Wednesday, March 13, 2019

भित्ता र जंगलहरुमा सजिलै पाइने ‘सिस्नु’ प्रकृतिको एउटा बरदान हो, जसले च्वाट्टै पार्छ यी रोगहरु

भित्ता र जंगलहरुमा सजिलै पाइने ‘सिस्नु’ प्रकृतिको एउटा बरदान हो, जसले च्वाट्टै पार्छ यी रोगहरु ! जान्नुहोस !
 March 7, 2019  Bright Nepal
हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा ।

कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रूपैयाँ बराबरको बिक्री हुन थालेको छ । सिस्नोको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले देशका मुख्य शहरहरूमा सिस्नो पाउडर पु¥याइसकेको छ ।

राजधानीमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नो पाउडर देशभित्रमात्रै नभई अमेरिका, बेलायत, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूमा पु¥याइसकेको छ ।

गोरखा, सिन्धुपाल्चोक, दोलखालगायत देशका विभिन्न ग्रामीण मुलुकहरूमा रहेका विभिन्न सहकारीहरूले सङ्कलन गरेको सिस्नोलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङमा जुटेको हिमालयन एग्रो प्रोडक्टले तयार गरेको रावा नामक ब्राण्डको सिस्नो सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी गर्छन् प्रबन्ध निर्देशक विशाल राई । वार्षिक ६० देखि ७० लाखको सिस्नो पाउडर बिक्री गर्दै आएका राईले यसकै आन्तरिक र बाह्य बजार विस्तार गर्नेतर्फ लागेको बताउँछन् ।

सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ । त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नोको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं सङ्घरसंस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नोको कारोबार गरिरहेका छन् ।

खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् ।

सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानेहरूको सङ्ख्या बढ्दो छ । सिस्नो पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले पनि यसको माग बढेको छ ।

मुलुकमा चुलिंदै गएको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई माथि उठाउन धेरै ठूलो कायापलट गर्नुपर्दैन । केबल जहाँ जे उत्पादन भइरहेको छ, जहाँ जुन स्थानमा जे कुराको सम्भावना हुन्छ त्यसलाई बुझेर आवश्यक व्यवस्थापन गर्न सके धेरै हुन्छ । सिस्नोको झार मुलुकका पहाडी क्षेत्रमा जहिंतहीं पाइन्छ ।

गाउँघरमा पाइने सिस्नालाई गाईवस्तुको लागि खोले वा गरिबहरुले दाल र सागको रुपमा प्रयोग गरिरहेको पाइन्छ । खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नोको प्रयोग भएको पाइन्छ । तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् ।

सिस्नोलाई गुणस्तरीय औषधिय गुणलाई स्वदेशी बजार चिनाउनमात्रै सकियो भने यसको उपयोगिता बढेर आर्थिक क्रियाकलाप बढ्छ । यसको विदेशमा हुने माग बमोजिम निकासी गर्न सक्यौ भने नेपालले अहिले झेल्दै आएको व्यापारघाटाबाट बनेको घाउलाई मल्हम लगाउन सकिन्छ ।

हामी कहाँ अथाह मात्रामा विभिन्न फाईदाजनक बहुमूल्य जडिबुटीको सम्भावना रहेको छ । तर त्यसको पहिचान हुन नसक्नु अहिलेको विडमम्बनाको रुपमा लिनुपर्छ । सजिलै पाइने देशको जुनसुकै ठाउँमा उत्पादन गर्न सकिने सिस्नोलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकियो भनेमात्रै पनि यसैबाट देशमा निकै नै धन कमाउन सकिन्छ ।

सिस्नो जहाँ कही पनि पाइन्छ तर त्यसलाई अहिलेको अवस्थामा पनि गाईवस्तुको खोलेको रुपमा प्रयोग भईरहेको हामीले पाएका छौं । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न रूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइएको छ । यसका साथै सिस्नोको प्रयोगबाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ।

सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ । सिस्नोसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । हालैको एउटा अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।

साथै सिस्नोबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नो खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ ।

त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

सिस्नोमा के के पाइन्छ ?

रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।

सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ ।

महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।

यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।

यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो ।

सिस्नोको प्रयोग गर्ने विधि

१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ ।

मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं ।

शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन ।

बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ ।

यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । हाम्रो देश कृषि प्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनी पर्ने मानीस जो अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको छन् ।

यस्ता खालका मानीसहरुलाई यी बहुआयमिक खालका गाँउघरमै पाईने जडीबुटीका बारेमा चेतना दिन सके औषधी नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानिसको संख्या कम गर्न सकिन्थ्यो ।

त्यस्तै जागिर नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीवुटीको सदुपयोग बारेमा बुझाउन सके यस्ता बहुआयमिक जडीबुटीको खेती गरी आयआर्जनको राम्रो स्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्दत पुग्दथ्यो ।

नेपाल विकास उन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमिट्यास र वैदेशिक सहयोगको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने थियो ।


Monday, February 11, 2019

लिम्बु भाषामा नामाकरण गरि अप्रभंष भएका ठाउहरु

प्राचिन लिम्बु भाषामा नामाकरण गरीएका स्थानहरुको नाम, सम्बन्धित इतिहास, किम्बदन्ती र अपभ्रंस (भाग १)

लिम्बुवान भूमिको प्राय सबै गाँउबाट देखिने फक्ताङलुङ, सेसेलुङ लगायतका हिमश्रृंखलाहरुलाई उहिले ताम्पेत्चोङ भनिन्थ्यो । ताक्पेत्को अर्थ ठाडो उभिएको र चोङ्को अर्थ शिखर हो । पछिबाट यहि ताक्पेत्चोङ अपभ्रंस हुँदै ताप्लेजोङ हुन पुग्यो । यहि ताक्पेत्चोङबाट सुरु भएको लिम्बुवानको ठुलो नदी तमोरलाई प्राचिन समयमा ताम्वा भनिन्थ्यो । ताम्वाको अर्थ फराकिलो नदी हो । इतिहाँस शिरोमणि बाबुराम आर्चायले “नेपालको संक्षिप्त बृतान्त २०२२” मा लेख्नु भएको छ – “किराँत प्रदेशमा मुकुन्दसेनको विजय पताका फैलनुभन्दा पहिले त्यहाँ आर्य जातीको मानिसको प्रवेश भएको प्रमाण पाइँदैन । यी राजाका छोरा लोहाङसेनको राज्यकालमा त्यस प्रदेशमा आर्य परिवारका बाहुन क्षेत्रीका वस्ती जोर जोर संग बस्दै गएको हुनाले यिनीहरुलाई नयाँ देखिएका नदि र पहाडहरुको नाउँ राख्नका जरुरत पर्न स्वभाविकै छ । हुन त यी सबै नदी र पहाडहरुका किराँत बोलीका नाउँ अवश्य थिए । किराँत बोलीमा नदीको सामान्य अगी कोशी भएको देखिन्छ । किराँत प्रदेशमा बहेका भिन्न भिन्न कोशीहरुलाई नयाँ गएका बाहुन क्षेत्रीहरुले सुनकोशी, तामाकोशी, दुधकोशी आदी नाउँ राखे”। इमानसिं चेम्जोङको “किरातकालिन विजयपुरको संक्षिप्त इतिहँस” र ह्यामिल्टनको “एकाउण्ट्स अफ नेपाल” मुताबिक वि.सं. १६६६ मा विजयनारायणको मृत्यु र लोहाङसेनको विजयपुरमा शासन प्रारम्भ भएको उल्लेख छ त्यस मुताबिक किराँत प्रदेशमा सोह्रौ शताव्दीको अन्त्य तिर आर्यहरुको प्रवेश सुरु भएको देखिन्छ ।
limbu_lawoti laxman
– लक्ष्मण लावती
प्राचिन पापो युमा मुन्धुम अनुसार धेरै पहिले थाम्लासो पापोहाङ र आम्लासो पापोहाङ नाम गरेका जेठी र कान्छी पट्टिका दुइ दाजुभाई आफ्ना बजुहरुसित आठराईमा बसोवास गर्दथे । दाजु थाम्लासो पापोहाङ सिधा स्वभावका थिए । भाइले पटक पटक आफुलाई छक्याए पछि दाजु थाम्लसोले त्यो ठाँउ छोड्ने निश्चय गरी ताम्वा (तमोर) नदी तरेर हेङवा (हेवाखोला) को किनारै किनार हुँदै हेङवा र फेङवा (फेमेखोला) को दोभान तिनभाङले पुगेर केहि समय वसी फेमेखोला तरेर उकालै उकालो लागेपछि फेदेन पुगे । फेदेनको अर्थ फैलिएको ठाँउ हो जसको अपभ्रंष हुँदै हाल फिदिम बन्न पुग्यो । उहिले औलोको डरले बसोवासका लागि डाँडा रोज्ने गर्दथे । थाम्लासो पापोहाङले पनि फेदयक डाँडामा घर बनाई बस्ने निधो गरे । फेदेनयकलाई हाल फिदिम गढी भनिन्छ । ईतिहाँस लेखक येहाङ लाओतीका अनुसार फेदेनयकलाई पापोहाङ सन्तानहरुको माङगेनायक (उद्गमस्थल) मानिन्छ । थाम्लासो पापोका सन्तानहरु यहिबाट फैलिन सुरु भएका हुन् । भाषाविद् अग्नी तुम्बापोका अनुसार थाम्लासो सन्तानमा तुम्बा (जेठा) पापो औलोका डरको कारण स्थाई वसोवासका लागि अझ अग्लो ठाँउमा बस्ने निधो गरी अन्य दाजुभाईलाई त्यही छोडेर त्यहाँबाट हिंडे । उस्वेला बाटोघाटो कही थिएन । वस्ने ठाँउको अवलोकन गर्ने क्रममा फेदेनको अमेमादेन डाँडोमा पुगे । अमेमादेन भनेको हेर्ने ठाँउ हो जुन अपभ्रंषीत हुदै हाल ओदेन वन्न पुग्यो । त्यहाँ बाट तुम्वापापो सामादेन पुगे । सामादेनको अर्थ लिम्बु भाषामा खोजि गर्ने ठाँउ भन्ने बुझिन्छ जुन अप्रमित हुँदै पछि साम्दीन बन्न पुग्यो । सामादेनबाट हङवा (हक्मा खोला) तरेर उकालै उकालो हालको तिनमौले डाँडो पुगे र त्यहाँ घर बनाई वस्ने निधो गरे । बनाउनुलाई लिम्बू भाषामा चोक्मावुङ् भनिन्छ । यहि चोक्मावुङ् शब्द अपभ्रंस हुँदै हालको चोकमागु बन्न पुग्यो ।
तिनताका समस्त लिम्बूवानलाई फेदाप भनिन्थ्यो र त्यहाँ आठ किराँती राजाहरुले शासन चलाउदै आएका थिए । चेम्जोङ “किराँत इतिहाँस” सन् १९४८ अनुसार दश लिम्बु सरदारहरु आठ राजाहरुको अनुमतिमा फेदाप बस्न थाले । दश सरदारका सन्तानहरु बड्दै गए र आफुलाई एक नयाँ जाती याक्थुङबा वंश भन्न थाले । लिम्बु भाषामा याक्को अर्थ पहाड् थुमको अर्थ जग्गा र बा को अर्थ वासिन्दा भन्ने बुझिन्छ तसर्थ याक्थुम्बा भन्नाले पहाडी जग्गामा बसोवास गर्ने बुझिन्छ । थाम्लासो पापो शन्तानहरु पनि दश लिम्बु सरदारका याक्थुङबा वंशनै थिए । उता फेदेनयकमा वस्ने ईङसो पापोहाङ अति प्रतापी भएर निस्किए दश लिम्बु सरदारका सन्तानहरु धेरै बढेको देखेपछि तिनीहरुलाई दबाउन आठ किराँती राजाहरुले विभिन्न तरहले दुःख दिन थालेपछि समस्त दश सरदार याक्थुम्बाहरु फेदेनयक्मा चुम्लुङ् (भेला) बसे । उनिहरुले त्यहाँ आठ राजाहरुका विरुद्ध थङ (युद्ध) गर्ने निश्कर्ष निकाले ।
कुनै शुभकार्य गर्नु अधि युमा, थेबालाई आहृान गरेर देवस्थल बनाई पुजा गर्ने लिम्बुहरुको चलन धेरै पुरानो हो जसलाई माङ्युक्ना भनिन्छ । लिम्बुवानमा भएका यस्ता अनगिन्ती माङ्युक्नाहरुको नाम फेरिएर देबिस्थान भैसकेका छन् तिनै मध्ये फेदेनयक्को सुम्हेत्लुङ् आम्बेपज पनि एक हो जसलाई अचेल गढीमाई पनि भन्न थालिएको छ । दस लिम्बु सरदारहरुले त्यहाँ तीनवटा रातो ढुङ्गा ठाडो पारेर रोपी तिनै तीर तीन वटा आँपको रुख रोपी सुम्जीरी मुन्धुम अनुसार पवित्र पानीले सस्कार गरेर लडाइमा विजय प्राप्त होस भनि मुक्साम (वरदान) मागे । लिम्बु भाषामा सुस्सी को अर्थ तीन, हेत को अर्थ रातो र लुङ्को अर्थ ढुङ्गा भन्ने बुझिन्छ । समग्रमा सुम्हेत्लुङ । त्यसैगरी आम्बेको अर्थ आँप र पजको अर्थ एकै ठाँउमा झुरुप्पै रहनु भन्ने बुझिन्छ । दस सरदारहरुको फेदेनयक्मा चुम्लुङ भएको थाहा पाई आठ राजाहरुले भएभरको सेनाहरु त्यहाँ पठाई हमला गरे । दश लिम्बु शरदारहरु संख्यामा थोरै भए पनि धनुविद्यामा निपुर्ण र सुम्हेत्लुङ् देवस्थलमा कसम खाई ज्यान छाडेर लडाईमा होमिएको हुनाले आठ किराँती राजाहरुको हार भयो । आठ राजाहरु मासिएपछि दश सरदारहरुले मुलुकको नाम नै फेर्ने निश्कर्ष निकाले । युद्धमा विजयी हुनुमा धनुवाणकै मूख्य भुमिका रहेको ठहर भएकोले देशको नाम लिम्बुवान राखियो । लिम्बु भाषामा लि को अर्थ धनु आवु को अर्थ हानेको र वान भन्नाले नाम लाउनु भन्ने बुझिन्छ । इतिहास लेखक शेर शहादुर इङनामका अनुसार फेदेनयकको लडाइमा पारजित कतिपय आठ राज खलकहरु तमोर नदी तरेर आठराई पुगेर बस्न थालेको हुनाले त्यो गाँउको नाम आठराई रहन गयो । यद्यपी यो तर्क सत्य नै हो भने पनि पछि बाट उल्ट्याइएको नाम हो । लिम्बुवानका राजाहरुले राई पगरी भिरेको वि.सं. १४२१ मा मोरोङका राजा पुङलाइङहाङ लाई ब्राम्हणहरुले राय पदले सुसोभित गरी अमर राय नाम राखिदिए भनी राजा विजयनारायण रायको वंशावलीमा उल्लेख छ भनी इमानसिं चेम्जोङको “विजयपुरको संक्षिप्त इतिहाँस” १९७४ मा उल्लेख छ । त्यसो हुनाले राई शब्द लिम्बुवानमा भित्रिएको प्रचिन नाम हैन । म सानो हँुदा सम्म आठराई वासीहरुलाई येत्रेवा, येत्रेनीमा भनेको सुनिन्थ्यो । लिम्बु भाषामा आठ लाई येत् भनिन्छ । आठ राजाहरुसंगको युद्धपछि लिम्वुवानलाई दस प्रान्तीय राज्यमा विभाजन गरियो त्यस मध्ये ईङासो पापोहाङ फेदेनयक्, यासकका राजा भए।पछि बाट यस ठाँउको नाम पान्थर रहन गएको हो । यो प्राचिन नाम होइन।नेपाल एकिकरण पछि राजा रणवहादुर शाहका पालामा लिम्बुहरुलाई हिन्दु बनाउनका निम्ती नीति र सामरिती नामक एउटा अभियान चलाइयो ।

डा. देवि दुलाल “पाँचथरको इतिहाँस”, प्रो.डा. रमेशनाथ ढुङ्गेल “हिमाल” का अनुसार नीती र समरितीमा साथ नदिने लिम्बुहरुलाई साडे सात रुपैया कर लागाइने भयो जसलाई मेगजिन कर भनिन्थ्यो।आठराई, तमोर र याङवरकका केहि लिम्बुहरुको सो नीति र सामरितिको पक्ष लिई धागो बाँध्ने काम गरे भने पान्थरवाट यसको ठुलो विरोध भयो।पछि बाट प्राय सबै लिम्बुवानमा यसको विरोध हुन थाल्यो।नीति र सामरितीमा लाग्ने लिम्बुहरुलाई सामाजिक वहिस्कार देखि लिएर किपट खोस्ने समेत काम हुन थालेपछि हिन्दु बनेर धागो बाधेका लिम्बुहरुले माफी मागे र उक्त नीति र सामरिती विफल बन्न गयो । यसै बेलादेखि फेदेन यकलाई पानथरु भन्न थालियो जसको अर्थ कुरा थामे भन्ने हुन्छ।पान्थरुबाट पान्थर हुँदै पछि पाँचथर हुन पुग्यो । त्यसै गरी तेह्थुम पनि प्राचिन नाम हैन नेपाल एकिकरण पछि लिम्बुवानलाई १७ थुममा विभाजन गरियो र यसको मुख्य गौंडा धनकुटा राखियो।कतिपय थुमलाई धनकुटा धेरै टाढा पर्ने भएकोले वि.सं. १९५२ सालमा मेयङ्लुङ्लाई मुख्य गौंडा मानी १३ वटा थुमलाई अलग गरियो त्यसै वेला देखि यो जिल्लाको नाम तेह्रथुम हुन गएको हो ।
धेरै जसो प्रचिन लिम्बु नामहरु पृथ्वी नारायण शाहको नेपाल एकिकरण पछि फेरिएका हुन्।प्राचिन नामहरु धेरै फेरिएको ठाँउहरुलाई लिनुपर्दा उसवेलाको याङ्वरक राज्यको अधिकांश ठाँउहरु पर्न जान्छ।याङ्वरकका राजाले पृथ्वीनारायण शाहको एकिकरणमा सामेल हुन नमाने पछि त्यहाँ गोर्खाली फौजले पटक पटक हमला गरेका कारण त्यहाँका धेरै लिम्बुहरु सिक्किम पलायन भए भन्ने इतिहाँस छ।याङ्वरक राजाको दरवार क्षेत्रलाई उस्वेला हाङ्यक्पुङ् भनिन्थ्यो जसको अर्थ राजा वस्ने ठाँउ भन्ने बुझिन्छ । पछि बाट यसको नाम फेरेर हस्तपुर गढ भन्न थालियो र अचेल यसलाई हिलिहाङ् दरबार भनिन्छ।हाङ्यक्पुङ् संग जोडिएको गाँउहरुको प्रचिन नाम एकपछि अर्को गर्दै फेरिदै गयो।प्राचिन नाम सिम्भुवा फेरिएर पञ्चमी बन्न पुग्यो, सिम्भुुवाको अर्थ पानी उम्रने, ओसिलो ठाँउ भन्ने बुझिन्छ।त्यस्तै आङ्बुङ्, तोरुम्बा फेरिएर अमरपुर बन्न पुग्यो।आङबुङको अर्थ सल्लाघारी हो भने तोरुम्बाको अर्थ टेकेका हौं भन्ने अर्थ लाग्छ जहाँ पहिला लिङदेन थरी लिम्बू पुगेर बसोबास गर्न थालेको भनाइ छ। त्यस्तै प्राचिन सिरपुङ् गाँउ फेरिएर नागी वन्न पुग्यो।अन्येम् गाँउ फेरिएर ओयाम हुन पुग्यो। अनयेम्को अर्थ घोडा बिसाउने ठाँउ हो भने थर्पुको अर्थ अस्थाई डेरा हो जुन लिम्बुहरुको विहे, भोजमा स्याउला र बाँसको थर्पु बनाउने चलन अझै सम्म छदैछ ।
उहिले थर्पु, अन्येम् भएर वग्ने इवा (हाल इन्द्रावती) खोलाको किनारै किनार हुँदै चेनताक्तु, चिवाभञ्ज्याङ्गको बाटोबाट सिक्किम पुगी बंगालको खाडीको नुन ल्याउने मुख्य बाटो यहि नै थियो।यसरी बटुवाहरु डेरा वस्दै घोडा विसाउँदै यो बाटोमा ओहोर दोहोर गर्दा यिनको स्थाई नाम नै अनयेम्, थर्पु हुन पुग्यो ।त्यस्तै फलैचाको प्राचिन नाम फुङ्देन हो जसको अर्थ भेला हुने चौतारो भन्ने बुझिन्छ। पछिवाट फुङ्देन वरिपरी फुलहरु रोपेर फुङ्लादेन हुन पुग्यो भन्ने भनाई छ जसको नाम उल्ट्याई फलैचा बनाइयो । त्यस्तै च्याङथापुको प्राचीन नाम चेन्ताक्तु हो । लिम्बु भाषामा चेनको अर्थ पासो र ताक्तुको अर्थ थाप्नु । किम्वदन्ती अनुसार सिक्किमबाट हमला गर्न आउनेहरुका लागि विभिन्न स्थानमा पासो थापिएको थियो । स्थानिय मचिन्द्र वेघाका अनुसार एकपटक वेघा र सेलिङ लिम्बु सरदारहरु वीच त्यहाँ थङ(लडाई) भएको थियो जसमा एक जना उक्त बाँसको पासोमा झुण्डिए पछि त्यस ठाँउको नाम स्थाइ रुपमा चेनताक्तु हुन पुग्यो र पछि अपभ्रंस हुँदै च्याङथापु हुन गयो ।

Saturday, June 30, 2018

मेरो नजरमा फाल्गुनन्द लिङ्देन : सन्तोष शेर्मा "बिवाश"

मेरो नजरमा फाल्गुनन्द लिङ्देन : भीमसेन लिङ्दम फाल्गुनन्द : सत्यवादी समाजसुधारक पृष्ठभूमि किरात लिम्बू मुन्धुम अनुसार विश्वास गर्दा जब जब पृथ्वीमा पापहरू र अधर्महरू बढ़ेर जान्छन्, तब तब तागेरानिङवाफुमा(युमा)ले कोही धार्मिक नायकहरू यस पृथ्वीमा पठाइदिनुहुन्छ । यसै क्रममा मुन्धुममा उल्लेख भए अनुसार सबभन्दा पहिले येहाङको जन्म भएको र त्यसपछि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, मुक्केगुबा, माबोहाङ, वेदोहाङ, सिरिजङगाहाङ आदि प्रमुख छन् र उनीहरूपछि किरात लिम्बू समाजमा फाल्गुनन्दको पनि जन्मावतरण भएको विश्वास गरिन्छहिन्दू जोसमनिमतका गुरू मधुनन्दसंग उहाँको भेटवि.सं. १९४२ साल कार्तिक २५ गतेका दिन नेपालको सुदूर पूर्वी जिल्ला इलामको चुक्चीनाम्बामा पिता जगनबाज र माता हंसमतीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँको बाल्यकालको नाम फलामसिंह र चिनाको नाम ‘नरध्वज लिङदेन लिम्बू’ थियो । यस्तो भनिन्छ कि पछि ‘लाहुरे’ भर्ती हुँदा एकपटक बर्माको ऐरावतीमा उहाँ लडाईंमा पर्नुभयो । लडाईंबाट तितरबितर भई भाग्दै जाँदाखेरि उहाँ एउटा कुटी(आश्रम)मा पुग्नुुभयो । त्यहाँ जसमनी सम्प्रदायका गुरू मधुनन्द तपस्वीसंग उहाँको भेट भयो । उनै गुरूबाटै धार्मिक शिक्षादीक्षा प्राप्त गर्नुभई दीक्षित समेत बन्नुभएको थियो । त्यस सम्प्रदायमा गुरूबाट दीक्षित बनेका व्यक्तिको नामको पछाडि ‘नन्द’ जोड्ने चलन भएकोले उहाँको नाम फलामसिंहबाट ‘फाल्गुनन्द’ नामाकरण भएको हो भनिन्छ पहाडको ठाउँमा एउटा गरीब लिम्बू परिवारमा जन्मनुभएकोले उहाँले भोक, तिर्खा, थकानहरू धेरै सहनुभयो । एउटा सामान्य मानिसले जीवनमा भोग्नु पर्ने अनेकौं दुःखपीडाहरू उहाँले पनि भोग्नुभएको थियो । पहाडको ठाउँमा गोठालो जानु, दाउराघाँस जानु, कुखुरा बेच्न दार्जिलिङसम्म जानु–आउनु, तिब्बतमा पुगेर कुल्ली काम गर्नु, शिक्षादीक्षा, अर्ति उपदेशहरू दिईहिँड्ने क्रममा कैयौं दिनसम्म भोकैभोकै सुत्नु आदि जस्ता अनेकौं भोगाईहरू उहाँले आफ्नो जीवनमा संगाल्नुभयो । जसमनिमतका गुरू मधुनन्दबाट शिक्षादीक्षा प्राप्त गरेर आएपछि उहाँले किरात लिम्बू समाजमा पनि सुधारका धेरै प्रयत्नहरू थाल्नुभयो । किरात लिम्बू जातिको दुःखलाग्दो, कहालीलाग्दो स्थिति, अशिक्षा, अज्ञानतामा पिल्सिएर जर्जर भएको र कुरीति, विकृति र विसंगतिमा चुर्लुम्म डुबेको अँध्यारो समाज देखेर उहाँले जीवनमा आइपर्ने हरेक किसिमका हण्डरहरू, ठक्करहरू भोग्नुभयो, सहनुभयो । जे होस्, प्रथम विश्वयुद्धमा बर्मामा खटिएका बेला संयोगवश भेट भएका गुरू मधुनन्दबाट दीक्षित भएर आफ्नो गाउँमा फर्केपछि आफूले हासिल गरेका ज्ञानबुद्धिहरू समाजमा बाँड्नुभयो । उहाँले आफ्नो गाउँठाउँमा आएपछि जीवहिंसा र मारकाटको विरोध गर्नुभयो । उहाँले समाजमा शान्ति र अहिंसाको सन्देश चारैतिर फैलाउनुभयो। कहिलेकहींं त आफ्नो जीवनको कर्तव्य र मानिसहरूको अज्ञानी मानसिकता र तत्कालीन समाजको जटील वस्तुस्थिति देखेर उहाँ बडो पीर मान्नु हुन्थ्यो रहेछ ।“पाप्माभाल्ये केन्खेप्सुम्मीनाङ हिनि याक्ल्येÞबा ।। मेम्बाःप्माभाल्येÞ तागेÞरानिङवाभुमा मांङिन कुयाक्ल्येÞबा ।। खेप्सुल्ले, ना नेपाःलबा हाङङिन्नाङ कुयाक्ल्यÞेबा ।। हेक्याङ आङगा आक्खेÞ चोगुङबेÞ ।।”(बोलौं भने नसुनेर उल्टै तिमीहरू रिसाउँछौं । नबोलौं भने तागेरानिङवाभुमा(युमा) रिसाउँछ, सुन्यो भने प...र नेपालको राजा पनि रिसाउँछ, अनि म के गरुं ?)यसरी जीवनको एउटा निर्मम तर महान् कर्तव्यबाट नडग्मगाई बरू खुशी मनले समाजको सेवा गर्दा गर्दै, कुसँस्कार, कुरीति, विकृति, विसंगति, अधर्म, भोक, रोग, अनिकाल, अशिक्षा, अज्ञानताले ग्रसित लिम्बू समाजलाई दुःख–समस्याहरूबाट मुक्तिको बाटो देखाउँदा देखाउँदै वि.सं. २००५ साल चैत्र २२ गते उहाँको देहावसान भयो। समाज सुधारहरूतर्फ सक्रियताउहाँले त्यतिखेरको जहाँनिया एकतन्त्री राणा शासनकालमा अज्ञानता, अशिक्षा, अपराधहरू, काटमार, जालझेल, जाँडरक्सीको अनियन्त्रित सेवन, भोकमरी र अनिकाल आदि जस्ता यावत समस्याहरूको घोर अन्धकारमा डुबेको तत्कालीन किरात लिम्बू समाजलाई देख्नुभयो, चिन्नुभयो । त्यतिखेरको लिम्बू समाजमा जन्म, मृत्यु, विवाह, शुद्धिकर्म आदि जस्ता संस्कारहरू गर्दा मुन्धुममा आधारित भई एकै रीतले नगरी मनचिन्ते पाराले ज–जसले जस्तो जस्तो मन लाग्यो त्यस्तै त्यस्तै विधि–अनुष्ठानहरू गर्ने गर्नाले विकृति र विसंगतिहरू औधी बढ़ी सामाजिक अवस्था लथालिङ भएको देख्नुभयो । तसर्थ उहाँले वि.सं. १९८८ साल बैशाख २४ गते बुधवारका दिन पान्थरको चोक्मागु स्थित लोब्रेकुटीमा १७ थुम १० लिम्बुवानका तुम्तुम्याङहरू, गण्यमान्य र वरिष्ठ भद्रभलादमीहरूको बृहत भेला आयोजना गर्नु भयो । उहाँको संयोजकत्वमा सम्पन्न भएको लिम्बुवानभरिका करीब २५० जनाजति अगुवा लिम्बूहरूको त्यो ऐतिहासिक भेलाले ‘सत्यधर्म मुचुल्का’ नामको १० बुँदे प्रस्तावहरू सर्वसम्मतिले पारित ग¥यो । उक्त भेलामा लिखित रूपमा प्रतिबद्धता जनाइए अनुसार खास गरेर १. छोरीचेलीको सोत रीत नखानु २. धार्मिक पुजाअनुुष्ठान तथा कुनै पनि शुभकार्यमा जीवहत्या वा भोगबली नदिनु ३. भोजभतेरमा मदमांश नखानु नचलाउनु ४. किरात भाषा, लिपिको प्रयोग र प्रचार गर्नु ५. शिक्षाको विकासकोलागि मातृभाषाका पाठशालाहरू खोल्नु ६. आफ्नै युमा थेबाको दैनिक पूजाआजाकोलागि माङहिम निर्माण गर्नु ७. मुन्धुमलाई लेख्य रुपमा प्रयोगमा ल्याउनु आदि महत्वपूर्ण छन् । यसरी उहाँले सत्यधर्म मुचुल्का मार्फत लथालिङ्ग र भताभुङ्ग भएर बिग्रेको–भत्केको समाजलाई सुव्यवस्थित पार्न सामाजिक कुसंस्कारहरू विरूद्ध व्यापक सुधारका लागि तत्कालीन किरात लिम्बूहरूको सर्वसम्मतीमा समय सान्दर्भिक नीतिहरू अगाडि ल्याउनुभएको थियो।सत्यहाङमापन्थ एउटा फरक धार्मिक मतको शुरूवातफाल्गुनन्द जन्मनुभन्दा पहिला किरात लिम्बू भाषामा ‘सत्यहाङमा’ भन्ने कुनै शब्दै थिएन । आफ्ना धारणाहरू सत्यवादमा आधारित भएकोले गर्दा पछिबाट उहाँलाई सत्यका राजा वा ‘सत्यहाङमा’ भनी सम्बोधन गर्न थालियो । त्यसपछि उहाँको अनुयायी भई सत्यवचन, सत्यआहार, सत्यविहार, सत्यकर्म, सत्यधर्म आदि जस्ता सत्य शब्द जोडिएर बनेका नीतिगत कुराहरूको सत्य पालना गर्ने वा अपनाउनेहरूले आफूलाई किरात धर्मभित्रको ‘सत्यहाङमापन्थी’ भन्न रूचाए । साथसाथै उनीहरूद्वारा किरात मुन्धुमलाई लेख्य रूप दिएर व्यवहारमा पालना गर्ने सकारात्मक अभ्यास पनि थालियो । जे होस् हुकुमी राणाशासन व्यवस्था र सामन्ती शोषण, उत्पीडनमा पिल्सिएका कारण लिम्बूहरूले बिर्सिसकेका आफ्ना मुन्धुम, धर्मकर्म, जाति, भाषा, लिपि, सँस्कृति जस्ता कुराहरूलाई पुनर्जागृत गराउने, पुनःस्मरण गर्ने–गराउने एउटा सानो प्रयास उहाँले गर्नुभयो । सत्यहाङमापन्थको शुरूवात भए पछि भने किरात लिम्बू समाजमा मुन्धुममा आधारित भई मौलिक परम्परागत धर्म मान्ने किरात लिम्बूहरू र धार्मिक सुधारवादी तथा संशोधनवादी लिम्बूहरू बीच केही मतभिन्नताहरू उत्पन्न भएर गएका छन् । नेपाल एकीकरण(हिन्दू अधिराज्यको विस्तार?) हुनुभन्दा पहिले किरात समुदायले कहिल्यै प्रयोग नगरेका र किरात लिम्बू मुन्धुममा कहीँकतै उल्लेख नहुने शङ्ख फुक्ने, त्रिशुल बोक्ने, चरू पोल्ने, एकतारे बजाउने, कमण्डलु बोक्ने, विहेमा जग्गे लाउने आदि जस्ता सत्यहाङमापन्थीहरूको अभ्यासले गर्दा किरात लिम्बूहरूको मौलिकतामा आँच पुगेको कुरा प्रष्ट हुन्छ । गजब चाहिँ के छ भने प्राचीन किरात मुन्धुमशास्त्र एउटै तर धार्मिक र साँस्कारिक अभ्यासहरू, पूजा–अनुष्ठान गर्दाका विधिविधानहरू भने फरक फरक बनाएर लगिएकोले यसबाट किरात लिम्बू समाजमा धर्म–कर्मको आधारमा विभाजन आयो । दार्शनिक आधारचाहिँ किरात लिम्बू मुन्धुमलाई नै मान्ने तर व्यवहारमा चाहिँ हिन्दु धर्मावलम्बीहरूको जस्तो नक्कली अभ्यास गर्ने गरियो । यसको आधारमा किरात लिम्बू समाजमा न खाँटी किरात लिम्बू धर्म भन्न सकिने न खाँटी हिन्दु धर्म भन्न सकिने एउटा छुट्टै मिश्रित धर्मको शुरूवात भयो । ‘माङ’को कुनै घर हुँदैन । तर हिन्दू धर्ममा जस्तै ‘माङहिम ( ईश्वरको घर)’हरू अर्थात मन्दिरहरू बनाउने अभ्यास गरियो । शायद सबैभन्दा जोडतोडले उनीहरूबाट सत्यहाङमापन्थलाई किरात धर्मको रूपमा प्रचारप्रसार गरिन्छ । शब्दी नगरे उक्त धर्ममा औपचारिक मान्यता दिईंदैन । उसोभए के शब्दी नगर्ने किरातहरूले प्राचीनकालदेखि मान्दै आएका धर्म चाहिँ किरात धर्म नै होइनन् त ? फाल्गुनन्द जन्मेको ११८ वर्षभन्दा पहिला किरातहरूले कहिल्यै नगरिइएको नजानिएको शब्दी गर्ने चलन फाल्गुनन्दले कहाँबाट ल्याउनुभयो ? के तागेरानिङवाफुमाले नै सिकाई पठाए होलान् त ? चाहे जे होस्, समयक्रममा अञ्जानमा धर्मकर्ममा गल्ती भै गए तापनि उनीहरू भित्रको मुटु किराती रगतले भरिएको हुनुपर्छ । यलम्बरको पराक्रम र काङसोरेको बलिदानीको रगतले रातै भएर रङ्गिएको हुनुपर्छ । जो अन्ततः किराती माटो र हावापानीमा हुर्केका किराती नै हुनुपर्छ। नत्र पूर्खाहरूको गौरवमय इतिहासले हामीलाई धिक्कार्छ । विश्वमा एक धर्मका अनेक धार्मिक शाखाहरू, संगठनहरू जन्मे जस्तै, भए जस्तै किरात धर्मको गर्भबाट पनि केही फरक धार्मिक मतहरू जन्मिनु स्वभाविकै हो । तर मूल रूपमा किरात लिम्बू मुन्धुम(दर्शन) नहराउनु, नमर्नु नै प्रमुख कुरा हो फाल्गुनन्दको चेला बन्नुको अर्मुन्धुम अनुसार हामी लिम्बूहरूको समाजमा फाल्गुनन्द जन्मनु भनेको कुनै आश्चर्यको कुरो पनि होइन । यदि विश्वासै गर्ने हो भने उहाँको जन्म हुनु भनेको तागेरानिङवाफुमाबाट सृष्टिको रक्षाकोलागि पालना हुँदै आएको एउटा नियमित प्रक्रिया मात्र हो । अब जहाँसम्म फाल्गुनन्दलाई तागेरानिङवाफुमाको अवतार मान्ने कुरा छ यो त आ–आफ्नो आस्था र विश्वासको कुरा हो । तत्कालीन किरात लिम्बू समाजमा उहाँले समाज सुधारहरूतर्फ ध्यान दिनुभएको कारण उहाँ लोकप्रिय हुनुभयो । परम्परादेखि नै विश्वास गरिँदै आइए अनुसार किरात लिम्बू समाजमा ‘माङले थुक्मा’(आङमा देवता चढ़ने) गरेपछि परिवारभित्रैको कोही फेदाङमा, साम्बा, येबा, येमा निक्लिन्छन् । उनीहरू मानिसजाति र आत्माहरूबीचका सम्पर्ककर्ता हुन्छन् । उनीहरूलाई समाजसेवाकोलागि तागेरानिङवाफुमा(युमा)द्वारा नै अह्राइएको हुन्छ । यस्तो प्रक्रिया लिम्बू समाजमा निरन्तर चलिरहन्छ । जो कोहीले चाहँदैमा, तालिम र प्रशिक्षणहरू दिँदैमा, लेखेर मुन्धुमलाई कण्ठस्थ पार्दैमा कोही उनीहरू जस्तो आङमा युमा चढ़ेका बेला सृष्टिका कथाहरू मुखाग्र व्यक्त गर्न सक्ने खाँटीे फेदाङबा, साम्बा, येबा, येमा भने बन्न सकिँदैन । तथापि धार्मिक, साँस्कृतिक क्षेत्रलाई निरन्तरता दिन र जीवित राख्न भने सकिन्छ । फाल्गुनन्दको जीवनीबाट हामीले के सिक्ने भन्ने सवाल पनि महत्वपूर्ण हुन्छ । आजको सन्दर्भमा फाल्गुनन्दको चेला बन्नु भनेको निधारमा खरानी घसेर त्रिशुल र चिम्टा बोकिहिँड्नु कदापि होइन । उहाँको शिक्षादीक्षा लिनु भनेको एक हातले कमण्डलु बोकेर अर्को हातले एकतारे बजाउँदै भिक्षा मागिहिंड्नु पनि कदापि होइन । उहाँको चेला बन्नु भनेको खेतीपाती, उद्योगधन्दा, व्यापारबिजनेस, जागीर, घरजम, स्कुल–क्याम्पसमा पढ़ाइ–लेखाई आदि गर्न छोडेर अल्छी बेकामे साधु–जोगी बनिहिँड्नु पनि कदापि होइन । उहाँको शिक्षा र अर्तिउपदेशको पालना गर्नु भनेको सामान्यतया(ष्ल नभलभचब)ि आफ्नो जाति, भाषा, लिपि, धर्म, सामाजिक संस्कार, संस्कृति, रीतिथितिहरू मुन्धुममा आधारित भई एकै रीतिले मान्नु र जीवन यापन गर्नु हो । विभाजित भई जे मन लाग्यो त्यही गर्नु कदापि होइन । उहाँको चेला बन्नु भनेको संक्षेपमा सिर्जनशील, उत्पादनशील कार्यहरूमा लागिरहनु, ज्ञानी, शिक्षित, सभ्य र सुसँस्कृत बन्नु, विश्वका मानव मानव बीच भ्रातृत्व, शान्ति र सदभाव स्थापना गर्नु, समस्त प्राणीहरू र सृष्टिका संरचनाहरूको संरक्षण र सम्बद्र्धनकोलागि सदैव चिन्तित रही कार्य गरिरहनु हो । उहाँको चेला बन्नु भनेको विज्ञानको चरम विकास भएको वर्तमान युगमा वैज्ञानिक, इञ्जिनियर, डाक्टर, विद्वान, नेता, दार्शनिक, प्रोफेसर, लेखक, पत्रकार, साहित्यकार, चित्रकार, कलाकार, श्रमिक, मज्दुर, किसान आदि जो जे अवस्थामा भए पनि किरात लिम्बूकै रूपमा रहेर, किराती नै भएर विश्वमा युगसापेक्ष उन्नती गर्नु हो, आफ्नो जातीयता नभुल्नु हो । तसर्थ उहाँका चेलाहरू, हामी किरातीहरू सबैले तागेरानिङवाफुमा युमाको दैनिक प्रातःस्मरण गर्नुका साथै जीवन र जगतप्रति गहिरो चिन्तन र श्रमप्रति एकोहोरो ध्यान केन्द्रित गर्नु समयोचित हुन्छ । उहाँका चेला बन्नुको नाममा श्रममज्दुरी गरिखानेहरूमाथि अह्राइखाने, ठगिखाने शोषकहरू, धार्मिक पण्डा–पुरोहितहरूको मुट्ठीभर जमात हामीहरू माझ उत्पादन गर्नु कदापि होइन । उहाँको चेला बन्नुको नाममा हाम्रो समाजमा फेरि पनि उस्तैखाले मूर्खता, अज्ञानता, कुरीति, कुसँस्कार, र अन्धविश्वासलाई निरन्तरता दिईरहनु हुँदैन । किराती भएर कहिल्यै नगरेको कार्य धर्मलाई मागिखाने भाँडो बनाउनु हुँदैन । अन्तमा,फाल्गुनन्दलाई हेर्ने आँखा चाहे तेश्रो होस् चाहे भित्री होस् या जुनसुकै होस् त्यो अन्धो आँखा हुनुहुँदैन । राणाकालमा उसै त राज्यसत्ताको आडमा हिन्दू धर्म बलजफ्ती लादिईएको थियो भने उहाँको अगुवाईमा त किरात लिम्बू समाजमा हिन्दू धर्मको ठाडै नक्कलै गरियो । उहाँपछि ‘किरात धमर्’ भनेर हिन्दू धर्मलाई नै सामाजिक अनुमोदन गराउने दुस्प्रयास गरियो र अद्यापि गराईँदैछ । किरात लिम्बू समाजमा राज्यपक्षबाट बलात् लादिएको हिन्दू धर्मभन्दा छुट्टै किरात लिम्बूहरूकै मौलिक धर्म, सँस्कृति र पहिचानलाई जोगाई राख्नमा उहाँ सफल बन्न सक्नु भएन । तसर्थ उहाँका समाज सुधार लगायत अन्य केही सकारात्मक पक्षहरूका आधारमा हेर्दा उहाँ साँच्चिकै प्रसंशनीय र सम्मानयोग्य हुनुहुन्छ । उहाँलाई किरात विभूतिको रूपमा सम्मान पनि गरिएको छ । आधुनिक नेपालको इतिहास कोरिएदेखि यता किरात लिम्बूहरू मध्ये उहाँले जति धार्मिक र सामाजिक सेवा र सुधारका कार्यहरू अरूले गरेको पाईंदैन । तर अर्को तर्फ धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूका आधारमा हेर्दा भने किरात लिम्बूहरूका लागि उहाँ अभिशाप पनि हुनुुहुन्छ । किरातहरूलाई धार्मिक आधारमा फुटाउने कारक आरोप उहाँलाई पनि लाग्न सक्दछ । कुनै जातिको पहिचान त्यस जातिले प्राचीनकालदेखि नै मानिल्याएको धर्म र सँस्कारहरूबाट पनि प्रष्ट हुन्छ । उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूले प्राचीन जाति किरात लिम्बूहरूको स्पष्ट जातीय पहिचान दिँदैन । लिम्बूहरू भनेको आफ्नै मौलिक परम्परा, धर्म र सँस्कारहरूको धनी जाति हो । त्यसैले उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूबाट किरात लिम्बूहरू क्रमशः हिन्दुकृत त हुँदैछैनौं ? केही धूर्त किरातहरूबाटै हामी किरातहरूलाई हिन्दू बनाईंदै त छैनन् ? सोचौं। सन्दर्भ स्रोत १. किरात दर्शनको सारांश – इमानसिंह चेम्जोङ२. किरात मुन्धुम – इमानसिंह चेम्जोङ३. श्रद्धा सुमनका केही शब्दचित्र(भजन) तथा महागुरूको संक्षिप्त चिनारी ( मिमा सेसे थिक्हुप चुम्भो, नेवाला४. मुहिगुम अंशी फाल्गुनन्द विशेषांक २०५९५. पान्थर दर्पण –वर्ष १, अंक १ बैशाख २०६० ६. सुम्हा?लुङ, वर्ष २, अंक २, २०५४ (प्रकाशक ः किरात याक्थुङ चुम्लुङ पान्थर जिल्ला शाखा लेखकको नाम थाहा भएन

बि.सं.१९१० मा जारी भएको ऐन यस्तो थियो जंगबहादुरको जनजाति र दलितसम्बन्धी कानुनी व्यवस्था

बि.सं.१९१० मा जारी भएको ऐन यस्तो थियो जंगबहादुरको जनजाति र दलितसम्बन्धी कानुनी व्यवस्था अहिले नेपालमा नयाँ संविधान जारी भएको छ । कानुनहरु बनि नसकेको अवस्थामा नेपालको पहिलो मुलुकी ऐन भनेर चिनिने बि. सं. १९१० मा जारी भएको ऐनलाई एक पटक पुनः फर्किएर हेर्नु यतिवेला वान्छनिय हुन सक्छ । जंगबहादुर राणाले बेलायत यात्राबाट फर्के लगत्तै यो ऐन बनाएका थिए । यो ऐन हिन्दू वर्णाश्रम व्यवस्थामा आधारित छ । नेपालमा जारी रहेको वर्णाश्रम व्यवस्थालाई थप समृद्ध गरी नेपालका अन्य जनजातिलाई समेत विभाजन गरि राणाहरुले आफ्नो शासनका लागि मजबुत जग बसाउन यो मुलुकी ऐन घोषणा गरिएका थिए । यो कानुनबाट जातको आधारमा कुनै जातिलाई अपराधी घोषित गरी युगौं पछाडि पार्ने काम भयो भने कुनै जातिलाई वैधानिक शासकका रुपमा पुर्नपरिभाषित गर्ने काम भयो । पश्चिमा मूलुकहरु उद्योग र कलकारखानाको विकाससँगै पुँजीवादी संसार तर्फ अग्रसर भईरहेको अवस्थामा नेपाल भने मुलुकी ऐन जारी गरी नेपाली नेपाली बिच फुटाउने र राज गर्ने मनसाय स्वरुप यो मूलुकी ऐन जारी गरियो । आजका हरेक पुस्ताले ति इतिहासका दिनहरु एक पटक फर्केर हेरेपछि मात्र भविष्यको रेखा कोर्न सक्नेछन् । आजका हरेक पुस्ताले ति इतिहासका दिनहरु एक पटक फर्केर हेरेपछि मात्र भविष्यको रेखा कोर्न सक्नेछन् । कुन विन्दुबाट नेपाल पछाडि पर्न गयो ? भन्ने थाहा हुनेछ । हामीले सोही उदेश्यका लागि नेपालको इतिहासमा विशिष्ट महत्व राख्ने वि.सं. १९१० को मुलुकी ऐनबाट खास गरी मासिन्या मतवाली र नमासिन्या मतवाली सहित चार जात मध्ये शुद्रमाथि निर्धारण गरिएको कानुनका केही बुँधाहरु यहाँ उल्लेख गरेका छौं । ऐ. नमासिन्याको. (पृष्ठ ५३५) १. नमासिन्या मतवाली जात गैह्रका आफ्ना एका वावुवाट जन्म्याका दिदि वैन्हि आफुले जन्म्यायाका छोरिमा आफ्ना षसम्को सत्य छोडि अर्कासित विग्¥याका लाइ जतीसुकै लिंग परि कर्णि ग¥याको भया पनि तेस्ताको अ‍ैन वमोजिम्को अंस सर्वस्व गरि मुडि कुकुर्को मासु षुवाइ भात वाहेक् गरि पूर्वको भया पश्चिम पश्चिम्को भया पूर्वतर्फ नदि कटाइ धपाई दिनू. एस्ताका हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया दिनू. एस्ता मासिन्या भोट्या जात हुंछन्. २. नमासिन्या मतवालि जात गैह्रले आफ्ना हाडमा ४ पुस्तासम्मका फुपु वज्यु फुपु दिदि वैन्हि छोरि भतिजि नातिनि पनातीनि नाता पन्र्या र आफनी छोरिका छोरि नातिनि दिदि वैन्हिका छोरि भांजि वाबुलाइ . आमालाइ जन्माउन्या वज्यू आफनी स्वास्निलाइ जन्माउन्या सासु आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसम्को सत्य छोडि अर्का सित विग्¥याका लाइ जतीसुकै लिंग परी कर्णि ग¥याको भया पनि लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले अ‍ैन वमोजिम्को अंस सर्वस्व गरि १ वर्ष कैद गरि जात पतित गरि भोट्या जातमा मिलाइ दिनु म्यादको चौवर दिया रूपैया लिनु एस्ताका हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया गरि लोग्न्या स्वास्नि छुट्याई दिनु. ३. नमासिन्या मतवालि जात गैह्रले आफुलाइ जन्माउन्या आमा वाहेक् अरू वावुले अ‍ैनले जार हांन हुन्यासम्मका ल्यायाका सौतिन्या आमा आफुलाइ मंत्र सुनाउन्या गुरूका स्वास्नि गुर्मा आफनि आमाकाविमात्रि पट्टिका दिदि वैन्हि सानि ठुलि आमा सासुलाइ र. ससुरालाइ जन्माउन्या वुढी सासु ससुराले अ‍ैनले जार हांन हुन्यासम्मका स्वास्नि सौतिन्या सासु एतिमा आफ्ना षसमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णिगन्र्या लाइ लोग्न्या रहेनछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम् साधुको षुसि लोग्न्या रहेछ वा जार हानेन भन्या राजषत् लाग्नाले ६० रूपैया दंड गर्नु चौथो परि कर्णि गन्र्यालाइ ३० जतिसुकै सित विग्¥या कि भया पनि पांचौ देषि युढो परि कर्णि गन्र्यालाइ १५ रूपैया दंड गरि लोग्न्या स्वास्नि छुटाइ दिनु जात जादैन. ४. नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडमा ४ पुस्ता देषि युढो ७ पुस्ता सम्मका दाज्यू भाइकाका वाज्या छोरा भतिजा पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरूमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाकाको आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम् साधुको षुसि लोग्न्या रहेछ भन्या र. जार हानेन भन्या राज षत् लाग्नाले ४० रूपैया चौथो लिंगपरि कर्णि गन्र्यालाइ २० रूपैया जति सुकै सितविग्¥याकि भयापनि पाँच लिंगदेषि युढो परि कर्णि गन्र्यालाइ १० रूपैया दंड गरि छुटाइ दिनु. ५. नमासिन्या मतवालि जातका हाडमा ७ पुस्ता देषि उभोमा १४ पुस्तासम्मका दाज्यू भाइ काका वाज्या छोरा भतिजा नाता पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निमा आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या भया जार हांन्या जातको साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले २० रूपैया चौथो परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥या कि भया पनि पाँच चौ देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि छुटाइ दिनु १४ पुस्ता देषि युढोका आफ्ना षसम्को सत्य छोडि अर्का सित विग्¥या किको कर्णि गन्र्यालाइ षत् लाग्दैन. । ६.नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडका ७ पुस्तासम्मका काका वाज्या भाइ भतिजा छोरा नातिहरूले विहा गरि ल्यायाका दियो कलस पूजि ल्यायाका जारिगरि ल्याका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरू मा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीहरूसित आफु तेश्रो परी करणि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जारहांन्याको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १० रूपैया आफू चौथो लिंग परि करणि गन्र्यालाइ ५ रूपैया जति सुकै सित विग्¥याकि भया पनि पांच लिंग देषि युढो परि करणि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइ दिनु. ७. नमासिन्या मतवालि जात गैह्रका आफ्ना हाडका ७ पुस्तादेषि १४ पुस्तासम्मका दाज्यू भाइका विहा गरि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका दियो कलस पूजिल्यायाका अ‍ैनले जार हांन हुन्या संम्मका आफ्ना षसम्को सत्य छोडि अर्कासित विग्¥याका स्वास्नीलाइ आफु तेश्रो परि करणि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले ५ रूपैया चौथोलिंग परि करणि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइ दिनु पांचौपरि करणि गन्र्यालाइ षत्वात लाग्दैन १४ पुस्ता देषि युढोका आफ्नाषसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको करणि गन्र्यालाइ पनि राज षत् लाग्दैन. 134633-004-4FB01269-750 ऐ मासिन्याको (पृष्ठ ५३८) १. मासिन्या मतवालि जात गैह्रले आफ्ना हाडमा ४ पुस्ता संमका दाज्यू भाइ काका वाज्या छोरा नाति पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हि छोरि भतिजि नातिनि पनातिनी पन्र्या र आफ्ना साक्षात् दिदि वैन्हिका छोरि. भांजि आफ्ना आमालाइ र वावुलाइ जन्माउन्या वज्यू आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफ्नि स्वास्निलाइ जन्माउन्या सासु आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका लाइ जति सुकै लिंग परि करणि ग¥या पनि लोग्न्यालाइ मासि दिनु करणि दिन्या स्वास्नि नमासिन्या जातकि रहिछ भन्या वेस्या हुंछे मासिन्या जातकि रहिछ भन्या. मासि दिनु. २. मासिन्या मतवालि जात गैह्रले आफुलाइ जन्माउन्या आमा वाहेक अरू वावुले अ‍ैनले जार हांन हुन्या संमका ल्यायाका सौतिन्या आमा आफुलाइ मंत्र सुनाउन्या गुरूका स्वास्नि गुर्मा आफ्नि आमाका विमातृ पट्टिका दिदि वैन्हि सानि ठुलि आमा ससुरालाइ र सासुलाइ जन्माउन्या वुढि सासु ससुराले अ‍ैनले जार हात्र हुन्या संमका स्वास्नी सौतिन्या सासु यतिमा आफ्ना षसमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णि गन्र्यालाइ लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले २० रूपैया चौथो परि कर्णि गन्र्यालाइ १५ जतिसुकै सित विग्¥याकि भया पनि चौथोदेषि युढो परि कर्णि गन्र्यालाइ अघिदेषि जार हांन्या जात रहेछ भन्या १० रूपैया दंड गरि छुटाइ दिनु जात जादैन. ३. मासिन्या जातमा पानि चलन्या गैह्र जातका आफ्ना हाडमा ४ पुस्तादेषि युढो ७ पुस्तासम्ममा दाज्यू भाइकाका वाज्या छोरा भतिजा पन्र्याका छोरि फुपु वज्यू दिदि वैन्हिको छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरूमा आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाकाको आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या अघिदेषि जार हांनि आयाका जातलाइ जार हांन्या जातको अ‍ैन वमोजिम्साधुको षुसि लोग्न्या रहेनछ भन्या र. जार हानेन भन्या अघिदेषि जार नहांन्या जात रहेछ भन्या राजषत् लाग्नाले १५ रूपैया चौथो लिंग परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥याकि भया पनि पाचौ लिंग देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि छुटाइ दिनु ७ पुस्तादेषि युढोका आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन. ४. मासिन्या मतवालि जात गैह्रले आफ्ना हाडका ७ पुस्तासंमका काका वाज्या भाइभतिजा छोरा नातिहरुले विहा गरि ल्यायाको दियोकलस पूजि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरुमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निहरुसित आफु तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या नरहेछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया आफु चौथो लिंग परि कर्णि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥याकि भया पनि पाँच लिंगदेषि युढो कर्णि गन्र्या लाइ ५ रूपैया दंड गरि लोग्न्या स्वास्नी छुटाइ दिनु ७ पुस्तादेषि युढो का आफ्ना षसम्को सत्य छाडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्या लाइ पनि राजषत् लाग्दैन. ५. लिंवु किराति जात वाहेक तागाधारि जात र नमासिन्या मतवालि जात मासिन्या जात पानि नचलन्या जात छोया छिटो हालनु पन्र्याजातले आफ्ना वावुले विहा गरि लायाका कंन्या ल्यायाका विधवा ल्यायाका जारि गरी ल्यायाका अ‍ैनले जारहांन हुन्यासंमका स्वास्नी सानि आमाहरु अर्कासित विग्¥याका विग्¥याको जाहेर भै कर्णि गरें छ भन्या अ‍ैन वमोजिं अंस सर्वस्व गरि लोग्न्या स्वास्नी छुटाइ दिनु एस्ता का हातको भात चल्दैन पानि चल्छ पानिको मात्र पतिया दिन छुटाया पछि फेरि पनि कर्णि ग¥यो भन्या जति फेरा कर्णि गर्छ उत्तिपल्ट १०।१० रुपैया दंड गरि छुटाइ दिनु. ऐ पानि नचलन्याको. (पृष्ठ ५४०) १. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जात्मा मुसल्मान् वाहेक ले आफ्ना हाडमा ४ पुस्ता संमका दाज्यू भाइ काका वाज्या छोरा नाति पन्र्या का छोरि फुपु वज्यू दिदि वैन्हि छोरि भतिजि नातिनि पनातिनी पन्र्या र आफ्नासाक्षात् दिदि वैन्हिका छोरि भांजि आफ्ना आमालाइ र वावु लाई जन्माउन्या वज्यू आमाका सहोदर दिदि वैन्हि सानि ठुलि आमा आफ्नि स्वास्निलाइ जन्माउन्या सासु आफुलाइ मंत्र सुनाउन्या गुर्मा एतिमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाकालाइ जतिसुकै लिंग परि करणि ग¥या पनि लोग्न्या स्वास्नि दुवैलाइ मासिदिनु. २. छोइ छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसल्मान् वाहेकले आफुलाइ जन्माउन्या आमा वाहेक अरू वावुले अ‍ैनले जार हात्र हुन्या संमका ल्यायाका सौतिन्या आमा आफ्नि आमाका विमातृ पट्टिका दिदि वैन्हि सानि ठुलि आमा ससुरालाइ र सासुलाइ जन्माउन्या वुढि सासु सासुले अ‍ैनले जार हात्र हुन्यासंमका स्वास्नी सौतिन्या सासु यतिमा आफ्ना षसंमको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्निको आफू तेश्रो परि कर्णि गन्र्यालाइ लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिम साधुको षुसि लोग्न्या रहेनछ वा जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया दंड गर्नु चौथो परि कर्णि गन्र्यालाइ अघिदेषि जार हांन्या जात रहेछ भन्या १० जतिसुकैसित विग्¥याकि भया पनि चौथो देषि युढो परि कर्णि गन्र्यालाइ ५ रुपैया दंड गरि छुटाइ दिनु जात जादैन. ३. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसल्मान् वाहेक आफ्ना हाडमा ४ पुस्तादेषि युढो ७ पुस्तासम्मका दाज्यू भाइ काका वाज्या छोरा भतिजा पन्र्या का छोरि फुपु वज्यू दिदि वैन्हि छोरि नातिनि पनातिनि नाता पन्र्या स्वास्निहरुमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाकाको आफुले तेश्रो परि कर्णि ग¥यो भन्या लोग्न्या रहेछ भन्या अघिदेषि जार हानि आयाका जातलाइ जार हांन्याको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या अघिदेषि जार नहांन्या जात रहेछ भन्या राजषत् लाग्नाले १० रूपैया चौथो लिंग परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गर्नु जतिसुकै सित विग्¥याकि भया पनि पाँच लिंगदेषि युढो परि कर्णि गन्र्यालाइ २।। रूपैया दंड गरि छुटाइदिनु ७ पुस्तादेषि युढोका आफ्ना षसम्को सत्य छोडयाकाको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन. ४. छोया छिटो हालनु पन्र्या नपन्र्या गैह्र पानि नचलन्या जातमा मुसलमान् वाहेकले आफ्ना हाडको ७ पुस्तासंमका काका वाज्या भाइ भतिजा छोरा नातिहरूले विहा गरि ल्यायाका दियो कलस पुजि ल्यायाका जारि गरि ल्यायाका कंन्या विधवा ल्यायाका र आफ्ना साक्षात् माइज्यू भांज्या वुहारिहरूमा आफ्ना षसम्को सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीहरूसित आफु तेश्रो परि करणि ग¥यो भन्या लोग्न्या रहेछ भन्या जार हांन्या जातको अ‍ैन वमोजिं साधुको षुसि लोग्न्या रहेनछ भन्या र जार हानेन भन्या राजषत् लाग्नाले १५ रूपैया आफू चौथो लिंग परि करणि गन्र्यालाइ १० रूपैया जतिसुकै सित विग्¥याकि भया पनि पांच लिंग देषि युढो परि कर्णि गन्र्यालाइ ५ रूपैया दंड गरि लोग्न्या स्वास्नि दुवैलाइ छुटाइदिनु ७ पुस्ता देषि युढोका आफ्ना षसंको सत्य छोडि अर्कासित पोइल गयाका स्वास्नीको कर्णि गन्र्यालाइ राजषत् लाग्दैन. ५. पातकि भया पछि जन्म्याका संतान्पट्टि दोश्रो पोइ तुल्याइ वेस्या भयाका स्वास्नी संग ७ पूस्ताभित्रका एकै गोत्र एकै जात्मा कसैको कर्णि भयेछ भन्या २० रुपैया दंड गरि प्रायेश्चित्त गराइदिनु.
मेरो नजरमा फाल्गुनन्द लिङ्देन : भीमसेन लिङ्दम

फाल्गुनन्द : सत्यवादी समाजसुधारक

पृष्ठभूमि

किरात लिम्बू मुन्धुम अनुसार विश्वास गर्दा जब जब पृथ्वीमा पापहरू र अधर्महरू बढ़ेर जान्छन्, तब तब तागेरानिङवाफुमा(युमा)ले कोही धार्मिक नायकहरू यस पृथ्वीमा पठाइदिनुहुन्छ । यसै क्रममा मुन्धुममा उल्लेख भए अनुसार सबभन्दा पहिले येहाङको जन्म भएको र त्यसपछि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, मुक्केगुबा, माबोहाङ, वेदोहाङ, सिरिजङगाहाङ आदि प्रमुख छन् र उनीहरूपछि किरात लिम्बू समाजमा फाल्गुनन्दको पनि जन्मावतरण भएको विश्वास गरिन्छ ।

हिन्दू जोसमनिमतका गुरू मधुनन्दसंग उहाँको भेट

वि.सं. १९४२ साल कार्तिक २५ गतेका दिन नेपालको सुदूर पूर्वी जिल्ला इलामको चुक्चीनाम्बामा पिता जगनबाज र माता हंसमतीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँको बाल्यकालको नाम फलामसिंह र चिनाको नाम ‘नरध्वज लिङदेन लिम्बू’ थियो । यस्तो भनिन्छ कि पछि ‘लाहुरे’ भर्ती हुँदा एकपटक बर्माको ऐरावतीमा उहाँ लडाईंमा पर्नुभयो । लडाईंबाट तितरबितर भई भाग्दै जाँदाखेरि उहाँ एउटा कुटी(आश्रम)मा पुग्नुुभयो । त्यहाँ जसमनी सम्प्रदायका गुरू मधुनन्द तपस्वीसंग उहाँको भेट भयो । उनै गुरूबाटै धार्मिक शिक्षादीक्षा प्राप्त गर्नुभई दीक्षित समेत बन्नुभएको थियो । त्यस सम्प्रदायमा गुरूबाट दीक्षित बनेका व्यक्तिको नामको पछाडि ‘नन्द’ जोड्ने चलन भएकोले उहाँको नाम फलामसिंहबाट ‘फाल्गुनन्द’ नामाकरण भएको हो भनिन्छ ।

पहाडको ठाउँमा एउटा गरीब लिम्बू परिवारमा जन्मनुभएकोले उहाँले भोक, तिर्खा, थकानहरू धेरै सहनुभयो । एउटा सामान्य मानिसले जीवनमा भोग्नु पर्ने अनेकौं दुःखपीडाहरू उहाँले पनि भोग्नुभएको थियो । पहाडको ठाउँमा गोठालो जानु, दाउराघाँस जानु, कुखुरा बेच्न दार्जिलिङसम्म जानु–आउनु, तिब्बतमा पुगेर कुल्ली काम गर्नु, शिक्षादीक्षा, अर्ति उपदेशहरू दिईहिँड्ने क्रममा कैयौं दिनसम्म भोकैभोकै सुत्नु आदि जस्ता अनेकौं भोगाईहरू उहाँले आफ्नो जीवनमा संगाल्नुभयो । जसमनिमतका गुरू मधुनन्दबाट शिक्षादीक्षा प्राप्त गरेर आएपछि उहाँले किरात लिम्बू समाजमा पनि सुधारका धेरै प्रयत्नहरू थाल्नुभयो । किरात लिम्बू जातिको दुःखलाग्दो, कहालीलाग्दो स्थिति, अशिक्षा, अज्ञानतामा पिल्सिएर जर्जर भएको र कुरीति, विकृति र विसंगतिमा चुर्लुम्म डुबेको अँध्यारो समाज देखेर उहाँले जीवनमा आइपर्ने हरेक किसिमका हण्डरहरू, ठक्करहरू भोग्नुभयो, सहनुभयो । जे होस्, प्रथम विश्वयुद्धमा बर्मामा खटिएका बेला संयोगवश भेट भएका गुरू मधुनन्दबाट दीक्षित भएर आफ्नो गाउँमा फर्केपछि आफूले हासिल गरेका ज्ञानबुद्धिहरू समाजमा बाँड्नुभयो । उहाँले आफ्नो गाउँठाउँमा आएपछि जीवहिंसा र मारकाटको विरोध गर्नुभयो । उहाँले समाजमा शान्ति र अहिंसाको सन्देश चारैतिर फैलाउनुभयो ।

कहिलेकहींं त आफ्नो जीवनको कर्तव्य र मानिसहरूको अज्ञानी मानसिकता र तत्कालीन समाजको जटील वस्तुस्थिति देखेर उहाँ बडो पीर मान्नु हुन्थ्यो रहेछ ।

“पाप्माभाल्ये केन्खेप्सुम्मीनाङ हिनि याक्ल्येÞबा ।। मेम्बाःप्माभाल्येÞ तागेÞरानिङवाभुमा मांङिन कुयाक्ल्येÞबा ।। खेप्सुल्ले, ना नेपाःलबा हाङङिन्नाङ कुयाक्ल्यÞेबा ।। हेक्याङ आङगा आक्खेÞ चोगुङबेÞ ।।”(बोलौं भने नसुनेर उल्टै तिमीहरू रिसाउँछौं । नबोलौं भने तागेरानिङवाभुमा(युमा) रिसाउँछ, सुन्यो भने प...र नेपालको राजा पनि रिसाउँछ, अनि म के गरुं ?)

यसरी जीवनको एउटा निर्मम तर महान् कर्तव्यबाट नडग्मगाई बरू खुशी मनले समाजको सेवा गर्दा गर्दै, कुसँस्कार, कुरीति, विकृति, विसंगति, अधर्म, भोक, रोग, अनिकाल, अशिक्षा, अज्ञानताले ग्रसित लिम्बू समाजलाई दुःख–समस्याहरूबाट मुक्तिको बाटो देखाउँदा देखाउँदै वि.सं. २००५ साल चैत्र २२ गते उहाँको देहावसान भयो ।

समाज सुधारहरूतर्फ सक्रियता

उहाँले त्यतिखेरको जहाँनिया एकतन्त्री राणा शासनकालमा अज्ञानता, अशिक्षा, अपराधहरू, काटमार, जालझेल, जाँडरक्सीको अनियन्त्रित सेवन, भोकमरी र अनिकाल आदि जस्ता यावत समस्याहरूको घोर अन्धकारमा डुबेको तत्कालीन किरात लिम्बू समाजलाई देख्नुभयो, चिन्नुभयो । त्यतिखेरको लिम्बू समाजमा जन्म, मृत्यु, विवाह, शुद्धिकर्म आदि जस्ता संस्कारहरू गर्दा मुन्धुममा आधारित भई एकै रीतले नगरी मनचिन्ते पाराले ज–जसले जस्तो जस्तो मन लाग्यो त्यस्तै त्यस्तै विधि–अनुष्ठानहरू गर्ने गर्नाले विकृति र विसंगतिहरू औधी बढ़ी सामाजिक अवस्था लथालिङ भएको देख्नुभयो । तसर्थ उहाँले वि.सं. १९८८ साल बैशाख २४ गते बुधवारका दिन पान्थरको चोक्मागु स्थित लोब्रेकुटीमा १७ थुम १० लिम्बुवानका तुम्तुम्याङहरू, गण्यमान्य र वरिष्ठ भद्रभलादमीहरूको बृहत भेला आयोजना गर्नु भयो । उहाँको संयोजकत्वमा सम्पन्न भएको लिम्बुवानभरिका करीब २५० जनाजति अगुवा लिम्बूहरूको त्यो ऐतिहासिक भेलाले ‘सत्यधर्म मुचुल्का’ नामको १० बुँदे प्रस्तावहरू सर्वसम्मतिले पारित ग¥यो । उक्त भेलामा लिखित रूपमा प्रतिबद्धता जनाइए अनुसार खास गरेर १. छोरीचेलीको सोत रीत नखानु २. धार्मिक पुजाअनुुष्ठान तथा कुनै पनि शुभकार्यमा जीवहत्या वा भोगबली नदिनु ३. भोजभतेरमा मदमांश नखानु नचलाउनु ४. किरात भाषा, लिपिको प्रयोग र प्रचार गर्नु ५. शिक्षाको विकासकोलागि मातृभाषाका पाठशालाहरू खोल्नु ६. आफ्नै युमा थेबाको दैनिक पूजाआजाकोलागि माङहिम निर्माण गर्नु ७. मुन्धुमलाई लेख्य रुपमा प्रयोगमा ल्याउनु आदि महत्वपूर्ण छन् । यसरी उहाँले सत्यधर्म मुचुल्का मार्फत लथालिङ्ग र भताभुङ्ग भएर बिग्रेको–भत्केको समाजलाई सुव्यवस्थित पार्न सामाजिक कुसंस्कारहरू विरूद्ध व्यापक सुधारका लागि तत्कालीन किरात लिम्बूहरूको सर्वसम्मतीमा समय सान्दर्भिक नीतिहरू अगाडि ल्याउनुभएको थियो ।

सत्यहाङमापन्थ एउटा फरक धार्मिक मतको शुरूवात

फाल्गुनन्द जन्मनुभन्दा पहिला किरात लिम्बू भाषामा ‘सत्यहाङमा’ भन्ने कुनै शब्दै थिएन । आफ्ना धारणाहरू सत्यवादमा आधारित भएकोले गर्दा पछिबाट उहाँलाई सत्यका राजा वा ‘सत्यहाङमा’ भनी सम्बोधन गर्न थालियो । त्यसपछि उहाँको अनुयायी भई सत्यवचन, सत्यआहार, सत्यविहार, सत्यकर्म, सत्यधर्म आदि जस्ता सत्य शब्द जोडिएर बनेका नीतिगत कुराहरूको सत्य पालना गर्ने वा अपनाउनेहरूले आफूलाई किरात धर्मभित्रको ‘सत्यहाङमापन्थी’ भन्न रूचाए । साथसाथै उनीहरूद्वारा किरात मुन्धुमलाई लेख्य रूप दिएर व्यवहारमा पालना गर्ने सकारात्मक अभ्यास पनि थालियो । जे होस् हुकुमी राणाशासन व्यवस्था र सामन्ती शोषण, उत्पीडनमा पिल्सिएका कारण लिम्बूहरूले बिर्सिसकेका आफ्ना मुन्धुम, धर्मकर्म, जाति, भाषा, लिपि, सँस्कृति जस्ता कुराहरूलाई पुनर्जागृत गराउने, पुनःस्मरण गर्ने–गराउने एउटा सानो प्रयास उहाँले गर्नुभयो । सत्यहाङमापन्थको शुरूवात भए पछि भने किरात लिम्बू समाजमा मुन्धुममा आधारित भई मौलिक परम्परागत धर्म मान्ने किरात लिम्बूहरू र धार्मिक सुधारवादी तथा संशोधनवादी लिम्बूहरू बीच केही मतभिन्नताहरू उत्पन्न भएर गएका छन् । नेपाल एकीकरण(हिन्दू अधिराज्यको विस्तार?) हुनुभन्दा पहिले किरात समुदायले कहिल्यै प्रयोग नगरेका र किरात लिम्बू मुन्धुममा कहीँकतै उल्लेख नहुने शङ्ख फुक्ने, त्रिशुल बोक्ने, चरू पोल्ने, एकतारे बजाउने, कमण्डलु बोक्ने, विहेमा जग्गे लाउने आदि जस्ता सत्यहाङमापन्थीहरूको अभ्यासले गर्दा किरात लिम्बूहरूको मौलिकतामा आँच पुगेको कुरा प्रष्ट हुन्छ । गजब चाहिँ के छ भने प्राचीन किरात मुन्धुमशास्त्र एउटै तर धार्मिक र साँस्कारिक अभ्यासहरू, पूजा–अनुष्ठान गर्दाका विधिविधानहरू भने फरक फरक बनाएर लगिएकोले यसबाट किरात लिम्बू समाजमा धर्म–कर्मको आधारमा विभाजन आयो । दार्शनिक आधारचाहिँ किरात लिम्बू मुन्धुमलाई नै मान्ने तर व्यवहारमा चाहिँ हिन्दु धर्मावलम्बीहरूको जस्तो नक्कली अभ्यास गर्ने गरियो । यसको आधारमा किरात लिम्बू समाजमा न खाँटी किरात लिम्बू धर्म भन्न सकिने न खाँटी हिन्दु धर्म भन्न सकिने एउटा छुट्टै मिश्रित धर्मको शुरूवात भयो । ‘माङ’को कुनै घर हुँदैन । तर हिन्दू धर्ममा जस्तै ‘माङहिम ( ईश्वरको घर)’हरू अर्थात मन्दिरहरू बनाउने अभ्यास गरियो । शायद सबैभन्दा जोडतोडले उनीहरूबाट सत्यहाङमापन्थलाई किरात धर्मको रूपमा प्रचारप्रसार गरिन्छ । शब्दी नगरे उक्त धर्ममा औपचारिक मान्यता दिईंदैन । उसोभए के शब्दी नगर्ने किरातहरूले प्राचीनकालदेखि मान्दै आएका धर्म चाहिँ किरात धर्म नै होइनन् त ? फाल्गुनन्द जन्मेको ११८ वर्षभन्दा पहिला किरातहरूले कहिल्यै नगरिइएको नजानिएको शब्दी गर्ने चलन फाल्गुनन्दले कहाँबाट ल्याउनुभयो ? के तागेरानिङवाफुमाले नै सिकाई पठाए होलान् त ? चाहे जे होस्, समयक्रममा अञ्जानमा धर्मकर्ममा गल्ती भै गए तापनि उनीहरू भित्रको मुटु किराती रगतले भरिएको हुनुपर्छ । यलम्बरको पराक्रम र काङसोरेको बलिदानीको रगतले रातै भएर रङ्गिएको हुनुपर्छ । जो अन्ततः किराती माटो र हावापानीमा हुर्केका किराती नै हुनुपर्छ । नत्र पूर्खाहरूको गौरवमय इतिहासले हामीलाई धिक्कार्छ । विश्वमा एक धर्मका अनेक धार्मिक शाखाहरू, संगठनहरू जन्मे जस्तै, भए जस्तै किरात धर्मको गर्भबाट पनि केही फरक धार्मिक मतहरू जन्मिनु स्वभाविकै हो । तर मूल रूपमा किरात लिम्बू मुन्धुम(दर्शन) नहराउनु, नमर्नु नै प्रमुख कुरा हो ।

फाल्गुनन्दको चेला बन्नुको अर्थ

मुन्धुम अनुसार हामी लिम्बूहरूको समाजमा फाल्गुनन्द जन्मनु भनेको कुनै आश्चर्यको कुरो पनि होइन । यदि विश्वासै गर्ने हो भने उहाँको जन्म हुनु भनेको तागेरानिङवाफुमाबाट सृष्टिको रक्षाकोलागि पालना हुँदै आएको एउटा नियमित प्रक्रिया मात्र हो । अब जहाँसम्म फाल्गुनन्दलाई तागेरानिङवाफुमाको अवतार मान्ने कुरा छ यो त आ–आफ्नो आस्था र विश्वासको कुरा हो । तत्कालीन किरात लिम्बू समाजमा उहाँले समाज सुधारहरूतर्फ ध्यान दिनुभएको कारण उहाँ लोकप्रिय हुनुभयो । परम्परादेखि नै विश्वास गरिँदै आइए अनुसार किरात लिम्बू समाजमा ‘माङले थुक्मा’(आङमा देवता चढ़ने) गरेपछि परिवारभित्रैको कोही फेदाङमा, साम्बा, येबा, येमा निक्लिन्छन् । उनीहरू मानिसजाति र आत्माहरूबीचका सम्पर्ककर्ता हुन्छन् । उनीहरूलाई समाजसेवाकोलागि तागेरानिङवाफुमा(युमा)द्वारा नै अह्राइएको हुन्छ । यस्तो प्रक्रिया लिम्बू समाजमा निरन्तर चलिरहन्छ । जो कोहीले चाहँदैमा, तालिम र प्रशिक्षणहरू दिँदैमा, लेखेर मुन्धुमलाई कण्ठस्थ पार्दैमा कोही उनीहरू जस्तो आङमा युमा चढ़ेका बेला सृष्टिका कथाहरू मुखाग्र व्यक्त गर्न सक्ने खाँटीे फेदाङबा, साम्बा, येबा, येमा भने बन्न सकिँदैन । तथापि धार्मिक, साँस्कृतिक क्षेत्रलाई निरन्तरता दिन र जीवित राख्न भने सकिन्छ । फाल्गुनन्दको जीवनीबाट हामीले के सिक्ने भन्ने सवाल पनि महत्वपूर्ण हुन्छ । आजको सन्दर्भमा फाल्गुनन्दको चेला बन्नु भनेको निधारमा खरानी घसेर त्रिशुल र चिम्टा बोकिहिँड्नु कदापि होइन । उहाँको शिक्षादीक्षा लिनु भनेको एक हातले कमण्डलु बोकेर अर्को हातले एकतारे बजाउँदै भिक्षा मागिहिंड्नु पनि कदापि होइन । उहाँको चेला बन्नु भनेको खेतीपाती, उद्योगधन्दा, व्यापारबिजनेस, जागीर, घरजम, स्कुल–क्याम्पसमा पढ़ाइ–लेखाई आदि गर्न छोडेर अल्छी बेकामे साधु–जोगी बनिहिँड्नु पनि कदापि होइन । उहाँको शिक्षा र अर्तिउपदेशको पालना गर्नु भनेको सामान्यतया(ष्ल नभलभचब)ि आफ्नो जाति, भाषा, लिपि, धर्म, सामाजिक संस्कार, संस्कृति, रीतिथितिहरू मुन्धुममा आधारित भई एकै रीतिले मान्नु र जीवन यापन गर्नु हो । विभाजित भई जे मन लाग्यो त्यही गर्नु कदापि होइन । उहाँको चेला बन्नु भनेको संक्षेपमा सिर्जनशील, उत्पादनशील कार्यहरूमा लागिरहनु, ज्ञानी, शिक्षित, सभ्य र सुसँस्कृत बन्नु, विश्वका मानव मानव बीच भ्रातृत्व, शान्ति र सदभाव स्थापना गर्नु, समस्त प्राणीहरू र सृष्टिका संरचनाहरूको संरक्षण र सम्बद्र्धनकोलागि सदैव चिन्तित रही कार्य गरिरहनु हो । उहाँको चेला बन्नु भनेको विज्ञानको चरम विकास भएको वर्तमान युगमा वैज्ञानिक, इञ्जिनियर, डाक्टर, विद्वान, नेता, दार्शनिक, प्रोफेसर, लेखक, पत्रकार, साहित्यकार, चित्रकार, कलाकार, श्रमिक, मज्दुर, किसान आदि जो जे अवस्थामा भए पनि किरात लिम्बूकै रूपमा रहेर, किराती नै भएर विश्वमा युगसापेक्ष उन्नती गर्नु हो, आफ्नो जातीयता नभुल्नु हो । तसर्थ उहाँका चेलाहरू, हामी किरातीहरू सबैले तागेरानिङवाफुमा युमाको दैनिक प्रातःस्मरण गर्नुका साथै जीवन र जगतप्रति गहिरो चिन्तन र श्रमप्रति एकोहोरो ध्यान केन्द्रित गर्नु समयोचित हुन्छ । उहाँका चेला बन्नुको नाममा श्रममज्दुरी गरिखानेहरूमाथि अह्राइखाने, ठगिखाने शोषकहरू, धार्मिक पण्डा–पुरोहितहरूको मुट्ठीभर जमात हामीहरू माझ उत्पादन गर्नु कदापि होइन । उहाँको चेला बन्नुको नाममा हाम्रो समाजमा फेरि पनि उस्तैखाले मूर्खता, अज्ञानता, कुरीति, कुसँस्कार, र अन्धविश्वासलाई निरन्तरता दिईरहनु हुँदैन । किराती भएर कहिल्यै नगरेको कार्य धर्मलाई मागिखाने भाँडो बनाउनु हुँदैन । अन्तमा,

फाल्गुनन्दलाई हेर्ने आँखा चाहे तेश्रो होस् चाहे भित्री होस् या जुनसुकै होस् त्यो अन्धो आँखा हुनुहुँदैन । राणाकालमा उसै त राज्यसत्ताको आडमा हिन्दू धर्म बलजफ्ती लादिईएको थियो भने उहाँको अगुवाईमा त किरात लिम्बू समाजमा हिन्दू धर्मको ठाडै नक्कलै गरियो । उहाँपछि ‘किरात धमर्’ भनेर हिन्दू धर्मलाई नै सामाजिक अनुमोदन गराउने दुस्प्रयास गरियो र अद्यापि गराईँदैछ । किरात लिम्बू समाजमा राज्यपक्षबाट बलात् लादिएको हिन्दू धर्मभन्दा छुट्टै किरात लिम्बूहरूकै मौलिक धर्म, सँस्कृति र पहिचानलाई जोगाई राख्नमा उहाँ सफल बन्न सक्नु भएन । तसर्थ उहाँका समाज सुधार लगायत अन्य केही सकारात्मक पक्षहरूका आधारमा हेर्दा उहाँ साँच्चिकै प्रसंशनीय र सम्मानयोग्य हुनुहुन्छ । उहाँलाई किरात विभूतिको रूपमा सम्मान पनि गरिएको छ । आधुनिक नेपालको इतिहास कोरिएदेखि यता किरात लिम्बूहरू मध्ये उहाँले जति धार्मिक र सामाजिक सेवा र सुधारका कार्यहरू अरूले गरेको पाईंदैन । तर अर्को तर्फ धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूका आधारमा हेर्दा भने किरात लिम्बूहरूका लागि उहाँ अभिशाप पनि हुनुुहुन्छ । किरातहरूलाई धार्मिक आधारमा फुटाउने कारक आरोप उहाँलाई पनि लाग्न सक्दछ । कुनै जातिको पहिचान त्यस जातिले प्राचीनकालदेखि नै मानिल्याएको धर्म र सँस्कारहरूबाट पनि प्रष्ट हुन्छ । उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूले प्राचीन जाति किरात लिम्बूहरूको स्पष्ट जातीय पहिचान दिँदैन । लिम्बूहरू भनेको आफ्नै मौलिक परम्परा, धर्म र सँस्कारहरूको धनी जाति हो । त्यसैले उहाँका धार्मिक सुधार (हिन्दू धर्मको नक्कल ?)हरूबाट किरात लिम्बूहरू क्रमशः हिन्दुकृत त हुँदैछैनौं ? केही धूर्त किरातहरूबाटै हामी किरातहरूलाई हिन्दू बनाईंदै त छैनन् ? सोचौं ।

सन्दर्भ स्रोत

१. किरात दर्शनको सारांश – इमानसिंह चेम्जोङ

२. किरात मुन्धुम – इमानसिंह चेम्जोङ

३. श्रद्धा सुमनका केही शब्दचित्र(भजन) तथा महागुरूको संक्षिप्त चिनारी ( मिमा सेसे थिक्हुप चुम्भो, नेवाला

४. मुहिगुम अंशी फाल्गुनन्द विशेषांक २०५९

५. पान्थर दर्पण –वर्ष १, अंक १ बैशाख २०६०

६. सुम्हा?लुङ, वर्ष २, अंक २, २०५४ (प्रकाशक ः किरात याक्थुङ चुम्लुङ पान्थर जिल्ला शाखा लेखकको नाम थाहा भएन
 — 
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तरगत लिम्बुवान स्वायत्त राज्यको राजनीतिक रुपरेखा लिम्बुवान स्वायत्त राज्यको (अन्तरिम विधान–२०६९) संयुक्त लिम्बुवान मोर्चा, नेपाल लिम्बुवान स्वायत्त राज्यको राजनीतिक रुपरेखा लिम्बुवान स्वायत्त राज्यको अन्तरिम विधान—२०६९ निर्माण कार्यदल लिम्बुवान, नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तरगत लिम्बुवान स्वायत्त राज्यको राजनीतिक रुपरेखा लिम्बुवान स्वायत्त राज्यको (अन्तरिम विधान–२०६९) सप्तकोसी–अरुण–संखुवा खोलापूर्वको भूगोल जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारको नीति (सिद्धान्त) र स्वायत्तताको योजना तथा कार्यक्रममा आधारित पहिचान सहितको लिम्बुवान स्वायत्त राज्य निर्माण गर्न ऐक्यवद्धता जनाउँदछौं । लिम्बुवान क्षेत्रमा रहेका सम्पूर्ण लिम्बुवानवासी वर्ग, क्षेत्र, लिङ्ग र समुदायको राजनैतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सुनिश्चितताको लागि पूर्ण प्रतिवद्धता व्यक्त गर्दछौं । लिम्बुवानजन्य संगठनको संयुक्त मोर्चा ‘संयुक्त लिम्बुवान मोर्चा नेपाल’ द्वारा गठित कार्यदलले लामो बहस, छलफल अन्तरकृया पछि भावी लिम्बुवानको प्रस्तावित राजनैतिक रुपरेखा (अन्तरिम विधान) पारित गरी सार्वजानिक गरेका छौं । लिम्बुवानमा कार्यरत तपशिल बमोजिमका राजनैतिक संघ, संगठनहरु लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान मुक्ति मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध लिम्बुवान राज्य परिषद, संघीय लिम्बुवान राज्य परिषद, नेपाल लिम्बू संघ, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ, लिम्बुवान स्वाशासित संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी समर्थित एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद आवद्ध कार्यदलले सर्वसम्मतिले यो प्रतिवेदन पारित गरेको हो । किरात याक्थुङ चुम्लुङको संयोजनमा भएको कार्यदलको सहजीकरण लिम्बुवानका बुद्धिजीविद्वय भवानी वराल एवम् कमल तिगेला लिम्बूले गर्नु भएको हो । लिम्बुवान स्वायत्त राज्यको राजनीतिक रुपरेखा ९लिम्बुवान स्वायत्त राज्यको अन्तरिम विधान–२०६९० निर्माण कार्यदलका सदस्य तथा सम्बद्ध संगठन र प्रतिवद्धता सहितको हस्ताक्षर तपसिल बमोजिम छ । क्र.स. कार्यदल सदस्य संगठनरसंस्था सम्बद्ध पार्टीरसंस्था १ मुक्सामहाङ मेन्याङवो लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल एनेकपा (माओवादी) २ कमल चोङ्वाङ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल एनेकपा (माओवादी) ३ कृष्णमान थेवे संघीय लिम्बुवान राज्य परिषद संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४ डम्मर खजुम संघीय लिम्बुवान राज्य परिषद संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ५ अमित थेवे संघीय लिम्बुवान राज्य परिषद संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ६ प्दम अधिकारी लिम्बुवान मुक्ति मोर्चा लिम्बुवान मुक्ति मोर्चा ७ ीदपक मेन्याङवो लिम्बुवान मुक्ति मोर्चा लिम्बुवान मुक्ति मोर्चा ८ पारश सुब्बा लिम्बुवान स्वशासित संघ नेकपा (एकीकृत) ९ विष्णु थाम्देन लिम्बुवान राज्य परिषद राष्ट्रिय जनमुक्ति पार्टी १० लोक आङ्ला लिम्बुवान राज्य परिषद राष्ट्रिय जनमुक्ति पार्टी ११ अर्जुन माबुहाङ नेपाल लिम्बु संघ नेपाली कांग्रेस १२ सर्वध्वज साँवा नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ नेकपा एमाले १३ अच्युत भट्टराई संघीय लिम्बुवान राज्य परिषद संघीय लिम्बुवान राज्य परिषद १४ राम मगर एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी १५ आशिष मोक्तान एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी १६ दुर्गामाया लिम्बू (केन्द्रीय उपाध्यक्ष) किरात याक्थुङ चुम्लुङ किरात याक्थुङ चुम्लुङ १७ गजेन्द्र इस्वो (केन्द्रीय सचिव) किरात याक्थुङ चुम्लुङ किरात याक्थुङ चुम्लुङ १८ भवानी वराल स्वतन्त्र बुद्धिजीवि सहजकर्ता १९ कमल तिगेला लिम्बू स्वतन्त्र बुद्धिजीवि सहजकर्ता संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तरगत लिम्बुवान स्वायत्त राज्यको राजनीतिक रुपरेखा लिम्बुवान स्वायत्त राज्यको (अन्तरिम विधान–२०६९) प्रस्तावना संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तरगत लिम्बुवान, नेपालको सार्वभौमसत्ता, अखण्डता र अभिभाज्यतालाई अक्षुण्ण राख्दै विद्यमान जातीय, भाषिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक, वर्गीय र लैङ्गिक विभेदको अन्त्य गर्न बहुदलीय प्रतिश्पर्धात्मक संघीय लोकतान्त्रिक शासन व्यवस्था, आवधिक निर्वाचन, मौलिक अधिकार, नागरिक स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनको शासन, मानव अधिकार, आदिवासी अधिकार, समानुपातिक समावेशी प्रतिनिधित्व, वालिगमताधिकार, प्रेस स्वतन्त्रताका मूल्य र मान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै लिम्बुवान आन्दोलनको मर्म, जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र विस्तृत शान्ति सम्झौताको भावना अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तरगत आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान स्वायत्ततालाई अंङ्गिकार गर्दै, लिम्बुवान स्वायत्त राज्यको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक विकास गर्न आवश्यक भएकाले हामी लिम्बुवानजन्य संङ्घ संगठनहरु लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान मुक्ति मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध लिम्बुवान राज्य परिषद, संघीय लिम्बुवान राज्य परिषद, नेपाल लिम्बू संघ, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ, लिम्बुवान स्वाशासित संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी समर्थित एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद गरी नौ वटा संगठनहरु साझा अवधारणा बनाई एक आपसमा सहमत भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अन्तरगत रही लिम्बुवान स्वायत्त राज्यको अन्तरिम विधान–२०६९ जारी गरी लागू गर्नेछौं । भाग १ प्रारम्भिक राज्यको नाम र प्रारम्भ : १. राज्यको नाम : राज्यको नाम ‘लिम्बुवान स्वायत्त राज्य’ हुनेछ । यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६९ अन्तरगत प्रादेशिक कानुन बनाउन पाउने अधिकारको प्रयोग गर्दै लिम्बुवान स्वायत्त राज्यको व्यवस्थापिकाको बैठकले पारित गरेको मितिबाट प्रारम्भ भएको मानिने छ । लिम्बुवान स्वायत्त राज्य अन्तरगत थातथलो खुलेकाको स्वायत्त क्षेत्र र अन्यको संरक्षित क्षेत्र, स्वायत्त थुम, विशेष संरचनाहरु, अल्पसंङ्ख्यक सिमान्तकृत पीछडा वर्ग, गैर भौगोलिक क्षेत्र अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ । २. सिमाना : सङ्खुवा खोला–अरुण–सप्तकोशी पूर्व, मेची नदी पश्चिम, चीनको स्वशासित क्षेत्र तिब्बतदेखि दक्षिण, नेपाल भारतको सिमाना उत्तर यति चारकिल्ला भित्रको लिम्बुवानको पुख्र्यौली भूमि नै लिम्बुवान स्वायत्त राज्यको भूगोल र सिमाङ्कन हुनेछ । ३. धर्म : लिम्बुवानमा पूर्ण धार्मिक स्वतन्त्रता हुनेछ । आफ्नो आस्था मूल्य मान्यता अनुसार धर्म मान्न वा नमान्न पाउने स्वतन्त्रता रहने छ । तर, धर्मको नाममा हुने कुनै पनि प्रकारको भेदभाव, घृणा र अवहेलना तथा सामाजिक छुवाछुत कानुन बमोजिम दण्डनीय मानिनेछ । र, राज्यले कुनै पनि धर्मलाई पक्षपोषण गर्ने छैन । ४. भाषा र शिक्षा : (१) लिम्बुवान स्वायत्त राज्यमा बहुभाषिक नीति अवलम्बन गरिने छ । लिम्बू भाषा लगायत लिम्बुवानमा प्रचलित भाषा र लिपिलाई सरकारी कामकाजको भाषा र लिपिको रुपमा प्रयोग गरिने छ । (२) माध्यमिकस्तर सम्मको शिक्षालाई अनिवार्य र निशुःल्क बनाइनेछ । प्रचलित मातृभाषामा अध्ययन अध्यापनमा सुनिश्चिता गरिनेछ । लोपोन्मुख एवम् लोप भइसकेका भाषा र लिपिको अध्ययन अनुसन्धान गरिनेछ । लिम्बुवानमा स्थापित विश्व विद्यालयअन्तर्गत विभिन्न समुदायको चाहाना बमोजिम भाषा शिक्षण विभागहरु स्थापना गरी अध्ययन अध्यापन गरिने छ । ५. लिम्बुवानको झण्डा : लिम्बुवानका सम्पूर्ण कार्यालयहरुमा तीन वटा झण्डा हुनेछन् । संघीय लोकतान्त्रिक नेपालको राष्ट्रिय झण्डा, लिम्बुवानको झण्डा र स्वायत्त क्षेत्रको झण्डा गरी तीनवटा झण्डा हुनेछ । लिम्बुवानको झण्डा लिम्बुवानको राष्ट्रियता झल्कने खुल्ला प्रतिष्पर्धा मार्फत प्रादेशिक सभाको दुई तिहाई मतले अनुमोदन गरी निश्चित गरिने छ । ६. लिम्बुवानको राष्ट्रिय गान इत्यादी : लिम्बुवानको राष्ट्रिय गान, निशान छाप, प्रतिक चिन्ह, रंग आदि लिम्बुवान स्वायत्त राज्यको व्यवस्थापिकाले निर्धारण गरेअनुरुप हुनेछ । भाग २ नागरिक्ता ७. संविधान प्रारम्भ हुँदाका बखतको नागरिकता: (१) नेपाली नागरिकता वाहेक लिम्बुवानले लिम्बुवानको सिमाङ्कन भित्र बसोबास गर्ने प्रत्येक लिम्बुवानवासी नागरिकहरुलाई छुट्टै नागरिकता वा परिचय पत्र जारी गर्न सक्नेछ । (२) लिम्बुवानको यो विधान प्रारम्भ हुँदाको बखत नेपालको नागरिक्ता प्राप्त गरेका र बंशजको आधारमा १६ वर्ष पुरा गरी नागरिकता प्राप्त गर्न योग्य भएका व्यक्ति लिम्बुवानको नागरिक हुनेछन् । (३) लिम्बुवानमा कानुनमा व्यवस्था भए बमोजिम दोहोरो नागरिकता प्रणाली लागू हुनेछ । जस अनुरुप लिम्बुवानका बासिन्दा अन्य मूलुकमा गई नागरिकता तथा परिचय पत्र (आई.ई.डि) लिएका व्यक्तिहरुलाई दोहोरो नागरिकताको परिधी भित्र राखी कानुनमा व्यवस्था भए बमोजिम हुनेछ । (४) आमा वा बाबु कुनै एकको नामबाट नागरिकता लिन सकिनेछ । (५) सम्पूर्ण लिम्बुवानबासी जनता लिम्बुवानका नागरिक हुनेछन् । (६) अङ्गिकृत नागरिकता लिम्बुवानमा प्रदान गर्न सकिनेछ । कानुनमा व्यवस्था भएबमोजिम अङ्गिकृत नागरिकता प्रदान गरिने छ । (७) कुनै पनि नागरिकको राष्ट्रियता परिवर्तन गरिने छैन । महिलाहरुलाई पतिको राष्ट्रियता लिन बाध्य पारिने छैन । प्रथाजनित संस्था र कानुनलाई सम्मान गरिने छ । (८) नागरिकता टोली खटाई प्रत्येक १६ वर्ष पुगेका नागरिकलाई अनिवार्य नागरिकता प्रदान गरिनेछ । (९) तेस्रो लिङ्गि, समलिङ्गि आदिलाई आफ्नो स्वेच्छा अनुरुप आफ्नो पहिचान कायम् राख्ने र नागरिकतामा तेस्रोलिङ्गि आदि लेख्न लेखाउन सक्नेछन् । भाग ३ मौलिक हक ८. स्वतन्त्रताको हक (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । (२) कानुन बमोजिम वाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरिने छैन । (३) प्रत्येक व्यक्तिलाई देहाय बमोजिमको स्वतन्त्रता हुनेछ । (क) लिम्बुवानमा विचार र अभिव्यक्तिको स्वतन्त्रता हुनेछ । (ख) विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता हुनेछ । (ग) लिम्बुवान भित्र राजनैतिक दल खोल्ने स्वतन्त्रता हुनेछ । (घ) लिम्बुवान भित्र संघ संस्था खोल्ने स्वतन्त्रता हुनेछ । (ङ) लिम्बुवानको कुनैपनि भूभागमा आवात जावत र बसोबास गर्ने स्वतन्त्रता हुनेछ । (च) लिम्बुवानमा कुनै पेसा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता हुनेछ । तर माथि प्रदान गरिएका स्वतन्त्रताले लिम्बुवानी जनताको सार्वभौमसत्ता र अखण्डतालाई आँच पु¥याउने खालका गतिविधी गर्न छुट दिइएको मानिने छैन । ९ समानाताको हक : (१) लिम्बुवानको संविधानको मातहतमा रही कानुन बनाउँदा कानुनको दृष्टिमा सवै समान रहनेछन् । कानुन भन्दा माथि कोही रहने छैनन् । (२) संघीय संविधानले प्रदान गरेका अधिकारमा कुनै कटौती गरिने छैन । (३) सवैलाई समान बनाउन गरिने कुनै पनि कार्यलाई प्रोत्साहन गरिनेछ । १०. छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक: (१) जातीय छुवाछुत विरुद्ध कडा कानुनी सजायको व्यवस्था गरिनेछ । (२) जातीय भेदभाव विरुद्ध बोल्ने लेख्ने सवैलाई अधिकार हुनेछ । जातीय भेदभाव विरुद्ध कडा कानुनी व्यवस्था गरिनेछ । (३) पछाडि पारिएका कुनै जाति वा समुदायलाई समानस्तरसम्म ल्याउन गरिने कुनै पनि कृयाकलापलाई जातीय भेदभाव मानिने छैन । जसलाई सकारात्मक विभेदको रुपमा लिइने छ । तर समान रुपमा विकास भइसकेको भन्ने सूचाङ्क प्राप्त वा प्रमाणित भएमा त्यस्तो व्यवस्था खारेज गरिनेछ । ११. प्रकाशन, प्रसारण तथा छापाखाना सम्बन्धी हक: (१) संघीय संविधानमा उल्लेख भएका अधिकारको पालना गरिने छ । (२) लिम्बुवानवासीको सार्वभौमसत्ता, अखण्डता माथि आँच आउने साम्प्रादायिक संकिर्ण कृयाकलापहरु विरुद्ध कानुनमा व्यवस्था भए बमोजिम हुनेछ । (३) एक जातीय हैकम राखि रहने हेतुले कुनै पनि गतिविधिहरु गर्न गराउन पाइने छैन । १२. बातावरण तथा स्वास्थ्य सम्बन्धी हक : (१) प्रत्येक लिम्बुवानवासीलाई स्वच्छ एवम् स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । (२) लिम्बुवानका प्रत्येक नागरिकहरुलाई आधारभूत स्वास्थ सम्बन्धी हक कानुनमा व्यवस्था भए बमोजिम हुनेछ । १३. शिक्षा र संस्कृति सम्बन्धी हक : लिम्बुवान स्वायत्त राज्यमा देहाय बमोजिमका शिक्षा र संस्कृति सम्बन्धी हक हुनेछ । (१) लिम्बुवान स्वायत्त राज्यमा सवै लिम्बुवानवासीलाई मातृभाषामा शिक्षा आर्जन गर्ने र आ–आफ्नो संस्कृति मान्न पाउने हक हुनेछ । (२) आफ्नो संस्कृतिको अवलम्बन गर्दा अरुको संस्कृति माथि विभेद, घृणा गर्न पाइने छैन । यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ । १४. रोजगारी सम्बन्धी हक : (१) प्रत्येक लिम्बुवानवासीलाई लिम्बुवान स्वायत्त राज्यको कानुनको परिधिभित्र रही रोजगार पाउने हक हुनेछ । बेरोजगारर भएमा बेरोजगार भत्ता उपलब्ध गराउनु लिम्बुवान स्वायत्त राज्यको कर्तव्य हुनेछ । (२) लिम्बुवान स्वायत्त राज्यले स्वरोजगार सम्बन्धी अवधारणाको विकास गर्नेछ । स्वरोजगारलाई प्रोत्साहन गर्ने सवै नागरिकको हक हुनेछ । १५. धर्म सम्बन्धी हक : (१) प्रत्येक नागरिकलाई धर्म मान्न वा नमान्न पाउने हक हुनेछ । लिम्बुवानमा धार्मिक स्वतन्त्रता हुनेछ । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्काको स्वतन्त्रतालाई सम्मान गर्न पर्नेछ । (२) विश्वव्यापी मानव अधिकारको उलंघन नहुने गरी मानिएको धर्म माथि लिम्बुवानमा कुनै पनि तहबाट हस्तक्षेप हुने छैन । १६. महिला र तेस्रो लिङ्गिको हक : (१) लिङ्गको आधारमा कुनै पनि भेदभाव लिम्बुवान स्वायत्त राज्यमा गरिने छैन । यस्तो कार्य कानुनद्वारा दण्डनीय बनाइनेछ । (२) लिम्बुवान स्वायत्त राज्यमा प्रत्येक संघ, संगठन, सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारी, लिम्बुवानको मन्त्री मण्डल, व्यवस्थापिका लगायतका सवै निकाय, तह तप्कामा महिलाहरुको ५० प्रतिसत सहभागि हुने हक हुनेछ । तेस्रो लिङ्गिहरुलाई सिमान्तकृत पछाडि पारिएकाको रुपमा कानुनमा व्यवस्था भएबमोजिम सहभागि गराईनेछ । (३) महिला हिंसा, घरेलु हिंसा, तेस्रो लिङ्गिहरु माथि गरिने घृणा विरुद्धको हक हुनेछ । (४) महिला र तेस्रो लिङ्गिका सम्बन्धमा विश्वमा प्रचलित सवै प्रकारका मानव अधिकारको लिम्बुवान स्वायत्त राज्यले सम्मान र कार्यान्वयन गर्नेछ । १७. सामाजिक न्यायको हक : (१) सामाजिक न्यायको हक अन्तरगत बृद्ध, विधवा, शारीरिक रुपमा फरक व्यक्तिहरु, अनाथ, बेरोजगारहरुलाई न्यायोचिन भत्ता उपलब्ध गराईने छ । (२) वर्गीय वा जातीय रुपमा पछाडि पारिएका समुदायलाई सकारात्मक विभेदको सिद्धान्त प्रयोग गरी तोकिएको समय भित्र समान अवस्थामा आइपुग्ने सामाजिक न्यायको हक हुनेछ । (३) लोकसेवाबाट लिइने परिक्षामा समेत सामाजिक, साँस्कृतिक, भाषिक र आर्थिक रुपमा बलिया समुदाय र आर्थिक, सामाजिक , साँस्कृतिक, भाषिक रुपमा पछाडि पारिएकाकाहरुको विशेष पहिचान गरी उनीहरुलाई सहज हुने व्यवस्था लोकसेवामा गरिनेछ । १८. बालबालिकाको हक : (१) लिम्बुवानका प्रत्येक बालबालिकालाई जन्मन पाउने हक हुनेछ । (२) प्रत्येक महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने अवस्था वाहेक भू्रण हत्या विरुद्ध कानून बनाईने छ । तर, महिलाको स्वास्थ्यलाई नकारात्मक असर पार्ने र महिलाको स्वेच्छा विरुद्ध भएमा मात्र महिलाको अधिकारका रुपमा मानिने छ । (३ं) प्रत्येक बालबालिकालाई मातृभाषामा शिक्षाको हक हुनेछ । (४) प्रत्येक वालबालिकालाई शिक्षा प्रदान गर्नु अभिभावकको कर्तव्य हुनेछ । शिक्षाबाट बन्चित गर्ने माथि कानुन बमोजिम सजायको व्यवस्था गरिनेछ । (५) छोरालाई असल, छोरीलाई कमसल विद्यालय लगाउने अभिभावकलाई कानुन बमोजिम सजायको व्यवस्था गरिनेछ । (६) बालबालिकालाई यौनजन्य हिंसामा लगाउने, घरेलु कामदार राख्ने माथि कानुन बमोजिम सजायको व्यवस्था गरिनेछ । (७) वाल अधिकार सम्बन्धी सम्पूर्ण अन्तर्राष्ट्रिय सन्धि महासन्धि, अभिसन्धिहरुको लिम्बुवान राज्य सरकारले सम्मान र कार्यान्वयन गर्नेछ । १९. न्याय सम्बन्धी हक : (१) कुनै पनि अभियुक्तलाई पक्राउ गर्नको कारण प्रष्टसंग बुझिनेगरी निजको मातृभाषामा समेत जानकारी गराउन पर्दछ । जानकारी नदिई पक्राउ गर्ने वा आदेश दिने अधिकारी माथि कडा कानुनी कार्वाही गरिने छ । (२) पक्राउ परेका समयले २४ घण्टा भित्र मुद्धा हेर्ने अधिकरी समक्ष नपु¥याउने अनुसन्धान अधिकारीहरु माथि कडा कानुनी कार्वाही गरिनेछ । (३) गैर कानुनी थुनामा राख्ने, थुनामा राखिएका अभियुक्त वा दोषी माथि अभद्र व्यवहार गर्ने, कुटपिट, यातना दिने मानवअधिकार विरोधी अधिकारीहरुलाई कडा कानुनी कार्वाही गरिनेछ । (४) पक्राउ परेका प्रत्येक व्यक्तिले कानुन व्यवसायी नियुक्त गर्न पाउने हकलाई सुरक्षित गरिएको छ । (५) अदालतमा बहस हुँदा कुनै वादी वा प्रतिवादीले आफ्नो मातृभाषामा बहसको उल्था, साक्षी बकपत्रको उल्था, फैसला, मातृभाषामा आरोप सुन्ने र प्रतिउत्तर दिने व्यवस्था गरिनेछ । मातृभाषामा दिइएको जवाफ न्यायधिश र वकिलहरुले बुझनु उनीहरुको कर्तव्य हुनेछ । २०. निवारक नजरबन्द विरुद्धको हकः (१) लिम्बुवानवासीलाई निवारक नजरबन्दको विरुद्धको हक हुनेछ । कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक निवारक नजरबन्दमा कसैलाई राखिने छैन । (२) कसैलाई बदनियतपूर्वक निवारक नजरबन्दमा राखिएमा त्यस्ता निवारक नजरबन्दमा राखिएको व्यक्तिले क्षतिपूर्तिका दावा गर्न सक्नेछन् । २१. यातना विरुद्धको हक : (१) कुनै पनि लिम्बुवानवासी नागरिकलाई यातना विरुद्धको हक हुनेछ । (२) प्रहरी हिरासत, कारागारदेखि समाज एवम् परिवारमा समेत कुनै व्यक्ति वा समूहले कुनै व्यक्ति वा समूहलाई यातना दिन पाइनेछ । कुनै पक्षले कुनै पनि प्रकारका यातना दिएमा कानुनमा व्यवस्था भएबमाजिम दण्ड जरिवाना गरिनेछ । २२. सूचनाको हक : (१) प्रत्येक लिम्बुवानवासी नागरिकले आफुसंग सरोकार भएको सार्वजानिक विषयको सूचना पाउने हक हुनेछ । (२) सार्वजानिक इकाईहरुले कानुनमा गोप्य राख्नु भनी उल्लेख भएका विषयमा वाहेक सवै सूचना उपलब्ध गराउन पर्नेछ । २३. गोपनीयताको हक : (१) प्रत्येक नागरिकसंग गोपनीयताको हक हुनेछ । (२) कुनैपनि व्यक्तिको सम्पति, सामाग्री तथा कागजात राखिएको ठाउँ, रुपैया पैसा र प्रतिष्ठासंग गांसिएका कुनैपनि विषयमा गोपनीयताको हक हुनेछ । (३) तेस्रोलिंङ्गि, समलिङ्गी, यौनहिंशामा परेको व्यक्ति, यौनकर्मी, एच।आई।भि संक्रमति, उनीहरुका परिवार, बालबच्चा लगायत समाजमा आफ्नो पहिचान लुकाउन चाहनेहरुलाई चिनाउन वा उनीहरुको गोपनीयता भंग गर्न पाइने छैन । २४. शोषण विरुद्धको हक: (१) लिम्बुवानका प्रत्येक नागरिकलाई शोषण विरुद्धको हक हुनेछ । (२) शिक्षामा पछाडिएको हिसावले वौद्धिक षडयन्त्रको हिसावले ठगी गर्ने, शोषण गर्ने व्यक्ति वा समूहलाई कडा कानूनी दायरामा ल्याइनेछ । (३) बौद्धिक शोषणबाट मुक्त दिलाउन बौद्धिक सम्पतिको अधिकार सुरक्षित रहनेछ । २५ . श्रम सम्बन्धी हक: (१) प्रत्येक श्रमिकहरुसंग श्रम सम्बन्धी हक हुनेछ । (२) समान कामका लागि समान पारिश्रमिक हुनेछ । (३) श्रमिकहरुको पारिश्रमिक दैनिक गुजारा चलाउने भन्दा कम पारिश्रमिक दिन पाइनेछैन । २६. राज्य निकाला विरुद्धको हक: (१) कुनै पनि लिम्बुवानका नागरिकहरुलाई लिम्बुवानको भूभागबाट निकाला गरिने छैन । (२) लिम्बुवानबाट कुनै पनि व्यक्ति विस्थापित नहुन भन्ने भावनाले लिम्बुवान राज्य सरकारले सधै ध्यान दिनेछ । २७. संबैधानिक उपचारको हक: (१) प्रत्येक लिम्बुवानवासीलाई संवैधानिक उपचारको हक हुनेछ । २८ आदिवासी जनजाति हक: (१) लिम्बुवानमा आई।एल।ओ अभिसन्धि १६९, आदिवासी जनजातिका अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र २००७ मा उल्लेखित अधिकार आदिवासी जनजातिलाई हुनेछ । (२) नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्र, सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अनुबन्धका सवै अधिकार नागरिकहरुलाई व्यक्तिगत र सामुहिक रुपमा प्रयोग गर्न सक्नेछन् । (३) महिला अधिकार र बाल अधिकार सम्बन्धी महासन्धीले गरेका सवै व्यवस्थाको कडाईका साथ कार्यान्वयन गरिने छ । (४) जाति भेद विरुद्धको अभिसन्धी कडाईका साथ लागू गरिने छ । छुवाछुत विरुद्ध कडा कानुनको व्यवस्था राज्य तहमा बनाई लागू गरिनेछ । (५) मानव अधिकारको वडापत्र १९४८ लगायत सवै प्रकारका मानव अधिकार लिम्बुवान राज्यमा स्थापित गरिनेछ । (६) विशेषाधिकार: लिम्बुवानमा आदिवासी लिम्बू लगायत थातथलो खुलेका आदिवासीहरुको राजनैतिक, आर्थिक, भाषिक र साँस्कृतिक विशेषाधिकार कायम रहने गरी कानुन बनाइने छ । (७) १६ वर्ष पुगेको लिम्बुवानको परिचय पत्र प्राप्त नेपाली नागरिकको कुनै पनि प्रकारका निर्वाचनहरुमा मताधिकार रहने छ । (८) संघीय संविधानमा उल्लेखित मौलिक हकहरुको पालना र कार्यान्वयन गर्ने गराईनेछ । भाग ४ राज्यको निर्देशक सिद्धान्त र आधारहरु २९. लिम्बुवान स्वायत्त राज्यको निर्देशक सिद्धान्त: (१) संघीयताको आवश्यकता र आधार : क. नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक भएको र विविधतालाई एकात्मक राज्य संरचनाले संवोधन गर्न नसकेकाले लिम्बुवान स्वायत्त राज्य आवश्यक भएको । ख. एकात्मक राज्य व्यवस्थाको उत्पीडन अन्त्य गर्न आवश्यक भएकाले । ग. नेपाल अर्धसामन्ति तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गर्न आवश्यक भएकाले । घ. आदिवासी, जाति, जनजातिको आफ्नो राष्ट्रियता, साझा भूगोल, साझा भाषा, साझा संस्कृति, साझा आर्थिक जीवन भएको र उक्त राष्ट्रियता माथि एकात्मकसत्ताद्वारा उत्पीडन भएकाले आदिवासी जनजातिहरुको पहिचान रक्षा र विकास गर्न द्वन्द, राष्ट्रिय विखण्डन र गृहयुद्ध रोक्न लिम्बुवान आन्दोलन, दसवर्षे जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, बृहत शान्ति प्रकृया, अन्तरिम संविधान २०६३ र सविधानसभाको मर्म र भावना अनुरुप द्वन्द व्यवस्थापन गर्न जातीय, भाषिक, क्षेत्रीय आधारमा राज्यको संघीय ढाँचामा पुनसँरचना गर्नु पर्ने भएकाले जातीय, क्षेत्रीय, वर्गीय, लैगिक र भाषिक विभेद अन्त्य गरी समानता कायम गर्न आवश्यक भएकाले । ३०. लिम्बुवान स्वायत्त राज्यको आवश्यकता र आधार : (१) वि.सं.१८३१ श्रावण महिना अघि लिम्बुवान स्वतन्त्र राज्य भएको र सन्धि सम्झौता मार्फत नेपाल अन्तरगत समाहित गरिएकाले । (२) वि।सं। १८३१ को सन्धि सम्झौतापछि पनि लिम्बुवान स्वायत्त रहेको तर षडयन्त्रमुलक ढङ्गबाट पटक पटक गरी सम्पूण अधिकार खोसिएकाले । (३) लिम्बू जातिको राष्ट्रियताको बलियो आधार साझा भूगोल, साझा भाषा, साझा सँस्कृति, साझा आर्थिक जीवन भएकोले लिम्बुवान एउटा पहिचान बन्न सक्ने आधार भएकाले । (४) लिम्बुवानवासीहरुबीचमा सामाजिक सदभाव, सहअस्तित्व र भावनात्मक एकता विद्यमान रहेकाले केन्द्रिकृत एकात्मक राज्यसत्ताद्वारा सिर्जित शोषण, दमन र उत्पीडनबाट मुक्त हुन । (५) आई।एल।ओ अभिसन्धी १६९ र आदिवासी जनजातिहरुको अधिकारका लागि संयुक्त राष्ट्रसंघीय घोषणपत्र २००७ को आधारमा त्यो ठाउँको नामाङ्करण गर्ने पहिलो हक त्यहाँका आदिवासीलाई हुने भएकाले । (६) लिम्बुवानको मूख्य आदिवासी लिम्बू भएकाले ऐतिहासिक पृष्ठभूमी र निरन्तरताका आधारमा ‘लिम्बुवान पहिचान’ बनाउन आवश्यक भएकाले । भाग ५ लिम्बुवान स्वायत्त राज्यको व्यवस्थापिका ३१ . लिम्बुवान स्वायत्त राज्यको सदन: लिम्बुवान स्वायत्त राज्यमा दुई सदनात्मक व्यवस्थापिका हुनेछ । तल्लो सदनलाई जनप्रतिनिधि सभा र माथिल्लो सदनलाई राष्ट्रिय (जातीय) सभा भनिनेछ । ३२. माथिल्लो सदनको गठन : माथिल्लो सदन १७ सदस्यीय हुनेछ । जसमा स्वायत्त क्षेत्र, स्वायत्त थुम, संरक्षित क्षेत्र, वर्गीय हिसावले पछाडि पारिएका एवम् गरीविका रेखामुनी भएका किसान, मजदुर तथा पेशागत संगठन, सहिद÷बेपत्ता परिवार, तेस्रो लिङ्गि, अति अल्पसंख्यक, सिमान्तकृत तथा पीछडा वर्गबाट सहभागि गराईने छ । माथिल्लो सदनको संख्यामा महिलाको न्यूनतम ५० प्रतिसत सहभागिता हुनेछ । ३३. माथिल्लो सदनको काम कर्तव्य र अधिकार: (१) माथिल्लो सदनले आफ्नो समुदायगत अधिकारको विशेषाधिकार राख्नेछ । (२) अधिकार कुण्ठित भएमा प्रत्येक समुदायगत प्रतिनिधिले त्यस विरुद्ध आवाज उठाउने पाउने छ । (३) आफ्नो समुदायको हित विपरित नियम कानून बन्न लागेमा माथिल्लो सदनले फिर्ता गर्न वा त्यस्तो कानुन खारेजीको प्रकृया थालनी गर्न सक्नेछ । (४) माथिल्लो सदनमा स्वायत्त क्षेत्रको वर्णानुक्रम अनुसार छ÷छ महिनामा पालै पालो बैठकको अध्यक्ष हुनेछ । ३४. तल्लो सदन जनप्रतिनिधि सभाकोे गठन: १. लिम्बुवान स्वायत्त राज्यको व्यवस्थापिको तल्लो सदन सभामुख र उप–सभामुख सहित ५५ सदस्यीय हुनेछ । सवै वर्ग, क्षेत्र, लिङ्ग र समुदायको प्रतिनिधित्व हुनेगरी निर्वाचन प्रणाली अपनाइनेछ । ३५ . संसद सदस्यका लागि आवश्यक योग्यता: (१) २५ वर्ष उमेर पुगेको लिम्बुवानमै बसोबास भएका लिम्बुवानबासी नागरिक हुनु पर्ने । (२) नेपाली नागरिक । (३) गम्भिर प्रकृतिको अपराधमा सजाय नपाएकोे । (४) कुनै लाभको पद धारणा नगरेको । (५) भ्रष्टाचारको मुद्धामा सजाय नपाएको । ३६. स्थान रिक्तता : लिम्बुवान स्वायत्त राज्यको व्यवस्थापिका संसदमा देहाय बमोजिम पद रिक्त भएको मानिने छ । (१) व्यवस्थापिका संसदको कुनै सदस्यले लिखित राजीनामा दिएमा । (२) व्यवस्थापिका संसदको उम्मेदवारको लागि अयोग्य प्रमाणित भएमा । (३) भ्रष्टाचार गरी अदालतबाट दोषी ठहर भई सजाय पाएमा । (४) जुन राजनैतिक दलले प्रतिनिधित्व गराएको हो त्यही दल नरहेमा । (५) व्यवस्थापिका संसद सदस्यको मृत्यू भएमा । (६) व्यवस्थापिका संसदको कार्यकाल समाप्त भएमा । (७) प्रत्याव्हनको माध्यमबाट फिर्ता बोलाइएमा । ३७. व्यवस्थापिका संसदको सभामुख र उपसभामुख: (१) व्यवस्थापिका संसदको सदस्यहरुमध्येबाट एकजना सभामुख र एक जना उप–सभामुखको निर्वाचन राजनैतिक सहमतिबाट गरिनेछ । सहमति हुन नसकेमा व्यवस्थापिका संसदको बहुमतबाट छानिनेछ । यी दुई पदमा महिला पुरुष अनिवार्य हुन पर्नेछ । भाग ६ लिम्बुवान स्वायत्त राज्यको कार्यपालिका ३८. लिम्बुवान स्वायत्त राज्यको शासकीय स्वरुप: (१) लिम्बुवान स्वायत्त राज्यको शासकीय स्वरुप ‘‘राज्य प्रमुख’’ कार्यकारी प्रमुखको रुपमा रहने छन् । कार्यकारी प्रमुखको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट बहुमत प्राप्त व्यक्ति लिम्बुवान स्वायत्त राज्यको राज्य प्रमुखको पदमा नियुक्त गरिने छ । (२) कार्यकारिणि अधिकार: क. कार्यकारिणि अधिकार सहमतीय आधारमा राज्यप्रमुख र मन्त्रि परिषदमा रहनेछ । ख. लिम्बुवान स्वायत्त राज्यको कार्यकारिणी कार्यहरु लिम्बुवान स्वायत्त राज्य भित्र लिम्बुवान सरकारको नाममा हुनेछ । ग. लिम्बुवान सरकारको नाममा हुने आदेश वा निर्णय कानुनमा व्यवस्था भए बमोजिम हुनेछ । ३९. लिम्बुवान स्वायत्त राज्यको कार्यपालिकाको गठन ः (१) लिम्बुवान स्वायत्त राज्यको कार्यकारी प्रमुखको रुपमा ‘‘ राज्य प्रमुख’’ निर्वाचित हुनेछन् । (२) प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यमबाट लिम्बुवान स्वायत्त राज्यको सिमाङ्न भित्र प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी ‘‘राज्य प्रमुख’’ को मातहतमा बढीमा १७ सदस्यीय एक मन्त्री परिषद गठन गरिनेछ । (३) आवश्यकता अनुसार गृह तथा सामान्य प्रशासन, अर्थ, स्वास्थ्य, सामाजिक तथा साँस्कृतिक मन्त्रालय (महिला, वालवालिका, आदिवासी जनजाति, दलित आदि), जनसंख्या, विकाश निर्माण, कृषि, उद्योग तथा व्यापार, विज्ञान तथा प्रविधि आदि मन्त्रालयहरु रहने छन् । ४०. उप–प्रमुख तथा मन्त्रीहरु: (१) राज्य प्रमुखको निर्वाचन राज्य प्रमुख सरह वालिक मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुनेछ । मन्त्री संसद सदस्यबाट राजनैतिक दलहरुको सिफारिसमा राज्यप्रमुखले नियुक्त गर्नेछन् । ४१. पारिश्रमिक तथा अन्य सुविधाहरु : (१) राज्य प्रमुख, उप–प्रमुख तथा मन्त्रीहरुको सेवा सुविधा ऐनमा निर्धारण गरे बमोजिम हुनेछ । ४२. सपथ : राज्य प्रमुखले उच्च अदालतका मूख्य न्याधिसबाट र उप–प्रमुख तथा मन्त्रीहरुले राज्य प्रमुखबाट सपथ लिनेछन् । ४३. लिम्बुवान स्वायत्त राज्यको सञ्चालन: (१) लिम्बुवान स्वायत्त राज्यको कार्य सञ्चालन लिम्बुवान आन्दोलन, सरकारसंगको सम्झौता, संयुक्त जनआन्दोलन, दश वर्षे जनयुद्ध, राजनीतिक सहमति र सहकार्यको संस्कृति अनुरुप हुनेछ । ४४. प्रत्याव्हनको अधिकार : लिम्बुवानवासी जनतालाई प्रत्याव्हनको अधिकार हुनेछ । (१) राज्य प्रमुखको हकमा लिम्बुवानबासीको समग्र वालिक मत संख्याको २५ प्रतिशतले समावेदन दर्ता लिम्बुवान संसदमा गर्न सक्नेछन् । यसरी समावेदना दर्ता भएमा सरकारले जनमत संग्रहको घोषणा ६ महिना भित्र गर्न पर्नेछ । जनमत संग्रहमा समावेदनाको पक्षमा ५१ प्रतिसत मत परेमा राज्य प्रमुखको पदच्यूत भएको मानिनेछ । (२) संसद सदस्यको हकमा समेत सम्बन्धित निर्वाचन क्षेत्रको समावेदना संसद संख्याको २५ प्रतिसतले समावेदना दर्ता गर्न सक्नेछन् । संसद संख्याको दुई तिहाई बहुमतले पारित गरेमा संसद सदस्य पद खारेज हुनेछ । यसैगरी निजको निर्वाचन क्षेत्रबाट सम्पूर्ण मतदाता सङ्ख्याको २५ प्रतिसतले समावेदना दर्ता गर्न सक्नेछन् । यसरी प्रत्याव्हनको हस्ताक्षर सहितको आवेदन दर्ता भएमा संसदले ६ महिना भित्र सम्बन्धित संसंदको मत लिन जनमत संग्रह गर्नु पर्नेछ । सम्बन्धित निर्वाचन क्षेत्रको ५१ प्रतिशतले सो संसद सदस्यको विपक्षमा मतदान गरेमा उक्त पद खारेज भएको मानिनेछ । भाग ७ लिम्बुवान स्वायत्त राज्यको न्यापालिका ४५. न्याय सम्बन्धी अधिकार (१) स्वतन्त्र न्यायपालिका सम्बन्धि अवधारणा र मूल्य मान्यतालाई अनुसरण गरी संघीय लोकतान्त्रिक गणतन्त्र र लिम्बुवान जातीय स्वायत्ततालाई आत्मसाथ गर्दै नेपालको संविधान र यस संविधान प्रति प्रतिवद्ध रहनेछ । ४६. अदालतहरु: (१) लिम्बुवानमा नेपालको संघीय अदालत अन्तरगत देहायका अदालतहरु रहनेछन् । (क) उच्च अदालत (ख) पुनरावेदन अदालत (ग) स्वायत्त क्षेत्र/थुम अदालत (घ) सामुदायिक/प्रथाजनित/पारिवारिक अदालत ४७. उच्च अदालतको कार्यक्षेत्र: (१) राज्य राज्यवीचको मुद्धा मामिला एवम् संघीय सूचिमा परेका संघीय मामिला बाहेकका सम्पूर्ण मुद्धाहरुको अन्तिम किनारा उच्च अदालतले लगाउने छ । यसको पुनरावेदन संघीय अदालतमा हुनेछैन । ४८. स्वायत्त क्षेत्ररथुम अदालतको कार्य क्षेत्र: (१) स्वायत्त क्षेत्र तथा थुमको सिमाङ्न भित्रका मुद्धा मामिलाको किनारा स्वायत्त क्षेत्र तथा थुम अदालतले फैसला गर्न सक्नेछ । यसको पुनरावलोकन पुनरावेदन अदालतमा हुन सक्नेछ । पुनरावेदन अदालतको निर्णयमा पनि चित्त नबुझेमा अन्तिम पटक उच्च अदालतमा मुद्धाको सुनुवाई हुन सक्नेछ । ४९ . सामुदायिक/प्रथा जनित / परम्परागत / पारिवारिक अदालत : सामुदायिक/प्रथा जनित / परम्परागत / पारिवारिक अदालत अदालत प्रत्येक सामुदायिक/प्रथा जनित / परम्परागत / पारिवारिक अदालत स्वशासित इलाका तहमा स्थापना गरिने छन् । कुनै पनि मुद्धाको पहिलो सुनुवाई यी अदालतहरुबाट हुने र मुद्धाको फैसला उपर चित्त नबुझेमा सम्बन्धित स्वायत्त क्षेत्र वा थुम अदालतमा पुनरावेदन गर्न सकिने छ । ५०. न्यायधिसहरुको नियुक्ति: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६९ ले निर्धारण गरे अनुरुप र लिम्बुवान स्वायत्त राज्यको ऐन कानुनमा तोकिए बमोजिम न्यायधिसहरुको नियुक्ति र पारिश्रमिक हुनेछ । भाग ८ अधिकारको वाँडफाड ५०. अधिकारको वाँडफाँडः संघीय सरकार, लिम्बुवान स्वायत्त राज्य र स्वायत्त क्षेत्र वा स्वायत्त थुमहरुबीचको अधिकार बाँडफाँड देहाय बमोजिम हुनेछ । (१) संघीय सूची : क. रक्षा ख. परराष्ट्र ९विदेश मामिला० ग. मुद्रा (२) साझा सूची: क. अन्तराष्ट्रिय यातायात (हवाई, जल, सडक) ख. सूचना तथा सञ्चार ग. अन्तरराज्यका विषयहरु घ. लिम्बुवान राज्यसंग सम्बन्धित अन्तर्राष्ट्रिय विषयहरु ङ. केन्द्रीय योजनाहरु (३) लिम्बुवान स्वायत्त राज्यको सूची: क. संघीय सूची र स्वायत्त क्षेत्र वा थुम, संरक्षित क्षेत्र, गाउँ र नगर क्षेत्रमा उल्लेख भएका अधिकार वाहेक सम्पूर्ण अधिकार लिम्बुवान स्वायत्त राज्यलाई हुनेछ । ख. स्वायत्त क्षेत्र, थुम, संरक्षित क्षेत्रहरु छुटिन पाउने वा नपाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार लिम्बुवान स्वायत्त राज्यको व्यवस्थापिकालाई हुनेछ । लिम्बुवान स्वायत्त राज्यको जनप्रतिनिधि सभाको दुई तीहाई बहुमतले छुट्टिन सक्ने भन्ने निर्णय गरेमा छुट्टिने अधिकार हुनेछ । (४) स्वायत्त क्षेत्र वा थुमको सूची: क. स्वायत्त क्षेत्र र थुमहरुको अधिकार लिम्बुवान स्वायत्त जनप्रतिनिधि सभाले निर्माण गरेको कानुन अनुसार हुनेछ । ख. सम्बन्धित स्वायत्त क्षेत्रको बाहुल्य भाषा संस्कृति लागू गर्ने वा नगर्ने भन्ने अधिकर सम्बन्धित स्वायत्त क्षेत्रको स्थानीय परिषदलाई हुनेछ । ग. स्वायत्त क्षेत्रमा सम्बन्धित मातृभाषा सरकारी कामकाज गर्ने वा नगर्ने भन्ने अधिकार सम्बन्धित स्वायत्त क्षेत्रको स्थानीय परिषदलाई हुनेछ। (५) अग्राधिकार, विशेषाधिकार र अवशिष्ट अधिकार: (१) अग्राधिकारको प्रयोग गर्दै लिम्बुवानमा थातथलो खुलेका आदिवासी जनजाति, सिमान्तकृत, अल्पसंख्यक आदिको निश्चित समयसम्मका लागि कानुनमा व्यवस्था भए बमोजिम विशेषाधिकारको व्यवस्था गरिनेछ । (२) दलितहरुको विशेषाधिकार स्वरुप गैर भौगोलिक स्वायत्त क्षेत्र निर्धारण गरी पाँच प्रतिशत दलितहरु सोझै राज्य सरकारमा सहभागी बन्ने गरी विशेषाधिकार प्रदान गरिने छ । (३) त्यसैगरी अल्पसड्ख्यक सिमान्तकृत र पीछडा वर्गको विशेषाधिकारस्वरुप कानुनद्वारा तोकिए बमोजिमका प्रतिनिधिहरु लिम्बुवान स्वायत्त राज्यको माथिल्लो सदनमा सहभागि गराईने छ । (४) सोही अनुरुप स्वायत्त क्षेत्र, थुम, स्वशासित इलाका, गाउँ, नगरमा सम्बन्धित जातिको वाहुल्यता र अन्यको हकमा लिम्बुवान राज्यको जनप्रतिनिधि सभा, राष्ट्रिय परिषदमा अन्य जात जातिलाई अनिवार्य सहभागि गराई पूर्ण समावेशी बनाईनु पर्नेछ । (५) अवशिष्ट अधिकार लिम्बुवान स्वायत्त राज्यमा रहनेछ । ५२ आत्म निर्णयको अधिकार: ९१० लिम्बुवान स्वायत्त राज्यको इकाईमा आत्मनिर्णको अधिकार सुरक्षित रहनेछ । भाग ९ आर्थिक व्यवस्था ५३. लिम्बुवान स्वायत्त राज्यको आर्थिक व्यवस्था: (१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अन्तरगत रही कार्य गरिनेछ । (२) कानून बमोजिम बाहेक कर लगाउन वा ऋण लिन पाइने छैन । ५४. राजश्वको वाँडफाँड: लिम्बुवानको सम्पूर्ण राजश्वको न्यूनतम २० प्रतिसत रकम संघीय सरकारलाई पठाइने छ । सवै प्रकारका करहरु लिम्बुवान स्वायत्त राज्य सरकारले संकलन गर्नेछ । भाग १० संवैधानिक आयोगहरु ५५. लिम्बुवानका संवैधानिक आयोगहरुः लिम्बुवानमा कानुन बमोजिम हुने गरी देहाय बमोजिमका आयोगहरु हुनेछन् । आयोगहरुको काम कर्तव्य र अधिकार लिम्बुवानको ऐन, कानुनमा व्यवस्था गरे बमोजिम हुनेछ । (१) लोकसेवा आयोग । (२) अख्तियार दुरुपयोग अनुसन्धान आयोग । (३) महालेखा परिक्षक (४) निर्वाचन आयोग (५) मानव अधिकार आयोग । (६) महान्यायधिबक्ता (७) मुस्लिम आयोग (८) दलित समस्या समाधान आयोग (९) आदिवासी जनजाति आयोग (१०) महिला आयोग (११) अल्पसंख्यक तथा सिमान्तकृत आयोग भाग ११ विविध व्यवस्था ५६. लिम्बुवानको राजधानी : (१) भौतिक पूर्वाधार, भौगोलिक अनुकुलता, प्रशासनिक सुगमता, राजधानीका लागि चाहिने सुविधा र ऐतिहासिकताका आधारमा लिम्बुवान स्वायत्त राज्यको राजधानी लिम्बुवान स्वायत्त राज्यको व्यवस्थापिकाले तोके बमोजिम हुनेछ । व्यवस्थापिकाले नतोकेसम्मका लागि वा अर्को व्यवस्था नभएसम्म अन्तररिम राजधानी लिम्बुवानको ऐतिहासिक तहसिल राजधानीको रुपमा रहेको विजयपुर ९धरान० मा रहनेछ । ५७. स्वायत्त क्षेत्ररथुमरस्वशासित इलाकारसंरक्षित क्षेत्ररगाउँरनगरका सिमाना : लिम्बुवान स्वायत्त राज्य अन्तरगतका स्वायत्त क्षेत्ररथुमरस्वशासित इलाकारसंरक्षित क्षेत्ररगाउँरनगरका सिमाना वा क्षेत्र देहाय बमोजिम हुनेछ । (१)स्वायत्त क्षेत्ररथुमरस्वशासित इलाकारसंरक्षित क्षेत्ररगाउँरनगरका सिमाना वा क्षेत्र लिम्बुवान स्वायत्त व्यवस्थापिकाले निर्धारण गरे बमोजिम हुनेछ । सिमाना निर्धारण गर्नपूर्व एक आयोग बनाई उक्त आयोगको सिफारिस अनुसार लिम्बुवान व्यवस्थापिकाले निर्णय गर्नेछ । उक्त निर्णय अनुमोदनका लागि माथिल्लो सदन पठाइने छ । माथिल्लो सदनले परिमार्जनको लागि सुझाव सहित फिर्ता पठाएमा पुनः निर्णय लिन पर्नेछ । ५८ . सिमाना विवादको निरुपण : (१)स्वायत्त क्षेत्ररथुमरस्वशासित इलाकारसंरक्षित क्षेत्ररगाउँरनगरका सिमाना वा क्षेत्रबीचको सिमाना विवाद भएमा वा सोही भूभाग दुवै पक्षले दावी गरेमा देहाय बमोजिमको विधि अपनाइने छ । (क)दुवैपक्षलाई राखी आपसि सहमति र समझदारी अनुरुप सिमाना विवादको निरुपण गरिनेछ । (ख) दुवैपक्षबीच आपसी सहमति हुन नसकेमा दुवैपक्षलाई स्वीकार्य तेस्रो पक्षको उपस्थितिमा सिमा विवादको निरुपण गरिनेछ । (ग) माथिका दुवै विधि र प्रकृयाले कार्य नगरेमा दुवै वा कुनै एक पक्षले लिम्बुवानको उच्च अदालतमा मुद्धा दायर गर्नेछ । र,उच्च अदालतको निर्णय अन्तिम मानिने छ । ५९. संघीय सरकार र लिम्बुवान राज्यबीचको सम्बन्ध ः (१)संघीय सरकार र लिम्बुवान राज्य सरकारबीच आपसी परामर्श सहमति, सहयोगात्मक र सम्झौता अनुसारको सम्बन्ध रहनेछ । अनुसूची – १ लम्बुवानका स्वायत्त क्षेत्र, थुम, संरक्षित तथा गैरभौगालिक क्षेत्रहरु लिम्बुवानका स्वायत्त क्षेत्रः १) ल्हेमी सिंसावारशेर्पारभोटेरवालुङरतोप्केगोला स्वायत्त क्षेत्र २) याम्फुर मेवाहाङ रलोहरुङ स्वायत्त क्षेत्र ३) याक्खा स्वायत्त क्षेत्र ४) आठपरीया स्वायत्त क्षेत्र ५) राजधामी स्वायत्त क्षेत्र ६) उरावरझाँगड स्वायत्त क्षेत्र ७) खवास स्वायत्त क्षेत्र ८) थारु स्वायत्त क्षेत्र ९) धिमाल स्वायत्त क्षेत्र १०) कोचीला स्वायत्त क्षेत्र ११) सन्थाल स्वायत्त क्षेत्र १२) मेचे स्वायत्त क्षेत्र १३) रोङरलेप्चा स्वायत्त क्षेत्र १४) मुस्लिम साँस्कृतिक स्वायत्त क्षेत्र विशेष ऐतिहासिक भौगोलिक क्षेत्र: १५ )विजयपुर स्वायत्त क्षेत्र १६ )विराट स्वायत्त क्षेत्र लिम्बुवानका स्वायत्त थुमहरु : १ ) मेवा स्वायत्त थुम २ ) मैवा स्वायत्त थुम ३ ) तमरखोला स्वायत्त थुम ४ ) पानथर नुभो दक्षिण ५ ) पानथर नुभो उत्तर ६ ) पानथर–१ ७) पानथर–२ ८ ) याङरुप–१ स्वायत्त थुम ९ ) याङरुप –२ स्वायत्त क्षेत्र १०) फाकफोक स्वायत्त थुम ११) चारखोला इलाम स्वायत्त थुम १२) पुवापार स्वायत्त थुम १३) आठराई स्वायत्त थुम १४) पोक्लाबाङ स्वायत्त थुम १५) फेदाप स्वायत्त थुम १६) छथर स्वायत्त थुम १ १७) छथर स्वायत्त थुम २ १८) चौविस स्वायत्त थुम १९) मिकलुक स्वायत्त थुम लिम्बुवानको संरक्षित क्षेत्रः १ )माझी २) किसान ३) मुण्डा ४) कोच ५) चिडिमार आदि । लिम्बुवानको गैरभौगोलिक क्षेत्र ः १ ) पहाडे दलित ९सूचीमा आधारित० २) तराई दलित ९सूचीमा आधारित० - See more at: http://www.bijayapur.com/index.php/business/item/82-2015-10-04-12-14-59#sthash.pWA5Aemw.dpuf

Saturday, December 2, 2017

महागूरुका महत्वपूर्ण भविष्यवाणीहरू
1.हिमालको चिसो र मधेशको गर्मी यहा ल्याउछु। (सिलौउटी लर्बेकूटीलाई संकेत गर्दै)
2.पछि एक पटक मान्छे सार्है पातलो हुन्छ।
3.साच्चै नै सत्य सम्झेर मेरो सेवा गर्ने र नगर्नेहरू म आफै छुटाउछु।
4.तिमीहरूको भाग्य चर्खा घुमे झै घुम्दै घुम्दै आउदैछ।छिटो मेरो सेवा गर।
5.तिमीहरूको दिव्य भाग्य ध्वासो लागेकोछ कतै पनि जादैन् राम्ररी सेवा गर है।
6.श्री 3 रानाहरूको भर्याङ् यूमाले उठाई दिएकोछ।
7.श्री 5 तिमीहरूको दाजू हो यो सॅग सीङ नजोड्नु ,यिनीहरू आफै आफैमा मारामार गर्छन् अनि रानो बेगरको मौरी झै भएर सक्छन्।
8.धार्नीको मुन्टो हल्लाउनु बिसोलीको जिब्रो नपड्काउनु।
9.पश्चिम दिशाबाट जे आउछ ,त्यसमा नलाग त्यसले तिमीहरूलाई सक्छ ।
10.तिमीहरूको भाग्य पूर्व उत्तरबाट उदाउछ।
11.पछि पत्येक दिन मान्छे मरेको समाचार सुन्ने दिन आउछ।
12.अब ध्यानीको ध्यान ,ज्ञानीको ज्ञान ,धनीको धन हराउने दिन आउछ।
13.साच्चै नै सत्य चिताएर सेवा गर्नेहरूलाई जस्तो सुक्कै आपतबिपतबाट पनि जोगाउछु भनेको छु है।
14.अब देखि येबा,साम्बा ,फेदाङ्बा,धामी,झाक्रीहरूको जन्मअवतार हुने भर्याङ उठाएर लादैछु ,यिनीहरूको जन्म हुनेछैन्।
15.तिमीहरू छोरा मान्छेहरू घर बस्न पाउदैनौ तिमीहरूको श्रीमती ,छोरी ,बुहारीहरूलाई घर छाउन हलो जोत्न सिकाउनु है।
16.अब तिमीहरूलाई चाल्नोमा राखेर चाल्दैछु नाङ्लोमा राखेर निफन्नेछु भुस भए उड्छौ ,चामल भए रहन्छौ।
17.गोराको देशबाट माङ थुम्से लिएर आए माङ खुर्मी त्यतै सिउरी राछेकोछु है।
18.सिलौटी लब्रेकूटीमा पछि धान पाक्छ है।
19.मान्छेको जीवन अति उत्तम छ ।देवताहरू पनि मनुष्य जीवन मन पराउछ। त्यसैले फेरी मनुष्य जीवन पाउने चेष्टा गर।
20.अब पछि ठूलो अनिकाल हुन्छ ,बाॅसको घिरीमा सिस्नोलाई सुकाएर पिठो धूलो बनाएर लुकाउनु त्यति बेला काम लाग्छ है।
21.अब पछि खुइया काढेर स्वास बिसाउन पनि नपाउने दिन आउछ।
22.बाघ ,भालू बस्ने ओढारमा बाघ आउदैन भनेर ढुक्क नबस एक दिन आएर छाड्छ।(मैनाचूलीमा सेवा लगाउदा फेरी पनि महासागर बग्न सक्छ भनि माङवाणी भएको थियो)
23.आफ्नो भाषा,लिपीको प्रचार प्रसार साउने भेल जस्तै तिव्र गतिले गर्नु।
24.साच्चै नै सत्य सम्झेर सेवा गर्छौ भने तिमीहरूको भावी साखा सन्तानमा यज्ञको धुनी बले जस्तै बलि दिन्छु,घाम,जून जस्तै उज्यालो भएर चम्किदिन्छु।
25.देवकार्यले मौरी जस्तै एक हुन्छौ ।मौरीको खील पनि हुन्छ,खुदो पनि हुन्छ।तर राजनितीले झिॅगा जस्तै छरिन्छौ झिॅगाको न खिल न मह।
26.मासु नखानु तिमीहरूको आमा,बुबा,बाजे,बजुले उनीहरूको पापकर्मले गर्दा सुगुर कुखुरा पशु जुनी पाएको हुन्छ।आफ्नै बाजे बजुलाई खान्छौ है।
27.तिमीहरूलाई एउटै भाडामा भात खाने र ठाउमा बास बस्ने बनाउनेछु।
28.सलाईको एक वट्टा र अन्नलाई एक रूपिया पर्ने दिन आउनेछ।
29.पानीको मूलहरू फिर्ता गरेर लान्दैछु।
30.अब चीन जान्छु चीनले साह्रै दु:ख पायो तिब्बत गएर खासाको खाडी लगाउछु।
31.अब चार बासाहरूलाई( विस्व)चाल्नोमा राखेर चाल्दैछु।
नोगेन
किरातीसाहारेन तोव्वा नुमारे
मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देन, त्रिकालदर्शि यूगपुरूष,किरात धर्म दर्शनदाता महागुरू फाल्गुनन्द लिङ्देन ज्यूले किरात कूलमा जन्म लिनुभयो जहा जहा पाप हुन्छ त्यहा धर्मको उदय हुन्छ भने झै।घरि घरि यो धरातलमा तागेरानिङ्वाभूमाङको अनुकम्पाले बिशाल युगपुरूषहरूको जन्म हुन्छ मानव मात्रको रक्षाको निमित ।
परम पुज्यनीय मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देन ओ हुक्सोदिन आसेवा थाङेरो। महागुरू फाल्गुनन्द अमर रहुन्, किरात धर्मको जय, जय महागुरू फाल्गुनन्द,जय किरात,तियाहा.......तियाहा........i

११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल

मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...