मुन्धुम रहे मात्र लिम्बू समुदाय बाँच्छ :
लामो समयसम्म चुम्लुङमा सेवा गर्नुभो, हाल के गर्दै हुनुहुन्छ ?
सानै उमेरदेखि सरकारी जागिर गर्ने क्रममा २५ वर्षनोकरी गरियो र २०४९ सालमा अवकास लिएँ । त्यहीं सालको मङ्सिरदेखि चुम्लुङमा लागेको २०६३ सालसम्म जम्मा १४ वर्षचुम्लुङमा काम गरेँ । त्यसमा २०४९ सालदेखि ०५२ सम्म उपाध्यक्षमा रहेँ भने त्यसपछि अध्यक्षभएर काम गरेँ र त्यसपछि चाहिँ नयाँ पुस्ताले पनि आफ्नो उत्तरदायित्व सम्हाल्नर्ुपर्छ भन्ने हिसाबले मैले नयाँ पुस्तालाई हस्तान्तरण गरेर हाल म चुम्लुङको सल्लाहकारको रुपमा रहेको छु तर सक्रिय भूमिका भने रहेको छैन ।
यति लामो समय चुम्लुङमा रहँदा लिम्बू समुदायको लागि केके गर्नुभयो ?
चुम्लुङको उद्देश्य भनेकै लिम्बू भाषा, लिपि, साहित्य, इतिहास, मुन्धु र समग्र लिम्बू जातिको उत्थानमा लागि पर्नु हो । त्यहीअनुरुप विभिन्न कामहरू भएका छन् यसमा पनि चुम्लुङलाई बुझने र हर्ेर्ने दृष्टिकोण दर्ुइ किसिमका छन् ः पहिलेको र अहिलेको चुम्लुङ । पहिलेको चुम्लुङ भनेको राणा, शाहको शासनलाई कसरी दिगो पार्ने, उनीहरूको नजिक कसरी पुग्ने, आफ्नो वरिपरिका जनताहरूलाई कसरी एकत्रित गरी आफ्नो सुभाङ्गी बचाउन सकिन्छ भनेर १७ थुमका लिम्बूहरू भेला भएर चुम्लुङ गरिन्थ्यो तर अहिलेको चुम्लुङ भनेको चाहिँ सबै लिम्बूहरू मिलेर सबै लिम्बूहरूको उत्थान र विकास गरौँ भन्ने हो र त्यही मुताविक नै चुम्लुङको स्थापना भएको हो । साथै चुम्लुङले केके गर्यो भन्ने सवालमा र्सवप्रथमतः म चुम्लुङमा लागेपछि हामी लिम्बूहरूको मौलिक धर्म के हो त - भन्ने बारेमा चुम्लुङको दोस्रो महाधिवेशन-०४९)मा व्यापक छलफल गर्यौंँ र लिम्बुवानी मुन्धुमअनुसार अपनाइएको, कर्मकाण्ड गरी ल्याइएको किरात नै हाम्रो मौलिक धर्म हो भन्ने निष्कर्षा पुग्यौँ साथै लिपिको सवालमा पनि किरात सिरिजङ्गा लिपि नै हाम्रो विशुद्ध लिपि हो भनी निर्ण्र्ाागर्यौँ ।
त्यसपछि हामी चुम्लुङको सङ्गठन विस्तारतर्फलाग्यौँ । त्यतिखेर हाम्रो सङ्गठन भनेको काठमाडौँ उपत्यकामा मात्र सीमित थियो साथै वर्षा एउटा क्यालेन्डर छाप्ने र एउटा मुन्धुम स्वणिर्म साँझ भन्ने सांस्कृतिक कार्यक्रम मात्र सञ्चालन गथ्र्यौ तर हाम्रो लक्ष्यित समूह भनेको यो उपत्यका नभएर लिम्बुवान थियो । त्यसैले हामी त्यतातिर सङ्गठन विस्तार गर्नतर्फलाग्यौँ । त्यसबेलाको समयमा हामीले ९ जिल्लाका जिल्ला, नगर, गाविस. र गाउँ एकाइ गरी जम्मा २२० वटा सङ्गठन गर्न सफल भयौँ । त्यसपछि आफ्नै साधन र स्रोतबाट लिम्बू भाषा र लिपिमै अनौपचारिक शिक्षा कक्षा ६ महिनासम्म सञ्चालन गरियो । यसमा विदेशी संस्थाहरू पनि प्रभावित भएर सहयोग गर्न तयार भए । हामीले चुम्लुङको हितविपरीत र लगानीकर्ताको स्वार्थ पर्ूर्ति नहुने हो भने जस्तोसुकै सहयोग पनि स्वीकार गर्ने भनेपछि त्यसमा पनि केही छलफल भए । उनीहरूले भने सबै आदिवासी जनजातिहरूले देवनागरी लिपि नै चलाउँछन् भने तपाईंहरू पनि त्यही लिपि नै चलाउनुहोस् न भने तर हामीले त्यसो हो भने तपाईंहरूको सहयोग चाहिँदैन भनी दियौँ । अन्ततः उनीहरूले त्यो कुराको महसुस गरेपछि हाम्रो कुरालाई मानी दिए र सहयोग गरे । यसका साथसाथै विभिन्न किसिमका नेतृत्व विकास तालिम पनि दिने काम गर्यौँ । यसरी विभिन्न कामहरू गर्दै जाँदा हामी लिम्बू एक्लैले मात्र गर्न नसकिने देखेर सबै किरातजन्य ४ संस्था-र्राई, याक्खा, सुनुवार र लिम्बू)हरूलाई एउटै छातामुनि सहकार्यको लागि आहृवान गरियो । त्यसमा उनीहरूले सहर्षस्वीकार गरे र हामीले एउटा समन्वय समिति मेरै संयोजकत्वमा गठन गरियो । त्यही समयमा मृगस्थलीमा किरातहरूको चिहान पशुपति विकास कोषले २ पटक भत्काई दियो । त्यसको लागि हामीले तुरुन्त ती भग्न दृश्यहरूको छायाङ्कन गरी सरकारसँग छलफलमा बस्यौँ र अन्तमा सरकारले ती भग्न चिहानहरू लगायत सबै किराती चिहानहरूको पुननिर्माण गरिदिने साथै त्यो ठाउँ परापर्ूव कालदेखि नै किरातीहरूको चिहान कायम भएको निर्ण्र्ाागरी हामीले आफ्नो पुरानो चिहान/समाधिस्थललाई जोगाउन सफल भयौँ ।
अर्को कुरा २०५८ र २०६८ सालको जनगणनाको धर्म महलमा हामी किरात धर्म भनी लेखाउन सफल भयौँ । ०५८ सालमा जम्मा ८ लाखले किरात धर्म लेखाए र हामी यो देशको चौँथो धर्ममा गनिन सफल भयौँ । अब आउने ०६८ को जनगणनामा भने हामी तेस्रो धर्ममा दरिन सफल हुन्छौँ भन्न विश्वास मैले लिएको छु । यसपछि चाडको कुरा आयो, चाडको सवालमा हामीले चासोक तङ्नामलाई राष्ट्रिय चाडको रुपमा १ दिन विदासहित स्थापित गराउन सफल भयौँ । तर सारा किरातीहरूले त्यो विदाको उपभोग नगरी दिएकामा साह्रै दुःख लागेर आउँछ । त्यस्तै अर्को यो पाटनको पटुको दरबारको बारेमा एकजना गङ्गादेवीको छोराले आफ्नो नाममा दर्ता गरेर लगेछ । त्यो थाहा पाएपछि हामीले पुरातत्व विभाग, मालपोत विभागसम्म धाएर सङ्र्घष्ा गर्नु पर्यो । त्यसबाट १२ आना ३ दाम जग्गा वापस गरेर र्सार्वजनिक गरियो । त्यसरी ल्याइएको जग्गा फेरी सर्वोच्च अदालतले उसकै नाममा पो फैसला गरी दियो भन्ने सुनेका छौँ तर मालपोतमा हामी बुझना जाँदा त्यो फैसला कार्यान्वयन गर्नु भन्ने भएको छैन भन्ने बुझिन्छ । सर्वोच्चको निर्ण्र्ााजेजस्तो भए पनि हामी त्यो पटुक दरबारको जग्गा कुनै व्यक्तिलाई भोगचलन गर्न दिनेवाला छैनौँ । सामान्यतः मेरो कार्यकालमा यस्तै कार्यहरू भएको मैले पाएको छु ।
चाडको कुरा गर्दा लिम्बू चाडहरू के के हुन् -
लिम्बू चाडहरू मूख्य गरेर चासोक तङ्नाम, कक्फेक्वा तङ्नाम, यक्वा तङ्नाम, सिसेक्पा तङ्नाम र बलिहाङ तङ्नाम नै हुन् तर यी चाडहरू हाम्रा समुदायका मानिसहरूले राम्ररी पहिचान गरी नमनाइ दिएकाले र अन्य लादिएका दशैँ र कथित तिहारका विभिन्न काग, गाई, गोरु र भाइटिका जस्ता चाडहरू मनाई हिँड्दा भने साह्रै मन कुडिएर आउँछ ।
त्यसो भए लिम्बू समुदायले दशैँ र तिहार मनाउन हुन्न होइन ?
हो, दशैँ र तिहार त हाम्रो समुदायले मनाउन हुन्न किनभने दशैँ त हामीलाई हिजोअस्ति लादिएको चाड हो । साथै दशैँ भन्ने शब्द हाम्रो मुन्धुममा कही कतै पनि वर्ण्र्ाागरिएको पाइन्न । साथै दर्ुगा, राम, रावण, महिषासुर जस्ता पात्रहरू मुन्धुममा पाइदैनन् । त्यसैले हामी त के भन्नु र - इतिहास प्रस्ट बोलेको छ यो दशैँ भन्ने चाड त पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको पालामा जबरजस्त ढङ्गले लादिएको अति हिन्दु खस ब्राम्हणवादीहरूको चाड हो । त्यस्तै तिहार पनि जुन ढङ्गले हिन्दुहरूले मनाउँछन् त्यस्तो किसिमको तिहार चाड हाम्रो होइन । हाम्रो मुन्धुम अनुसार त लारिङ्गेक नाम्लिङ्गेक भन्दै विभिन्न मुन्धुमहरू गाउँदै लासेमी नाम्सेमी सारा घर घरमा बाल्दै एकापसमा खुसीयाली बाँड्दै मनाउने चाड हो । कहाँ अहिलेको त्यो कुकुर तिहार, काग तिहार, गोरु तिहार, गाई तिहार र भाइटिकाहरू हाम्रा चाडहरू होइनन् । हामी गाई गोरुको मासु खानेले के को गाईलाई पूजा गरी राख्छ । त्यसरी नै हाम्रो मुन्धुममा चेली माइती बिचमा फूल आदान प्रदान गर्नु हुन्न भन्ने पनि रहेकाले आजसम्म हाम्रो समुदायमा चेली माइतीबिच फूल साटासाट गरेको कही कतै पाइएको छैन । केही ठाउँमा मनाउनु भनेको त्यो हिन्दु धर्मको प्रभाव हो, हाम्रो मौलिक परम्परा भने होइन ।
यसको अलावा अन्य के के गर्नुभयो त ?
यसका साथसाथै किरात माङ्हिम सानो हात्तीवनलाई किरात धार्मिक स्थल बनाउने बारेमा पनि लामो सङ्र्घष्ा गर्नु पर्यो । यो स्थल भनेको वि. स. १९१२ सालदेखि नै हाम्रा पर्ूखाहरूले पूजाआजा गरिआएका हुन् । त्यसैले सरकारसँगको वार्तामा अबदेखि सरकारले कुनै पनि नियतले त्यस क्षेत्रभित्र कुनै पनि किसिमको हस्तक्षेप गर्न नपाउने भन्ने सहमति भएको छ र आजसम्म हस्तक्षेप गरेको पनि छैन । यो हामी एक्लैले नभएर चारै किरात संस्थाहरू लागेर अहिलेको किरात माङ्हिम, सानो हात्तीवन खडा भएको छ । त्यसपछि किरात माङ्हिम व्यवस्थापन समिति गठन गरियो । यो सफल हामी सबैको हो, सबैको सरसहयोगले गर्दा नै आज हामी हाम्रो माङ्हिम भनेर गर्व गरिरहेका छौँ । म एक्लैले कराएर केही पनि हुने थिएन ।
यो कामको जश कसलाई दिन चाहनुहुन्छ ?
यसमा मेरो केही पनि हात छैन । यो त सबैको सरसहयोगमा भएको हो । यो सबैको जश र सफलता हो भन्ने मैले ठानेको छु । यसमा सबैले गर्व गर्नुपर्छ ।
लिम्बू समुदाय र चुम्लुङको लागि यति धेरै उपलब्धिमूलक कामहरू गर्नुभएछ, अहिले उनीहरूले सम्झेका छन्जस्तो लाग्छ -
अब जीवनमा मान्छेको अनेक अनेक सपना र उद्देश्यहरू हुन्छन् । कसैको धेरै सम्पत्ति कमाएर संसारको धनी बन्ने सपना हुन्छ, कसैको संसारको ठूलो दर्जा वा पदमा म बसौँ भन्ने हुन्छ भने अर्का थरी भने अरुको दुःखमा मेरो सहयोग, दर्रि्र, असहाय, अनाथ, अपाङ्ग र रोगीलाई सेवा गर्न पाउFm भन्ने हुन्छ । यी ३ थरीका मान्छेमध्ये मचाहिँ तेस्रो किसिमको मानिस परेँ । यसो भन्दैमा मैले मेरो महानता प्रस्तुत गर्न खोजेको होइन तर जुनसुकै काम गर्दा पनि उपलब्धि खोजेर हुन्न, अझ सामाजिक काम त त्यसरी गर्ने नै होइन । सामाजिक काममा त तन, मन र धन सबै खर्चिनुपर्ने हुन्छ । यस्तो हुँदाहुँदै पनि कहिले काही त थोरै गल्ती भए पनि त्यही गल्तीलाई देखाएर चरित्र हत्या गर्ने प्रयास पनि हुन्छ, उतातिर धेरै सफलताको महत्वलाई चाहिँ सुन्न पनि चाहँदैनन् । त्यसैले म के भन्न चाहन्छु भने मैले दुःख पाएर पनि मेरो समुदायले सुख पाउँछ भने मेरो लागि त्योभन्दा गर्व र खुसीको कुरा अरु हुन सक्दैन । हाम्रो किराती मुन्धुमले हामीलाई त्यही सिकाउँछ, साथै मलाई के लाग्छ भने, कसैले मेरो प्रशंसा गरी देओस्, मलाई कसैले अभिनन्दन गरिदेओस्, खादा ओढाइ देओस्, ठूलो भनिदेओस् भन्ने भावना रहेको छैन किनभने मैले त्यो खोजेको होइन, मैले त आफ्नो समुदायको सेवा पो खोजेको हुँ त । त्यसैले चुम्लुङ्गे साथीभाइहरूलाई म के भन्न चाहन्छु भने के लिन सक्छु भनेर होइन बरु के दिन सक्छु भनेर चुम्लुङमा प्रवेश गर्नुहोस् । चुम्लुङका राम्राराम्रा कुराहरू मात्र लिएर जानुहोस्, नराम्रा कुराहरू यही चुम्लुङमै छोडेर जानुहोस् । चुम्लुङलाई सक्नुहुन्छ सहयोग गर्नुहोस्, सक्नुहुन्न नगर्नुहोस् तर विरोधचाहिँ नगर्नुहोस् किनभने यो चुम्लुङ भनेको त सारा लिम्बू समुदायको उत्थानको लागि लडेको संस्था हो । यसको हामीले सधैँ कल्याण सोच्नर्ुपर्छ किनभने चुम्लुङको कल्याण हुनु भनेको हामी सबै लिम्बू जातिको कल्याण हुनु हो ।
अघि मुन्धुमको पनि कुरा गर्नुभो नि, यसमा कतिको वैज्ञानिकता छ -
यसमा सतप्रतिशत वैज्ञानिकता रहेको छ ।
के कारणले वैज्ञानिकता छ त ?
संसारका सबै धर्मग्रन्थहरू हर्ेर्नुभयो भने ती सबै ग्रन्थहरूमा किरातीहरूको उल्लेख भएको पाउनुहुन्छ । त्यसैले संसारको सबैभन्दा पुरानो जाति पनि किरात जाति नै हो । विभिन्न खोजकर्ताहरूले मानव जातिको उत्पत्ति अप्रिmकाको सुमात्रा जाबा र एसियाको चीनमा नै भएको हो भन्ने कुरा प्रमाणित गरेका छन् । त्यो प्रमाणलाई हर्ेदा हाम्रो मुलुक भनेको कैरात मुलुक हो, हिमवतखण्ड हो, त्यसपछि नेपाल भयो, यी तीनै शब्द पर्यायवाची हुन् । त्यसैले त्यो कैरात देशको तिनाउ नदीको किनारामा एक करोड १० लाख वर्षपुरानो रामापिथेकस नामक किरात सन्ततिको बङ्गारा भेटिएको छ भने त्योबेला देखिको किरात मुन्धुमलाई कसरी अवैज्ञानिक भन्ने - वेद पनि किरातहरूको नै हो, रामायण र महाभारत लेखिएको त कति पो भएको छ र - यी भनेका त वैदिकउत्तरका कुराहरू भए । त्यसैले हामी किरातहरूको सबै देवदेवताहरूलाई ती आलोचकहरूले आफ्नो बनाएका हुन् । त्यस्तै मुन्धुमी भाषाको कुरा गरौँ न, जस्तै ः इक्सागेÞन खाम्बेक भनेको के त - 'इक्सागेÞन खाम्बेक' भनेको 'स्वचालित/घुम्ने पृथ्वी' भनेको होइन - पृथ्वी आफै चल्छ कि चल्दैन - हिजो ग्यालियोले पनि मुन्धुमको कुरालाई पत्ता लगाएर पो उसले बलियो प्रमाणका साथ पृथ्वी घुम्छ र गोलो छ भनेको त, कहाँ ऊ आफैले पत्ता लगाएको हो त - त्यस्तै 'तरङदिङ ताङ्साङ' भनेको के त - 'आकास पुल' जस्तो छ कि छैन - यस्तो वैज्ञानिक शास्त्र र धर्म कुन छ भन्ने सुन्नुभा'छ - त्यसैले म भन्छु यो संसारको सबैभन्दा पुरानो धर्म भनेको किरात हो भने शास्त्रमा 'मुन्धुम' हो । यो अति नै वैज्ञानिक छ, यो जस्तो मौलिक शास्त्र अन्य कहीँ छैन ।
तपाईंले 'रत्नशोभा शुभलक्ष्मी मुन्धुम पुरस्कार' घोषणा गर्नुभा'छ, के यहीँ मुन्धुमको वैज्ञानिकताबाट उत्प्रेरित भएर पुरस्कारको घोषणा गर्नुभएको हो ?
अवश्य, यो लिम्बुवान र नेपालमा मात्र नभएर विश्वकै पुरानो जाति किरात जाति भएकाले पहिलो त यो धर्म आफैमा र्सवव्यापी, सबेैलाई मान्य भएको दोस्रो कुरा यो साह्रै वैज्ञानिकता अर्को हाम्रो लिम्बू भाषा जुन मुन्धुममा प्रयोग भएको जुन आलङ्कारिक भाषा छ नि त्यो साह्रै धनी भाषा छ । संसारमा दर्ुइटै मात्र भाषा धनी छन्, ती हुन् ः लिम्बू भाषा र संस्कृत भाषा । लिम्बू भाषा त संस्कृत भाषाभन्दा पनि पुरानो र धनी भाषा हो तर राज्यले यसलाई पाखा लाएर मात्र यो अलि कमजोर भएजस्तो देखिएको हो । जस्तै ः आइज भन्दा हामी कति तरिकाले भन्न सक्छौँ त - तलबाट आइज, माथिबाट आइज, उताबाट आइज, यताबाट आइज, भित्रबाट आइज कतिवटा पदावलीको प्रयोग भए त एउटै आइज भन्नको लागि - त्यस्तै वचनका हिसाबले पनि एकवचन, द्विवचन र बहुवचन रहेका छन् । त्यस्तै समावेशी र असमावेशी भन्ने पनि रहेका छन् । त्यो अरु भाषामा पाउनुभएको छ त - त्यति मात्र कहाँ हो र - हाम्रो मुन्धुमी भाषा र बोलचालको भाषामा कति फरक छ त - जस्तै ः मुन्धुमी भाषामा युवालाई 'थाङ्बेन' भन्दा मात्र हुँदैन । 'नालिगेÞन थाङ्बेन' भन्नै पर्छ । यसरी मुन्धुमी भाषामा आलङ्कारिक शब्दहरू प्रयोग गरिएन भने त्यो भाषा लङ्गडो हुन्छ । त्यसैले यस्तो मिठो र आलङ्कारिक भाषा अन्य भाषामा छैन । त्यसैले मुन्धुममा वैज्ञानिकता छ । हामी लिम्बू जाति भनेको कस्तुरीजस्तो हौँ, बासना आउने बिन्दाचाहिँ आफै बोक्ने अनि त्यही बिन्दालाई खोज्नका लागि विभिन्न हिमालय पर्वतहरूमा दौडी हिड्ने । हो, यस्तो महान् जातिमा एकता पनि छैन, चेतना पनि छैन, मेहनत पनि छैन, लगनशील पनि छैन साथै आफ्नो धर्म संस्कृत्रि्रति चासो र अग्रसरता पनि देखाउँदैन । त्यसो हुनाले अब के हुन आट्यो त भनेदेखि इटालीको प्रशासक मेजिनीले भनेजस्तै, कुनै पनि जातिलाई खत्तम गर्नु छ भने तिनीहरूलाई बम, बारुद र गोली चाहिन्न, उनीहरूको धर्म, संस्कृति र भाषालाई खत्तम पारी दिनर्ुपर्छ । अब हामी लिम्बू जातिमा पनि त्यस्तै हुँदैछ, यहाँ कसैले गोलीगट्ठा र तोप हानीरहनु पर्दैन । जति हान्नु थियो सबै हानेर खत्तम पारी सकिदियो राज्यले । यो जातिले आफ्नो भाषा, धर्म र संस्कृत्रि्रति त्यति चासो दिइरहेको छैन । अझ कोहीकोही त के भन्छन्, ए लिम्बू भाषा पढेर के हुन्छ - अङ्ग्रेजी भाषा पो पढ्नु पर्छ त । अङ्ग्रेजी भाषा त देशविदेश सबैतिर चल्छ - जागिर पनि छिटो मिल्छ । हामीले अङ्ग्रेजी नपढ भनेको त होइन, अन्तरराष्ट्रिय क्षेत्रमा नजाऊ भनेको पनि होइन तर आफ्नो पनि पनि नछोड है भनेको पो त तर म भन्छु अङ्ग्रेजी भाषा पढ्नु भनेको दर्ुइ दिन बाँच्नलाई मात्र हो, सदासदा बाँच्नको लागि त आफ्नै मातृभाषा नै पढ्नर्ुपर्छ । साथै हामीले कहाँ त्यो तागा र मेख्ली ३६५ दिन नै लाएर जोकर हुनु भनेको हो र - बेला बेला चाडबाडमा यसो हाम्रो पनि छ है भनेर पर््रदर्शन गर, लाऊ भनेको पो त । अर्थको अनर्थ गर्छन् हाम्रो मान्छेहरू अनि कहाँ हुन्छ - त्यस्तै धामी, फेदाङ्गेहरू पनि काम नलाग्ने भइसकेका छन् किनभने जीउपिच्छे मुन्धुम बनाएका छन् । आफू नै जान्ने हुँ भन्दै आफूले जानेका कुराहरू अन्य चेलाहरूलाई सिकाउने चलन छैन धामी फेदाङ्गेहरूमा । त्यस्तै तुम्याहाङ पनि त्यस्तै भएका छन्, मुन्धुम नपुर्याइकन छिटो सकिदिए हुन्थ्यो भन्ने स्वाभावका भएका छन् । यस्तो हिसाबले मुन्धुम कति बाँच्छ त - अब हाम्रो विद्वानहरू बुसको जीवनी भन्न सक्ने, ओबामाको जीवनी भन्न सक्ने, मार्क्स, लेनिन, माओको जीवनी भन्न सक्ने तर आफ्नो बाबुबाजेको भन्दा ए एकछिन है के पो थियो हौ त्यो बूढाको - भन्दै हिड्ने विद्वानहरू, अङ्ग्रेजीमा बररर... भट्याएर हिड्ने, अङ्ग्रेजीमै सपना देख्न सक्ने विद्वानहरू तिमीहरूको आफ्नो मातृभाषा बोल न भन्दा म त जान्दिन पो हाओ भनेर लाज पचाएर हिड्ने आधुनिक विद्वानहरूदेखि साह्रै दुःख लागेर आउँछ । कमसेकम भोलिको बाटो देखाउने भनेका तिनै विद्वानहरू होइनन् - तिनीहरू नै त्यस्ता भई दिएपछि मुन्धुमको अवस्था, हालत के हुन्छ - त्यसैले यस्तो स्थितिमा तुम्याहाङहरू पनि काम नलाग्ने, धामीफेदाङ्गेहरू पनि त्यस्तै काम नलाग्ने, पढेलेखेका विद्वान भनाउँदाहरू पनि त्यस्तै लाज पचेका । यस्तो स्थितिमा मुन्धुमको अध्ययन अनुसन्धान कसले गर्ने त, पढेलेखेका सबैजना हातमुख जोर्नमै व्यस्त अनि मुन्धुम त कता रहृयो कता । अनि यसलाई पुनर्जारण गर्ने बेला यही पनि हो साथै यस क्षेत्रमा लाग्नेहरूलाई यसो इन्सेन्टिभ स्वरुप वा हौसला र प्रोत्साहन स्वरुप पनि होस् साथै मरी लानु केही पनि छैन भनेर साथै मुन्धुम बाँचेन भने लिम्बू बाँच्दैन भन्ने हेतुले मैले पारिवारिक सल्लाहमा यो 'रत्नशोभा शुभलक्ष्मी मुन्धुम पुरस्कार' स्थापना गरिएको हो ।
पुरस्कारको नाम किन यति लामो जुराउनुभयो -
यसमा मेरो लामो पारिवारिक कथा जोडिएको छ । यो नामचाहिँ मेरी बजु रत्नशोभा र मेरी आमा शुभलक्ष्मीको नामलाई लिएर हामीले यो पुरस्कारको नाम राखेका हौँ ।
बाजे र बाबुको नामबाट पुरस्कार राख्दाचाहिँ के हुन्थ्यो ?
त्यो भनेको हिन्दुवादीहरूको संस्कारमा मात्र महिलालाई हेप्ने प्रवृत्ति पाइन्छ । हाम्रो किरात सभ्यता, संस्कृति र संस्कारभित्र त्यस्तो महिलालाई हेप्ने प्रवृत्ति पाइन्न । हरेक ठाउँमा महिलालाई देब्रेतिर राख्ने रे । त्यसरी हुन्न अब हाम्रो शास्त्र नै महिलामुखी छ । हामी मुख्य गरेर युमालाई पुज्छौँ । त्यसैले पनि महिलालाई सम्मान गर्ने जाति र समुदाय भएकाले पनि हामीले हाम्रा ममतामयी आमा र बजुको नाममा उक्त पुरस्कार खडा गरेका हौँ ।
पुरस्कारको राशिचाहिँ कति रहेको छ ?
अक्षय कोषमा जम्मा ५ लाख रहेको छ भने यो पुरस्कारको राशि भनेको जम्मा हरेक दर्ुइ दर्ुइ वर्षा पाउने गरी १ लाखको रहेको छ ।
यो पुरस्कारचाहिँ कस्ता कस्ता व्यक्तित्वलाई दिने निर्ण्र्ाागरेर यो पुरस्कार खडा गर्नुभा त ?
यो भनेको हाम्रो मौलिक मुन्धुमको खोजअनुसन्धान गर्ने लिम्बू, गैरलिम्बू, देशीविदेशी जोसुकै अनुसन्धानकर्ताले पनि यो पुरस्कार पाउने निर्ण्र्ाागरेर खडा गरेका हौँ । तर यसमा एउटा शर्त छ । त्यो के भने, जसले मुन्धुमको विभिन्न विधामा खोजअनुसन्धान गर्दछ, त्यसले त्यो मुन्धुम पहिलो किरात सिरिजङ्गा लिपिमा, दोस्रो त्यसको उल्था वा अर्थ देवनागरी लिपिमा गरिएको हुनु पर्दछ ताकि त्यो मुन्धुम हिन्दुहरूको जस्तो सिरानीमुनि लुकाएर राख्ने चीज नबनोस् । हाम्रो मुन्धुम सबै भाषाभाषीले बुझन सकून, पढून र ए लिम्बू मुन्धुममा त यस्तो वैज्ञानिकता पो रहेछ त भनी सबैले सहर्षस्वीकार गरी अध्ययन गर्न सकून । हो यस्तो हेतुले हामीले एक त आफ्नो भाषा पनि नमर्ने, लिपि पनि नमर्ने साथै सबैले बुझने भएपछि भएन त काइदा - हो यसरी अध्ययन अनुसन्धान गर्ने सबैको कृतिलाई भेला पारेर मूल्याङ्कन टोलीलाई जिम्मा दिइन्छ, साथै त्यो सबैमा उत्कृष्ट ठहरे उसले यो पुरस्कार पाउँछ । त्यस्तै मुन्धुमकै एक विधामा एकपटक त्यो पुरस्कार पाउने व्यक्तिले मुन्धुमकै अर्को विधामा दोस्रोपटक पनि उसको कृति वा खोज उत्कृष्ट ठहरिएमा फेरि पनि पाउँछ । यसले पायो अब मेरो पालो भन्ने यसमा रहन्न । तर किरात सिरिजङ्गा लिपि र भाषामा लेखिएको मुन्धुमलाई देवनागरी भाषामा अर्थ वा उल्था गरिएको थिएन भने त्यसले यो पुरस्कार पाएन किनभने त्यो सबैमा पुग्न सक्दैन वा सबैले पढ्न सक्दैनन् । लिम्बूका पनि थोरैमा मात्र त्यसको ज्ञान भएपछि त्यसको के काम ?
अनि यो कुरा कसरी लिम्बुवानभरि प्रचार गर्ने त ?
यो त अब हामीले चुम्लुङलाई जिम्मा दिएपछि उसको जिम्मेवारी हो किनभने चुम्लुङको काम पनि यस्तै त हो नि । हामीले त यो उसलाई चढाएका हौँ, हामी त एक इँटा थप्ने व्यक्ति मात्र हौँ । यसमा मुख्य गरेर लिम्बुवानका गाउँ गाउँमा प्रचारप्रसार गर्ने मुख्य काम चुम्लुङको हो साथै यो उसको दायित्व पनि हो ।
अरुले पनि यस्तै मुन्धुम, भाषा र संस्कृतिसम्बन्धी पुरस्कार खडा गरे हुन्थ्यो जस्तो लाग्दैन ?
अहँ, मलाई त्यस्तो लाग्दैन । मैले अघि नै भने नि मानिस यो संसारमा ३ किसिमका रहेका छौँ । कोही धेरै धनमात्र कमाउने, कोही ठूलो हुन पाऊँ भन्ने अनि अर्कोचाहिँ अरुको सेवा गर्न पाए हुन्थ्यो भन्ने । यसमा जसलाई तेस्रो किसिमको मानिस हुँ जस्तो लाग्छ, उसले स्वविवेकले नभनीकनै आफै यस्तो काम गरी हाल्छ नि । आखिर धेरै पैसा कमाएर पनि के गर्नु त - मर्दा एक पैसा पनि लगेर गइने होइन, जतिसुकै शक्तिशाली भए पनि के गर्ने त - एक दिन त्यो शक्तिविहीन भएर मर्नुपर्छ । त्यसैले आफूसँग केही त्यस्तो चाहना, इच्छाशक्ति भए हाम्रै जाति र समुदायको भलो होस्, हाम्रै मुन्धुम, भाषा, धर्म, संस्कृति राम्ररी फलोस् फुलोस् भनेर गरी हाल्छ नि किन यसो गर, उसो गर भन्ने । धन हुनेको मन हुन्न, मन हुनेको धन हुन्न । अझ सबै कुरामा मन नै हुनु पर्यो भन्छु म त । त्यस्तै पहिलो कुरो त हाम्रो धर्म, जाति, भाषाप्रति हृदयदेखि नै आस्था हुनु पर्यो, मन हुनु पर्यो भन्छु म ।
अन्त्यमा, सबै मुन्धुमप्रेमी सारा लिम्बुवानवासीलाई के भन्न चाहनुहुन्छ ?
हामी लिम्बू भएर हामीले आफ्नो भाषा, धर्म, मुन्धुम र संस्कृतिसम्बन्धी खोजअनुसन्धान सक्दो रुपमा गर्नुपर्दछ साथै हामीले यी चीजहरू जोगाएर राख्यौँ भने मात्र हामी लिम्बूहरू अस्तित्वसहित बाँच्न सक्छौँ नत्र अस्तित्वविहीन भएर बाँच्नुको कुनै अर्थ छैन । यो संसारमा सबैभन्दा धनी जाति भनेको हामी किराती लिम्बूहरू नै हो । हामीले हामीभित्रै भएका विभिन्न ज्ञान र विभिन्न सांस्कृतिक सम्पदाहरूलाई नै चिन्न सकेका छैनौँ । त्यसैले हामीले हामी लिम्बु हुनुको अर्थ बुझनु पर्छ, हामी आज त्यही कुरा नबुझेर दुःख पाइरहेका छौँ । तर्सथ सम्पर्ूण्ा लिम्बुवानवासी, देशी, विदेशी लिम्बू तगा गैरलिम्बू दिदीबहिनी तथा दाजुभाइहरूलाई हामी लिम्बू हुनुको अर्थ र अस्तित्वलाई बुझौँ भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु ।
No comments:
Post a Comment