मेरो नजरमा फाल्गुनन्द लिङ्देन : भीमसेन लिङ्दम
फाल्गुनन्द : सत्यवादी समाजसुधारक
पृष्ठभूमि
किरात लिम्बू मुन्धुम अनुसार विश्वास गर्दा जब जब पृथ्वीमा पापहरू र अधर्महरू बढ़ेर जान्छन्, तब तब तागेरानिङवाफुमा(युमा)ले कोही धार्मिक नायकहरू यस पृथ्वीमा पठाइदिनुहुन्छ । यसै क्रममा मुन्धुममा उल्लेख भए अनुसार सबभन्दा पहिले येहाङको जन्म भएको र त्यसपछि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, मुक्केगुबा, माबोहाङ, वेदोहाङ, सिरिजङगाहाङ आदि प्रमुख छन् र उनीहरूपछि किरात लिम्बू समाजमा फाल्गुनन्दको पनि जन्मावतरण भएको विश्वास गरिन्छ ।
हिन्दू जोसमनिमतका गुरू मधुनन्दसंग उहाँको भेट
वि.सं. १९४२ साल कार्तिक २५ गतेका दिन नेपालको सुदूर पूर्वी जिल्ला इलामको चुक्चीनाम्बामा पिता जगनबाज र माता हंसमतीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँको बाल्यकालको नाम फलामसिंह र चिनाको नाम ‘नरध्वज लिङदेन लिम्बू’ थियो । यस्तो भनिन्छ कि पछि ‘लाहुरे’ भर्ती हुँदा एकपटक बर्माको ऐरावतीमा उहाँ लडाईंमा पर्नुभयो । लडाईंबाट तितरबितर भई भाग्दै जाँदाखेरि उहाँ एउटा कुटी(आश्रम)मा पुग्नुुभयो । त्यहाँ जसमनी सम्प्रदायका गुरू मधुनन्द तपस्वीसंग उहाँको भेट भयो । उनै गुरूबाटै धार्मिक शिक्षादीक्षा प्राप्त गर्नुभई दीक्षित समेत बन्नुभएको थियो । त्यस सम्प्रदायमा गुरूबाट दीक्षित बनेका व्यक्तिको नामको पछाडि ‘नन्द’ जोड्ने चलन भएकोले उहाँको नाम फलामसिंहबाट ‘फाल्गुनन्द’ नामाकरण भएको हो भनिन्छ ।
पहाडको ठाउँमा एउटा गरीब लिम्बू परिवारमा जन्मनुभएकोले उहाँले भोक, तिर्खा, थकानहरू धेरै सहनुभयो । एउटा सामान्य मानिसले जीवनमा भोग्नु पर्ने अनेकौं दुःखपीडाहरू उहाँले पनि भोग्नुभएको थियो । पहाडको ठाउँमा गोठालो जानु, दाउराघाँस जानु, कुखुरा बेच्न दार्जिलिङसम्म जानु–आउनु, तिब्बतमा पुगेर कुल्ली काम गर्नु, शिक्षादीक्षा, अर्ति उपदेशहरू दिईहिँड्ने क्रममा कैयौं दिनसम्म भोकैभोकै सुत्नु आदि जस्ता अनेकौं भोगाईहरू उहाँले आफ्नो जीवनमा संगाल्नुभयो । जसमनिमतका गुरू मधुनन्दबाट शिक्षादीक्षा प्राप्त गरेर आएपछि उहाँले किरात लिम्बू समाजमा पनि सुधारका धेरै प्रयत्नहरू थाल्नुभयो । किरात लिम्बू जातिको दुःखलाग्दो, कहालीलाग्दो स्थिति, अशिक्षा, अज्ञानतामा पिल्सिएर जर्जर भएको र कुरीति, विकृति र विसंगतिमा चुर्लुम्म डुबेको अँध्यारो समाज देखेर उहाँले जीवनमा आइपर्ने हरेक किसिमका हण्डरहरू, ठक्करहरू भोग्नुभयो, सहनुभयो । जे होस्, प्रथम विश्वयुद्धमा बर्मामा खटिएका बेला संयोगवश भेट भएका गुरू मधुनन्दबाट दीक्षित भएर आफ्नो गाउँमा फर्केपछि आफूले हासिल गरेका ज्ञानबुद्धिहरू समाजमा बाँड्नुभयो । उहाँले आफ्नो गाउँठाउँमा आएपछि जीवहिंसा र मारकाटको विरोध गर्नुभयो । उहाँले समाजमा शान्ति र अहिंसाको सन्देश चारैतिर फैलाउनुभयो ।
कहिलेकहींं त आफ्नो जीवनको कर्तव्य र मानिसहरूको अज्ञानी मानसिकता र तत्कालीन समाजको जटील वस्तुस्थिति देखेर उहाँ बडो पीर मान्नु हुन्थ्यो रहेछ ।
“पाप्माभाल्ये केन्खेप्सुम्मीनाङ हिनि याक्ल्येÞबा ।। मेम्बाःप्माभाल्येÞ तागेÞरानिङवाभुमा मांङिन कुयाक्ल्येÞबा ।। खेप्सुल्ले, ना नेपाःलबा हाङङिन्नाङ कुयाक्ल्यÞेबा ।। हेक्याङ आङगा आक्खेÞ चोगुङबेÞ ।।”(बोलौं भने नसुनेर उल्टै तिमीहरू रिसाउँछौं । नबोलौं भने तागेरानिङवाभुमा(युमा) रिसाउँछ, सुन्यो भने प...र नेपालको राजा पनि रिसाउँछ, अनि म के गरुं ?)
यसरी जीवनको एउटा निर्मम तर महान् कर्तव्यबाट नडग्मगाई बरू खुशी मनले समाजको सेवा गर्दा गर्दै, कुसँस्कार, कुरीति, विकृति, विसंगति, अधर्म, भोक, रोग, अनिकाल, अशिक्षा, अज्ञानताले ग्रसित लिम्बू समाजलाई दुःख–समस्याहरूबाट मुक्तिको बाटो देखाउँदा देखाउँदै वि.सं. २००५ साल चैत्र २२ गते उहाँको देहावसान भयो ।
समाज सुधारहरूतर्फ सक्रियता
उहाँले त्यतिखेरको जहाँनिया एकतन्त्री राणा शासनकालमा अज्ञानता, अशिक्षा, अपराधहरू, काटमार, जालझेल, जाँडरक्सीको अनियन्त्रित सेवन, भोकमरी र अनिकाल आदि जस्ता यावत समस्याहरूको घोर अन्धकारमा डुबेको तत्कालीन किरात लिम्बू समाजलाई देख्नुभयो, चिन्नुभयो । त्यतिखेरको लिम्बू समाजमा जन्म, मृत्यु, विवाह, शुद्धिकर्म आदि जस्ता संस्कारहरू गर्दा मुन्धुममा आधारित भई एकै रीतले नगरी मनचिन्ते पाराले ज–जसले जस्तो जस्तो मन लाग्यो त्यस्तै त्यस्तै विधि–अनुष्ठानहरू गर्ने गर्नाले विकृति र विसंगतिहरू औधी बढ़ी सामाजिक अवस्था लथालिङ भएको देख्नुभयो । तसर्थ उहाँले वि.सं. १९८८ साल बैशाख २४ गते बुधवारका दिन पान्थरको चोक्मागु स्थित लोब्रेकुटीमा १७ थुम १० लिम्बुवानका तुम्तुम्याङहरू, गण्यमान्य र वरिष्ठ भद्रभलादमीहरूको बृहत भेला आयोजना गर्नु भयो । उहाँको संयोजकत्वमा सम्पन्न भएको लिम्बुवानभरिका करीब २५० जनाजति अगुवा लिम्बूहरूको त्यो ऐतिहासिक भेलाले ‘सत्यधर्म मुचुल्का’ नामको १० बुँदे प्रस्तावहरू सर्वसम्मतिले पारित ग¥यो । उक्त भेलामा लिखित रूपमा प्रतिबद्धता जनाइए अनुसार खास गरेर १. छोरीचेलीको सोत रीत नखानु २. धार्मिक पुजाअनुुष्ठान तथा कुनै पनि शुभकार्यमा जीवहत्या वा भोगबली नदिनु ३. भोजभतेरमा मदमांश नखानु नचलाउनु ४. किरात भाषा, लिपिको प्रयोग र प्रचार गर्नु ५. शिक्षाको विकासकोलागि मातृभाषाका पाठशालाहरू खोल्नु ६. आफ्नै युमा थेबाको दैनिक पूजाआजाकोलागि माङहिम निर्माण गर्नु ७. मुन्धुमलाई लेख्य रुपमा प्रयोगमा ल्याउनु आदि महत्वपूर्ण छन् । यसरी उहाँले सत्यधर्म मुचुल्का मार्फत लथालिङ्ग र भताभुङ्ग भएर बिग्रेको–भत्केको समाजलाई सुव्यवस्थित पार्न सामाजिक कुसंस्कारहरू विरूद्ध व्यापक सुधारका लागि तत्कालीन किरात लिम्बूहरूको सर्वसम्मतीमा समय सान्दर्भिक नीतिहरू अगाडि ल्याउनुभएको थियो ।
सत्यहाङमापन्थ एउटा फरक धार्मिक मतको शुरूवात
फाल्गुनन्द जन्मनुभन्दा पहिला किरात लिम्बू भाषामा ‘सत्यहाङमा’ भन्ने कुनै शब्दै थिएन । आफ्ना धारणाहरू सत्यवादमा आधारित भएकोले गर्दा पछिबाट उहाँलाई सत्यका राजा वा ‘सत्यहाङमा’ भनी सम्बोधन गर्न थालियो । त्यसपछि उहाँको अनुयायी भई सत्यवचन, सत्यआहार, सत्यविहार, सत्यकर्म, सत्यधर्म आदि जस्ता सत्य शब्द जोडिएर बनेका नीतिगत कुराहरूको सत्य पालना गर्ने वा अपनाउनेहरूले आफूलाई किरात धर्मभित्रको ‘सत्यहाङमापन्थी’ भन्न रूचाए । साथसाथै उनीहरूद्वारा किरात मुन्धुमलाई लेख्य रूप दिएर व्यवहारमा पालना गर्ने सकारात्मक अभ्यास पनि थालियो । जे होस् हुकुमी राणाशासन व्यवस्था र सामन्ती शोषण, उत्पीडनमा पिल्सिएका कारण लिम्बूहरूले बिर्सिसकेका आफ्ना मुन्धुम, धर्मकर्म, जाति, भाषा, लिपि, सँस्कृति जस्ता कुराहरूलाई पुनर्जागृत गराउने, पुनःस्मरण गर्ने–गराउने एउटा सानो प्रयास उहाँले गर्नुभयो । सत्यहाङमापन्थको शुरूवात भए पछि भने किरात लिम्बू समाजमा मुन्धुममा आधारित भई मौलिक परम्परागत धर्म मान्ने किरात लिम्बूहरू र धार्मिक सुधारवादी तथा संशोधनवादी लिम्बूहरू बीच केही मतभिन्नताहरू उत्पन्न भएर गएका छन् । नेपाल एकीकरण(हिन्दू अधिराज्यको विस्तार?) हुनुभन्दा पहिले किरात समुदायले कहिल्यै प्रयोग नगरेका र किरात लिम्बू मुन्धुममा कहीँकतै उल्लेख नहुने शङ्ख फुक्ने, त्रिशुल बोक्ने, चरू पोल्ने, एकतारे बजाउने, कमण्डलु बोक्ने, विहेमा जग्गे लाउने आदि जस्ता सत्यहाङमापन्थीहरूको अभ्यासले गर्दा किरात लिम्बूहरूको मौलिकतामा आँच पुगेको कुरा प्रष्ट हुन्छ । गजब चाहिँ के छ भने प्राचीन किरात मुन्धुमशास्त्र एउटै तर धार्मिक र साँस्कारिक अभ्यासहरू, पूजा–अनुष्ठान गर्दाका विधिविधानहरू भने फरक फरक बनाएर लगिएकोले यसबाट किरात लिम्बू समाजमा धर्म–कर्मको आधारमा विभाजन आयो । दार्शनिक आधारचाहिँ किरात लिम्बू मुन्धुमलाई नै मान्ने तर व्यवहारमा चाहिँ हिन्दु धर्मावलम्बीहरूको जस्तो नक्कली अभ्यास गर्ने गरियो । यसको आधारमा किरात लिम्बू समाजमा न खाँटी किरात लिम्बू धर्म भन्न सकिने न खाँटी हिन्दु धर्म भन्न सकिने एउटा छुट्टै मिश्रित धर्मको शुरूवात भयो । ‘माङ’को कुनै घर हुँदैन । तर हिन्दू धर्ममा जस्तै ‘माङहिम ( ईश्वरको घर)’हरू अर्थात मन्दिरहरू बनाउने अभ्यास गरियो । शायद सबैभन्दा जोडतोडले उनीहरूबाट सत्यहाङमापन्थलाई किरात धर्मको रूपमा प्रचारप्रसार गरिन्छ । शब्दी नगरे उक्त धर्ममा औपचारिक मान्यता दिईंदैन । उसोभए के शब्दी नगर्ने किरातहरूले प्राचीनकालदेखि मान्दै आएका धर्म चाहिँ किरात धर्म नै होइनन् त ? फाल्गुनन्द जन्मेको ११८ वर्षभन्दा पहिला किरातहरूले कहिल्यै नगरिइएको नजानिएको शब्दी गर्ने चलन फाल्गुनन्दले कहाँबाट ल्याउनुभयो ? के तागेरानिङवाफुमाले नै सिकाई पठाए होलान् त ? चाहे जे होस्, समयक्रममा अञ्जानमा धर्मकर्ममा गल्ती भै गए तापनि उनीहरू भित्रको मुटु किराती रगतले भरिएको हुनुपर्छ । यलम्बरको पराक्रम र काङसोरेको बलिदानीको रगतले रातै भएर रङ्गिएको हुनुपर्छ । जो अन्ततः किराती माटो र हावापानीमा हुर्केका किराती नै हुनुपर्छ । नत्र पूर्खाहरूको गौरवमय इतिहासले हामीलाई धिक्कार्छ । विश्वमा एक धर्मका अनेक धार्मिक शाखाहरू, संगठनहरू जन्मे जस्तै, भए जस्तै किरात धर्मको गर्भबाट पनि केही फरक धार्मिक मतहरू जन्मिनु स्वभाविकै हो । तर मूल रूपमा किरात लिम्बू मुन्धुम(दर्शन) नहराउनु, नमर्नु नै प्रमुख कुरा हो ।
फाल्गुनन्दको चेला बन्नुको अर्थ
मुन्धुम अनुसार हामी लिम्बूहरूको समाजमा फाल्गुनन्द जन्मनु भनेको कुनै आश्चर्यको कुरो पनि होइन । यदि विश्वासै गर्ने हो भने उहाँको जन्म हुनु भनेको तागेरानिङवाफुमाबाट सृष्टिको रक्षाकोलागि पालना हुँदै आएको एउटा नियमित प्रक्रिया मात्र हो । अब जहाँसम्म फाल्गुनन्दलाई तागेरानिङवाफुमाको अवतार मान्ने कुरा छ यो त आ–आफ्नो आस्था र विश्वासको कुरा हो । तत्कालीन किरात लिम्बू समाजमा उहाँले समाज सुधारहरूतर्फ ध्यान दिनुभएको कारण उहाँ लोकप्रिय हुनुभयो । परम्परादेखि नै विश्वास गरिँदै आइए अनुसार किरात लिम्बू समाजमा ‘माङले थुक्मा’(आङमा देवता चढ़ने) गरेपछि परिवारभित्रैको कोही फेदाङमा, साम्बा, येबा, येमा निक्लिन्छन् । उनीहरू मानिसजाति र आत्माहरूबीचका सम्पर्ककर्ता हुन्छन् । उनीहरूलाई समाजसेवाकोलागि तागेरानिङवाफुमा(युमा)द्वार ा नै अह्राइएको हुन्छ । यस्तो प्रक्रिया लिम्बू समाजमा निरन्तर चलिरहन्छ । जो कोहीले चाहँदैमा, तालिम र प्रशिक्षणहरू दिँदैमा, लेखेर मुन्धुमलाई कण्ठस्थ पार्दैमा कोही उनीहरू जस्तो आङमा युमा चढ़ेका बेला सृष्टिका कथाहरू मुखाग्र व्यक्त गर्न सक्ने खाँटीे फेदाङबा, साम्बा, येबा, येमा भने बन्न सकिँदैन । तथापि धार्मिक, साँस्कृतिक क्षेत्रलाई निरन्तरता दिन र जीवित राख्न भने सकिन्छ । फाल्गुनन्दको जीवनीबाट हामीले के सिक्ने भन्ने सवाल पनि महत्वपूर्ण हुन्छ । आजको सन्दर्भमा फाल्गुनन्दको चेला बन्नु भनेको निधारमा खरानी घसेर त्रिशुल र चिम्टा बोकिहिँड्नु कदापि होइन । उहाँको शिक्षादीक्षा लिनु भनेको एक हातले कमण्डलु बोकेर अर्को हातले एकतारे बजाउँदै भिक्षा मागिहिंड्नु पनि कदापि होइन । उहाँको चेला बन्नु भनेको खेतीपाती, उद्योगधन्दा, व्यापारबिजनेस, जागीर, घरजम, स्कुल–क्याम्पसमा पढ़ाइ–लेखाई आदि गर्न छोडेर अल्छी बेकामे साधु–जोगी बनिहिँड्नु पनि कदापि होइन । उहाँको शिक्षा र अर्तिउपदेशको पालना गर्नु भनेको सामान्यतया(ष्ल नभलभचब)ि आफ्नो जाति, भाषा, लिपि, धर्म, सामाजिक संस्कार, संस्कृति, रीतिथितिहरू मुन्धुममा आधारित भई एकै रीतिले मान्नु र जीवन यापन गर्नु हो । विभाजित भई जे मन लाग्यो त्यही गर्नु कदापि होइन । उहाँको चेला बन्नु भनेको संक्षेपमा सिर्जनशील, उत्पादनशील कार्यहरूमा लागिरहनु, ज्ञानी, शिक्षित, सभ्य र सुसँस्कृत बन्नु, विश्वका मानव मानव बीच भ्रातृत्व, शान्ति र सदभाव स्थापना गर्नु, समस्त प्राणीहरू र सृष्टिका संरचनाहरूको संरक्षण र सम्बद्र्धनकोलागि सदैव चिन्तित रही कार्य गरिरहनु हो । उहाँको चेला बन्नु भनेको विज्ञानको चरम विकास भएको वर्तमान युगमा वैज्ञानिक, इञ्जिनियर, डाक्टर, विद्वान, नेता, दार्शनिक, प्रोफेसर, लेखक, पत्रकार, साहित्यकार, चित्रकार, कलाकार, श्रमिक, मज्दुर, किसान आदि जो जे अवस्थामा भए पनि किरात लिम्बूकै रूपमा रहेर, किराती नै भएर विश्वमा युगसापेक्ष उन्नती गर्नु हो, आफ्नो जातीयता नभुल्नु हो । तसर्थ उहाँका चेलाहरू, हामी किरातीहरू सबैले तागेरानिङवाफुमा युमाको दैनिक प्रातःस्मरण गर्नुका साथै जीवन र जगतप्रति गहिरो चिन्तन र श्रमप्रति एकोहोरो ध्यान केन्द्रित गर्नु समयोचित हुन्छ । उहाँका चेला बन्नुको नाममा श्रममज्दुरी गरिखानेहरूमाथि अह्राइखाने, ठगिखाने शोषकहरू, धार्मिक पण्डा–पुरोहितहरूको मुट्ठीभर जमात हामीहरू माझ उत्पादन गर्नु कदापि होइन । उहाँको चेला बन्नुको नाममा हाम्रो समाजमा फेरि पनि उस्तैखाले मूर्खता, अज्ञानता, कुरीति, कुसँस्कार, र अन्धविश्वासलाई निरन्तरता दिईरहनु हुँदैन । किराती भएर कहिल्यै नगरेको कार्य धर्मलाई मागिखाने भाँडो बनाउनु हुँदैन । अन्तमा,
फाल्गुनन्दलाई हेर्ने आँखा चाहे तेश्रो होस् चाहे भित्री होस् या जुनसुकै होस् त्यो अन्धो आँखा हुनुहुँदैन । राणाकालमा उसै त राज्यसत्ताको आडमा हिन्दू धर्म बलजफ्ती लादिईएको थियो भने उहाँको अगुवाईमा त किरात लिम्बू समाजमा हिन्दू धर्मको ठाडै नक्कलै गरियो । उहाँपछि ‘किरात धमर्’ भनेर हिन्दू धर्मलाई नै सामाजिक अनुमोदन गराउने दुस्प्रयास गरियो र अद्यापि गराईँदैछ । किरात लिम्बू समाजमा राज्यपक्षबाट बलात् लादिएको हिन्दू धर्मभन्दा छुट्टै किरात लिम्बूहरूकै मौलिक धर्म, सँस्कृति र पहिचानलाई जोगाई राख्नमा उहाँ सफल बन्न सक्नु भएन । तसर्थ उहाँका समाज सुधार लगायत अन्य केही सकारात्मक पक्षहरूका आधारमा हेर्दा उहाँ साँच्चिकै प्रसंशनीय र सम्मानयोग्य हुनुहुन्छ । उहाँलाई किरात विभूतिको रूपमा सम्मान पनि गरिएको छ । आधुनिक नेपालको इतिहास कोरिएदेखि यता किरात लिम्बूहरू मध्ये उहाँले जति धार्मिक र सामाजिक सेवा र सुधारका कार्यहरू अरूले गरेको पाईंदैन । तर अर्को तर्फ धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूका आधारमा हेर्दा भने किरात लिम्बूहरूका लागि उहाँ अभिशाप पनि हुनुुहुन्छ । किरातहरूलाई धार्मिक आधारमा फुटाउने कारक आरोप उहाँलाई पनि लाग्न सक्दछ । कुनै जातिको पहिचान त्यस जातिले प्राचीनकालदेखि नै मानिल्याएको धर्म र सँस्कारहरूबाट पनि प्रष्ट हुन्छ । उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूले प्राचीन जाति किरात लिम्बूहरूको स्पष्ट जातीय पहिचान दिँदैन । लिम्बूहरू भनेको आफ्नै मौलिक परम्परा, धर्म र सँस्कारहरूको धनी जाति हो । त्यसैले उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूबाट किरात लिम्बूहरू क्रमशः हिन्दुकृत त हुँदैछैनौं ? केही धूर्त किरातहरूबाटै हामी किरातहरूलाई हिन्दू बनाईंदै त छैनन् ? सोचौं ।
सन्दर्भ स्रोत
१. किरात दर्शनको सारांश – इमानसिंह चेम्जोङ
२. किरात मुन्धुम – इमानसिंह चेम्जोङ
३. श्रद्धा सुमनका केही शब्दचित्र(भजन) तथा महागुरूको संक्षिप्त चिनारी ( मिमा सेसे थिक्हुप चुम्भो, नेवाला
४. मुहिगुम अंशी फाल्गुनन्द विशेषांक २०५९
५. पान्थर दर्पण –वर्ष १, अंक १ बैशाख २०६०
६. सुम्हा?लुङ, वर्ष २, अंक २, २०५४ (प्रकाशक ः किरात याक्थुङ चुम्लुङ पान्थर जिल्ला शाखा लेखकको नाम थाहा भएन
— फाल्गुनन्द : सत्यवादी समाजसुधारक
पृष्ठभूमि
किरात लिम्बू मुन्धुम अनुसार विश्वास गर्दा जब जब पृथ्वीमा पापहरू र अधर्महरू बढ़ेर जान्छन्, तब तब तागेरानिङवाफुमा(युमा)ले कोही धार्मिक नायकहरू यस पृथ्वीमा पठाइदिनुहुन्छ । यसै क्रममा मुन्धुममा उल्लेख भए अनुसार सबभन्दा पहिले येहाङको जन्म भएको र त्यसपछि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, मुक्केगुबा, माबोहाङ, वेदोहाङ, सिरिजङगाहाङ आदि प्रमुख छन् र उनीहरूपछि किरात लिम्बू समाजमा फाल्गुनन्दको पनि जन्मावतरण भएको विश्वास गरिन्छ ।
हिन्दू जोसमनिमतका गुरू मधुनन्दसंग उहाँको भेट
वि.सं. १९४२ साल कार्तिक २५ गतेका दिन नेपालको सुदूर पूर्वी जिल्ला इलामको चुक्चीनाम्बामा पिता जगनबाज र माता हंसमतीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँको बाल्यकालको नाम फलामसिंह र चिनाको नाम ‘नरध्वज लिङदेन लिम्बू’ थियो । यस्तो भनिन्छ कि पछि ‘लाहुरे’ भर्ती हुँदा एकपटक बर्माको ऐरावतीमा उहाँ लडाईंमा पर्नुभयो । लडाईंबाट तितरबितर भई भाग्दै जाँदाखेरि उहाँ एउटा कुटी(आश्रम)मा पुग्नुुभयो । त्यहाँ जसमनी सम्प्रदायका गुरू मधुनन्द तपस्वीसंग उहाँको भेट भयो । उनै गुरूबाटै धार्मिक शिक्षादीक्षा प्राप्त गर्नुभई दीक्षित समेत बन्नुभएको थियो । त्यस सम्प्रदायमा गुरूबाट दीक्षित बनेका व्यक्तिको नामको पछाडि ‘नन्द’ जोड्ने चलन भएकोले उहाँको नाम फलामसिंहबाट ‘फाल्गुनन्द’ नामाकरण भएको हो भनिन्छ ।
पहाडको ठाउँमा एउटा गरीब लिम्बू परिवारमा जन्मनुभएकोले उहाँले भोक, तिर्खा, थकानहरू धेरै सहनुभयो । एउटा सामान्य मानिसले जीवनमा भोग्नु पर्ने अनेकौं दुःखपीडाहरू उहाँले पनि भोग्नुभएको थियो । पहाडको ठाउँमा गोठालो जानु, दाउराघाँस जानु, कुखुरा बेच्न दार्जिलिङसम्म जानु–आउनु, तिब्बतमा पुगेर कुल्ली काम गर्नु, शिक्षादीक्षा, अर्ति उपदेशहरू दिईहिँड्ने क्रममा कैयौं दिनसम्म भोकैभोकै सुत्नु आदि जस्ता अनेकौं भोगाईहरू उहाँले आफ्नो जीवनमा संगाल्नुभयो । जसमनिमतका गुरू मधुनन्दबाट शिक्षादीक्षा प्राप्त गरेर आएपछि उहाँले किरात लिम्बू समाजमा पनि सुधारका धेरै प्रयत्नहरू थाल्नुभयो । किरात लिम्बू जातिको दुःखलाग्दो, कहालीलाग्दो स्थिति, अशिक्षा, अज्ञानतामा पिल्सिएर जर्जर भएको र कुरीति, विकृति र विसंगतिमा चुर्लुम्म डुबेको अँध्यारो समाज देखेर उहाँले जीवनमा आइपर्ने हरेक किसिमका हण्डरहरू, ठक्करहरू भोग्नुभयो, सहनुभयो । जे होस्, प्रथम विश्वयुद्धमा बर्मामा खटिएका बेला संयोगवश भेट भएका गुरू मधुनन्दबाट दीक्षित भएर आफ्नो गाउँमा फर्केपछि आफूले हासिल गरेका ज्ञानबुद्धिहरू समाजमा बाँड्नुभयो । उहाँले आफ्नो गाउँठाउँमा आएपछि जीवहिंसा र मारकाटको विरोध गर्नुभयो । उहाँले समाजमा शान्ति र अहिंसाको सन्देश चारैतिर फैलाउनुभयो ।
कहिलेकहींं त आफ्नो जीवनको कर्तव्य र मानिसहरूको अज्ञानी मानसिकता र तत्कालीन समाजको जटील वस्तुस्थिति देखेर उहाँ बडो पीर मान्नु हुन्थ्यो रहेछ ।
“पाप्माभाल्ये केन्खेप्सुम्मीनाङ हिनि याक्ल्येÞबा ।। मेम्बाःप्माभाल्येÞ तागेÞरानिङवाभुमा मांङिन कुयाक्ल्येÞबा ।। खेप्सुल्ले, ना नेपाःलबा हाङङिन्नाङ कुयाक्ल्यÞेबा ।। हेक्याङ आङगा आक्खेÞ चोगुङबेÞ ।।”(बोलौं भने नसुनेर उल्टै तिमीहरू रिसाउँछौं । नबोलौं भने तागेरानिङवाभुमा(युमा) रिसाउँछ, सुन्यो भने प...र नेपालको राजा पनि रिसाउँछ, अनि म के गरुं ?)
यसरी जीवनको एउटा निर्मम तर महान् कर्तव्यबाट नडग्मगाई बरू खुशी मनले समाजको सेवा गर्दा गर्दै, कुसँस्कार, कुरीति, विकृति, विसंगति, अधर्म, भोक, रोग, अनिकाल, अशिक्षा, अज्ञानताले ग्रसित लिम्बू समाजलाई दुःख–समस्याहरूबाट मुक्तिको बाटो देखाउँदा देखाउँदै वि.सं. २००५ साल चैत्र २२ गते उहाँको देहावसान भयो ।
समाज सुधारहरूतर्फ सक्रियता
उहाँले त्यतिखेरको जहाँनिया एकतन्त्री राणा शासनकालमा अज्ञानता, अशिक्षा, अपराधहरू, काटमार, जालझेल, जाँडरक्सीको अनियन्त्रित सेवन, भोकमरी र अनिकाल आदि जस्ता यावत समस्याहरूको घोर अन्धकारमा डुबेको तत्कालीन किरात लिम्बू समाजलाई देख्नुभयो, चिन्नुभयो । त्यतिखेरको लिम्बू समाजमा जन्म, मृत्यु, विवाह, शुद्धिकर्म आदि जस्ता संस्कारहरू गर्दा मुन्धुममा आधारित भई एकै रीतले नगरी मनचिन्ते पाराले ज–जसले जस्तो जस्तो मन लाग्यो त्यस्तै त्यस्तै विधि–अनुष्ठानहरू गर्ने गर्नाले विकृति र विसंगतिहरू औधी बढ़ी सामाजिक अवस्था लथालिङ भएको देख्नुभयो । तसर्थ उहाँले वि.सं. १९८८ साल बैशाख २४ गते बुधवारका दिन पान्थरको चोक्मागु स्थित लोब्रेकुटीमा १७ थुम १० लिम्बुवानका तुम्तुम्याङहरू, गण्यमान्य र वरिष्ठ भद्रभलादमीहरूको बृहत भेला आयोजना गर्नु भयो । उहाँको संयोजकत्वमा सम्पन्न भएको लिम्बुवानभरिका करीब २५० जनाजति अगुवा लिम्बूहरूको त्यो ऐतिहासिक भेलाले ‘सत्यधर्म मुचुल्का’ नामको १० बुँदे प्रस्तावहरू सर्वसम्मतिले पारित ग¥यो । उक्त भेलामा लिखित रूपमा प्रतिबद्धता जनाइए अनुसार खास गरेर १. छोरीचेलीको सोत रीत नखानु २. धार्मिक पुजाअनुुष्ठान तथा कुनै पनि शुभकार्यमा जीवहत्या वा भोगबली नदिनु ३. भोजभतेरमा मदमांश नखानु नचलाउनु ४. किरात भाषा, लिपिको प्रयोग र प्रचार गर्नु ५. शिक्षाको विकासकोलागि मातृभाषाका पाठशालाहरू खोल्नु ६. आफ्नै युमा थेबाको दैनिक पूजाआजाकोलागि माङहिम निर्माण गर्नु ७. मुन्धुमलाई लेख्य रुपमा प्रयोगमा ल्याउनु आदि महत्वपूर्ण छन् । यसरी उहाँले सत्यधर्म मुचुल्का मार्फत लथालिङ्ग र भताभुङ्ग भएर बिग्रेको–भत्केको समाजलाई सुव्यवस्थित पार्न सामाजिक कुसंस्कारहरू विरूद्ध व्यापक सुधारका लागि तत्कालीन किरात लिम्बूहरूको सर्वसम्मतीमा समय सान्दर्भिक नीतिहरू अगाडि ल्याउनुभएको थियो ।
सत्यहाङमापन्थ एउटा फरक धार्मिक मतको शुरूवात
फाल्गुनन्द जन्मनुभन्दा पहिला किरात लिम्बू भाषामा ‘सत्यहाङमा’ भन्ने कुनै शब्दै थिएन । आफ्ना धारणाहरू सत्यवादमा आधारित भएकोले गर्दा पछिबाट उहाँलाई सत्यका राजा वा ‘सत्यहाङमा’ भनी सम्बोधन गर्न थालियो । त्यसपछि उहाँको अनुयायी भई सत्यवचन, सत्यआहार, सत्यविहार, सत्यकर्म, सत्यधर्म आदि जस्ता सत्य शब्द जोडिएर बनेका नीतिगत कुराहरूको सत्य पालना गर्ने वा अपनाउनेहरूले आफूलाई किरात धर्मभित्रको ‘सत्यहाङमापन्थी’ भन्न रूचाए । साथसाथै उनीहरूद्वारा किरात मुन्धुमलाई लेख्य रूप दिएर व्यवहारमा पालना गर्ने सकारात्मक अभ्यास पनि थालियो । जे होस् हुकुमी राणाशासन व्यवस्था र सामन्ती शोषण, उत्पीडनमा पिल्सिएका कारण लिम्बूहरूले बिर्सिसकेका आफ्ना मुन्धुम, धर्मकर्म, जाति, भाषा, लिपि, सँस्कृति जस्ता कुराहरूलाई पुनर्जागृत गराउने, पुनःस्मरण गर्ने–गराउने एउटा सानो प्रयास उहाँले गर्नुभयो । सत्यहाङमापन्थको शुरूवात भए पछि भने किरात लिम्बू समाजमा मुन्धुममा आधारित भई मौलिक परम्परागत धर्म मान्ने किरात लिम्बूहरू र धार्मिक सुधारवादी तथा संशोधनवादी लिम्बूहरू बीच केही मतभिन्नताहरू उत्पन्न भएर गएका छन् । नेपाल एकीकरण(हिन्दू अधिराज्यको विस्तार?) हुनुभन्दा पहिले किरात समुदायले कहिल्यै प्रयोग नगरेका र किरात लिम्बू मुन्धुममा कहीँकतै उल्लेख नहुने शङ्ख फुक्ने, त्रिशुल बोक्ने, चरू पोल्ने, एकतारे बजाउने, कमण्डलु बोक्ने, विहेमा जग्गे लाउने आदि जस्ता सत्यहाङमापन्थीहरूको अभ्यासले गर्दा किरात लिम्बूहरूको मौलिकतामा आँच पुगेको कुरा प्रष्ट हुन्छ । गजब चाहिँ के छ भने प्राचीन किरात मुन्धुमशास्त्र एउटै तर धार्मिक र साँस्कारिक अभ्यासहरू, पूजा–अनुष्ठान गर्दाका विधिविधानहरू भने फरक फरक बनाएर लगिएकोले यसबाट किरात लिम्बू समाजमा धर्म–कर्मको आधारमा विभाजन आयो । दार्शनिक आधारचाहिँ किरात लिम्बू मुन्धुमलाई नै मान्ने तर व्यवहारमा चाहिँ हिन्दु धर्मावलम्बीहरूको जस्तो नक्कली अभ्यास गर्ने गरियो । यसको आधारमा किरात लिम्बू समाजमा न खाँटी किरात लिम्बू धर्म भन्न सकिने न खाँटी हिन्दु धर्म भन्न सकिने एउटा छुट्टै मिश्रित धर्मको शुरूवात भयो । ‘माङ’को कुनै घर हुँदैन । तर हिन्दू धर्ममा जस्तै ‘माङहिम ( ईश्वरको घर)’हरू अर्थात मन्दिरहरू बनाउने अभ्यास गरियो । शायद सबैभन्दा जोडतोडले उनीहरूबाट सत्यहाङमापन्थलाई किरात धर्मको रूपमा प्रचारप्रसार गरिन्छ । शब्दी नगरे उक्त धर्ममा औपचारिक मान्यता दिईंदैन । उसोभए के शब्दी नगर्ने किरातहरूले प्राचीनकालदेखि मान्दै आएका धर्म चाहिँ किरात धर्म नै होइनन् त ? फाल्गुनन्द जन्मेको ११८ वर्षभन्दा पहिला किरातहरूले कहिल्यै नगरिइएको नजानिएको शब्दी गर्ने चलन फाल्गुनन्दले कहाँबाट ल्याउनुभयो ? के तागेरानिङवाफुमाले नै सिकाई पठाए होलान् त ? चाहे जे होस्, समयक्रममा अञ्जानमा धर्मकर्ममा गल्ती भै गए तापनि उनीहरू भित्रको मुटु किराती रगतले भरिएको हुनुपर्छ । यलम्बरको पराक्रम र काङसोरेको बलिदानीको रगतले रातै भएर रङ्गिएको हुनुपर्छ । जो अन्ततः किराती माटो र हावापानीमा हुर्केका किराती नै हुनुपर्छ । नत्र पूर्खाहरूको गौरवमय इतिहासले हामीलाई धिक्कार्छ । विश्वमा एक धर्मका अनेक धार्मिक शाखाहरू, संगठनहरू जन्मे जस्तै, भए जस्तै किरात धर्मको गर्भबाट पनि केही फरक धार्मिक मतहरू जन्मिनु स्वभाविकै हो । तर मूल रूपमा किरात लिम्बू मुन्धुम(दर्शन) नहराउनु, नमर्नु नै प्रमुख कुरा हो ।
फाल्गुनन्दको चेला बन्नुको अर्थ
मुन्धुम अनुसार हामी लिम्बूहरूको समाजमा फाल्गुनन्द जन्मनु भनेको कुनै आश्चर्यको कुरो पनि होइन । यदि विश्वासै गर्ने हो भने उहाँको जन्म हुनु भनेको तागेरानिङवाफुमाबाट सृष्टिको रक्षाकोलागि पालना हुँदै आएको एउटा नियमित प्रक्रिया मात्र हो । अब जहाँसम्म फाल्गुनन्दलाई तागेरानिङवाफुमाको अवतार मान्ने कुरा छ यो त आ–आफ्नो आस्था र विश्वासको कुरा हो । तत्कालीन किरात लिम्बू समाजमा उहाँले समाज सुधारहरूतर्फ ध्यान दिनुभएको कारण उहाँ लोकप्रिय हुनुभयो । परम्परादेखि नै विश्वास गरिँदै आइए अनुसार किरात लिम्बू समाजमा ‘माङले थुक्मा’(आङमा देवता चढ़ने) गरेपछि परिवारभित्रैको कोही फेदाङमा, साम्बा, येबा, येमा निक्लिन्छन् । उनीहरू मानिसजाति र आत्माहरूबीचका सम्पर्ककर्ता हुन्छन् । उनीहरूलाई समाजसेवाकोलागि तागेरानिङवाफुमा(युमा)द्वार
फाल्गुनन्दलाई हेर्ने आँखा चाहे तेश्रो होस् चाहे भित्री होस् या जुनसुकै होस् त्यो अन्धो आँखा हुनुहुँदैन । राणाकालमा उसै त राज्यसत्ताको आडमा हिन्दू धर्म बलजफ्ती लादिईएको थियो भने उहाँको अगुवाईमा त किरात लिम्बू समाजमा हिन्दू धर्मको ठाडै नक्कलै गरियो । उहाँपछि ‘किरात धमर्’ भनेर हिन्दू धर्मलाई नै सामाजिक अनुमोदन गराउने दुस्प्रयास गरियो र अद्यापि गराईँदैछ । किरात लिम्बू समाजमा राज्यपक्षबाट बलात् लादिएको हिन्दू धर्मभन्दा छुट्टै किरात लिम्बूहरूकै मौलिक धर्म, सँस्कृति र पहिचानलाई जोगाई राख्नमा उहाँ सफल बन्न सक्नु भएन । तसर्थ उहाँका समाज सुधार लगायत अन्य केही सकारात्मक पक्षहरूका आधारमा हेर्दा उहाँ साँच्चिकै प्रसंशनीय र सम्मानयोग्य हुनुहुन्छ । उहाँलाई किरात विभूतिको रूपमा सम्मान पनि गरिएको छ । आधुनिक नेपालको इतिहास कोरिएदेखि यता किरात लिम्बूहरू मध्ये उहाँले जति धार्मिक र सामाजिक सेवा र सुधारका कार्यहरू अरूले गरेको पाईंदैन । तर अर्को तर्फ धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूका आधारमा हेर्दा भने किरात लिम्बूहरूका लागि उहाँ अभिशाप पनि हुनुुहुन्छ । किरातहरूलाई धार्मिक आधारमा फुटाउने कारक आरोप उहाँलाई पनि लाग्न सक्दछ । कुनै जातिको पहिचान त्यस जातिले प्राचीनकालदेखि नै मानिल्याएको धर्म र सँस्कारहरूबाट पनि प्रष्ट हुन्छ । उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूले प्राचीन जाति किरात लिम्बूहरूको स्पष्ट जातीय पहिचान दिँदैन । लिम्बूहरू भनेको आफ्नै मौलिक परम्परा, धर्म र सँस्कारहरूको धनी जाति हो । त्यसैले उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूबाट किरात लिम्बूहरू क्रमशः हिन्दुकृत त हुँदैछैनौं ? केही धूर्त किरातहरूबाटै हामी किरातहरूलाई हिन्दू बनाईंदै त छैनन् ? सोचौं ।
सन्दर्भ स्रोत
१. किरात दर्शनको सारांश – इमानसिंह चेम्जोङ
२. किरात मुन्धुम – इमानसिंह चेम्जोङ
३. श्रद्धा सुमनका केही शब्दचित्र(भजन) तथा महागुरूको संक्षिप्त चिनारी ( मिमा सेसे थिक्हुप चुम्भो, नेवाला
४. मुहिगुम अंशी फाल्गुनन्द विशेषांक २०५९
५. पान्थर दर्पण –वर्ष १, अंक १ बैशाख २०६०
६. सुम्हा?लुङ, वर्ष २, अंक २, २०५४ (प्रकाशक ः किरात याक्थुङ चुम्लुङ पान्थर जिल्ला शाखा लेखकको नाम थाहा भएन
No comments:
Post a Comment