Saturday, November 16, 2019

१२ नक्सामा हेर्नुहोस् कालापानीमा भारतले गरेको सीमा अतिक्रमण: सन्तोष शेर्मा "बिवाश"

 नेपाल–अंग्रेज युद्ध रोक्न सन् १८१६ मा दुई पक्षबीच भएको सुगौली सन्धिले नेपालको पूर्व–पश्चिम सीमा निर्धारण गर्‍यो । दुई सय वर्षअघिको उक्त सन्धिका प्रावधान अक्षरश पालना नहुँदा कतिपय स्थानमा सीमा विवाद देखिन्छ ।
सर्वे अफ इन्डियाले निकालेको भारतको राजनीतिक नक्सामा नेपालको भूभाग समेत आफ्नोमा राखेपछि यसको विरोध भएको हो । नेपालको पश्चिम सिमानाका ३७२ वर्ग किलोमिटर क्षेत्रफल आफ्नोमा पारेको देखिन्छ ।
भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भारतले तीनवटा काली नदी देखाएर सिमाना चलाउनुलाई विवादको प्रमुख जड मान्छन् । प्रा.डा. खनाल भन्छन्, ‘भारतले पुरानो नक्सा दोहोर्‍याएको भनिएको छ तर पुरानै नक्सा सुगौली सन्धि विपरीत छ ।’
नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा पाँच अनुसार काली नदी नै नेपालको भारतसँगको पश्चिमी सिमाना हो । सुगौली सन्धि भएको दश वर्षपछि इस्ट इन्डिया कम्पनीले निकालेको नक्सा अनुसार लिम्पियाधुरा मुहान भएकै नदी काली नदी हो 
सन् १८२७ मा प्रकाशित ‘कुमाउ–गढवाल’ समेत देखिने नक्सामा काली नदी स्पष्ट रुपमा देखाइएको छ । यसबाट प्रस्ट छ, काली नदी भन्दा पूर्वको गुन्जी, कुटी, गब्र्याङ लगायतका भूभाग नेपालकै हो ।
त्यसको सात वर्षपछि भारतले प्रकाशित गरेको अर्को नक्सामा पनि काली नदीको मुहान प्रस्ट देख्न सकिन्छ । सन् १८३५ मा इन्डिया एक्सआईआई इन्डेक्स म्यापले निकालेको नक्सा नेपालको सीमाना पश्चिमतर्फ ढल्केको देखिन्छ ।
सन् १८४६ मा कुमाउ एण्ड ब्रिटीश गडवालद्वारा प्रकाशित नदीमा काली नदीको नाम परिवर्तन गरेको देखिन्छ । कालीलाई वेस्ट काली वा सामा नदी भनिएको छ । नदीको नाम फेर्न खोजिए पनि यो नक्सा अनुसार पनि कालीको मुहान भने लिम्पियाधुरा नै हो ।

सन् १८५१ को नक्साअनुसार गब्र्याङ क्षेत्रमा जम्मा दुई वटा नदी देखिन्छन् । एउटा लिम्पियाधुराबाट आएको काली र लिपुलेकबाट गएको अर्को शारदा अर्थात कावा खोला । हिमालयन माउन्टेन रिभर्सले निकालेको यो नक्सामा नदीको नाम भने उल्लेख छैन ।
ब्रिटिस सर्वे अफ इन्डिया म्यापले सन् १८५६ मा निकालेको नक्सा अनुसार पनि काली नदीको मुहान लिम्पियाधुरा नै हो ।
सन् १८५७ को नक्सा नेपाल, सिक्किम, भुटान एण्ड तिब्बत नक्साका अनुसार पनि काली नदीको मुहान लिम्पियाधुरा नै हो ।
सन् १८५९ को नक्सामा लिम्पियाधुरा मुहान भएको नदीलाई काली नदी भनिएको छ ।
नक्सामा नियोजित गडबडी
सुगौली सन्धिमा उल्लेखित काली नदी कुन हो भन्दा भारतले अहिलेसम्म विभिन्न तीनवटा नदीलाई देखाउने गरेको छ । जसमध्ये लिम्पियाधुरा मुहान भएको बाहेक दुईवटा नदी नक्कली काली नदी हो ।

No comments:

Post a Comment

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...