभूमाङ उनै येहाङको शरीरमा लीन भई ज्ञान र उपदेश दिन थाले ।

येहाङले जीवनमा धर्म, पाप गरे मृत्युपछि कहा“ पुगिन्छ - के हुन्छ - मानिस भई जन्मिएपछि कुन कर्म गर्दा यो लोक तथा परलोकमा सुःख, शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ भन्ने उपदेश दिए । येहाङको जन्मावतरणपछि किरात सन्ततिहरूमा धार्मिक ज्ञान र चेतनाको विकास हु“दै गयो । जसको कारण सम्पर्ूण्ा जीव तथा प्राणी जगतमा दया, माया, करुणा, प्रेम, सत्य, अहिंसा, शान्तिजस्ता मानवीयता विकासको हु“दै गयो । तर, उनले मानव कर्म, संस्कारका बारेमा ज्ञान दिएनन् । किनकि, येहाङको कालसम्म जन्म पर्ूवदेखि मृत्यु पर्यान्तसम्मका कर्म, संस्कार रहेको पाइ“दैन । त्यो समयमा मानिसको मृत्यु भए बेताबा“सको चोया काढी नाम्लो बनाई शवलाई नाम्लोले बोकी ढङ्गाको ओढारमा लगेर छाड्ने चलन थियो । त्यसैले आत्माले मुक्ति पाएन । यस्तो अवस्था खाप्पुना मुराङनाको समयसम्म रहेको पाइन्छ ।

मानवलाई त्यही कर्म, संस्कार सिकाउन येहाङपछि किरात कुलमा सावायेहाङ फेक्वा र सुसुम्नाको कोखबाट खाप्पुना मुरङना नामक नारीको जन्म भयो । उनका पानतुम्याङ र तेनतुम्याङ नामक दर्ुइ जना माइती थिए । उनीहरू बिस्तारै तरुनी तन्नेरी अवस्थमा प्रवेश गरे । चेली खाप्पुना मुरङनाको शरीरमा तागेरा निङवाभूमाङ कै साक्षात रुप युमा प्रकट भई अब यस्तो प्रकारको कर्म, संस्कारले आत्माले मुक्ति नपाउने ठहर गरी उनले प्राण त्यागिन् । र, पुनः अवतरण भई जन्म पर्ूवदेखि मृत्यु पर्यान्तसम्मको सम्पर्ूण्ा कर्म, संस्कार मानव जातिलाई सिकाए । उनै खाप्पुना मुरङनाले सिकाएको कर्म, संस्कार नै आजसम्म किरात जातिले मौलिक परम्पराको रुपमा रहेको छ । तर, समयको चक्रस“गै घुम्दै जा“दा संस्कार एवं संस्कृतिमा विकृति तथा विसंगति हुने गर्दछ । जसका कारण मानिसमा आसुरी प्रवृत्तिको विकास हु“ंदै जान्छ । जसको फलस्वरुप दुःखको सागरमा डुबुल्की मार्न पुग्दछन् । यद्यपि, त्यो समाजको सुधारका लागि देवदूतको रुपमा महात्माहरूको जन्मावतरण हुने गर्दछ । किरात कुलमा येहाङ, सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिङगुम अङसीमाङ फाल्गुनन्द र मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द'सेइङ’ सहित सात जना महात्माहरूको जन्मावतरण भइसकेको छ । तिनै महात्माहरूले प्रतिपादन एवं संरक्षण गरेको किरात धर्मदर्शनका कर्म, संस्कारमध्ये साप्पोक चोमेन र्-गर्भसेवा) को महत्व र त्यस सेवामा पुजिने देवताहरूको चर्चा गरिएको छ ।
साप्पोक चोमेन सेवाको महत्व

मानिसको अङ्ग रक्षाका लागि गरिने कर्महरूमध्ये सबैभन्दा पहिले साप्पोक चोमेन सेवा गरिन्छ । यस सेवामा वगङमा, पक्चानामा, कुदापमाङ, खनजःमा र पुङसाम, युमा, हिम्माङ र थेबाको सेवा गरिन्छ ।
मानिसको जीवन बोटबिरुवाजस्तै हो । पृथ्वीमा बालीनाली, बोटबिरुवा लगाउँछौं । बोटबिरुवालाई सुरक्षित राख्न घेराबारा गर्नु पर्दछ । किरा, फट्याङ्ग्राबाट जोगाउन विषादी प्रयोग गरिन्छ । यसो गरिएन भने बोटाबिरुवालाई पशुप्राणी, किरा, फट्याङ्ग्राले नाश गर्दछ । त्यस्तै, मानव जीवनको सुरक्षाका लागि पनि घेराबार लगाउनु पर्दछ । त्यो घेराबार विभिन्न सेवा, पूजा हुन् । जो जीवन रक्षा र लोक कल्याणका लागि गरिन्छ । जीवन रक्षा र लेाक कल्याणका लागि गरिने सेवामध्ये सबैभन्दा पहिले साप्पोक चोमेन गरिन्छ ।
साप्पोक चोमेन महिला गर्भवती भएको पाँच वा छ महिनामा आमा र गर्भभित्रको शिशुको रक्षाका निम्ति गरिने सेवा हो । शिशु गर्भमा रहञ्जेलसम्म भूतप्रेत, वायु, मच, सेहे, जागित्रा, मसानजस्ता नराम्रा पक्षले दुःख नदेओस् भनी साप्पोक चोमेन सेवा गरिन्छ । किरात धर्मदर्शनअनुसार यो सेवा गर्नु अपरिहार्य छ ।
सेवा गर्ने विधि ः

क) वगङमा

यस देवताहरूलाई सेवा गर्दा घर नजिकको प“धेरो वा पानीको मूल अथवा खोल्सी भएको ठाउ“मा गर्नु पर्दछ । पानीमा साङ्भे -बा“सको भाटाको पुलजस्तो) बनाएर यसमाथि माटो राखी सम्याउनु पर्दछ । र, त्यसको बीचमा रेखा कोरी साङभेलाई दर्ुइ भागमा विभाजन गर्नु पर्दछ । दायातिर वगङमालाई दर्ुइ जोर लासो राखी एउटा ढुङ्गा, एउटा लिङ्गो गाड्न पर्दछ । ढुंगालाई धागोको तीन फेरा लागाउनु पर्छ भने लिङ्गोमा सेतो ध्वजा झुण्ड्याउनु पर्छ । त्यहा“ प्रसाद चढाउने र वजङ फूङजङ बनाई सेवा गर्नु पर्दछ ।
ख) पक्चानामा

साङभेको बायातिर एउटा ढुङ्गा र एउटा लिङगो गाडी धागोले बर्ेर्ने । साथै, एउटा चिण्डो फुर्टाई त्यसको मुखतिर चार वटा प्वाल पारी भाटाको सिन्का त्यो प्वालमा छिराउने र पा“च रंगको धागो चिण्डोको वरीपरी बुन्ने । त्यसलाई मेरिहेम्बाङ भनिन्छ । त्यसको चारै सुरमा का“चो काठको मसिनु कर्दा बनाई धागोको उझिण्डो लगाई झुण्ड्याउने । त्यो चिण्डोको बीचमा दर्ुइ जोर लासो राखी फूल अक्षता र फलाहार चढाउनु पर्दछ । र, चोमेन्दाङको कपडा राखी सेवासाबाले सेवा गरिदिने ।
ग) कुदापमाङ

कुदापमाङ गर्दा एउटा लिङ्गो, ढुंगा र कोलाको पातको पा“च वटा लासो राख्ने । साथै, कुदुरा ढोकेअगाडि दर्ुइ जोर गरी जम्मा सात जोर लासो राखी एउटा सानो हरियो बा“सको हा“गाको घोङग्रीङ झैं थुङ्गा-थुङ्गा भएको पा“च तलाको खिप्ने । र, त्यसलाई पा“च चिरा बनाउने । त्यो थुङ्गाको पछाडिपट्ट िबनेर गाड्ने । त्यसलाई धागोले पा“च फन्का बर्ेर्ने । त्यसलाई एपलाङवा भनिन्छ । र, वजङ, फूङजङ, धूप, कोइला, सलेदोलगायत सबै आवश्यक सामग्री चर्ढाई साप्पोक चोमेन मुन्धुम वाचन गरी सेवा गर्नु पर्दछ ।
घ) खनजःमा

खनजःमाङ गर्दा एउटा एउटा लिङ्गो, ध्वाजा, ढुङ्गा गाड्ने र तीन जोर लासो राखी माङजा चढाउने । र, त्यो ढुंगालाई उन्युको पातको गोठ झैं बनाई सेवा गरिदिनर्ुपर्छ ।
ङ) पुङसाम्माङ

पुङसाम्माङको सेवा गर्दा एउटा एउटा लिङ्गो, ध्वाजा र ढुंगा गाड्ने । दश जोर लासो र एक जोर दियो-कलश सेवा गरिन्छ ।
माथि उल्लिखित देवताहरू वगङमा र पक्चनामा गरेको ठाउ“को बाया गर्नु पर्दछ । युमा, हिम्माङ र थेबा भने घरभित्र गर्नु पर्दछ । यी सबै देवताको सेवा सकेपछि गर्भवती महिलालाई माङगेन्ना गर्नु पर्दछ । त्यसपछि साप्पोक चोमेन समाप्त हुन्छ ।
-लेखक किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय सदस्य तथा माङसेवासाबा प्रमुख हुनुहुन्छ ।)

Tuesday, October 15, 2013

जिवनि:-
Kirat Logistics स्व. इमानसिंह चेम्जोङ

लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन्– किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो सम्पूर्ण जीवन किराती भाषा, संस्कृति र इतिहासको खोजीमा समर्पित गरे । यसर्थ पनि उनी मुलुककै निम्ति एक सम्मानित विभूति हुन् ।
इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको छैटौँ अर्थात् जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय स्कुलबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरे । उनलाई पढाउने क्रममा “किरातीहरु जङ्गली हुन्छन्” भनी शिक्षकले प्रयोग गरेको वाक्यांशले उनको हृदयमा ठूलो चोट पु¥यायो र उनी किरातीहरुको इतिहास र सभ्यता खोजीमा अविश्रान्त लाग्ने अठोट गरे । किरातोलोजिस्ट इमानसिंह चेम्जोङले अध्ययन तथा खोजीकर्ता र केही हदसम्म जागिजरेका रुपमा कालेबुङ, सिक्किम, लिम्बुवान र काठमाडौँमा आफ्नो समय व्यतीत गरेका थिए । आजीवन आफू र आफ्नो पारिवारिक हित, सुख र यशलाई तिलाञ्जली दिएर सदासर्वदा सजातीय तथा मुलुकको हितमा समर्पित स्व. इमानसिंह चेम्जोङको टडकारो व्यक्तित्वका आयामहरु निम्नअनुसरा खुट्याउन सकिन्छ ।
किरातीकै सन्तानका रुपमा रहेका इमानसिंह चेम्जोङले २,००० वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरुको इतिहासको खोजी र लेखन गरे र आफूलाई किरात इतिहासका पिताका रुपमा स्थापित गराए । यस प्रकारको खोज तथा अनुसन्धानका क्रममा उनले किरात इतिहास (सन् १९४८÷ वि.सं. २००५), किरात साहित्यको इतिहास (सन् १९५६÷वि.सं. २०१३), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४÷ वि.सं. २०१३), History and Culrure of The Kirat People(सन् १९६७ वि.सं. २०२४) आदि गहन पुस्तकहरु प्रकाशनमा ल्याए । सन् १९३७ बाट आरम्भ भएको नेपालको आधुनिक इतिहास लेखनको परम्पराले लिच्छवीकालसम्म नेपाली इतिहासलाई अध्ययन गरी प्रामाणिक बनाउने काम गरेको थियो भने त्यसअघि रहेको नेपाली इतिहासको अज्ञात कालखण्डलाई इमानसिंह चेम्जोङले उत्खनन् गर्ने ऐतिहासिक काम गरे ।
३) मुन्धुमवेता तथा दर्शनशास्त्रीः इमानसिंह चेम्जोङको व्यक्तित्वको अर्को आयाम भनेको मुन्धुमवेता तथा किरातदर्शनशास्त्रका ज्ञाता हुनु हो । उनले किराती मुन्धुमलाई लेख्य परम्परामा ढाले, खस नेपाली र अङ्ग्रेजीमा अनुवाद गरी अध्येताहरुसमक्ष सहज पहुँच बनाइदिए । त्यही मुन्धुमलाई सामान्य विषयवस्तुका रुपमा मात्र नहेरी विश्वमा प्रचलित विविध दर्शनहरुमध्ये एक हो भनी स्थापित गर्ने काम पनि उनले गरे । मुन्धुममा रहेका जटिलतम शब्दहरुको सरल व्याख्याको पनि उनीबाटै पहिलो पटक भएको छ । मुन्धुम संस्कारका क्रममा पतुरने भाषा मात्र होइन यो त गम्भीर भाष्य सहितको दर्शन हो भनी उनले पहिचान गरे । यसै क्रममा किरात मुन्धुम (वेद) (सन् १९६१÷ वि.सं. २०१८), किरात मुन्धुम खाहुन (सन् १९६५÷ वि.सं. २०२२), किरात दर्शनको सारांश (सन् १९६९÷ वि.सं. २०२६) उनका मुन्धुम र दर्शन सम्बन्धी पुस्तकहरु प्रकाशनमा आए ।
वास्तवमा किरात समुदाय अर्थात् आदिवासी जनजातिहरु अगाडि बढ्नका लागि आफ्नो गन्दव्य बोध गर्न उनले तान्छोप्पा ताराकै रुपमा काम गरे । विज्ञान, प्रविधिको यो सुलभ जमानामा हामीले उनले गरेको जस्तो गहन कार्यहरु गर्न सकूँला या नसकूँला, त्यो त पृथक पक्ष हो । हामीले उनले छोडेर गएका ज्ञानका केही अंश मात्रै भए पनि अनुसरण र उनले देखाएको अध्ययनशीलता, आफ्नो पहिचानप्रतिको समर्पण र त्यागको मार्गलाई केही मात्रामा अबलम्बन मात्र गर्न सक्यौँ भने उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
 —

Saturday, October 5, 2013

यस्तो छ ‘यौन उत्तेजक’ यार्सागुम्बाको रामकहानी




यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ ।
जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।

यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको हो । त्यसैले तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको बषर्ा र ‘चा’ भनेको घास ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो, अर्थात बषर्ा ऋतुमा घास र हिउँदमा घाससँग जोडिने किरा हुने बस्तु भन्ने अर्थ लाग्दछ । यही तिब्बती भाषाबाट यारचा कुम्भू अपभ्रंस भएर यार्सागुम्बा भएको मानिन्छ । त्यसो त कणर्ाली अञ्चलका मुगु, हुम्ला, जुम्लामा उत्तरी हिमाली भेकमा शेर्पा भोटेहरूले यार्साकिमु भन्दछन् । र, यार्सागुम्बाको अलावा यसलाई जीवनबुटी पनि भनिन्छ । किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।

के हो त यार्सागुम्बा ?
 यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी  हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आˆनो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।
यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ । यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा   र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो ।

विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।हुनत हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार््गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्सागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाँही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै
समस्या पर्छ । एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्सागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ । यार्सागुम्बा भेटाउन धर्मी र पापी भन्ने कुरा चाँही सरासर गलत हो ।

कसरी भयो नेपालमा यार्सागुम्बाको पहिलो खोजी ?
यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा बि्रटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४२०० मिटरको उचाईमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए ।

यार्सागुम्बाको उपयोगिता
संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।

हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ ।

कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।

हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् । त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार   अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी  चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् ।
अन्त्यमा
बर्षायाम शुरु हुँदा नहुँदै पश्चिम उत्तरका मानिसहरू घर नै छोडेर यार्सागुम्बाको खोजीमा जान्छन् । कतिपय विद्यालय समेत बन्द हुन्छन् र विद्यार्थीहरू समेत उक्त कार्यमा सरिक हुन्छन् । यार्सागुम्बा टिप्न भने त्यति सजिलो भने छैन । घर बाहिरको बास र हिमपातका कारण ज्यान नै जोखिममा पर्ने हुन्छ । भर्खरै मात्र पनि १९ जना व्यक्तिहरू हिमपातमा परी मरिसकेका छन् । तर पनि बजार मूल्य राम्रो भएका कारण मान्छेहरूको यस प्रतिको आकर्षण घटेको पाइदैन । नेपाल सरकारले यार्सागुम्बा टिप्न प्रतिबन्ध नलगाए पनि करका रुपमा पैसा उठाउँदै आएको बताउछन् यार्सागुम्बा टिप्न जानेहरू ।-जीवन शर्मा अनलाइन खबर

Saturday, September 14, 2013

के हो संघीयता ? र कसरी बन्छ ?

के हो संघीयता ? र कसरी बन्छ ?


-कुमार योन्जन तामाङ

पृष्ठभूमिः
अन्तरिम संविधान २०६३ ले नेपाल संघीयतामा जाने कुराको घोषणा गरिसकेपछि नेपालमा संघीयताका विषयमा विभिन्न कोणबाट यसको व्याख्या हुन थालेको छ । दलहरु र नागरिक समाजका मान्छेहरु समेत पहिचान समर्थक र पहिचान विरोधीका रुपमा चित्रित हुन थालेका छन् । जेठ १४ अघिका केही दिन सडकहरु समेत त्यस्ता नाराहरुले गुन्जायमान भएको कुरा सबैलाई थाहा भएकै कुरा हो । अन्ततः संविधान सभा नै त्यही कारणले विघटनको स्थितिमा पुगेको जगजाहेर छ । अहिले फेरि संविधान सभाको दोस्रो निर्वाचनको प्रक्रियामा जाँदा संघीयताका वारेमा बहस उठ्न थालेको छ । खास गरेर, संघीयता विरोधीहरुले जनतामा संघीयताका वारेमा काफी भ्रम पैदा गरेका छन् । त्यहीकारण श्रमजीवि जनताका पक्षधरहरु पनि संघीयताको मर्मका वारेमा भ्रममा पर्ने स्थिति बनेको छ । अतः यहाँ संघीयताका आधारभूत विषय एवं अनुभवहरु संक्षेपमा प्रकाश पार्ने जमर्को गरिएको छ ।
के हो संघीयता ?
एक लाइनमा भन्दा संघीयता भनेको देशका विभिन्न राज्यहरु मिलेर एउटा छाता बनाउने र त्यस अन्तर्गत रहेर आफूले आफूलाई शासन गर्ने पद्धति हो । जहाँ उनीहरु आफ्नो हकमा स्वायत्त हुन्छन् र साझा सवालमा आपसमा अनुबन्धीत पनि हुन्छन् । अर्थात् यो एक खालको महासंघीय ढाँचा हो ।
संसारमा संघीयराज्यका विभिन्न स्वरुपहरु छन् । मुलतः संघीयराज्यको शक्ति बाँडफाँडको नियमलाई तेर्सो समानान्तर प्रणाली र एकात्मक राज्यको शक्ति बाँडफाँडको नियमलाई ठाडो प्रणाली । अर्थात् संघीय प्रणालीमा राज्यको शक्तिको बाँडफाँड समानान्तर हिसावले हुन्छ भने एकात्मक राज्यमा माथिबाट तलतिर हुन्छ । अतः संघीय राज्यको अर्थः हरेक एकाई (संघ¬)लाई आफ्नो मामलामा आफैले निर्णय गर्न पाउने स्वतन्त्रता, आत्मनिर्णयको अधिकार र आफ्नो हकमा आफ्नो कानून आफैले बनाउन र कार्यन्वयन गर्न पाउने स्वायत्तताको अधिकारसम्म हुन्छ । तिनै राज्यहरु मिलेर एउटा संघ बन्छ र सो संघले केन्द्रको रुपमा काम गर्दछ, जसलाई राज्यहरुले नै केन्द्रीय संघको रुपमा निश्चित अधिकारहरु प्रदान गरेको हुन्छ ।
केन्द्रले आफ्नो तजविजले आफ्नो अधिकार तल्लो निकायलाई प्रत्यायोजन गर्ने प्रणालीलाई विकेन्द्रीकरण भनिन्छ । एकात्मक राज्य व्यवस्था त्यही प्रक्रियाबाट चल्ने हो । तर संघीय राज्यहरु आफूमा समानान्तर ढंगले चल्दछन् । यसैकारण विकेन्द्रीकरण र शक्तिको साझेदारिता फरक फरक कुरा हुन् तर हामी कहाँ धेरैले एउटै अर्थमा बुझ्ने र बोल्ने गर्दछन्, जो गलत हो । त्यसैकारण विकेन्द्रीकरणमा माथिको अधिकार तल प्रत्यायोजित मात्र हुन्छ तर संघीय राज्यमा भने संघराज्यहरुका वीच समानताका आधारमा अधिकारहरु बाँडफाँड हुन्छन् र ती राज्यहरुले मिलेर केन्द्रलाई केही साझा अधिकारहरु जो एउटा संयुक्त र साझा केन्द्रका हिसावले गर्नुपर्ने र गर्नसक्ने अधिकारहरु हुन्छन्, दिएको हुन्छ । अंगे्रजीको ‘फेडरल’ शव्दको अर्थ संघहरुको शक्तिशाली केन्द्रीकृत सत्ताको निर्माण हो जहाँ संघहरु स्वतन्त्र र समान् हुन्छन् । अंग्रेजीमा ‘युनियन’ र ‘कन्फेडरेशन’ शव्द पनि प्रयोग हुने गरेका छन् । सर्बोच्च सोभियत ‘युनियन’ हुन् भने अमेरिका र स्वीजरल्याण्ड भने ‘कन्फेडरेशन’ हुन् । त्यसैले संघीय राज्यको अर्थ, हरेक एकाई (संघ) आफ्नो मामलामा आपसमा स्वायत्त हुने र साझा हितका मामलामा आपसमा अनुबन्धित रहने पद्धति हो । यसता संघीय देशहरुमा केहीमा केन्द्र(संघ) बलियो हुन्छ भने केहीमा प्रान्त (राज्य) हरु बलियो हुने प्रणाली छ । भारतमा केन्द्र बलियो छ भने स्वीजरल्याण्डमा क्यान्टनहरु बलिया छन् ।
नेपालमा संघीयता नै किन ?
विस्वमा तीन तरिकाले संघीयताको निर्माण भएको पाइन्छ । पहिलो, भइरहेका राज्यहरु आपसमा मिलेर बनेको संघीय राज्य, जस्तोः संयुक्त राज्य अमेरिका । दोस्रो, विभिन्न समय क्रममा विभिन्न राज्यहरु आपसमा मिल्दै थपिदै बृद्धि भएर बनेका संघीय राज्य, जस्तोः स्वीजरल्याण्ड । तेस्रो, एकात्मक शासन व्यवस्थाबाट आफ्नो आवस्यकताले संघीयतामा गएका देशहरु जस्तोः भारत ।
नेपाल एकात्मक शासन व्यवस्थाबाट हाम्रो आवस्यकताले संघीयतामा जान लागेको हो । अर्थात् हामी तेस्रो तरिकाले संघीयताको निर्माण गर्ने प्रक्रियामा छौं । यसतो आवस्यकता किन पयो ? यसका केही महत्वपूर्ण कारणहरु छन् १) विगत अडाइसय वर्षमा नेपालमा वर्गीय, जातीय एवं भाषिक विभेद र असमानता चरणचुलीमा पुगेको थियो । त्यसलाई सम्बोधन गर्न नसके मुलुक लामो वर्गीय एवं जातीय द्धन्दमा फँस्ने स्थिति थियो । त्यही असमानता र वर्ग विभेदका विरुद्ध दशवर्षे जनयुद्ध समेत चलेको थियो । २) नेपालको विगत लामो एकात्मक केन्द्रीकृत शासनका कारण मुलुकमा क्षेत्रीय विभेदले सिमा नाघेको अवस्था थियो । त्यसलाई सम्बोधन नगरी नेपालको समग्र विकास सम्भव थिएन । ३) विगतमा एकात्मक शासनका कारण केन्द्रमा भएको शक्तिको केन्द्रीकरणले मुलुक भनेको काठमाडौ मात्रै हो, अरु यसका उपनिवेश मात्र हुन् भन्ने जनतामा गहिरो प्रभाव परेको थियो । यसको अन्त्य गरेर जनताको तल्लो तहसम्म अधिकारको पत्यायोजन र स्थानीय जनतामा सार्वभौमसत्ता व्यवहारमा नै हस्तान्तरण गर्न जरुरी भएको थियो । ४) लोकतन्त्र र गणतन्त्रलाई असली अर्थमा जनताको हातमा अधिकार पुग्ने गरी संस्थागत गर्नु यसको अर्को महत्वपूर्ण कारण थियो । अतः मुलुकका सामु खडा भएका यिनै मुद्धाहरुलाई सम्बोधन गर्न ने क पा माओवादी र संसदीय दलहरुका वीचमा १२ बुँदे सझौता र सो अनुरुपको ०६२।६३ को जनआन्दोलनद्धारा लोकतन्त्रको स्थापना सम्भव भएको थियो ।
यहीकारण उपरोक्त मुद्धाहरुलाई सम्बोधन गर्ने संरचनाका आधारमा संघीयता बनाउने क्रममा अन्तरिम संविधान २०६३ को धारा १३८(१) मा यसतो लेखिएको छ “वर्गीय, जातीय, भाषिक, लैंगीक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक संघीय शासनप्रणालीसहितको अग्रगामी पुर्नसंरचना गरिने छ ।”
अतः हामीले संघीयता कसरी बनाउने भन्नेवारे संविधानमा नै एउटा सिद्धान्त तय गरिसकेको अवस्था हो । तर संघीय संविधान बनाउने बेलामा विभिन्न कुतर्कहरुद्धारा त्यसको अवज्ञा गर्दै र राज्य पुर्नसंरचना आयोग तथा समितिले दिएको प्रतिवेदन समेतलाई अमान्य गरेर केवल भूगोलका आधारमा (पहिचान होइन) संघीयता बन्नसक्ने अडडी एकाथरिले लिएपछि संविधान बन्न नसकी संविधान सभा नै विघटनमा पुगेको कुरा जगजाहेर छ ।
कसरी भयो संघीयताको विकास ? केही अनुभवहरु :
संघीयताको विकास कसरी भयो ? त्यसवारे केही अनुभवहरु उल्लेख गर्नु राम्रै होला । अतः यहाँ अमेरिका, स्वीजरल्याण्ड र भारतको संघीयता निर्माणसम्बन्धी छोटो चर्चा गरिने छ ।
अमेरिका
संसारमा सवभन्दा पहिले संघराज्यको विकास अमेरिकामा भएको हो । सन् १७७६ मा अमेरिकी स्वतन्त्रतासंगै संघराज्यमा प्रवेश गरेको अमेरिकामा शुरुमा मात्र १३ वटा अलग अलग राज्यहरु थिए । विश्वकै शक्तिशाली राष्ट्र अमेरिका ३० करोडभन्दा बढी जनसङ्ख्या रहेको सङ्घीय मुलुक हो । अमेरिकामा हाल ५० वटा राज्य, ५ वटा सम्बद्ध राज्य, १ सङ्घीय जिल्ला र १६० वटा आदिवासीका स्वायत्त क्षेत्रहरू छन् । ५० वटा राज्यमध्ये २८ वटा राज्यहरूको नामाकरण जाति, भाषा र त्यहाँको आदिवासीहरूको ऐतिहासिकताको आधारमा राखिएको छ । जस्तोः आल्वामा, अलास्का, एरिजोना, आर्कानसास, कनेक्टीकुट, डिलावार, हवाई, इधि, इलिनोइस, इण्डियना, लोवा, कान्सास, केन्टुकी, म्यासच्युट्स, मेसिगन, मिन्निसोटा, मिसिसिपी, मिसोरी, नेव्रास्का, डाकोडा, ओहायो, ओकलाहोमा, टेनिसिसी, टेक्सास, युटाह, विन्कन्सीन, न्यू मेक्सिको र वाओमिङ आदि हुन् । संविधानको धारा ३ ले सिनेटमा ती प्रदेशहरूबाट बराबरी प्रतिनिधित्वको व्यवस्था गरेको छ । संघीय शासन व्यवस्था भएकै कारणले अमेरिका अडाईसय वर्षभन्दा लामो समयदेखि एउटै र समृद्ध देशका रुपमा टिकिरहेको छ ।
स्वतन्त्र हुनु अघि अमेरिकाका ती राज्यहरु युरोपका खास गरेर बेलायत, फ्रान्स, डच र स्पेनीहरुको उपनिवेशका रुपमा रहेका थिए । औपनिवेशिक शासन खप्न नसकेपछि अठारौं शताव्दिको मध्यतिर अमेरिकीहरुले युरोपियन उपनिवेशका विरुद्ध संयुक्त आन्दोलन शुरु गरेका थिए । युरोपियनहरुको साम्राज्यबाट बच्न उनीहरुले एक हुन र संयुक्त भएर प्रतिरोध गर्न जरुरी थियो । उपनिवेश विरोधी आन्दोलनकै क्रममा सन् १७६३ मा पुग्दा फ्रेन्च आधिपत्य अमेरिकी महाद्धिपबाट समाप्त भइसकेको थियो भने व्रिटिश साम्राज्य यथावत थियो । त्यसका विरुद्धको संघर्षले अन्तत ४ जुलाई सन् १७७६ मा अमेरिकी महाद्धिपको स्वतन्त्रताको घोषणा भयो । त्यसले एक नयाँ संघीय राज्यको अवधारणागत रुपमा जन्म दियो । तर त्यसपछि पनि लगभग लगातार ६ वर्षसम्म अमेरिकी जनताले व्रिटिस साम्राज्यसंग लड्नुप¥यो । र, सन् १७८३ मा मात्र व्रिटिसहरुले आफ्नो पराजय स्वीकार गरेर सन्धीमा हस्ताक्षर गरे । त्यसको नेतृत्व महाद्धिपिय कांगे्रसले गरेको थियो । त्यसैको नेतृत्वमा संघीय संरचनाको निर्माणको प्रक्रिया अघि बड्यो । अन्तत, २ मे १७८७ मा भएको फिलाडेल्फिया सम्मेलनले १३ राज्यसहितको संयुक्त राज्य अमेरिकाको आधिकारिक जन्म दियो । अतः युरोपियनहरुको औपनिवेशिक शासनका विरुद्ध आफ्नो देशको राष्टियताको रक्षा गर्दै स्वाधिनता प्राप्त गर्नका लागि अलग अलग रुपमा रहेका अमेरिकाका ती १३ राज्यहरुले गरेको संघमा जाने निर्णयबाट संयुक्त राज्य अमेरिकाको संघीयराज्यको निर्माण भएको थियो । अतः अमेरिका भइरहेको १३ राज्यहरु मिलेर आफ्नो साझा हितका लागि संघीयतामा गएका थिए । एकताबद्ध भएका थिए । संघीय राज्य बनेपछि समयक्रममा क्रमशः विकास भएको त्यहाँको जातीय, क्षेत्रीय, भाषिक एवं अन्य समस्यालाई सम्बोधन गर्दै अहिले अमेरिकामा ५० वटा राज्यहरु छन् ।
स्वीजरल्याण्ड
संघीय देशहरुमा अर्को नमुना देश स्वीजरल्याण्ड हो । युरोपको एउटा सानो तर संसारका लागि उदाहरणीय देशका रुपमा रहेको पुरानो संघीय देशमध्ये स्वीजरल्याण्ड एक हो । सन् १८४८ देखि स्वीजरल्याण्ड संघराज्यमा परिणत भएको हो । सन् १८४८ मा बनेको स्वीजरल्याण्डको संविधान अहिले पनि संसारका लागि उदाहरणीय छ । यो संविधान र त्यहाँको संघीय संरचनाको अध्ययन गर्न नेपालका थुप्रै सभासद् र नेताहरु पनि स्वीजरल्याण्ड पुगेका थिए । यहाँ केन्द्रमा संघ जसलाई कन्फेडरेसन, २६ वटा क्यान्टन(राज्य) र स्थानीय तहमा कम्युनहरु छन् । स्वीजरल्याण्ड नै पहिलो देश हो जहाँ सवभन्दा पहिले लोकतन्त्र स्थापित भयो र सदैव गणतन्त्र नै रह्यो । अमेरिका स्वतन्त्र हुँदाखेरि स्वीजरल्याण्ड आफ्नो पाँचसय वर्ष पुरानो गणतान्त्रिक परम्परा मनाइरहेका थिए । स्वीजरल्याण्ड एकीकरणद्धारा होइन बरु एकपछि अर्को राज्य(क्यान्टोनहरु) बृद्धि थपिदै गएर बनेको थियो । १३ औं शदिमा ३ स—साना जातिय राज्यहरुका वीच भएको सन्धीद्धारा परिसंघ (अयलाभमभचबतष्यल० मा रहने सहमतिबाट शुरु भएको परिसंघमा फ्रेन्च राज्य क्रान्ति (१८ रौं शदिको प्रारम्भ) सम्म आइपुग्दा २२ वटा क्यान्टनहरु आवद्ध भइसकेका थिए ।
स्वीजरल्याण्डमा जम्मा ७ जना मान्छेले शासन गर्छन् । तिनिहरुलाई संघीय सभाले चार वर्षका लागि संघीय परिषदको सदस्यका रुपमा निर्वाचित गर्दछन् र हरेक एकले एक।एक वर्ष पालैपालो सभापतित्व गर्दछन् । उनीहरु मुख्य त भाषिक क्षेत्रको समानुपातिक प्रतिनिधित्वका आधारमा छानिने गर्दछन् र त्यसरी छान्दा लिंगीय सन्तुलनमा ध्यान दिन्छन् । त्यहाँ चार भाषाहरु मुख्य रहेका छन् । जर्मन ६४, फ्रेन्च २० र इटाली भाषी ७ र ०.१ प्रतिशत भाषा रोमान्स भाषा रहेको छ । सन् १८४८ कै संविधानले स्वीजरल्याण्डको आधिकारिक भाषाको रुपमा माथिका तीन मुख्य भाषाहरुलाई मान्यता दियो । र, परिषदका सदस्यहरु त्यही अनुपातमा छानिने व्यवस्था ग¥यो । त्यहाँ संसद सदस्य परिषदमा जान पाउँदैनन् । त्यस्तो संघीय परिषद ९ँभमभचब िऋयगलअष्०ि मा देशका विभिन्न क्षेत्रका विज्ञ र राज्य सन्चालनमा अनुभवी मान्छेहरुलाई ल्याउने गरिन्छ । हाल सन् २०१३ का परिषद अध्यक्ष श्री उइलि मौरर मुल तः कृषि तथा व्यापार विज्ञ हुन् । उन्ले राज्यको विभिन्न आयोग तथा समितिहरुमा बसेर लामो अनुभव हाँसिल गरेका छन् । साथै, उनी पछिल्लो चरणमा त्यहाँको स्वीस जनता दलका अध्यक्ष पनि हुन् ।
भारत
हाम्रै छिमेकी देश भारत जहाँ १ अर्बभन्दा बढी जनसंख्या छ, त्यहाँ हाल २८ राज्यहरु छन् र अरु थपिने प्रक्रियामा छन् । भारत स्वतन्त्रतासँगै खासमा सन् १९४७ पछि सङ्घीयतामा गएको मुलुक हो । सन् १९४९ मा अनुमोदित भारतको संविधानले पहिलोचोटी संघीयतालाई संबैधानिक मान्यता दिएको हो । त्यहाँ राज्य(प्रान्त), शहर(नगर) र जिल्लाहरूको नाम त्यहाँको जाति, भाषा, क्षेत्रको आधारमा तय गरिएका छन् । खास गरेर प्रान्तहरुको नामाकरण क्षेत्रीयता, भाषिक बाहुल्यता र जातीय ऐतिहासिकताको आधारमा भएका छन् । जस्तोः बङ्गाली भाषा बोल्नेको पश्चिम बङ्गाल, पञ्जावी भाषीहरुको पञ्जाव, तमिल जातिहरूको तमिलनाडु, कर्णाडा भाषीहरूको कर्णाटक, मराठी भाषीहरूको महाराष्ट्र, गुजराती भाषीहरूको गुजरात, नागा जातिहरूको नागाल्याण्ड रहेका छन् । त्यस्तै बोडोहरुको वोडोल्याण्ड भए झै आसाम, मिजोरम आदि प्रान्तका नामहरु पनि पहिचानजनित नामहरु हुन् । सन् १९५३ मा तेलगु भाषीहरुको आन्द्र प्रदेशको स्थापना गरियो । सन् २००२ मा बिहारबाट आदिवासी सन्थाल जातिहरूको झारखण्ड राज्य बन्यो । खस पहिचानका रुपमा यु.पी. बाट उत्तराञ्चल राज्य बन्यो । भारतमा ७२% भारोपेली आर्य, ड्राविड २५% र मंगोलहरु ३% बसोबास गर्दछन् र ५३३ वटा जातीय समूदाय तथा १५ सयभन्दा बढी भाषाभाषी समूह छन् । पहिचानसहित सङ्घीयतामा गएको कारणले नै भारतले यत्रो विविधताका वीच पनि एकता कायम गर्न सकेको हो ।
अमेरिकामा भएका राज्यहरु मिलेर संघराज्य बनेको हो तर भारत पहिल्यै भएका विभिन्न राज्यहरु मिलेर होइन बरु विभिन्न जाति, भाषा, सम्प्रदाय र क्षेत्रका जनताको आकांक्षालाई संबोधन गर्न संघीयतामा गएको हो । माथिको उदाहरणले सो कुरालाई प्रष्ट गरिसकेको छ । त्यसैलाई व्यवस्थापन गर्न भारत संघीयतामा गएको थियो । त्यसैले अमेरिकी संघराज्यको विकासलाई ज्यमिष्लन तयनभतजभच र भारतीय संघीय निर्माणको प्रक्रियालाई ऋयmष्लन तयनभतजभच भनेर भनियो । जवकी स्वीजरल्याण्डको निर्माण राज्यहरुको बृद्धि ९बनचबनबतष्यल० द्धारा भयो । अतः संघीय राज्यहरु विभिन्न ढंगले बनेको देखिन्छ ।
विश्वमा हालसम्म कति देशमा संघीयता छ र कुन कुन देशमा छ ?
ख, संघीय देशहरुः
विश्वमा अहिले २९ वटा देशहरु संघीयतामा छन् । विश्वका १० धनी र सम्बृद्ध देशको नाम लिदा अधिकांश संघीय शासनमुनि रहेका देशहरु नै पर्दछन् । तीमध्ये विश्वका केही देशहरु जस्तोः अमेरिका, भारत, जर्मनी, क्यानाडा, ब्राजिल, अष्टेलिया, दक्षिण अफ्रिका, स्पेन, स्वीजरल्याण्ड जस्ता देशहरुको नाम लिन सकिन्छ । यी संघीय देशहरु ठूला र साना दुबै छन् । यी देशहरुमा अहिले शक्ति र विकासको गतिमा यी देशहरु नै अग्रपंतिमा छन् भने केही त्यो दौडमा तीव्र विकासको गतिमा छन् । यसबाट संघीयताले देशको विकास पनि त्यति नै छिटो गर्दोरहेछ भन्ने देखाउँछ ।
क्र.सं. देशको नाम सङ्घीयतामा गएको (सन्) राज्य÷प्रदेशको संख्या क्षेत्रफल
(बर्ग कि.मी.) कुल जनसङ्ख्या
१. अमेरिका १७८९ ५० राज्य ९६३१४२० ३० करोड
२. मेक्सिको १८२४ ३१ राज्य १९६४३७५ १० करोड ५५ लाख
३. स्वीटरजरलैण्ड १८४८ २६ क्यान्टन ४१२८४ ७४ लाख
४. अर्जेन्टिना १८५३ २३ प्रदेश २७८००९२ ३ करोड ९२ लाख
५. भेनजेजुयला १८५४ २३ राज्य ९१६४४५ २ करोड ६२ लाख
६. क्यानाडा १८६७ १० प्रदेश ९९८२००० ३ करोड ३० लाख
७. जर्मनी १८७१ १६ ल्याण्डर ३५७०२३ ८ करोड २५ लाख
८. ब्राजिल १८९१ २६ राज्य ८५१४८७७ १८ करोड १० लाख
९. अष्ट्रेलिया १९०१ ६ राज्य ७६९२२०८ २ करोड २ लाख
१०. रूस १९१७÷१९९२ २१ गणराज्य १७०७५४०० १४ करोड २८ लाख
११. अष्ट्रिया १९२० ९ गणराज्य ८३८७२ ८३ लाख
१२. लिक्टेन्स्टाइन १९२१ ११ गेमिन्डेन १६०.४ ३४ हजार ३ सय
१३. भारत १९४७ २८ राज्य ३१६६४१४ १ अरब १० लाख
१४. पाकिस्तान १९४७ ४ प्रदेश ७९६०९६ १५ करोड १६ लाख
१५. इथियोपिया १९५२÷१९९१ ९ राज्य ११२७१२७ ६ करोड ७९ लाख
१६. सुडान १९५६ १६ राज्य २५०३८९० ३ करोड ९२ लाख
१७. मलेशिया १९५७÷१९६३ १३ राज्य ३२९८४७ २ करोड ५६ लाख
१८. नाइजेरिया १९६३ ३६ राज्य ९२३७६८ १३ करोड
१९. कङ्गो १९६४ २५ प्रदेश २३४४८५८ ५ करोड ३५ लाख
२०. दुबइ १९७१ ७ इमिरेट्स ८३६०० ४२ लाख
२१. कोमोरस १९७५ ३ प्रिफेक्चर १८६२ ६ लाख
२२. स्पेन १९७८ १७ स्वायत्त ५०५९८८ ४ करोड ४८ लाख
२३. माइक्रोनेसिया १९७९ ४ राज्य ७०१.४ १ लाख १५ हजार
२४. सेन्टकिट्स नेभिस १९८३ १४ पेरिस २६९.४ ४६ हजार ३ सय
२५. बेल्जियम १९९४ ३ समुदाय ३०५२८ १ करोड ५ लाख
२६. दक्षिण अफ्रिका १९९४ ९ प्रदेश १२१९०९० ४ करोड ६६ लाख
२७. पलाउ १९९४ १६ राज्य ४८८ २१ हजार
२८. बोस्निया हर्जगोविना १९९५ २ गणराज्य ५११९७ ३९ लाख
२९. इराक २००५ १ रेजन ४३४१२८ २ करोड ५४ लाख
निचोडः
माथिको अध्ययनले विश्वमा आजसम्म जति पनि देशहरु संघीयतामा गएका छन्, तिन्को संरचना त्यहाँका जातीय समुदायहरु, तिन्ले बोल्ने भाषा र क्षेत्रीय भूगोलको पहिचानका आधारमा बनेका देखिन्छन् । अमेरिका, स्वीजरल्याण्ड र भारत तीनै देशको संघीय संरचनामा यो कुरा प्रष्ट देखिन्छ । विस्वका सबै संघीय देशहरुमा संघीय संरचनाको आधार भूगोल मात्रै भएको कहीं पनि छैन । अतः संघीयता कुनै एक आधारमा मात्र बन्ने विषय रहेनछ । यसबाट संघीयता त्यहाँको जनता, जात जाति वा समुदायहरुलाई चाहिएको हो । त्यहाँको भूगोल वा ढुंगा माटोलाई चाहिएको होइन भन्ने कुरा पनि प्रष्ट देखिन्छ । संघीयताको निर्माण गर्दा त्यहाँका समुदायहरुको सहअस्तित्वका आधारमा तिन्को पहिचान र भूगोललाई सम्मान गरेर नै बन्दोरहेछ । भारतकै अनुभवको कुरा गर्दा भाषिक बाहुल्य क्षेत्रको आधारमा, जातीय बाहुल्य ऐतिहासिकताको आधारमा र क्षेत्रीयताको आधारमा राज्यहरु बनेको प्रष्टै देखिन्छ । यस अर्थमा, पहिचानलाई स्वीकार गर्दा देश टुक्रने होइन बरु संघीयताको मुख्य आधार नै ती समुदायहरु, भाषाहरु, सँस्कृतिहरु र भौगोलिक क्षेत्रहरु रहेछन् जसलाई संबोधन गरेर मात्र संघीयता सम्भब हुँदोरहेछ । यसले मात्र विद्यमान सबै विभेद र उत्पीडनमा परेका समुदाय, भाषासँस्कृति र क्षेत्रको जनताको भावना र आकांक्षालाई एकसुत्रमा गाँस्दोरहेछ । अतः नेपालमा पहिचानलाई स्वीकार गर्दा देश टुक्रन्छ भन्ने जे तर्क गरियो, दुनियाँका अनुभवहरुले ती गलत रहेछन् भन्ने नै देखाउँछ । सारमा भन्दा, पहिचान भनेको त्यहाँको समुदाय, भाषा, सँस्कृति तथा भूगोललाई चिनाउने नाम हो र नाम विनाको संघीयता कहीं पनि हुँदैन र छैन ।
उदाहरणका लागि अहिले नेपालमा बहसमा रहेका मधेश भन्नु वा मगरात वा ताम्सालीङ भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन् । नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्टिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् । गण्डकी, नारायणी, कर्णालीभन्दा नेपाली हुने र नेपालकै अन्य जनसमुदायले बोल्ने भाषाका उन्का पहिचानका शव्द राख्दा जातीय र अनेपाली हुने सोच, चिन्तन आफैमा विभेदकारी मान्यतामा आधारित देखिन्छन् । यसबाट मुक्त नभई नयाँ नेपाल, साझा नेपाल, सबै समुदायको सहअस्तित्वसहितको नेपाल अर्थात् सबैको नेपाल बनाउन सम्भव हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गरेर मात्र एक ठाउँमा बस्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दा मात्र हामी सबैको संघीय नेपाल बनाउन सक्छौं । नेपालले पनि त्यही बाटो लिन जरुरी छ । अतः पहिचान (जातीय बाहुल्य ऐतिहासिकता, भाषिक बाहुल्यता वा सांस्कृतिक सघनता) र भूगोल(क्षेत्रीयता) दुबैलाई आ आफ्नो स्थानमा संबोधन गरेर सहमतिकासाथ जाने बाटो तय गर्नु अहिलेको निकासको सहज र उपयुक्त बाटो हुनसक्छ र हुनुपर्दछ । संविधान भनेको अन्ततः सम्झौताको दस्तावेज हो । विश्वको अनुभवले पनि सबैको सहअस्तित्व र पहिचानको सम्बोधन हुने विधि र प्रक्रिया अपनाउनु निकासको एक मात्र बाटो हुनसक्छ ।
धन्यवाद ।

Saturday, September 7, 2013

यस्तो बन्दैछ राष्ट्रिय परिचय पत्र

नागरिकताले समग्र राष्ट्रिय पहिचान सहितको कानुनी दस्तावेजको प्रतिनिधित्व गर्न नसकेपछि एउटै परिचयपत्रमा नागरिकका सबै परिचय समावेश गरेर स्मार्ट परिचय पत्र वितरणको तयारी भएको छ ।

नेपाली नागरिकतामा नागरिकका वैयक्तिक तथा जैविक विवरण संग्रह गर्न नसकिएको र व्यक्तिको प्रगतिअनुसार अध्यावधिक नहुने भएपछि सरकारले यो आर्थिक वर्षभित्र स्मार्ट परिचयपत्र वितरणको तयारी थालेको छ ।
सरकारले आर्थिक वर्ष २०६६/०६७ को नीति तथा कार्यक्रममा बायोमेट्रिक स्मार्ट कार्ड उपलब्ध गराउने त आवश्यकता देख्यो तर त्यसका लागि छुट्टै निकायको स्थापना गर्ने विषय कार्यान्वयन हुन सकेन ।
त्यसलाई कार्यान्वयन गर्न ०६७ साल असार १६ गते मन्त्रिपरिषदले निर्णय गरेर साउन १ गते राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गर्‍यो । अहिले केन्द्र गृह मन्त्रालय मातहत विभागस्तरको निकायका रुपमा क्रियाशील छ ।
एकीकृत सेवा सुविधा प्राप्त हुनेगरी जैविक र व्यक्तिगत विवरण सहितको बहुउपयोगी स्मार्ट कार्डका रुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारीमा केन्द्र जुटिरहेको छ ।
फोटो सहितको मतदाता विवरण संकलनको व्यक्तिगत विवरणलाई केन्द्रले आधार मान्नेछ । यस्तो विवरण दक्षिण एशियाका पाकिस्तान, भारत र चीनमा समेत कार्यान्वयनमा आइसकेको  छ ।

किन चाहियो राष्ट्रिय परिचयपत्र ?

नेपालमा नागरिकताको प्रमाणपत्रले कुनैपनि व्यक्तिको विकासलाई समेट्न सक्दैन । उसले प्राप्त गरेको शैक्षिक योग्यता, आर्थिक उपलब्धी, उसको काम र शैली तथा शारीरिक विकास जस्ता मानवमा हुने परिवर्तनका विषयलाई नेपालको नागरिकताले समेट्न सक्दैन । यहाँसम्म की कतिपय नागरिक आफ्नो नागरिकताको फोटोसँग अनुहार नमिल्दा बेलाबेला दुःख पाउनुपर्ने वाध्यता रहेको छ ।
त्यति मात्र होइन, सरकारले नागरिकलाई उपलब्ध गराएका सेवा सुविधा पाए नपाएको पनि नागरिकता हेरेर थाहा पाउन सकिँदैन । त्यस्तै राज्यलाई तिर्नुपर्ने कर तथा सामाजिक कामको पनि नागरिकतामा कुनै पनि विवरण उल्लेख हुँदैन । त्यसैले सरकारले नागरिकतालाई पूर्णरुपमा विस्थापित गर्नेगरी यो काम थालिसकेको छ ।
तर हाललाई भने नागरिकताको प्रमाणपत्र लिएर त्यही आधारमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने व्यस्था गरिएको छ । पछि भने सरकारले नागरिकताको प्रमाणपत्र लिनका लागि योग्य भएकालाई परिचयपत्र दिनसक्ने तयारी गरेको छ ।
यस्तै १६ वर्षमूनिका बालबालिकालाई भने केन्द्रले सामान्य खालको परिचयपत्र दिने तयारी गरेको केन्द्रका कार्यकारी निर्देशक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो । ती बालबालिकाले १६ वर्ष पुगेपछि भने स्मार्ट परिचयपत्र प्राप्त गर्न सक्नेछन् । कानुनले व्यवस्था गरे बमोजिम गैर आवासीय नेपाली नागरिक तथा गैरनेपाली नागरिकले समेत राष्ट्रिय परिचय पत्रको प्रयोग गर्नेछन् ।

कार्डमा कसरी राखिन्छ व्यक्तिगत विवरण ?

नागरिकको जैविक पहिचान भनेको फोटो र औंलाको छाप हो भने वैयक्तिक पहिचान अन्तर्गत नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरु पर्छन् । यस्ता विषय राख्नका लागि राष्ट्रिय परिचयपत्रको पृष्ठ भागमा तथ्याँक सुरक्षित राख्ने विद्युतीय साधन अर्थात चिप्स राखिन्छ । चिप्समा ठूलो परिमाणमा तथ्याङ्क संग्रह गर्न सकिन्छ ।
संग्रह सरकारले स्थापना गरेको मोबाइलमा प्रयोग हुने मेमोरी कार्ड जस्तै देखिने चिप्सको क्षमता ६० केबी हुने केन्द्रले जनाएको छ । जसरी मेमोरी कार्डमा सामाग्री भण्डार गरिन्छ त्यसैगरी चिप्समा आवश्यक पर्ने विवरण राख्ने गरिन्छ ।
यसरी राखिएका सामाग्रीको केन्द्रको भण्डारण क्षमतामा अध्यावधिक सहित सबै विवरण राखिन्छ । त्यसरी राखिएको व्यक्तिको विवरण विभिन्न प्रशासनिक ठाउँमा रहेको मेसिनको सहायताले मात्र हेर्न सकिन्छ ।
कुनैपनि व्यक्तिको गोपनीयतालाई भंग हुन नदिनका लागि विभिन्न निकायले कानुनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्नेगरी गोपनियता सुनिश्चित गरिएको केन्द्रले जनाएको छ ।
मेसिनमा हाल्दासाथ राष्ट्रिय परिचयपत्रले हरेक वर्ष जनसंख्याको अध्यावधिक, विदेशमा रहने नेपालीको तथ्याङ्क, सामाजिक भत्ता वितरणको प्रभावकारीता, शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न, व्यक्तिका संकलित सूचनाहरुको प्रशोधन, भण्डारण र प्रयोग गरि स्रोत तथा साधनको बचतका लागि पनि यो निकै महत्वपूर्ण हुने केन्द्रका प्रमुख तुलसीप्रसाद गौतमले बताउनुभयो ।

के फाइदा हुन्छ ?

राष्ट्रिय परिचयपत्रलाई नागरिकले बिभिन्न प्रयोजनका लागि उपयोग गर्न सक्नेछन् । व्यक्तिको राष्ट्रिय पहिचानपत्रको रुपमा, मतदाता परिचयपत्रको रुपमा, जग्गा जमिनको अभिलेखका रुपमा, बैंकिङ कारोबारका रुपमा, सामाजिक सुरक्षा कार्ड, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रुपमा, आफ्ना जैविक तथा व्यक्तिगत विवरण प्राप्त गर्न र नागरिकका सूचना संकलन गरी त्यसको रुजु तथा कार्यान्वयन गर्नका लागि यसले सजिलो हुन्छ । त्यस्तै नेपाली नागरिक, गैर आवासीय नेपाली र विदेशीको तथ्यांक यकिन गर्न पनि यसले निकै ठूलो सहयोग पुर्‍याउनेछ ।
राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने विवरण संकलन गरी स्थानीय निकायले केन्द्रमा पठाउने र केन्द्रले अध्यावधिक गर्ने काम गर्छ । परिचयपत्रका लागि जिल्ला प्रशासन, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समितिले सिफारिस गर्ने तथा व्यक्तिगत घटना अर्थात जन्म, मृत्यु, विवाह, बसार्इंसराई लगायत दर्ता गरी त्यसको विवरण जिल्ला प्रशासनमा पठाउने गर्छन् भने व्यक्तिगत विवरण अपडेटका लागि अरु विभिन्न निकायले सहयोग गर्ने व्यवस्था गरिएको छ ।
कुनै कागज हराएमा त्यसको अभिलेखबाट प्रतिलिपी लिनका लागि निकै अप्ठ्यारो पर्छ । तर यो हराएमा वा नासिएमा वा झुत्रो भई काम नलाग्ने भएमा त्यसको कारण सहित तोकिए बमोजिम स्थानीय निकायबाट सिफारिस गराई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत निवेदन दिएमा अभियले रुजु गरी प्रतिलिपिको रुपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले व्यक्तिको जैविक तथा व्यक्तिगत विवरण र सानातिना कामका लागि स्थानीय निकायहरुको सिफारिस लिनु नपर्ने भएका कारण पनि नागरिकलाई धेरै नै फाइदा दिनेछ ।

५ वर्षभित्र पाइन्छ

सरकारले आर्थिक वर्ष २०७०/०७१ को बार्षिक बजेट मार्फत परिक्षणको रुपमा यो वर्षभित्रै कम्तीमा एउटा निर्वाचन क्षेत्रमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेअनुसार नै केन्द्रले तयारी थालेको छ । त्यसका लागि एसियाली विकास बैङ्कको झण्डै ८० लाख डलर आर्थिक अनुदान केन्द्रलाई प्राप्त भएको छ ।
पाईलट प्रोग्रामका रुपमा १ लाख १० हजार नागरिकलाई परिचयपत्र वितरणका लागि बोलपत्र आव्हान भएको छ । चार महिनाभित्र परिचयपत्र सिस्टममा जाने र त्यसको ६ महिनादेखि एक वर्षभित्रमा १ लाख १० हजार नागरिकले राष्ट्रिय परिचयपत्र पाउने केन्द्रले जनाएको छ ।
बिभिन्न ९ वटा विदेशी कम्पनीले बोलपत्र पेश गरेका छन । चीन, फिनल्याण्ड, फ्रान्स, जर्मनी र मलेसिायका कम्पनीले बोलपत्र पेश गरेका छन् । अहिले केन्द्रले बोलपत्रमाथि छानवीन गरिरहेको छ । बोलपत्र पेश गरेका नौ वटा कम्पनी मध्य एउटा कम्पनीलाई परिचयपत्र छाप्ने जिम्मेवारी दिइनेछ ।
सरकारले रकम उपलब्ध गराउन सकेको अवस्थामा अबको पाँच वर्षभित्रमा सबै नोपाली नागरिकले स्मार्ट परिचयपत्र पाउनेछन्  । यसका लागि झण्डै ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
-

Saturday, August 17, 2013

पहिचान सहितको संघीयता

बाबुराम भटटराईको फेसबुक स्टाटस बाट 
साउन ३० गते इटहरी र भदौ १ गते बनेपामा मैले ' पहिचान सहितको संघीयता ' बारे अन्तर्क्रिया कार्यक्रममा व्यक्त विचारको सारसंक्षेप यसप्रकार रहेको छ:

- संघीयता दास/सामन्तवादी युगको निरंकुश एकात्मक राज्यसत्ताकोअन्त्य भएर पुँजीवादी/समाजवादी युगको लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसत्ता संस्थागत गर्ने क्रममा अपनाइने आवश्यक विधि हो ।

- नेपाल अहिले सामन्ती युगको अन्त्य पछिको पुँजीवादी/समाजवादी युगमा संक्रमणको चरणमा रहेकाले एकात्मक राजतन्त्रात्मक राज्यसत्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसत्तामा पुनर्संरचना गर्नु अपरिहार्य भएको छ ।

- संघीयता ऐतिहासिक रुपले निर्मित जातीय/राष्ट्रिय उत्पीडनको अन्त्य र पुँजीवादी/समाजवादी विकासको बाटो फराकिलो पार्ने साधन हो भने विकेन्द्रीकरण भनेको एकात्मक राज्यको प्रशासनलाई सहज मात्र गर्ने गुणात्मक रुपले भिन्न कुरा हो । तर कांग्रेस/एमाले नेत्रित्वले मुखले संघीयता भने पनि व्यवहारमा विकेन्द्रीकरण भन्दा माथि उठ्न नसकेको र नचाहेकोले पहिलो संविधानसभाबाट संघीय लोकत्रान्त्रिक गणतान्त्रिक संविधान बन्न सकेन ।

- हामीले यहाँ 'जाति/जातीयता' भन्नाले साझा भाषा, साझा थलो, साझा आर्थिक कारोबार र साझा संस्क्रिति/मनोविज्ञान/राष्ट्रिय चरित्र भएको ऐतिहासिक रुपले विकसित स्थीर मानव समुदाय वा 'राष्ट्र/राष्ट्रियता' ( nation/nationality) भन्ने बुझ्नुपर्दछ । तर नेपाली भाषामा अक्सर 'जाति/जातीयता' शब्दलाई 'प्रजाति/नश्ल' ( ethnicity/race) र 'जातपात' ( caste) को अर्थमा पनि प्रयोग गरिने भएकाले सर्वसाधारणलाई यसबारे भ्रम पर्न सक्छ र अवसरवादीहरुले त्यसको फ़ायदा उठाएर जनतालाई झन् भ्रमित पार्न खोज्छन् ।

- नेपालमा कुनै एक जाति/राष्ट्रियताको स्पष्ट बहुमत नभएको, कुनै पनि जाति/राष्ट्रियता स्वतन्त्र राष्ट्रिय-राज्य बन्ने स्तरसम्म विकसित नभएको, नेपाल आफै अन्तराष्ट्रिय एकाधिकार पुँजीवादबाट उत्पीडित राज्य रहेको आदि कारणले नेपालको संघीयता पूर्व सोभियत संघ, अमेरिका,भारत वा चीन ( भलै चीनमा एउटै हान जातिको अत्यधिक बाहुल्यता भएकाले त्यहाँ एकात्मक राज्य अन्तर्गत साना उत्पीडित जातिहरुलाई क्षेत्रीय स्वायत्तता मात्र प्राप्त छ ) को भन्दा फरक मोडेलको हुने निश्चित छ ।

- संघीयता भन्ने बित्तिकै त्यो पहिचान सहितको संघीयता हुने र हुनुपर्ने स्वयंसिद्ध छ । जसरी बरफ भनेपछि त्यो चिसो कि तातो भन्नु हास्यास्पद हुन्छ, त्यसरी नै संघीयता भनिसकेपछि त्यो पहिचान सहितको कि पहिचान विनाको भन्नु हास्यस्पद र मूर्खतापूर्ण हुन्छ ।

- त्यस्तै संघीय राज्य/प्रान्तको पहिचान आम रुपमा एकल नै हुन्छ, जसरी कुनै मान्छेको पहिचान र नाम एकल हुन्छ । खाशगरी नेपालमा ऐतिहासिक रुपले पुरानो निरंकुश एकात्मक राज्यसत्ताले उत्पीडित जाति/राष्ट्रियताहरुको पहिचान सचेत ढंगले नष्ट वा लोप गर्ने प्रयत्न गर्दै आएकाले अन्य अधिकारहरुको अतिरिक्त आफ्नो ऐतिहासिक पहिचानको अधिकारको लडाइँ उत्पीडित जाति/राष्ट्रियताहरुको निम्ति निर्णायक महत्वको रहेको छ ।

- पहिचान समग्र जातीय/राष्ट्रिय वा भाषिक वा क्षेत्रीय वा ऐतिहासिक मध्ये सम्बन्धित जाति/राष्ट्रियताले जे चाहन्छ त्यही हुन्छ । अरुले त्यसमा हस्तक्षेप गर्ने कुरा हुँदैन ।

- नेपालमा प्रस्तावित राज्य/प्रान्त मध्ये नेवा:को भाषिक/जातीय पहिचान, कर्णाली र सेती-महाकालीको क्षेत्रीय/ऐतिहासिक पहिचान र अन्यको जातीय/राष्ट्रिय पहिचान भएको स्पष्ट छ ।

- सबै प्रस्तावित राज्य/प्रान्तमा मिश्रित जनसंख्या भए पनि त्यसभित्रको प्रमुख उत्पीडित जाति/राष्ट्रियताको ऐतिहासिक पहिचान झल्कने गरी नामांकन गर्दा अरुले आपत्ति जनाउनु पर्ने कुनैै कारण हुन्न । उदाहरणकोलागि, लिम्बुवान, किराँत, मगरात, मधेश आदि नाउँ नेपाली इतिहासमा परापूर्वकालदेखि प्रचलनमा रहँदै आएका नाउँ हुन् ।

- यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने 'लिम्बु प्रदेश' र 'लिम्बुवान प्रदेश' वा 'मगर प्रदेश' र 'मगरात प्रदेश' भन्नुमा गुणात्मक अन्तर छ । 'लिम्बु प्रदेश' भन्दा लिम्बु प्रजाति(ethnicity) आधारित राज्य हुन्थ्यो भने 'लिम्बुवान' भन्दा लिम्बु जातिको ऐतिहासिक थातथलो रहेको तर सबै जातिहरुको बसोबास भएको संयुक्त जातीय/राष्ट्रिय भौगोलिक प्रदेश भन्ने हुन्छ । त्यहाँ एउटा प्रजाति मात्र बस्ने र अरु लखेटिने भन्ने हुँदैन, वा एउटालाई बढी अधिकार र अरुलाई कम अधिकार भन्नै प्रश्नै उठ्दैन ।

- परम्परागत शासक जातीय अहंकारवाद र उत्पीडित जातिहरुको अन्ध-जातिवादलाई निरुत्साहित गरिनुपर्छ र सबै जातिहरु भित्रका श्रमिकहरुको एकतामा जोड दिनुपर्छ ।

- नेपालको भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्तालाई कुनै आँच आउन दिनु हुँदैन ।

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...