Wednesday, August 7, 2019

  • मोहन सिंह थेबे
लिम्बुवानको इतिहास पुरानो छ। लिम्बुवान क्षेत्रको वर्णन विभिन्न प्राचिन पुस्तकहरुमा पनि उल्लेख भएको पाइन्छ। तत्कालीन अवस्थामा यस क्षेत्रका प्रमुख राजाहरुमा पर्वते, मयलकेतु, हर्वाहाङ, साम्योकहाङ, कुदुङजापा आदि थिए। पर्वते र मयलकेतुहरुको सम्बन्ध तत्कालीन भारतको सन् ३१७ तिरका चन्द्र गुप्त तथा चाणक्यहरुसँग आउँछ।
इतिहासकार इमानसिंह चेम्जोङका अनुसार लिम्बुवान छैटौं शताब्दीमा तत्कालीन आठ राजासँग विशाल आन्दोलन अर्थात् युद्धपछि स्थापना भएको हो। यसको स्थापनापछि दश सरदारहरुको नेतृत्वमा उनीहरुले ओगेटेका भूमिलाई १० भागमा विभाजन गरी संघीय गणतान्त्रिक पद्धतिअनुरुप राज्य गरेका थिए।
ती दश थुम र राजाहरू (१) तम्बर– साम्लुप्ली साम्बाहाङ, (२) मेवा– सिसिङेगन सेरिङहाङ, (३) याङवरक– थिन्दोलुङ खोक्याहाङ, (४) आठराई– थक्थक्सो आङ्बोहाङ, (५) फेदेन(पान्थर)– येङासो पापोहाङ, (६) इलाम (फाक्फोक)– मुङताई ची इमेहाङ, (७) फेदाप– सेङसेङगुम फेदापहाङ, (८) ताक्लुङयक (छथर)– ताक्लुङ खेवाहाङ, (९) चौबिस– सोइयाक लादोहाङ र (१०) थलायक (तेह्रथुम)– ताप्पेसु पेरुहाङ रहेका थिए।
इतिहाकार प्रेमबहादुर माबोहाङको अनुसार वि.सं. ५५ सालमा लिम्बुवान स्थापना भयो। स्थापनाकालमा लिम्बुवानलाई १० थुम (भाग)मा विभाजन गरियो। उक्त १० थुमका राजाहरुमा (१) तम्बर– साम्बा स्रेङहाङ, (२) मेवा– सिसिङ्गेन, (३) याङरुप– लिन्सेहाङ, (४) पोमाजुङ(आठराई)– आक्लुफ, (५) फेदेन– पापोहाङ, (६) इलाम– लोलिमहाङ, (७) फेदाप– फेयोहाङ, (८) ताक्लुनदेन(छथर)– खेवोहाङ, (९) मिकलुक (चौबिस)– वोहाङ र (१०) चेनलुङ यक(संखुवासभा)– माई इङहाङ रहेका थिए ।
यो दश लिम्बुवानमा शासन व्यवस्था सुव्यस्थित र लोकतान्त्रिक होस भनेर समयक्रममा निम्न सात थुमहरु पुनः छुट्टाइएको देखिन्छ। ती सात थुमहरुमा  (१) यासोक, (२) संखुवा, (३) सभाया, (४) जल्लारा, (५) मझिया, (६) खपन र (७) माईवा रहेका थिए।
लिम्बुवानका दश राजाले राज्य सञ्चालनका लागि नियम बनाएका थिए। त्यसलाई ‘दश लिम्बुवान’ अर्थात् ‘सत्र थुम दश लिम्बुवानको नीति’ भनिन्थ्यो। यसरी लिम्बुवान स्थापना हुँदा त्यो भूमिको आफ्नै सीमा थियो। तत्कालीन सीमाअनुसार पूर्वमा टिष्टा नदी (हाल सिक्किम) र पश्चिममा सिस्वा संखुवा अरुण हुँदै सप्तकोशी, उत्तरमा तिब्वत र दक्षिण जलालगढ पर्दथ्यो।
क. नेपालको मानचित्रमा वर्तमान लिम्वुवानको नक्शा (रेखा अंकित भाग)
ख. प्राचीन लिम्बुवानको नक्शा 

यो भूमिमध्ये सन् १८१६ मा भएको सुगौली सन्धिले दक्षिणको जोगबनीदेखि जलालगढसम्मको ६२ किलोमिटर र दार्जिलिङ कालिङपोङ क्षेत्र भारतमा पर्न गयो। सिंहलिला पहाड पूर्व टिष्टासम्मको भूभाग ब्रिटिश इण्डियाले सिक्किमलाई दिएकाले उक्त भूमि सिक्किममा पर्न गयो। त्यसपछि लिम्बुवानको सीमा पूर्वमा मेची पश्चिममा ऐजन, उत्तर ऐजन र दक्षिण हाल भारतको सीमासम्म रहन पुग्यो। सुगौली सन्धि लिम्बुवान स्वतन्त्र राज्यसँग नभई वि.सं. १८३१ को लालमोहर सन्धिपछिको नेपालसँग भएको थियो।
लिम्बुवान भूमि संघीय लोकतान्त्रिक पद्धतिअनुरुप सञ्चालन हुने क्रममा सोह्रौं शताब्दीतिर मोरङ राज्यमा लिम्बु साक्वादेन (सावदेन) वंशीय साङलाइङ भन्ने राजा थिए। उनी कुदुङजापाको सन्तान थिए। उनले मोरङ राज्यलाई सुदृढ गरे। उनको सन्तति विजयनारायणले मोरङको उत्तरी क्षेत्रको पहाडको समथल डाँडामा दरबार वनाएर राज्य   गरे। त्यो दरबार क्षेत्रलाई पछाडि उनकै नामबाट विजयपुर भनियो। जुन अहिले सुनसरीको धरान उपमहानगरपालिकामा पर्दछ।
सन् १६०९ तिर विजयपुरमा लोहाङसेन भन्ने राजा भए। त्यस्तै, बाजाहाङ, विद्याचन्द्र लिम्बुहरु पनि राजा भए। वि.सं. १८२५ तिर बुद्धिकर्ण राय राजा भए। उक्त समयान्तरमा अथिङहाङ लिम्बु पनि राजा भए। विजयपुर दरबारलाई भताभुङगे राजाको लथालिङगे दरबार भनेर पनि नेपालको इतिहासमा उल्लेख गरिएको पाइन्छ।
एक समयमा लिम्बुवानलाई फेदाप पनि भनिन्थ्यो। यहाँ सात तराई या तराईको ठूलो भाग पर्दथ्यो। हालको झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह र धनुषा फेदापमा पर्दथ्यो। 
वि.सं. १८३१ तिर लिम्बुवानको पश्चिमी क्षेत्रवाट गोर्खा राज्य शक्तिमा उदाई राज्य बिस्तार गर्दै पूर्व लिम्बुवानसम्म पुगे। लिम्बुवानमा आइपुग्दा गोर्खा लिम्बुवानबीच घमासान युद्ध भयो । युद्ध लिम्वुवानको पश्चिम सिमाना चतरा, अरुण सभाया दोभानमा भयो। गोर्खा लिम्बुवान युद्ध १७ पटकसम्म भएको इतिहासमा पाइन्छ।
यसरी १७ पटकको युद्धमा पटकैपिच्छे गोर्खा राज्य लिम्बुवानसँग पराजित भयो। तर्सथ गोर्खाले मगर सैनिक कमाण्डरहरुलाई अगाडि बढायो। मगर र लिम्बुहरु इतिहासअनुसार दाजुभाइ भएको भन्दै जाल फालियो। गोर्खाले लिम्बुवानका शासक लिम्बुहरुलाई दाजुभाइको सम्बन्ध गाँसी गोर्खाको सहराज्यमा रहन सहमति गराइ वि.सं. १८३१ श्रावण २२ मा लालमोहर सम्झौता भयो। त्यही समयदेखि लिम्बुवान गोर्खा राज्यको सहराज्य भयो।
लालमोहरमा सम्झौता गर्ने प्रतिनिधिहरु गोर्खाको तर्फबाट अभिमानसिंह बस्नेत, पारथ भण्डारी, कीर्तिसिंह खवास र वली वानीया थिए । लिम्बुवानको तर्फवाट श्री श्री सुन राई, कुम राई र श्रीजंग राई थिए । यी राई लेखिनेहरु सबै लिम्बु थिए । राजाको समानार्थी राई भन्ने प्रचलन भएकाले राई उल्लेख गरिएको थियो । 
सोही लालमोहर मुताविक लिम्बुवानले गोर्खाको सहराज्यको रुपमा रहन गएको हो । तर, वि.सं. १९०३ सालदेखि लिम्बुवानको अधिकार कटौती हुन थाल्यो। लिम्बुवानवासीले वि.सं.२००७ सालमा कांग्रेससँग मिलेर पनि आन्दोलन गरे।राजा महेन्द्रले वि.सं.२०२१ सालमा भूमिसुधार लागु गरी लिम्वुवानको भूमिमाथिको अधिकार एकतर्फी तोडे । महेन्द्र अर्थात पञ्चायत सरकारको उक्त कार्यको घोर विरोध र आन्दोलन लिम्बुवानमा भयो । तर, सैनिकको आडमा धेरै लिम्बुवानवादीहरुको हत्या गरियो। यद्यपि, लिम्वुवानवासीले आन्दोलन जारी राखे। 
वि.सं.२०४६ विभिन्न पार्टीको तर्फबाट सहयोग गर्दै केन्द्रीय राज्य सत्ताविरुद्ध लिम्वानवासीहरु आन्दोलनमा होमिए। वि.सं. २०६३ सालमा आफ्नै छुट्टै संगठन स्थापित गराएर आन्दोलनमा सरिक भएका छन्।
लिम्बुवान र गोर्खा राज्यबीच वि.सं. १८३१ मा भएको लालमोहर सन्धि वि.सं. २०२१ मा एकतर्फी टुटेको छ। सन्धिअनुसार लिम्बुवान भूमि स्वतन्त्र राष्ट्र बन्न सक्ने आधार छ। यद्यपि, लिम्बुवानवादीहरुले आफुलाई नेपालभित्रको स्वायत्त राज्यमा रहन चाहेको बताउँदै आएका छन्।
(लेखक महेन्द्र रत्न बहुमुखी क्याम्प, इलामका उपप्राध्यापक हुन्)

Thursday, June 6, 2019

धार्मिक एवं पर्यटकीय तीर्थस्थल गजुरमुखी धामको सम्क्षित परिचय

धार्मिक एवं पर्यटकीय तीर्थस्थल गजुरमुखी धामको सम्क्षित परिचय

मेची अञ्चलको इलाम जिल्लाको माङसेवुङ गाउँपालिकाको  गजुर्मुखी गाउँमा देउमाई खोला किनारमा रहेको समथल भु–भागको हेही माथि रहेको डाँडाको ढुङ्गेपहरामा गजुरमुखी देवीको धाम अवस्थित छ। ‘सन्तान दायिनी, वाक्य दायिनी” भनी चर्चित यी देवीको धाम इलाम सदरमुकामदेखि १३ कोष पश्चिमको दूरीमा रहेको छ।  प्रत्येक वर्ष कार्तिक पूणिर्माको पावन अवसरमा ३ दिनसम्म धुमधामका साथ मेला लाग्ने गरेको छ। त्यो अकरे भीरमा उहिले ठूला ठूला अजिंगर, नागहरू बस्थे रे। जसलाई देवी कै रूपमा वा नागकन्या मानिन्थ्यो। टाउकोमा मणि रहने भाग जसलाई गजुर र अगाडि मुख भएको कारण  ‘गजुरमुखी’ नाम रहन गएको बुढापाकाहरू बताउँछन्। यी देवीलाई ‘गजुरमुखी सिंहदेवी‘ पनि भनिन्छ, जसको तार्त्पर्य तीनपाटे गजुर आकारको देवीको शिला भएको र देवीको बाहन सिंह भएकाले यसो भनिएको हुन सक्ने धामका पुजारी बताउँछन्। 

उक्त धामको पुजारी उहिलेदेखि लिम्बू जातिका योङहाङ्ग थर रही आएको पाइन्छ। गजुरमुखी देवी उत्पत्तिबारे रोचक किम्बदन्ती यस्तो पाइन्छ स् उहिल्यै झन्डै २५० वर्षपहिले हालको गजुरमुखी गा.वि.स. भवनसँगै केही माथि वडा नं. ४ मा नासुहाङ योङहाङ लिम्बू नामक एक सामान्य किसान परिवार बस्थे। उसका छोरा गजीतहाङ, चतुरमान, बाजवीर, शाहनन्द, जालहाङ, नालहाङ नामका ५ जना छोराहरू थिए। ती मध्ये माहिला बाजवीरको जन्म वि.सं. १८१७ साल आश्विन २३ गते मंगलबारमा भएको थियो । जो स्पष्ट बोल्न नसक्ने लठेब्रो थिए। तिनको विवाह १५ वर्षो उमेरमा भएको थियो। १६ वर्षो हुँदा बाजवीर फेदाङवा (दियारी) उत्रेका थिए। १९ वर्षो उमेरमा वि.सं. १८३६ कार्तिक शुक्लपक्ष चर्तुदशी तिथी सोमबारका दिन बाजवीर घरमा कसैलाई थाहै नदिई अचानक अल्पिए। परिवारले केही समय सम्म बाटो हेर्दा पनि नआएपछि आफन्तहरू सहित लागेर सारा खोजी कार्य भयो। तर कतै पत्ता लागेन। 
त्यसबखत देउमाई खोला परिसरमा गाईवस्तु चराउने, गोठ बस्ने गोठालाहरूको ठूलो चहल पहल हुन्थ्यो रे। खेतीपाती गर्न मलिलो, पाखाभित्र गौचरनको निम्ति घस्याईलो, प्रकृतिले त्यो क्षेत्र रमाइलो पनि थियो। त्यो पहराको ओडारमा एक भीमकाय अजिंगर बस्थ्यो। ग्वाला गोठालाहरू त्यो देखेर साह्रै डराउथे। तर्सथ तिनीहरूले बेलाबखत आफू र गाईवस्तुको रक्षार्थ पुजा, आराधना गरी अजिंगरको मान, सम्मान गर्थे। केही दिन पछि त्यो अजिंगर त्यहाँबाट एकाएक लोप भयो। कहाँ गएछ भनी गोठालाहरू ओडारमा हेर्न जाँदा एक अति सुन्दरी षोडशी कन्याकुमारी देखा परिन्। गोठालाहरूले देख्नासाथ ती कन्या अन्तर ध्यान भईन्। अनि त्यस पछि ३ महिना अघिदेखि हराएको बाजवीर सोही ओडारभित्र ढुंगालाई अँगालो हालेर सुतिरहेको अवस्थामा गोठालाहरूले भेटे। यो खबर बाजवीर परिवार र गाउँभरी फैलियो। ‘म देवी हुँ, मेरो पूजा आराधना गर, मनले चिताएको पुर्‍याइदिउँला’ भनी उक्त स्थानमा बाजवीरलाई त्यतिञ्जेल लिएर राखी पालनपोषण गरेको, ज्ञानगुणका कुरा सिकाएको भन्ने रहस्य आफन्तले बाहिर ल्याएपछि बाजवीरले बताइदिए। त्यस बखत बाजवीरको बोली स्पष्ट खुलेको थियो। तब यहाँ देवीको बासस्थान रहेछ भनी सबै छरछिमेक गाउँघर मिलेर उक्त पुण्य स्थनलाई सफासुग्घर गरी देवी स्थापना गरेर पूजासामग्री जम्मा गरी पूजापाठ गरे। 
पछि देवीको नाम गजुरमुखी राख्ने काम भयो र सो देवीथानका पुजारी बाजवीर नै रहन थाले। उनैले बेला बखत पूजाअर्जना गर्दैरहे। गजुरमुखी गएर पूजा भाकल गरे। देवीबाट लाटालठेप्रा भई नबोल्ने बालबालिकाहरू बोल्ने र सन्तान नहुनेहरूका सन्तान हुन थाले। गरिबले सम्पत्ति मागे पाउन थाले। एक कान दुई कान मैदान हुँदै यो शुभ खबर टाढा टाढासम्म फैलियो र भक्तजनहरको क्रमशः ओइरो लाग्न थाल्यो। एकादशी तिथिबाहेक शनिबार, मंगलबार पुजारीबाट निम पूजा ९इष्टदेवी पूजा० गर्न थालियो। देवीलाई पशुपंक्षी बलि पनि दिने परम्परा रहृयो। सो धामभित्र देवीले बाजवीरलाई लिएर गएको र गुफा बसेको नीति मिलाएर धर्मावलम्बीहरूको चाप र चाहनाअनुसार कार्तिक शुक्ल चतर्ुदशीका दिन पुजारी र भक्तजनहरूबाट एक भव्य रूपमा पूजाअर्चना गर्ने र बलि चढाउने परम्परासहित मेला लाग्न थाल्यो, जसलाई गजुरमुखी मेला वा कार्तिक पूर्र्णो मेला भनिन्छ। यो मेला गाईतिहारे औंसीपछिको पूर्ण छेकमा लाग्छ। 
शिवरात्री मेलाको परम्पराचाहिँ अर्ढाई दशक अघि मात्र शुरु भएको हो। वि.सं. १८६१ कार्तिक २३ गते ४४ वर्षो उमेरमा पुजारी बाजवीरको दुःखद निधन भयो। गुरु बाजवीरका केही सन्तानहरू सो तिर्थस्थललाई सरेक पारेर उहिल्यै पाटीगाउँ मालवाँसे बेंसीमा बर्साई सरेका छन्। बाजवीरको शेषपछि वंशज बन्धुहरू पुजारीको रूपमा काम गर्दै आएको पाइन्छ। आजसम्म २१ जना पुजारीले गजुरमुखी धाममा सेवा गर्ने मौका पाइसकेको तथ्याङ्क पाइन्छ। यस मध्येका जलवीर लिम्बू तान्त्रिक ज्ञानका सिद्धि प्राप्त फेदाङवा थिए। जसको मन्त्रले बाघभालु डाकेर ल्याउने र फिर्ता गर्ने, बज्र पार्ने, ज्योतिष आर्जे हेर्ने, भूत मसान खेलाउने जस्ता अनौठो चमत्कार प्रदर्शन गर्थे रे। उनैले गजुरमुखी घाम प्रवेशद्वारको शिर दायाँपट्टी भागमा बाजवीर नामक शिला भनी देउमाईको बगरबाट शिला छानेर ल्याई स्थापना गरेका थिए, जसलाई पुजेर मात्र भित्र थानमा पुज्ने नियम यिनैले चलाएका थिए। अरू पनि २।४ जना पुजारीहरू फेदाङवा भएका थिए। मेलापर्वबाहेक अन्य समयमा तागाधारी साधु (बाहुन जाति) पूजापाठ र भक्तजनको सहयोगार्थमा धाममा एक जना निरन्तर रूपमा रहँदै अएका छन्। मेलाको अवसरमा भक्तजनबाट भाकल गरी बलिका निम्ति ल्याएका बाँकी परेवाको टाउको सबै थानैमा चर्ढाई राखिन्छ। पूजाको कार्य विर्सजन भएपछि आफूलाई उचित र ठीक मात्र पुजारीले राखी सबै बाँकी फलफूल, भेटी, चामल, टाउको आफन्तलाई बाँड्नु पर्छ। अनावश्यक तवरले लोभ लालसा गरी लुकाइ छिपाई राखे पुजारीलाई खति हुने गर्छ भनिन्छ। उहिले बाजवीरले प्रयोग गरेको घण्टी अझै धाममा देख्न सकिन्छ।

Saturday, April 27, 2019

बिश्वमा किरात धर्म यसरी प्रबेश गर्दैछ : किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ आत्मानन्द सेइङ । धर्मोपदेश: १

श्रद्धालु भक्तप्रेमि ....।
झापा जिल्ला बेलडाङगि माङपोक्लुङ, माङहिममा हाम्रा भुटानका भक्तजन हामी सबैले यहाँ सेवा लाउनुपर्छ भनेर हाम्रो सल्लाह भाकोथ्यो। त्यसमा तपाईंहरुले मलाई पनि निमन्त्रणा गर्नु भएकोथ्यो। मैले नि सोचेको थिए। यस थलोमा आफ्नै हातले पनि एकदुई मुठ्ठी चरु लाउनु पर्यो भनेर सोचेर म अघि ३ बजि राति नै उठेर म यो थलोमा , यो सेवामा म उपस्थित भएको छु।र यसमा भुटानबाट , नेपाल, विश्व भरिका धर्मावलम्बीहरु र ईण्डिया , असामतर्फका हाम्रो धर्मावलम्बीहरु उपस्थित हुनु भएको छ। र आज यो दिनलाई एक खुसिको दिन, एक रमाइलो दिन मैले मानेको छु। र यो थलो ,आजको ३४ साल अगाडि यसमा घना बस्ती थियो । त्यहादेखि यता आएर बिचमा सरकारबाट यहाँ उठाउने कार्यक्रम भएको थियो । र त्यस पछाडि भुटानका सरणार्थीहरु आएर यहाँ बसोबास नेपाल सरकारले राखेकोथ्यो। त्यहादेखि यता हाम्रो कर्मको कुराहरु , हाम्रो भुटानी समाजमा पनि धेरै प्रचार भयो।  भुटानीहरू विविध सिबिल क्याम्पहरु बनाई दिया थिए। सबै अन्यत्र देशमा अहिले जानुभाको छ। जुन जुन देशमा पुगे त्यहि त्यहि थलोमा किरात धर्मको कुरा पनि पुगेको छ। र यसले गर्दाखेरि विश्व भरि नै हाम्रो किरात धर्म छरिएको छ। त्यसकारणले एक किसिमले म खुसि पनि छु। मलाई खुसि लागेको छ। र जुन मुलुकमा, जुन देशमा पुगे पनि हाम्रो धर्म कर्मको कुरा प्रचार भै राखेको कुराहरू थाहा पाउँदा मलाई अत्यन्तै खुसि । अब यस माङपोकलुङ माङहिमलाई हामीले स्वीकृति गरायुङ। र यसमा मन्दिर स्थापना भयो। र मन्दिर स्थापना भएर सेवा गर्दै हामी अहिलेसम्म आई राखेको छ।  मैले आफ्नो मन मनमा ईश्वरसग प्राथना गरेको छु। हामी सबैलाई शान्ति मिलोस। बसोबासो, घर बासको व्यवस्था नि होस। र हाम्रो दुख सधाको निम्ति नष्ट होस। रसुखमय हामी सबैलाई होस भन्ने कुरा मैले एउटा कामना गरेको छु।  यसमा हामीले १८ दिनको सेवाको कार्यक्रममा गुरु निजि आश्रमको गुरु परिवारको पनि सेवा हुने भनेर घोषणा भयो भित्रा ।  मैले भने ठिक छ। यो एउटा पहिलो ऐतिहासिक कुरा हो। गुरु दरो भयो भने चेलाभुला दरो हुने, गुरु कमजोर भयो भने चेलाभुला कमजोरी हुने हो। त्यसैले दह्रो भिन्नै किसिमले सेवा लाउन त भन्ने  कुराहरु हाम्रो भयो।त्यस अनुसार सेवा लागि राखेको छ। विश्व शान्ति , मानव एकता र यो पृथ्वी , जगत, आकाश यो तिनै लोकको शान्तिको निमित्त हामीले यो सेवा जारि रहेको छ।  मैले केन्द्रबडा चै हाम्रो अशोक सबेनहाङलाई खटाको छु। र वहाँ दैनिक बस्नु भाको छ। र यहाँ अरु पुजारिहरु छन। थलङ पुजारिहरु पनि छन। अरु अरु छन। कार्यक्रमहरुले गर्दा जहाँ तहि कार्यक्रम मै कार्यक्रम भ्याउनु पर्ने । त्यसकारणले भ्याई राख्या छ। भ्याई नभ्याई छ। हामीले सेवा राम्रो गर्नुपर्छ। अब धर्मको कुरा आउदा धर्मकै कुरा गर्नुपर्छ। तर धर्म हिडेको ठाउँमा राजनिती पनि हिड्छ, राजनिती हिडेको ठाउँमा धर्म पनि हिन्दो रहेछ। कोही ठाउँ हामी राजनीतिकसग सगै वसेर बोल्नुपर्ने हुन्छ। कोही ठाउँमा धर्मको मात्रै कुरा गर्नु पर्ने पनि कुरा आउँछ। त्यल्लेगर्दाखेरि तपाईंहरु भुटानिस भक्तजनहरु यस भन्दा पहिला हाम्रो धर्मको तपाईंहरुलाई कुरो कथै थाहा थिएना। हामीले नै हो सिकायौ, तपाईंहरुलाई पढायौ, तपाईंहरु अहिले धेरै सिक्षित बनिन्नु भाको छ। धेरै सुधारमा आउनु भएको छ। नभा हाम्रो समाज अच्चमको समाज हो। राई लिम्बू भनेको , समाज भनेको , राई लिम्बू त अचम्मको समाज हो। जब जब जहा विहा हुन्छ त्यहा झगडा हुन्छ, जहा जहा मेला हुन्छ त्यहा झगडा गर्छ, त्यहा कुटपिट लडाइँ झगडा गरेर हिड्ने जाति हौ हामी । हामी यसरी कुटपिट गरेर लडाइँ झगडा गरेर हाम्रो पार हुदैना । हाम्रो विचारहरु पार हुदैना। हामी सज्जन , सत्य मार्ग, सत्य वचन बोल्नु सिक्नुपर्छ। सत्य कर्म गर्न सिक्नुपर्छ भनेर हामी सत्य वचन तिर सबै लाग्नुलाई तपाईंहरुलाई आह्वान गर्यौँ। त्यो अनुसार त्यो बाटो , त्यो दर्शनमा तपाई हामी सबै एक आबद्ध भएर लागेका छौँ । र अहिले हामीमा झैझगडा गर्ने धेरै कमि र भाङ धतुरो खाएर हिड्ने धेरै कम्ति, हुन लाग्या छ। साषद माङको देन होला यो , माङको कृपा होला । हामी सबैमा शान्ति , एक प्रकारको शान्ति आएको छ।
यसरी नै हामी सयौं बर्ष मानेर गयूङ भने विश्वलाई नै मान्य हुन्छ क्या यो। किरातहरु विश्वले चिन्ने हुन्छ। चिन्ने दिन आऊछ, बुझ्ने दिन आउँछ। विश्वले सोध्ने दिन पनि आऊछ। हामी यसमा पुग्छौं। त्यल्लेगर्दाखेरि हामी राम्रो बाटो पछ्याएर अहिले लागि राख्या छौ।

मलाई दुख लाग्छ। जतै पनि हामी नै हो टच्चर खाने, हामी नै हो मान्छेको गोदाई खाने, हामी नै हो लात्ती खाने, हामी नै हो चाकरी  नोकरि गरि खाने, चाकरी गर्ने नि हामि हो, गोलि खाने नि हामी हो, मर्ने पनि हामी हो, जहि पनि हामी हो। भुटानका शरणाथ नेपाल आयो । नेपाल मात्रै दश बर्ष जनयुद्ध भो। त्यसमा कति होमिए भुटानिजहरु पनि। यसरि नै हामी जतै गए पनि दुख । तर आब यो दुख चै नहोस। यो दुखबडा हामी सबैले मुक्ति पाउ। साथिहरुले दुख पाको हामीले पाको सरह नै हो। त्यसकारणले यो दुख सबै शान्ति भएर जाओस भनेर हामी ईश्वरसग बल मागेका छौ। बसोबासो राम्रो होस भनेर बल मागेका छौ।त्यसले गर्दाखेरि केही त हुन्छ तपाईंहरुलाई। तपाईंहरुलाइ केही त पाउनु हुन्छ। यो कुरा मलाई निश्चित छ। त्यल्लेगर्दाखेरि हामी अब सेवा सबैभन्दा राम्रो गर्नुपर्छ।
हामी सेवा गर्दाखेरि  खटिन्नु चै अलिक असाध्यै हुन्छ, त्यसको फल त मीठो हुन्छ। तपाईंहरुले ठ्याक्कै रातिको १ देखि लगेर २,३,४ बजे सम्ममा सम्पन्न हुनुपर्छ। त्यो चै सिद्धि मिल्छ क्या। त्यो चै हाम्रो धर्मले के भन्छ भने त्यसरि गर्यो भने चै सिद्धि मिल्छ भन्छ। त्यतिबेला माङहरु खेलिन्छ,  माङहरु वाचन गर्दा पाएको चित्ताको सबै पुग्छ भन्या छ। त्यल्लाई उत्तम सेवा भन्छ। हामी यो यतिबेला गरेको सेवालाई मध्यम सेवा भन्छ।एतिबेला गरेको १२,१ बजे गरेको दिउसो गरेको चै मध्यम भन्छ। त्यल्लेगर्दाखेरि हामी उत्तम सेवाको लागि चै अ हामी १ बजेदेखि २,३,४ बजेसम्ममा सम्पन्न हुनुपर्छ। तपाईंहरुले यो गर्न सक्नु भयो भने झन राम्रो । अब निन्द्रा लाग्छ भनेर सुति रहयो भने त हुदैन । निन्द्रा त जहिले नि आउँछ। त्यल्लेगर्दाखेरि हामीले कन्ट्रोल भएर , हामीले आत्मालाइ स्थिर गराएर , सुँघुर सफा गरेर त्यसरि गर्यौ भने अझ सिद्धि छिटो मिल्छ। म यो कुरा तपाईंहरुलाई भन्न चाहन्छु।
भुटानहरु अहिले सबै मुलुकमा सबै देशमा पुगेको छ भुटानिजहरु , सबै देशबडा हाम्रो धर्मको कुराहरु गरि राख्या छ। र हामीलाई सघाउ पुगेको छ। टेवा पुगेको छ, मद्दत पुगेको छ। यस बारेमा म धेरै धेरै नै खुसि लाग्या छ। अनेक कुरामा सहयोग गरिरहनु भएको छ। अब हाम्रो सेवा यति दिन लाग्दैछ। यसमा पनि त तपाईंहरुको सहयोग छ। हामीले गरिराख्या छौ। अब देश विदेश बस्ने भुटान मित्रहरु , भुटानिज भक्तजनहरु माङले रक्षा गरून्, चिताको पुगोस, सम्झेको पुगोस। सोचेको पुगोस, दुख नपाउन, सुखमय जीवन बितोस। र नेपालमा बस्ने हाम्रो , नेपालमा रहेका हाम्रो भुटानिजहरुलाई पनि सुखमय जीवन बितोस, सुखमय, आनन्दमय रहोस। म यहि कुरा तपाईंहरुलाई शसभकामना दिन चाहन्छु।र यस बेलडाङगि हाम्रो दमक नगरपालिका भित्र पर्छ। यसमा हामी महागुरुको प्रतिमा, महागुरुको एउटा सालिक स्थापना गर्या छौँ ।  हामी राज्यसग पनि कुरो गरि राख्या छौ। अब हामी राज्यसग पनि कुरो गर्नुपर्छ। कानुनसग पनि सहकारि गर्नुपर्छ। यल्लाई अझ मर्मत गर्ने, यल्लाई अझ पुर्णता दिने यल्लै विकास गराउने , हाम्रो अब दुईवटा संघ संस्थाहरु छ।यश प्रति पनि हाम्रो ध्यान जाओस भन्ने मेरो विचार छ। त्यल्लेगर्दाखेरि अब यो कुराकानि गरेर यसलाई स्थायित्व दिने , यसलाई अलिकति विकास गर्ने, यो यो कुराहरु नगपालिकामा राख्नुपर्ने म देख्छु। त्यल्लेगर्दनखेरि हामी स्थानियहरु बल गर्यौ भने मात्र हो। भटानिज बल गर्यो भने त दिदैना। त्यल्लेगर्दाखेरि स्थानिय नै बल गर्नुपर्ने मैले देख्याछु। अब यो दुखहरु, कष्टहरु सबै नष्ट भएर जाओस, र सुखमय होस।र आनन्दमय होस। हामीले चिताको फल प्राप्ति होस,सिद्धि होस, शक्ति होस, । हामीले गरेको सेवा विश्व प्राणिलाइ कल्याण ह‍ोस। विश्वमा हामीले मानव एकता , विश्व शान्ति होस, । सबैसग मेलमिलाप गरेर हामी अगाडि बढ्नुपर्छ।हाम्रो धर्मलाई बढाउनुपर्छ । हाम्रो कर्मलाई बढाउनुपर्छ।हाम्रो ज्ञान, तपस्या , ध्यानहरुलाई बढाउदै जानुपर्छ। यहि कुरा तपाईंहरुलाई भन्न चाहन्छु। र यस थलोमा मैले सम्झेको अति पवित्र थलो हो यो। पवित्र थलोमा हामीले यस्तो भव्य सेवा लगायौ। भव्य मानिस हामी जम्मा भयौ। यल्लेगर्दाखेरि यसको सिद्धि शक्ति, यसको फल मिलेर यसको विकास र उन्नति होस भन्ने हाम्रो कामना । र यसमा झै झगडा गर्नु हुदैन। हामी के सेवा लगायौ, हाम्रो शरणार्थी क्याम्पमा आगलागि नहोस, दुख पिराई नहोस, महामारि नहोस। र शान्ति रहोस भनेर हामीले बल मागेका छौ।साथ साथै हामी सम्पूर्ण भक्तजनहरुको सेवा सबैको सेवा लागोस, सबै भक्तजनहरुलाई यो धर्म मान्नेहरुलाई कल्याण होस। रक्षाहोस भनेर हामीले सम्झेका छौ। त्यल्लेगर्दाखेरि यो हुन्छ। रक्षा हामी हुन्छौं ।  माङबडा हामीलाई प्रदान भएको छ।यो कुरा सत्य कुरा छ। हामी अब धर्मको कुरा गर्दा। हामी हत्या ,हिंसाबडा अलग्या छौ, । हत्या हिंसालाई हामी त्यागी राख्या छौ।हामी अहिंसामा गई राख्या छौ।अहिंसाबडा गैराख्या छौ। हिंसारहित अहिंसाबडा यो बाटो पछ्याई रहेका छौ।यो मार्ग भनेको अत्यन्तै गहिरो छ। अत्यन्तै गम्भीर पनि छ।र हामीले सुरु गरेर ल्याउदा यो धर्मको कुराहरु गरेर ल्याउदा यहाँ नीर विविध विद्रोही भनेर हामी माथि आरोप लगायो। देशविरोधि पनि भने, राष्ट्रविरोधि भने अनेता पनि हामी सफल भएर आयौ। अहिले मुलुक,देश , राज्य भनेको धर्म निरपेक्षता भनेर अहिले संविधानमा लेख्या छ। त्यहि अनुसार हामीले हाम्रो धर्म अगाडि बढेको छ।तर धर्म निरपेक्षता भए पनि आफ्नो  धर्मलाई तपाईंहरुले चिन्नु। आफ्नो धर्मलाइ, आफ्नो आमा चिन्नु। अर्काको आमा जतिकै राम्रो भए पनि , जतिकै प्यारो भए पनि खत्रा हुन्छ। आफ्नो आमा भनेको कानो भए पनि , गम डाढा भएको भए पनि, बोल्नु नजान्ने भए पनि आफ्नो आमा हो, आफ्नो आमाले मुटुबडा माया गर्छ। यो कुरा तपाईहरुले साह्रै ख्याल गर्नु। म यहि भन्छु। तपाईहरुको हाम्रो भुटानीज शरणार्थीहरुले अहिले शरणार्थी जिन्दगी बिताई रहनु भएको छ। अहिले हाम्रो धर्म भुटानमा पनि प्रचार भई राखेको छ। र त्यहाको राजाले कुरा राख्या छ। धर्म त राम्रो रहेछ। हामिसग मिल्दो रहेछ। त्यहा महागुरुको दर्शन त भुटानमा पो लागू भाको छ। त्यहा चरा मार्नु दिदैना। पशुपंक्षि पनि मार्नु दिदैना। महागुरुले भनेको कुरा त्यहा लागू भाको छ। अनि धेरै भटानिस हाम्रो भक्तजनहरु आउनु भएको थियो। पाल्नु भएको थियो । मसग कुराकानी भयो। अनि हामी एक भएर जाने , एकता हुने, हामी दुई चै नहुने। एक भएर जाने है भने हाम्रो धर्म भटानबाट सरकारले स्विकृति देला।रेईस्टेशन गर्ला। हाम्रो भाग्यको कुरा हो।भटान राजाको जन्मजयन्ति मनाउदा महागुरुको जन्मजयन्ति मिल्दोजुल्दो छ।महागुरुको तस्बिर एक ठाउँ राख्ने,भटान राजाको राख्ने त्यसरि मानेर हाम्रो धर्मलाई अगाडि बढाउनु भनेर मैले आईडिया सिकाको छु। त्यल्लेगर्दा त्यहि अनुसार छ अहिले , दिई राख्या छ। एस्तो हुदै भटान,बर्मा, हुँदै हाम्रो धर्म विश्वव्यापि हाम्रो धर्म प्रचार भै राख्या छ।र अहिले भटानिजहरु विदेशि हुनाले जहाँ जहाँ छिर्या छ, हाम्रो नि छिर्या छ। सबै ठाउँ संसारको मुलुकमा अहिले प्रचार भै राख्या छ। र हामी सबै लागि राख्या छौ।र हामी यो धर्म विश्वको जम्मा गईसक्छ अनि पो किरातिहरुको अनुहार यस्तो रहेछ भनेर चिन्छ। म तपाईंहरुलाई एउटा उदाहरण दिन्छु। किरात धर्म भन्नाले , किरात धर्म मात्रै भन्नु। त्यसको कर्मकाण्ड , त्यसको विधि विधान नियम सिक्दै जाउ। किरात धर्म मात्र भन्नुङ भने, करोडौं जनाले किरात धर्म भनि दियो भने हाम्रो किरात धर्म , किरात हदै हुँदै आए पछि हाम्रो नजरमा ठोकिन्छ। अनि किरात रहेछ है भनेर विश्वले चिन्छ। त्यसरि हामी विश्वमा चिनौँ। चिनारि हौ भन्ने मेरो भनाइ हो। त्यल्लेगर्दाखेरि अब हामीले त्यसरि लाग्नुपर्छ। अहिले विश्वमा गई राख्या छ। र हामी छलफल भई राख्या छ। यहानिर हाम्रो धर्म , मुन्धुम , शशिहरु विश्वमा कसरी लैजाने भन्ने कुराहरु । एकदुई जना हाम्रो विज्ञहरुसग हाम्रो छलफल भैराखेको छ। सारा कुराहरु अब अंग्रेजीमा ट्रान्सलेट गरेर लाने भन्ने कुराहरु हाम्रो भैराखेको छ। त्यल्लेगर्दाखेरि माङको दया, माङको कृपाले महागुरुको नामबडा, महागुरुको एउटा नाम, कृतिले गर्दा, महागुरुको एउटा उपदेशले गर्दा हामी यसरी भेला भैराख्या छौँ । तपाई कहाको ? म कहाको ? तपाईंहरुको कहाको हो ? म कहाको हो? तर महागुरुको एउटा वाणिले गर्दा हामी एकै ठाउँमा नदि भएका छौ अहिले। यो नदिलाई सुक्नु दिनु हुदैना। यो नदि चै बढ्दै बढ्दै ठुलो बनाएर, समुन्द्र बनाएर लानुपर्छ। यहि कुरा म तपाईंहरुसग म हार्दिक अनुरोध गर्न म चाहन्छु। र म उपदेशको क्रममा हामीले म के भन्छु भने ईश्वरको नाममा , माङको नाममा हत्या हिंसा गर्नु हुदैना। छोरी चेलिको नाममा सोरित खानु हुदैना। यो कुरा मैले मात्र होइन । महागुरुले पनि बारम्बार भनिरहन्थ्यो। ती कुरा लिएर तपाईंहरुलाई अहिले भनी राख्या छु।  हामीले पुजा आजा गर्दाखेरि फुक्को, अहिंसाबडा गर्नुपर्छ। हिंसाबडा होइन । खानपिनको कुरामा चै खानु भन्दा नखानु बेष्ट। हामीले हरेक कुरनहरुबडा अलिक बञ्चित रहेर हामी शाहाकारि मात्र आएर अगाडि बढ्नु राम्रो । हाम्रो दिमाग बढ्छ। हाम्रो ल्वाङ, पछाडिसम्म सोच्ने शक्ति आउँछ। स्मरण शक्ति आउँछ। स्मरण शक्ति आउँछ। त्यल्लेगर्दाखेरि नखानु चै सबैभन्दा राम्रो । नखाई नसक्नेहरु पनि हुन्छ कोहि। नखाई नसक्ने , नखाई नसक्नेले बिस्तारै छोड्दै जाने क्रमिक रुपले। हामीले सल्लाह दिनुपर्छ। खानेहरुलाई अब, खादै गर्ने अहिले तर बिस्तारै छोड्दै लैजाउ है भनेर सल्लाह दिनु है।बिस्तारै छोड्दै जानूपर्छ।म यहि सल्लाह दिन्छु। हामीलाई स्वास्थ को लागि हानिकारक छ। हाम्रो खाईन पाईनमा हानिकारक छ। हामी जाड रक्सि खाएर , अनेक वियरहरु, रमहरु खाएर, रातभर नसुति बस्युङ भने हाम्रो प्रेसर।लो हुन्छ। कसैको प्रेसर हाई, कसैको लो। अनेक रोगहरु लाग्छ। अनि डाक्टरलाई पैसा खुवाउनुपर्छ। त्यल्लेगर्दाखेरि हामी समय देखि नै बेडि, चुरोट ,सिगरेटबडा, विभिन्न अरु मादक पदार्थ देखि अलग रहनु हाम्रो जिन्दगीको लागि, जिवनको लागि अत्यन्तै उपलब्धिमुलक हुन्छ। त्यल्लेगर्दाखेरि हामी खान्ते पिन्तेमा नि सुद्धता ल्याउ, सुधार ल्याउ। हाम्रो खाने कुरामा हामीले विकास ल्याउनुपर्छ।खाने कुरामा नराम्रो चिजलाई पन्छाउनुपर्छ। राम्रो चिज खाने गर्नुपर्छ। हामी हाम्रो  राई लिम्बूको व्यहोरा त झन के छ भने रात भरि दिउसो भर खायो टिल्ल दिउँसो रात परेर निदायो, हिड्यो त्यस्तो खालको हाम्रो चलन छ। त्यल्लेगर्दा विभिन्न रोगहरु, कष्टहरु अनेक रोग व्याधहरु चै हामीले बोकि राख्या छौ। हाम्रो शरिरमा आई राख्या छ। त्यो रोगलाई हटाउनको निम्ति खान्ते पिन्तेमा सबै सुद्धिकरण गराउनुपर्छ। यी कुरा तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु। अहिले विभिन्न विमारहरु खान्ते पिन्तेबडा आउँछ। विभिन्न विमारहरु यो के यो सरकारि मल भन्छ। के के मलहरुबडा पनि आउँछ। त्यसले गर्दाखेरि हामीले अर्गानिक मल भन्छ । पुरानो मलै युज गर्नुपर्छ। त्यो राम्रो हुन्छ। हामी साग शब्जिमा पुरानो मल युज गर्ने, हाम्रो गाई वस्तुको मल युज गर्ने, हामी रासायनिक मल युज नगर्ने , रासायनिक मलले चै अनेकौं खालका रोग व्याधहरु हाईप्रेसर, लो प्रेसर , चिनि विमार अनेक थोक विमार , क्यान्सर , टाईफाईड के के ह‍ो के के ? त्यस कारणले खान्ते पिन्तेमा पनि हामी जोगिन्नुपर्छ भन्छु म।तपाईंहरु यतिको शिक्षित बनाउनलाइ हामीलाई समय लाग्यो। मलाई त टाईममै गयो , उमेरै पो गई सक्यो त।त्यल्लेगर्दाखेरि तपाईंहरु यति शिक्षित भएर बस्नु भाको छ।तपाईंहरुको मुखमा चुरोट देखिन्दैना। यतिमा चुरोट , अनि खैनि ठेक ठेक गर्यो अब त्यस्तो चलान थियो हिजोअस्तिसम्म। यसबडा हामीले अलिकति सुधिकरण भएर आई राख्याछौ। र यल्लाई अझ बल्यो टेवा दिएर कसरी यल्लाई ठुलो वृहत् बनाउन सकिन्छ। भन्ने कुरा हामीले सबैले सोचौ।म यहि कुरा तपाईंहरुसग हार्दिक अनुरोध गर्न म चाहन्छु।

र आज यो थलोमा म बोल्नु पाउँदा साह्रै खुसि लाग्या छ। सिमित हाम्रो भक्तजनहरुसग यसो बार्ता गर्नु , गुरु ज्ञानको कुरा हुनु, अत्यन्तै मोक्ष कुरा हो। हाम्रो विचारहरु मुक्ति हुन्छ। हाम्रो विवेकहरु विकास हुन्छ। हामी होम , होमादि, यज्ञ गर्नाले हाम्रो विवेक विचारहरु मुक्ति भएर जान्छ। विवेक,विचारहरु विकाश  भएर जान्छ। र हामी दिमागहरु नया नयाहरु आउँछ। र नया नया दिमागहरु विकाश भएर जान्छ। कारण यस्तो छ। यल्लेगर्दाखेरि हामी १८ दिने होम यज्ञ गरि सर्वप्रथम जस्तै लाग्छ मलाई । र १८ दिनमा तपाईंहरु सम्पन्न हुनुहोस । सम्पन्न हुने समयमा लाख बत्ति बालेर सम्पन्न गर्नु होला।यहि कुरा भन्छु अझै। म आज तपाईंहरुलाई समय दिन आकै हो। र समय दिई राख्या छु। र म अब सम्पन्नको दिनमा चै आउन भ्याउदिना । म यो मञ्चबडै भन्छु।  तपाईंहरु भएर प्राथना गर्नुहोस, । माङको भक्ति गर्नुहोस।यो सेवा थाल्दाखेरि अहिले मलाई पहिचान खोलेको छ। बिचमा हराको छ। १ बजे उठेर सेवा सम्पन्न गर्नुपर्छ। यहि म तपाईंहरुसग अनुरोध गर्न म चाहन्छु यहाको समितिहरुसग।अब हामी गर्दै जाउ, भन्दै जाउ। अझ विकासहरु गर्नुपर्ने छ, भौतिक विकासहरु , आध्यात्मिक विकास पनि गर्नुपर्यो , भौतिक विकास पनि गर्नुपर्यो। आध्यात्मिक विकास गर्नुपर्यो अनि भौतिक विकास गर्नुपर्यो। एस्तै हो। अब म तपाईहरुसग धेरै टाईम लिऐ। र मलाई खुसि लाग्यो। र म यहा हानेर आएर बस्ने मौका पाए। आज अघि ३ बजि हिडेको । एकदिन  उठि आएर चरु पोल्नु पाए। मलाई पनि खुसि लाग्यो । हामी सबैलाई सुश शान्ति रहोस। आनन्दमय जीवन बितोस। र झैझगडा मुलुकमा, देशमा, राष्ट्रमा , अन्तर्राष्ट्रमा भित्र बाहिर झैझगडा नहोस। शान्ति रहोस।र हामी यसरि नै उन्नतिमा जाउ। यसरि नै विकास गर्दै जाउ। यसरी नै यो कुरालाई अगाडि बढाउदै जाउ। यहि कुरा अनुरोध गर्दै तपाईंहरुसग विन्ति जाहेर गर्दै, यो कुरालाइ अनुरोध गर्दै मनन गर्नुहोस, मनमा राख्नुहोस, सम्झिन्नुहोस,। यो महत्त्वपूर्ण कुरा हो। यो त मेरो ईतिहाससग जोडिन्छ क्या भोलि। भोलि मेरो ईतिहास लेख्नेले कुराहरु , आजका कुराहरु लेख्छ। त्यसकारणले ऐतिहासिक कुरा हो यो। तपाईंहरुले एक पैसा दुई पैसा यहा माङपोकलुङ मुपोक लुङमा भेला गर्नु भएको त्यो समेत ऐतिहासिक कुरामा जोडेर जान्छन्। ईतिहास भनेको , ईतिहासको चेप्टो नि लरतर भरिन्दैना क्या। अनेक घटनाहरु हुनुपर्छ । घटनाहरु घटेको हुनुपर्छ । त्यो देखिन्नुपर्छ। अनि मात्रै ईतिहास लेख्छ। यो ऐतिहासिक कार्य हो। ऐतिहासिक कार्य सम्पन्न हुन लागि राख्या छ। मलाई साह्रै खुसि लाग्यो । अब यो थलो, यो थलोमा यसरी मान्छे जम्मा गरेर प्रवचन गरिन्छ जस्तो लाग्या थिएन मलाई नै। अब हिजोअस्तिसम्म ३४ सालमा वृक्षरोपण गरेको हो। यहाँ नीर ३४ साल भन्दा अघि त मान्छे डम्मा डुम्मि थियो ।यहाँ त रबि हाटियाहरुको सिट पो यहानिर।म सबै चिन्छु है यहा त। यहाँ रबि हाटको सिट थ्यो। यहाँ छब्बीसे यहि नेर थियो अर्को जग्गा। यहाँ नीर चै माथि चिसोपानिको राईहरु बस्याथ्यो। अनि तल्लो लाईनमा पनि रवि हटियाको बस्याथ्यो।एत्ता पट्टि चै हाम्रो माङगेन्ना अदक्ष्यको जग्गा पनि थ्यो है।र तै रत किरातहरुको दिमाग छैना।दिमाग नभए पछि यस्तै हुन्छ। यहाँ नि दुखै भोग्यो नि। हाम्रै हत्या गर्ने । हाम्रै मान्छे वर्ड।मन्त्री बनाई दियो। हात्ती ल्याएर ड्याङ ड्याङ उठाई दियो। यस्तो खालको एउटा बिडम्बना भाको छ यहानिर। यो उठाको कुराहरु म सबै थाहा छ , उठाको ज्ञान थाहा छ।यहाँ रिपोर्ट महाराज सरकारमा त्यतिबेला महेन्द्र थियो कि विरेन्द्र थियो । निवेदन एउटा विन्तिपत्र जाहेर गरेको छ यो ठाउँमा । यहाँ खरखरे, यहाँ तलको मान्छेहरुले, यहानिर  राई लिम्बूलाई चै जग्गा दर्ता गर्दिउ भने राजप्रतिनिधि हमला गर्छ भनेर दिया छ है। त्यो मैले थाहा पाको छु नि। यसै गरेर केके गरेर यहाका जनता उठाऐ। पिछे आएर फेरि तपाईंहरु शरणार्थी भएर आउदाखेरि अब यहानिर रोजे , राखे। यस्तै छ यहाको ईतिहास।यहाको जमिनको ईतिहास, हिस्टोरि। मैले बल माग्या छु यो जमिनमा पनि घना बस्तिहोस भोलि गएर।सम्झेको छु हुन्छ पो है भोलि गएर। हाम्रो भाषामा के भन्छ नाम मानि पेहिमा, ला मानि पेहिमा ,लामि पेहिमा, नामानि कुबे हि पोङ क्या। त्यस्तो हुन्छ। त्यल्लेगर्दाखेरि यहाँ धेरै बस्ति उठेको छ। हाम्रै मान्छे गृहमन्त्री बनाएर उठाऐको राज्यको नीति त्यस्तो थियो यहाँ । रअहिले , अहिले आएर बहुदलिय व्यवस्था छ। पार्टी सभाको कुरा आयो, प्रदेश सभाको कुरा आयो, गाउँ सभाको कुरा आयो, विभिन्न रणनीतिहरु अलिलिक चेन्ज हुनु खोजि राख्या छ। यल्ले पनि के गर्ने हो कोनि था छैना। त्यल्लेगर्दाखेरि हामी सबै मिलेर बसौ।सबै मनले ईश्वरलाई सम्झेर बसौ। हाम्रो कल्याण हुन्छ। र माङ माङले हामीलाई हेर्छ। माङले हामीलाई साक्षात शक्ति दिन्छ। त्यल्लेगर्दाखेरि हामी भक्ति गर्नु छोड्नु भएना। भक्ति कि शक्ति । भक्ति गर्नुपर्छ, शक्ति मिल्छ। फल मिल्छ। त्यसको राम्रो फल मिलेर जान्छ। म यहि भन्छु तपाईंहरुसग।र म धेरै लामो बोल्दिना । अब म मेरो प्रवचन छोट्याउदै जान्छु। विदेशबडा पनि जति सहयोग आयो । हामीले यो कर्म गर्यौ। होमादि लायौ। विदेशि मित्रहरू , विदेशि हाम्रो भक्तजनहरुको उनिहरुको सुविधा , आपस उनिहरुको परिवार भित्र पनि सुख शान्ति होस। र हामी लगायत नेपालमा हामी भक्तजन सम्पुर्णको परिवार भित्र ।
९ बैशाख २०७५

Wednesday, March 13, 2019

भित्ता र जंगलहरुमा सजिलै पाइने ‘सिस्नु’ प्रकृतिको एउटा बरदान हो, जसले च्वाट्टै पार्छ यी रोगहरु

भित्ता र जंगलहरुमा सजिलै पाइने ‘सिस्नु’ प्रकृतिको एउटा बरदान हो, जसले च्वाट्टै पार्छ यी रोगहरु ! जान्नुहोस !
 March 7, 2019  Bright Nepal
हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा ।

कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रूपैयाँ बराबरको बिक्री हुन थालेको छ । सिस्नोको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले देशका मुख्य शहरहरूमा सिस्नो पाउडर पु¥याइसकेको छ ।

राजधानीमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नो पाउडर देशभित्रमात्रै नभई अमेरिका, बेलायत, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूमा पु¥याइसकेको छ ।

गोरखा, सिन्धुपाल्चोक, दोलखालगायत देशका विभिन्न ग्रामीण मुलुकहरूमा रहेका विभिन्न सहकारीहरूले सङ्कलन गरेको सिस्नोलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङमा जुटेको हिमालयन एग्रो प्रोडक्टले तयार गरेको रावा नामक ब्राण्डको सिस्नो सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी गर्छन् प्रबन्ध निर्देशक विशाल राई । वार्षिक ६० देखि ७० लाखको सिस्नो पाउडर बिक्री गर्दै आएका राईले यसकै आन्तरिक र बाह्य बजार विस्तार गर्नेतर्फ लागेको बताउँछन् ।

सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ । त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नोको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं सङ्घरसंस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नोको कारोबार गरिरहेका छन् ।

खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् ।

सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानेहरूको सङ्ख्या बढ्दो छ । सिस्नो पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले पनि यसको माग बढेको छ ।

मुलुकमा चुलिंदै गएको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई माथि उठाउन धेरै ठूलो कायापलट गर्नुपर्दैन । केबल जहाँ जे उत्पादन भइरहेको छ, जहाँ जुन स्थानमा जे कुराको सम्भावना हुन्छ त्यसलाई बुझेर आवश्यक व्यवस्थापन गर्न सके धेरै हुन्छ । सिस्नोको झार मुलुकका पहाडी क्षेत्रमा जहिंतहीं पाइन्छ ।

गाउँघरमा पाइने सिस्नालाई गाईवस्तुको लागि खोले वा गरिबहरुले दाल र सागको रुपमा प्रयोग गरिरहेको पाइन्छ । खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नोको प्रयोग भएको पाइन्छ । तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् ।

सिस्नोलाई गुणस्तरीय औषधिय गुणलाई स्वदेशी बजार चिनाउनमात्रै सकियो भने यसको उपयोगिता बढेर आर्थिक क्रियाकलाप बढ्छ । यसको विदेशमा हुने माग बमोजिम निकासी गर्न सक्यौ भने नेपालले अहिले झेल्दै आएको व्यापारघाटाबाट बनेको घाउलाई मल्हम लगाउन सकिन्छ ।

हामी कहाँ अथाह मात्रामा विभिन्न फाईदाजनक बहुमूल्य जडिबुटीको सम्भावना रहेको छ । तर त्यसको पहिचान हुन नसक्नु अहिलेको विडमम्बनाको रुपमा लिनुपर्छ । सजिलै पाइने देशको जुनसुकै ठाउँमा उत्पादन गर्न सकिने सिस्नोलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकियो भनेमात्रै पनि यसैबाट देशमा निकै नै धन कमाउन सकिन्छ ।

सिस्नो जहाँ कही पनि पाइन्छ तर त्यसलाई अहिलेको अवस्थामा पनि गाईवस्तुको खोलेको रुपमा प्रयोग भईरहेको हामीले पाएका छौं । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न रूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइएको छ । यसका साथै सिस्नोको प्रयोगबाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ।

सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ । सिस्नोसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । हालैको एउटा अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।

साथै सिस्नोबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नो खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ ।

त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

सिस्नोमा के के पाइन्छ ?

रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।

सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ ।

महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।

यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।

यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो ।

सिस्नोको प्रयोग गर्ने विधि

१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ ।

मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं ।

शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन ।

बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ ।

यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । हाम्रो देश कृषि प्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनी पर्ने मानीस जो अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको छन् ।

यस्ता खालका मानीसहरुलाई यी बहुआयमिक खालका गाँउघरमै पाईने जडीबुटीका बारेमा चेतना दिन सके औषधी नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानिसको संख्या कम गर्न सकिन्थ्यो ।

त्यस्तै जागिर नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीवुटीको सदुपयोग बारेमा बुझाउन सके यस्ता बहुआयमिक जडीबुटीको खेती गरी आयआर्जनको राम्रो स्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्दत पुग्दथ्यो ।

नेपाल विकास उन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमिट्यास र वैदेशिक सहयोगको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने थियो ।


Monday, February 11, 2019

लिम्बु भाषामा नामाकरण गरि अप्रभंष भएका ठाउहरु

प्राचिन लिम्बु भाषामा नामाकरण गरीएका स्थानहरुको नाम, सम्बन्धित इतिहास, किम्बदन्ती र अपभ्रंस (भाग १)

लिम्बुवान भूमिको प्राय सबै गाँउबाट देखिने फक्ताङलुङ, सेसेलुङ लगायतका हिमश्रृंखलाहरुलाई उहिले ताम्पेत्चोङ भनिन्थ्यो । ताक्पेत्को अर्थ ठाडो उभिएको र चोङ्को अर्थ शिखर हो । पछिबाट यहि ताक्पेत्चोङ अपभ्रंस हुँदै ताप्लेजोङ हुन पुग्यो । यहि ताक्पेत्चोङबाट सुरु भएको लिम्बुवानको ठुलो नदी तमोरलाई प्राचिन समयमा ताम्वा भनिन्थ्यो । ताम्वाको अर्थ फराकिलो नदी हो । इतिहाँस शिरोमणि बाबुराम आर्चायले “नेपालको संक्षिप्त बृतान्त २०२२” मा लेख्नु भएको छ – “किराँत प्रदेशमा मुकुन्दसेनको विजय पताका फैलनुभन्दा पहिले त्यहाँ आर्य जातीको मानिसको प्रवेश भएको प्रमाण पाइँदैन । यी राजाका छोरा लोहाङसेनको राज्यकालमा त्यस प्रदेशमा आर्य परिवारका बाहुन क्षेत्रीका वस्ती जोर जोर संग बस्दै गएको हुनाले यिनीहरुलाई नयाँ देखिएका नदि र पहाडहरुको नाउँ राख्नका जरुरत पर्न स्वभाविकै छ । हुन त यी सबै नदी र पहाडहरुका किराँत बोलीका नाउँ अवश्य थिए । किराँत बोलीमा नदीको सामान्य अगी कोशी भएको देखिन्छ । किराँत प्रदेशमा बहेका भिन्न भिन्न कोशीहरुलाई नयाँ गएका बाहुन क्षेत्रीहरुले सुनकोशी, तामाकोशी, दुधकोशी आदी नाउँ राखे”। इमानसिं चेम्जोङको “किरातकालिन विजयपुरको संक्षिप्त इतिहँस” र ह्यामिल्टनको “एकाउण्ट्स अफ नेपाल” मुताबिक वि.सं. १६६६ मा विजयनारायणको मृत्यु र लोहाङसेनको विजयपुरमा शासन प्रारम्भ भएको उल्लेख छ त्यस मुताबिक किराँत प्रदेशमा सोह्रौ शताव्दीको अन्त्य तिर आर्यहरुको प्रवेश सुरु भएको देखिन्छ ।
limbu_lawoti laxman
– लक्ष्मण लावती
प्राचिन पापो युमा मुन्धुम अनुसार धेरै पहिले थाम्लासो पापोहाङ र आम्लासो पापोहाङ नाम गरेका जेठी र कान्छी पट्टिका दुइ दाजुभाई आफ्ना बजुहरुसित आठराईमा बसोवास गर्दथे । दाजु थाम्लासो पापोहाङ सिधा स्वभावका थिए । भाइले पटक पटक आफुलाई छक्याए पछि दाजु थाम्लसोले त्यो ठाँउ छोड्ने निश्चय गरी ताम्वा (तमोर) नदी तरेर हेङवा (हेवाखोला) को किनारै किनार हुँदै हेङवा र फेङवा (फेमेखोला) को दोभान तिनभाङले पुगेर केहि समय वसी फेमेखोला तरेर उकालै उकालो लागेपछि फेदेन पुगे । फेदेनको अर्थ फैलिएको ठाँउ हो जसको अपभ्रंष हुँदै हाल फिदिम बन्न पुग्यो । उहिले औलोको डरले बसोवासका लागि डाँडा रोज्ने गर्दथे । थाम्लासो पापोहाङले पनि फेदयक डाँडामा घर बनाई बस्ने निधो गरे । फेदेनयकलाई हाल फिदिम गढी भनिन्छ । ईतिहाँस लेखक येहाङ लाओतीका अनुसार फेदेनयकलाई पापोहाङ सन्तानहरुको माङगेनायक (उद्गमस्थल) मानिन्छ । थाम्लासो पापोका सन्तानहरु यहिबाट फैलिन सुरु भएका हुन् । भाषाविद् अग्नी तुम्बापोका अनुसार थाम्लासो सन्तानमा तुम्बा (जेठा) पापो औलोका डरको कारण स्थाई वसोवासका लागि अझ अग्लो ठाँउमा बस्ने निधो गरी अन्य दाजुभाईलाई त्यही छोडेर त्यहाँबाट हिंडे । उस्वेला बाटोघाटो कही थिएन । वस्ने ठाँउको अवलोकन गर्ने क्रममा फेदेनको अमेमादेन डाँडोमा पुगे । अमेमादेन भनेको हेर्ने ठाँउ हो जुन अपभ्रंषीत हुदै हाल ओदेन वन्न पुग्यो । त्यहाँ बाट तुम्वापापो सामादेन पुगे । सामादेनको अर्थ लिम्बु भाषामा खोजि गर्ने ठाँउ भन्ने बुझिन्छ जुन अप्रमित हुँदै पछि साम्दीन बन्न पुग्यो । सामादेनबाट हङवा (हक्मा खोला) तरेर उकालै उकालो हालको तिनमौले डाँडो पुगे र त्यहाँ घर बनाई वस्ने निधो गरे । बनाउनुलाई लिम्बू भाषामा चोक्मावुङ् भनिन्छ । यहि चोक्मावुङ् शब्द अपभ्रंस हुँदै हालको चोकमागु बन्न पुग्यो ।
तिनताका समस्त लिम्बूवानलाई फेदाप भनिन्थ्यो र त्यहाँ आठ किराँती राजाहरुले शासन चलाउदै आएका थिए । चेम्जोङ “किराँत इतिहाँस” सन् १९४८ अनुसार दश लिम्बु सरदारहरु आठ राजाहरुको अनुमतिमा फेदाप बस्न थाले । दश सरदारका सन्तानहरु बड्दै गए र आफुलाई एक नयाँ जाती याक्थुङबा वंश भन्न थाले । लिम्बु भाषामा याक्को अर्थ पहाड् थुमको अर्थ जग्गा र बा को अर्थ वासिन्दा भन्ने बुझिन्छ तसर्थ याक्थुम्बा भन्नाले पहाडी जग्गामा बसोवास गर्ने बुझिन्छ । थाम्लासो पापो शन्तानहरु पनि दश लिम्बु सरदारका याक्थुङबा वंशनै थिए । उता फेदेनयकमा वस्ने ईङसो पापोहाङ अति प्रतापी भएर निस्किए दश लिम्बु सरदारका सन्तानहरु धेरै बढेको देखेपछि तिनीहरुलाई दबाउन आठ किराँती राजाहरुले विभिन्न तरहले दुःख दिन थालेपछि समस्त दश सरदार याक्थुम्बाहरु फेदेनयक्मा चुम्लुङ् (भेला) बसे । उनिहरुले त्यहाँ आठ राजाहरुका विरुद्ध थङ (युद्ध) गर्ने निश्कर्ष निकाले ।
कुनै शुभकार्य गर्नु अधि युमा, थेबालाई आहृान गरेर देवस्थल बनाई पुजा गर्ने लिम्बुहरुको चलन धेरै पुरानो हो जसलाई माङ्युक्ना भनिन्छ । लिम्बुवानमा भएका यस्ता अनगिन्ती माङ्युक्नाहरुको नाम फेरिएर देबिस्थान भैसकेका छन् तिनै मध्ये फेदेनयक्को सुम्हेत्लुङ् आम्बेपज पनि एक हो जसलाई अचेल गढीमाई पनि भन्न थालिएको छ । दस लिम्बु सरदारहरुले त्यहाँ तीनवटा रातो ढुङ्गा ठाडो पारेर रोपी तिनै तीर तीन वटा आँपको रुख रोपी सुम्जीरी मुन्धुम अनुसार पवित्र पानीले सस्कार गरेर लडाइमा विजय प्राप्त होस भनि मुक्साम (वरदान) मागे । लिम्बु भाषामा सुस्सी को अर्थ तीन, हेत को अर्थ रातो र लुङ्को अर्थ ढुङ्गा भन्ने बुझिन्छ । समग्रमा सुम्हेत्लुङ । त्यसैगरी आम्बेको अर्थ आँप र पजको अर्थ एकै ठाँउमा झुरुप्पै रहनु भन्ने बुझिन्छ । दस सरदारहरुको फेदेनयक्मा चुम्लुङ भएको थाहा पाई आठ राजाहरुले भएभरको सेनाहरु त्यहाँ पठाई हमला गरे । दश लिम्बु शरदारहरु संख्यामा थोरै भए पनि धनुविद्यामा निपुर्ण र सुम्हेत्लुङ् देवस्थलमा कसम खाई ज्यान छाडेर लडाईमा होमिएको हुनाले आठ किराँती राजाहरुको हार भयो । आठ राजाहरु मासिएपछि दश सरदारहरुले मुलुकको नाम नै फेर्ने निश्कर्ष निकाले । युद्धमा विजयी हुनुमा धनुवाणकै मूख्य भुमिका रहेको ठहर भएकोले देशको नाम लिम्बुवान राखियो । लिम्बु भाषामा लि को अर्थ धनु आवु को अर्थ हानेको र वान भन्नाले नाम लाउनु भन्ने बुझिन्छ । इतिहास लेखक शेर शहादुर इङनामका अनुसार फेदेनयकको लडाइमा पारजित कतिपय आठ राज खलकहरु तमोर नदी तरेर आठराई पुगेर बस्न थालेको हुनाले त्यो गाँउको नाम आठराई रहन गयो । यद्यपी यो तर्क सत्य नै हो भने पनि पछि बाट उल्ट्याइएको नाम हो । लिम्बुवानका राजाहरुले राई पगरी भिरेको वि.सं. १४२१ मा मोरोङका राजा पुङलाइङहाङ लाई ब्राम्हणहरुले राय पदले सुसोभित गरी अमर राय नाम राखिदिए भनी राजा विजयनारायण रायको वंशावलीमा उल्लेख छ भनी इमानसिं चेम्जोङको “विजयपुरको संक्षिप्त इतिहाँस” १९७४ मा उल्लेख छ । त्यसो हुनाले राई शब्द लिम्बुवानमा भित्रिएको प्रचिन नाम हैन । म सानो हँुदा सम्म आठराई वासीहरुलाई येत्रेवा, येत्रेनीमा भनेको सुनिन्थ्यो । लिम्बु भाषामा आठ लाई येत् भनिन्छ । आठ राजाहरुसंगको युद्धपछि लिम्वुवानलाई दस प्रान्तीय राज्यमा विभाजन गरियो त्यस मध्ये ईङासो पापोहाङ फेदेनयक्, यासकका राजा भए।पछि बाट यस ठाँउको नाम पान्थर रहन गएको हो । यो प्राचिन नाम होइन।नेपाल एकिकरण पछि राजा रणवहादुर शाहका पालामा लिम्बुहरुलाई हिन्दु बनाउनका निम्ती नीति र सामरिती नामक एउटा अभियान चलाइयो ।

डा. देवि दुलाल “पाँचथरको इतिहाँस”, प्रो.डा. रमेशनाथ ढुङ्गेल “हिमाल” का अनुसार नीती र समरितीमा साथ नदिने लिम्बुहरुलाई साडे सात रुपैया कर लागाइने भयो जसलाई मेगजिन कर भनिन्थ्यो।आठराई, तमोर र याङवरकका केहि लिम्बुहरुको सो नीति र सामरितिको पक्ष लिई धागो बाँध्ने काम गरे भने पान्थरवाट यसको ठुलो विरोध भयो।पछि बाट प्राय सबै लिम्बुवानमा यसको विरोध हुन थाल्यो।नीति र सामरितीमा लाग्ने लिम्बुहरुलाई सामाजिक वहिस्कार देखि लिएर किपट खोस्ने समेत काम हुन थालेपछि हिन्दु बनेर धागो बाधेका लिम्बुहरुले माफी मागे र उक्त नीति र सामरिती विफल बन्न गयो । यसै बेलादेखि फेदेन यकलाई पानथरु भन्न थालियो जसको अर्थ कुरा थामे भन्ने हुन्छ।पान्थरुबाट पान्थर हुँदै पछि पाँचथर हुन पुग्यो । त्यसै गरी तेह्थुम पनि प्राचिन नाम हैन नेपाल एकिकरण पछि लिम्बुवानलाई १७ थुममा विभाजन गरियो र यसको मुख्य गौंडा धनकुटा राखियो।कतिपय थुमलाई धनकुटा धेरै टाढा पर्ने भएकोले वि.सं. १९५२ सालमा मेयङ्लुङ्लाई मुख्य गौंडा मानी १३ वटा थुमलाई अलग गरियो त्यसै वेला देखि यो जिल्लाको नाम तेह्रथुम हुन गएको हो ।
धेरै जसो प्रचिन लिम्बु नामहरु पृथ्वी नारायण शाहको नेपाल एकिकरण पछि फेरिएका हुन्।प्राचिन नामहरु धेरै फेरिएको ठाँउहरुलाई लिनुपर्दा उसवेलाको याङ्वरक राज्यको अधिकांश ठाँउहरु पर्न जान्छ।याङ्वरकका राजाले पृथ्वीनारायण शाहको एकिकरणमा सामेल हुन नमाने पछि त्यहाँ गोर्खाली फौजले पटक पटक हमला गरेका कारण त्यहाँका धेरै लिम्बुहरु सिक्किम पलायन भए भन्ने इतिहाँस छ।याङ्वरक राजाको दरवार क्षेत्रलाई उस्वेला हाङ्यक्पुङ् भनिन्थ्यो जसको अर्थ राजा वस्ने ठाँउ भन्ने बुझिन्छ । पछि बाट यसको नाम फेरेर हस्तपुर गढ भन्न थालियो र अचेल यसलाई हिलिहाङ् दरबार भनिन्छ।हाङ्यक्पुङ् संग जोडिएको गाँउहरुको प्रचिन नाम एकपछि अर्को गर्दै फेरिदै गयो।प्राचिन नाम सिम्भुवा फेरिएर पञ्चमी बन्न पुग्यो, सिम्भुुवाको अर्थ पानी उम्रने, ओसिलो ठाँउ भन्ने बुझिन्छ।त्यस्तै आङ्बुङ्, तोरुम्बा फेरिएर अमरपुर बन्न पुग्यो।आङबुङको अर्थ सल्लाघारी हो भने तोरुम्बाको अर्थ टेकेका हौं भन्ने अर्थ लाग्छ जहाँ पहिला लिङदेन थरी लिम्बू पुगेर बसोबास गर्न थालेको भनाइ छ। त्यस्तै प्राचिन सिरपुङ् गाँउ फेरिएर नागी वन्न पुग्यो।अन्येम् गाँउ फेरिएर ओयाम हुन पुग्यो। अनयेम्को अर्थ घोडा बिसाउने ठाँउ हो भने थर्पुको अर्थ अस्थाई डेरा हो जुन लिम्बुहरुको विहे, भोजमा स्याउला र बाँसको थर्पु बनाउने चलन अझै सम्म छदैछ ।
उहिले थर्पु, अन्येम् भएर वग्ने इवा (हाल इन्द्रावती) खोलाको किनारै किनार हुँदै चेनताक्तु, चिवाभञ्ज्याङ्गको बाटोबाट सिक्किम पुगी बंगालको खाडीको नुन ल्याउने मुख्य बाटो यहि नै थियो।यसरी बटुवाहरु डेरा वस्दै घोडा विसाउँदै यो बाटोमा ओहोर दोहोर गर्दा यिनको स्थाई नाम नै अनयेम्, थर्पु हुन पुग्यो ।त्यस्तै फलैचाको प्राचिन नाम फुङ्देन हो जसको अर्थ भेला हुने चौतारो भन्ने बुझिन्छ। पछिवाट फुङ्देन वरिपरी फुलहरु रोपेर फुङ्लादेन हुन पुग्यो भन्ने भनाई छ जसको नाम उल्ट्याई फलैचा बनाइयो । त्यस्तै च्याङथापुको प्राचीन नाम चेन्ताक्तु हो । लिम्बु भाषामा चेनको अर्थ पासो र ताक्तुको अर्थ थाप्नु । किम्वदन्ती अनुसार सिक्किमबाट हमला गर्न आउनेहरुका लागि विभिन्न स्थानमा पासो थापिएको थियो । स्थानिय मचिन्द्र वेघाका अनुसार एकपटक वेघा र सेलिङ लिम्बु सरदारहरु वीच त्यहाँ थङ(लडाई) भएको थियो जसमा एक जना उक्त बाँसको पासोमा झुण्डिए पछि त्यस ठाँउको नाम स्थाइ रुपमा चेनताक्तु हुन पुग्यो र पछि अपभ्रंस हुँदै च्याङथापु हुन गयो ।

Saturday, June 30, 2018

मेरो नजरमा फाल्गुनन्द लिङ्देन : सन्तोष शेर्मा "बिवाश"

मेरो नजरमा फाल्गुनन्द लिङ्देन : भीमसेन लिङ्दम फाल्गुनन्द : सत्यवादी समाजसुधारक पृष्ठभूमि किरात लिम्बू मुन्धुम अनुसार विश्वास गर्दा जब जब पृथ्वीमा पापहरू र अधर्महरू बढ़ेर जान्छन्, तब तब तागेरानिङवाफुमा(युमा)ले कोही धार्मिक नायकहरू यस पृथ्वीमा पठाइदिनुहुन्छ । यसै क्रममा मुन्धुममा उल्लेख भए अनुसार सबभन्दा पहिले येहाङको जन्म भएको र त्यसपछि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, मुक्केगुबा, माबोहाङ, वेदोहाङ, सिरिजङगाहाङ आदि प्रमुख छन् र उनीहरूपछि किरात लिम्बू समाजमा फाल्गुनन्दको पनि जन्मावतरण भएको विश्वास गरिन्छहिन्दू जोसमनिमतका गुरू मधुनन्दसंग उहाँको भेटवि.सं. १९४२ साल कार्तिक २५ गतेका दिन नेपालको सुदूर पूर्वी जिल्ला इलामको चुक्चीनाम्बामा पिता जगनबाज र माता हंसमतीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँको बाल्यकालको नाम फलामसिंह र चिनाको नाम ‘नरध्वज लिङदेन लिम्बू’ थियो । यस्तो भनिन्छ कि पछि ‘लाहुरे’ भर्ती हुँदा एकपटक बर्माको ऐरावतीमा उहाँ लडाईंमा पर्नुभयो । लडाईंबाट तितरबितर भई भाग्दै जाँदाखेरि उहाँ एउटा कुटी(आश्रम)मा पुग्नुुभयो । त्यहाँ जसमनी सम्प्रदायका गुरू मधुनन्द तपस्वीसंग उहाँको भेट भयो । उनै गुरूबाटै धार्मिक शिक्षादीक्षा प्राप्त गर्नुभई दीक्षित समेत बन्नुभएको थियो । त्यस सम्प्रदायमा गुरूबाट दीक्षित बनेका व्यक्तिको नामको पछाडि ‘नन्द’ जोड्ने चलन भएकोले उहाँको नाम फलामसिंहबाट ‘फाल्गुनन्द’ नामाकरण भएको हो भनिन्छ पहाडको ठाउँमा एउटा गरीब लिम्बू परिवारमा जन्मनुभएकोले उहाँले भोक, तिर्खा, थकानहरू धेरै सहनुभयो । एउटा सामान्य मानिसले जीवनमा भोग्नु पर्ने अनेकौं दुःखपीडाहरू उहाँले पनि भोग्नुभएको थियो । पहाडको ठाउँमा गोठालो जानु, दाउराघाँस जानु, कुखुरा बेच्न दार्जिलिङसम्म जानु–आउनु, तिब्बतमा पुगेर कुल्ली काम गर्नु, शिक्षादीक्षा, अर्ति उपदेशहरू दिईहिँड्ने क्रममा कैयौं दिनसम्म भोकैभोकै सुत्नु आदि जस्ता अनेकौं भोगाईहरू उहाँले आफ्नो जीवनमा संगाल्नुभयो । जसमनिमतका गुरू मधुनन्दबाट शिक्षादीक्षा प्राप्त गरेर आएपछि उहाँले किरात लिम्बू समाजमा पनि सुधारका धेरै प्रयत्नहरू थाल्नुभयो । किरात लिम्बू जातिको दुःखलाग्दो, कहालीलाग्दो स्थिति, अशिक्षा, अज्ञानतामा पिल्सिएर जर्जर भएको र कुरीति, विकृति र विसंगतिमा चुर्लुम्म डुबेको अँध्यारो समाज देखेर उहाँले जीवनमा आइपर्ने हरेक किसिमका हण्डरहरू, ठक्करहरू भोग्नुभयो, सहनुभयो । जे होस्, प्रथम विश्वयुद्धमा बर्मामा खटिएका बेला संयोगवश भेट भएका गुरू मधुनन्दबाट दीक्षित भएर आफ्नो गाउँमा फर्केपछि आफूले हासिल गरेका ज्ञानबुद्धिहरू समाजमा बाँड्नुभयो । उहाँले आफ्नो गाउँठाउँमा आएपछि जीवहिंसा र मारकाटको विरोध गर्नुभयो । उहाँले समाजमा शान्ति र अहिंसाको सन्देश चारैतिर फैलाउनुभयो। कहिलेकहींं त आफ्नो जीवनको कर्तव्य र मानिसहरूको अज्ञानी मानसिकता र तत्कालीन समाजको जटील वस्तुस्थिति देखेर उहाँ बडो पीर मान्नु हुन्थ्यो रहेछ ।“पाप्माभाल्ये केन्खेप्सुम्मीनाङ हिनि याक्ल्येÞबा ।। मेम्बाःप्माभाल्येÞ तागेÞरानिङवाभुमा मांङिन कुयाक्ल्येÞबा ।। खेप्सुल्ले, ना नेपाःलबा हाङङिन्नाङ कुयाक्ल्यÞेबा ।। हेक्याङ आङगा आक्खेÞ चोगुङबेÞ ।।”(बोलौं भने नसुनेर उल्टै तिमीहरू रिसाउँछौं । नबोलौं भने तागेरानिङवाभुमा(युमा) रिसाउँछ, सुन्यो भने प...र नेपालको राजा पनि रिसाउँछ, अनि म के गरुं ?)यसरी जीवनको एउटा निर्मम तर महान् कर्तव्यबाट नडग्मगाई बरू खुशी मनले समाजको सेवा गर्दा गर्दै, कुसँस्कार, कुरीति, विकृति, विसंगति, अधर्म, भोक, रोग, अनिकाल, अशिक्षा, अज्ञानताले ग्रसित लिम्बू समाजलाई दुःख–समस्याहरूबाट मुक्तिको बाटो देखाउँदा देखाउँदै वि.सं. २००५ साल चैत्र २२ गते उहाँको देहावसान भयो। समाज सुधारहरूतर्फ सक्रियताउहाँले त्यतिखेरको जहाँनिया एकतन्त्री राणा शासनकालमा अज्ञानता, अशिक्षा, अपराधहरू, काटमार, जालझेल, जाँडरक्सीको अनियन्त्रित सेवन, भोकमरी र अनिकाल आदि जस्ता यावत समस्याहरूको घोर अन्धकारमा डुबेको तत्कालीन किरात लिम्बू समाजलाई देख्नुभयो, चिन्नुभयो । त्यतिखेरको लिम्बू समाजमा जन्म, मृत्यु, विवाह, शुद्धिकर्म आदि जस्ता संस्कारहरू गर्दा मुन्धुममा आधारित भई एकै रीतले नगरी मनचिन्ते पाराले ज–जसले जस्तो जस्तो मन लाग्यो त्यस्तै त्यस्तै विधि–अनुष्ठानहरू गर्ने गर्नाले विकृति र विसंगतिहरू औधी बढ़ी सामाजिक अवस्था लथालिङ भएको देख्नुभयो । तसर्थ उहाँले वि.सं. १९८८ साल बैशाख २४ गते बुधवारका दिन पान्थरको चोक्मागु स्थित लोब्रेकुटीमा १७ थुम १० लिम्बुवानका तुम्तुम्याङहरू, गण्यमान्य र वरिष्ठ भद्रभलादमीहरूको बृहत भेला आयोजना गर्नु भयो । उहाँको संयोजकत्वमा सम्पन्न भएको लिम्बुवानभरिका करीब २५० जनाजति अगुवा लिम्बूहरूको त्यो ऐतिहासिक भेलाले ‘सत्यधर्म मुचुल्का’ नामको १० बुँदे प्रस्तावहरू सर्वसम्मतिले पारित ग¥यो । उक्त भेलामा लिखित रूपमा प्रतिबद्धता जनाइए अनुसार खास गरेर १. छोरीचेलीको सोत रीत नखानु २. धार्मिक पुजाअनुुष्ठान तथा कुनै पनि शुभकार्यमा जीवहत्या वा भोगबली नदिनु ३. भोजभतेरमा मदमांश नखानु नचलाउनु ४. किरात भाषा, लिपिको प्रयोग र प्रचार गर्नु ५. शिक्षाको विकासकोलागि मातृभाषाका पाठशालाहरू खोल्नु ६. आफ्नै युमा थेबाको दैनिक पूजाआजाकोलागि माङहिम निर्माण गर्नु ७. मुन्धुमलाई लेख्य रुपमा प्रयोगमा ल्याउनु आदि महत्वपूर्ण छन् । यसरी उहाँले सत्यधर्म मुचुल्का मार्फत लथालिङ्ग र भताभुङ्ग भएर बिग्रेको–भत्केको समाजलाई सुव्यवस्थित पार्न सामाजिक कुसंस्कारहरू विरूद्ध व्यापक सुधारका लागि तत्कालीन किरात लिम्बूहरूको सर्वसम्मतीमा समय सान्दर्भिक नीतिहरू अगाडि ल्याउनुभएको थियो।सत्यहाङमापन्थ एउटा फरक धार्मिक मतको शुरूवातफाल्गुनन्द जन्मनुभन्दा पहिला किरात लिम्बू भाषामा ‘सत्यहाङमा’ भन्ने कुनै शब्दै थिएन । आफ्ना धारणाहरू सत्यवादमा आधारित भएकोले गर्दा पछिबाट उहाँलाई सत्यका राजा वा ‘सत्यहाङमा’ भनी सम्बोधन गर्न थालियो । त्यसपछि उहाँको अनुयायी भई सत्यवचन, सत्यआहार, सत्यविहार, सत्यकर्म, सत्यधर्म आदि जस्ता सत्य शब्द जोडिएर बनेका नीतिगत कुराहरूको सत्य पालना गर्ने वा अपनाउनेहरूले आफूलाई किरात धर्मभित्रको ‘सत्यहाङमापन्थी’ भन्न रूचाए । साथसाथै उनीहरूद्वारा किरात मुन्धुमलाई लेख्य रूप दिएर व्यवहारमा पालना गर्ने सकारात्मक अभ्यास पनि थालियो । जे होस् हुकुमी राणाशासन व्यवस्था र सामन्ती शोषण, उत्पीडनमा पिल्सिएका कारण लिम्बूहरूले बिर्सिसकेका आफ्ना मुन्धुम, धर्मकर्म, जाति, भाषा, लिपि, सँस्कृति जस्ता कुराहरूलाई पुनर्जागृत गराउने, पुनःस्मरण गर्ने–गराउने एउटा सानो प्रयास उहाँले गर्नुभयो । सत्यहाङमापन्थको शुरूवात भए पछि भने किरात लिम्बू समाजमा मुन्धुममा आधारित भई मौलिक परम्परागत धर्म मान्ने किरात लिम्बूहरू र धार्मिक सुधारवादी तथा संशोधनवादी लिम्बूहरू बीच केही मतभिन्नताहरू उत्पन्न भएर गएका छन् । नेपाल एकीकरण(हिन्दू अधिराज्यको विस्तार?) हुनुभन्दा पहिले किरात समुदायले कहिल्यै प्रयोग नगरेका र किरात लिम्बू मुन्धुममा कहीँकतै उल्लेख नहुने शङ्ख फुक्ने, त्रिशुल बोक्ने, चरू पोल्ने, एकतारे बजाउने, कमण्डलु बोक्ने, विहेमा जग्गे लाउने आदि जस्ता सत्यहाङमापन्थीहरूको अभ्यासले गर्दा किरात लिम्बूहरूको मौलिकतामा आँच पुगेको कुरा प्रष्ट हुन्छ । गजब चाहिँ के छ भने प्राचीन किरात मुन्धुमशास्त्र एउटै तर धार्मिक र साँस्कारिक अभ्यासहरू, पूजा–अनुष्ठान गर्दाका विधिविधानहरू भने फरक फरक बनाएर लगिएकोले यसबाट किरात लिम्बू समाजमा धर्म–कर्मको आधारमा विभाजन आयो । दार्शनिक आधारचाहिँ किरात लिम्बू मुन्धुमलाई नै मान्ने तर व्यवहारमा चाहिँ हिन्दु धर्मावलम्बीहरूको जस्तो नक्कली अभ्यास गर्ने गरियो । यसको आधारमा किरात लिम्बू समाजमा न खाँटी किरात लिम्बू धर्म भन्न सकिने न खाँटी हिन्दु धर्म भन्न सकिने एउटा छुट्टै मिश्रित धर्मको शुरूवात भयो । ‘माङ’को कुनै घर हुँदैन । तर हिन्दू धर्ममा जस्तै ‘माङहिम ( ईश्वरको घर)’हरू अर्थात मन्दिरहरू बनाउने अभ्यास गरियो । शायद सबैभन्दा जोडतोडले उनीहरूबाट सत्यहाङमापन्थलाई किरात धर्मको रूपमा प्रचारप्रसार गरिन्छ । शब्दी नगरे उक्त धर्ममा औपचारिक मान्यता दिईंदैन । उसोभए के शब्दी नगर्ने किरातहरूले प्राचीनकालदेखि मान्दै आएका धर्म चाहिँ किरात धर्म नै होइनन् त ? फाल्गुनन्द जन्मेको ११८ वर्षभन्दा पहिला किरातहरूले कहिल्यै नगरिइएको नजानिएको शब्दी गर्ने चलन फाल्गुनन्दले कहाँबाट ल्याउनुभयो ? के तागेरानिङवाफुमाले नै सिकाई पठाए होलान् त ? चाहे जे होस्, समयक्रममा अञ्जानमा धर्मकर्ममा गल्ती भै गए तापनि उनीहरू भित्रको मुटु किराती रगतले भरिएको हुनुपर्छ । यलम्बरको पराक्रम र काङसोरेको बलिदानीको रगतले रातै भएर रङ्गिएको हुनुपर्छ । जो अन्ततः किराती माटो र हावापानीमा हुर्केका किराती नै हुनुपर्छ। नत्र पूर्खाहरूको गौरवमय इतिहासले हामीलाई धिक्कार्छ । विश्वमा एक धर्मका अनेक धार्मिक शाखाहरू, संगठनहरू जन्मे जस्तै, भए जस्तै किरात धर्मको गर्भबाट पनि केही फरक धार्मिक मतहरू जन्मिनु स्वभाविकै हो । तर मूल रूपमा किरात लिम्बू मुन्धुम(दर्शन) नहराउनु, नमर्नु नै प्रमुख कुरा हो फाल्गुनन्दको चेला बन्नुको अर्मुन्धुम अनुसार हामी लिम्बूहरूको समाजमा फाल्गुनन्द जन्मनु भनेको कुनै आश्चर्यको कुरो पनि होइन । यदि विश्वासै गर्ने हो भने उहाँको जन्म हुनु भनेको तागेरानिङवाफुमाबाट सृष्टिको रक्षाकोलागि पालना हुँदै आएको एउटा नियमित प्रक्रिया मात्र हो । अब जहाँसम्म फाल्गुनन्दलाई तागेरानिङवाफुमाको अवतार मान्ने कुरा छ यो त आ–आफ्नो आस्था र विश्वासको कुरा हो । तत्कालीन किरात लिम्बू समाजमा उहाँले समाज सुधारहरूतर्फ ध्यान दिनुभएको कारण उहाँ लोकप्रिय हुनुभयो । परम्परादेखि नै विश्वास गरिँदै आइए अनुसार किरात लिम्बू समाजमा ‘माङले थुक्मा’(आङमा देवता चढ़ने) गरेपछि परिवारभित्रैको कोही फेदाङमा, साम्बा, येबा, येमा निक्लिन्छन् । उनीहरू मानिसजाति र आत्माहरूबीचका सम्पर्ककर्ता हुन्छन् । उनीहरूलाई समाजसेवाकोलागि तागेरानिङवाफुमा(युमा)द्वारा नै अह्राइएको हुन्छ । यस्तो प्रक्रिया लिम्बू समाजमा निरन्तर चलिरहन्छ । जो कोहीले चाहँदैमा, तालिम र प्रशिक्षणहरू दिँदैमा, लेखेर मुन्धुमलाई कण्ठस्थ पार्दैमा कोही उनीहरू जस्तो आङमा युमा चढ़ेका बेला सृष्टिका कथाहरू मुखाग्र व्यक्त गर्न सक्ने खाँटीे फेदाङबा, साम्बा, येबा, येमा भने बन्न सकिँदैन । तथापि धार्मिक, साँस्कृतिक क्षेत्रलाई निरन्तरता दिन र जीवित राख्न भने सकिन्छ । फाल्गुनन्दको जीवनीबाट हामीले के सिक्ने भन्ने सवाल पनि महत्वपूर्ण हुन्छ । आजको सन्दर्भमा फाल्गुनन्दको चेला बन्नु भनेको निधारमा खरानी घसेर त्रिशुल र चिम्टा बोकिहिँड्नु कदापि होइन । उहाँको शिक्षादीक्षा लिनु भनेको एक हातले कमण्डलु बोकेर अर्को हातले एकतारे बजाउँदै भिक्षा मागिहिंड्नु पनि कदापि होइन । उहाँको चेला बन्नु भनेको खेतीपाती, उद्योगधन्दा, व्यापारबिजनेस, जागीर, घरजम, स्कुल–क्याम्पसमा पढ़ाइ–लेखाई आदि गर्न छोडेर अल्छी बेकामे साधु–जोगी बनिहिँड्नु पनि कदापि होइन । उहाँको शिक्षा र अर्तिउपदेशको पालना गर्नु भनेको सामान्यतया(ष्ल नभलभचब)ि आफ्नो जाति, भाषा, लिपि, धर्म, सामाजिक संस्कार, संस्कृति, रीतिथितिहरू मुन्धुममा आधारित भई एकै रीतिले मान्नु र जीवन यापन गर्नु हो । विभाजित भई जे मन लाग्यो त्यही गर्नु कदापि होइन । उहाँको चेला बन्नु भनेको संक्षेपमा सिर्जनशील, उत्पादनशील कार्यहरूमा लागिरहनु, ज्ञानी, शिक्षित, सभ्य र सुसँस्कृत बन्नु, विश्वका मानव मानव बीच भ्रातृत्व, शान्ति र सदभाव स्थापना गर्नु, समस्त प्राणीहरू र सृष्टिका संरचनाहरूको संरक्षण र सम्बद्र्धनकोलागि सदैव चिन्तित रही कार्य गरिरहनु हो । उहाँको चेला बन्नु भनेको विज्ञानको चरम विकास भएको वर्तमान युगमा वैज्ञानिक, इञ्जिनियर, डाक्टर, विद्वान, नेता, दार्शनिक, प्रोफेसर, लेखक, पत्रकार, साहित्यकार, चित्रकार, कलाकार, श्रमिक, मज्दुर, किसान आदि जो जे अवस्थामा भए पनि किरात लिम्बूकै रूपमा रहेर, किराती नै भएर विश्वमा युगसापेक्ष उन्नती गर्नु हो, आफ्नो जातीयता नभुल्नु हो । तसर्थ उहाँका चेलाहरू, हामी किरातीहरू सबैले तागेरानिङवाफुमा युमाको दैनिक प्रातःस्मरण गर्नुका साथै जीवन र जगतप्रति गहिरो चिन्तन र श्रमप्रति एकोहोरो ध्यान केन्द्रित गर्नु समयोचित हुन्छ । उहाँका चेला बन्नुको नाममा श्रममज्दुरी गरिखानेहरूमाथि अह्राइखाने, ठगिखाने शोषकहरू, धार्मिक पण्डा–पुरोहितहरूको मुट्ठीभर जमात हामीहरू माझ उत्पादन गर्नु कदापि होइन । उहाँको चेला बन्नुको नाममा हाम्रो समाजमा फेरि पनि उस्तैखाले मूर्खता, अज्ञानता, कुरीति, कुसँस्कार, र अन्धविश्वासलाई निरन्तरता दिईरहनु हुँदैन । किराती भएर कहिल्यै नगरेको कार्य धर्मलाई मागिखाने भाँडो बनाउनु हुँदैन । अन्तमा,फाल्गुनन्दलाई हेर्ने आँखा चाहे तेश्रो होस् चाहे भित्री होस् या जुनसुकै होस् त्यो अन्धो आँखा हुनुहुँदैन । राणाकालमा उसै त राज्यसत्ताको आडमा हिन्दू धर्म बलजफ्ती लादिईएको थियो भने उहाँको अगुवाईमा त किरात लिम्बू समाजमा हिन्दू धर्मको ठाडै नक्कलै गरियो । उहाँपछि ‘किरात धमर्’ भनेर हिन्दू धर्मलाई नै सामाजिक अनुमोदन गराउने दुस्प्रयास गरियो र अद्यापि गराईँदैछ । किरात लिम्बू समाजमा राज्यपक्षबाट बलात् लादिएको हिन्दू धर्मभन्दा छुट्टै किरात लिम्बूहरूकै मौलिक धर्म, सँस्कृति र पहिचानलाई जोगाई राख्नमा उहाँ सफल बन्न सक्नु भएन । तसर्थ उहाँका समाज सुधार लगायत अन्य केही सकारात्मक पक्षहरूका आधारमा हेर्दा उहाँ साँच्चिकै प्रसंशनीय र सम्मानयोग्य हुनुहुन्छ । उहाँलाई किरात विभूतिको रूपमा सम्मान पनि गरिएको छ । आधुनिक नेपालको इतिहास कोरिएदेखि यता किरात लिम्बूहरू मध्ये उहाँले जति धार्मिक र सामाजिक सेवा र सुधारका कार्यहरू अरूले गरेको पाईंदैन । तर अर्को तर्फ धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूका आधारमा हेर्दा भने किरात लिम्बूहरूका लागि उहाँ अभिशाप पनि हुनुुहुन्छ । किरातहरूलाई धार्मिक आधारमा फुटाउने कारक आरोप उहाँलाई पनि लाग्न सक्दछ । कुनै जातिको पहिचान त्यस जातिले प्राचीनकालदेखि नै मानिल्याएको धर्म र सँस्कारहरूबाट पनि प्रष्ट हुन्छ । उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूले प्राचीन जाति किरात लिम्बूहरूको स्पष्ट जातीय पहिचान दिँदैन । लिम्बूहरू भनेको आफ्नै मौलिक परम्परा, धर्म र सँस्कारहरूको धनी जाति हो । त्यसैले उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूबाट किरात लिम्बूहरू क्रमशः हिन्दुकृत त हुँदैछैनौं ? केही धूर्त किरातहरूबाटै हामी किरातहरूलाई हिन्दू बनाईंदै त छैनन् ? सोचौं। सन्दर्भ स्रोत १. किरात दर्शनको सारांश – इमानसिंह चेम्जोङ२. किरात मुन्धुम – इमानसिंह चेम्जोङ३. श्रद्धा सुमनका केही शब्दचित्र(भजन) तथा महागुरूको संक्षिप्त चिनारी ( मिमा सेसे थिक्हुप चुम्भो, नेवाला४. मुहिगुम अंशी फाल्गुनन्द विशेषांक २०५९५. पान्थर दर्पण –वर्ष १, अंक १ बैशाख २०६० ६. सुम्हा?लुङ, वर्ष २, अंक २, २०५४ (प्रकाशक ः किरात याक्थुङ चुम्लुङ पान्थर जिल्ला शाखा लेखकको नाम थाहा भएन

बि.सं.१९१० मा जारी भएको ऐन यस्तो थियो जंगबहादुरको जनजाति र दलितसम्बन्धी कानुनी व्यवस्था

बि.सं.१९१० मा जारी भएको ऐन यस्तो थियो जंगबहादुरको जनजाति र दलितसम्बन्धी कानुनी व्यवस्था अहिले नेपालमा नयाँ संविधान जारी भएको छ । कानुनहरु बनि नसकेको अवस्थामा नेपालको पहिलो मुलुकी ऐन भनेर चिनिने बि. सं. १९१० मा जारी भएको ऐनलाई एक पटक पुनः फर्किएर हेर्नु यतिवेला वान्छनिय हुन सक्छ । जंगबहादुर राणाले बेलायत यात्राबाट फर्के लगत्तै यो ऐन बनाएका थिए । यो ऐन हिन्दू वर्णाश्रम व्यवस्थामा आधारित छ । नेपालमा जारी रहेको वर्णाश्रम व्यवस्थालाई थप समृद्ध गरी नेपालका अन्य जनजातिलाई समेत विभाजन गरि राणाहरुले आफ्नो शासनका लागि मजबुत जग बसाउन यो मुलुकी ऐन घोषणा गरिएका थिए । यो कानुनबाट जातको आधारमा कुनै जातिलाई अपराधी घोषित गरी युगौं पछाडि पार्ने काम भयो भने कुनै जातिलाई वैधानिक शासकका रुपमा पुर्नपरिभाषित गर्ने काम भयो । पश्चिमा मूलुकहरु उद्योग र कलकारखानाको विकाससँगै पुँजीवादी संसार तर्फ अग्रसर भईरहेको अवस्थामा नेपाल भने मुलुकी ऐन जारी गरी नेपाली नेपाली बिच फुटाउने र राज गर्ने मनसाय स्वरुप यो मूलुकी ऐन जारी गरियो । आजका हरेक पुस्ताले ति इतिहासका दिनहरु एक पटक फर्केर हेरेपछि मात्र भविष्यको रेखा कोर्न सक्नेछन् । आजका हरेक पुस्ताले ति इतिहासका दिनहरु एक पटक फर्केर हेरेपछि मात्र भविष्यको रेखा कोर्न सक्नेछन् । कुन विन्दुबाट नेपाल पछाडि पर्न गयो ? भन्ने थाहा हुनेछ । हामीले सोही उदेश्यका लागि नेपालको इतिहासमा विशिष्ट महत्व राख्ने वि.सं. १९१० को मुलुकी ऐनबाट खास गरी मासिन्या मतवाली र नमासिन्या मतवाली सहित चार जात मध्ये शुद्रमाथि निर्धारण गरिएको कानुनका केही बुँधाहरु यहाँ उल्लेख गरेका छौं । ऐ. नमासिन्याको. (पृष्ठ ५३५) १. नमासिन्या मतवाली जात गैह्रका आफ्ना एका वावुवाट जन्म्याका दिदि वैन्हि आफुले जन्म्यायाका छोरिमा आफ्ना षसम्को सत्य छोडि अर्कासित विग्¥याका लाइ जतीसुकै लिंग परि कर्णि ग¥याको भया पनि तेस्ताको अ‍ैन वमोजिम्को अंस सर्वस्व गरि मुडि कुकुर्को मासु षुवाइ भात वाहेक् गरि पूर्वको भया पश्चिम पश्चिम्को भया पूर्वतर्फ नदि कटाइ धपाई दिनू. एस्ताका हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया दिनू. एस्ता मासिन्या भोट्या जात हुंछन्. २. नमासिन्या मतवालि जात गैह्रले आफ्ना हाडमा ४ पुस्तासम्मका फुपु वज्यु फुपु दिदि वैन्हि छोरि भतिजि नातिनि पनातीनि नाता पन्र्या र आफनी छोरिका छोरि नातिनि दिदि वैन्हिका छोरि भांजि वाबुलाइ . आमालाइ जन्माउन्या वज्यू आफनी स्वास्निलाइ जन्माउन्या सासु आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसम्को सत्य छोडि अर्का सित विग्¥याका लाइ जतीसुकै लिंग परी कर्णि ग¥याको भया पनि लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले अ‍ैन वमोजिम्को अंस सर्वस्व गरि १ वर्ष कैद गरि जात पतित गरि भोट्या जातमा मिलाइ दिनु म्यादको चौवर दिया रूपैया लिनु एस्ताका हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया गरि लोग्न्या स्वास्नि छुट्याई दिनु. ३. नमासिन्या मतवालि जात गैह्रले आफुलाइ जन्माउन्या आमा वाहेक् अरू वावुले अ‍ैनले जार हांन हुन्यासम्मका ल्यायाका सौतिन्या आमा आफुलाइ मंत्र सुनाउन्या गुरूका स्वास्नि गुर्मा आफनि आमाकाविमात्रि पट्टिका दिदि वैन्हि सानि ठुलि आमा सासुलाइ र. ससुरालाइ जन्माउन्या वुढी सासु ससुराले अ‍ैनले जार हांन हुन्यासम्मका स्वास्नि सौतिन्या सासु एतिमा आफ्ना षसमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णिगन्र्या लाइ लोग्न्या रहेनछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम् साधुको षुसि लोग्न्या रहेछ वा जार हानेन भन्या राजषत् लाग्नाले ६० रूपैया दंड गर्नु चौथो परि कर्णि गन्र्यालाइ ३० जतिसुकै सित विग्¥या कि भया पनि पांचौ देषि युढो परि कर्णि गन्र्यालाइ १५ रूपैया दंड गरि लोग्न्या स्वास्नि छुटाइ दिनु जात जादैन. ४. नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडमा ४ पुस्ता देषि युढो ७ पुस्ता सम्मका दाज्यू भाइकाका वाज्या छोरा भतिजा पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरूमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाकाको आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम् साधुको षुसि लोग्न्या रहेछ भन्या र. जार हानेन भन्या राज षत् लाग्नाले ४० रूपैया चौथो लिंगपरि कर्णि गन्र्यालाइ २० रूपैया जति सुकै सितविग्¥याकि भयापनि पाँच लिंगदेषि युढो परि कर्णि गन्र्यालाइ १० रूपैया दंड गरि छुटाइ दिनु. ५. नमासिन्या मतवालि जातका हाडमा ७ पुस्ता देषि उभोमा १४ पुस्तासम्मका दाज्यू भाइ काका वाज्या छोरा भतिजा नाता पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निमा आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या भया जार हांन्या जातको साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले २० रूपैया चौथो परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥या कि भया पनि पाँच चौ देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि छुटाइ दिनु १४ पुस्ता देषि युढोका आफ्ना षसम्को सत्य छोडि अर्का सित विग्¥या किको कर्णि गन्र्यालाइ षत् लाग्दैन. । ६.नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडका ७ पुस्तासम्मका काका वाज्या भाइ भतिजा छोरा नातिहरूले विहा गरि ल्यायाका दियो कलस पूजि ल्यायाका जारिगरि ल्याका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरू मा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीहरूसित आफु तेश्रो परी करणि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जारहांन्याको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १० रूपैया आफू चौथो लिंग परि करणि गन्र्यालाइ ५ रूपैया जति सुकै सित विग्¥याकि भया पनि पांच लिंग देषि युढो परि करणि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइ दिनु. ७. नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडका ७ पुस्तादेषि १४ पुस्तासम्मका दाज्यू भाइका विहा गरि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका दियो कलस पूजिल्यायाका अ‍ैनले जार हांन हुन्या संम्मका आफ्ना षसम्को सत्य छोडि अर्कासित विग्¥याका स्वास्नीलाइ आफु तेश्रो परि करणि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले ५ रूपैया चौथोलिंग परि करणि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइ दिनु पांचौपरि करणि गन्र्यालाइ षत्वात लाग्दैन १४ पुस्ता देषि युढोका आफ्नाषसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको करणि गन्र्यालाइ पनि राज षत् लाग्दैन. 134633-004-4FB01269-750 ऐ मासिन्याको (पृष्ठ ५३८) १. मासिन्या मतवालि जात गैह्रले आफ्ना हाडमा ४ पुस्ता संमका दाज्यू भाइ काका वाज्या छोरा नाति पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि भतिजि नातिनि पनातिनी पन्र्या र आफ्ना साक्षात् दिदि वैन्हिका छोरि. भांजि आफ्ना आमालाइ र वावुलाइ जन्माउन्या वज्यू आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफ्नि स्वास्निलाइ जन्माउन्या सासु आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका लाइ जति सुकै लिंग परि करणि ग¥या पनि लोग्न्यालाइ मासि दिनु करणि दिन्या स्वास्नि नमासिन्या जातकि रहिछ भन्या वेस्या हुंछे मासिन्या जातकि रहिछ भन्या. मासि दिनु. २. मासिन्या मतवालि जात गैह्रले आफुलाइ जन्माउन्या आमा वाहेक अरू वावुले अ‍ैनले जार हांन हुन्या संमका ल्यायाका सौतिन्या आमा आफुलाइ मंत्र सुनाउन्या गुरूका स्वास्नि गुर्मा आफ्नि आमाका विमातृ पट्टिका दिदि वैन्हि सानि ठुलि आमा ससुरालाइ र सासुलाइ जन्माउन्या वुढि सासु ससुराले अ‍ैनले जार हात्र हुन्या संमका स्वास्नी सौतिन्या सासु यतिमा आफ्ना षसमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णि गन्र्यालाइ लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले २० रूपैया चौथो परि कर्णि गन्र्यालाइ १५ जतिसुकै सित विग्¥याकि भया पनि चौथोदेषि युढो परि कर्णि गन्र्यालाइ अघिदेषि जार हांन्या जात रहेछ भन्या १० रूपैया दंड गरि छुटाइ दिनु जात जादैन. ३. मासिन्या जातमा पानि चलन्या गैह्र जातका आफ्ना हाडमा ४ पुस्तादेषि युढो ७ पुस्तासम्ममा दाज्यू भाइकाका वाज्या छोरा भतिजा पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हिको छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरूमा आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाकाको आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या अघिदेषि जार हांनि आयाका जातलाइ जार हांन्या जातको अ‍ैन वमोजिम्साधुको षुसि लोग्न्या रहेनछ भन्या र. जार हानेन भन्या अघिदेषि जार नहांन्या जात रहेछ भन्या राजषत् लाग्नाले १५ रूपैया चौथो लिंग परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥याकि भया पनि पाचौ लिंग देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि छुटाइ दिनु ७ पुस्तादेषि युढोका आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन. ४. मासिन्या मतवालि जात गैह्रले आफ्ना हाडका ७ पुस्तासंमका काका वाज्या भाइभतिजा छोरा नातिहरुले विहा गरि ल्यायाको दियोकलस पूजि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरुमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निहरुसित आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या नरहेछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया आफु चौथो लिंग परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥याकि भया पनि पाँच लिंगदेषि युढो कर्णि गन्र्या लाइ ५ रूपैया दंड गरि लोग्न्या स्वास्नी छुटाइ दिनु ७ पुस्तादेषि युढो का आफ्ना षसम्को सत्य छाडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्या लाइ पनि राजषत् लाग्दैन. ५. लिंवु किराति जात वाहेक तागाधारि जात र नमासिन्या मतवालि जात मासिन्या जात पानि नचलन्या जात छोया छिटो हालनु पन्र्याजातले आफ्ना वावुले विहा गरि लायाका कंन्या ल्यायाका विधवा ल्यायाका जारि गरी ल्यायाका अ‍ैनले जारहांन हुन्यासंमका स्वास्नी सानि आमाहरु अर्कासित विग्¥याका विग्¥याको जाहेर भै कर्णि गरें छ भन्या अ‍ैन वमोजिं अंस सर्वस्व गरि लोग्न्या स्वास्नी छुटाइ दिनु एस्ता का हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया दिन छुटाया पछि फेरि पनि कर्णि ग¥यो भन्या जति फेरा कर्णि गर्छ उत्तिपल्ट १०।१० रुपैया दंड गरि छुटाइ दिनु. ऐ पानि नचलन्याको. (पृष्ठ ५४०) १. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जात्मा मुसल्मान् वाहेक ले आफ्ना हाडमा ४ पुस्ता संमका दाज्यू भाइ काका वाज्या छोरा नाति पन्र्या का छोरि फुपु वज्यू दिदि वैन्हि छोरि भतिजि नातिनि पनातिनी पन्र्या र आफ्नासाक्षात् दिदि वैन्हिका छोरि भांजि आफ्ना आमालाइ र वावु लाई जन्माउन्या वज्यू आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफ्नि स्वास्निलाइ जन्माउन्या सासु आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाकालाइ जतिसुकै लिंग परि करणि ग¥या पनि लोग्न्या स्वास्नि दुवैलाइ मासिदिनु. २. छोइ छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसल्मान् वाहेकले आफुलाइ जन्माउन्या आमा वाहेक अरू वावुले अ‍ैनले जार हात्र हुन्या संमका ल्यायाका सौतिन्या आमा आफ्नि आमाका विमातृ पट्टिका दिदि वैन्हि सानि ठुलि आमा ससुरालाइ र सासुलाइ जन्माउन्या वुढि सासु सासुले अ‍ैनले जार हात्र हुन्यासंमका स्वास्नी सौतिन्या सासु यतिमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णि गन्र्यालाइ लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया दंड गर्नु चौथो परि कर्णि गन्र्यालाइ अघिदेषि जार हांन्या जात रहेछ भन्या १० जतिसुकैसित विग्¥याकि भया पनि चौथो देषि युढो परि कर्णि गन्र्यालाइ ५ रुपैया दंड गरि छुटाइ दिनु जात जादैन. ३. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसल्मान् वाहेक आफ्ना हाडमा ४ पुस्तादेषि युढो ७ पुस्तासम्मका दाज्यू भाइ काका वाज्या छोरा भतिजा पन्र्या का छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरुमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाकाको आफुले तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या अघिदेषि जार हानि आयाका जातलाइ जार हांन्याको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या अघिदेषि जार नहांन्या जात रहेछ भन्या राजषत् लाग्नाले १० रूपैया चौथो लिंग परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गर्नु जतिसुकै सित विग्¥याकि भया पनि पाँच लिंगदेषि युढो परि कर्णि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइदिनु ७ पुस्तादेषि युढोका आफ्ना षसम्को सत्य छोडयाकाको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन. ४. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसलमान् वाहेकले आफ्ना हाडको ७ पुस्तासंमका काका वाज्या भाइ भतिजा छोरा नातिहरूले विहा गरि ल्यायाका दियो कलस पुजि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरूमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीहरूसित आफु तेश्रो परि करणि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया आफू चौथो लिंग परि करणि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥याकि भया पनि पांच लिंग देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि लोग्न्या स्वास्नि दुवैलाइ छुटाइदिनु ७ पुस्ता देषि युढोका आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन. ५. पातकि भया पछि जन्म्याका संतान्पट्टि दोश्रो पोइ तुल्याइ वेस्या भयाका स्वास्नी संग ७ पूस्ताभित्रका एकै गोत्र एकै जात्मा कसैको कर्णि भयेछ भन्या २० रुपैया दंड गरि प्रायेश्चित्त गराइदिनु.

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...