Saturday, June 28, 2014

दसैं किन मनाउन मान्दैनन लिम्वूवानका लिम्बुहरु- 

केदार उप्रेती
लिम्वूवुढापाकाहरुका अनुसार पहिले दशै लिम्वूहरुले मान्दैन थिए । लिम्वूहरु आफनो मौलिक चाड पर्वहरु मान्ने गर्दथे । वि सं १८३१ पछि लिम्वूहरुलाई दशै चाड मान्न लगाईएको विभिन्न लिम्वूवानमा पाईने पुराना कागजपत्रहरुमा उल्लेख गरिएको भेटिन्छ । पुर्वमा वसोवास गर्ने किरात लिम्वूहरुले दशै नमान्दा गोरखा राजावाट विभिन्न कार्वाहीहरु हुने भएकोले दशै पर्व लिम्वूहरुलाई जवरजस्ती मान्न लगाईएको मुन्धुमविद भरत तुङ्घङ वताउँछन् । वि स १८३१ सालमा लिम्वूवान गोरखाका शाह राजाले षडयन्त्रपुर्वक लिम्वूहरुसंग सम्झौता गरी अरुण कोशी पुर्वको लिम्वूवान भु–भाग माथि अधिकार जमाए । त्यस पछि लिम्वूवानका विभिन्न क्षेत्रहरुमा आफनो किल्ला निर्माण गर्न सुरु ग¥यो ।लिम्वूवान युद्ध गरेर जित्न नसकेपछि लिम्वूवानको जगरवगर, (जल, जंगल जमिन, जडिवुटी) खोलाको तितेमाछा, भीरमौरी आदि तिमीहरुकै हो भनि झुक्याएर सम्झौता गरे । त्यस पछि विस्तारै लिम्वूवानमा गोरखाको शासन वढदै गयो । यही क्रममा गोरखाले लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न लगाईएको वताईन्छ ।

वि सं १८४३ मा रणवहादुर शाहले लिम्वूहरुलाई दशै अनिवार्य मान्नु भनि लालमोहर दिए । लालमोहर लिम्वूवानका लिम्वूहरुलाई दिएपछि वि सं १८४८ सालमा पुर्वमा वसोवास गर्ने लिम्वूहरुमा दशै मान्ने नमान्ने विवाद नै भयो ।हिन्दु धर्म मान्ने या आफनो परम्परा संस्कृति मान्ने भन्ने विच दुई समुह निर्माण गरी लिम्वूहरुलाई विभाजन गरियो । यत्तिमात्रै नभएर दशै नमान्ने लिम्वूहरुलाई कार्वाही गर्न सुरु गरियो । वि सं १८४८ पछि लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न वाध्य वनाईयो । यदि दशै नमाने सुव्वाङगी र किपट खोस्ने जस्ता कार्य शाह राजाहरुले गर्न थाले । विस्तारै लिम्वूहरुको परम्परागत चाडवाड भन्दा वढी दशै मान्ने उर्दी जारी भयो । यसकारण दशै लिम्वूहरुको मौलिक चाड नभई लादिएको चाड भएको लिम्वूवानमा पाईने पुराना कागजहरुले प्रष्ट पार्छन् ।वि सं १८४८ साल पछि लिम्वूवानका सुव्वा, कार्वारी र जिम्मावालहरुले अनिवार्य नौ दुर्गा भवानीको पुजा आजा गर्नुपर्ने , दशै मान्नका लागि घर लिपपोत गर्नुपर्ने र नयाँ लिपपोत गरेको घरको भित्तामा अनिवार्य वलि दिएको खसी वोका, परेवा, राँगा, सुगुरको रगतमा हात तथा पैताला डुवाई छाप हान्नुपर्ने उर्दि जारी भयो । दशै सकिए पछि कार्तिक महिनामा लिम्वूवानमा वसोवास गर्ने लिम्वूहरुले दशै माने की मानेन् भनेर फेरीवाला जोगीको भेषमा जय गोरखनाथ भन्दै जासुस गर्न शाह राजाले पठाउँथे । लिम्वूवानको गाँउ गाँउ जोगीको भेषमा पुगेका गोरखनाथहरुले गरेको रिपोर्टिङको आधारमा लिम्वूहरु कार्वाहीको भागिदार वन्नु पथ्र्यो ।

यसरी लिम्वूवानमा वसोवास गर्ने लिम्वूहरुलाई दशै मान्न लगाईएको रणवहादुर शाहको पालामा लिम्वूहरुलाई दिएको लालमोहरले पनि प्रष्ट पार्दछ । प्रकृतिपुजक लिम्वूहरु यस भन्दा अगाडी आफनो कुल देवताको पुजा अर्चना गर्दथे । विशेष गरेर वाली भित्रयाउने समयमा चासोक (न्वागीपुजा) गर्दथे । त्यस्तै वाली लगाउने समयमा यक्वापुजा गर्ने गर्दथे । नयाँ वर्षकोरुपमा माघेसंक्रान्ती (कक्फेक्वा तङ्नाम्) मान्ने र साउने संक्रान्तीलाई (सिसेक्पा तङ्नाम) कोरुपमा मान्ने गर्दथे । लिम्वूहरु प्रकृति पुजक भएकोले मठमन्दिर र मुर्ति पुजा गर्देनथिए

 ।लिम्वूवानमा निशान पुर्वी नेपालको विभिन्न क्षेत्रमा दशैको समयमा निशान निकाल्ने चलन छ । पुर्वको मुख्य ऐतिहासिक गौडा मानिएको धनकुटामा ९ वटा निशान छन् । ती ९ वटा निशानलाई हरेक वर्षको दशैको सप्तमी तिथि अर्थात फुलपातीको दिन प्रर्दशन गरिन्छ । विभिन्न पुराना हात हतियार सहित हाल धनकुटामा रहेको निशान देवी मन्दिरवाट विषेश पुजा आज गरी नेपाली सेना र प्रहरीको सलामी पछि धनकुटाको टुडीखेल सम्म पु¥याएर पुजा आजा गर्ने गरिन्छ ।धनकुटामा रहेका ९ वटा निशान मध्ये एउटा जंगी निशान, श्रीजंग पल्टनका ४ वटा, ईन्द्रध्वज गणका ४ गरी जम्मा ९ वटा रहेका छन् । श्रीजंग पल्टन अहिले नेपालको रामेछाममा छ भने ईन्द्रध्वज गण झापामा रहेको छ । यसरी पुर्वको लिम्वूवानमा हुने युद्धहरुमा आँउदा यी निशानहरु धनकुटा ल्याईपु¥याएको मुन्धुमविद भरत तुङघङ वताउँछन् । यसैगरी धनकुटाको जस्तै अरु निशान लिम्वूवानको विभिन्न क्षेत्रमा छन् ।छथर, पान्थरका सुव्वाहरु संग अझै पनि निशानहरु छन् । जस अनुसार धनकुटा जिल्लाको छथर ताङखुवामा २ वटा नगरा, हातहतियार सहितको निशान छन् । ताङखुवामा पनि हरेक वर्ष दशैको नवमीको दिन विशेष पुजा आजा गरी मन्दिरवाट वाहिर निकाली करिव ३ किलोमिटर टाढा सम्म पु¥याएर मौलोडाँडा भन्ने स्थानमा पुजाआजा गर्ने गर्दछन् । ताङखुवाको निसान छथरका खजुम पारघरी लिम्वू र खजुम चोङवाङ लिम्वूहरुले राखेका छन् ।यस्तै अर्काे निशान लिम्वूवानकै छथर क्षेत्र अन्र्तगत तेह्रथुम जिल्लाको सुदाप र ओख्रेमा पनि छन् । ओख्रे गाविसमा नगरा, पुराना हात हतियार अनि तोप सहितको निशान छ । यो निसान खेवा तूम्वा लिम्वू संग छ भने भने अर्काे सुदाप गाविसमा पुराना हात हतियार र नगरा सहितको निशान छ । सो निशान खेवा मादेन लिम्वूहरु संग छ । त्यहाँ पनि हरेक सालको दशैको नवामीकै दिन पुजा आजा गर्ने र प्रर्दशन गर्ने गरिन्छ । त्यस्तै अर्काे निसान लिम्वूवानको छथर पोखरीमा पनि छ । यहाँ भने प्रर्दशन गर्ने गरिदैन । अर्काे निशान लिम्वूवानको पान्थर थुम हालको पाँँचथर जिल्लामा पनि छ । पाँचथरमा पनि योङहाङ लिम्वूहरुले हरेक वर्षको नवमीकै दिन प्रर्दशन गर्ने गर्दछन् । यहाँ भने निशान प्रर्दशन गरिनुका साथै नचाउने गरिन्छ ।वि सं १९४० सालमा चैनपुरवाट रणोद्धीपसिं राणाको पालामा धनकुटा लिम्वूवान हेर्ने गौडा सरे पछि वि सं १९४२ साल देखि निशानको पुजाआजा गर्न थालिएको वताईन्छ । विभिन्न शक्तिकोरुपमा मानिने निशान पुर्वी लिम्वूवानमा करिव १५ वटा छन् । लिम्वूवानमा रहेका सवै निशानहरु श्रीजंग पल्टनका निशानहरु हुन् भन्ने गरिन्छ । तर लिम्वूवानको पुर्खाैली भुमी र परम्परागत संस्था विषयमा विद्यावारिधी गर्दे गरेका कमल तिगेलाका अनुसार सरसर्ती हेर्दा १५ थान निशान देखिएता पनि धनकुटाका नौ थान निसानहरु वस्तवमा जंगी निसान, श्रीजंग पल्टनको निसान र ईन्द्रध्वज गणको निसान गरी तीनवटा मात्रै हुन । यसमा अनि र पनि हुने गर्दछ । जसको अर्थ अगाडी निसान र पछाडी निसान भनेर वुझिन्छ । यसमा चार थान निसानको प्रयोग हुन्छ । यी निसानहरुको साथमा पाले निसानहरु पनि हुन्छन् । जंगी निसान एउटै मात्र हुन्छ । धनकुटा वाहेक अरु क्षेत्रमा रहेका निसानहरु श्रीजंग पल्टन अन्र्तगत पछि राखिएका हुन् । सेन राजाकै पालामा समेत लिम्वूवानमा नगरा निसान दिने चलन भएकोले यि निसानहरुको वारेमा थप खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ

।दशै नमान्दा मृत्यूदण्ड शाह राजाहरुले पुर्व लिम्वूवानमा वसोवास गर्नेहरुलाई अनिवार्य दशै मान्नुपर्ने उर्दि जारी गरे पछि धनकुटाको आसपासमा वसोवास गर्ने अठप्रे (आठपरीय) जातिहरुले दशै नमान्दा दुई जनालाई मृत्यूदण्ड दिई शहिद वनाईयो । जंगवहादुर राणा प्रधानमन्त्री भएको समयमा दिईएको यो मृत्यूदण्डमा नाम्रीहाङ र रिदमा नाम गरेका दुई पुजारीलाई झुण्डाएर मारिएको हो । आठपरीया जातिहरु अहिले पनि दशै मान्दैनन् । उनीहरु वाली भित्रयाउने समयमा (कात्तिके पुर्णिमा) मा वाडाङमेट चाड मान्दछन् ।
 उनीहरुले यो चाडमा आठपरीयाहरुको घरघरमा पुगी च्यावु्रङ नाच्दैसि
पैले माग्यो सुनै पगरी…..
राजाले दियो कालो पगरी….
भावी कर्मले यस्तै लेख्यो …..
यही पगरीले खायो ज्यान …भन्दै गीत गाउने गर्दछन् ।
 यसरी पुर्वमा वसोवास गर्ने आदिवासी लिम्वूले मात्रै होईन धेरै जसो जनजातिहरुले पहिला दशै मान्दैन थिए । तर पछि जर्वजस्ती शाहवंसिय राजाले दशै पर्व मान्न भनी लगाएको उर्दीको कारण मान्न थालिएको हो । पछिल्लो समयमा केही सचेत आदिवासी जनजातिहरुले दशै आफनो चाड नभएको भन्दै मनाउन छाडेकाछन् ।

Monday, June 9, 2014

आध्यात्मिक र भौतिकबाट मुन्धुम


मुन्धुम् र भौतिकवादी दृष्टिकोण
मुन्धुम् संसारको सृष्टि,मानव जगतको भलो र
प्रगति गर्ने विषय वा सार संक्षेप नै वास्तविक
मुन्धुम्को सारतत्व हो। मुन्धुम् शब्दको उत्पति मुन
+हल्लिनु थुम+दुम–जोडिनु मुन+दुम–मुन्धुम् हुन्छ।
अथवा हल्लीरहने शति्शाली तत्व जोडिएर कुनै अर्थ
लाग्ने वस्तु वा सिर्जना हुने शब्दको नाम नै मुन्धुम् हो।
मुन्धुमको अर्थ
खाम्बोङ्बा लुङबोङ्बा अथवा सावा येत्हाङहरुको प्राचीन
भाषा,माङ्वाणी (माङ इङघङ) देव भाषा जो मुहिगुम्
अङ्सी,देवअङसीहरुको वाणी वा मौखिक
शास्त्रादीहरुलाइ मुन्धुम् मानिएको छ।
मुन्धुम भित्र थकसाप मुन्धुम (लिखित शास्त्र) पेसाप
मुन्धुम् (टिप्पणी शास्त्र) थुङसाप मुन्धुम् (मौखिक
शास्त्र–श्रुति परम्परा) सक्सक् मुन्धुम् (कागज शास्त्र)
र साम्यो मुन्धुम् (धर्म शास्त्र) शास्त्रहरुलाई
समग्रमा साम्जिक वा चाम्जिक मुन्धुम् मानिएको छ।
श्रुति कथा,आख्यान,लोक साहित्य र
गाथाहरुको समष्टीगतरुप नै मुन्धुम्को आधार हो।
थुङसाप मुन्धुम् (श्रुति शास्त्र)
तथा साकमुरा वादेम्मा मुन्धुम् अनुसार
मेन्छाम्याप्मी पाक्तेल्ले
मुजिना खेयङ्ना (इश्वररुपि स्त्रीरुप) मस्त जवानी भइ
यौनतृष्णाले छट्पटिएर रुखमाथि खुट्टा हल्लाउँदै
हावा खाइ बस्दा हावाको माध्यमले
मुजिना खेयङ्नाको योनीमा कालो बायु (इश्वर–
माङ्को विर्य) प्रवेशगरि जन्मेका सुसुङगे लालाङगे
(युकपुङ्गेन् सावाङगेम्बा) नै प्रथम मानव पुत्र मानिन्छ।
अर्थात शास्त्रीय मुन्धुमले भन्छ कि सुनले
बनाउँदा पनि मान्छे बनेन्। चाँदि प्रयोग
गरी बनाउँदा पनि मान्छे बनेन। अर्को शब्दमा तत्वले
जीवन बनेन्। बाजेबाट बाबु जन्मियो,बाबुबाट
छोरा जन्मियो,छोराबाट नाति जन्मियो। अर्थात
जीवन बन्नलाइ जीवन नै चाहियो/चाहिन्छ। यसलाइ
अङ्ग्रेजीमा "Law or theory अफ Biogenesis" भनिन्छ।
मुन्धुम् अनुसार जीवाङ्स
भनेको सिमिक्ला खाप्पु,वहिचेल्लेक्ना,वादुम्–पक
्वा वा आकाशे
पानी जो ढुङ्गाको खोपिल्टो वा कुनै पानी जम्ने
ठाँउमा जम्मा भई त्यो पानीमा आवश्यक जीवांशहरु
जम्मा हुन गई तागेरानिङ्वाफु माङको आशीर्वादले
मानिसको सृष्टि भयो।
यसरी मानिस वा जीवको उत्पति हुने सिद्धान्तलाइ नै
मुन्धुमले अघि सारेको छ। मुन्धुम्मा थुप्रै माङहरु उत्पन्न
भई विभिन्न् सिर्जनाहरु गरेको मुन्धुमले वर्णन गर्दछ। तर
बुझनु पर्ने कुरा के हो भने समयक्रम अनुसार ब्रह्माण्ड र
पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरु परिवर्तन हुँदै जाने
निश्चित अवस्थालाई श्रुति परम्परामा माङ(इश्वर)
को उपस्थिति मानिएको छ।
डार्विनको विकासवादी सिद्धान्त अनुसार बाँदरले
मानिसको रुप लिन पुगेको हो। त्यो वैज्ञानिक
तथ्यलाइ स्वीर्कानै पर्छ। तर अब
संसारमा भएका बाँदरहरु बाँदर नै रहि रहनेछन्। बाँदरबाट
मान्छे बन्ने वातावरणको परिवर्तन क्रम
गुज्री सकेको छ। यो वैज्ञानिक तथ्यलाइ स्वीकार
गर्दछौ भने यी मुन्धुम्का लोक आख्यान र शास्त्रीय
मुन्धुमी काब्यलाई पनि स्वीर्कानै पर्ने हुन्छ।
“थो खाम्छी छिरीरो खाम्लन्दी साःमा (साःमेन्छा)
लुङ्छी छिरीग लुङबोङ्बा साःमा
मेन्छाम तुम्बुमा याप्मी तुम्बुमा
मुजिनामारो खेयङनामाआः
थाप्साङ लन्देआङ लदेन लन्देआङ
थो फक्ताङलुङ्मेत्थो पेन्बेन वामेत्थो,
चुक्मु नेन्छिङ्ङाङ् हिङ्मु नेन्छिङ्ङाङ्
चुक्मु लोरेल्य हिङमु लोरेल्य” भन्ने मुन्धुमी लोक
आख्यानलाई पनि स्वीकार्नै पर्ने हुन्छ।
जब “सियाक्पे थेयाक्पे फक्ताङ्लुङ पेन्बेन्लुङ
माङजिरी माङ्लःदा (माङ्गन तेम्बे)
तेन”मा ढुङ्गा माटो र हावा पानीद्दरा जन्म
भएकी मुजिना खेयङ्ना मस्त जवानी हुन्छिन्
अनि मुन्धुमी भाषामा यसरी गर्भधारण हुन पुग्छिन्।
लक्लेलक लकले पेलीरक पान्लो
थो सिन्युक् पिबारो मुदेन पिबारो
थो सुरावेत तेम्बे काम्फोना तेम्बे
थोसु इङबेल्लो खाङला इङबेन्न्
योसु इङबारो सुरा इङबेन्न्
लक्लेलक लकले पेली र पारे
यो साङगफे कफे नाङवामा चङधो
मुजिनामाग खेयङनामाग
कुजेक् ....
सिसा केःरेआङ मेन्छीन् केःरेआङ
साम्मिःत् मुक्तेआङ केजङ् मुक्तेल्ले
यो साङगफे कफे नावामा चङधो
लिङगफे कफे नावामा चङधो
केरुङ तोसेल्ले कुहिम तोसेल्ले
साम्मिःकरक मुक्ते केजङरक मुक्ते
साम्मिःत्ले मुतुः केजङ्ले मुत्तुआङ
मुजिङनामाग खेयङनामाग
आबुरक लाःरुरो सारुङरक लाःरुरो।
मुन्धुममा यसरी सर्वप्रथम मानवको गर्भधारण
हिमालमा भएको छ।
यता रुसी आँखा अनुसन्धानकर्ता एवं वैज्ञानिक
अर्नस्ट मुल्भडसेभ (Ernst Muldashev) को इन्टरनेशनल
एकेडेमी अफ साइन्स युन (१९९६) द्वारा प्रकाशित
इन्टरनेशनल एक्सपेडिसन फर ह्युमानिटी ओरिएन्टल
रिसर्च (International expedition for oriental
research)पुस्तकमा मानव
जातिको उत्पति हिमाली श्रृङखला (फक्ताङलुङ) र
मानसरोवर छेउछाउ भएको उल्लेख गरिएको छ।
त्यहाँ उत्पति भएका मानवहरु विकसित अवस्थामा पुगेर
चारतिर लागेका थिए।
उल्लेखित मुन्धुम् र वैज्ञानिक अन्वेषणहरु विचार
गर्दा मानव सृष्टि र मानव विकाशको मूल
थलो यही हिमवत् खण्डको कैलाश पर्वत
वा फक्ताङलुङ सरहदभित्र भएको थियो। प्रसिद्ध
पश्चिमी विद्धान डा.स्वेलभेन लेभीले याक्थुङ (लिम्बू)
हरुको सम्बन्धमा लेखेका छन “त्यो हिमाल
वास्तवमा उसैको हो जो त्यहीँ आदिकालदेखि बसिरहेका थिए
र अहिले पनि बसि रहेकाछन।” माक्सवादी विद्धान
फेडरिक एंगेल्स(Frederick Engels) को भनाई अनुसार
पनि “एसिया नै मानव जातिको उत्पति स्थल हो।
मानव शास्त्रीहरुको वैज्ञानिक खोज र
विद्धानहरुको अनुमान जस्तै मुन्धुमभित्र
संसारको सृष्टिवारे चाख लाग्दो र वैज्ञानिक
दृष्टिकोणसंग मेलखाने
मुन्धुमी भाषाहरुको प्रयोग भएको पाइन्छ। युङ्पुङगेन
सावाङगेम्बा सिकार गर्न फङदुरा(काश)
चङधो वेक्तुरा चङधो उकालो लाग्छन्। मुन्धुम् अनुसार
उस बेलाको माङ्गन तेम्बे (माङहरुको घुमफिर गर्ने ठाउँ
वा समथल मैदान,वर्तमान फक्ताङ्लुङ हिमाल वरिपरि)
तिर उकालो लागेको ब्याख्या भएबाट के बुझिन्छ भने
अहिले पहाड र हिमश्रृङखला भएर
उभिएका हिमाली श्रृङ्खलाहरु अग्लिने क्रम
जारी थियो। अहिले जस्तो विशाल हिमाल पर्बत
भएर अग्लि सकेको थिएन् र नदी किनारतिर
काशका गाँजहरु फुलेको थियो।
भूगर्भशास्त्रीहरुको मत अनुसार हिमाल
भूखण्डको निर्माण आजभन्दा करिब साढे १२ करोड
बर्ष अगाडी उत्तरको लुरेसिया(Laurasia) र
दक्षिणको गोण्डवाना ल्याण्ड (Gondwana Land)
का रुपमा बाँडिएका जमिनका केवल
दुईओटा ठूला भूखण्डहरु साढे ६ करोड बर्ष अगाडी आएर
वर्तमानका विभिन्न दीपहरुमा बाँडिनु
अगाडी वर्तमान नेपालको भूभाग टेथिस
सागरको गर्भभित्र लुकेको थियो।
(मेहरी दत्ता १९८५;१५,१७)। वर्तमान दक्षिण
एसियाली उपमहाद्धीप सरिसृपहरुको युग अथवा मध्य
जीवकल्प(Mesozoic)सम्म अफ्रिकी महादेशसंग
जोडिएको थियो। पछि आएको भौगोलिक
हलचलमा समुन्द्रको दक्षिणी पिँध पेलिने तर
उत्तरको तिब्बती ढालले सर्न नदिने हुँदा समुन्द्र सतह
चुलिदै गएको थियो। यो परिवर्तनको लहरमा कतिपय
जमिनका उच्च भू–भागहरु पानी भित्र डुब्न पुगे र
कतिपय सागर भित्रका भू–भागहरु उच्च
भूमि वा पहाडका रुपमा उठ्न पुगे।
यही हलचलकै क्रममा महादीपीय विस्थापनका कारण
अफ्रिकासंग जोडिएको भू–भाग समुन्द्रमा धस्न
गयो र उत्तरतर्फ भएको टेथिस सागरको भू–भाग
माथि उठ्न गई चुरे,महाभारत र कतिपय उच्च पहाडी भू–
भागको निर्माण हुन पुगेको थियो। तिब्बतीय
पठारतिर विशाल ढिक्के नुन खानी हुनुलाई
त्यहीँ समुन्द्रको नुनपानीलाई कारण मानिएको छ।
यी वैज्ञानिक तत्थ्य अनुसार आज
देखिएका पहाड,हिमालहरु एकै पल्ट निर्माण
भएका थिएनन्। समुन्द्री टेथिस अग्लो हुने क्रमसंगै
त्यहाँ भएका एक कोषिय जीवहरु
पनि पानीको सतहमा आएका थिए।
वैज्ञानिक अनुसन्धान अनुसार पृथ्वीमा आइरन–
सल्फाइड भएको महासागरीय पिँधको उष्ण
चट्टानमा अन्दाजी अढाई अरव बर्ष देखि ४ अरव बर्ष
अघिको समयअवधिमा जीवको पहिलो रुप अल्गी–
वैक्टेरिया जीव–कोषको उत्पति भएको थियो।
डार्बिनको विकासवादी सिद्धान्त अनुसार
अमिवाबाट जीवहरु र मानव सम्मको विकास
भएको हो। सम्भवतः यो विकास हुने क्रम पहाड र
हिमालको अग्लाई एकै साथ हुँदै गयो। मुन्धुमले
पनि यही विकासवादी सिद्धान्तकै
आधारमा ब्रह्माण्ड र
संसारको सृष्टि जीवहरुको उत्पति र
फक्ताङलुङमा (कुम्भकर्ण हिमालमा)
ढुङ्गा माटोद्धारा मुजिना खेयङ्नाको जन्म
भएको हो भनेर ब्याख्या गरेकोछ। जीवहरुको उत्पति र
विकास हुने क्रम भई सकेर पनि अहिले देखिएका पहाड
र हिमालहरु भने क्रमश अग्लिन्दै
जाँदा अहिलेको अवस्थामा पुगेको हो।
श्री मदन मणि दीक्षित अनुसार नेपाल भनिने
भूमिको इतिहास करिव ७ करोड बर्ष
पुरानो भएको अनुमान गरिएकोछ।
महाभारतमा हस्तिनापुरको नाम ५२ पटक उल्लेख
गरिएकोछ तर हिमालयको नाम दुईसय ५४ पटक उल्लेख
गरिएकोछ। यसबाट हिमालय वरिपरिको मानव
सभ्यता र नेपालको अस्तित्व धेरै पहिले नै सुढृढ भई
सकेको थियो भन्ने कुरा बुझ्न सकिन्छ।
अनुसन्धानकर्ताहरुले तिब्बतमा लाखौं बर्ष
पुरानो बोन धर्मका चिहान साथै अन्य मानव अवशेषहरु
फेला पारेका छन्। आर्यावर्तको प्राचीन
साहित्यहरुलाई हेर्दा हिम प्रदेशका प्राचीन
जातिहरुका नामहरु भेटिन्छन्।
जसमा मुख्यतया खम्बोज,दरद,किरात,शक,यवन
(याक्थुङ?) खस आदिका नामहरु विशेष उल्लेखनीय
रहेका छन। सुप्रसिद्ध इतिहासकार श्रीराम गोयलले
पनि आर्यहरुको आगमन अगाडी नै किरात
जातिको यस हिमालय वरिपरिको क्षेत्रमा बसोबास
भईरहेको तथ्यको पुष्टि गरेका छन्।
अफ्रिकामा पाइएको “लुसि” भनिने मानव
भग्नावशेषलाइ वर्तमान मानवको पहिलो पुर्खा भनेर
पश्चिमी अनुसन्धानकर्ताहरुको दाबी रहे पनि “बहुमत
मानवशाश्त्रीहरु एसिया क्षेत्र नै मानव उत्पति स्थल
हुनु पर्छ” भन्ने निर्क्योलमा एकमत देखिन्छन्। हिन्दु
धर्मशास्त्रले मानव उत्पति स्थल हिमालयतिर
भएको सङ्केत गर्दछ। यही सङ्केतलाई मुन्धुमले विस्तृत
रुपमा वर्णन गरेको छ। सन १९८० मा नेपाल
अमेरिकी संयुक्त अभियान दलले नेपाल
बुटवलको तिनाउ
नदीको दायाँ किनारमा रामापिथेकस (राम नरवानर)
वा बुटवल नरवानरको बायाँ बङ्गाराको अवशेष
चट्टानमा भस्मिभूत(Fossilized)
भएको अवस्थामा फेला पारेका थिए। उक्त राम
नरवानरको बङ्गारालाई चुम्बकीय विधीबाट
समयको परीक्षण गर्दा एक करोड दश लाख बर्ष
अघिको अनुमान गरिएको थियो। इतिहास र
संस्कृतिविद् भुवनलाल प्रधान अनुसार “एक करोड बर्ष
भन्दा अगाडि नै
हिमाली भेगको फेदीमा प्रागमानवको प्रादुर्भाब
भईसकेको थियो। लिम्बूहरुको साम्जिक मुन्धुम् अनुसार
इम्बिरि याङधाङवा (तमोर) को किनार “मुधिङगुम
लेक्वा” मा मुजिना खेयङनाको जन्म भइ फक्ताङलुङ
हिमालको फेदीमा रहेको मारुङफुक्को पारुङफुक्कोबाट
आदी मानवहरुको मानव सभ्याता शुरु भएको थियो।
ति ठाउँहरुलाई मुन्धुम्मा “मना पोङदेन”
वा मानवको सृष्टि स्थल मानिन्छ।
गुरुङहरुको आदिम वस्ति भनिने अन्नपूर्ण मलखुगेर
भञ्ज्याङ् दक्षिण तर्फ क्होलःसोँथर अर्थात
क्होलः सोप्रे (तीन हजार तीन सय ३० मीटर) हुनु
जस्ता प्रमाणहरुले आदिम मानवहरु हिमालबाटै
फैलिएका थिए। यी आदी(Indigenous) मानवहरुले
ब्रम्ह्माण्डका ग्रहहरु दायाँबाट बायाँ घुमे
जसरी आफ्ना साधन (जाँतो,घट्ट,) साथै
आफ्ना धार्मिक एवं सांस्कृतिक अनुष्ठानिक (के
लाङ,येवा लाङ,साखेवा सिलीहरु) कार्यहरु गर्दा घर
तरुलले दायाँबाट थाङग्रो चढे जस्तै दाँयाबाट
बायाँ घुम्ने विधि विधानहरु चलन
चल्तीमा ल्याएका थिए।
यी विधिविधानहरुको शुरुवात गर्ने
खाम्जिरी खाम्बोङ्सा वा सावा येत्हाङ वंशहरु
यही फक्ताङ्लुङ पेन्बेनलुङ
वरिपरि उत्पति भएका तागेरा निङ्वाफु
माङका सन्तानहरु जो वास्तविक Indigenous मानवहरु
थिए। तिनै सावा येत्हाङका सन्तानहरुले
आफ्नो पुर्ख्यौली शक्ति (Hereditary power)
द्धारा भारतीय उपमहाद्धीपको हिमालयबाट
झुल्किएर विश्वमा आफ्नो आध्यात्मिक तथा भौतिक
शक्तिको परिचय दिएका थिए।
नेपालमा भएका विभिन्न जनजातिहरुमा अहिसात्मक
संस्कारको मुन्धुम् संस्कारगत प्रमाणहरु पाइए झैं
विश्वका अन्य भागमा बस्ने
जनजातिहरुमा पनि यस्तो सत्य संस्कारको अवशेषहरु
पाइन्छ। दक्षिण अमेरिकाका मेक्सिकन इण्डियन
एजटेकहरु सर्व शक्तिमान इश्वरलाई धुप र तुलफूल मात्र
चढाउँने गर्दछन्। मध्य भारतका गोन्ध जनजातिहरु
पनि सर्वशक्तिमान इश्वरलाई घ्यू र चिनि मात्र
चढाउँछन्। बर्माको कारेन जातिहरु इश्वरलाई चामल र
फलफूल चढाउँने गर्दछन्। साइबेरियाको आस्तिक
जनजातिहरु शुद्ध इश्वर प्रार्थना मात्र गर्दछन्।
नेपालका लिम्बू जातिहरुले गाली सराप
बगाउँदा फेदाङमाले ७/८ वटा ढुङ्गा ठड्याउँछन्।
अनि अलग्गै एउटा मूल ढुङ्गा ठड्याएर सिन्दुर
सुपारी चढाउँछन्। रगतको छिटा सम्म पर्न दिँदैनन्। भुत
प्रेतहरुलाई भोग वलि दिने वेलामा इश्वरले नदेखुन भनेर
सो मूल ढुङ्गालाई सोत्तरले बेरेर ”कातक्वा ए मिक थेक्
थेक्“ भन्दै भगवानको आँखा छल्ने गरिन्छ।
नेपालमा भएका विभिन्न
जनजाति संस्कारमा सेतो रङलाई शुभ,प्रिय,पवित्र
रङ्को रुपमा मानिन्छ। भगवानलाई
सेतो फूल,सेतो कपडा,सेतो चन्दन चढाइन्छ।
बेहुला वेहुलीलाई सेतो र्ङगको वस्त्र पहिर्याइन्छ।
तामाङ,सेर्पा,थकाली,गुरुङहर
फूलको सट्टा सेतो खादा (सेतो कपडा) प्रयोग
गर्दछन्। लोहोसार पर्व (नयाँ वर्ष)
मनाउँदा अविरको सट्टा सेतो पिठोले अभिषेक
गर्दछन्। जनजातिहरुमा सेतो रङ सत्य,शान्ति,अहि
ंसाको प्रतिक हो भन्ने मान्यता नेपाल र
विश्वका जनजातिहरुमा एकता हुनु उनीहरुको मूल
थलो एउटै हो भन्ने सङ्केत गर्दछ।
याक्थुङ लाजे लिम्बूवान नाममा फेरिनु अघि याक्थुङ
लाजेमा सावायेत्हाङ आठ राजाका सन्तानहरुले राज्य
गर्दै थिए। उनीहरुको एउटा विशेषता के थियो भने हरेक
देव देवी र प्रतिष्ठित ब्याति्कहरुको नाम “य” वर्णबाटै
राखिएको हुन्थ्यो। जस्तै याक्थुङबा,येहाङ
,युक्पुङगेन,यकलब्यहाङ,येबा,येमा,यल
म्बाहाङ,युमा आदि। सम्भवतःउनै
सावायेत्हाङका सन्तान दर सन्तानहरु नै
मुजिना खेयङनाका सन्तानहरु हुन। तिनै सुSसुवेङ
लाSलावेङ वा सुSसुवालिSलिम (ढुङ्गा माटोसंगै
जन्मिएका मूलबासी) याक्थुङबाहरुलाई नै आगन्तुक
शासकहरुले “सुSसुवा लिSमलिम” भन्दा भन्दै लिम्बू
भनिएको हुन सक्ने सम्भाब्यतालाई इतिहासकारहरुले
स्वीकारेका छन्।
सावायेत्हाङका सन्तानहरुले उत्क मुन्धुम्
श्रुति परम्परामा आधारित शास्त्रीय ऐतिहासिक
काब्यको थालनी गरेका थिए। येत्हाङ,फाङहाङ,
साम्बा,फेजिरी फेदाङमा,येवा,येमा,अङ्सी,येहाङ,
कान्देनहाङ,सिरीजंगाहाङ,थाक्थाक्कुम
माबोहाङ,तेओङ्सी सिरिजङ्गा,महागुरु फाल्गुनन्द
लिङ्देन,किरात भाषा तथा संस्कृति विशेषज्ञ
इमानसिंह चेम्जोङ साथै आत्मानन्द लिङ्देन
जस्ता इतिहास तथा मुन्धुमका ज्ञाताहरुले
संसारको सृष्टि,मानव उत्पति कथा तथा मानव
विकास र धार्मिक एवं सांस्कृतिक श्रुति परम्परालाई
एक पुस्ताबाट अर्को पुस्तामा सार्दै ल्याइ
रहेका थिए,सार्दै ल्याई रहेका छन्।
मुन्धुमले वर्णन गरे झैं हिमालमा मानवको उत्पति र
विकासबारे हिमालमा पाइएका शालीग्राम र
नवपाषणकालीन ढुङ्गाका हात हतियारहरु,ताप्ल
ेजुङ,संखुवासभा,इलाम,झापा,सुनसरी,मोरङ,उदयपुर,द
ोलखा,मुस्ताङ,रामेछाप,सुर्खेत,काभ्रेपलाञ्चोक,ल
लितपुर,तनहुँ,कास्की,पाल्पा,दाङदेउखुरी,मकवानपुर र
नवलपरासी आदि स्थानमा पाइएका छन्।
यी हतियारहरुले के सङ्केत गदर्छ भने यिनै हिमाल
पहाडको आसपास मानवको उत्पति भई
नवपाषणकालीन
युगमा यी स्थानहरुमा मानिसहरुको ब्यापक बसोबास
भइ सकेको थियो। तर गाउँघरमा आफ्ना हजारौं बर्ष
अघिका पुर्खाका ढुङ्गे हात हतियारहरु नचिनेर बज्र
ढुङ्गा (सेरिलुङ) लाई पूजा गर्ने साथै
औषधीको रुपमा प्रयोग गर्ने चलन रहेकोछ।
जनकलाल शर्माका (हाम्रो समाज एक अध्ययन पृष्ठ
३५०) अनुसार ति पाषणकालीन ढुङ्गे हतियारहरु ३०
हजार बर्ष पुरानो भएको अनुमान गरिएकोछ।
भू–गर्भशास्त्रीहरुको मत अनुसार नेपालका अधिकांस
उपत्यकाहरु तलाउका रुपमा थिए। आज भन्दा २ लाख
बर्ष अगाडी धाद्रा (भुइँचालो वा कुनै कारणले जमिन
धस्सिनु वा गतिशिल प्लेटहरु एक अर्कामा
ठोक्किनु) लागी पानी निस्किएर गएको अनुमान
गरिएको छ।
दक्षिण एशियाली महाद्धिप प्लेट र तिब्बतीय भूभाग
रहेको अर्को प्लेट दुवै गतिशिल भएको हुनाले उच्च
पहाड र उपत्यकाहरुको निर्माण भएको थियो। कुनै
कारणबस ति उपत्यकाहरुबाट पानी निस्केर गए
पछि बनेको समतल मैदानहरुलाइ मुन्धुम्मा तेम्बे
(समथल,मैदान) शब्दले पुकारिएको थियो।
कुनैपनि जातिको धर्म संस्कारसंग पात्रको नाम,स्थान
र घटना अनिवार्य जोडिएको हुन्छ। मुन्धुममा वर्णन
भएका यी तेम्बेहरुले पनि तिनै ऐतिहासिक
घटनाको प्रतिविम्ब प्रस्तुत गर्दै आएकोछ।
मुन्धुम्मा वर्णन भएका केही तेम्बेहरु :–
मुरिङला खारिङला तेम्बे,साङ्गरक नुगरक तेम्बे,चेन्जेनलुङ
तेम्बे,चिङलिङ हारा (हडा) तेम्बे,काप्लिङ
तेम्बे,मिनुताखोङ तेम्बे,तेल्लेङ तेम्बे,मुना तेम्बे,नाखोङलुङ
तेम्बे,पुङलिङ तेम्बे,फेसिङ तेम्बे,इवा हडा तेम्बे,साघोङ्लुङ
तेम्बे,खङ्फोना तेम्बे,माङ्गन् तेम्बे,सुरावेत तेम्बे,खोन्दोप्
ला तेम्बे,साजारा तेम्बे,तुङ्साबा तेम्बे,लिङ्घायक तेम्बे
र पिरिङ्गे तेम्बे जस्ता कैयौं तेम्बेहरुको वर्णन
गरिएकोछ। मुन्धुम्मा वर्णन गरिएका तेम्बेहरुमा मानव
उत्पति र मानव सभ्यताको विकास भएको विश्वास
गरिन्छ।
यसरी मुन्धुम् र भौतिकवादी तथ्यमा तारतम्य मिल्नु
संयोग मात्र नभई मुन्धुमले वर्णन गरेको चराचर जगत र
मानव सभ्यतालाई केलाउँदै जान सकियो भने
अलङ्कारिक मुन्धुमी भाषाको रहस्यमय मानव
सभ्यता पत्यार नलाग्दो तर भौतिकवादसंग मेल खाने
एउटा दस्तावेज बन्न सक्छ।
सन्दर्भ सामग्री -
१.पापोहाङ” सेर्मा चन्द्र कुमार –बि.स.२०५८–किरा
त धर्म प्रश्नोउत्तर माला भाग – १
२.पन्धाक लिम्बू जसराज –सन २००६–लिम्बू
जनजातिका जीवन पछिका जीवन
धारणा तथा अन्त्यष्टि अनुष्ठानहरु
३.लिङदेनफुङ सराही साम्बा हाङयम्बु भिम बहादुर
लिबाङ र येजिरी येफःया हाङयम्बु बिर्खबहादुर
वनेम–मुजोःक्लुङ खाजोःक्लुङ मुन्धुम्
४.अधिकारी निलम शेखर– बि.स.२०५७–नेपाल
मा जातीय आन्दोलन–आरक्षण,स्वशाासन,सङ्घिय
राज्यतर्फ–पृष्ठ–३१

मुन्धुम रहे मात्र लिम्बू समुदाय बाँच्छ सन्तोष शेर्मा "बिवश"


Wednesday, June 4, 2014

संघियता भनेको के हो ?

संघीयताको बहस चलिरहेको वेला मुख्य रुपमा निम्न कुराहरु बुझ्ने र बुझाउनुमा केन्द्रित हुनुपर्छ !!
( १ ) एकात्मक केन्द्रिकृत राज्य प्रणाली भनेको के हो ?
एउटा वाक्यमा भन्नु पर्दा राज्यसत्ताको सम्पूर्ण शक्ति र अधिकारहरु सबै केन्द्रमा हुने शासन प्रणालीलाई एकात्मक केन्द्रिकृत राज्य प्रणाली भनिन्छ ! एकात्मक राज्यमा सरकार र जनता बीच लामो दुरी हुन्छ अथवा सरकार जनताबाट टाढा हुन्छ त्यसैले जनताले पाउने न्युनतम सुबिधाको लागी पनि केन्द्रमा धाउनु पर्ने हुन्छ !
नेपाल पनि आजको मिति सम्म एकात्मक केन्द्रिकृत राज्य प्रणाली रहेको मुलुक हो जुन अब संघीय राज्यमा रुपान्तरण हुदैछ ! पहिले राणाहरुले केन्द्रिकृत राज्य गरे , त्यसपछी राजाले केन्द्रिकृत राज्य गरे अनि अहिले पछिल्लो चरणमा राजाको अर्को रुप कांग्रेस , एमाले र माओबादीले केन्द्रिकृत राज्य गरिरहेको छ ! नेपालमा राज्यशक्ति र अधिकार सबै सिहदरबारमा हुन्छ !
( २ ) संघियता भनेको के हो ?
एक लाइनमा भन्दा संघीयता भनेको देशका विभिन्न राज्यहरु मिलेर एउटा छाता बनाउने र त्यस अन्तर्गत रहेर आफूले आफूलाई शासन गर्ने पद्धति हो । जहाँ उनीहरु आफ्नो हकमा स्वायत्त हुन्छन् र साझा सवालमा आपसमा अनुबन्धीत पनि हुन्छन् । अर्थात् यो एक खालको महासंघीय ढाँचा हो ।
संसारमा संघीयराज्यका विभिन्न स्वरुपहरु छन् । मुलतः संघीयराज्यको शक्ति बाँडफाँडको नियमलाई तेर्सो समानान्तर प्रणाली र एकात्मक राज्यको शक्ति बाँडफाँडको नियमलाई ठाडो प्रणाली । अर्थात् संघीय प्रणालीमा राज्यको शक्तिको बाँडफाँड समानान्तर हिसावले हुन्छ भने एकात्मक राज्यमा माथिबाट तलतिर हुन्छ । अतः संघीय राज्यको अर्थ हरेक एकाईलाई आफ्नो मामलामा आफैले निर्णय गर्न पाउने स्वतन्त्रता, आत्मनिर्णयको अधिकार र आफ्नो हकमा आफ्नो कानून आफैले बनाउन र कार्यन्वयन गर्न पाउने स्वायत्तताको अधिकारसम्म हुन्छ । तिनै राज्यहरु मिलेर एउटा संघ बन्छ र सो संघले केन्द्रको रुपमा काम गर्दछ, जसलाई राज्यहरुले नै केन्द्रीय संघको रुपमा निश्चित अधिकारहरु प्रदान गरेको हुन्छ ।
केन्द्रले आफ्नो तजविजले आफ्नो अधिकार तल्लो निकायलाई प्रत्यायोजन गर्ने प्रणालीलाई विकेन्द्रीकरण भनिन्छ । एकात्मक राज्य व्यवस्था त्यही प्रक्रियाबाट चल्ने हो । तर संघीय राज्यहरु आफूमा समानान्तर ढंगले चल्दछन् । यसैकारण विकेन्द्रीकरण र शक्तिको साझेदारिता फरक फरक कुरा हुन् तर धेरैले एउटै अर्थमा बुझ्ने र बोल्ने गर्दछन् जुन एकदम गलत हो । त्यसैकारण विकेन्द्रीकरणमा माथिको अधिकार तल प्रत्यायोजित मात्र हुन्छ तर संघीय राज्यमा भने संघराज्यहरुका वीच समानताका आधारमा अधिकारहरु बाँडफाँड हुन्छन् र ती राज्यहरुले मिलेर केन्द्रलाई केही साझा अधिकारहरु जो एउटा संयुक्त र साझा केन्द्रका हिसावले गर्नुपर्ने र गर्नसक्ने अधिकारहरु हुन्छन्, दिएको हुन्छ । अंगे्रजीको ‘फेडरल’ शव्दको अर्थ संघहरुको शक्तिशाली केन्द्रीकृत सत्ताको निर्माण हो जहाँ संघहरु स्वतन्त्र र समान् हुन्छन् । अंग्रेजीमा ‘युनियन’ र ‘कन्फेडरेशन’ शव्द पनि प्रयोग हुने गरेका छन् । सर्बोच्च सोभियत ‘युनियन’ हुन् भने अमेरिका र स्वीजरल्याण्ड भने ‘कन्फेडरेशन’ हुन् । त्यसैले संघीय राज्यको अर्थ, हरेक संघीय इकाई आफ्नो मामलामा आपसमा स्वायत्त हुने र साझा हितका मामलामा आपसमा अनुबन्धित रहने पद्धति हो । यसता संघीय देशहरुमा केहीमा केन्द्र (संघ) बलियो हुन्छ भने केहीमा प्रान्त (राज्य) हरु बलियो हुने प्रणाली छ । भारतमा केन्द्र बलियो छ भने स्वीजरल्याण्डमा क्यान्टनहरु बलिया छन् ।
( ३ ) संघियता कति प्रकारको हुन्छ ?
बिश्वमा संघीय राज्यहरुको निर्माण दुई किसिमले भएको पाइन्छ ! पहिलेका स्वतन्त्र राज्यहरुले आपसमा समझदारी , सम्झौता वा सन्धि गरेर संघ निर्माण गरेका थिए ! यस्तो संघीय राज्याहरुमा संयुक्त राज्य अमेरिका , स्विट्जरल्यान्ड , अस्ट्रेलिया , सोभियतसंघ लगायतका पुराना संघीय राज्यहरु पर्दछन् ! यसलाई राज्यहरु संगै आउने बिधि (Coming Together) पनि भनिन्छ !
अर्को पहिले एउटै एकाइको रुपमा शासित हुदै आएको एकात्मक राज्यहरुलाई बिभिन्न उप एकाइहरूमा बिभाजन गरी केन्द्र र प्रदेश बीच अधिकारको बाडफाड सहित संरचना खडा भएका छन् ! यस्तो संघीय राज्यहरुमा भारत , बेल्जियम , स्पेन , अस्ट्रेलिया आदि छन् ! यसलाई जातिगत , भाषिक एबं धार्मिक , भौगोलिक बिबिधता बीच राज्यलाई खण्डित हुन बाट जोगाउन राज्यलाई संगै राख्ने बिधि (Holding Together) पनि भनिन्छ ! त्यसैले संघियतालाई जाती , भाषा , सस्कृति , ईतिहास र बिबिधता सम्बन्धि समश्यालाई सम्बोधन गर्ने सबै भन्दा राम्रो राज्ययन्त्र मानिन्छ !
अहिले हाम्रो नेपाल पनि यहि बिधि बाट संघिय प्रणाली तिर जादैछ !
प्रदेशले स्वतन्त्र पहिचान र सार्बभौम अधिकार राखी सम्झौता मार्फत केही अधिकार संघलाई प्रदान गर्ने व्यवस्था भए त्यसलाई महासंघ भनिन्छ ! बेलायती उपनिवेश बाट स्वतन्त्र भए पछी सन् १७७६ देखि १७८७ सम्मको संयुक्त राज्य अमेरिका र सन् १२९१ देखि १८४८ सम्मको स्विट्जरल्यान्ड यस्तै महासंघ थियो ! वर्तमान अवस्थामा युरोपियन युनियनलाई महासंघको नमुना मान्न सकिन्छ ! महासंघीय प्रणाली अन्तर्गत केन्द्रिय सरकारको स्वतन्त्र संबैधानिक हैसियत तथा अधिकार हुदैन ! यसले आफ्नो संघीय एकाई बाट अधिकार प्राप्त गर्दछ ! त्यसको बिपरित केन्द्रले प्रदेश माथि हस्तक्षेप गर्न सक्ने व्यवस्था भए त्यस्तो मुलुकलाई अर्धसंघात्मक भनिन्छ ! भारत , पाकिस्तान , मलेसिया आदि देशहरु यहि श्रेणीमा पर्दछन् !
संघीय एकाइहरुमा आफ्नो मामिला ब्यबस्थापन गर्नमा संघीय सरकारको भूमिका न्यून वा गौण र संघीय एकाईको भूमिका बढी महत्वपूर्ण भयो भने त्यस्तो संघियतालाई प्रतिस्पर्धात्मक संघियता भनिन्छ ! यदि संघीय सरकारले नै संघीय तथा प्रादेशिक नीति प्रस्तुत गर्ने वा निर्माण गर्ने गर्छ भने त्यसलाई पीडक संघियता (Coercive Federalism) भनिन्छ !
यदि संघीय एकाईले केन्द्रको अनुमति वा केन्द्र बाट मात्र शक्ति प्राप्त गर्दछन् भने त्यसलाई अनुमतीय संघियता भनिन्छ ! त्यस्तै संघ र प्रदेश मिलेर वा संयुक्त रुपमा नीति निर्माण कार्य गर्नेलाई सहकारी संघियता भनिन्छ ! इथियोपिया , दक्षिण अफ्रीका , जर्मनी , भेनेजुयला , बेल्जियम यसका नमुना हुन् !
यसरि संघियतामा दई किसिमले शक्ति बाडफाड भएको देखिन्छ !
( १ ) शास्त्रीय मोडेल – जहाँ प्रदेशले स्वतन्त्र रुपमा निश्चित अधिकार उपभोग गर्दछन जस्तै अस्ट्रेलिया , क्यानाडा , संयुक्त राज्य अमेरिका !
( २ ) अन्तर-बन्धन (Interlocking)संघीय मोडेल – जहाँ संघले मोडेल कानुन बनाउछ र प्रदेशले आफ्नो परिस्थिति अनुसार बिस्तृत कानुन बनाउछ ! जर्मनी र दक्षिण अफ्रिकामा प्रदेशले संघीय कानुनी कार्यक्रमलाई कार्यान्वयन गर्दछ !
कुनै कुनै देशले बिभाजन र बिखन्डनका मागलाई रोक्ने उपायका रुपमा असममित संघबाद (Assymetrical Federalsim) अपनाएको हुन्छ ! यस्तो संघमा केही प्रदेशले अन्य प्रदेशको तुलनामा बिशेष हैसियत र अधिकार पाएका हुन्छन ! क्यानाडाको फ्रेन्चभाषी क्युबेक , भारतको जम्मु कश्मिर र पपुवा न्यु गिनिमा वगेन्भेल्ला यसका उदाहरण हुन् ! असममित संघियतामा आकार , जनसंख्या , भौगोलिक आयतन वा अन्य कुनै बिशेषताहरुलाई ध्यानमा नराखी सबै संघीय एकाइहरूलाई समान अधिकार र केन्द्रमा समान प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ !
संघियतालाई व्यक्तिगत वा सास्कृतिक तथा भौगोलिक संघियतामा पनि बिभाजन गरिन्छ ! भूगोलबिना समुदायलाई सम्बोधन गर्ने संघियता नै सास्कृतिक वा व्यक्तिगत संघियता हो ! भारतमा मुस्लिम समुदायले उपभोग गरिरहेको यहि हो ! जाती , भाषा वा पहिचानका आधारमा देशको भूगोललाई संघीय एकाइमा बिभाजन गरिएमा त्यसलाई जातीय संघियता भनिन्छ तर मानबिय भूगोललाई ध्यानमा नराखी भूगोल मात्र बाडेमा त्यसलाई प्रशासनिक संघियता भनिन्छ ! बिश्वमा जातीय , भाषिक वा सस्कृति बिबिधता भएको मुलुकमा संघीय एकाइको निर्धारण गर्दा सकेसम्म त्यसलाई जातीय , भाषिक तथा सास्कृतिक रुपमा समरुपी बनाउने अभ्यास रहेको छ ! यसले राष्ट्रिय रुपमा बाहुल्य जातीलाई मात्र हैन , राष्ट्रिय जनसंख्यामा अल्पसंख्या भए पनि क्षेत्रीय रुपमा बाहुल्य जातीलाई लोकतान्त्रिक प्रक्रिया मार्फत स्वशासनको अभ्यास गर्ने अवसर उपलब्ध गराउछ !!
( ४ ) संघीयताको बिशेषताहरु के के हुन ?
संघियतामा दुई तहको सरकार हुन्छ ! सम्पूर्ण देशका लागी राष्ट्रिय सरकार र निश्चित क्षेत्रका प्रादेशिक वा राज्य सरकार हुन्छ ! संघियतामा प्रत्येक तहको सरकारको मतदाताहरुसंग स्वतन्त्र सम्बन्ध हुन्छ ! क्षेत्रीय संरचनाद्वारा मात्र संघीय ब्यबस्थापिका र कार्यपालिका बन्दैन तर संघियतामा एकात्मक ब्यबस्थाको बिपरित केन्द्रिय सरकारमा क्षेत्रीय दृष्टिकोण र प्रतिनिधित्व हुन्छ ! संघीय राज्याहरुमा सामान्यतया संघ र राज्यहरुमा अलग अलग संबिधान संबिधान हुने गर्छ ! संयुक्त राज्य अमेरिका , स्विट्जरल्यान्ड , क्यानाडा , अस्ट्रेलिया , अस्ट्रिया , रुस , दक्षिण अफ्रीका आदि देशहरुमा संघ र प्रदेशको अलग अलग संबिधान छन् ! आ-आफ्नो झन्डा र आआफ्नै राज्य प्रतीक चिन्ह पनि हुन्छ तर भारत , पाकिस्तान , मलेसिया , स्पेन , बेल्जियम लगायतका कतिपय देशहरुमा एउटै संबिधानमा नै संघ र प्रदेशको व्यवस्था गरिएको छ ! संघीय राज्यमा संघ र प्रदेशहरु बीच राज्यशक्ति र अधिकार संबैधानिक रुपमा नै बाडफाड हुनुको साथै एकपक्षीय रुपमा खोस्न नसक्ने व्यवस्था हुन्छ !प्रदेशलाई प्रभाब पार्ने बिषयमा संबिधान संसोधन गर्नु परेमा संघीय ब्यबस्थापिका र प्रादेशिक ब्यबस्थापिकाको बहुमतद्वारा निर्णय गर्नु पर्दछ ! संघीय राज्यमा सार्बभौमसत्ता पनि संघ र प्रदेसहरुमा बिभाजित गरिएको हुन्छ ! लिखित संबिधानद्वारा दुबै तहका सरकालाई विधायिकी तथा बित्तिय अधिकार बाडफाड गरिन्छ र त्यस्ता संघियता सम्बन्धि संबैधानिक प्राबधानहरुलाई राज्यका साथै केन्द्रिय सरकारको सारभूत सहमतिबिना परिवर्तन गर्न सकिन्न !
सामान्यतया संघीय राज्यमा संगीय प्रदेशहरु , जनसंख्या , भौगोलिक आकार , स्रोतहरु आदि कुराहरुमा सानाठूला जे भए पनि संघभित्र समान हैसियत राख्दछन् ! साथै केन्द्रिय ब्यबस्थापिकामा समानान्तर दुई वटा सदनको व्यवस्था भएको हुन्छ जसको सिनेट वा राष्ट्रियसभा वा राज्यसभामा प्रत्येक प्रदेशबाट बराबरी संख्यामा प्रतिनिधि पठाउने र जनप्रतिनिधि सभामा जनसंख्याको अनुपात अनुसार प्रतिनिधि पठाउने व्यवस्था हुन्छ ! सामान्यतया संघीय शासन प्रणाली अन्तर्गत प्रदेशमा स्वशासन/स्वायत्तता र केन्द्रमा साझा शासनको व्यवस्था गरिएको हुन्छ ! केन्द्र र प्रदेशको सरकारहरुले आ-आफ्नो क्षेत्राधिकार भित्र रही सरकार सन्चालन गरेका हुन्छन् ! संबिधानमा उल्लेख नभएका अधिकारहरु जसलाई अबसिष्ट अधिकार (Residual Power) भनिन्छ , सामान्यतया प्रदेशहरुसंग सुरक्षित राखिन्छ ! संघ र प्रदेशबीच वा अन्तरप्रदेशबीच विवाद उत्पन्न भएमा आपसी समझदारीबाट सुल्झाउने सरकारी संयन्त्रहरुको व्यवस्था गरिएको हुन्छ तर नटुंगिएमा ब्यबस्थापिकाको माथिल्लो सदन वा संबैधानिक अदालत वा जनमत संग्रह गरेर टुंगाउने व्यवस्था गरिन्छ ! संघीय शासन प्रणालीमा विवाद वा द्वन्द समाधानको लागी बिभिन्न प्रकारका संयन्त्र निर्माण गर्न जरुरि हुन्छ !
स्थानीय निकायको गठन प्रदेशको क्षेत्राधिकार भित्र राखिएको हुन्छ ! संघीय शासनलाई केन्द्र र प्रदेशबीचको सम्झौताको उपज मानिन्छ र प्रदेश/राज्यहरुको सदस्यतामा संघको निर्माण हुन्छ ! सामान्य प्रचलनमा संघियतामा दुई तह संघ र प्रदेश हुन्छ र यी दुबै मुलत नीति निर्माणका अंगहरु मानिन्छ र स्थानीय तहलाई कार्यन्वयन गर्ने कायर्कारी निकायको रुपमा मानिन्छ ! थोरै देशमा मात्र स्थानीय निकायको व्यवस्था केन्द्रिय संबिधानमा गरिएको हुन्छ !
संघीय पद्दतिको द्वैध संरचनामा सहयोग भन्दा प्रतिद्वन्दिता बढ्न सक्ने भएको यस्त नहोस भन्नाखातिर संघ प्रदेशहरुको सम्बन्धलाई सहयोग , अन्तरनिर्भरता र परिपुरकताको आधारमा हेर्ने प्रयत्न थालिएको छ ! अफ्रीकाको संबिधानमै यो अबधारणा अपनाएकोले त्यहाको संघीय पद्दतीलाई सहयोगात्मक संघबाद भनिन्छ ! प्राय संघीय राज्यहरुमा कम्जोर प्रदेशलाई आर्थिक समानीकरणको लक्ष हासिल गर्न बित्तिय आयोग वा क्षेत्रीय नीति बनाएको पनि देखिन्छ !
सामान्यतया संघियता जाती , भाषा , सस्कृति वा ऐतिहासिक भूगोलमा आधारित भौगोलिक क्षेत्रीय संघियता (Territorial Federation) हुन्छ ! ज्यादै मिश्रित बोसोबस भएका मुलुकहरुमा गैरक्षेत्रीय सांसकृतिक वा व्यक्तिगत संघियता (Non-Territorial Federation) को अभ्यास पनि गरिएको छ ! यस्तोमा ति समुहरुको संख्यात्मक बहुमतको आधारमा नभएर सहमतिका आधारमा सत्ता साझेदारी गर्ने शासकीय संयन्त्र निर्माण गरिन्छ ! यस्ती प्रणालीलाई सत्ता साझेदारी गठबन्धन (Consociation) भनिन्छ !
यदि बहुभाषिक देशमा संघीय शासन प्रणाली छन् भने त्यस्ता अधिकाशं देशमा दुई वा दुई भन्दा बढी सरकारी कामकाजको भाषा अर्थात् बहुभाषा नीति अवलम्बन गरिएका छन् ! भाषाको प्रयोग त्यो भाषाको विकास र राज्यको क्षमतामा पनि भर पर्दछ !!
( ५ ) नेपालमा किन संघीय राज्य प्रणाली आवस्यक परेको हो ?
नेपालमा वर्गीय, जातीय एवं भाषिक विभेद र असमानता चरणचुलीमा पुगेको छ जसलाई सम्बोधन गर्न नसके मुलुक लामो वर्गीय एवं जातीय द्धन्दमा फँस्ने स्थिति रहेको छ । त्यस्तै नेपालको विगत लामो एकात्मक केन्द्रीकृत शासनका कारण मुलुकमा क्षेत्रीय विभेदले सिमा नाघेको अवस्था छ जसलाई सम्बोधन नगरी नेपालको समग्र विकास सम्भव छैन । विगतमा एकात्मक शासनका कारण केन्द्रमा भएको शक्तिको केन्द्रीकरणले मुलुक भनेको काठमाडौ मात्रै हो, अरु यसका उपनिवेश मात्र हुन् भन्ने जनतामा गहिरो प्रभाव परेको छ त्यसैले जनताको तल्लो तहसम्म अधिकारको पत्यायोजन र स्थानीय जनतामा सार्वभौमसत्ता व्यवहारमा नै हस्तान्तरण गर्न नेपालमा संघीय राज्य प्रणाली आवश्यक परेको हो ! लोकतन्त्र , गणतन्त्र र धर्मनिरपेक्षलाई स्थागत गर्नको लागी पनि नेपालमा संघियता अपरिहार्य भएको छ !
एकात्मक राज्यले आदिबासी जनजातीहरुको भाषा , लिपि , धर्म , सस्कृति (पहिचान) लाई मेटाउदै आइरहेको र कतिको त समग्र पहिचान नै बिलय हुने अवस्थामा पुगेकोले उक्त पहिचानहरुको संरक्षण र विकास एबं सबै बिभेदको अन्त्य गर्दै मुलुकलाई विकासको गतिमा अगाडी लानको लागी नेपालमा संघियताको आवश्यकता परेको हो !!
( ६ ) काङ्ग्रेस एमालेले अगाडी सारेको भुगोल र सामार्थ्यको आधारमा संघीयता भनेको कस्तो हो ?
कांग्रेस एमालेले अगाडी सारेको भुगोल र सामार्थ्यको आधारमा संघियता भनेको राजा महेन्द्र र बिरेन्द्रले १४ अन्चल र ७५ जिल्ला बिभाजन गरे जस्तै मनाबिय भुगोललाई प्राथमिकता नदिई केवल भुगोललाई मात्र आधार मानेर संघियता निर्माण गर्ने भन्ने हो ! धेरै प्रदेश बनाउदा सामार्थ्यले धान्दैन भन्ने त केवल एउटा बहाना मात्र हो किनकी कम प्रदेश बनाउनुमा उनीहरुको स्वार्थ अर्कै छ !सरल भाषामा बुझ्नु पर्दा कांग्रेस एमालेले भनेको कथित् बहुपहिचान सहितको संघियतामा ५ वा ७ परदेश बनाउने अनि प्रान्तीय सरकार गठन गर्दा ति सबै प्रदेशहरुको नेतृत्वमा (गभर्नर देखि मुख्य मन्त्रीसम्म) एउटै जाती , एउटै धर्म र एउटै सस्कृति मान्नेहरु हुने गरी ग्रयाण्ड डिजाइन गरिएको छ ! यसरि ५/७ प्रदेशमा एउटै जातीको नेतृत्व हुनु भनेको अहिलेको एकात्मक नेपालमा १२% जनसंख्या रहेको खसआर्य समुदायको राज्य सत्तामा ८६% पकड रहेको जस्तै हुनु हो ! यो केवल नामको संघियता हुनु हो र यस्तो खाले संघियता नेपालको बिभितालाई सम्बोधन गर्ने र बिभेदको न्युनिकरण गर्दै अन्त्य गर्ने सवालमा पूर्ण असफल हुनेछ र पुन नेपालको समस्या अहिले जस्तै रहनेछ !!
( ७ ) एमाओबादी लगाएत पहिचान सहितको संघीयता पक्षधरहरुले आगाडी सारेको ऐतिहासिक पृष्ठभुमिको आधारमा जातिय पहिचान सहितको संघीयता भनेको कस्तो हो ?
कुनै पनि जाती (राष्ट्र) भन्ने बितिक्कै उसको पछाडी त्यहाको भूगोल संग अविछिन्न इतिहास जोडिएको हुन्छ ! जस्तै प्रस्तावित ताम्सालिङमा बसोबास गर्ने तामाङ समुदायलाई त्यहाँ कसैले ल्याएर राखेको नभई ति बस्तीहरु ऐतिहासिक मानब बस्तीहरु हुन ! त्यहि ऐतिहासिक जाति/रास्ट्रको त्यो भूमि संग नङ्ग र मासुको झैँ सम्बन्ध जोडिएको हुनाले त्यहि ऐतिहासिक बिरासत इतिहासलाई सम्मान गर्न ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय पहिचान अनुसार संघहरुको नाम राख्ने गरिन्छ , राखिनु पर्दछ ! संघीय इकाईको नाम राख्ने सवालमा बहुजातीय मुलुकहरुमा रास्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा प्रचलित र सर्बस्विकार्य बैज्ञानिक बिधि यहि नै हो हो !
यी त भए ऐतिहासिक पृष्टभुमिको आधारमा प्रदेश/ राज्यको नाम राख्ने एउटा आधार तर यहाँ नेर बुझ्नु पर्ने महत्वपूर्ण कुरा कांग्रेस एमालेले नामको बारेमा निकालेको बखेडा त केवल बहाना वा सार मात्र हो , यसको भित्रि रुप वा पुरा वास्तविकता अर्कै छ ! कांग्रेस एमालेको भित्रि वा प्रमुख बिमति भनेको प्रदेशको सिमाना छुट्याउदा जातीय ऐतिहासिक पृष्टभुमिको आधारमा नभई भूगोललाई मात्र प्रमुख आधार बनाएर छुट्याउनु पर्छ भन्ने हो किनकी जातीय ऐतिहासिक पृष्टभुमिको आधारमा सिमाना छुट्याऊदा ईतिहास देखि संगै बस्दै आएको आदिबासीहरुको भुगोलहरुलाई एकै ठाउँमा जोडेर एउटै सिमाना बन्न जान्छ ! जस्तै तामाङहरुको ऐतिहासिक भुगोललाई जोडेर ताम्सालिङ प्रदेश , मगरहरुको ऐतिहासिक भुगोललाई जोडेर मगरात त्यस्तै त्यस्तै अरु पनि !
पहिचानबादीहरुले सस्थागत गर्न खोजेको संघियता यस्तै हुन ! यदि यस्तो मोडेल अपनाएर प्रदेश/राज्यहरु निर्माण गरेमा आज सम्म एकात्मक नेपालमा समाबेसी रुपमा सत्तामा प्रतिनिधित्व हुन नसकेका आदिबासी जनजाती , मधेसी , महिला , दलित , मुस्लिम , अल्पसंख्यक तथा उत्पीडित क्षेत्रबाट पनि समाबेसी तरिकाले प्रान्तीय सरकार वा सरकारका बिभिन्न निकायहरुमा प्रतिनिधित्व सुनिश्चित हुनेछ ! प्रान्तीय सरकार गठन हुदा कांग्रेस एमालेले भने जस्तो एउटै जातीको नेतृत्व रहिरहने खालको नभई सबै जातजति , बर्ग , लिंग र क्षेत्रको प्रतिनिधित्व हुने समाबेसी ढाचाको हुनेछ ! उदाहरणको लागी ताम्सालिङ प्रदेशको सबै निकायमा तामाङ , बाहुन , क्षेत्री लगायत सबै जातजतिको समानुपातिक प्रतिनिधित्व हुनेछ ! पहिलो संबिधानसभामा ILO 169 को आधारमा जल जमिन र जंगल माथि आदिबासीहरुको अग्राधिकार हुने कुराहरु उठ्दा कांग्रेस र एमालेले पहिचानबादीलाई अतिबादी भन्दै जनमानसमा भ्रम फैलाउदै समाजमा एक किसिमको त्रास पैदा गर्दै लग्यो जुन आज सम्म बिद्यमान छ त्यसैले यसको बारेमा पनि जनता सामु स्पष्ट रुपमा प्रस्ट पार्न जरुरि छ !
( ८ ) जात र जाती बीच के फरक छ ? के जात र जातीले एउटै अर्थ जनाउछ ?
यो प्रश्नको जवाफको लागी हामिले जात र जातीको अलग अलग परिभाषालाई बुझ्नु पर्ने हुन्छ ! परिभाषा निम्नानुसार छन् !
जात भनेको के हो ?
@ जात भन्ने सब्द हिन्दुहरुमा पाईने ठुलो वा सानो देखाउने वर्णश्रम बर्गिकरणलाई जनाउने सब्द नै “जात” हो ! यस किसिमको वर्णश्रम बर्गिकरण बिशेषता अन्य जाति, समुदाय र धर्ममा पाईदैन ! हिन्दु धर्म अनुसार – ब्रम्हा, क्षेत्री , बैस्य र सुद्र गरि ४ भाग वा बर्णमा बिभाजन गरिएको छ ! अत: तामाङ , राई , लिम्बु , मगर भनेको जात हैन जाती हो !
@ जाति वा राष्ट्र भनेको के हो ?
मानब समाज सभ्यताको बिकासको क्रममा हूण/गण हुँदै कबिला अवस्था बाट बिकसित भै बनेको मानब समाजको सर्बकृष्ट बिकासको चरण नै जाति हो ! जाति भनेको नै राष्ट्र हो ; जसको अन्त्य हुदैन !
जाति/राष्ट्र बन्नको लागि निम्न बिशेशतहरु पुरा भएको हुनु पर्दछ :-
(क) दुई वा दुई भन्दा धेरै गण/कबिलाहरुको सम्मिश्रण भएको,
(ख) साझा भाषा भएको,
(ग) साझा ऐतिहासिक थातथलो भूगोल भएको,
(घ) ऐतिहासिक कालखण्डमा छुट्टै राज्य भएको,
(N ) साझा रितिरिवाज , परम्परा , धर्म , सस्कार , सस्कृति आदि भएको,
(च) मौलिक बिशेषता अन्य जातिको भन्दा फरक भएको,
(छ) हामी यो जाति हौ भनि मानसिक तथा बैज्ञानिक हिसाबले सामुहिक गर्ब गर्ने गरिएको,
(ज) पृथक पहिचान भएको,
(झ) अविछिन्न इतिहास भएको आदि आदि थुप्रै बिशेसताले युक्त भएकोलाई जाति/राष्ट्र भनिन्छ !
जाति/राष्ट्र मानब समाज विकास क्रमको सबै उच्चतम अवस्था हो ! जस्तै ; लिम्बु जाति/राष्ट्र, राई जाति/राष्ट्र, थारु जाति/राष्ट्र आदि आदि…!
अत: जात र जातीको अर्थ अलग अलग हुन्छ त्यसैले यी दुईलाई एउटै अर्थमा बुझ्दा अर्थको अनर्थ बुझ्न जान्छ र आज सम्म भएको पनि त्यही नै हो ! पहिचानमा आधारित संघियता बिरोधिहरु जात र जातीलाई एउटै टोकरीमा राखेर एउटै अर्थ लगाउछन् अनि पहिचान पक्षधरलाई जातीय कुरा गर्यो भन्ने आरोप लगाउछन् ! त्यस्ता बिरोधिहरुको लागी यो लेख उपयोगी हुन सक्छ !!

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...